कविता : म त्यही बूढो प्रेमी

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

वर्षौंपछि फेरि
आइपुगेको छु यो बूढो मन लिएर
एक थुङ्गा फूल चढाउन !

त्यतिबेला
यो खोलाको बीचमा
कुनै फड्के थिएन, पुल थिएन
खोला एकनासले बग्थ्यो
तिमी पारिबाटै÷म वारिबाटै
भावनाको पुल हाल्थ्यौं
तिमी मसम्म आउँथ्यौ
म तिमीसम्म धाउँथें !

यतिबेला सबै छन् आँखामा
पुराना दिनका नयाँ सम्झनाहरू
जहाँ हामी भेट्थ्यौं एक अर्कालाई
सामाजिक पर्खाल भत्काउँदै
मनले मन, आँखाले आँखा पढिरहन्थ्यौं
तिमी पारि – म वारि
बीचमा खोला दौडिरहन्थ्यो
र पनि तिमी र म नङ मासुजस्तै थियौं
लैला–मजनुजस्तै थियौं !
बर्षौंपछि फेरि
आइपुगेको छु यो धुजा–धुजा मन बोकेर
एक थुङ्गा फूल चढाउन !

हेरिरहेछु यतिखेर खोलामा पुल छ
सहजै गर्न सकिन्छ यता र उता
तर तिमी छैनौ,
थुप्रै छन् खोलाकिनारमा
माछा जस्ता जोडी प्रेमीहरू
र गरिरहेछन् साटासाट आधुनिकता !

भीँडहरूमा खोज्दा खोज्दै
तिमीलाई भेट्टाउन नसकेको
म बूढो, रोगी र थकित प्रेमी
यो पुरानो खोलाको
नयाँ पुलनिर उभिएर सोचिरहेछु
भुरा माछाका सपनाहरू

सम्झिरहेछु, कुनै बखत तिमी र म
सपना बुन्थ्यौं पानीको छाल जस्तै
आकाङ्क्षा रोपेर महत्वकाङ्क्षा हुर्काउँथ्यौं
धेरै पछि थाहा भयो त्यही महत्वाकांक्षाले
तिमीलाई बम्बैको यात्रा गराएछ
टिनको छाना र कानको सुनले
तिमीलाई दिल्ली भसाएछ !

माछाका भुरा जस्ता नानीहरू
त्यही ठाउँमा खेलिरहेछन्
प्रेमको गट्टा
र सुसेलिरहेछन् तिम्र्रै नाम !

कुनै दिन यही पुलनिर
गरेकी थियौ रे आत्महत्या !
कुनै परदेशीको प्रेम साक्षी राखेर
म त्यही बूढो प्रेमी हुँ
र तिमी त्यही बाटुली हौ
बर्षौंपछि नानीहरूलाई
प्रेम अमर हुन्छ भन्न
छिया–छिया मन लिएर आइपुगेको छु
एक थुङ्गा फूल चढाउन ।

वर्षौंपछि फेरि
आइपुगेको छु यो बूढो मन लिएर
एक थुङ्गा फूल चढाउन !

त्यतिबेला
यो खोलाको बीचमा
कुनै फड्के थिएन, पुल थिएन
खोला एकनासले बग्थ्यो
तिमी पारिबाटै÷म वारिबाटै
भावनाको पुल हाल्थ्यौं
तिमी मसम्म आउँथ्यौ
म तिमीसम्म धाउँथें !

यतिबेला सबै छन् आँखामा
पुराना दिनका नयाँ सम्झनाहरू
जहाँ हामी भेट्थ्यौं एक अर्कालाई
सामाजिक पर्खाल भत्काउँदै
मनले मन, आँखाले आँखा पढिरहन्थ्यौं
तिमी पारि – म वारि
बीचमा खोला दौडिरहन्थ्यो
र पनि तिमी र म नङ मासुजस्तै थियौं
लैला–मजनुजस्तै थियौं !
बर्षौंपछि फेरि
आइपुगेको छु यो धुजा–धुजा मन बोकेर
एक थुङ्गा फूल चढाउन !

हेरिरहेछु यतिखेर खोलामा पुल छ
सहजै गर्न सकिन्छ यता र उता
तर तिमी छैनौ,
थुप्रै छन् खोलाकिनारमा
माछा जस्ता जोडी प्रेमीहरू
र गरिरहेछन् साटासाट आधुनिकता !

भीँडहरूमा खोज्दा खोज्दै
तिमीलाई भेट्टाउन नसकेको
म बूढो, रोगी र थकित प्रेमी
यो पुरानो खोलाको
नयाँ पुलनिर उभिएर सोचिरहेछु
भुरा माछाका सपनाहरू

सम्झिरहेछु, कुनै बखत तिमी र म
सपना बुन्थ्यौं पानीको छाल जस्तै
आकाङ्क्षा रोपेर महत्वकाङ्क्षा हुर्काउँथ्यौं
धेरै पछि थाहा भयो त्यही महत्वाकांक्षाले
तिमीलाई बम्बैको यात्रा गराएछ
टिनको छाना र कानको सुनले
तिमीलाई दिल्ली भसाएछ !

माछाका भुरा जस्ता नानीहरू
त्यही ठाउँमा खेलिरहेछन्
प्रेमको गट्टा
र सुसेलिरहेछन् तिम्र्रै नाम !

कुनै दिन यही पुलनिर
गरेकी थियौ रे आत्महत्या !
कुनै परदेशीको प्रेम साक्षी राखेर
म त्यही बूढो प्रेमी हुँ
र तिमी त्यही बाटुली हौ
बर्षौंपछि नानीहरूलाई
प्रेम अमर हुन्छ भन्न
छिया–छिया मन लिएर आइपुगेको छु
एक थुङ्गा फूल चढाउन ।

राम्पा, दोलखा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *