कविता : बा ले घडी किनेका छैनन् !!

~समर्पण श्री~Samarpan Shree

कयौँ साल भो
बा ले घडी किनेका छैनन्
फाटेको सुरुवाल पनि टाल्दै टाल्दै
इज्जत धानेका छन्
*****
बा टोपी महिलियो
मैले भने
छाड् “यो त मेरो उचाइ हो, उचाई घटाउनु हुन्न बाबु”
****
बा स्वाभिमान को प्रतिक हुन्
हर दिन माटो खाए् र
साँझ सन्तानको पेट पालेका छन्
****
लेखपढ गरेका छैनन्
तर सबै बुझेका छन्,तिम्रो र हाम्रो परिवेश
****
लाखोैँ समय भोगेका मेरा बा
समयभन्दा बलिया छन् रे
त्यसैले,
कयौँ साल भो
मेरा बा ले घडी किनेका छैनन्
बा ले बुझेका छन्
मान्छे ले बनाएको भगवान प्रति
मान्छे रुष्ट छ
तरपनि पुज्छ, ढोग्छ, विलौना गर्छ
सजिव भित्र नअटेको भगवानलाई ??
बा आफुलाई हुेर्छन्
र आफैँलाई देउता मान्छन्
किनकी मेरा बा धरति हुन्
कुनैदिन आकाशभित्र पनि प्यारा हुन्छन् !
कयौँ साल भो
बा ले घडी किनेका छैनन्
लाग्छ
समय भन्दा बा कयौँ सालअघि रहेछन

हामी जति बुझेपनि
बा अनि बा को समयलाई बुझ्दैनौ !
बा समय हेर्दैनन्
किनकी कयौँ साल भो
बा को हातमा घडी छैन् !
सुने थ्यौँ
जब बा समयभन्दा अगाडी दगु्रे
बा ले घडी बेचिदिए
तर भ्रम रहेछ बा…. !
.सन्तान व्यूँताउन चन्द्र ,
,किन अस्थाए यसरी ?
सूर्य किन निभेका यसरी?
दियो मा तेल सकि नसकी
किन बतास चलिदिएको यसरी ?
सिकिन भन्दाभन्दै पनि
जोड घटाउ र भाग ग¥यौ
किन बा ? आफ्नो समय वेचेर
हाम्रो उमेर बढायौ??
बा ,बल्ल बुझ्यौँ !!!
कयौँ साल तिमलिे ले घडी नबान्नुको रहस्य……..!!!

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.