पत्र कथा : भ्यालेन्टाइन डेको शुभकामना

~चकेन्द्र राई “कैदी”~Chakendra Rai 'Kaidi'

मायामा अडिएको छ दुनियाँ ।
विश्वासले चलेको छ संसार ।।
प्रेमी प्रेमिकामा धोका नहोस ।
श्रीमान् श्रीमतीमा घात प्रतिघात नहोस ।।

प्राण प्यारी,

भ्यालेन्टाइन डेको लाखौं लाख शुभकामनाहरु
बर्षौं भएछ, तिमीले मलाई भ्यालेन्टाइन डेको उपहार दिएको ।जति बेला हामी प्रेमको अथाह सागरमा डुबुल्की मार्दै थियौं त्यति बेला भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको बारेमा तिमीले मलाई पहिलो पल्ट बताएकी थियौ । जसअनुसार सामाजिक मर्यादा विपरीत पादरी सेन्ट भ्यालेन्टाइनले मानिसहरुलाई प्रेम र विवाह गर्न प्रोत्सान गरेको महाभियोग लगाउदै इसापूर्व २७० को फ्रेबुवरी १४ मा रोममा मृत्युदण्डको कठोर सजाय दिईएको थियो । अहिले त्यहि“ दिनलाई विश्व भरका मान्छेहरु एक उत्सवको रुपमा मनाउदै आएको कुरा सुनाएकी थियौं ।

अनि,भनेकी थियौं – आफूले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव गर्ने दिन मात्र नभई प्रेमी प्रेमिकाहरुले एक अर्कालाई आकर्षक उपहार दिएर जीवनलाई अझ प्रेमील र रोमान्टिक बनाउने दिन पनि हो भनेर । सा“च्चि भन्नु पर्दा तिमी मेरो गुरु हौ । प्रणय दिवसको लागि मात्र होइन । जीवन र जगतको बारेमा मैले जे बुझेको छु त्यो सबै सबै तिमीले नै सिकाएकी हौ, मायाप्रीति गास्न तिम्रै स¨तमा सिकेको थिए ।

तिमीलाई पनि याद होला भ्यालेन्टाइन डेको दिन एक पटक हामी रत्न पार्कमा सिङ्गै एक दिन बिताएको थियौं । रत्नपार्क भित्र पस्दा लाग्ने खर्च दुई जनाको ३० रुपैयाँ तिमीले नै तिरेकी थियौं । ६० रुपैयाँको सुन्तला तिमीले नै किनेकी थियौ । सुन्तला खादै यस्तै मायाप्रीतिको कुरा गरेका थियौं । त्यति बेला उपहारको रुपमा आÏनै एक तोलाको औँठी फुकालेर मेरो माइली औंलामा लगाई दिएकी थियौं । अनि मैले चा“हि मायाप्रीतिको दुनियाँमा सर्वोत्कृष्ट मानिने महाकवि लक्ष्मी प्रसाद देवकोटाको मुना–मदन खण्डकाब्य उपहार स्वरुप दिएको थिएँ । त्यो मेरो जीवनको एक अविस्मरणी पल पनि हो । यसपाली पनि प्रणय दिवसमा उपहार स्वरुप कपडा र केहि फोटाहरु पठाई दिएकी रहिछौं । मेरो तर्फ बाट धन्यवाद सहित टाइटानिक फिल्म उपहार तिमीलाई ।

प्रस¨बस आज स्मरण गराउन मन लाग्यो,लगभग १ वर्ष अघि हजारौं सपना बोकेर विदेशीयको एक निर्दोष नेपाली गोबिन्द प्रसाद मैनालीको जीवनगाथालाई । गोबिन्द प्रसाद मैनालीलाई जापान सरकारले बिना कसूर १५ वर्ष जेल सजाय दिए पछि त्यहा“को अदलातले निर्दोष साबित गर्दै जेल मुक्त गरेको थियो । मैले यहा“ सम्झन खोजेको केवल माया र विश्वासको कुरा मात्र हो । हिजोआजका मान्छेहरु अलीक भौतिकवादी बन्दै गएको परिवेशमा गोबिन्द प्रसाद मैनालीको जीवनी आजका मान्छेहरुका लागी प्रेरक बन्न सक्छ । गोबिन्द प्रसाद मैनालीको भन्दा पनि उनको श्रीमतीको सर्मपण र त्यागको चर्चा गर्दैछु । १५ बर्ष सम्म हरेक रात एउटै सपना सजाउदै निदाउनु र त्यहि सपना सजाउदै उठ्नु दुनिया“को कुनै मान्छेको लागी सामान्य मान्न सकिदैन । उनको त्यहि त्यागले फेरी उनीहरुलाई एकै ठाउ बनाइ दिएको छ ।

