कविता : क्यारे

~विचित्र डंगोल~

क्रान्ति भन्नु
भताभुंग पार्नु नै रहेछ क्यारे
जताततै भग्न स्थिति
देखिन लागिरहेछ

परिवर्तन भन्नु पनि
अदल बदल नै रहेछ क्यारे
मान्छेले नियत बदलेको
पाइन लागिरहेछ

विकास भन्नु पनि
महँगो चर्काउनु रहेछ क्यारे
हर चिज वस्तु
किनिनसक्नु हुँदै गइरहेछ ।

अस्थिर संसारमा
स्थिरताको आशा गर्नु
वृथा रहेछ क्यारे
यसैले नै सायद
मान्छे अविश्वसनीय
हुन लागिरहेछ

सुव्यवस्थाबाट भन्दा
अव्यवस्थाबाट
फाइदा हुने देखेर हो कि ?
मान्छे अनास्थावादी
आजभोलि बन्दै गइरहेछ

भविष्यप्रति
आशावादी बन्नु
भूलैरहेछ क्यारे
यसैले वर्तमानको मान्छे
लुट्न र झिट्न
तत्पर भइरहेभैmँ छ

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.