छोक : फरक

~सुरञ्जन घिमिरे~Suranjan Ghimire

तिमीलाई सबै कुरा ठीक छन् जस्तो लाग्छ किनकी
तिम्रो कोठाको भित्तामा टाँगिएको
फोटो फ्रेम ठीक छ
तिमीलाई सबै कुरा ठीक छन् जस्तो लाग्छ किनकी
तिम्रो कोठाको घडी ठीकसँग चलिरहेको छ
तिमीलाई सबै कुरा ठीक छन् जस्तो लाग्छ किनकी
तिम्रो टेबलमा राष्ट्रिय झण्डा ठीकसँग उभ्भिरहेको छ
तर, मलाई सबै कुरा ठीक छैन जस्तो लाग्छ किनकी
यहाँका मान्छेहरु एक पेट खान नपाएर छटपटाई रहेका छन्

(स्रोत : इलाम पोस्ट अन्लाइन)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.