जीन्दगीले उकाली चढोस या ओरली नै झरोस चाहे मूत्र्ति जस्तै ठि¨ उभिरहोस् फेरी पनि जीवन अगाडि नै बड्दो रहेछ । जीन्दगी अगाडि बड्दै गर्दा सयोगबस तिमी स“ग भेट भयो, माया गासियो र विवाह पनि भयो । यो मेरो लागी अहोभाग्य पनि हो । हुन सक्छ मैले तिमीलाई सुख त दिन सकिन होला । तर एउटा श्रीमानले आÏनो श्रीमतीलाई जति प्यार,अर्पण,त्याग र विश्वास गर्न सक्छ त्यसमा कहिल्यै कमी र कन्चुस्याइ“ गरे जस्तो लाग्दैन । एक पटक तिमीले नै भनेकी थियौ सुख त बा≈य हो । आनन्द चा“हि आन्तरिक हो भनेर । अहिले मलाई पनि लाग्दैछ श्रीमान् श्रीमतीको प्रेम बा≈य होईन,आन्तरिक नै हुनु पर्दो रहेछ भनेर ।

आज बाध्यताले हामी यसरी धेरै टाढा छौं, हाम्रा जीवनका केहि आधारभूत आवश्यकताहरु पनि छन् जसलाई हामीले पुरा गर्नु छ । त्यहि“ कारण यसरी तड्पिएर बस्नु परेको छ । विदेश जाने मेरो कुनै सोच नै थिएन । तर तिमीले भन्यौ हरेकको जीवन शून्य बाट नै सुरु हुन्छ । बुढा पहिलाको दुःख र पछिको सुख पो राम्रो हो त भनेर । यसो भनी रहदा मैले तिमीप्रती गुनासाहरु जाहेर गर्न खोजेको हुदै होईन । बरु यस्तै सकारात्मक तिम्रो सोचाईहरु मलाई सबैभन्दा मन पर्ने पक्ष हो । जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि मीठो हौसला दिने तिम्रो साहस भित्र छोरी मान्छेहरुको सबै रुप देख्ने गरेको छु । यहि कारणहरुले तिम्रो अन्धोभक्त भएर होला आजकल धर्ती भरि तिम्रै बिम्ब देख्न थालेको छु । आकाशमा भरि पनि तिम्रै प्रतिविम्ब देख्न थालेको छु । हाम्रो सा“च्चो मायाको प्रमाण यहि होला शायद ।

प्यारी π पैसा सजिलै आर्जन गर्न कहाँ सकिने रहेछ र…..दिनमा १० देखि १२ घण्टा सम्म काम गर्नु पर्छ । त्यति बेला ज्यान गलेर लखतरान हुन्छ । अनि तिमीलाई सम्झन्छु तिम्रो यादले मेरो आत्मा भरि अनौठो उत्साहा भरि दिन्छ । मनै त हो कहिलेकही“ कामको चापले दिक्दारी भएर रिस पनि उठ्छ । धेरै रिस उठेको बेला मलाई सम्झनु एक दिन तिमीले भनेको यहि शब्द सम्झन्छु, अनि झस¨ भएर आफैं समालिन्छु ।

