गीत : कसरी म भुलेँ

~भिम बिराग~Bhim Birag_1

कसरी म भुलेँ,
के मा म भुलेँ २
तिम्रो ओठमा,
तिम्रो मुस्कानमा २
आँखामा कि भाकामा,
कसरी म भुलेँ

पानी भित्र डुबी बस्छ,
चन्द्रमाको छायाँ २
सपना भित्र मन भुल्छ,
मन भित्र माया
तिम्रो रूपमा कि रंगमा,
के मा म भुलेँ

गहिराईमा सागर भुल्छ,
सागरमा पानी २
तिमीलाई खोजि बस्छ,
आँखाका यी नानी
तिम्रो साथले कि बातले,
के ले म भुलेँ

शब्द: भिम बिराग
संगित: मधु क्षेत्री
स्वर – नारायण गोपाल

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.