कृष्ण पहारीका १८ मुक्तकहरु

~कृष्ण पहारी~Krishna Pahari

मान्छेहरुको अनुहार बदल्नु पर्छ
सडेगलेको बिचार बदल्नु पर्छ
कुर्चिका रोगी भएछ्न नेताहरु
डाक्टर फेरेर उपचार बदल्नु पर्छ


याहा सबथोक बेचिन्छ,रक्सी भनेर पानी पनि बेचिन्छ
पैसाको अभाब परेपछी सोह बर्से जवानी पनि बेचिन्छ
गन्डकी कोसि र कर्नाली पनि बेचियो भन्ने सुनिन्छ
हेर्दै जानुस अब यो देसको सबै खरानी पनि बेचिन्छ


तराइतिर झन्डा जलाइ रहेछन, सम्बिधान जलाइरहेछन
हेर्नुस सडकमा आगो बालेर रास्टिय गान जलाइरहेछन
यस्ता नरकहरु लाई कसरी नेपाली भन्न सक्नुहुन्छ
भारतका दलालहरुले टायरमा स्वाभिमान जलाइरहेछन


मन्दिर भित्रका सारा भगवानहरु रिसाउन थाल्छन
सम्मान पाउन छोडेपछी महानहरु रिसाउन थाल्छन
जब बूढो भएर बिस्तरामा पल्टिन थालिन्छ
तक्मा परसम्सापत्र र सम्मानहरु रिसाउन थाल्छन


आमाले भन्नुहुन्थ्यो बुहारी कामदार हुनुपर्छ
बाबाले भन्नुहुन्थ्यो बुहारी सानदार हुनुपर्छ
खै कस्तो जुट्छ लगनको गाठो पार्दा खेरी
दिदिले भन्नुहुन्थ्यो बुहारी इमान्दार हुनुपर्छ


कामको खोजिमा छोरो कतार तिर हुन्छ
प्रेमिको खोजिमा बुहारी बजार तिर हुन्छ र
बिचरा सासू आमा रुदै गोबर फालेकिछन
फेसबुक मा बुहारिको मन हजार तिर हुन्छ ।।


आजकल बुहारिहरुले सान खोजिरहन्छन
पप डिस्को र मुन्निबद्नाम खोजिरहन्छन ।
आँखा ले हेर्दा हेर्दै कस्तो जमाना आयो अब
बुहारी ले सासू बाटै सम्मान खोजिरहन्छन ।।


कुनै नेताहरु नया सक्तिको खोजमा छन
कुनै नेताहरु रात्रीकालिन भोजमा छन
क्या गजबको छ हेर्नुस नेपालको राजनिती
जनता मरे मरोस खाली आफ्नै मोजमा छन


कुनै दिन तिमी पनि चर्चित हुनसक्छेउ
चर्चित भएपछी तिमी भर्मित हुनसक्छेउ
यहाँ सत्यको कहिल्यै जित हुन सक्दैन
दुनियाको नजरमा घिर्नित हुनसक्छेउ


एउटा कहाँली लाग्दो रात जन्मदैछ फेरी
मसाल बोकेर हिंड्ने हात जन्मदैछ फेरी
सहनु सम्म पिडाहरु सहदैछ्न जनताहरु
लड्ने जत्था हरुको साथ जन्मदैछ फेरी


मेरो मन भित्र रामको मन्दिर बनाइदिन्छु
छिट्टै सोर्ग जाने एउटा जन्जिर बनाइदिन्छु
बुझ्नै नसक्ने रहेछ यो जिन्दगिको कथा
सधैं हरि को भक्तिमा रम्ने तग्दिर बनाइदिन्छु


म मरे भने मेरो लासलाइ फुल ले नछोप्नु कसैले
बिर्सेंर पनि जिन्दगीमा भुल ले नछोप्नु कसैले
म त सबै बाट घिर्नित भएको एउटा बेकार मान्छे
खबर दार ।तेसैले राम नाम को तुल ले नछोप्नु कसैले


इस्वर देस र जनताको सफथ गरिरहेछन
लत्ता भत्ता र सत्ताको जफत गरिरहेछन
इ नरक हरुले कसरी देसको बिकास गर्लान
आँखा चिम्लेर ढुकुटी खफत गरिरहेछन


दाम कमाउने लोग्ने हरु बेहाल भएकाछन
दाम समाउने स्वास्नी हरु मालामाल भएकाछन्
जब दुबै र कतार बाट लोग्ने नेपाल आउछ
न दाम हुन्छ,न स्वास्नी हुन्छे कङगाल भएकाछन


जागिर खानत नेताको छोरा र साला चहिन्छ
टाठो बाठो र बोल्न सक्ने ठुला ठाला चहिन्छ
पत्यार नलागे हाकिम साब को कोठामा हेर्नुस
ओठमा मुस्कान पग्लिएकी राता गाला चाहिन्छ


हेर्नुस कती केटीहरु घर को खोजिमा छन्
सुयोग्य कर्मनिस्ठ बर को खोजिमा छन्
बिहे गरे पछी गाउमा त बस्दै बस्दैनन्
बिहे गरेको भोली पल्टै शहर को खोजिमा छन


हेर्नुस गाउ सुन्यछ बुहारिहरु बजारमा भेटिन्छन्
टाइट पाइन्ट र भेस्ट लगाएर बहारमा भेटिन्छन्
छोरा छोरी र लोग्ने हरु यहाँ अल्पत्र परेकाछन्
गौउका श्रीमती हरु दुबै र कतारमा भेटिन्छन


पहिला पहिला त आकासको तारा पनि खसाल्छन
आकासको तारा जुन र सारा पनि खसल्छन
जब बैँस सकिदैजान्छ आफ्नै श्रीमती को पनि
रक्सी को मातमा आँसु को धारा पनि खसाल्छन


पोखराथोक, पाल्पा, तानसेन ।

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.