तिम्रो तस्बिर बोकेर विदेशीयको पनि निक्कै लामो समय भएछ । जव तिम्रो यादले सताउछ अनि त्यहि“ तस्बिर हेरेर चित्त बुझउछु । परदेशको कथा यस्तै हुदो रहेछ । मिसकल गरेर पनि चित्त बुझाउनु पर्ने वाध्यता सगै गुज्रदै आएको छौं । कहिलेकही“ विविध कारणले मिसकल गर्न सम्म पनि पाइदैन । एक दिन मोवाइल भुलेर बाहिर गएको मेसो परेछ । सदा जस्तो मिसकलको जवाफ तिम्रो मिसकल नआए पछि कामै छाडेर दुइ घण्टामा मैले सय भन्दा धेरै मिसकल गरेको थिए“ । तिमीले आत्तिदै फोन गरेकी थियौ,सबै कुरा थाहा भए पछि निक्कै रिसाएकी थियौ । त्यति बेला मैले भनेको थिए“,यता मलाई तिम्रो चिन्ता,उता तिमीलाई मेरो चिन्ता । केहि भएको होईन, डार्लिङ्ग यस्तै हुदो रहेछ परदेशीको जीवन…. तिमी मुसुक्क मुस्कुराएकी थियौ ।

यसरी बिति रहेको छ मेरो वर्तमान मैले एक एक पल तिमीलाई नै सर्मपण गरी रहेको छु । कहिलेकहीँ त लाग्छ अरुले पसिना बगाए भन्दा धेरै आशु बगाएको छु । तर निरन्तर आÏनो काम गरी पनि रहेकोछु,दस नङ«ा खियाइ रहेको हुन्छु । मेरो बुझाइमा सबै भन्दा उत्कृष्ट र उत्तम उपहार यो नै हो आÏनो जीवन साथीको लागी कि कसो ?

भन्छन् जति टाढा भयो माया उति नै गाढा हुन्छ भनेर, साँच्चि नै हो रहेछ । सँगै हुदा भन्दा टाढा हुदा प्रणय दिवसको झनै महत्व हुने रहेछ,मलाई यहि आभास हुदैछ । मौसम पनि उस्तै छ, समय पनि त्यस्तै छ । यति बेला धेरै याद गरी रहेको छु तिमीलाई । कहिलेकही“ पागल जस्तै भएर सक्दो चिच्च्याउन मन लाग्छ । तर के गर्नु तिमी सात समुन्द्रपारि छौं । तिम्रो सुमधुर आवाजहरु मेरो कानले सुन्न नसके पनि तिम्रो सुगन्धहरु मेरो नाकमा ठोकिने हरेक हावाहरुले ल्याएकै हुन्छ । साझ बिहान तिमीले मेरो लागी गर्ने प्रार्थना मेरो धड्कनले सुनि रहेकै हुन्छ । यस्तै प्रार्थना गरी रहनु त्यहि प्रार्थना मैले पनि गरी रहेको छु । दुई आत्माको पुकार भगवानले अवश्य सुन्ने छन् । जस्ले सात समुद्रपारी त के सात जन्म सम्म पनि नजिक्याउने छ । यतिखेर मैले महसुस गर्दैछु यो प्रणय दिवसको महत्व त श्रीमान् श्रीमती भए पछि झनै धेरै हुदो रहेछ, हैन त ?

म तिम्रो आँखा भित्र मिठो सितलता प्रदान गर्दै नबिझाउने लालगेडि भएर बाँच्न चाहान्छु । यो बिशाल आकाशमा स्वातन्त्र चखेवाको जोडी जस्तै भएर तिमी सगै संसार परिक्रमा गर्न चाहान्छु । मेरो चाहतकै कुरा गर्ने हो भने सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा बसेर तिमी सगै मुना–मदन पढ्न चाहान्छु । अनि मायामा के गर्न सकिन्छ भनेर दुनियाँलाई देखाउन चाहान्छु, । मेरो कारणले कहिल्यै एक थोपा आशु खसाउनु नपरोस । हामीले बिछोडको वियोग खप्नु नपरोस म यहि चाहन्छु । बाच्दा तिमी सँगै र मर्दा पनि हाँसीहाँसी तिमी सगै मर्न चाहान्छु । अन्त्यमा फेरी प्रणय दिवसको हार्दिक शुभकामना टक्रयाउन चाहान्छु वस ।

उहि तिम्रो जीवन साथी
चकेन्द्र ‘कैदी’ राई

चकेन्द्र राई ”कैदी”
धनकुटा, हाल :- दोहा, कतार

(स्रोत : DcNepal.com)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली कथा, पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *