कथा : झरी दर्केपछी

~बन्दना श्रेष्ठ “बिवश”~Bandana Shrestha 'Biwash'

माघ-फल्गुन महिनाको अन्त्य तिरको दिन हो । यो इज्रायलमा बहिर हिजो देखि नै दर्के झरी परिरहेको छ ।राती त असिना पनि बर्सेको थियो ! आकाशको गड्याङ-गुडुङ ले मन् केही तर्से पनि,बर्सातमा म निकै रमाउछु ।

म काम गर्ने घर पछाडि झ्यालबाट सधैं बाहिरका प्रकृती नियाल्नु आजकल मेरो दैनिक दिनचर्या नै बनिसकेको छ, तर आज मलाइ एउटा बेग्लै अनुभुती भैरहेछ । म झ्यालमा ठिङ्ररिङ्ग उभिएकिछु ।आफुले देख्न सक्ने सम्म प्रत्येक बिम्बहरूलाई नियाली-नियाली हेरिरहेकिछु ।मानौ म यी बिषयहरूमा सुक्ष्म अध्ययन गर्दैछु ।मुसल्धारे पानी परिरहेछ । मेरा आँखाहरू अली पर सिधा अगाडिको,पातहरू झरी नाँङ्गो उभिएका दुई ओखर् का रुखहरूमा पर्छ,त्यसको छेवैमा बकैनो र छोकडाका रुखहरू पनि हावाको झोकाहरू संगै पौठे जोडी खेलिरहेछन! पातहरू झरेर नांगो उभिएका रुखहरुबाट पानीको तप्कनाहरू प्रस्ट देखिदा झनै सुहाएको भान भैरहेछ मलाई अनी त्यो पानीको तप्कना ले जमिनमा स्पर्स गरेको पल मेरो शरीरमा एउटा छुट्टै नजानीदो उमंग महशुस भइरहेछ । लाग्थ्यो त्यो पानीको तप्कनाले मेरो शरीरमा स्पर्स गरेर मलाइ नै जिस्क्याइ रहेछ ।

अनि पर-पर क्षीतिजहरूको बस्तीको धमिलो दृष्य,घामलाई बादलुले छातीमा लुकाइ दिदाको यो पल अती नै मन् लोभ्याउने लाग्छ मलाई । बस्तीको नजिकै सुन्तलका पात् झरिसकेका नाङ्गा बगैचाहरूले पनि लामो खडेरी सहे पश्चात झरीको मज्जा लुटिरहेछ । हरियो भन्नु भुइमा हावासँग झुलिरहेका मसिना विरुबाहरू मात्रै छन् । अहीलेको मौसम मलाई निकै रोमान्चित लागिरहेछ ,। म यहि रमाइलो मौसमको नशामा आफूलाई हराइदिन्छु ।आकाश अध्यारो छ । चराहरू निथ्रुक्क भिजेर एका-दुइ आफूलाई जोगाउन यता-उता उदिरहेछन । झन् एक जोडी चरा मेरो सामुन्ने पानीमा रुझ्दै भिज्दै एक अर्कामा स्पर्सीत भएको पलले मलाइ लाग्दैछ मानौ अहिले म साँच्चै नै स्वोर्गमा छू । अनी स्वर्गको रौनकमा झुमी रहेछु ।

अनायासै हावाको चिसो झोका एक्कासी म तीर बेगले बगेर मेरा कपालहरू सरर उडाइदिन्च, म झल्यास्स हुनपुग्छु । म मा एक अचम्मको बिधुतिय धार शरीर भरी प्रबाह भए झै लाग्छ । मन निकै रोमान्चित हुन्छ । मुटुको ढुक्-ढुकीहरू बढेर आफैले सुनिरहेको हुन्छु, ढुक-ढुक-ढुक ।झरीमा भिजेका पुराना यादहरु मेरो मानस्पटलमा आलै रहेछ ।त्यसैले यो झरीमा रुझ्ने अचम्मको इच्छा जागेर आइदिन्छ,उनीसँग भेट्ने इच्छा तिब्र भैदिन्छ,कुनै बाहाना बनाई बाहिर गएर आफ्नो सम्पुर्ण शरीर निथ्रुक्क भिजाइ झरीको आनन्द लुट्छु म,येस्तो चिसो पानीमा रुझ्दा पनि शरीर चिसो भएको अनुभब नभै उल्टो ह्वार-ह्वार आगो जस्तो तातो लगिरहेछ ।

