बहरबद्ध गजल : भाग्य पथ

~जीवराज बुढाथोकी~Jeeva Raj Budhathoki

लाग्छ भित्रै भित्र बल्ने, अग्नि ज्वाला कै कथा छ ।
पाेल्छ जिब्राे भन्न खाेन्दा, मात्र सुन्दा पाे मजा छ।

अाँसु पाेख्दा हुन्छ शीतल्, हास्न थाले पाेल्छ फेरि,
जान्छु लैजा भाग्य बाटाे, अन्धकारै लाै जता छ ।

पाक्छ कैले लड्डु मन्काे, हुन्छ खाने भाेक मेटी,
लाग्छ मीठाे पीर ब्यथै, कष्ट सास्ती कै नशा छ ।

छैन लेखा पसिनाकाे, बग्न थाले अश्रुधारा,
भर्नलार्इ भाे न पाथी, थाप्नलार्इ त्याे घडा छ ।

छैन पन्जा छैन छक्का, खानु अाफ्नाे लाग्नु बाटो,
लाग्छ आशा मात्र त्यस्कै, साथ आफ्नै जे सदा छ ।

……………………………………………………
बहर : रमल मुसम्मन सालिम
रुक्न : २१२२ २१२२ / २१२२ २१२२
………………………….
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलाे, काठमाडौं

(स्रोत : फेसबुकको ‘बहर पाठशाला’ समूहबाट )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.