कथा : किन्न नसकिएको इज्जत

~दीपक घिमिरे~Deepak Ghimire

नाइँ नाइँ हँुदैन । अरु एक क्वाटर त थप्नुपर्छ यार ।

ओखरेले मान्ने वाला थिएन, उसलाई आज मात्ने गरी रक्सी पिउन मन लागेको छ सायद । तर मलाई खै किन हो आज रक्सी पिउन नै मन छैन । हुन त म प्रायः रक्सी पिउँदिन तर पनि आज त मेरो मुड नै छैन फेरि उसैको करले गर्दा पहिले नै एक क्वाटर खाइसकेको छु ।

मानिसहरु यो रक्सी या पीडामा पिउँछन् या त खुशीमा पिउँछन् । तर, मलाई आज मनको पीडामा पनि पिउन मन लागेको छैन । मन खुशी भए पो ओखरेसँग जिस्किदै पिउनुमा मजा आउने थियो । तर, पनि ओखरेले मलाई अर्को एक क्वाटर नपिउँदै जान दिनेवाला थिएन ।

“ओ ए रेश्मा एक क्वाटर रुस्लान भोडका लिएर आउ त”– ओखरेले पछाडिपट्टि उभिएकी होटेलको वेटर लाई इशारा गर्दै दुईवटा औंला देखायो ।

रक्सीको नसा अनि विदेशको अनुभव सुनाउँदै गर्दा म पनि मेरो पीडित जिन्दगीलाई बेला–बेलामा भुलिरहेको थिएँ ।

अघि होटलमा पस्नासाथ निक्कै सोझी देखिएकी अनि सिष्ट व्यवहार प्रस्तुत गरेकी रेश्मासँग मेरा नजरहरु जुध्दै थिए यतिबेला तर पनि म त्यसको नजरबाट आप्mनो नजर हटाउँदै आप्mनै धुनमा मस्त थिएँ । रक्सी नपिउँदै सोझो देखिने म पनि यतिबेला रेश्माको नजरले गर्दा बेला–बेलामा सोह्रवर्ष जवानी निकाल्दै मस्किएको त पक्कै पनि छु । सायद यस्तो हुनेरहेछ पीडालाई सजिलै भुल्न सकिने कारणले गर्दा त मानिसहरु पीडामा पनि रक्सी पिउँदारहेछन् । यतिबेला म अलिकति हल्का पनि भएको छु । पीडालाई पर राखेर रक्सीको नसामा व्यस्त हुने कोसिस गर्दैछु ।

“बस न रेश्मा बस, तिमी पनि हामीसँग नै बस के । आजै त हो रमाइलो गर्ने”– उत्ताउलो फेसनमा आधा अंग देखाउँदै हातमा रुस्लान भोड्काको बोतल लिएर आएकी रेश्माको हात समाउँदै ओखरेले आफूसँग बस्न अनुरोध ग¥यो रेश्मालाई ।
कति बेला सँगै बस भन्ला र बसुँला भनेर बाटो कुरेर बसेकी रेश्मालाई यो भन्दा सुनौलो अवसर अरु आउनेवाला थिएन सायद । ओखरेसँग टाँस्सिएर बसी । उनीहरुको चर्तिकला मैले हेर्न सक्ने अवस्थाको थिएन । त्यसैले मैले शिर निहुराएँ । नसामा चुर ओखरे र उत्ताउली रेश्माको हर्कत हेर्नसकिने खालको थिएन ।

अघिसम्म मैले ओखरेलाई गाली गर्थे केटीहरुको बारेमा गलत नसोच भनेर । उनीहरु कुनै न कुनै वाध्यताले गर्दा होटलमा काम गर्न आएका हुन्छन् तर तिनीहरु गलत हुन्नन् भनेर ओखरेलाई धेरै सिकाएको थिएँ तर यतिबेला मलाई ओखरे गलत हैन रेश्मा नै गलत हो जस्तो लाग्न थाल्यो । तर, पनि उनीहरुको उच्छृंखल बोली र हर्कतले मलाई मजा आइरहेको थियो । मुन्टो निहुराएर रक्सी पिउँदै उनीहरुको हर्कत देखेर म पनि बेला–बेलामा पीडा भुलेर हट भएको थिएँ ।

“ल हेर यो सोल्टा त कति लजालु हो बाइ । हामीसँग लजाउनु पर्दैन हो सोल्टा”– चिल्ली चिकेनको एक पिस काँटावाला चम्चाले खाँदै मलाई जिस्क्याई ।

“हा हा हा होइन–होइन किन लजाउनु नि”– तिनीहरुतिर हेरेर म बोलें । तर स्थिति हेरिसक्नु थिएन । म फेरि मुन्टो तलतिर फर्काएर बस्न वाध्य भएँ ।

मेरो मनमा पीडा छ । आर्थिक अवस्था कमजोरीको पीडा तर पनि आज म ओखरेको साथले गर्दा अलिकति खुशी छु अझ भनौं रेश्मा र ओखरेको चर्तिकलाले गर्दा म पनि बेला–बेलामा उत्ताउलो भएको छु । हट भएको छु ।

“ल डियर मेरो लागि एउटा बियर मगाउ न ल । म यो भोडका पिउँदिन क्या । अघि एउटा माडेसँग बसेर बियर पिएकी हुँ । अब भोडका पिएँ भने त कक्टेल भएर बमिट हुन्छ मलाई”– रेश्माले भोड्का नपिउने मनसाय देखाई । ओखरे पनि के कम थियो र । भर्खरै विदेसबाट छुट्टीमा घर आएको छ, विदेश मा दुःख गरेको पैसा जति पनि छ त्योसँग । अझ नगद नभए पनि उधारो चल्छ यो होटलमा ओखरेको । रेश्माको लागि एउटा बियर मगाइदियो ।