थाहा छैन् आज मलाई के भयो ??गुट्मुटिन मन् लागेकोछ आफ्नो मायालु सँग,रुझेको शरीर पुछ्पाछ गरेर म छिरे सिरक मुनि,मिठो कल्पनामा रम्न,हो आज मलाई उनीसँग यो मौसम् को मज्जा लुट्न मन छ,तर के गर्नु उनी म भन्दा कोसौ टाढा ,म कल्पना मा उनीसँग हराउदै ओछ्यान्मा पल्टेकी छू, एका-एक मन्-मस्तिस्कमा अतित् का याद्हरू चलचित्रका पर्दा झै आउन थल्छ,हो त्यो बिहेको पहिलो रात् सम्झदैछु म । त्यो दिन सम्झना साथ् मन् तरङगित् भएर शरीर मा छुट्टै हल्चल् छाएको अनुभब भैरहेछ,हो सुन्सान त्यो रातमा सबै प्राय सुतिसकेका थिए,बाहिर झ्याउकिरीको एक्नासे आवाज र बेला-बेलामा भुक्ने कुकुर को आवाज बाहेक अरु सबै चकमन्न थियो तर पुर्णिमाको रात् भएकोले टह-टह जुन लगेको थियो ,जुनको टक झ्याल बाट सिधा हाम्रो ओछ्यानमा पर्दा उज्यालो प्रस्ट देख्न सकिन्थ्यो र ओछ्यान बाटै जुनलाई हेर्न सकिन्थ्यो,भए पनि अलिक पर टेबल मा मैन बत्तीको आकर्षक प्रकाशले कोठालाई अर्कै रोनक बनाएको थियो ।

मंसिर महिनाको चिसो निकै थियो,हावाका झोकाहरूले पर्दा सरर हललाई रहेको थियो,यो हाम्रो पहिलो रात् तेसैले हामी दुबै अलिक संकोच र डराएका थियौ, बिशेष गरेर म निकै डर र त्रास बोकेर आँत्तिएकी थिए,बिस्तारै रात् छिपिद्दै जादै थीयो,यतीकैमा उनी मेरो नजिक आएर बसिदिदा लाज मान्दै मुन्टो लुकाएको थिए मैले । उसले बिस्तारै मेरो टाउको उठाउदै केही भन्दै गयो । तर उस्को स्पर्सले म बेहोस् झै भएँ । मुटु ढुक-ढुक भएर केही बुज्न सकिन । उनी अली अली गर्दै मेरो नजिक हुँदै गए र मधुर स्वरमा शान्ती भन्दै केही फुस फुसाउन थाले कानमा । अब हामी बिच् हावा बहने ठाँउ सम्म थिएन । त्यस्पछी म उस्का मीठा -मिठा कुराहरुमा हराए ।उनले मलाई बिस्तारै-बिस्तारै स्पर्स गर्न थाले । मेरा सारा शरीर तरङ्गित भएर आयो । उस्का चाहनाहरू एक्-एक गर्दै मेरा सारा अङग -प्रत्यङ्गमा सलबलाउन लागे । कोमल मेरा ओठहरुमा चुम्न लागे म पानि-पानी भएर पग्लिन थाले । भुतुक्कै भए। बिजाउने उनका दारी कोमल मेरा गाला र शरीरमा पर्दाको अनुभुती बेग्लै भयो मलाई। सारा शरीर बिधुतिय धार तिब्र बग्न लागे। मजबुद उनका आलिङ्गन आनि चौडा छातीमा म लिप्त भएको थिए। धेरै बेरको आलिङगन र चुम्बन पछि उनी म मा र म उनिमा समाहित भयौ । दुइ ज्यान एक भयो । म थोरै पिडा र आनन्दले छट्पटाउन चाहे तर मजबुद उन्का माम्सपेसीका अगाडि मेरो केही जोड चलेन । शरिर थरर कापेको थियो,हामी स्वर्गिय आनन्दमा मस्त थियौ ।

