गजल : बिकास भयो

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

गणतन्त्रमा बन्द काम को बिकास भयो
जनतामा व्यापारको आशा छैन मन्दको बिकास भयो

जातियता बिभाजित बन्न जाँदा
देश र जनमा गन्धको बिकास भयो

शिक्षित सोझा नेपाली सन्तान पनि
बिदेशिनै दन्द्धको बिकास भयो

युवा शक्ति नहुँदा स्वदेशमा
नेतालाई आनन्दको बिकास भयो

सम्बिधान र शान्ती भन्छन् यहाँ
कहीँ नमिल्ने छन्दको बिकास भयो ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.