अघिसम्म वेटर गर्दै हाम्रो सेवामा तल्लीन रेश्मा यतिबेला हामीसँग बसेर बियर र मासु खाँदैछे । यति बेला रेश्मा पनि होटेल को ग्राहक बनेर बसेकी छे अनी उसको ठाउँमा काम गर्न अर्की उत्ताउली आएकी छ । उनीहरुको चर्तिकला देख्दा यस्तो लाग्छ कि ओखरेले पनि दुई महिनाको छुट्टी मोजका साथ बिताउने भएँ भनेर खुशी छ । रेश्मालाई अँगालोमा कसेर विदेसी चुम्बन गर्न ब्यस्त ओखरेको लागि पैसा ठूलो कुरा हैन अनि रेस्मा पनि ओखरेको अँगालोमा कस्सिन पाएर धेरै खुशी छे । धेरै पैसावाला लाउरेको अँगालोमा बस्न पाउनु रेश्माको कमाइको बाटो खुल्नु हो ।

पातलो कपडाको पर्दाले छेकिएको हामी बसेको ठाउँलाई अरुले देख्न नसके पनि ओखरे र रेश्माको उच्छृंंखल बोली सबैले सुनिरहेका छन् । अनि मलाई मजा पनि आएको छ यतिबेला । बेला–बेलामा मैले उनीहरुको हर्कत हेरेर म पनि उत्ताउलो अनि हट बन्दैछु ।
रातिको दश बजिसकेछ । मलाई अब त्यहाँ बस्न मन छैन । रक्सी त मैले अघि नै सकिसकेको थिएँ अब घर जानुपर्छ ।

“दाजी अब जाम यार दश बजिसकेछ”– नम्र भावमा मैले आग्रह गरें ।

“कमन यार दीपक । अरु रक्सी मगा न । आज मलाई रेश्मालाई छाडेर जाने मन नै छैन के प्लिज”– रेश्माको गालामा चुप्प म्वाइ खाँदै ओखरेले भन्यो ।

“ओए सोल्टा तिमी पनि मोज गर न । अघिको केटीलाई बोलाइदिउँ भन”– वियरको गिलास टेबुलमा राख्दै रेश्माले भनी ।

“नाइँ मलाई मन पर्दैन, बरु ओखरेलाई अब जानदेऊ न है”– मैले रेश्मालाई पनि आग्रह गरें ।

“यु क्यान गो दीपक । तर, आज त म मेरो रेश्मा डार्लिङसँग नुनु गर्छु, बरु भोली बिहानै मलाई लिन आउनु है त”– रक्सीको नसाले लरबराएको जीब्रोले मलाई बिदा ग¥यो ओखरेले ।

“ल ल हुन्छ त्यसो भए म गएँ है त । ल रेश्मा बाइ है”– म खुशी हुँदै बाहिरिएँ । उता रेश्माको अँगालोको सहाराले रेश्मा र ओखरे होटेलकै रुममा छिरे ।

म पीडित छु, कारण पैसा हो । ओखरे खुशी छ कारण

पैसा नै हो । लरबराउँदै बल्ल–बल्ल म मेरो रुममा आएँ ।

चामल छैन र भोक पनि छैन । रक्सी र मासुले नै पेट भरिएको छ । सुत्नलाई बिस्तारामा पल्टिएँ तर मनमा कुरा खेलिरह्यो । जीवनमा पैसा भयो भने कति मजा छ भन्ने आज ओखरेको जीवनयापनले देखाइदिएको छ मलाई । दुःखी भएर अभावमा जिएको जीवन पनि के जीवन यार भन्दै आफ्नो जीवनलाई नै धिक्कार्दै निदाउने कोसिस गरें ।

अर्को दिन बिहान ६ बजे ।

बिहानको ६ बजिसकेछ तर आज मलाई उठन मन नै छैन । न कलेज जानु छ न त अरु केही काम छ । त्यसैले यो जाडोमा सिरकमै गुटुमुटु परेर बसेको छु । टाउको दुखेको छ सायद रक्सीले गर्दा होला । छेउमा मोबाइल छ । साझा खबर सुन्न मन छ । एयरफोन जोडें अनि रेडियो खोले । ठीक्क ६ बजेको साझा खबर सुनाउँदैछ ।

हिजो राति माइती होटलमा छापा मार्दा यौनजन्य क्रियाकलाप गर्दागर्दै एक जोडी पक्राउ परेका छन् । दाङ जिल्ला घर भएका ओखर राउत र नवलपरासी घर भएकी रेश्मा आलेलाई गस्ती टोलीले रङ्गेहात होटलको कोठाबाट पक्राउ गरी हनुमानढोका प्रहरी कार्यालयमा हिरासतमा राखिएको खबर छ ।

म डराएँ । अघि जाडोले सिरकमा गुटुमुटु परेको मलाई यतिबेला खलखली पसिना आयो । हिजोरातिसम्म ओखरेको जीवनी देखेर डाहा गर्ने म यतिबेला त्यसको जिवनी देखेर चिन्ता लाग्न थाल्यो । यतिबेला बल्ल मलाई लाग्यो पैसाले सुख किन्न सकिन्छ तर इज्जत किन्न सकिदैनरहेछ । मलाई आप्mनै अभावको पीडित जीवन रमाइलो लाग्यो तर बेइज्जतिपूर्ण मोजमस्तीमा मजा रहेनछ जस्तो पो भान हुन थाल्यो ।

(स्रोत : Nayayougbodh)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.