देउडा गीत : कैलै मिलन कैलै बिछोड

~प्रकाश जे धामी~Prakash J Dhami

कैलै मिलन कैलै बिछोड,जिन्दगी को खेल ।
माग राम्रो पाडिलो घाम,बैशाख राम्रो सेल ।।

जान लाग्यो बालो जोबन,साल मैना गणी ।
मैरो रैबार पुगाई दियई,,उडि जान्या चणी ।।

कैलै देश कैलै परदेश,,कठै गरिबको जुनी ।
भगवान ले भाग्य दियो,मेरो नसिब चुनी ।।

दाजु भाईको माया लाग्छ,कठै फोटो हेरी ।
रमाइलो भेट हुने होकि,साथी सङ्ग फेरी ।।

प्रकाश जे धामी
डडेल्धुरा, नवदुर्गा कनेडा

(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )

This entry was posted in देउडा गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.