एकाङ्की : कलेज

~सगुफ्ता साहिन~

वर्तमानमा कलेजमा छाएको पश्चिमीकरणले गर्दा हरेक विद्यार्थीहरु विग्रिरहेको अवस्थामा उनिहरुलाई शिक्षक संग गर्नुपर्ने व्यवहर र सत्कारको पनि ज्ञान रहेको देखिदैन । यसैलाई मध्यनजर गरेर यो नाटकको सृजना गरिएको हो । यसको सुरुवात शिक्षकको कक्षामा आगमनसंगै हुन्छ ।

शिक्षक : सबै विद्यार्थीहरु उठ है !
(सबै विद्यार्थीहरु उठ्छन् तर दुई जना बसिरहन्छ ।)

विद्यार्थीहरु : Good morning गुरुबा ! (एउटै आवाजमा)

शिक्षक : (वसेको विद्यार्थीलाई टाउकोमा हिर्काउदै र उसले लिएको कपि तान्दै) हइन म उठ् भन्दा पनि नउठ्ने यस्तो के मा busy छौ तिमिहरु हँ……..! अहो यसले त Physics को Homework पो लेख्दै छे । लौ हेरौ के लेखेकी रहेछिस् My lovely…. (रिसाउदै, टाउकोमा हिर्काउदै) ल बस् ।

विद्यार्थी : Good morningगुरुबाँ
(यतिकैमा अर्धपागल नाम गरेको एउटा विद्यार्थीको आगमन हुन्छ ।)

विद्यार्थी १ : गोरुवाँ नमस्ते !

शिक्षक : के रे, गोरुवा ! (कान समात्दै)

विद्यार्थी १ : क्षमा पाऊ गोरु… क्षमा गुरुवा !

शिक्षक : ल ल गएर आफ्नो सिटमा गएर बस् ।
(अर्को विद्यार्थीको प्रवेश हुन्छ)

विद्यार्थी : M प्रणम गुरुवा प्रणाम ! (ढोग्ने बहानामा गुरुको जुत्ताको तुना बाधिदिन्छ ।)

शिक्षक : स्यावास् यो मेरो असल शिस्य रहेछ । जिवनमा सधै यस्तो कार्यमा सफल बन्नु । म मा भएको गुण तिमीले सर्व अपनाएको रहेछौं । स्यावास् ! ल उठ ।
(विद्यार्थी उठ्छ ।)

शिक्षक : ल जाउ आफ्नो स्थान ग्रहण गर बालक । (विद्यार्थी मुसुमुसु हास्दै आफ्नो ठाउतिर जान्छ । शिक्षक तिर फर्कन खोज्छ तर लेस बाधिएको हुनाले धन्न लड्छ ।)

शिक्षक : (रिसाउदै) तलाई छट्टु, बदमास, अन्नाको दुश्मन धर्तीको वोझ, मुर्ख मैले यतिमा गरे तर त भने…….! ल अव यता हेर् ।
(त्यस्तैमा तेस्रो विद्यार्थीको आगमन हुन्छ ।)

विद्यार्थी ३ : हेर्दै आएको हो मास्टर जीईईईई…….!

शिक्षक : होइन ढिलोपनि आउने अझ हेर्दै आएको पनि भन्ने । के हेर्दै आइस् हँ ?

विद्यार्थी ३ : बाटोमा च्वाँक च्वाँक केटीहरु र यहाँ हजुरको गाईंजात्रा । (सवै गललल हाँस्छन् ।)

शिक्षक : (कम्मर हल्लाउदै) बदमास, नाटक नपार, गएर बस् । ल विद्यार्थी आज हामी वर्ण ब्याकरण पढ्ने हैं ! (भन्दै विद्यार्थी भएतिर जान्छ)

विद्यार्थीहरु : (सवै एकै स्वरमा) हुन्छ गोरुवाँ !

शिक्षक : फेरी, फेरी ! यस्तै ग¥यौ भने फेल हुन्छौ र रुदै आउनु पर्ला ! ल विश्वविनास तिमि यहाँ आउ र मैले भनेको कुरा स्पष्ट उच्चारण गर ! हुन्छ ?

विश्वविनास : (टाउको हल्लाउदै शिक्षक निर पुग्छ र शिक्षकलाई टुलुटुलु हेर्दै) हुन्छ गुरुवा !
(शिक्षक सोतो वोर्डमा केही लेख्न थाले जस्तो गर्छ त्यहि समयमा पछाडीवाट कसैले उसलाई कागजले प्रहार गर्छ ।)

शिक्षक : अइँया बाँ ! अहिले Principal लाई वोलाईदिन्छु अनि चाल पाउछौं ।
(सवै गललल हास्छन्) चुपलाग ! लाज नभएका मुर्ख सैतानहरु ! ल विश्वविनास क भन् ।

विश्व : चुप ! लाज नभएका मुर्ख सैतानहरु ! ल विश्वविनास क भन् ।

शिक्षक : हैन कुरै बुझ्दैन । (वोर्डमा लेख्दै) क भन् के क ।
(विचमा एउटा केटी विद्यार्थी जान्ने भएर वोल्छे)

केटी ३ : क के क, क भन न !

विश्व : ए क पो भन्ने हो ?

शिक्षक : हो ! ल, ल भन ।

विश्व : ल ।

शिक्षक : हैन तेरा बङ्गारा झार्नु परेको हो ? तैले मलाई न टेरेको ? अव न भन् त ।
(विश्वविनायक चुप लागेर टोलाउदै वस्छ ) हैन किन चुप लागेर वसेको ? न भन् न न ।

विश्व : ह्या गुरु पनि, (रिसाएको पारामा) आफै न भन्ने भन्नुहुन्छ अनि किन चुपलागेको पनि सोध्नुहुन्छ । यसो भन्न पाइन्न है मास्टर जी ।

विद्यार्थीहरु : (सवै नारा लगाउन थाल्छन्) पाइन्न है पाइन्न ! (एउटा विद्यार्थी विचमा प्वाक्क वोल्छे)

केटी ३ : यसो गर्न पाइन्न है सर यो हाम्रो अधिकारको कुरा हो हामी फेरी आन्दोलनमा जान्छौ, मानव अधिकारलाई गुहार्छौ, त्यतिले पुगेन भने नेपाल वन्द गर्छौ । (सवै विद्यार्थीहरु हास्छन्)

शिक्षक : (अचम्म मानेर) भो भो त्यति गनु पर्दैन । ल आज म अब तिमिहरुलाई अब सङ्गीत सिकाउछु । तिमीहरुलाई सङ्गीतको परिभाषा आउछ ? ल कोही उठेर भन । ( एक जना केटा र एक जना केटी संगसंगै उठ्छन् )

शिक्षक : हैन मैले त एक जना मात्र उठ भनेको हो ।

विद्यार्थी : हामी दुई सरिर एक आत्मा हौं । हामीलाई छुट्टाछुट्टै हेर्ने प्रयास नगर्नु हाला ।

शिक्षक : (अचम्म मान्दै) ओहो यी आजकलका केटाकेटीहरु ! ल दुई शरिर एक आत्मा भन सङ्गीत भनेको के हो ?

केटी २ : (विचमा एउटा केटीले अर्कोलाई इसारा गर्दै) ओहो हेर न नाटक पारेका, लाज पनि नभएका, ल सरको प्रश्नको उत्तर भन् ।

केटी ४ : के भन्छेस्, साँचो पे्रम गर्नुमा के नराम्रो छ र ? साँचो प्रेमले त जीवनमा केही गर्न प्रेरणा पो दिन्छ तर सर्त यो छ कि त्यो प्रेम साँचो होस् । त्यो एक शरिरको आकर्षण मात्र नहोस् । यस्तो प्रेमले जीवनको हरेक कदममा जीवनमा चाहिने साँचो साथिको खाँचो पुरा गर्छ । अनि त कति मोझ छ यार जिन्दगी । (गुरुवा ट्वाल्ल पर्छन्) वास्तवमा त्यही खाँचो पुरा गर्ने आवश्यक हो प्रेम ।

शिक्षक : (दङ्ग पर्दै स्यावासी दिन थाल्छन्) स्यावास् कति मिठो विचार ।

केटी ३ : ओहो, यसको कुराले म पनि सारै नै प्रभावित भए सर । आज देखि म पनि साँचो प्रेमीको खोजी सुरु गर्छु । ( सवै हास्छन् )

शिक्षक : चुप अनावश्यक हल्ला गर्ने होइन । ल सत्या र सुभावना तिमिहरु आफ्नो विचार राख ।

केटी १ : कष्च मेरो विचारमा सङ्गीत त त्यो साथि हो जसले हामीलाई दुःखमा साहारा दिदै हास्न सिकाउछ र सुखमा अरुको दुखलाई दुर गर्न सहयोग गरि आफ्नो जीवन अरुको खुसीको लागि व्यतित गर्ने प्रेरणा पनि दिन्छ ।

केटी २ : साथै यसले जीवनमा पे्रमको आवश्यकता र साँचो प्रेमाको परिभाषा सिकाउछ । त्यति मात्र होइन यसले विभिन्न क्राmन्तको लागी जनचेतना उत्पन्न गर्छ सर ।

शिक्षक : स्यावास् ! तिमिहरुको यस्तो राम्रो भावना र विचार देखेर अब हाम्रो देश साँच्चै नै नयाँ युगमा प्रवेश गर्ने भयो । तिमीहरुले पक्कै पनि अव नयाँ नेपाल वनाउछौँ भन्ने कुरामा म विस्वस्त भए । ल वस । (शिक्षक प्रशन्न हुन्छन्)

केटी १ र २ : Thank you गुरुवा ! गुरुवा हामी पानि खाएर आँउछौं है ।

शिक्षक : हुन्छ हुन्छ जाऊ । (अरु विद्यार्थीहरु तिर हेर्दै) ल विद्यार्थीहरु अब सङ्गीतको प्रथम पाठ तिर लागौ । म पछि सबै भन सा…..रे…..ग….म…..प….ध…..नि….सा….
(विद्यार्थीहरुको स्वर र ताल मिल्दैन। सवै चिच्याउदै गाउछन्)

शिक्षक : यसो भएन, म एक एक गरि सङ्गीत सीकाउछु । (सवै सिठ्ठी वजाउछन्, कोही ताली बजाउछन्) ल वावु यता आऊ (एउटा विद्यार्थीलाई इशारा गर्दै)

अधुरो : बाबु भन्न पाइदैन है सर वल्ल–वल्ल handsome, भाछु, केटी पट्टाउने सुरमा छु । बाबु भनेर Bore गर्ने हैन है (बुढा) गुरुवा । मेरो पनि त prestige छ नि ।

शिक्षक : ल ल तिम्रो नाम

अधुरो : अधुरो सपना (हात हल्लाउदै) राम्रो छैन त गुरुवा ?

शिक्षक : अति राम्रो छ । ल म सङ्गीतको भाका हाल्छु तिमि पनि दोहो¥याउनु ।

अधुरो : भइहाल्छ नि गुरुवा । (केटीतिर हेर्दै मुसुक्क हास्छ)

शिक्षक : ला….लाला…..लालालाला……

अधुरो : लालाला…..

शिक्षक : भएन हेर हामीले राम्रो विद्यार्थीलाई मात्रै होइन आमाबाबुले सपार्न नसकेकालाई पनि सपारेर पठाएका छौं । ल यो भन हो….होहो…होहोहो…

अधुरो : हा…हा…हा…(हास्न थाल्छ)

शिक्षक : होइन के गरेको ? लौ त्यो छोड यो गाउ । ओ …ओ….ओओ…

अधुरो : ओ… ओ…. ओ….(रोएको स्वरमा गाउछ, सवै हास्छन्)

शिक्षक : यो पनि भएन । एउटा काम गर, तिमीलाई आउने एउटा गीत गाउ म त्यसमै तिमीलाई सङ्गीतको ज्ञान दिन्छु ।

अधुरो : हो गुरुवा साँच्चै गाउ ?

शिक्षक : हो हो गाउ न मैले भन्दैछु त ।

अधुरो : हेर्नु गुरुवा त्यो गीत गाएपछि केहि अपरझट भयो भने जिम्मा हजुरको है । ल ल सबैलले सुन

शिक्षक : ल ल यसलाई सवैले सुन । यसको गितको जिम्मा मैले लिए । ल सवैले सुन यसको गित ।

अधुरो : (मख्ख पर्दै स्टाइल पारेर केटीहरुको बेन्च निर जान्छ र जिस्काउने पाराले गीत गाउछ )

केटीहरु : (सर्ट मिलाउदै हात मुछ्दै उठ्छन् र अधुरोलाई पिट्न थाल्छन् र गाली गर्छन्) आज तिम्रो बन्दोबस्त नगरी कहाँ छाड्छौ र लौ खा ! यो पनि खा !

केटाहरु : शान्ती, शान्ती, न पिट न विचारालाई

केटीहरु : बिचारा , के को बिचारा ?

केटाहरु : होइन तिमीहरुले बिस्र्यौ, यसको जिम्मा गुरुवाको पो हो त । त्यसैले पिट्नै छ भने……(गुरुतिर हैर्दै)

शिक्षक : भैगो मलाई माफ गर । म आजैदेखि शिक्षण पेशा छाड्छु । अब म कहिल्यै पढाउदिन । म अब सङ्गीत पनि कहिल्यै सिकाउदिन । मलाई माफ गर । ( यत्तिकैमा सत्या र सुभावनाको प्रवेश हुन्छ । गुरुले माफी मागेको देखेर तिनिहरु गुरुलाई सोध्छन् )

केटी १ : होइन गुरुवा, किन माफी मागिरहनु भएको छ ? सङ्गीतवाट अव माफी पत्र लेखाउन सिकाउदै हुनुहुन्छ कि क्या हो ?

शिक्षक : होइन, म आजका विद्यार्थीहरुको व्यवहारवाट अति दुःखीत छु । यो शिक्षण पेशा थालेको १० बर्ष भइसक्यो अहिले सम्म मलाई पढाउन यत्तिको कष्ट भएको थिएन । अव त यो पेशै छोडीदिन्छु ।

केटी २ : होइन सर विद्यार्थी बिग्रदैमा शिक्षण पेशा नछोड्नुहोस् । बरु सकेसम्म यी बिग्रेकाहरुलाई हामी एकजुट भएर सपार्ने प्रयास गरौं ।

शिक्षक : होइन नानु म वरु जेलमा जन्मकैद कैदी भएर जीवन बिताउन तयार छु तर यी बदमासहरुलाई सपार्न भने सक्दिन । यीनिहरुको तभलतष्यल ले त मलाई न दिनको भोक न रातको निद्रा गराएको छ । अब त म कक्षा छोडेर जानुपर्छ ।

केटी १ : होइन गुरुवा एक दुई विद्यार्थीको कारणले हामी सवै विद्यार्थीको भविश्य माथी नै प्रश्न चिन्ह खडा नगर्नु होस् न । वरु हामी यीनिहरुलाई सम्झउछौं ।

शिक्षक : ठिकै छ, तिमीहरु त्यसो भन्छौ भने केही समय कक्षा लिन्छु ।

केटी २ : हेर साथीहरु इदि हाम्रो व्यवहारले गर्दा सबै शिक्षकको मुटु दुखी हामीलाई पढाउन छाडे भने हाम्रो भविष्य कस्तो होला भन त । हाम्रा बाबु आमाले हामीलाई कत्रो सपना देखेर कलेज पठाएका छन् हामी भने यहा…। हामी पढेनौ भने हाम्रो सपना अनि हाम्रो आमा बुवाको सपना सवै चकनाचुर हुन्छ । अहिले पो रमाइले भछ होला पछि भविश्यमा रुनु प¥यो भने…..

केटी २ : हो त नी । अझ हाम्रो देशमा गुरुहरुलाई आमाबुवा सरह पुजा गरिन्छ । के हामी आफ्नो आमा वा बुवा संग यस्तो व्यवहार गर्न सुहाउछ त ? के हाम्रो आत्माले यसो गर्न देला त ?

केटी १ : एउटा शिक्षकले आफ्नो सम्पुर्ण जिवन विद्यार्थीको भविष्य विद्यार्थीहरुको प्रगतिको लागि व्यतित गर्छ त्यस्तो मान्छेलाई ढोग्नुको साटो हामी यस्तो अपमान गर्ने । एउटा कुरा मनमा राख । कुनै दिन यस्तो पनि आउन सक्छ कि तिम्रै छोराछोरीले तिमीलाई समेत यस्तो व्यवहार गर्न सक्छ । छि मलमई त तिमीहरुलाई साथी भन्न पनि घिन् लग्न थाली सक्यो ।
(सबै विद्यार्थीहरु आफ्नो गल्ती स्विकर गर्छन् र एकै साथ हात जोडेर÷कान समातेर माफ माग्छन् ।)

विद्यार्थीहरु : हामीलाई माफ गनुहोस् गुरुवा , अव हामी साँच्चै एक आज्ञाकारी विद्यार्थी भएर पढ्छौ । हामीलाई माफ गर्नुहोस् ।

शिक्षक : भो भो तिमीहरुले गल्ती स्विकार ग¥यौ धैरै राम्रो । अव राम्रो संग पढ्नु । त्यति भए पुग्छ मलाई । (त्यत्तिकैमा घण्टि लाग्छ ) ल आजलाई यति नै भोलीवाट हामी राम्रो संग पढ्ने है त ।

विद्यार्थीहरु : (एकै स्वरमा) हुन्छ सर ।

लेखीकाः सगुफ्ता साहिन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *