कविता : भद्रगोल स्थिति

~विनिता स्वधर्मी~

भद्रगोल छ अहिले यहाँको स्थिति
हाटहुट लाटलुट चाटचुटले
बिगारिरहेझैँ लाग्छ मति
ऊभन्दा ऊ जान्ने हुँदा
भोगिरहेछन् जनता दुर्गति ।

जो पनि शोषणै गर्न खोज्ने
जो पनि घोषणै गर्न रोज्ने
हुन जाँदा बढेको देखिन्छ विकृति
भद्रगोल छ अहिले यहाँको स्थिति

फेशनतुल्य सिद्धान्त गराई
परदेशतुल्य स्वदेश तुल्याई
आफू बिर्सी दलहरुले
खोजेझैँ लाग्छ पार्न अधोगति
भद्रगोल छ अहिले यहाँको स्थिति ।

टाठाबाठाहरु जिप्ट्याइरहेछन्
सोझाहरु मगल गाइरहेछन्
मौकामा चौका हान्न सिपालु
गर्दाछन् हर दिन आफ्नो प्रगति
भद्रगोल छ अहिले यहाँको स्थिति ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.