यतिकैमा बाहिर कसैले मलाई बोलाइ रहेको रहेछ्,झसङ्ग भए,म त कल्पना पो डुबेकी रहेछु,बाहिर बाट पुन: फर्की आए र चैत्र मासे हुरी झै सुस्केरा हाले र फेरि अतितलाई केलाउन लागे ।हो हाम्रो बैबाहिक जीवन राम्रै चलेको थियो । उनको अथाहा स्नेह मैले पाएकी थिए । मेरा हरेक इच्छा पूरा गर्न उनी निकै मरी मेट्थे । रातभर रातभर माया-प्रितिका कुरा गर्दै रात छर्लङ्ग पार्नु कुनै नौलो कुरा थिएन हाम्रो लागि ।मेरो आँखामा कहीले आँशु देख्न सक्दैन थे उनी । र मेरो दुख सुन्न सक्दैनथे ।माया यति प्रगाढ थियो की बयान गरेर सक्दिन म ।नहुने माया धेरै भन्छन् साँच्चै त्यस्तै हुन गयो।

हरि र मेरो बिहे भएको तीन बर्ष पछि म दुइ सन्तानकी आमा भए,पहिलो डेढ बर्षमा पहिलो सन्तान भयो र त्यस्को फेरि डेढ बर्ष पछि अर्को,पहिलो छोरा अनि छोरी,सबैले कत्ति सुखी परिवार भनि कुरा गर्थे हाम्रो,छोरा राजन र सिमालाई पाएर हामी अती नै खुशी भएका थियौ । दिन सामान्य बित्दै थिए,हम्रो माया घटेको थिएन । अब सन्तानको पनि बोज थपिएकोले हामी अलिक गम्भीर हुनु स्वाभाबिक थियो ।आर्थिक स्थिति सुधार्न र नानीहरूलाई राम्रो शिक्षा दिन बाहिर देश् जाने कुरा राखे हरिले मसँग र पछि पछि कागज पत्र मिलेपछी हामीलाई पनि बोलाउने कुरा गरे,मैले पनि धेरै सोचे ,दुई-चार बर्ष छुटेर जीवन भर सूख हुन्छ भने ठिकैछ नी त जस्तो लाग्यो र सबैको घर परिवारको मन्जुरिमा मैले पनि नाई भन्न सकिन।

नानी सिमा भर्खर् दुई महिनाकी मात्र भएकी थी,आज जस्तै सिम-सिमे पानीमा हरि आमा-बाबाको हातको टीका लगाइ मलाई जसो तसो फकाइ चुप्प म्वाइ खाँदै बिदेशीएका थिए । जब हरि बाहिर गए म आफूलाई निकै एक्लो महशुस गर्न थाले तर बाबु नानी साथमा भएकोले मलाई समय काट्न केही सजिलो भएको थियो । हरीले बिदेश बाट बारम्बार पत्रचार र फोन पनि गरिरहन्थे । सुरुका दिनहरुमा निकै गाह्रो भए पनि बिस्तारै नानीहरूसँग मन भुलाएर रमाउन थाले म । हरीले घरमा खर्च पठाउदा मलाई बेग्लै पठाएको हुन्थे । फोनमा पनि सम्जाइ रहन्थे उनी मलाई । अब हरिले मलाई पनि उनीसंगै बोलाउन कागज पत्र तयार गर्न भने। मैले सारा कागज पत्र तयार गरे अनि बाहिर जना धेरै प्रयास गरे तर मेरो कहीले के त कहीले के नमिलेर फर्काइयो । धेरै पटक प्रयास गर्दा पनि मिलेन । सायद भागवानलाइ नै मंजुर थिएन ।

हरेक पटक को असफल प्रयासले म पनि हार हुन थाले ।यसो -तेसो गर्दा गर्दै तीन बर्ष बित्यो,अब हरिको फोन र पत्र पातलिन लाग्यो ।घरमा खर्च पठाउन बन्द हुन लाग्यो । मलाई पनि वास्ता गर्न छाडेका थिए । मैले फोन गर्दा कहीले समय ब्यस्तता त कहीले के भनि बाहाना बनाइ तर्कन थाले ।हरीमा आएको एक्कासीको परिवर्तनले म मात्र हैन घरका सबै परिवार पनि छक्क परेका थिए । तिन बर्ष पछि त हरिले अब आफ्नो फोन नम्बर पनि फेरेछन् र काम पनि । अब हरिलाई संपर्क गर्न गाह्रो भयो मलाई,चिनेका धेरै मान्छेहरूलाई बुज्न लगाए तर कसैले केही पत्ता लगाउन सकेनन हरि अस्ट्रेलियामा नै छ भन्ने चाँही सुन्न पाए ।

मनमा अनगिन्ती प्रश्न उठ्न थाले मेरा । उसको व्यबहारले छांगा बाट खसे जस्तै बनायो मलाई । पिर र चिन्तामा दिन काट्थे भने आँशुमा रातहरू । सबैले सम्झाउथे तर आफ्नो जीवन साथीले नै धोका दिए पछि म कहाँ कसलाई मनको पिर पोख्न सक्थे र ?? मैले हरिलाई धेरै खोज्न चाहे तर सकिन । आशु मेरो साथी हुन थाल्यो । जो जति नै आफन्तको साथ भए पनि जीवनसाथीको साथ जस्तो नहुने रहेछ !!!यस्तै पिर र ब्यथा बोक्दै दिन कटाउन वाध्य थिए म ।अब त नानीहरू पनि अलिक ठुला भए,राजन र सिमालाई त बाबाको याद पनि छैन कस्तो छ के छ भनेर। कति अभागि रहेछन् भनि मन् मनमा सोच्थे ।

अब मलाई पनि नेपाल बस्न मन लागेन ।,अनि बहिनि इज्रयलमा भएकोले घरमा बाबु-नानी हरिको बा-आमाको जिम्मा लाउदै हुत्तिए पर्देशमा टुहुरा टुहुरी जस्तो बनाई आफ्ना मुटुको टुक्राहरूलाई । हरीले नहेरे पछि नानीहरूको भबिस्य आफ्नै काधमा आइलागेकोले म आफै दुख गर्न आँउनु बाध्यता जस्तै पनि थियो ।,आज म इज्रयाल आएको पाँच बर्ष भैसकेछ नानीहरू पनि निकै ठुला भैसके होलान । हरिसँग छुटेको पनि बार्ह बर्ष बितिसकेछ ।सिमा पनि बाह्र बर्षकी भैसकि। उनीहरुले न आमाको माया पाए न बाबाको ।आज यो झरिमा उही निस्ठुरी हरिको माया भुल्न नसकी तड्पिएर संझिदै बसेकिछु ।झरिमा हरिसँग बिताएका पलहरू सन्झदै,अझै पनि उही निस्ठुरी हरिको प्रतिक्षामा बसिरहेछु । एक दिन त कसो नफिर्ला आफ्नो घर सम्झि मुटुका टुक्राहरू सम्झि भन्दै । उसले किन यसो गरे के गल्ति थियो मेरा र निर्दोष ती बालकहरूको ? यति सोध्न मन लगेको छ निस्टुरीलाई ? तर पनि फर्की आए हरेक कुरा माफ गरि अङ्गाल्ने थिए निस्टुरीलाई आफ्नो मुटु संझेर …….

बन्दना श्रेष्ठ “बिवश”
भोजपुर – ५,

(स्रोत : Testingut

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *