श्रीराम श्रेष्ठका बाईस तङ्काहरु

~श्रीराम श्रेष्ठ~Shreeram Shrestha

गुराँस फुल्यो
ढकमक्क आकाश
बनै थर्किने
कोइलीको आवाज
सङ्गितबद्ध धुन ।


स्वादिलो फूल
भमरा नै टाँस्सिने
सुगन्धमय
नबितेको समय
ओइलिएको रूप ।


नीलो आकाश
घुम्टो हालेको माया
सूर्यास्त हुँदा
पहेँलिँदै रोएको
अँध्यारो बाटो छेक्दा ।


तिम्रो चाहना
पूरा भए पछि त
आकाश ताक्छ
कसरी बचाउने
कसरी जोगाउने ।


सम्झिने बानी
लामो समय कुर्दा
तीतो सम्झना
कसरी बिसने हो
दाग लागेको रात ।


भूत हिँडेछ
कालो मोसो दलेर
बत्ती नै कालो
अँध्यारो नै बोकेको
फ्ँयाकेको लाज हेर्दै ।


शुन्य दिमाग
आवाज पनि शुन्य
मृत्यु उत्सब
रूँदै हिँडेका खुट्टा
मुर्दाघर चर्किदा ।


किन दिएको
शङ्कालु मन मात्र
दुबै नजिकै
धीत मारेर खेलौँ
कराऔ पानी धोक्दै ।


पारिपट्टकिो
छोपिएको इन्द्रेणी
आँखा टोलायो
बाढी आएछ आफैँ
यथावत अवस्था ।


मनको पीडा
पोख् ने ठाउँ पाइनँ
जलेको जल्यै
भुसको आगोसरी ।


खहरे खोला
बगेको बग्यै भयो
सधैभरिको दुःखी
सधैंभरिको पीडा ।


मनै कल्पिने
हरियो दृश्य देख्दा
साँझ परेको
मात्तिएको यो मन
थाम्नै नसक्ने बैंस ।


मध्यरातमा
अँगालोभरि माया
बाँधेको मन
फुत्कन खोज्दाखेरी
गर्भिणी मृग भाग्छे ।


सुनेँ र देखेँ
त्यो तिम्रो अनुहार
गुराँस जस्तै
सधैँ फुलिरहने
अजम्बरी बुटीझैँ ।


महाभूकम्प
झझल्को नै आएछ
रात चिरिँदा
कति औडाह भयो नि
तिमी आफै बुझन ।


पर्खी बसेँ म
समय बिते पनि
आशा नमारी
एक्लो बस्न सकिनँ
खोजेको भेट्टाइनँ ।


वर्षाको भेल
बताउनै नमिल्ने
आजै तरौँ न
मौका आइहाल्ने छ
पानी पनि धमिलो ।


नक्कली हाँसो
खित्का छाडेको आँखा
चढेको बैँस
खोल्सामा चिप्लिएर
पछारिँदाको हाँसो ।


आँखा जुधेको
हिजोजस्तो लागेको
हिँडेको बाटो
जिस्किँदै यताउता
फरक अनुहार ।


थाकेको साँझ
डुब्न लागेको घाम
नौलो प्रकृति
नरोकिने नियम
फेरिएको समय ।


तिमी त टाढा
एक्लो कोठा एक्लै म
तर्सिने झ्याङ
एकोहोरो आवाज
शुन्यरात चिथोर्दै ।


मलामी कुर्दा
रित्तो पैताला दौडिन्छ
लास बोकेको
निहुँरिएको यात्रा
लास मात्रै सम्झेर ।


(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in तङ्का and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *