कविता : सच्चाई

~करुणा झा~Karuna Jha

एउटा वेवाररशे लाश
आखिर यो लाश कसको ?
‘सच्चाई’ को ?
आउ …, सबैजना आउ ।
पोस्टर्माटर्मका लागी पठाउ लाशलाई
सरजमिन गरौं यसको
तव थाहा पाउने छौ,
आखिर यो लाश कसको ?
यदि ‘सच्चाई’ कै हो भने
यस ‘सच्चाई’ ले आत्महत्या गर्यो की
यसको हत्या भयो ?
जे होस …. ‘सच्चाई’ मरिसकयो
तर, यो पनि सच्चाई नै हो की
हामी सबै जिउँदो छौं
तर किन थाहा छैन
सच्चाईको चितामा
झुठको खेती गरेर
हामी मनिष आज पनि
गौरवान्वित हुन्छौं र खशी मनाउछौं
सच्चाई को हत्या भयो
वा, उसले आत्महत्या गर्‍यो,
के फरक पर्छ ?
तर… हामी वाँचीरहेका छौं, सच्चाईका साथ ।।

करुणा झा
नेपाल

(स्रोत : प्रयास अनलाइन द्वैमासिक, बर्ष:३, अंक:६, संस्करण:२४, नोभेम्बर – डिसेम्बर २०१३(अ. ने. सा. स. फर्मोसा च्याप्टर, ताइपेइ, ताइवान))

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.