कविता : यार मण्डली

~श्यामदास वैष्णव~shyamdas baisrva

व्याप्त भएझै लाग्छ अहिले
जताततै नै यार मण्डली
यद्यपि भन्न उचित नहोला
काम नलाग्ने सञ्चार मण्डली ।।

मुखले देश र जनहितको
कुरा गरी टोपल्ने
कामले भने
देश र जनहित विपरीत लाग्ने
देखिन लागेका छन् यसबेला
अनेकौं अनेक अवतार मण्डली

संघ शक्ति कलौ युगे
लाई साकार गरी
गरी कचिंगल अनेकौं
आफ्नो झोला भरी
निर्लज्जतापूर्वक खडा हुँदाछन्
छलकारी व्यवहारे मण्डली ।

स्वतन्त्रताको बहानामा
मनपरी गर्न खोज्ने
बुद्धि ववेक गुमाई
थुकको आँसु झार्ने
प्रगतिशील भनाइ गुड्ने गर्छन्
अनेकौं कार मण्डली

हिमवत्खण्डको
आत्मीय गौरवलाई बिर्सेर
के के न गरेँ भन्ठानेर
गतिमति त्यागी रिङिरहेछन्
अविचार मण्डली
यार मण्डली…

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.