कथा : मारिया

~मनोज पनेरु~

म उनीहरु बीचको कुनै पनि सम्बाद लेख्न असमर्थ छु किनकि म उनीहरुले बोल्ने भाषा बुझ्न असमर्थ थिँए। तर सधै अभिव्यत्ति बुझ्न भाषा मात्र चाहिने होइन रहेछ। यो मेरो निजी अनुभब हो। भाषा र प्रस्तुती कुनै पनि सम्बादका परिपुरक हुन्। मैले उनीहरु बीचको सम्बादलाई प्रस्तुतिका भरमा बुझ्ने प्रयास गरेँ। एउटा कुरा, के चैँ मलाई प्रस्ट भयो भने मारिया जिनारोसँग निकै रिसाएकी छ अनि जिनारोसँग मारियालाई फकाउनयोग्य कुनै अस्त्र छैन। यो लाचारी जिनारोका आँखामा प्रस्ट झल्किन्थ्यो।

पार्किङ लटमा, मारियाले कार भित्रै बसेर चुरोट झिकी। जिनारोले आफनो लाइटर झिकेर उसको चुरोट सल्काइदिन खोज्यो, मानौ मारियालाइ फकाउन उसले प्रयोग गर्ने हालका लागि एक मात्र उपयुक्त अस्त्र यहि थियो। मारियाले फुकेर निभाइ दिई। उसले आफ्नै लाइटर झिकेर चुरोट सल्काई। मारियाले फुकेर निभाको लाइटर एक छिन हेरेर जिनारो आफैले पनि चुरोट तान्न थाल्यो।

उनीहरु बिच यो घटना हुँदा, म मारियाले हाकेको कारको पछिल्लो सिटमा थिए। एक छिन अघि सम्म मसँगै जिनारोको भाइ, टिकोड पनि थियो। ऊ अघिनै ट्रेन स्टेसनमा उत्रिसकेको थियो। टिकोड कार भित्र भइन्जेल उनीहरु कुनै शुक्रबार, कुनै डिस्कोमा भएको पार्टीको गफ गरिरहेका थिँए। उनीहरु त्यती बेला जर्मन भाषामा कुरा गरिरहेका हुनाले हाल सम्म सिकिसकेका केही जर्मन शब्दहरुका भरमा मैले अर्थ लगाइरहेको थिँए। टिकोडलाई ट्रेन स्टेसनमा छाडे पछि उनीहरु आपसमा इटालियन भाषामा कुरा गर्न थाले। अनि मैले बुझ्ने बाँकी केहि रहेन। मारियाको आबाज बिस्तारै चर्को र रुन्चे हुदै गएपछि मात्र मैले के भै राखेको हो, बुझ्ने प्रयास गरेको थिँए। मैले उनीहरुको भाषा नबुझ्ने भएर हो सायद, उनीहरुको लागि पछिल्लो सिटको मेरो चेतन उपस्थिती र मसँगैको र्निजीब झोला, बिचमा केहि फरक थिएन।

दुबै जना मौन बसे चुरोट तानिरहेका थिए। मलाई पनि चुरोटको तल तल लाग्यो तर मसँग चुरोट सकिएको थियो। उनीहरु बिचको वातावरण भ¨ गर्दै चुरोट माग्न मनलागेन। पार्किक गरिसकेको हुनाले कारबाट निस्कन ढोका उघारे। जिनारोलाई त्यो असजिलो वातावरणबाट फुत्कने वहाना मिलेछ। मसँगै … चुरोट पिउने?’ भन्दै जिनारो पनि कारबाट निस्कियो।

चुरोट सकेर जिनारो भित्र पसिसकेको थियो। मारियाले मलाई पछाडि ढिक्कीको सामान भिक्न सहयोग मागि। लिफ्ट चढने बेलामा आँँखामा लतपतिएको गाजल मिलाउदै मारियाले भनी ँम र जिनारो यसरी झगडा गरेको, सेफिनसँग कुरा नगर है।ँ लिफ्ट भित्र हाते झोलामा भएको ऐना झिकेर बाह्रौ तला नपुगिन्जेल मारियाले लत्पतिएको गाँजल मिलाइनै रहि ताकि अरु कसैले उनिहरु बिच अघि भएको घटना थाह नपाउन्। म भने मेरो उपस्थिती किन चेतन रुपमा उनिहरुको बिचमा अनुपस्थित झै भयो गमिरहे। सयद म पनि, गोबिन्द बहादुर मल्ल …गोठाले’को भाडो कथामा भाडोमा रुपान्तरित भएको पात्र झै हुँ।

कुनै व्यत्तिले आफ्नो मनको कुरा वा अनुभूती अरुलाई किन सुनाउँछन र सुनाइने पात्र निर्धारण गर्ने आधारहरु के के हुन। यो पात्र बिसेस वा परिबेश वा परिस्थिती बिसेस निर्धारण हुन्छ? म त्यो परिवारमा अचम्मको पात्र बनिरहेको थिँए। मारिया, जिनारो र सेफिन तिनै जना मारिया र जिनारोको सम्बन्धका बारेमा मसँग गफ गर्छन। सबै आफैमा के प्रस्ट छन् भने, मैले सुन्न पर्ने वा मलाई सुनाइन पर्ने बिच, कुनै सम्बन्ध नै छैन। उनीहरुलाई सुनिदिनेको खाँचो छ र सुनिदिनेले उनीहरु गलत छन् भन्ने नठानोस् भन्ने अपेक्षा। सायद, यसो गर्दा उनीहरु आफु पखालिएको अनुभव गर्थे।

म सेफिनले खोलेको इटालियन रेस्टुरामा पार्ट टाइम काम गर्थे। किचनमा काम गर्ने हामी जम्मा तीन जना थियौ। म, सेफिन र मारिया। सेफिन इटालियन र जर्मन भाषामा मात्र बोल्थी त्यसैले हाम्रो त्यति कुरा हुन्न थियो। मारिया फ्रेन्च भए पनि थोर बहुत अङ्ग्रेजी बोल्थी जुन हामी बिचमा कुरा गर्न काफी थियो। समयक्रमसँगै हामी बिस्तारै सहकर्मीबाट साथी भएका थियौं।

जिनारो …मारियाको प्रेमी, सेफिनको जेठो छोरा’ हप्तामा तीन दिन मात्र घरमा हुन्थ्यो। बाहिर बारमा टिकोड …सेफिनको कान्छो छोरा, जिनारोको भाइ’ बस्थ्यो। जिनारो उसको अफिस नगएको बेला बाहिर टिकोडलाई सहयोग गर्थ्यो तर छिन छिनमा भित्र किचनमा मारियासँग जिस्कन आइरहन्थ्यो। बाहिरको काम छाडेर भित्र मारियासँग जिस्कन आको सेफिन त्यती रुचाउन्न थिई। हुन त जिनारो भएको मलाई पनि त्यती मन पर्दैन थियो किनकी मारिया जिनारोसँग जिस्कन व्यस्त भए पछि मलाई उसको काम पनि थपिन्थ्यो। थप मेरो काम गर्दा बोल्ले साथी पनि हुन्न थियो।

रेस्टुरामा परिबार बाहिरको कर्मचारी म मात्र थिए त्यसैले बिस्तारै म पनि त्यही परिवारको सदस्य झै घुलमिल भए। मारियाको जिनारोसँग छुट्टी मनाउन जादा भेट भएको रहेछ। मारिया त्यो बेला केही मोटी थिई रे। त्योबेला जिनारोले उसको बजनमा असन्तुष्टी जनाएको रहेछ। पछि मारियाले बजन घटाईछ अनि जिनारोसँगै ऊ पनि जर्मनी आएकी हो रे।

उनीहरु प्रेमी प्रेमीका भएरसँगै बस्न थालेको चार बर्ष भएछ। अब जिनारोले काम गर्न थालेको एक बर्ष भइ सकेकाले मारिया छिट्टै उनीहरुको विवाह हुन्छ अनि ऊ र जिनारो छुट्टै बस्न थाल्छौ भन्थी। माथीको घटना भएको केही हप्ता अगाडि उनिहरुको विवाह भएको थियो र त्यसको केही दिन पछाडि बाहिर चुरोट खाँदै गर्दा जिनारो र मेरो कुरा भएको थियो। जिनारो रामोसँग अङ्ग्रेजी बोल्दैन थियो त्यसैले मैलै उसले भनेको सबै कुरा त बुझिन तर जिनारोको कुराको सार मैले यसरी लगाए ≤ ँकेटीहरु कहिले नरित्तने गुनासाका भाँडा हुन्। माया गर विवाह गरेन भनेर गुनासो हुन्छ, विवाह गर माया नगरेको गुनासो हुन्छ।ँ

हुनत धेरै कुरा मेरो मारियासँग हुन्थ्यो। उसका पनि आफ्नै गुनासाहरु थिए। उसको भनाईलाई पनि सार रुपमा मैले यसरी बुझेको थिए ≤ ँकेटाहरु जहिले पनि द्वविधामा हुन्छन्। उनीहरु माया गर्न त जान्दछन् र त्यो देखाउन अगाडि पनि हुन्छन् तर त्यसलाई स्विकार्न वा माया निभाउन सधै हिच्किचाउँछन्।ँ

यो सबै घटनाको अक्रो प्रमुख पात्र सेफिनको पनि आफ्नै द्रिष्टिकोण थियो। म सेफिनको कुरा भाषागत कठिनाइले अरुको भन्दा कम बुझ्थे। मैले बुझेको सार यस्तो थियो≤ ँजिनारोको आमा सेफिनलाई उसकी प्रेमिका मारिया भएकोमा कुनै गुनासो छैन। गुनासो छ त उसले मारियालाई विवाह गरेकोमा। उसको पछाडि कम्मरको हाडको अपसन गर्न पर्ने छ त्यसैले पछि मारिया बच्चा जन्माउन सक्दिन कि भन्ने डर छ। मारियाले बिवाह अगाडि त्यो कुरा लकाएको भन्ने आरोप सेफिनको छ अनि जिनारोले यती चाडो विवाह गरेकोमा गुनासो।ँ

सबैका गुनासा र आरोपहरुको बिच मैले खोज्न पर्ने अर्थ त केहि पनि थिएन र म न्यायधिस हुन पर्ने आवस्यकता पनि थिएन। हुनत मलाई यो प्रसंगका सबै कोणहरु प्रस्ट पनि थिएनन् तर म नजानिधो तरिकाले मारियाको कुरामा सहमत थिए किनकी मारियासँगको संगतले मलाई उसको बढी ख्याल, सहानुभूती अथवा माया लाग्थ्यो। समानअर्थि लाग्न सक्ने यी तीन शब्द बिचको विवेद मैले छुट्याउन सकेको थिइन।

म सधै झै साँझ काममा थिए। काम सकेर निस्कने हतारमा थिए म। मारियाले मलाई उसकोबाट केही सामान सार्नुछ मलाई सहयोग गर्छस् भनेकाले म मारियासँग उसको फ्ल्याटमा गए। हामी हिडेरै उसको फ्ल्याट सम्म गयौं। बाटामा मारियाले जे भनि सुनेर म छक्क परे। जिनारोसँग मारियाले सम्बन्धबिक्षेत्त गर्ने निर्णय गरिछ। उसको बुवा उसलाई लिन आज आउँदै हुनहुन्छ रे। उसको आमाले अक्रैसँग पुनः विवाह गरेकाले आमासँग उसको त्यती साह्रो सम्पर्क रहेनछ। मैले यति धेरै र यति चाडो ऊ र जिनारोको सम्बन्धका बारेमा थाह पाएकी मैले कुनै धारणा बनाउने मौकै पाइन।

उसको कोठामा पुगे पछि ऊ रुन थाली। मैले जिनारोको अनुरोधमा आफनो बजन घटाए। अधिक ब्यामले मेरो कम्मरमा समस्या आयो। अहिले त्यही निहँुमा सेफिनसँग लागेर जिनारोले मलाई छाड्ने निर्णय गरयो तर पनि म जिनारोलाई अझै माया गर्छु। ऊ मेरो छातिमा टाउको राखेर धेरैबेर रोही। एउटा दुधे बालकलाई रोइरहेकी आफनी आमालाई फकाउने अबस्था झंै थियो मेरो। मैले पनि उसलाई अँगालोमा लिएर झन् रुने मौका दिए।

मारिया त्यसरी किन रोइ? अरुको अगाडि आँशु झार्दा, के रुनेको दुःख हेर्नेलाई सर्छ?

मारिया नभए पछि मलाई काममा पनि अल्छीलागि रहेको थियो। मारियाले छाडेपछि रहेक साँझ, सेफिन जिनारोलाई दारी काटेर पब वा डिस्को जा भनेर कर गरिरहेकी हुन्थी। जिनारोसँगै ट्रेन स्टेसन सम्म आउँदा मैले उसलाई मेरो निर्णय सुनाएँ। मेरो परिक्षा आयो अब म भोली देखि काममा आउन सक्दिन। जिनारो केही भन्दै थियो तर मैले दुई महिना अगाडि, परिक्षाको निउँमा, किन काम छाडे नबुझेर आफैसँग छक्क थिँए।

(स्रोत : Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.