देउडा गीत : बैशाख जेठ काँ जानोहो

~प्रकाश जे धामी~Prakash J Dhami

बैशाख जेठ काँ जानोहो,बर्खा सुसाउन्या भेल ।
जिन्दगी भरी नबुझ्ने भयो,भगवान तेरो खेल ।।

जन्मेको ठाउँ पराई बनाई,खाडी मुलुक बाँस ।
दु:खी जिबन बेहाल बनाई,परानी भयो नाँस ।।

खाडी मुलुक समन्द्र छन्,खानाकि पानी नाई ।
जन्मेको ठाउँ भुलेर बस्न्या,मेरोत बानी नाई ।।

दु:खै दु:खको सागर रैछ,पराया मुलुक ठाउँ ।
दिन झल्का रात सुईना,आफ्नो प्यारो गाउँ ।।

खेत हुन्ना मार्शी धान,बन जङ्गल प्याउली ।
घुईला रुख लुकि कठै,गित गाउन्नी न्याउली ।।

प्रकाश जे धामी
डडेल्धुरा, नवदुर्गा कनेडा

(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )

This entry was posted in देउडा गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.