कविता : प्रमाण पत्र

~अभागी मिनम घायल असफल~Abhagi Minam Ghayal Asafal

जती आशु दिनुछ देउ मलाई
तिम्रो लागि रुदा~रुदै
आशु सबै रित्ती सकेछ

जती गाली दिनुछ देउ मलाई
अब म सुन्दिन तिम्रो नफरतको
शब्दले मेरो कान बहिरो भैसकेछ

जती चोट दिनुछ देउ मलाई
तिम्रा ति अनगिन्ती घृणाको बाणहरुले
मेरो कोमल मुटु पत्थर भैसकेछ

जती दु:ख र पिर ब्यथा दिनुछ देउ मलाई
अब दुख्दैन मलाई,किनकी मैले दु:ख र ब्यथाको
प्रमाण पत्र लीई सकेछु
कतै तिमीलाई पो दु:खाउने होकी ?

अभागी मिनम घायल असफल
बिष्णुपुर कट्टी-३ सिरहा नेपाल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.