गजल : प्रेमिकाले भनेको..

~सुरेन्द्र खौलराठी~Shree Surendra

लगन जुरी सक्यो, बिहेको सुरसार हुनेछ !
जति रोउ तिमी अब, उस्लाई हतार हुनेछ !

जीवनभरी साथ दिने, साथी मिलोस तिमीलाई,
दैव संग संधै मेरो, बिन्ती पुकार हुनेछ !

भुली दिनु मलाई, नयाँ संसार सजाउनु,
मेरो लागी यो नै, तिम्रो उपहार हुनेछ !

भेट्ने कुरा नगर, देख्नै पाउने छैनौ,
हाम्रो बिचमा समाज, अब दिवार हुनेछ !

नकोट्याउ अतितलाई, न तड्पाउ अभागीलाई,
तिम्रो याद नै मुटू रेट्ने तरवार हुनेछ !

(स्रोत : Himalayamail)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.