गजल : झिनो रहरमा आज

~रश्मिला कवाङ~ Rasmila Kawan

जीन्दगी यो बिताउनु हुन्न झिनो रहरमा आज
बेकार छ ठुस्किनु छालका लहरमा आज ।

समय बित्दैछ छ निरन्तर, मान्छे बदलेन
परिवर्तनका कुरा नगर तिम्रो सहरमा आज

धेरै पटक रुँगिसकें सफलतालाई मैले
सफलता पाउनुपर्छ जीवनको बगरमा आज

बेलामौकामा गर्दै हिडें ख्याल–ठट्टाहरु
असल हुनुपर्छ मैले सबैको नजरमा आज

लोक–जगत् हाँस्नेछन् मेरो यस्तो चाला देखी
यसरी रुनुहुन्न क्षणिक कहरमा आज

बीचैमा रोक्नुहुन्न गन्तब्यमा पुग्नलाई
कमाउनुपर्छ नाम मैले पुगेर सगरमा आज ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.