स्वदेश गान : बिहान उठ्ने बित्तिकै

~कालीप्रसाद रिजाल~Kali Prasad Rijal

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सँधै सँधै नेपाल लेख्न पाइयोस्

नेपाली श्रम र सिपको प्रभाव दिगन्त फैलियोस्
मलाई टेकी खुड्किलो यो देश माथि उक्लियोस्
नेपालको म सन्तती सगर्व भन्न पाइयोस्

मलाई छैन चाहना मरेर स्वर्गमा पुगौँ
छ कामना यही मेरो बरू म नर्कमा परूँ
जहाँ पुगेपनि तर नेपाली भन्न पाइयोस्

यो सुर्य चन्द्रको ध्वजा मेरै रगतले रंगियोस्
यहीँको जल अँजुलीभर निलेर मर्न पाइयोस्
स्वदेशको निम्ति यो शिर चढाउन पाइयोस्

शब्द – कालीप्रसाद रिजाल
सङ्गीत – आलोक श्री
स्वर – रामकृष्ण ढकाल

This entry was posted in नेपाली गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.