गीत : पोखिएर घामको झुल्का

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

पोखिएर घामको झुल्का भरि संघारैमा
तिम्रो जिन्दगीको ढोका खोलुं खोलुं लाग्छ है २
सयपत्री फूल टिप्दै भरि आँगनमा
बतासैको भाषा टिपी बोलुं बोलुं लाग्छ है २

कति कति आँखाहरु बाटो छेक्न आउँछन्
परेलीमा बास माग्न कति आँखा धाउँछन्
यति धेरै मानिसका यति धेरै आँखाहरु
मलाई भन्ने तिम्रो आँखा रोजुं रोजुं लाग्छ है २

उडु उडु लाग्छ किन प्वाँख कैले पलायो
मनको शान्ति तलाउको पानी कसले चलायो
आफैलाई थाहा छैन कसलाई थाहा होला
त्यसैले त तिमि संग सोधुँ सोधुँ लाग्छ है २

शब्द: हरिभक्त कटुवाल
संगीत: अम्बर गुरुङ
स्वर: नारायण गोपाल

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.