नेपाली उपन्यास : अद्भुत प्रेम परीसंग

~राजनप्रसाद निरौला~Rajan Prasad Niraula

अद्भुत प्रेम परीसंग | नेपाली उपन्यास | राजनप्रसाद निरौला


रातभर पानी प-यो; कदाचित् डर पनि भयो । सबैजना आगोको वरिपरि बसिरहे, कोही रापका कारण निदाए पनि ।

उनीहरु ठूलठूला चट्टानले घेरेको, बीचमा निकै फराकिलो ठाउँ भएको ओडारमा छन् । यसभित्र यसताकाका समकालीन मानिसहरू धेरैजना एकैठाउँमा बस्छन् । त्यति सुरक्षित स्थान हैन यो, चट्टान र माटोको भित्ताबाट प्रायः पानी रसाइरहन्छ । ठाउँ ठाउँ भत्केको छ । माथिल्लो भागबाट माटो पनि झर्छ । यो प्रकृतिको सृष्टि हो तर कतिपय ठाउँहरूलाई हातले खोतलेर वा फलामका औजारले खनेर, खोपेरआफ्नो अनुकूल बनाएका छन् । एकछेउमा साझा वा सामूहिक औजार र हतियारहरू राखेका छन् । भित्रै अग्ला होँचा ठाउँहरू छन् । चट्टानलाई खोपेर खोपीहरु बनाएका छन् । एउटा खोपीवाट अर्को खोपीमा जान सकिने साना साघुँरा सुरुङ्गहरु छन् । कहिँ कहिँ फलेक जस्ता काठहरू पनि ओछ्याइएका छन् । उज्यालोको निम्ति ठूलो फराकिलो खुला प्वाल छ जहाँँबाट उज्यालो आउँछ साथसाथै बर्षातमा पानी पनि भित्रतिर बग्छ ।

उनीहरू (जसको यो वासस्थान हो) जनावरका छाला, रुख, विरुवाका पातहरूलाई रुखकै लहराहरूमा उनेर कम्मरमा झुण्ड्याइ यौनाङ्ग छोप्छन् । शरीरको बाँकी भाग नाङ्गै रहन्छ । यौनाङ्ग नछोपे पनि नौलो, अनौठो, लाजलाग्दो हुदैन । लोग्नेमान्छे र आइमाई बीच हुने यौनसम्भोगलाई खेल ठान्छन् ।

पानी प्रसस्त छ, जताततै झरना र खोलाहरू छन् । उनीहरू नुहाउँछन् । पानीको उपयोगिताको विषयमा धेरै जान्दैनन् तर मयल माडेर नुहाउँन जान्दछन् । फलेक जस्तो काठ ओछ्याएर वा जमिनमा त्यसै सुत्छन् । जनावरको छाला ओड्छन् तर त्यो थोरै मान्छेहरूसँग मात्र छ । धेरै परिवारहरू एउटै ओडारमा बस्छन् ।

तिनीहरू अङ्क र त्यसकोे गिन्ती जान्दैनन् । गन्न जान्ने हो भने बालबच्चा, बूढाबूढी सहित असी जना यहाँ बस्छन् । यिनीहरूले ओडार छाडेका छैनन् । जनावरहरूको सिको गर्दै अर्थहीन आवाजहरू निकाल्छन् । आवाजलाई अर्थ दिने मानवहरूको लामो प्रयासमा तिनीहरू पनि संलग्न छन् । धेरै आवाजहरू उनीहरू मध्येका केहीले मात्र बुझ्छन् । ती आवाजहरूमा अर्थयुक्त सङ्केत हुन्छन् । उनीहरू कठिन पाराले अप्ठ्यारो भाषा बोल्छन् ।

यो स्थानका बासिन्दाहरू नजिकैको खोलामा माछा मार्छन् । उनीहरूले फलामको हतियार प्रयोग गर्न थालेको भर्खर मात्र हो, नत्र ढुङ्गा वा काठको चुच्चोले माछा मार्दथे । उनीहरू पशुपन्छीको शिकार गर्छन् । शिकारका लागि आवश्यक पर्ने हतियारहरू ओडारमा एकै ठाउँमा राख्छन् । लोग्नेमान्छे, स्वास्नीमान्छे उज्यालोमा विचरण वा चरनका निम्ति हिड्छन्् । स्वास्नीमान्छेहरू साना बच्चाहरूलाई बोकेर वा पछि लगाएर निस्कन्छन् । जङ्गलमा फलफूलको खोजीमा संलग्न रहन्छन्् । लोग्नेमान्छे, स्वास्नीमान्छे र बालकहरू फलफूल उतै खाएर आउँछन् । जनावर वा माछा ओडारमा ल्याएर पोलेर खान्छन् । जनावरको मासु काँचै खानेहरू पनि छन् । खानाको अभाव हुँदा मरेर सडेका जनावरहरू पनि खान्छन् ।

मर्छन्, धेरैजना अकाल मर्छन् । मृत्युको कारण कसैलाई थाहा हुदैन । रोगले मर्छन्, भोकले मर्छन्, प्राकृतिक प्रकोपले मर्छन् । दश ठाउँमा हड्डी भाचिन्छ, कोही लुला लङ्गडा छन्, घिस्रीएर हिड्छन् । धेरै मानिसहरू शारीरिक तवरले दुरुस्त छन् । औंसत उमेर जम्माजम्मी चालीसदेखि पचास मात्र छ । उनीहरू ज्यादै कठिन जीवन बिताउँछन् ।

यतिखेर जाडो छैन, गर्मी पनि । विभिन्न रङ्गका, राम्रा राम्रा फूलहरू पmूलेका, झुलेका रुख, बिरुवाहरू चारैतिर छन् । मान्छे हिड्ने बाटोहरू फराकिला छैनन । गोरेटोहरू मात्र छन् । बाटो तथा मैदानहरूमा लोग्नेमानिस र स्वास्नीमानिस लठारिएको अवस्थामा देखिनु ज्यादै सामान्य दृष्यहरू हुन् ।

ओडारहरूमा बस्ने सहित यो ठाँउमा बस्ने मानिसहरू लगभग चारसयभन्दा ज्यादा छैनन् । उनीहरूसँग पात्रो हुने सम्भावना नै छैन । वर्ष वा महिनाको अनुमान लगाउन असमर्थ छन् । शीर ठाडो पारेर हिड्न सक्छन् । हात, खुट्टा तथा मस्तिष्कले सिमित काम लिन सक्छन् । तिनीहरूको शरीरमा बाक्लै भुत्लाहरू छन् ।

मानिसहरू बस्नका निम्ति साना साना ओतआडहरू पनि छन् । काठ, सेउला, ढुङ्गा आदिद्वारा बनेको, ओत लाग्न र आड लिन सकिने ठाउँलाई ओतआड भनिएको हो । ढुङ्गा, माटो र काठले बनेका तीनवटा ठूला ओतआडहरू पनि छन् – सरदारको ओतआड, शस्त्रओतआड र देवीको ओतआड । रुखका हाँगाहरू तेर्साएर त्यसमाथि काठ र पातला ढुङ्गाहरू मिलाएर वा लामा लामा घाँसहरूले छाएर छाना लगाएका छन् ।

ओतआडमा धुरी बनाउन जानिसकेका छन् । ढुङ्गा राम्ररी मिलाएर अग्लो पारेका छन्, त्यो पर्खाल हो ।
सरदारको रिवाज निकै पहिले करिब पन्ध्रौं पुस्तादेखि चलिआएको हो । त्योभन्दा पहिले समूहको मुख्य हुन्थ्यो । व्यक्तिगत सम्पत्तिको चलन भने करिब तीन, चार पुस्ता अगाडि आएको हो । ओतआडवाला बाहेक अरुलाई धन वा व्यक्तिगत सम्पत्तिको कुनै अर्थ छैन । सरदार र ओतआड बनाएर बस्नेहरूसँग व्यक्तिगत सम्पत्ति छ । उनीहरूसँग आआफ्नो हतियार र फलफूलका रुखहरू छन् ।

उनीहरू ठूलठूला जनावर तथा पन्छीहरूसँग डराउँछन्; प्रकृतिको ज्ञान छैन यसैकारण प्राकृतिक प्रकोपसँग डराउछन् । जमिनबाट निक्लने तातो ज्वालासँग डराउँछन, आकाशमा देखिने रातो गोलासँग डराउँछन्; जमिन हल्लिने, फाट्ने प्रक्रियासँग डराउँछन् । जीवनको चेतना यथेष्ट नभएता पनि बाँकी सवालभन्दा ज्यादा मृत्युप्रति सचेत छन्; देवता, भूत र आत्मासँग डराउँछन् । भौतिक तथा जैविक अवस्थासँग जुóदै, अध्यात्मलाई आत्मसात् गर्दै अदृश्य शक्तिहरूसँग डराउँछन् । हावा, पानी, आगो, सूर्य, माटो, भूकम्प र जनावर जस्ता अरु थुप्रै दुश्चक्रहरूसँग डराउँछन् ।

सरदारले छानेको, मानेको कन्याकुमारीलाई सबैजना देवकन्या भन्छन्, ठान्छन् पनि । देवकन्या बस्ने स्थानलाई थान मानेर फूल चढाउछन् । राता फूलहरू चढाइन्छ । दियो बाल्ने चलन छैन । मान्छेहरू बिहान सूर्य उदाएपछि गम्भीर रहेर देवकन्याको पूजा, अर्चना चलनअनुसार गर्छन् । सूर्य अस्ताउने बेला भएपछि बेअर्थका आवाजहरू निकाल्दै, बेढङ्गका नाचहरू नाच्छन् । विभिन्न खाले डरहरूबाट मुक्त हुन उनीहरू यसो गर्छन । डरहरूद्वारा केही हानी नहोस् भन्ने अभिप्रायले देवकन्यालाई आफ्नै ढङ्गले खुसी पार्छन् ।

यौनाङ्गबाट एक किसिमको रातो तरल पदार्थ नबगुन्जेल पूजा गर्ने गरिएकी कन्याकुमारीलाई देवकन्या ठान्छन् । त्यसपछि तिनलार्ई देवी ठानिन्छ । यौनाङ्गबाट बग्ने तरल पदार्थलाई रगत वा रजस्राव भनेर चिन्दैनन्, जान्दैनन्, मान्दैनन् । देवकन्यालाई ‘द्येभी’ भइसकेपछि विवाह गर्नु हुदैन भनेर सिकाउने गरिन्छ । देवकन्या भइसकेका केटीहरूले विवाह गर्न पाउँदैनन् । आजसम्म देवकन्या बनेकाहरूले विवाह गरेका छैनन् । देवीले विवाह गरे दुबैजनाको मृत्यु हुन्छ भन्ने यहाँका मानिसहरूको विश्वास छ ।

रितीरिवाजका साथ विवाह गर्न नपाएपनि लुकीचोरी यौनसम्बन्ध भने राख्ने गरिन्छ । त्यो यौनसम्बन्ध पनि ठूला ओतआडका मान्छेहरूसँग मात्र राखिन्छ । ठूला ओतआडका मानिसहरूसँग यौनसम्बन्ध भई जन्मेका बच्चाहरूलाई पानीपुत्र वा पुत्री, देवपुत्र वा पुत्री आदि भनिन्छ । अरुसँग यौन सम्पर्क राखेको खण्डमा ठूला ओतआडका मान्छेहरूले त्यस्ता देवीलाई टाउको छिनालेर मार्छन् ।

उनीहरूको विश्वासमा देवीहरू देवहरूका निम्ति रतिक्रीडाको भाग हुन् । देवकन्या देवी हुने तयारी हो । देवहरूले यौनसम्पर्क गर्न चाहेमा पवित्र र सबैले पूजेको देवीसँग मात्र गर्नुपर्छ । ठूलो ओतआडका मान्छेहरू आफूलाई देव सम्झन्छन् । कतिपय आमसाधारण मान्छेहरू पनि उनीहरूलाई देव नै ठान्छन् । ठूला ओतआडका मानिसहरु जनावरमा चढेर पनि घुम्छन् ।

रातो तरल पदार्थ नबगुन्जेल वा रजस्राव नहुन्जेलको उमेरमा यौनसंसर्ग भयो भने बच्चा जन्मिदैन भन्ने ज्ञान स्त्रीहरूले पाइसकेका छन् । स्त्रीहरूको यौनाङ्गबाट रजस्राव हुने अवधिमा उनीहरुमाथि तिरस्कार, उपेक्षा, अपहेलना हुदैन । यौनाङ्गबाट रजस्राव हुने यो अवधिमा यौनसम्भोग वर्जीत नभएका कारण स्त्रीहरू पुरुषहरुद्वारा तिरस्कार, उपेक्षा र अपहेलनाको सिकार हुने गर्दैनन् । छुवाछुत गर्न नहुने चलन पनि छैन ।
उनीहरू बीच यौनसंसर्ग सानै उमेरदेखि प्रचलनमा छ । यौनसंसर्ग राजीखुसी वा जवर्जस्ती दुवै अवस्थामा हुने गर्छ । सानो, ठूलो उमेरको कुनै गिन्ती छैन । शरीरको वनावट हेरी यौनसंयोगको समय वा अवस्था निर्धारण हुने गर्छ । यौनसम्भोगको कारण कोही म¥यो भने ठूलो मुद्दा वा खवर बन्दैन । यस्ता घटनाहरू यो गामलका लागि सामान्य दिनचर्या हुन ।

मान्छे मर्दा शोक व्यक्त गर्ने चलन छैन । मान्छे जन्मदा खुसी मनाउने चलन पनि छैन, यस्ता अवसरहरू उनीहरूको लागि दिनचर्या हुन् ।

आहाराको खोजी र यौन उनीहरूको दिनचर्या हो । सम्भोगका निम्ति आइमाईको स्विकृति आवश्यक ठानिन्छ । हाडनाता करणी वर्जीत छैन तर यो कालखण्डसम्म आइपुग्दा धेरैले हाडनाता यौन सम्बन्धलाई अस्विकारेका पनि छन् । करणी प्रथा आम छ । परिवारका सदस्यसँग यौनक्रिया वर्जीत छ । मामा, काकाको अवधारणा छैन । परिवार भन्नाले दाजु, भाइ, दिदी, बहिनी र बाबुआमा पर्छन् ।

विवाहको प्रचलन छ । उनीहरू सानैमा विवाह गर्छन् । केटाकेटीहरू देवकन्याको सामु आउँछन् । सरदारको आदेशानुसार केटा र केटीलाई डोरीले बाधेर विवाह सम्पन्न गर्छन् । केटा र केटी छान्ने काम सरदारले गर्छ । यौन चेतनाका कारण उनीहरूको विवाह हुन्छ । विवाह भए पछि धेरै स्त्रीहरू परपुरुषसँग यौनक्रिया गर्न मन पराउँदैनन् ।

सूर्य र चन्द्रमालाई नामले जान्दैनन् । आकाशमा देखिने रातो, तातो, उज्यालो दिने गोलोलाई उनीहरू देवता मान्छन् । विभिन्न आकारमा देखिने, केही मात्रामा भएपनि उज्यालो दिनेलाई सानो देवता ठान्दछन् । आकाशलाई नीलदेवता भन्छन् आफ्नो प्रणेता, संरक्षक, विनाशक सबै आफूभन्दा धेरै माथिका गोलाहरूलाई ठान्दछन् । सूर्यग्रहण र चन्द्रग्रहणको बेला थाहा पाए भने सबै एकै ठाउँमा भेला भई ‘द्येभ दोख’(देवलाई परेको दुःख) भनी रुने गर्छन् ।

ठूलो ओतआडमा रुखको लहरा वा फलामको सिक्रिले बाधेर थूप्रै जनावरहरू राखिएका छन् । मानिसहरू ती पशुलाई चराउन चौरतिर लान्छन् र आफू पनि चरनका लागि जान्छन् । फलामको सिक्रिले बाधेर बन्दीहरूलाई पनि राखिएको छ । त्यस्ता मान्छेहरू गन्दा सात ओटा सिन्काहरू पर सर्छन् । त्यस्ता मान्छेहरूलाई भारी बोक्ने, खन्ने जस्ता कडा परिश्रमको काम लगाइन्छ । तिनीहरू कहिलेकाहीँ मात्र चरनका निम्ति जान पाउछन् नत्र अरुहरूले ल्याएर दिएको थोरै खानेकुरामा चित्त बुझाउनु पर्दछ, कहिलेकाहिँ भोकै ।

मुद्रा विनिमयको प्रथा छैन । वस्तु विनिमय हुन्छ । राम्रा मूर्तिहरू बनाएर दियो भने ठूला ओतआडवालाहरूले साना जनावरहरूको मासु दिन्छन्, जो मिठो हुन्छ ।

मातृसत्तात्मक व्यवस्था लोप हुने अवस्थातर्फ उन्मुख छ । जब लोग्नेमान्छे वा स्वास्नीमान्छेहरूले एक समयमा एउटै लोग्नेमान्छे वा स्वास्नीमान्छेसँग मात्र यौन संसर्ग गर्न थाले तब स्वास्नीमान्छेहरूलाई बच्चाको बाबु यकिन हुन थाल्यो अनि परिवारको अवधारणा अगाडि आयो । बच्चाले बाबु चिन्न थाल्यो तर लोग्नेमान्छे वा स्वास्नीमान्छेले परपुरुष वा परस्त्री गमनलाई भने छोडेका छैनन् ।

आफ्ना चलन तथा परम्परालाई राम्ररी व्याख्या गर्न जान्दैनन् । जे भइरहेको छ त्यसलाई नै उत्कृष्ट सभ्यता ठानी त्यसको पालना मात्र गरिरहेका छन् ।



अचानक कुनै ढोलको चर्को आवाज आउन थाल्यो । उनीहरू ओतआडबाट निस्के, जङ्गलबाट निस्के, ओडारबाट पनि कराउँदै, कोलाहल गर्दै निस्के । धेरै जसो जवानहरू निस्के; केटाकेटी र उमेर ढल्केकाहरू पनि निस्के । उनिहरू कोलाहाल गर्दै, कराउदै ठूलो ओतआडतर्फ कुदे । अस्त्रशस्त्र राख्ने ओतआड अगाडि भेला भए । शस्त्र राख्ने ओतआडको ढोका खुल्यो । त्यहाँ राखिएको भाला, तीर, खुँडा, तरबार आदि जस्ता फलामका एक एक ओटा हतियार उनीहरू प्रत्येकले उठाए । छातीमा फलामको ढाल लगाएर मान्छेहरू तयार भए । ढाल लगाएका मान्छेहरू अगाडि हिँडे । तरबार, खुँडा, खुकुरी जस्ता हाते हतियार तथा तीर कमान बोकेका मान्छेहरू पछाडि लागे ।

एउटाले “माथको डाड” भन्यो । ढाल लगाउनेले औंलाले देखायो, माथिको डाँडोलाई । यतिखेर मान्छेहरू चुपचाप छन । उनीहरू चिच्याएका, कराएका छैनन् । बाक्लै भुत्ला भएका, कोही नाङ्गै, कोही पातले यौनाङ्ग छोपेका तथा कोही जनावरको छालाले शरीर ढाकेकाहरू छन् । उनीहरू हिड्न सिपालु छन् । हिडाइको गति तिव्र छ । “डाडमा तान्छेहरू अन भारे ।” एउटा बोल्यो । एकैछिनमा उनिहरू डाँडामा पुगे । कतैबाट तीरद्वारा आक्रमण सुरु भयो । सम्वेदनशील ठाउँमा नलागे, तीरले तुरुन्तै मान्छे मार्दैन । तिनीहरू आक्रमण भएको दिशा र स्थानको अनुमान लगाउदै अगाडि बढेर गए ।
“आकेमन” कोही चिच्यायो ।

चारैतिर रुखै, रुखहरू छन् । रुखको आडमा छेलिएर, कोलाहाल गर्दै दुबै पक्ष एक अर्कालाई प्रहार गर्न थाले । ती दुई थरीले तीर, खँुडा र खुकुरी जस्ता हतियारले एक आपसलाई हानेर प्रत्यक्ष लडाइ लडे, आमुन्ने सामुन्ने । शत्रुपक्षका धेरै घाइते भएर भागे, रगतपच्छे लासहरू, थोरै मरे, चारजना समातिए । भाग्न नसक्ने घाइतेहरूलाई उनीहरूले हतियार प्रहार गरेर मारे । समातिएकाहरूलाई सबै मिलेर रुखका लहराहरूले बाँधे अनि मरेका जनावरहरूलाई तानेर, घिसारेर ल्याए जस्तै ल्याए । आक्रमण गर्नेहरू को र कहाँँका हुन् थाहा भएन । आफ्ना घाइतेहरूलाई बोके, मरेकाहरू बेवारिसे भए । बिजय उत्सव मनाउँदै, कराउँदै गामल फर्के ।

यहाँ कहिलेकाहीँ मात्र यस्तो हुन्छ । जहिले र जतिखेर भए पनि तिनीहरू प्रतिरक्षाका निम्ति सधै तयार रहन्छन् । कोही कसैले आक्रमण गरेको थाहा भयो भने सबैजना जो जहाँँ भए पनि भेला हुन्छन् र प्रतिरक्षा गर्छन् । कोही पनि यो कार्यमा मर्न डराउँदैनन् । कोही कसैले केही पुरस्कार पाउदैन तर अस्तित्वका निम्ति लड्छन्, एक भएर ।

डाँडामा एउटा गोप्य ओतआड छ । गामलका कसैलाई पनि थाहा छैन । राजा भन्न उनीहरू जान्दैनन् । त्यो ओतआडमा सुरक्षा, पालो तैनाथीका निम्ति ठूलो ओतआडका मान्छेहरू जिम्मेवार छन् । ठूलो ओतआडमा बस्नेहरू सरदार ठानिन्छन्, ताकतवार पनि । ठूलो ओतआडमा बस्नेहरू तागतवार हुन्छन् भन्ने सबैको ठहर छ ।

विचार गरेर निर्णय दिन सक्नेहरू थोरै मात्र छन् । धेरै मानिसहरू आदेशको पालना गर्न पनि असक्षम छन् । आवाजका प्रचलित अर्थ र सङ्केतहरूको अभावका कारण धेरै जसो अवस्थामा हातको सङ्केत प्रयोग गर्ने चलन चल्तीमा छ । रिसाहा प्रवृत्तिका भएका कारण उनीहरू चाँडै रिसाउँछन् । यो गर्नु हुन्छ र यो हुदैन भन्ने जानकारीको अभाव छ । बाहुबलवाला, शस्त्रको प्रयोग गर्न सक्ने शक्तिशाली ठहरिन्छ । उनीहरूले जानेको महान कला भनेको मार्नु र मर्नु हो ।



करिब चौध बर्षको केटो, जसको नाम इसार हो, आफ्नो धेरै समय, ढुङ्गाको मूर्तिहरू बनाउँने ठाउँमा बिताउँछ । ऊ मूर्ति बनाउने ठाउँमा सानोतिनो काम गर्छ । किन हो किन ? ऊ मूर्ति बनाउने काममा धेरै रुचि राख्छ । उसको अर्को रुचिको विषय भनेको ठूलो ओतआड जानु हो । त्यहाँ पुजिने गरेकी देवकन्याको पूजा गर्छ । करिब आठ, नौ बर्षकी कन्याकुमारीको पूजा लगभग सबैले गर्छन् ।

ऊ कुनै आस्था वा विश्वासको कारण देवकन्याको पूजा गर्न ठूलो ओतआड गएको हो जस्तो लाग्दैन । सबैजना देवकन्यालाई पूजा गरेर खुट्टा ढोग्छन् तर ऊ पूजा मात्र गर्छ खुट्टा ढोग्दैन । ढोग्नेप्रथाको सुरुवात भइसकेकोछ र विकासको क्रममा छ ।
“इसार” भन्ने आवाज आयो भने ऊ आफूलाई नै बोलाएको ठान्दछ । बाबुआमाले त्यसको विवाह गर्न चाहेका हुन् तर मानेन । यौनक्रियाप्रति त्यति दिलचस्पी राख्दैन । इसार अरु केटाहरूभन्दा भिन्न किसिमको छ । ऊ सधैजसो प्रकृति र प्रकृतिमा घट्ने हरेक क्रियाकलापलाई अनौठो मानेर हेर्छ, हेरिरहन्छ । धेरै समय मूर्ति बनाउनेहरूसँग बिताउँछ । केही समय आहाराको खोेजीमा हिड्छ । अरु जस्तो टाढा जादैन । कम आहाराले उसलाई पुग्छ । बाबुआमासँग त्यति धेरै हिड्दैन । उनीहरूको संरक्षण र भरमा पनि छैन । एक्लै छ, एक्लै हुन रुचाउँछ । अस्त्रशस्त्र चलाउँदा त्यति रमाउदैन, प्रायः गम्भीर रहन्छ ।
भर्खर सूर्य उदायो । अलि अलि जाडो छ । इसार बिहानै उठेर आँगो ताप्नुको सट्टा बाहिर निस्केर कुद्न थालेको छ ।
प्रत्येक चोटि आँगो बाल्दा ढुङ्गा घोट्नु नपरोस भनेर ओडार तथा ओतआडमा आँगोलाई ननिभाइ राखिएको हुन्छ ।
शरीरमा तातोपना आएपछि ऊ ओडार फक्र्यो । सबैजना आँगो वरिपरि बसेका छन् । कोही त गर्भावस्थामा झै गुडुल्की परेर सुतिरहेका पनि छन् । उसले आमालाई कोट्याएर बोलायो ।
“अम जान ?” (आमा जाने)
“काम्” (कहाँ)
“द्येभी”
“ हिउ”(हिड्)
उनीहरू गोरेटोमा हिड्न थाले । उनीहरू अगाडि बढ्दै गए । बाटो स्पष्ट कहाँ छ र ? सम्भवत त्यो बाटो नै हो तर किटान गर्न गा¥हो ।
(त्यो भाषा उही बखतका मानिस बाहेक बुóने कसले ? लिपि बिशेषज्ञहरुले अनुसन्धान गर्ने हो भने सम्भावित अर्थहरु थुप्रै होलान्, सही अर्थ किटान गर्न गा¥हो । घटना र आख्यान तत्कालीन तर भाषालाई स्पष्टता दिन भावहरुको अनुवादित रूप प्रस्तुत छ ।)
“आमा बिहे भनेको के हो ?”
“बिहे भनेको केटीलाई साथी बनाएर केटीहरूसँग खेल्ने ।”
“कसरी खेल्ने आमा । ”
“कस्ता कुरा यस्का । केटी माथि चढेर खेल्ने खेल, तेरो बिहे गरिदिउ ।”
“हैन आमा म केटीहरूसँग खेल्न जान्दिन ।”
बाटोमा कोही भेटिएनन् । उनीहरू ठूलो ओतआडमा पुगे । ठूलो ओतआडमा मान्छेहरू भेला हुन थालेका छन् । एक किसिमको बाजा बज्न सुरु भएको छ । ठूलो ओतआडको ढोकाबाट देवकन्या बाहिर निस्की । उसले हाडको माला र अन्य विभिन्न किसिमका माला लगाएकी छ । जनावरको छाला र कपडाको लुगा पनि लगाएकी छ । सूर्यको प्रकाशमा उसको अनुहार धपक्क बल्यो । उज्यालो, सुन्दर, जीवन्त र आशावादी अनुहार देखेर केटो आश्चर्यचकित भएर हेरेको हेरै भयो । सधै यस्तै हेर्छ, एकोहोरो निर्लीप्त भावमा हेरिरह्यो । देवकन्या अग्लो काठकोे आसन जस्तो ठाउँमा बसी । एक एक गरी सबैले फूल चढाए, निधारले देवकन्याको खुट्टा छोए फेरि नाच्न थाले । इसारले फूल चढायो, केही झुक्यो तर निधारले खुट्टा छोएन । अलि टाढा बसेर, एकोहोरो, आँखा नझिम्क्याइ देवकन्यालाई हेरिरह्यो । उसले पनि हेरी, निकैबेरसम्म दुबैले एक अर्कालाई हेरिरहे । देवकन्या लजाई, केटो लजायो । उनीहरू मुस्कुराए ।
यहाँ देवकन्याको उमेरका अरु पनि केटाकेटीहरू छन् । उसले आफ्नो उमेरका सबैलाई हेरी । त्यो केटोलाई मात्र बिशेष गरी हेरेकी हैन । कुनै बिशेष भावका कारण हेरेको जस्तो पनि लाग्दैन ।
त्यो केटो देवकन्याको दर्शनपछि आमालाई वास्तै नगरी मूर्ति बनाउने ठाउँमा पुग्यो । त्यहाँ बूढाबाजे र अरुहरू सबै छन् । उनीहरू नमस्कार गर्न जान्दैनन् । केटो निहुरियो, पैतालामा निधार राखेर बूढाबाजेलाई ढोग्यो । सबै आ— आफ्नो औजार लिएर काममा लागिसकेका छन् । बिहान केहीबेर काममा लागेपछि उनीहरू आहाराको खोजीमा निस्कन्छन् । उनीहरू मूर्ति बनाउने काम खुला चौरमा गर्छन् । चित्रकारी गर्न ओडार वा ठूला ठूला चट्टानहरू खोज्दै हिड्छन् । यो ठाउँबाट करिब एकघण्टा हिडेर पुगिने स्थानमा चित्र बनाउने ठाउँ छ । सेतो ढुङ्गामा अँगारले चित्रकारी गर्ने गर्छन् । हम्मर र छिना जस्ता फलामका थुप्रै औजारहरू उनीहरूसँग छ । दक्षताका साथ त्यसको प्रयोग गर्छन् ।
“इसार चरन जादैनौं ?”
त्यतिखेरको भाषा, शैली हिजोआज लोप भइसकेको हुनुपर्छ । तत्कालिन बोलिने भाषाको धेरै परिष्कृत रूप आजभोलि पनि बोलिदो हो तर यथेष्ट प्रमाणहरूको अभावका कारण केही भन्न सकिदैन ।
“जान्छु बा, मलाई भोक लागिरहेकोछ, काम बाँकी नै छ त्यो गर्छु पहिले ।”
“तिमी सदैव नयाँ काम सिक्ने गर । म जे गर्छु त्यो हेर र सिक, तिमीलाई सिकाउन म जान्दिन । नयाँ कामहरू ठूला ओतआडमा मन पराउछन् । नयाँ काम गरी, दियो भने ठूला ओतआडकाले मिठो खानेकुरा दिन्छन् ।”
फलामको काम गर्नेहरू, छालाको काम गर्नेहरू, माटोको काम गर्नेहरू पनि छन् ।

गामलमा एउटा दुब्लो पातलो ख्याउटे मान्छे छ । ऊ कसैको वास्ता गर्दैन । उसलाई पनि कसैले वास्ता गर्दैन, सबैले सन्केको मान्छे भन्छन् । पागल जस्तो छ । उसले बोलेको धेरै कुरा कसैले पनि बुझ्दैनन् । अनौठो हावभावमा ठूलो ठूलो स्वरले कराउँछ । इसार यो मान्छेमा प्रसस्त चासो राख्छ । चित्रकारीको स्थानमा ऊसँग त्यसको भेट हुन्छ । त्यो मान्छे राम्रो चित्र बनाउछ । त्यो ठूलो चित्र बनाउँदैन, साना साना लहरहरूमा राम्रा लाग्ने वा नलाग्न्ो दुबैखाले चित्रहरू बनाउँछ । मान्छेहरू उप्रति उपेक्षा, तिरस्कारको भाव राख्छन् । कसैले व्यक्त गर्छन, कसैले गर्दैनन् तर केटो उसलाई आदर गर्छ । ऊबाट केही सिक्ने प्रयास गर्छ । त्यो पागल जस्तो मान्छे ती नराम्रा बेअर्थका चित्रहरूलाई अक्षर भन्छ । इसारले बुझे अनुसार बोलिने आवाजहरूको चित्र हो त्यो । ती चित्रहरूलाई इसार सम्झने वा याद गर्ने कोसिस गर्छ । चित्रहरू मात्र हैन, आवाजमा पनि ऊ अनौठा अनौठा बोलीहरू निकाल्छ । इसारलाई त्यो मान्छे पागल लाग्दैन । यो मान्छेसँग उसले सिक्नु पर्ने धेरै कुरा भएको अनुभूत गर्छ ।
बिहानको समय छ । फलामका औजारहरूले काटेको, फोडेको ढुङ्गामा मान्छेको आकृति बनाउन सुरु गरेपछि इसार हिड्यो । बाटोमा पागल भनिने मान्छेले उसलाई बोलायो । रुखको छहारीमा बसेपछि आकाशमा देखिने तर हेर्न नसकिने रातो गोलोलाई देखाउदै त्यो बोल्यो “त्यो सूर्य हो । यो हामी बसेको ठाउँ पृथ्वी हो । तिमी विचार गर, विचार नगरी नयाँ कुरा पत्ता लाग्दैन, यो पक्का हो कि सूर्यले पृथ्वी घुम्छ । सूर्य हिड्छ तर पृथ्वी हिड्दैन ।” केटाले के बुझ्यो को नी ऊ त्यो मान्छेसँग निकै बेरसम्म बस्यो, दुबैजना चित्रकारी गर्ने स्थानसम्म गए । त्यो मान्छेले ढुङ्गामा अँगारले बाङ्गा टेढा रेखाहरू तान्योे । केटोको विचारमा उसले केही चित्रकारी गरिरहेको छ । चित्रकारीमा केही चित्रहरू दोहोरिएर तेहरिएर आउछन् । साना लहरमा कोरिएका चित्रहरू हेर्दा इसारलाई अर्थयुक्त जस्तो लाग्छ तर त्यहाँका अरुले उक्त चित्र लिपिलाई उपेक्षा गर्दछन् ।
त्यो मान्छेले लिपिको प्रादुर्भाव गरिसकेको छ ।
यतिखेरका मानिसहरूको मस्तिष्क क्षमता सीमित छ । मस्तिष्कको क्षमताका कारण असाधारण मानिसहरू आम मानिसहरू भन्दा फरक छन्–तिनीहरूलाई सन्की, पागल वा अन्य उपमा दिने गरिन्छ ।
भोकले च्याप्दै लगेपछि इसार जङ्गलतिर हानियो । उसले फूल चुस्यो, फलहरू टिपेर खायो । रुखका लहराहरूमा लहरियो । एउटा रुखबाट अर्को रुखमा हाम्फाल्यो । कतिपय मिठा खानेकुराहरू उसले खान पाएन किनभने त्यस्ता फलफूलहरू अरुले नै खाएर सिद्धयाइ सकेछन् । कहिलेकाहीँ ऊ आज पाएका जस्ता फलफूल पनि खान पाउँदैन । मानिसहरूको समूहमा सामेल भएको खण्डमा जमिनमुनि फल्ने कन्दमुलहरू आँगोमा पोलेर खान पाउँछ । कति दिन ऊ भोकभोकै बसेको पनि छ । खोलामा माछा नभेटिए, जङ्गलमा सिकार नभेटिए, फलफूल तथा जमिनका खानेकुरा खान नपाए कहिलेकाहीँ रुखका पात र घाँस खाएर पनि बाचेकै छन्, मानवहरु ।
उनीहरू रुख चढ्न खुबै सिपालु छन् । जनावरहरूसँग बच्न वा बाँच्नका निम्ति रुख चढ्न सिपालु हुनु अति आवश्यक छ । यिनीहरू ढुङ्गेपाषाण युगका मानिसहरू जस्ता छैनन् । तुलानात्मक रूपमा ढुङ्गेपाषाण युगका मानिसहरू भन्दा धेरै सभ्य छन् ।
इसार छिटै नै जङ्गलबाट बाहिर निस्क्यो । एउटा फल लिएर ऊ मूर्तिस्थल फक्र्यो । निकै लामो समय हम्मर, छिना र एउटा ढुङ्गासँग खेल्यो । हम्मरले हान्यो, छिनाले खोप्यो, ढुङ्गालाई आकार दिने काममा ऊ संलग्न रह्यो ।

अचानक होहल्ला गर्दै मान्छेहरू जङ्गल बाहिर निस्के । सबैजना कोलाहाल, हतार, तछाडमछाड गर्दै, नाच्दै, रमाउँदै ठूलो ओतआडको चौरमा भेला भए । ठूलो आवाजले ढोल बजिरहेछ । सबै मान्छेहरू आ–आफ्नो काम छोडेर चौरमा भेला भए । ठूला ओतआडका मान्छेहरू पनि निस्के । उनीहरूले बीरता प्रदर्शन गर्दै एउटा ठूलै खाले जनावर मारेका रैछन् । लामो समय पोलेपछि सबैजना मिलेर त्यो ठूलो भीमकाय जनावरको मासु खाए । सबैलाई पुग्यो कसैले भोकै बस्नु परेन । यस्तो अवसर सधै आउँदैन । पाँच, छ ओटा ठिक्कका जनावर मार्दा पनि यस्तो अवसर आउँछ ।
ढोलमा बज्ने आवाजको पनि छुट्टाछुट्टै सङ्केतहरू छन् । जनावर सानो भयो भने को मात्र भेला हुने भनेर फरक फरक आवाजमा ढोल(बाजा) बजाउने गरिन्छ । आवाजले ठूला ओतआडकालाई मात्र बोलाउने सङ्केत गर्न सक्छ । यसैगरी कहिलेकाहीँ आवाजले ओडारकालाई मात्र बोलाउँछ । ओतआडका लागि मात्र पनि बोलाइन्छ । दुई समूहलाई मात्र बोलाउने सङ्केत भएको आवाज पनि बजाउने गरिन्छ, कहिले सबैलाई बोलाइन्छ ।
उनीहरू सबै खाले पशु, जनावरको मासु खान्छन् तर मान्छेको मासु खादैनन् । तिनीहरूले मान्छेको मासु खानु हुदैन भन्ने कुरा बुझ््न थालिसकेका छन् ।
बिस्तारै सूर्य अस्ताउन थाल्यो । मान्छेहरू डराउन थाले । उनीहरू ओडारतिर गए, कोही कोही ओतआडतिर । ओडार, ओतआडहरूमा ठूलठूला आँगोहरू बल्न थाले, जाडोको समय छ । दाउराको कुनै कमी छैन ।
सूर्य उदाउनु तथा अस्ताउनुको अर्थमा उनीहरूलाई घण्टा, बजेको भेउ छैन, बेलाको अनुमान गर्छन् । दिशाको ज्ञान थाहा छैन । सूर्य आउने र जाने दिशालाई राम्ररी जान्दछन् । अँधेरी रातदेखि धेरै डराउँछन् तर जुनेली रातमा त्यति धेरै डराउँदैनन् किनभने जुनेली रातको आकाशमा भगवान उपस्थित हुन्छन् भन्ने उनीहरूको विश्वास छ । चौरमा निक्लेर, रमाएर, नाचेर, कराएर, हाँसेर जून देवताको पूजा गर्दछन् । उनीहरू सूर्य र आकाशलाई ठूला र जूनलाई सानो देवता मान्दछन् ।
आज, चाडै जून उदायो । मानिसहरू सबै चौरमा भेला भए । सामान्य मानिसहरूका निम्ति बस्ने ठाउँ बनाइएको छैन । देवकन्या र सरदारका निम्ति बस्ने ठाउँ तोकिएको छ । देवकन्या बस्ने ठाउँ वरिपरि सबै भेला भए । देवकन्या पनि समारोहमा आइन् । समकालीन शैलीमा सबै नाचे, सबै कराए, ढोलको आवाजमा सङ्गीत बज्यो । सबै रमाए, देवकन्याले मन्दमन्द मुस्कुराउदै सबै क्रियाकलापलाई खुब गहिरिएर निहारिन् ।
रुखको आडबाट इसारले देवकन्यालाई हेरिरह्यो । कुनैपनि खाले क्रियाकलापमा सामेल भएन । एकोेहोरो अनौठो लाग्ने चाहकासाथ हेरिरह्यो, टोलाइरह्यो, अचानक ऊ कल्पना, भावना वा स्वप्नमा डुब्यो ।
“तिमीलाई भोक लागेको छ ।” देवकन्याको हात समाउँदै उसले सोध्यो ।
“छैन, तिमीलाई नि ।” उसले पनि उहिँ पाराले जवाफ फर्काई ।
“मलाई पनि छैन ।” भोक लागेको हो तर देवकन्यासँग मिल्नका निम्ति उसले ढाट्यो । ऊ यो साथ छोड्न चाहदैन ।
कल्पनामा उनीहरू दुईजना उकालो चढिरहेका छन् । उकालो ठाडो छैन । बाटोमा चट्टान र रुखहरू छन् । बाटो सफा, फराकिलो छ ।
“मलाई तिमीसँग कुरा गरुँ गरुँ लाग्छ ।” देवकन्या बोली ।
“मलाई पनि” इसार खुसी हुदै बोल्यो
“तिमी किन मलाई हेरिहन्छौ ।”
“खै, थाहा छैन तर तिमीलाई हेरिरहुँ जस्तो लाग्छ ।”
“मलाई भेट्न सधै आउँनु है ।”
“तिमी मसँग बिहे गछ््र्यौ । हामी दुबै मिलेर खेलौला । ”
“मैले बिहे गर्नु हुदैन, मैले कसैसँग खेल्नु हुदैन । म द्येभकन्या हुँ, द्येभताहरूको कन्या । म द्येभहरूसँग मात्र विवाह गर्न सक्छु । के तिमी द्येभ हौँ ?”
“को नि थाहा छैन, तिमीलाई थाहा होला के म द्येभता हुँ र ?”
“तिमी द्येभ हैेनांै तिमी मसँगबाट टाढा जाउ, मेरो नजिक नआउ ।” देवकन्याले केटोलाई धकेल्न चाही । इसारले देवकन्यालाई अँगालो मा¥यो । ओठमा ओठ राख्ने प्रयास ग¥यो । देवकन्याले इसारलाई ठूलै शक्तिले धकेली ।
ऊ अचानक झसङ्ग भयो । देवकन्या ठूलो ओतआडतिर जादै थिई । मानवहरू थाकेर सुस्तरी, सुस्तरी ओडार र ओतआडमा फर्किरहेका छन् ।

फलफूलका बोटहरू जमिनमा रोप्ने, फलाउने प्रक्रिया हालसालै सुरु भएको छ । यो कामको सुरुआत त्यो सन्कीले गरेको हो । जङ्गलमा फलेको ंफलफूलभित्र भएका गेडाहरू जमिनमा गाड्दा त्यसबाट बिरुवा उम्रन्छ भन्ने जानेर नै सन्किले आफ्नो ओतआड वरिपरि यो काम सुरु गरेको हो । यसलाई सबैले सिके । सामान्यतया मान्छेहरू फलफूलभित्रका गेडाहरू पनि खाने गर्छन् । यति मात्र हैन सन्कीले धानको बिउ कहाँबाट ल्यायो को नि ? उनीहरू धान पनि रोप्छन् ।
एकताका सन्की भनिएको मान्छे लामो समय यो गामलबाट हरायो । जब आयो धानको बिउ लिएर आयो । मानिसहरूले जे भने पनि, जस्तो अपहेलना र उपेक्षा गरेपनि ठूलो ओतआडमा उसको राम्रो प्रभाव छ । कतिपय कुरामा सरदारले ऊसँग सल्लाहा, सुझाव, परामर्श लिने गर्दछ । सरदारले ठूलो ओतआडमा बस्ने आग्रह पनि गरेका हो तर सन्की मान्छेले मान्दै मानेन । उसले भन्यो “म सबैसँग बस्छु, म धेरै नयाँ कुरा जान्न चाहन्छु । नयाँ कुराहरू सबै मानिसहरूको बीचमा छ । मैले जानेको सबैलाई सिकाउन चाहन्छु । म यहाँ बसे भने म तपाईहरूको मात्र भएर रहने छु । बाहिरको संसारसँग मेरो नाता टुट्ने छ ।’
यस्तो लाग्छ मानौ यो ठाउँ नै एउटा सिङ्गो संसार हो । बाहिर कुनै संसार छैन अनि संसारको सारा सभ्यता सारा संस्कृति यति नै मात्र हो । समूहगत सभ्यतासँग सञ्चारव्यवस्था स्थापित हुन नसकेका कारण यहाका मानिसहरू पछाडि परेका हुन् । सञ्चार हुदै नभएको स्थिति भने होइन । सन्की मान्छे लामो समय यहाँबाट हराएपछि आउदा दुई, चारवटा नयाँ सुचना, प्रविधि, ज्ञान लिएर आएको सम्बन्धमा सामान्य मानिसहरू बुझ्दैनन् तर ठूला ओतआडका मान्छेहरू बुझ्दछन् । ठूला ओतआडकाले पनि नजिकैको अर्को सभ्यतासँग सञ्चार कायम राखेका छन् किनभने उनीहरू लुगा लगाउँछन् । सुन, चाँदी, तामाका विषयमा सामान्य मानिसहरू बुझ्दैनन् तर ठूला ओतआडका मान्छेहरू त्यसको मूल्य पनि बुुझ्दछन् ।
बाहिरी दुनियाँसँगको सम्बन्ध उनीहरूले बहुतै कठिनाइका साथ स्थापना गरेका हुन् । करिब बीसजना मान्छे त्यो भ्रमणमा हराए पछि एक्काइसौं मान्छे बाहिरी दुनियाँसँग सम्बन्ध स्थापना गरेर यहाँ फर्केको थियो । धेरै पहिलेको कुरा हो यो । त्यो मान्छे आएपछि मात्र ओतआडहरू निर्माण भएको हो । नत्र अहिले ठूलो ओतआडमा बस्ने मान्छेहरू ओडारमा नै बस्दथे । त्यसपछि नयाँनयाँ हतियारहरू बने । लड्ने नयाँ तरिकाहरू चलनमा आयो । भ्रमणमा निस्केकाहरू हराउँनु नयाँ, नौलो कुरा भएन । भ्रमणमा सफल भएका मान्छेहरूले बाटो देखाइ दिएका हुन् । दिशाको ज्ञान हुनेहरू भ्रमणमा सफल हुने गर्छन् । रातो ठूलो गोलो उदाउने, अस्ताउने दिशा र डाँडाकाँडाका विशेषता नियाल्न सक्नेहरू भ्रमणमा सफल हुने गर्दछन् । अलमलिनु, बाटो बिराउनु, एउटै बाटो धेरै चोटि हिड्नु पर्ने बाध्यता यिनीहरूसँग छदैछ ।

एकदिन— ठूलो ओतआडबाट घोडा चढी निक्लेका मान्छेहरूले एउटा मानिसलाई ठूलो चौरमा घेरे । त्यो मान्छे हतियार बनाउने समूहको हो, ऊसँग पनि हतियार रहेछ । भिडन्त प¥यो, त्यो मान्छे र समूह बीच । उसले चारजनालाई थामेर राख्यो । त्यो मान्छे डराएन तर समूहका थुप्रै मान्छेहरूले बाध्य बनाएर रुखको लहराले त्यसलाई राम्ररी बाँधे, लगे ठूलो ओतआडमा । जब रातो, तातो गोलो उकालो लाग्न छोडेर ओरालो लाग्न थाल्यो, ढोलको ठूलो आवाज आयो, सङ्केत त्यस्तो बज्न थाल्यो जसले जनाउथ्यो कि सबैजना भेला हुनु । जसले त्यो आवाजलाई सुने सबै बिस्तारै बिस्तारै ठूलो ओतआडको चौरतर्फ हिडे । हतार वा ढिलाइ नहुने गरी मध्यम चालले उनीहरू चौरमा भेला भए । उँचो स्थानमा देवकन्या बसेकी थिई । सरदार यताउता हिडिरहेको छ । सरदार ज्यादै रुष्ट देखिन्छ । सरदारको कपाल कालो छ । बूढ्योैलीको कुनै चिह्न वा असर उसमा देखिदैन, जनावरको छालाले यौनाङ्ग छोपेको छ । बाँकी शरीर नाङ्गो छ । घाँटीमा मालाहरू लगाएको छ । उनीहरू धारिलो हतियारले कपाल काट्छन तर सरदारको कपाल केही लामै छ । सरदारको वरपर उसका अङ्गरक्षक कोही पनि छैनन् । देवकन्या बसेको अग्लो स्थानमा अर्को पनि एउटा आसन छ ।
मान्छेहरू चौरमा भेला भए । खम्बा बनाएर गाडेको ढुङ्गामा त्योे मान्छेलाई बाँधियो । औपचारिकता बिनै सरदारको सानो छोरो करायो ।
“यस्ले द्येभीलाई खेलका निम्ति फकायो । यो घोर पापी हो ।”
त्यो मान्छेले सुनिरह्यो, केही भनेन । उसको अनुुहारमा डर त्रासका भावहरू कुद्न थाले ।
“ द्येभता विरोधी मान्छेलाई मार्नुपर्छ । यसले नराम्रा कुराहरू फैलाउँछ । यो आइमाईहरूसँग पल्केको मान्छे हो । यो हतियार बनाउदा पनि हान्ने पिट्ने मात्र काम गर्छ । यस्को शिर छिनाल्नै पर्छ । तपाईहरू के भन्नुहन्छ म यसको शिर छिनाल्छु । द्येभताको भागमा आँखा लगाउने । द्येभताहरू रिसाए भने हामी कोही रहने छैनौ । द्येभताहरूले हामीलाई यत्रो ठाउँ दिनुभएको छ, खान नपाए हामी मर्छौ, ठूलो द्येभताले हामीलाइ तातो र निल द्येभता(आकाश)ले हामीलाइ पानी दिनुभएको छ । खानेकुरा दिएर द्येभताले हामीलाई मान्छे बनाउनु भएको छ । ती नै द्येभतालाई छुट्याइएको भागमा परेकी द्येभीलाई बिगार्न खोज्ने ।”
“द्येभी माथि अधिकार जमाएर आफै द्येभ बन्न खोज्ने यो मान्छे हैन, द्येभताहरूको शत्रु राखस(राक्षस) हो । राखसहरूलाई हामीले आफ्नु साथ राख्नु हुदैन । मार्नै पर्छ । बध गर्नै पर्छ ।”
“हो हो मार्नै पर्छ, बध गर्नै पर्छ ।” एउटा बृद्ध मानिस गज्र्यो ।
भेलाको अघिल्लो भागमा देवीहरू बसेका छन् ।
“यो मान्छेले मलाई जङ्गलमा बोलायो र मसँग खेल्ने आमन्त्रण दियो ।” एउटी देवी बोली । देवीहरू कपडाले बक्षस्थल र छालाले यौनाङ्ग छोप्ने गर्छन । घाँटीमा विभिन्न किसिमका माला लगाउछन् । कानको लोती छेडेर सुइरो घुसारेका हुन्छन् ।
सरदारले नजिकै रहेको ठूलो, चम्किलो र धारदार हतियार उठायो ।
“सरदार माफ पाऊ मैले गल्ति गरे मलाई क्षमा गर्नोस ।”
“द्येभताले हामीलाई माफ गर्ने छैनन् । द्येभता रिसाएर भूइ काम्यो, आँगोले मान्छे खायो, भूइले मान्छे निल्यो भने । द्येभताको क्रोध तैले देखेकै होस् सबैले देखेका छन् । द्येभताले कडा चिसो बादल पठाएर हामी झण्डै झण्डै सबै सखाप भयौ । तेरो लागि द्येभताको क्रोध खप्न सकिने छैन । ”
“यसलाई काट्नै पर्छ त्यसपछि मात्र द्येभता खुस हुनुहुनेछ । द्येभता रिसाएर नै हो । निलद्येभता ठूला ठूला आवाजमा कराइरहेछन् । ठूलो द्येभता ज्यादै कम देखिनुहुन्छ । पानी परिरहेको छ । निलद्येभता चम्किरहेका छन् । द्येभता रिसाउनु भएको छ । द्येभताको क्रोध हामी थाम्न सक्दैनोै यसलाई काट्नै पर्छ । यसको बध गर्नै पर्छ ।”
उनीहरू धेरै कुरा गर्न मन पराउदैनन् । यति कुरा पनि धेरै भएको आभास भएपछि सरदार अगाडि आए, तरबार सोज्याए । त्यो मान्छेले आँखा चिम्लियो । सबैले उत्सुकताका साथ यो दृष्यलाई उफ्रि उफ्रि हेरे । सरदारले उसको घाँटीमा प्रहार ग¥यो । घाँटीबाट छिनिएर रगत निकाल्दै टाउको भूइमा लड्यो । घाँटीमुनिको भाग पनि रगत निकाल्दै लड्यो, छटपटायो र शान्त भयो ।
यो दृष्य देवकन्याले मुस्कुराएर हेरिन्, डराइनन् । देवकन्या भएको कारण उनले यो सबै नडराई हेर्नुपर्छ । यसबाट उनले पनि आफ्नो भविष्यका लागि पाठ सिक्नु छ । लोग्नेमान्छेसँग खेल खेल्ने प्रयास गरेमा आफ्नो परिणामलाई उसले आफ्नै आँखाले हेरी । आँखा र अनुहारको भावमा कुनै परिवर्तन आएन । कुनै किसिमको प्रतिक्रिया देखाइनन् । सधै आफूलाई एकोहोरो हेरिरहने केटोलाई खोजिन् । भीडमा त्यो केटोलाई देखिन् । केटो, यो दृष्यलाई त्रास, भयपूर्ण नजरले हेरिरहेको छ । देवकन्या मुस्कुराइन्, सधै केटो पनि मुस्कुराउथ्यो तर आज सकेन । देवकन्यालाई अट्टहास गरेर हाँसुझै भयो तर मुस्कुराइन् मात्र । यिनीभन्दा पहिलेकी देवकन्या यति धेरै मुस्कुराउन्न थिइन्, यिनी ज्यादै मुस्कुराउछिन् ।
सबै मिलेर त्यो लासलाई चीलकौवाको निम्ति छोडिदिए । सबैको बिश्वास छ पापीहरूलाई गाड्नु जलाउनु हुदैन, यसो ग¥यो भने उनीहरू राखस बन्नेछन् र देवताहरूलाई दुःख दिनेछन् । उनीहरू देवताका निम्ति शत्रु पैदा गर्न चाहदैनन् ।

यो घटनाको केही समयपछि इसारको विवाह भयो । विवाहको घटना सामान्य रहेन । यहाको प्रथा रितीरिवाज अनुसार सबै विवाह गर्ने शरीर भएका केटाहरूलाई सरदारको अगाडि एउटा लाममा उभिन लगाइयो । विवाह गर्ने शरीर भएका केटीहरूलाई पनि लाम वा पङ्तिमा उभ्याइयो र केटो छान्ने अनुमति दिइयो । इसार यो लाममा उभिन मानेको थिएन तर ठूलो ओतआडका शस्त्रधारीले समातेर जबर्जस्ती उभ्याए । इसारसहित लाममा अरु दसजना छन् । ऊ बाहेक बाँकी सबै खुसीले तछाडमछाड गर्दै लाममा लागे । इसारले टाढा टाढा भागेर जाने मन गरेको हो तर सकेन ।
लाममा उभिएका केटीमध्ये देवकन्याको साथी वा सेविकाको काम गर्ने केटीले उसलाई छानी । तुरुन्तै देवकन्याको आगमन भयो । त्यतिखेरसम्म केटाकेटीका बाबु, आमा र अरु अधिकांश मानिसहरू भेला भइसकेका थिए । जोडीहरूलाई रुखको लहराले बाधियो । देवकन्या इसारलाई हेरेर मुस्कुराई । इसारले उसलार्ई हेर्न सकेन, इसार देवकन्यासँग विवाह गर्न चाहन्छ । विवाह गर्न खोज्दा हुन सक्ने परिणामको दृष्य उसले राम्ररी देखिसकेको छ । सरदारको धारदार तलबारद्वारा देवकन्याका निम्ति आफ्नो जीवन त्याग्ने प्रयासको क्रममा छ ऊ । अस्वावाविक रूपले ज्यान फ्याल्न तयार हुनका लागि समय लाग्नु स्ववाविकै हो । देवीको प्रेममा मर्न तयार हुदै गरेको अवस्थामा यो घटना घट्यो । चाहेर पनि उसले यो घटनाको विरोधमा केही गर्न सकेन ।
जोडीहरूले बाँधिएकै अवस्थामा फूल चढाएर देवकन्यालाई ढोँग चढाउन थाले । इसारको जोडी लामको अन्त्यमा छ । आजको दिन, इसार केटो देवकन्याको खुट्टा आफ्नो निधारले छुन चाहन्छ तर यसो हुन पाएन । खुट्टा छुनु अगावै देवकन्याले उसलाई समातेर उठाइन्, मुस्कुराइन् र भनिन् “जे भयो वा हुनेछ त्यो द्येभताको ईच्छाले हुन्छ । नडराउ द्येभताले सबै ठिक गर्ने छन् ।” देवकन्याले इसारको काँध थपथपाउदै भनिन् । देवकन्याले सबैलाई केही न केही भनिन् । इसारले आफूलाई भनिएको कुरो रहस्यपूर्ण ठान्यो । ईच्छामा भएको तुषारापातले होला, असहनीय दुःख, पीडा उसका आँखामा देखा परे, असहाय भावले निधार खुम्चियो । उसले देवकन्यातिर हे¥यो, देवकन्या मुस्कुराइन् मात्र ।
ती जोडीहरूलाई खुला चौरमा छाडियो । त्यसपछिको सविस्तार वर्णन गर्ने धृष्टता नगरौं । यो उचित पनि हो ।

इसारले देवकन्यालाई बिर्सन सकेन । पहिले पनि कहिलेकाहीँ मात्र देवकन्यालाई सम्झिन्थ्यो । अबको सम्झना उसका निम्ति कष्टप्रद बन्यो । जब ऊ उसकी केटीसँग हुन्छ या मूर्ति बनाइरहेको हुन्छ, ढुङ्गा खोपिरहेको अवस्था होस वा जङ्गलमा खाना खोज्न गएको बेला जतिखेर पनि सर्बत्र देवकन्यालाई सम्झन थाल्यो । निदाउने बेलामा होस् वा हिडिरहेको बेला प्रायः जुनसुकै समय पनि देवकन्यालाई कल्पना, सपना वा भावनामा देख्छ । उसकी केटी जसको नाम उसले पनि सेविका नै राख्यो । देवकन्या उसलाई सेविका भन्छे । सेविकासँग खेल सुरु भयो । खेलको समय पनि देवकन्यालाई सम्झन थाल्यो । सेविकाको धेरै समय देवकन्यासँगै बित्छ, इसारलाई थोरै मात्र समय दिन्छे । इसार धेरै समय मूर्ति बनाउन, चित्र बनाउन तथा सन्की ठानिएको मान्छेसँग बिताउने गर्छ ।
भाषामा भएको अपूर्णपनको समय हो यो, भाषासभ्यताको विकासक्रम । इसार अक्षर भनिएका ती चित्रहरूका विषयमा ज्यादाभन्दा ज्यादा कुरा जान्न चाहन्छ । सुरुआतसँगै मानिस सबैथोक जानेर आजको स्थितिसम्म आइपुगेका हैनन्, सभ्यताको विकास मानिस स्वयम्ले गरेका हुन् ।
ऊ जति बोल्थ्यो त्यति पनि बोल्न छाड्यो । देवकन्याप्रतिको आन्तरिक भावना कसैले थाहा पाउलान् भन्ने डरले उसलाई सधै सताउँछ । विवाहको दृष्यलाई जति बिर्सने कोसिस गर्छ त्यति नै सम्झिन्छ । देवकन्यालाई जति बिर्सने कोसिस गर्छ त्यति नै कल्पिन्छ । उसलाई लाग्न थालेको छ कि देवकन्यालाई बिर्सने कोसिस नै किन गर्छ ? सेविका पनि अक्सर देवकन्याको कुरा गर्छे । सेविका देवकन्यासँग बिताएका समय, उनको स्वभाव, विचार आदिको वर्णन गर्न खप्पिस छे । सेविकासँगबाट देवकन्याको कुरा सुन्नु, एउटा अद्भूत तथा अलौकिक क्षण ठान्दछ ऊ । यस्ता कुराकानी बीच आफूलाई तटस्थ राखेर, सेविकामा मात्र दिलचस्पी देखाएर देवकन्याका धेरै कुराहरू सुनाउन सेविकालाई नजानिदो तरिकाले उक्साउछ, इसार ।
विवाह पछिका दिनहरू उसको निम्ति सरल भएनन् । केटीसँग खेल खेल्न चाडै सिक्यो, ग्लानी या अफसोसको भाव पैदा हुन पाएन । सेविकासँग छुट्टिन नसकिने गरी चेप्टिएन । केटीहरू खोज्दै पनि हिडेन । जब आउछे भेट हुन्छ, सेविकाको इच्छाअनुसार नै समय बित्छ, आफ्नो तर्फबाट कुनै इच्छा जाहेर गर्दैन । शारीरिक हिसावले निकै ह्रष्टपुष्ट तागतिलो र अग्लो भइसकेको छ । कसैसँग डराउदैन तर अस्त्रशस्त्र चलाउन निपुण छैन, अस्त्रशस्त्रको साधारण ज्ञान मात्र छ । हानेको तीर सहि ठाउँ लाग्दैन । रुख चढ्न, रुखको लहरामा लहरिन, एउटा रुखबाट नजिकैको अर्को रुखमा हाम्फाल्न खप्पिस छ ।
इसारले देवकन्याको पूजामा जान छोडेन । देवकन्यालाई हेर्ने, हेर्दा हेर्दै टोलाउने प्रक्रिया छुटेन । देवकन्याले पनि सबैका सामु इसारलाई हेरेर मुस्कुराउन छोडिन । एउटा नजानिदो अमूर्तभावको सम्बन्ध उनीहरू बीच कायमै रह््यो । एकान्तमा देवकन्यालाई भेटेर कुरा गर्न पाएन । इसारसँग एकान्तमा भेट्ने इच्छा देवकन्यासँग पनि हुँदो हो तर दुबै चुप छन्, हेर्छन्, अर्थपूर्ण मुस्कान मुस्कुराउँछन् । सम्वादहीनताको स्थिति छ दुबै बीच । इसार अरु कुनै पनि केटीको नजिक गएन । देवकन्याको नजिक जान चाहने इच्छा यथावतै छ । देवकन्या र इसार बीच, सम्बन्धको दुरी नघट्यो, नबढयो नै, यथावतै छन् उनीहरू ।

एकदिन– इसार ज्यादै उदासियो, ज्यादै हतासियो, विरक्तियो, भोकभोकै, खोला किनारै किनार हिड्न थाल्यो । ढुङ्गा, बालुवा, पानी, खोलो, कहिलेै भेट नहुने दुई किनार आँखाहरूमा अटाए, सबै दृष्यहरू । निहुरेर हिडिरह्यो । निहुरेर हिड्न जान्दैनथ्यो तर त्यस दिन सिक्यो । कुनै दिन सिक्नु नै थियो । पानी पनि पिएन । आहारा नभएर, नभेटेर नखाने घटना धेरै घटेका छन् तर आज उसले केही पनि खाएन । जङ्गलमा भेटिएको फलफूल खाएन, नदीमा बगेको पानी पिएन । सायद पृथ्वीमा कोही मान्छे पहिलो चोटि उपवास बस्यो तर किन ?
नदीको किनारै किनार हिड्दा अलौकिक लाग्ने, अद्भुत र इश्वरीय लाग्ने एउटा ढुङ्गा फेला पा¥यो । त्यो ढुङ्गा सेतो रङ्गको लाग्छ, घामको प्रकाशमा टलक्क टल्कन्छ, लामो र गोलो, लोग्नेमान्छेको लिङ्गझै माथिल्लो भाग चिरिएको छ । जमिनमा राम्ररी राख्न र गाड्न सकिन्छ । ‘द्येभताहरूले यहाँ फ्यालेका या राखेका होलान्’ इसारले यस्तै सोच्यो । लोग्नेमान्छेको लिङ्गझै लाग्ने त्यो ढुङ्गा सारै राम्रो लाग्यो उसलार्ई । एकै नजरमा प्यारो लाग्यो यो चीज । त्यति ठूलो बोकेर हिड्नै नसकिने थिएन । पातहरूले छोपेर, त्यो ढुङ्गालाई रुखको लहराले राम्ररी बे¥यो, लुकाएर बोक्यो अनि फक्र्यो ।
ऊ थाक्यो, बिस्तारी बिस्तारी उकालो लाग्यो । पहिलो चोटि नै हुनुपर्छ बाटो ठम्याउन खोज्दै अँध्यारोमा हिड्यो, किञ्चित् डराएन । समयले घटाएका घटनाहरूले डरलाई मनभित्रबाट निकालेर बाहिर आफलेका छन् । जनावर, मान्छे, आकाश, अँध्यारो कसैसँग पनि डराएन । सायद नडराउने भयो । कदाचित्…सम्भवत; देवकन्याप्रतिको प्रेमका कारण यस्तो भएको हो ।
कुनै पनि अनौठो चीज भेटिएमा अद्यापि ठूलो ओतआडमा बुझाउने चलन छ । त्यसरी कुनै सामान बुझाएन अथवा लुकायो भने दण्ड दिने चलन पनि आम छ तर ऊ यो ढुङ्गा देवकन्यालाई दिन चाहन्छ । यो ढुङ्गालाई आफ्नो निम्ति महŒवपूर्ण र प्यारो ठानेको छ । उसको आफ्नो प्यारो चीज देवकन्यासँग रहोस यस्तै चाहन्छ । इसारले त्यो चीज ठूलो ओतआडमा बुझाउने विचार त्याग्यो । आर्थिक, सामाजिक परिपाटीअनुसार सामूहिक सम्पत्तिको धारणा भएको बेलाबखत ऊ बेइमान निस्क्यो जबकि ठूलो ओतआडको सम्पत्तिलाई पनि सामूहिक ठानिन्छ । आवश्यकताअनुसार ठूलो ओतआडको सम्पत्ति सबैले भोगचलन गर्छन तर ठूलो ओतआडको गोप्य सम्पत्ति र सामानमा कसैको पनि पहुँच छैन । गाडेर लुकाएको धनसम्पत्तिका सम्बन्धमा आमसाधारण मानिसहरूलाई केही पनि थाहा छैन । सरदारले पित्तल, तामा, कपडा र विशेष खालका हतियारहरू लुकाएको छ । लुकाउँदा सहयोग गर्नेहरूलाई सरदारले मारिसकेको छ ।
इसारले पनि कसैले थाहा नपाउने गरी जमिनमा गहिरो खाल्डो खन्यो । प्यारो ढुङ्गालाई राखेर त्यो खाल्डो पु¥यो । सम्झना रहोस भनेर आफूले मात्र बुझ्ने गरी चिह्न लगायो । निकै अबेर ऊ ओडार फक्र्यो, लगभग सबै निदाइसकेका छन । सेविका पनि निदाइसकेकी छ । कसैले वास्ता गरेनन् ।
ऊ थकाइ, निद्रा, र भोकले बेहाल छ । खोजेको भए सायद खानेकुरा भेट्थ्यो होला तर त्यसको निम्ति कुनै उपक्रम गरेन । भुँइमा लड्यो र भुसुक्कै निदायो । उसको उपवासले पूर्णता पायो ।
यो त्यस्तो संसार हो जहाँ लोग्नेले स्वास्नीलाई र आमाले छोरालाई माया वा वास्ता गर्दैनन् । वास्ता गरेर नै के पत्तो यहाँ मृत्यु सजिलै आउँछ र समूहका समूह मान्छेलाई निलेर आफ्नो भोक मेटाएर जान्छ । मान्छेलाई भोक लाग्छ भने मृत्युलाई पनि भोक लाग्छ, उसले खानु हुदैन र ? उसलार्ई पनि खानु पर्छ । मृत्यु पनि उनीहरूका निम्ति अदृष्य भगवान् हो । एउटा त्यस्तो भगवान् जसलाई खुसी राख्न सकेमा मान्छेहरू कमै मर्छन् । भगवान्, जसको आहारा जनावर र मान्छे मात्र हुन् ।

ऊ डराएन । देवकन्याको दर्शन गर्न छोडेन । पानी परेर माटो सुकिसकेपछि मौका छोपेर, निकै सतर्कताका साथ, देवकन्याको खुट्टा ढोग्ने निहुले निहुरेर, नजिकै कोही नभएको बेला, देवकन्याले मात्र सुन्ने गरी बोल्यो “ओडारको मुखदेखि पर झ्याम्म परेको रुख मुन्तिर लामो, गोलो, राम्रो ढुङ्गा छ ।” देवकन्या मुस्कुराई मात्र । मुस्कुराहटका कारण खुसी भए लगत्तै इसारको मनमा हलँुका चिसो पस्यो ।
दिउँसो, चुपचाप चौरमा बसिरहयो । ठूलो ओतआडबाट मान्छेहरू अस्त्रशस्त्रका साथ घोडामा चढेर आउनेछन् र उसलार्ई समातेर घिसार्दै लानेछन् । अर्को दिनको सूर्य, फेरि अर्को दिनको सूर्य अनि पनि केही भएन । केही दिन पछि, सूर्योदयका बखत ढोल बज्यो । सबैलाई बोलाएको आवाज हो यो । हिचकिचाउदै, साहास बटुल्दै चौरतिर गयो । अन्त्यमा आज अन्तिम दिन आएकै हो त ? देवकन्याले उसको विषयमा सरदारलाई भनिन् त ? ढुक्क, संयमी र धैर्यवान देखियोे । शरीर काम्ने गरी आत्तिएन, पिशाव आउने गरी डराएन तर विश्वास गर्न गा¥हो भयो कि आफू सूर्यास्तसम्म जीवितै रहने छ । देवकन्याले कस्तो प्रकारको उजुरी गरिन् । सेविकासँग जिन्दगी बिताउन ऊ सहमत छैन । जान्छ त जिन्दगी नै जान्छ, मन्जुर छ इसारलाई । यो के हो ? भित्र भित्र यस किसिमका सोचहरू, भावहरू किन छन् ? पटक्कै थाहा छैन ।
केटीहरूसँग खेलिने खेल उसले सेविकासँगमात्र खेलेको छ । त्यो खेल देवकन्यासँग खेल्न चाहदैन, कुरा गर्न चाहन्छ, भेट्न चाहन्छ, हात समातेर घुम्न चाहन्छ । देवकन्यासँग कस्ता कुरा गर्न चाहन्छ ? थाहा छैन । इसार धेरै कुरा गर्र्ने खालको मान्छे हैन । सन्की भनिएको मान्छे लगातार बोल्न सक्छ । बोल्नका निम्ति धेरै शब्दहरू छन त्योसँग तर इसारसँग त्यति धेरै शब्दहरू छैनन् । बेला बेला अनौठो मान्छ, यतिधेरै किन चाहन्छ देवकन्यालाई ? मृत्युलाई जितेर, देवकन्यालाई भेटेर, कुराकानी गर्न चाहन्छ, सँगै हिड्न चाहन्छ किन किन ?
सबैजना चौरमा भेला भए । ठूला ओतआडका सबै मान्छेहरू त्यहाँ भेला भइसकेका छन् । सरदार देवकन्या बस्ने अग्लो ठाउँमा यताउता हिडिरहेकोछ । देवकन्या आइन्, आफ्नो आसनमा बसिन् । देवकन्याको आसनमा कोही पनि बस्दैन, सरदार पनि । सरदारले फूल चढायो, निधारले देवकन्याका खुट्टा छोयो तत्पश्चात देवकन्या उठिन्, एकचोटि सबैलाई हेरिन् । इसार आफ्नै ठाउँमा छ । उसले इसारलाई हेरिन, मुस्कुराइन ।
इसारको मनमा चिसो पस्यो । आजको दिन अन्तिम हुनसक्छ, यो क्षण अन्तिम हुनसक्छ । ‘तरबारले काटिदा दुख्दैन, एकै चोटमा सबै समाप्त’ उसले सोच्यो । कता कता गर्व अनुभूत गरिरहेको छ किनभने इसार देवकन्याको निम्ति मर्न गइरहेको छ । स्वास्नीमान्छेलाई हेला, उपेक्षा, अन्याय, अत्याचार गर्नेहरू मध्येको एउटा पुरुष, कुनै एउटा स्वास्नीमान्छेका निम्ति ज्यान दिन तयार छ । कस्तो अचम्म हो यो ?
“सबैले सुन्नुहोस” देवकन्या उच्च स्वरमा बोल्न थाली “ओडारदेखि पर ठूलोे रुखमुनि जमिनमा द्येभता सुतिरहनुु भएको छ । मलाई द्येभता स्वयम्ले भन्नु भएको ।” देवकन्या मुस्कुराइन् ।
“द्येभतालाई द्येभकन्याले पूजा गर्नुपर्छ, द्येभतालाई हामीले पनि पूजा गर्नुपर्छ । आओ जौ द्येभताको पूजा गर्न ।” सरदार बोल्यो ।
छक्क, अचम्म, चकित, आश्चर्य पर्नुपर्ने गरी घटनाले एकदमै उल्टो रूप लियो । इसारलाई उफ्रन, कुद्न, नाच्न, कराउन मन लाग्यो तर मनलाई दबायो । पैतालादेखि शिरसम्म अनौठो तेज सनसनाएको आभास क्षणभरका निम्ति भयो । खुसीले नसा, नसा, हड्डि, हड्डि रमाए ।
सबैजना ओडारतिर लागे । देवकन्याको पछाडि सरदार लाग्यो, बाँकी सरदारका पछाडि । जमिन खन्दा त्यो वस्तु भेटाउन गा¥हो भएन । लोग्नेमानिसको लिङ्गझैको त्यो लामो, गोलो ढुङ्गालाई देवकन्याले ‘द्येभता’ भनी किटान गरी । त्यो चीज इसारले भेटेको अवस्थामा भन्दा चम्किलो, उज्यालो, सेतो र अलौेकिक छ आज । उँदाउदो सूर्यको किरणमा टलक्क टल्कियो । यो लोकको जस्तो लाग्दैन त्यो, परमात्माको शरीरको कुनै भागझै लाग्छ ।
देवकन्याको अनुहारमा उज्यालो, चमक व्याप्त भयो । सायद उदाउदो सूर्यको किरणको कारण होला देवकन्याको अनुहार रहस्यमय देखियो । मानिसहरूको मनमा देवकन्याप्रतिको आदरभाव अझ बढ्यो । सबैले देवकन्यालाई ईश्वरीय शक्तिप्राप्त, चमत्कारी ठाने ।
सर्वप्रथम देवकन्याले गाईको दूधले आफ्नो देवतालाई नुहाइन्, फूल र आगोले देवताको पूजा गरिन् र भनिन् “यिनी मेरो द्येभता हुन् । म यिनीसँगै विवाह गर्नका निम्ति छुट्याइएको हँु ।” सबै देवकन्यासँग खुसी भए ।
के वास्तवमै देवकन्या देवताकै हो ? देवता बोल्दैनन् । मानिसहरूलाई विश्वास छ कि देवकन्या देवतासँग कुरा गर्छे, सम्भवत सुत्छे पनि किनभने देवतासँग देवकन्याको भेट रात्री मात्र हुने गर्छ । मानिसहरूले त्यो ढुङ्गालाई देवकन्या बस्ने ठाउँँसँगैको जमिनमा स्थायी ढङ्गले राखेर पूजा गर्न थाले ।
यो दिन– संसार, पृथ्वी, जगत, धरती वा जे भनौ दिनदुनियाँँमा ढुङ्गालाई देवता मानी, ठानी पूजा गरिएको पहिलो दिन । दिनहरू मध्येको एउटा महान् दिन जहिले ढुङ्गालाई देवता ठानी, मानी पूजा गरियो । ढुङ्गाको स्वरूपमा देवता धरतीमा ओर्लेको दिन । यो दिन, देवकन्या र इसार मिलेर महान् बनेको दिन । मानिसहरू ढुङ्गा पुज्छन्, अबका हजारौं वर्ष पुज्नेछन् । सम्झना भइरहनु पर्छ कालान्तर यो दिन, बिर्सनु हुदैन कसैले । यो महान् दिन ढुङ्गालाई देवता ठानेर, मानेर पूजा गर्न सुरु गरिएको दिन । धन्य, पृथ्वीमै बितेको यो दिन ।
प्रत्येक दिन दूध, फूल र आगोले ढुङ्गा पूजा गरेपछि मात्र देवकन्या आसनमा बस्न थालिन् । देवकन्याप्रति मानिसहरूको विश्वास र आस्था झनै बढ्न थाल्यो । पूजा गर्ने नयाँ नयाँ सामाग्रीहरू मानिसहरूले पत्ता लगाए । देवकन्याप्रति मानिसहरूकोे आस्था र विश्वासको सीमा रहेन ।
व्यक्तिगत दुश्मनी वा शक्तिको घमण्डका कारण एक अर्कासँग जुधेर, लडेर, मर्ने र मार्नेहरूको सङ्ख्या घटेन । समय शान्तिपूर्ण रहेन । मानिसहरू एक अर्काप्रति रिस, क्रोध र घमण्ड पाल्छन् । जित्नका लागि मर्न, मार्न तयार हुन्छन् । क्रोधको कुनै सीमा छैन । दुईजनाको मल्लयुद्ध, द्वन्द्वयुद्ध र समूहगत लडाइँ मनोरन्जनको साधन बन्यो । मान्छे मर्दा मान्छेहरू नै रुदैनन् । मान्छेहरूसँग मान्छेहरूप्रति कुनै किसिमको ममता,भावना वा करुणा छैन । बाबुआमालाई छोराछोरी माया गरिनु पर्ने चीज हुन भन्ने लाग्दैन । तीन चार वर्षसम्म बच्चाहरूप्रति केही ममता आमाहरूले मात्र देखाउँछन् । बच्चा हिड्न थालेपछि आमाले वास्ता राखेको पाँइदैन ।
कोलाहल, रक्तपात, अंहकार, घमण्डका अतिरिक्त अरु पनि छ, केही छ तर त्यो के हो भन्न सकिदैन । केटाले केटीलाई मन पराउनु, मानिसले मानिसलाई मन पराउनु, मानिसहरू एकै ठाउँमा समूह बनाएर बस्नु मानिसहरूले बुóन सकेका छैनन यो के हो ? एकक्षण नदेख्दा अप्ठ्यारो लाग्नु, सधै जसो सम्झना आउनु, टाढा गए पनि फर्केर आफ्नो आमाबाबु, साथीसङ्गी, चिनजान समक्ष आइपुग्नु । बा, आमा, भाइ, बहिनी, नजिक रहेकाहरूसँग कुरा गर्न, समय बिताउन मन लाग्नु । आमाबुबा, भाइ बहिनीप्रति निकटताको आभास हुनु, के हो ? कसैलाई थाहा छैन । सन्की भनाउदोलाई पनि थाहा छैन । कल्पना गर्न नसकिने अवस्था छ ।
ढुङ्गाको पूजा हुन थालेको केही दिनपछि, देवकन्या आफ्नो आसनमा
आइनन् । उसको यौनाङ्गबाट रजस्राव हुन थाल्यो । ऊ देवकन्याबाट देवी कहलिन थाली । यो अवधिमा लुकेर बस्नुपर्छ । लोग्नेमान्छेलाई हेर्नुहुदैन । यो अवधिमा देवीहरूले देवता(चन्द्र,सूर्य)लाई हेर्नुहुदैन । सेविकासँग मात्र उसको सम्पर्क रह्यो । परिवारमा रहेका आमसाधारण केटीहरु पहिलो चोटि यौनाङ्गबाट रजस्राव हुदा लुकेर बस्दैनन्, कोही कोही केटी वा वयस्क महिलाहरु लोग्नेमान्छेहरूसँग यौन सहवासमा पनि संलग्न रहन्छन् । यो प्रथा देवकन्याहरूका लागि मात्र बाध्यात्मक स्थिति हो । आम केटीहरुमा यो प्रथाको कुनै प्रभाव छैन ।
देवकन्या र देवीहरूलाई मात्र पुरुषहरूले सम्मान, आदर गर्छन् न भा स्त्रीजातिलाई पोथिको सङ्ज्ञाभन्दा माथिको आदर–सम्मान नदिएको पाइन्छ । स्त्री जाति खेलवाड र रमाइलोका लागि मात्र प्रयोग हुने गर्छन् अद्यापि त्यो सोच आज पनि विद्यमान छ ।
आठ, दस पटक सूर्य उदाउन्जेल नयाँ देवकन्याको चयन हुन सकेन यसको मुख्य कारण थियो – देवकन्याले स्थापना गरेको गरिमा र इश्वरीय शक्तिलाई दृष्टिगत गर्दै छालाको काम गर्ने, कपालको काम गर्ने, कपडाको काम गर्ने तथा फलामको काम गर्नेहरूको बच्चीहरूलाई देवकन्या नछान्ने घोषणा गरे सरदारले । देवकन्या छान्न नसकिएको अवस्थामा ढुङ्गाको देवतालाई मात्र पूजा गर्ने घोषणा पनि गरे । यस्तो घटना पहिलो पटक घटिरहेको छ यो ठाउँमा, यो भूगोलमा । भूगोलको कारण चलन, संस्कृति, भाषा, परम्परामा विभिन्नता प्राकृतिक हो ।
सरदारले देवकन्यामा हुनुपर्ने एक दुईओटा गुणहरू पनि व्याख्या ग¥यो । यसरी गुण र दोष छुट्याउनका निम्ति केही समय लाग्यो तर अन्त्यमा देवकन्याको छनोट भयो । यस पालि ठूलो धुमधामका साथ देवकन्याको स्थापना गरियो । पहिले यस्तो गरिदैन थियो । देवकन्याको महिमा, गरिमा उनीप्रतिको आस्था, विश्वास, भरोसा चुलिन थाल्यो ।

नयाँ देवकन्याको स्थापनापछिका केही दिन इसार देवकन्याको दर्शनमा आयो । सामान्य पूजाआजा गरेर फर्किन थाल्यो । एक ठाउँमा बसेर टोलाउन छोड्यो । आजभोलि इसार देवकन्याको दैनिक पूजामा आउदैन ।
देवीले अँध्यारोमा बस्ने दिन पनि सिद्धिसकेका छन् । सेविका देवीको विषयमा थुप्रै कुरा गर्छे, ऊ सुनिरहन्छ मात्र, उनीहरू बीच देवीको सम्बन्धमा दोहोरो कुरा हुदैन । देवीको विषयमा आफूभित्र रहेको भावना कसैले थाहा नपाउन भन्ने प्रयास कायमै छ । सेविकालाई पनि एउटा हदसम्म मात्र विश्वास गर्न सकिन्छ ? शक्तिको दुनियाँँ यो, बुद्धि र विवेकको स्थान कहाँँ । आमुन्ने सामुन्नेको समय यो ।
मृत्युको डरले हो वा देवीप्रतिको कोमल, कञ्चन भावनाले हो इसार खुब विचारेर मात्र बोल्ने गर्छ । त्यसै पनि धेरै कम बोल्ने स्वभावको छ । इसारलाई एउटा के कुरामा विश्वास भइसकेको छ भने देवी पनि उप्रति कुनै न कुनै किसिमको भाव वा भावना पाल्छे, खै कस्तो किसिमको भावना हो त्यो ? देवीसँग कुराकानी हुन पाएको छैन । यो विषयमा सन्की भनाउदोसँग कुरा गर्न चाह्यो तर धेरै विचार गरेपछि यो कुरो आफूमै सिमित राख्ने निधो ग¥यो ।
अनौठो किसिमको त्यो शब्द जो यो समयसम्म उच्चारण भएको छैन, त्यसको परिभाषा के होला कस्तो होला ? मान्छेहरू कोही कोहीले यस्तो भावना वा भावलाई धेरै पहिले हजारांै वर्षदेखि महसुस गर्दै आएका हुन्, अनुभव गरेका हुन् तर त्यसको अर्थ वा भाव दिने शब्द उच्चारण गर्न सकेका छैनन् । शब्दहरूको उच्चारण हुन थालेकै कति भयो र ? करिब हजार दुइहजार वर्ष । कहिलेदेखि मानिसहरूले अर्थ र भावपूर्ण, सङ्केतयुक्त उच्चारण सुरु गरेका होलान् ? त्यस्ता धेरै शब्दहरू छन् जो आज पनि मानिसहरू उच्चारण गर्न वा बोल्न जान्दैनन् तर त्यसको भाव महसुस गर्न सक्छन् ।
देवकन्याका कारण उसले मूर्तिकला र चित्रकलातर्फ ध्यान हटाएको छैन । सेविकाका कारण मूर्ति र चित्रकलालाई दिने समय कम भएको छ । इसारले ज्यादा समय कलामै अर्पण गर्ने निर्णय गरेको छ । सेविकालाई पनि केही समय दिनेछ । अब ऊ सेविकालाई पनि मन पराउन थालेको छ किनभने सेविका धेरै समय देवीसँग बिताउछे र देवीका कुराहरू इसारसँग गर्छे ।

एकदिन सन्की भनाउदोले एउटा अचम्मको ढुङ्गा लिएर आयो । आजसम्म उनीहरू अँगारले कालो कोर्थे तर यो ढुङ्गाले सेतो कोर्छ । कालो, सेतो, रातो रङ्गको अर्थपूर्ण उच्चारण गर्न उनीहरू जान्देैनन् तर रङ्गहरू बीचको भिन्नता बुóछन् । रङ्गहरूको समूह छुट्याउन सक्छन् । त्यो ढुङ्गाले कोरेको सेतो, राम्रो, सफा र स्पष्ट हुन्छ । त्यसदिन सन्की भनाउदो मान्छे ज्यादै खुसी भयो । चट्टानमा कोरेको आफ्ना सानासाना चित्रहरूको नक्कल गरेर यो ढुङ्गाले पनि को¥यो । ती दुई धेरै शब्दको उच्चारण गर्न जान्दछन् तर त्यसलाई चित्रमा कोर्न जान्दैनन् । ओतआड, भोक, सिकार, आमा, पानी शब्दहरूको सङ्केतात्मक चित्र कोर्न इसारले जानिसकेको छ । उनीहरू यसलाई लीपि भन्न जान्दैनन् । उनीहरू अक्षरबाट सुरु गरिरहेका छैनन् । उनीहरू शब्द र वाक्यबाट सुरु गरिरहेका छन् । बोल्दाखेरी कतिपय शब्द वा वाक्यहरूको गठन स्पष्ट नभएका कारण त्यो बेअर्थको लाग्छ । कुनै कुनै शब्द वा वाक्यहरूको गठन राम्रो हुन्छ । वाक्य गठन राम्ररी गर्न नसकेका कारण धेरै मान्छेहरू केबल शब्द मात्र बोल्छन् । भाषासञ्चारका मामिलामा कतिपय कुराहरू इशारा वा अनुमानले गरिन्छ । भाषा सञ्चारको अवस्था स्थापित छैन, प्रारम्भिक छ । नयाँ शब्द बोल्नका निम्ति उनीहरूलाई धेरैचोटि त्यो शब्द बोलेर अभ्यास गर्नुपर्छ । एकचोटि उच्चारण गरिएको शब्दलाई फेरि हुबहु दुरुस्त उच्चारण गर्न पनि कठिन छ यतिखेर । सङ्केतको उच्चारित् र लिखत रूप नै भाषा हो । इशारा, सङ्केत, भाव र अर्थलाई आवाज र लिपिमा प्रयोग गर्ने कला नै भाषा हो भन्ने यथार्थ ठ्याक्कै यही अर्थमा बुझेका छैनन् । सङ्केतहरू स्थापित नभएका खण्डमा भाषा अर्थहीन लाग्नेछ । कुनै पनि भाषा मस्तिष्कमा स्थापित नहुन्जेल कति अनौठो र अर्थहीन लाग्छ तर जब स्थापित भइसक्छ, सामान्य हुन्छ । भाषा र अरु धेरै कुराको स्थायित्व पिँढी दर पिँढी सन्तानोत्पादनका कारण वंशको रूपमा एकबाट अर्कामा स्थानान्तरण हुने गर्छ । आवाज, उच्चारण, लिपि,सङ्केत, अर्थ र भावको यथार्थ बुझ्न अझै समय लाग्नेछ उनीहरूलाई ।
देवी विरामी परेको खबर सेविकाले सुनाई । जीउ तातेर आउने, अनावश्यक बडबडाउने, मरेझैै हुने, श्वास फेर्न गा¥हो हुने, जाडो हुने आदि लक्षणको बिरामी परिन् । बिरामी पर्दा मान्छेहरू मरेर जान्छन् । त्यस्तो अवस्थामा मान्छेहरू कि त आफै ठिक हुन्छन् न भा मरेर जान्छन् । बिरामी परेर मान्छे मर्नु यहाको साधारण घटना हो । ठूलो ओतआडमा एकजना छन् तिनले पानी तताएर, विरुवा वा रुखका पातहरू पकाएर खुवाउँछन् । रुखका पात वा जराहरू सुकाएर धूलो पारेर खुवाउँछन् । कसै कसैकोे बिरामी निको हुन्छ । सन्की मान्छे बिरामीको विषयमा केही पनि जान्दैन । सेविकाले अर्को दिन ठूलो ओतआडको त्यो मान्छेले तताएर पानी खान दिएको तथा धूलो ख्वाएको कुरा गरी ।
इसारलाई छटपटी र बेचैनी भयो । निन्द्रा कम लाग्न थाल्यो, काममा मन लाग्न छोड्यो । देवीलाई भेट्ने इच्छा टुङ्गिएन, अझ बढेर आयोे, नदेखेको पनि धेरै दिन भइसकेको छ ।
यो अनौठो छटपटी, यो बेचैनी आमा वा आफ्ना भाइबैनीलाई नभेटेका दिनहरूमा पनि महसुस हुन्छ तर यो त्यो भन्दा अलि कडा खालको अनुभव हो, ऊ आफै सोच्छ र कहिलेकाहीँ दिक्दार पनि हुन्छ । सेविका छदैछ फेरि किन यो छटपटी, बेचैनी ? देवीलाई सम्झिने किन, आखिरी किन ? देवीलाई विर्सने वा नसम्झने कोसिस धेरै चोटि गरेको हो तर सकेन जति बिर्सने कोसिस ग¥यो, त्यति ज्यादा गहिरिएर सम्झनाहरू आउन थाले । दिवास्वप्नमा देवीसँग चौरमा उफ्रेको, कुदेको देख्यो, हात समातेर उकालो ओरालो हिडेको देख्या,े कुरा गरेको, ओठमा ओठ राखेको देख्यो तर कहिल्यै पनि कदापि सेविकासँग जस्तो सुतेको, चढेको सपना देखेन । केही दिनपछि सेविकाले देवी निको भएको खबर सुनाई ।
इसार जीउज्यानको धनी, मोटो, पुष्ट शरीर भएको ठूलठूला हात भएको, बहुतै सुन्दर छ । काम देवता झै निधार ठूलो छ । हातमा फलामको कडी लाउछ । अग्लो, छाति तन्किएको, चम्किला आँखाको धनी झट्ट हेर्दा देवझै देखिन्छ । कुनै अलौकिक दुनियाँको शिखर पुरुष झै प्रतीत हुन्छ । यौनको विषयमा त्यति धेरै ध्यान दिदैन । पछिल्ला दिनहरूमा देवीले गरेको व्यवहारप्रति इसार सन्तुष्ट छ । देवीप्रतिको उसको भावनामा यौन छैन यसकारण आश्वस्त छ । देवीलाई भेट्ने मौका खोजी बस्छ । देवीहरू दिउसो चौरमा निस्कन्छन्, धेरै टाढा जादैनन् । फूल रोप्ने, रुख विरुवाहरू रोप्ने र खेल्ने उफ्रने गर्छन् ।
सन्की भनिएको मान्छेले एकदिन कालो पातलो ढुङ्गा लिएर आयो । साना साना चित्रहरू त्यसमा बनाउन थाल्यो । ती चित्रहरूले कुनैै स्पष्ट आकृति दिदैनन् तर पनि सन्की चित्रहरू बनाउँछ, हेर्छ अनि दोहो¥याइ तेह¥याइ आवाजका साथ उच्चारण गर्छ, सधैजसो यसो गर्छ । एकै किसिमको चित्रहरू जति ठाउँमा दोहोरिए पनि सधै एउटै बोली वा उच्चारण बोल्छ । इसारले सन्की मान्छेको कुरा बुझ्न थालेकोे छ । त्यो मानिसप्रति इसारले गर्ने आदर भाव बढेको छ । ती अनौठा ढुङ्गाहरू पाइने ठाउँमा इसार पनि गयो । सिन्को सार्ने हो भने त्यो ठाउँमा पुग्नका लागि पाँच दिन लाग्यो । त्यो ठाउँमा जङ्गल छ, मरुभूमिझै बालुवै बालुवा र गर्मी छैन । पहाड, जाडो र जङ्गली जनावरहरूसँग बँच्दै–बँच्दै आकाशमा उड्ने ठूलठूला पन्छीहरूसँग लड्दै उनीहरू त्यहाँ पुगे । उनीहरूले तीर तरबार र खुँडा जस्ता हतियारहरू
बोकेका छन् । एउटा खोल्सोको अप्ठ्यारो चेपमा ती काला राम्रा पातला ढुङ्गाहरू पाइए । उनीहरूले थुप्रै ढुङ्गाहरू बोके, बाटोमा भेटिएका राम्रा सेता, ढुङ्गाहरू पनि बोके । फर्कदा दस दिन लगाएर फर्के र थुप्रै सेतो र पातलो चिल्लो कालो ढुङ्गाहरू लिएर आए । त्यो ढुङ्गामा लेखेको मेटिन्छ र फेरि लेख्न मिल्छ भनेर पनि थाहा पाए । उनीहरू दुबैजना धेरै खुसी भए, यो कुरा सबैलाई सुनाए । ठूलो ओतआडमा उनीहरूले यो प्रक्रियाको प्रदर्शन गरेर देखाए, बाङ्गा, टिङ्गा, सिधा, तेर्सा धर्सा वा रेखाहरू कोरे, मेटाएर देखाए । ठूलो ओतआडबाट न कुनै स्यावासी मिल्यो न कुनै प्रोत्साहन ।
सत्ताको खेल सुरु भइसकेको हुनुपर्छ तर सत्ता जाने डर रहेको व्यहोरा त्यति धेरै पाइन्न यतिखेर ।
सेविकाले दुइओटा छोरा पाइसकेकी छ । निकै समयसम्म आमाले आफ्नो दुध ख्वाएर बच्चाहरूको लालन पालन गरी । बाउले कुनै महŒव दिएन । यो समयको समूह समाजमा, जन्मेका बच्चाहरूको वास्ता र मतलब आमाले नै गर्नु पर्दछ । बच्चा जन्माउँदा मर्नेहरूको सङ्ख्या निकै ज्यादै छ । कम उमेरमा आमा हुनु पर्ने पीडा केहीले ज्यान दिएर चुक्ता गर्छन् । आइमार्ईहरू जो ममता र जिम्मेवारीको भारी बोकेर बाच्छन्, सृष्टि सञ्चालनको भारसहित हिड्छन्, उनीहरूलाई कसरी अर्थहीन ठान्न र मान्न सकिन्छ ? एउटा पुरुषको मात्र भएर रहने स्त्रीलाई सारै आदर र सम्मानका दृष्टिकोणले हेर्छन आम लोग्नेमान्छेहरू । खाना र वस्तु विनिमयको मोलमा यतिखेरका स्त्रीहरू खुलेआम यौन व्यभिचार पनि गर्छन् ।
समयको अनुमान छैन सूर्य आकाशको मध्यतिर पुगेको छ । इसार ओडारमा एक्लै बसेर चित्र बनाउन मग्न छ । कसैको पनि चित्र सजिलै बनाउन सक्छ । चित्रकारी उसको प्रिय सीप हैन, मूर्ति बनाउनका निम्ति चित्र बनाउने गर्छ । पहाड, पशु, जनावर, पशुपन्छी हेरेर तिनीहरूको चित्र बनाउन सक्छ । मूर्ति बनाउनमा उसले महारथ हासिल गरिसकेको छ । चित्रकारी गर्ने यो गुफा सानो छ र त्यति यतातिर कोही पनि आउँदैनन् । सेतो ढुङ्गाले पातलो कालो ढुङ्गामा गर्छ – चित्रकारी । यो गुफामा सन्की भनिएको मान्छेले कोरेका साना साना चित्रहरू पनि छन् । उसले त्यसलाई स्थायी तरिकाले राख्छ किनभने फेरि कोर्दा हुबहु त्यही कोर्न नसकिने सम्भावना ज्यादै हुन्छ । सम्झिने मामलामा सन्की मान्छे मजबुत छ, ऊ भरसक बिर्सदैन ।
एकाग्र भएर ऊ चित्र वनाइरहेको छ । सेविकाले दिउँसो आउछु भनेकी छ, यो ठाउँ देखेकी छ । अचानक हस्याङ फस्याङ गरेको, केटीहरू हाँसेको स्वर सुनियो । ओडारबाट बाहिर आयो । उकालोमा कुद्दै सेविका र अरु पनि कोही छ, नजिक आएपछि झन्डै नचिनेको आउने देवी हो । आश्चर्यचकित भएर हेरिरह्यो लगभग टोलायो, निकै लामो समय पछि देखिरहेको छ । देवीमा धेरै परिवर्तन आइसकेको छ । ‘म मा पनि धेरै परिवर्तन भएको छ नि’ उसले सोच्यो । निधारमा चिट्चिट् पसिना आयो डरले मुख सुक्यो ‘किन आएकी द्येभी ?’
“द्येभीलाई लिएर किन आएकी ।” सेविकालाई सोध्यो ।
“म आफै आएकी ।” देवीले जवाफ दिई ।
“किन आएको कसैले थाहा पायो भने । कसैले देख्यो भने ।”
“मैले लाठ(तत्कालिन सेनापति)लाई मेरो ओडार जाने भनेकी छु । उनीहरूले केही पनि गर्दैनन् । डराउनु पर्दैन केही पनि हुदैन ।” सेविका बोली ।
पाले पहराहरू पनि आइपुगे । पालेपहरा हुदा डर कमै हुन्छ । उनीहरू गुफामा पसे । सेविकाले पाले पहरालाई बाहिरै बस्न भनी । देवी हलक्कै अग्ली भएकी छे, नितम्ब र बक्ष ठूलठूला, आँखा तीखा छन् । कसैले नछोएको हृष्टपुष्ट शरीर अति सुन्दर भइछे ।
“कसले बनाएको यो ?” गुफाभित्र पस्ने बित्तिकै देवीले सोधी ।
“मैले बनाएको ।” गुफामा चित्र र मूर्तिहरू छन् ।
“सेविका तिम्रो कुरा गर्छे सधै ।”
“मसँग पनि ।” इसार जवाफ दिन्छ ।
“ठूली, राम्री भइछौ तिमी ।”
“तिमी पनि ।”
उनीहरूले छोटो छोटो, छिटो छिटो बोले । सेविका एउटा चट्टानमा बसी । इसार सेविकाको चित्र बनाउन थाल्यो । देवी सेविकाको नजिकै बसेकी छ । सेविकाको अनुहार हेर्दै चित्र बनाउने काम सुरु भयो । सेविकालाई हेर्दा देवीलाई पनि हेर्छ । एकाग्र, निमग्न छ । तातोे ज्वालाको डर छैन, तरबारको डर छैन । डर छ, केबल देवीलाई केही हुन्छ कि भन्ने तर तिनीहरूसँग पाले पहरा पनि भएकाले डर न्यून छ । बनाउन त सेविकाकै चित्र बनाइरहेको छ । हेर्न त सेविकालाई नै हेरिरहेछ तर मनमस्तिष्कमा देवी छ, मात्र देवी । अनौठो प्रक्रिया हैन यो, उसको निम्ति स्ववाविक हो । चित्र कोर्दा सेविकाको चित्र कोरेको हो तर स्लेटमा देवीको पुरै शरीरको चित्र तयार भएकोे छ । सेविकाको चित्र बनाउन सुरु गरेको हो, अन्त्य देवीको चित्र बनाइ सकेर भएको छ । हतारमा बनेको चित्र, राम्रो बन्योे । ‘द्येभीको चित्र सेभिक(सेविका)लाई कसरी देखाउँने’ अलमलियो । देवीको चित्र बनाउँदा हुने कहर राम्ररी थाहा छ । आफैलाई धिक्का¥यो, देवीको चित्र किन,कसरी बनायो । गर्नु नहुने काम ग¥यो, अब यो कसैलाई पनि देखाउँन मिलेन । चित्रलाई तीनओटा स्लेटमा बनाएको छ । पहिलो स्लेट कसो कसो गरी लुकायो । निकै समय बितिसकेकोे छ । सेविकाले चित्र देखाउने जिद गरिन । उसको चित्रकारिताप्रति सेविकालाई कुनेै शङ्का छैन । कसो कसो सेविकाले थाहा नपाउने गरी चित्र देवीलाई देखायो । देवी प्रसन्न भइ, खुसी देखिई । छोटो समयमा निकै राम्रो चित्र बनेको छ । हतार गर्नु पनि आवश्यक छ, देवी धेरै बेर यहाँ बसिरहन सक्तिन ।
“जाओ तिमीहरू यहाँ धेरै समय बस्नु हुदैन ।” इसारले भन्यो ।
देवीले सेविकालाई स्पष्ट सङ्केत गरी, उनीहरू हिड्न तयार भए । सेविका बाहिर निस्की देवीको खुट्टामा केही अल्झेझै भयो ऊ निहुरिई, इसार पनि सहयोगका लागि निहुरियो । त्यतिखेरै कानमा सानो स्वरले कसैले नसुन्ने गरी “द्येभताको भोकका दिन राति राखस(राक्षस)को डाँड जाने बाटोमा बस्नु ” भनी र सरासर ओडार बाहिर निस्की । देवी लगभग सेविकाको पछि पछि नै ओडारबाट वाहिर निस्की । उनीहरू त्यहाँबाट हिडे ।
इसारलाई लाग्यो, जीवन सार्थक भयो । बेअर्थ कराउन चाह्यो, उफ्रने र नाच्ने चाहना जाग्यो तर त्यसो गरेन । गर्दनमा तरबारको धार छ, राम्ररी जान्दछ । आफ्नो गर्दन तरबारलाई दिन स्विका¥यो । मर्छ तर देवीलाई बिर्सदैन । यस्तै लाग्यो । सेविकासँग खुसी भयो किनभने देवीलाई लिएर आई । पछि जङ्गलतिर हिड्यो, सानो खरायो मारेर सेविकालाई उपहार चढाउने विचार गरेर, त्यसैको खोजीमा लाग्यो ।
सानो जन्तु मार्दा सबैले त्यसमा भाग खोज्दैनन् । खरायोलाई राम्ररी पोल्यो । सेविकासँग मिलेर मिठो मानेर खायो । यस्तो अवस्थामा प्रत्येकको आआफ्नो आँगो हुने गर्दछ । कसैले उनीहरूलाई व्यवधान पु¥याएनन् । इसारसँग भेट भएको घटना सबैले थाहा पाएर पनि कसैले केही नभनेको सेविकाले सुनाई । इसार सन्तुष्ट भयो । देवीलाई कुनै विपत्तिले नछोएको सुन्दा खुसी भयो । सेविकाले पनि यो घटनालाई सामान्य ठानी । यो अति आवश्यक थियो जो देवी र इसार दुबैजनाले राम्ररी पुरा गरे ।
इसार र सेविकाका बच्चाहरू आमाको दूध पिउने अवस्थाबाट गुज्रिसकेका छन् । प्रकृतिको भरमा हुर्किरहेछन् ।
चौरमाथिको अग्लो स्थानमा रहेको भीमकाय ठूलो चट्टानमा प्रकृतिले बनाएको ओडारभित्र फलामका हतियारहरूले काटेर साना, ठूला, कोठा, खोपी वा प्वालहरू बनाइएका छन् । फराकिलो भागको वरिपरि भित्तामा प्वाल वा गुफाहरू बनाइएको छ । एउटा खोपीबाट अर्को खोपीमा जानका निम्ति उत्तानो परेर, चिप्लिएर छिर्नु पर्ने सुरुङ्ग जस्ता प्वालहरू छन् । तल, माथि, खोपीभित्र, अझ भित्र प्वाल र ती प्वालभित्र साना खोपी वा खाली स्थानहरू छन् जहाँ मानिसहरू गुडुल्किएर सुत्छन् । त्यो रात, सानो खोपी जहाँ मान्छे ठाडो उभिन मिल्दैन, टुक्रुक्क बस्न सक्छन्, सुतेको अवस्थामा तीन चारजना अट्छन त्यो ठाउँमा, कसैले नदेख्ने गरी, इसार र सेविका पुरा जोश र उत्तेजनाका साथ, सम्भोगका समय कसैलाई नसम्झी, जगत जीतेझै गरी रतिक्रीडामा संलग्न रहे ।
इसारले देवीको चित्रलाई खुवै ध्यान लगाएर हे¥यो, सच्यायो पनि । चित्त नबुझेर होला अर्को स्लेटमा त्यहीँ चित्र हेरेर, देवीलाई सम्झेर अर्को चित्र बनायो । उसलार्ई राम्ररी थाहा छ – देवीको चित्र बनाउनु मृत्युलाई निम्त्याउनु हो । कसैले थाहा पाउलान् कि भनेर खुबै सतर्कताका साथ यो सबै ग¥यो । यो चित्रलाई के गर्ने ? थाहा छैन । देवीसँगै निधो गर्ने विचार ग¥यो ।
दिनहरू बितेर गए ।
भोलिको दिन समूहमा वा एक्लै सबैजना भेला हुनुपर्ने द्येभताको भोकको उत्सव छ । सबैजना भेला हुन्छन् । ढुङ्गाको पूजा गर्छन । जनावरहरू काट्छन्, भोग चढाउछन् । देवताहरूलाई रगत चढाउँछन् । मासु आफूले खान्छन् । जनावर काटेर देवतालाई खानेकुरा पु¥याएको ठान्छन् । देवताहरूका निम्ति आइमाई, खाना सबै छुट्याउछन् । उनीहरू पक्का विश्वास गर्छन कि देवतालाई खानेकुरा पु¥याएन भने तातोगोलाको रूपमा देवताहरू धरती, आकाशबाट निस्कन्छन् र मान्छे खान्छन् । देवताहरूलाई भोक लागेमा भुइकम्प हुनथाल्छ, मान्छेहरू हराउँछन् । देवताहरूले भोक मेटाउँदा मात्र यस्तो हुन्छ । उनीहरू विश्वास गर्छन कि देवताको स्वादिलो, मिठो भोजन मान्छे हो ।
यसै हुनुपर्छ भन्ने विभिन्न चलनहरू छन् । अघिल्लो दिन जङ्गलमा समातेका वा ओतआडमा पालेका थुप्रै जनावरहरूलाई काट्ने तरखर उनीहरूले गरेका छन् । यो दिन कसैलाई कसैको मतलब हुदैन । सबैजना देवतालाई खुसी पार्न व्यस्त रहन्छन् । रतिक्रीडा गर्न मनाही छ । कसैले यो दिन रतिक्रीडा गरेको थाहा भयो भने तरबारले छिनाइन्छ । मानिसहरू यो दिन खुबै डराउँछन् । नियम, प्रचलन र संस्कारअनुसार सबै सम्पन्न गर्छन ।
यो चलन धेरै अगाडिदेखि छ । ढुङ्गा नहुदा देवकन्याको खुट्टामा रगतको भोग दिने गरिन्थ्यो तर ढुङ्गालाई मान्न थालेपछि ढुङ्गामा नै भोग दिने चलन छ । देवकन्याले यो कार्यक्रममा उपस्थित हुनै पर्छ । देवीहरूलाई यो कार्यक्रममा भाग लिन दिइदैन । यिनीहरूको आस्था छ कि देवता त्यसदिन यहाँ आउछन्, उनीहरूले चढाएको खानेकुरा खान्छन्, उन्मुक्त भएपछि देवीहरूसँग रतिक्रीडा गर्छन् । बाहिर भित्र दुबैतिरबाट खोल्न नसक्ने गरी तगाराहरू लगाएर देवीहरूलाई अलग अलग कोठामा राखिन्छ । देवीहरू कोठाभित्र पूर्ण स्वतन्त्र हुन्छन् । यो दिन कसैको पनि चियो चर्चो हुदैन । देवताहरूले रतिक्रीडा रातमा नै गर्छन भन्ने आसय र विश्वास भएकाले रातमा उनीहरू एक्ला एक्लै कोठामा स्वतन्त्र हुन्छन् । दिउँसो अलि अलि चियो चर्चो हुने गर्दछ ।
इसारलाई देवीले रातको बेला एक्लैे डाँडमा बोलाएकी छ । डाँडमा खतरनाक जङ्गल छ, डरलाग्दा, आकाश छोए झै देखिने रुखहरू छन् । त्यो जङ्गलतिर जान मान्छेहरू दिउँसै डराउँछन् । ‘त्यो स्थान ज्यादै सुरक्षित छ । यो भेट यो संयोगलाई कसरी स्मरणीय बनाउने ।’ सोच्यो, लामो सोच्यो । यति मात्र अट्कल काट्न सक्यो कि राति हिड्नका लागि दिउसै बाटो खोज्नु पर्छ । दिउसै त्यो जङ्गल पस्यो । जनावरहरूसँग भेट भएन, एउटा झ्याम्म परेको रुखमा हाँगाहरू काटेर निकै राम्रो र दरो मचान बनाएर फक्र्यो । दिउँसोभरि देवताको भोजमा सामेल भयो प्रशस्त खाने कुरा खायो । रमायो, उफ्रिया,े करायो, नाच्यो देवीसँग प्रत्यक्ष भेट भएको त्यो दिनको सबै खुसी आज प्रदर्शन ग¥यो । सेविकासँग नाच्यो, आज उसलाई पनि छुट्टी छ । आज बेलुका सेविकाले आफ्नो बाबु आमाको ओतआडमा जाने विचार राखेकी छ । त्यस्तो जान आउँनलाई लोग्नेलाई सोध्नु पर्ने आवश्यकता छैन । इसार रातको अवस्थासँग त्रसित भएन, मर्न तयार छ, मनभित्रको खुसी नाप्न सकिने कुनै यन्त्र छैन । लामो समयको सोच वा चाहना आज पुरा हुने सम्भावना छ । साँझपख सेविकालाई ओतआडमा छोडेपछि देख्यो कोही ओडार, कोही ओतआड फर्किरहेका छन् । बाँकी आआफ्नो रमाइलो नाचगान आदिमा व्यस्त छन् ।
डाँडो चढ्ने एक मात्र बाटोको घुम्तीमा रुखको आड लिएर लुकेर बसेको छ ऊ । रातको दुई प्रहर बितेपछि जूनको उज्यालोमा टाढाबाट कोही आएको देख्यो । धेरै नजिक आएपछि मात्र चिन्यो देवीलाई । जुनेली रात छ । उसको शरीरमा बाधिएर तरबार र खँुडा झुण्डिरहेका छन् । तरबार, खँुडा उसले पनि बोकेको छ । देवीको हात समात्यो । उनीहरू कुद्न थाले । हतियारका कारण कुद्न अप्ठ्यारो भइरहेको छ तर त्यसको वास्तै नगरी सुस्तरी सुस्तरी उकालो कुदे । उनीहरूले एक अर्काको हात समातेका छन् । उकालो ठाडो छ तर दौडेरै सफलताका साथ चढे । बाटोमा डरलाग्दा आवाज सुनिएता पनि कुनैपनि जनावरसँग सामना भएन । उभेरै केही क्षण श्वासलाई नियन्त्रणमा लिएपछि रुखमा चढेर आकाशतिर हेर्दै आरामले मचानमा पल्टिए । निकै लामो समय पछि उत्तानो परेकै हालतबाट टुक्रुक्क बसे ।
“तिमीलाई डर लाग्दैन ?” देवीले सोधी ।
“तिमीलाई नि ?”
“मलाई के, म त जवर्जस्ति बोकेर यहाँ ल्यायो भन्दिन्छु ।”
“मरे पनि मरिन्छ ।” छाति तानेर निर्धक्क बोल्यो ।
“तिमीले मेरो चित्र सेविकालाई देखायौं ।”
“मैले सेविकालाई केही पनि भनिन, चित्र पनि देखाएको छैन तिमी ठूलो आडबाट कसरी आयौं ”
“म माथिबाट निस्के । कसैले मलाई देखेन सबै आफ्नो आफ्नो रमाइलो गर्न लागेका छन् । सेविकालाई केही पनि नभन्नु र नदेखाउँनु पनि ।”
“तिमीले मलाई यहाँ किन बोलाएकी ”
“तिमी किन आएको नआएको भए पनि हुन्थ्यो” उनीहरू खुलेर कुरा गरिरहेका छन् । उनीहरूलाई कसैसँग डर छैन । बेला बेला भयङ्कर डरलाग्दा आवाजहरू सुनिन्छन् । रात जुनेली भए पनि डरलाग्दो छ । एक्लैे वा अरु कसैसँग भए डराउथे होलान् तर यी दुई साथ भएका कारण डराएका छैनन् ।
“म तिमीलाई केही भन्न चाहन्छु तर भन्न जान्दिन के के मलाई धेरै सानो शब्द भन्नु छ तर के हो, हो ? मैले के भन्नु पर्ने हो, मैले नै ठम्याउन सकेकी छैन ।”
इसार पनि केही भन्न चाहन्छ तर के भन्ने ? उनीहरू दोधारमा छन् दुबैजना । एक अर्कालाई केही भन्न चाहन्छन् तर भन्न जादैनन् ।
“म पनि तिमीलाई केही भन्न चाहन्छु तर के भन्ने भन्ने ? मलाई पनि थाहा छैन । ”
“तिमीलाई थाहा छ तिम्रो विवाह सेविकासँग मैले गराएको ।”
“किन ?”
“यसरी भएपनि तिमी मबाट टाढा कहिल्यै गएनौें । उसले तिम्रा कुराहरू प्रायः सबै मलाई सुनाउछे । मलाई तिमीसँगै बसेको जस्तो भइरहन्छ सधैं । अरु कुनै केटीसँग तिम्रो विवाह भएको भए तिमी मबाट टाढा धेरै टाढा जानेथ्यौे ।”
“मलाई पनि तिम्रा सबै कुरा भन्छे उसले । तिमीले त्यो ढुङ्गालाई द्येभता बनाएर किन पूजा गरेकी”
उन्मुक्त हाशो हासी । “पछि भन्छु कुनै दिन ।” नजिक सर्दै इसारसँग टासिएरै बसी ।
“तिमी ढुङ्गाको मूर्ति बनाउँछौ हैन ? ”
“हो, हिजोको त्यो चित्रलाई के गर्ने ?”
“त्यो चित्रबाट एउटा सुन्दर मूर्ति बनाइदेउ, मेरो मूर्ति बनाउन सक्छौ ।”
“सक्छु, आजसम्म कसैले नबनाएको अति सुन्दर, सजीव मूर्ति बनाउछु तर समय लाग्छ ।”
“म बूढी हुन्न होला त्यतिखेरसम्म ”
“हैन हैन । द्येभताको अर्को भोजसम्म, तबसम्म नभए त्यसपछिको भोजसम्म ।”
“हुन्छ, यो मेरो काम पक्का ।”
“बाचा भयो’
“म तिमीलाई केही भन्न चाहन्छु तर मलाई नै आउदैन । कुनै नौलो गहन कुरा भन्न चाहन्छु । आभास छ, भाव छ तर शब्द छैन के गर्ने । म….”
“मूर्ति बनाउन्जेल तिमीले बोल्न चाहेका सबै बोल्न सक्छ्यौ होला सायद मैले पनि । हाम्रा कुराहरू कति मिलेका छन् हगि तर तिमीले छिटै फर्कनुु पदैन र ?”
“छोड ती कुराहरू केही भएछ भने हेरौंला, तिमीले मूर्ति चै पक्का बनाउनु है अनि मैले जसरी ढुङ्गालाई द्येभता बनाएर पूजा गर्ने चलन चलाए त्यस्तै के यस्तो हुन सक्दैन मेरो मूर्तिलाइ कसैले भेटोस र आदरका साथ सबैले द्येभी ठानेर पूजा गरुन युग युगान्तर ।”
“ तिमीले भन्न चाँहेको कुरा यहि हो ।”
“हैन यो त मेरो चाहना मात्र हो । म तिमी र म सम्बन्धित केही कुरा भन्न चाहन्छु तर……..।
“म पनि तिमी र म सम्बन्धित केही कुरा गर्न चाहन्छुु तर के हो के ? थाहा छैन मलाई ?”
उनीहरू उत्तानो परेर आकाशतिर हेर्न थाले ।
“सन्की भनाउदोले भनेको जगत् हो रे यो ।”
“के म यो जगत्को द्येभी हुन सक्दिन, सर्वशक्तिवान द्येभ अनि म द्येभी ।”
“के म द्येभ हुँ ?”
“कोनि केही थाहा छैन ।” जङ्गलबाट डरलाग्दा स्वरहरू आइरहेका छन् । राखसहरू हिड्छन भन्ने हल्ला हुने गर्छ गामलमा तर उनीहरू डराएका छैनन् ।
“मरेर जाइन्छ भने जाइन्छ, तिम्रो र मेरो भेट भइ गयो ।”
“यस्तो मर्ने मार्ने कुरो नगर तिमीले मेरो थुप्रै काम गर्नु छ । म मरे भने केही पनि हुदैन तर तिमीले मेरो मूर्ति बनाउनु छ । मलाई तलसम्म पु¥याएर तिमी यही फर्कनु । म ओतमा जान्छु । यदि मलाई केही भइ गयो भने पनि तिमीले लुकेर अथवा यहाँबाट भागेर मूर्ति बनाउनु, तिमीसँग चित्र छदैछ त्यही चित्र हेरेर मूर्ति बनाउनु है । मलाई र तिमीलाई पनि केही नहुने भयो भने म आगो बालेर सङ्केत दिन्छु ।”
“हुन्छ” उनीहरूले सल्लाह मिलाए । देवी इसारको नजिक सरेर आई । देवी उत्तानो परेको इसार माथि चढी, आफ्ना ओठहरू युबकको ओठमाथि खापी । उनीहरू एक आपसमा लठारिए । खुट्टालाई खुट्टाले बेरे दुइ हातले अँगालो मारेर एक अर्काको शरीरमा टपक्कै टाँसिए । उनीहरूले एक अर्कालाई नजिक अझ नजिक चपक्कै पार्न भरमग्दुर कोसिस गरे । निकैबेर सम्म यही अवस्थामा उनीहरू एकअर्काभित्र पस्ने कोसिस गरिरहे । उनीहरूले एक अर्काको ओठ चुमे, जिब्रो चुसे । उनीहरू दुबै यौन उत्तेजनाको चरम सीमामा पुगे । देवीको श्वासप्रश्वास तिब्र हुन थाल्यो । इसार उत्तेजनाको कारण पागल हुने अवस्थामा पुग्यो । देवीले आफ्ना सारा बन्धनलाई ढिला पारी । उनीहरू अलग्गिए । उनीहरूलाई यौनउत्तेजनाको चरम सीमाबाट ओर्लेर सामान्य अवस्थामा आइपुग्न धेरै समय लाग्यो । इसारले के गरी मन बुझायो कोनि ? देवीले के गरी कोनि ? यौनाङ्ग छोप्नलाई दुवैले छोटो छाला मात्र लगाएका छैनन्, कपडाको लगौटि पनि लगाएकी छ देवीले, इसारले पनि छालाकै लगौटि लगाएको छ । कम्मरमाथिको भाग दुबैको नाङ्गै छ । खै किन हो कोनि, कसरी हो कोनि ? उनीहरू रतिक्रियाको अन्तिम चरणसम्म उक्लेनन् । इसार देवीको ईच्छा र आज्ञा बेगर रतिक्रियाको चरणहरू सम्पन्न गर्न चाहदैन । देवीले त्यो चरणसम्म पुग्ने ईच्छा देखाइन ।
धेरै बेरपछि –
“खै म तिमीलाई केही भन्न चाहन्थे तर सकिन, जानिन बाँकी मैले भनेका सबै कामहरू राम्ररी फत्ते गर्नु ।” बोल्दै देवीले तरबार र खुकुरीलाई तयार राखी । जङ्गलबाट डरलाग्दा आवाजहरू आइरहेका छन् । जूनको उज्यालो कुनै पनि कारणले छेकिएको छैन । उनीहरू रुखबाट ओर्ले । मचानलाई भत्काए । दुबै एकअर्काका हात समातेर ओरालो कुद्न थाले । पछाडिबाट हुने आक्रमणका लागि धेरै चनाखो छन् । बेला बेला पछाडि फर्केर हेर्छन् । पछाडिबाट जनावरले हमला गर्ने सम्भावना प्रष्टै छ तर पछाडिबाट हमला भएन । कुद्दै जादा आँखा टल्केको दुबैजनाले स्पष्ट देखे, रोकिए । अगाडिको चितुवाले बेला, समय कुरेन, झम्ट्यो । देवीले एक हातले तरबार र अर्को हातले खुँडाको झटारो प्रहार गरी, तरबार र खँुडा एकपछि अर्को चितुवाको टाउकोमा बज्रे । इसारको हतियार हातको हातैमा रह्यो । चितुुवा भुइमा डङ्रङ्ग पछारियो । तुरुन्तै खुँडाको प्रहार चितुवाको घाँटीमा प¥यो । चितुवाको ज्यान ठाउँँको ठाउँँ ढल्यो । डरलाग्दो आवाज निकाल्यो र छटपटाउदै शान्त भयो । उनीहरूले त्यसलाई घिसारेर ओरालोमा लडाइ दिए फेरि दुबै हात समातेर उनीहरू ओरालो कुदे ।
देवी एक्लै ठूलो आडतिर हिडी । इसार फक्र्यो र उकालो चढ्न थाल्यो । अब ऊ मर्न चाहदैन । यसकारण पनि मर्न चाहदैन कि उसले देवीको काम गर्नु छ । धेरै माथि उक्लिएन, केही माथि पुगेपछि ठूलो झ्याम्म परेको रुखमा चढ्यो । रुखहरूको हाँगामा सानो मचान जस्तो बनाएर रात बितायो । बिहान भए पछि मात्र उकालो चढ्यो । देवीको सङ्केतलाइ पख्र्र्यो । देवीलाई केही भयो कि ? भन्ने पीरले सताइरह्यो । दिउँसोतिर ठूलो आगो बलेपछि ओडार पुगेर सुत्यो । बेलुका सेविका फलफूल लिएर आई । देवी सकुशल रहेको र ठूलोआडमा कुनै नौलो घटना नभएको खवर सुनाई ।
देवीका सम्बन्धमा ढुक्क भएपछि ऊ मूर्ती बनाउने ढुङ्गाको खोजीमा गामलदेखि बाहिर निस्क्यो । देवीको चित्र भएको स्लेट वा पाटीलाई सुरक्षित स्थानमा कसैले नभेट्ने गरी लुकाएर, सेविकासँग विचरणमा जान्छु भनेर सल्लाहा गरिवरि निस्क्यो । उनीहरू विचरण गर्न निस्कदा विभिन्न अस्त्रशस्त्र लिएर निस्कन्छन् । सेविकासँग प्रायः सल्लाहा गर्दैन तर देवी समक्ष खबर पनि पठाउनु छ ।
इसार राम्रो र मजबुत ढुङ्गाको खोजीमा छ तर धेरै टाढा जान चाहदैन । दिनको गन्ति हुन सक्दैन । निकै लामो समय भौतारिए पछि गजबको एउटा ठाउँ भेट्यो । समय सालको पात्रो भएको भए करिब पाँच महिना पछि यस्तो भेट्यो । त्यो ठाउँ उनीहरूको गामलभन्दा धेरै टाढा छैन, नजिक पनि छैन । नदीको किनारमा एउटा पहाडझै ठूलो चट्टान छ । त्योसँगै एउटा ठूलो पहाड छ । नदेखिने, ठम्याउन गा¥हो हुने एउटा चेप छ । त्यो चेपमा रहेको ढुङ्गा, माटो र अन्य हटाएपछि मान्छे मुस्किलले छिर्न सक्ने एउटा प्वाल बन्यो । प्वाल सफा गर्दै ऊ भित्र छि¥यो, निकै समय लाग्यो, विभिन्न कठिनाइको सामना गर्दै, त्यो चेपको पारि निस्केरै छाड्यो । विश्वास गर्न कठिन हुने अवस्था आइलाग्योे । स्वर्गको विषयमा सुनेको छ । सन्की भनाउदो कुरा गर्ने गर्छ, स्वर्ग भनेको द्येभताहरू बस्ने ठाउँ हो अरे । हो न हो यो स्वर्ग नै हो । उसको विचारमा,ऊ स्वर्ग पुगेको छ । सबैतिर राम्ररी नियालेर हे¥यो, नयाँ कुरो केही पनि छैन । एउटा सानो भागमा चारैतिर राम्रा राम्रा रङ्गीविरङ्गी फूलहरू फुलेका छन् । फूलका विरुवाहरू ज्यादै अग्ला छैनन् । फूलका बोटहरूसँगै दाना लागेका थुप्रै रुखहरू छन् । निकै टाढा जङ्गल देखिन्छ । तरबार हातमा लिएर ज्यादै चनाखो भएर चारैतिर हे¥यो । मान्छे वा जनावर केही पनि भए जस्तो लागेन । बोट, बिरुवा बीच बीचमा साना, ठूला ढुङ्गाहरू छन् । चनाखो रहेर आराम गरेपछि खोजबिनको काम जारी राख्यो । प्रत्येक ढुङ्गालाई ठोकेर, बजाएर हे¥यो । बेलुका सूर्य अस्ताउँदासम्म सानो गुफा भेट्यो । स्वर्ग भेट्यो । सोच्यो ‘के ऊ द्येभ हो ।’ उसको विचारमा ‘पक्कै पनि ऊ द्येभ नै हुनुपर्छ ।’
चेपमा राम्ररी मिलाएर ढुङ्गाहरू राख्यो । चित्र बनाएकोे स्लेट ल्याएपछि आफ्नो काम सुरु ग¥यो । कोही आइपुग्छ कि भन्ने डर रहेन किनभने यहाँ आइपुग्न ज्यादै कठिन छ । यो ठाउँलाई तीनतिरबाट पानीले घेरेको छ । खानाको निम्ति केही समस्या छैन । चारैतिर फलफूलहरु छन् । ठूलठूला डरलाग्दा जनावर र पन्छीहरू देखेको छैन । साना साना जनावरहरूले ठूलै हानी पु¥याउदैनन् । सुत्नका निम्ति सुरक्षित गुफा छदैछ । एक किसिमको काठ जो उसले त्यहाँ बल्लबल्ल भेटायो । काठको विषयमा जान्दथ्यो रगडेर आगो निकाल्यो । निकै समयको अन्तरालमा सेविकालाई भेट्न जान्छ र देवीलाई पु¥याउनु पर्ने सुचनाहरू अप्रत्यक्ष रूपले सेविकासँग कुरा गर्छ । उताबाट पनि खबर आउँछ जसलाई सेविका सामान्य ठान्दछे तर इसारकालागि त्यो खबर बन्छ । स्लेटमा अनेकांै चोटि दोहो¥याएर, तेह¥याएर चित्र बनाएर हे¥यो । ढुङ्गामाथि परी परीका परिक्षण ग¥यो । अन्त्यमा एउटा ढुङ्गा छनौट गरेर स्लेटको चित्र अनुरूप मूर्ति बनाउन एकाग्र, दत्तचित्त भएर संलग्न रह्यो ।
कालान्तरमा नदी वा समुन्द्री किनारका यी नै मान्छेहरूले आधुनिक मानवसभ्यताको विकास गर्ने अवसर पाए जसको आधार वा क्रम आदिम मानवहरूले आफ्नो उत्पत्तिकाल देखि नै तयार गरेका थिए । सन्की भनाउदो, इसार र देवीहरूले त्यो क्रमलाई कडीमा जोड्न महŒवपूर्ण योगदान गरे ।
यतिखेर जातपात, पानी, चुल्हो, धनी, गरिब, बुद्धिमान, मूर्ख आदिको भेदभाव छैन । शक्तिको भेदभाव छ अनि व्यक्तिगत सम्पत्तिको भेद भर्खर भर्खर मात्र सुरु भएको छ । एउटा समूहमा अर्को समूहको मान्छे आइपुग्दा रिस, राग, झगडा, काटमार आदि हुन्छ । वर्ण, सभ्यता, संस्कृति, विचार आदिमा भूगोलको भेद स्पष्ट देखिन्छ । शक्तिवान, दूर्बल, निरोगी, रोगी, अपाङ्ग, विकलाङ्ग, डरछेरुवा र निडर आदि जस्ता वैयक्तिक भिन्नता मान्छेहरूमा उनिहरूको आदिकालदेखि नै पाइन्छ ।

भीमकाय, भयङ्कर डरलाग्दा जनावरहरूले गामलमा आफ्नो राज चलाउन चाहे पछि मान्छेहरू चिन्तित देखिए । एउटा बूढो मान्छे, एउटी आइमाई, एउटा तन्नेरी तथा एउटा बच्चालाई जनावरहरूले खाए पछि गामलमा आतङ्क मच्चियो । मान्छेहरू ओडार र ठूलो ओतआडबाट निस्कन डराए, ओतआडमा बस्न डराए । ओडारको मुखमा मान्छेहरूले दरो गरी तगारो बनाए तर सधै यसो गरी लुकेर बसिराख्दा भोकभोकै मरिने यथार्थ सबै जान्दछन् । मान्छेहरूको फौजले केही गर्न सकेन । टाढाबाट हान्ने तीरले जनावरहरूलाई खासै असर गरेन । उनीहरूले जनावरहरूसँग आमुन्ने सामुन्नेकोे लडाँइ लड्न सकेनन् । जनावरहरू धेरै छन् भन्ने कुरोमा उनीहरू विश्वस्त छन् । डरको होहल्ला सर्बत्र फैलियो । चारैतिर सन्त्रास व्याप्त भयो । त्यो गामलमा मान्छेहरूलाई यस्तो समस्या कहिले परेको थिएन । जनावरहरूले मान्छेमाथि शासन गर्न थाले । जनावरहरू कहिले फर्कन्छन् भनेर पर्खिबस्नु सिवाय अरु कुनै उपाय नरहेको खबर पनि सर्वत्र फैलियो । गामलवासीमा त्राही त्राही मच्चियो । सबैजना सबै देवताकोे प्रार्थना गर्न थाले । सबैले देवता रिसाएको अट्कल काटे । बाहिर निस्केर देवता मानिएको ढुङ्गालाई पूजा गर्न सकेनन् । गामलवासीहरूले डरलाग्दा बाघहरूलाई आफ्नै आँखाले देखे । यो समस्याबाट बाहिर निस्कने उपाय कसैसँग छैन, सन्की भनाउदोसँग पनि । बेलाबेखतको समस्यामा ऊ काम आएको छ तर यो समस्यामा भने काम आउन सकेन ।
यो समस्या समाधानका निम्ति सरदारले देवीहरू समक्ष कुरा राखे । मान्छेहरू भोकले शिथिल हुन थालेको खवर सुनायो, संकलन गरिएको खानेकुराले कति चै पुग्न सक्छ र ? ठूला ओतआडका तीनजना शक्तिशाली लडाकुहरूलाई जनावरहरूले खाए । उनीहरू जनावरहरू मार्न हतियारसहित मैदानमा उत्रिएका थिए । सबैको अनुहारमा निराशा व्याप्त भयो । मान्छेहरूको मस्तिष्कमा मृत्यु नाच्न थाल्यो । बाँच्ने आशा गुमाउनेहरू धेरै भए । भोकका कारण जब मानिसहरू मर्ने हालतमा पुगे तब देवीले इसारलाई सम्झी तर ऊ गामलमा छैन । आफूले बाघ, चितुवा मारेको घटनालाई सम्झी । कसैले न कसैले केही न केही त गर्नैपर्छ । यहाका बासिन्दाहरूका निम्ति कुनै चमत्कार या कुनै देैवी कार्य उसैले गर्नुपर्छ किनकि ऊ चमत्कारी देवी हो । यहाका मानिसहरूलाई देवीमाथि भरोसा छ । सरदार आएर अब ‘मात्र तिम्रो आश छ’ भनेर गयो ।
एउटा, बिहान जब तातो रातो गोला आकाशमा देखियो तब चम्किलो तरबार र खुँडाहरू लिएर ऊ चौरमा निस्की । एउटा हातमा तरबार छ अर्को हातमा खँुडा । अर्को तरबार र खँुडा कम्मरमा बाधेकी छ । छालाले यौनाङ्ग छोपेर, कम्मरदेखि माथिको भाग खुलै राखेर, छाती तन्काउदै निस्की । ढुङ्गालाई फूल, दुध र आगोले पूजा गर्दा धेरै पर बसेको बाघले उसलार्र्ई घुरेर स्वागत ग¥यो । आफ्नो आहारालाई त्यसले यसै गरी स्वागत गर्ने गर्छ । वरिपरिका ठूला, अग्ला रुखहरूमा चढेर सरदार र उसका छोराहरू हेरिरहेका छन् । अरु पनि दुईचारजना मान्छेहरू रुखमा चढेर डराइ– डराइ यो दृष्य हेरिरहेका छन् । जब देवी तरबार नचाउदै चौरको बीच भागमा पूगी तब बाघ ठूलो हुङ्कार भर्दै उठ्यो । यतिखेरसम्म मैदानमा एउटा मात्र बाघ देखिएको छ । अरु बाघहरू कता छन् कता ? बेलाबखत समय नहेरी बाघले एक्कासि झम्ट्यो । बाघ नजिक आउनुभन्दा अगावै देवीले खुडाको झटारो हानी, झटारो बाघको टाउकैमा लाग्यो, देवीको निशाना चुक्दैन । झटारो हान्ने वित्तिकै देवीको हातमा अर्को खँुडा देखियो, मानौ देवीका चारओटा हातहरू छन् । उफ्रिसकेको बाघ रोकिएन ठूलो स्वरले डका¥यो । झन क्रुद्ध भएर देवीमाथि जाइलाग्यो तर बाघले जमेर जाइलाग्ने समय पाएन, अवस्था भएन, देवी बाघ भएको दिशातिर रफ्तारले कुदी, उफ्री, तरबार र खँुडा एकैचोटि बाघको टाउकोमा बज्य्रो । बाघ उसको जीउमा ठोकियो । नङ्ग्राले सानातिना घाउ बनाए तर देवीको शरीरमा दाँतहरू गाड्न सकेन । बाघलाई एकातिर पन्छाउदै देवी फूर्तिले उठी दनादन अरु थुप्रै चोट बाघको टाउकोमा हानी । बाघले छटपटाउन छाड्यो ।
हेरिबसेका मान्छेहरू खुशीले रमाए,कराए, ताली पिटे । तिनीहरू ताली पिट्न जान्दछन् । रुखबाट ओर्लेर मैदानमा आउलान् भन्ने पीरले देवी कराई “अरु पनि बाघहरू छन् । सबैजना जहाँ छौ त्यही रह ” सबैजना जहाँ छन् त्यही रहँे । चनाखो रहेर देवीले चारैतिर हेरी, कहि कतै अर्को बाघ छैन । निकै समयसम्म कुनै बाघ देखिएन । आफ्नो ओतमा आएर पानी र फलफूल खाई । सेविकाले उसको प्रशंसा मुक्त कण्ठले गरी, केही कुराकानी पछि फेरि बाहिर निस्की ।
उसले बाँकी बाघहरूलाई पनि यस्तै तरिकाले मारी । देवीका हातहरू यति छिटो चल्छन् कि देख्नेलाई लाग्छ चार हातहरू छन् । एकैचोटि दुइओटा बाघले आक्रमण गरे । ती दुइ बाघहरूको आक्रमणलाई एकैचोटि परास्त गरी । दुईवटा बाघसँग एकैचोटिको त्यो द्वन्द्व वा युद्धमा देवीका हातहरू यति छिटो गतिवान् भए कि चार हातहरू देखे सबैले । गामलवासीहरूले उसलाई चार हात भएकी देवी भनि नामकरण गरे । बाघको डरबाट सबैजना मुक्त भए । उसलाई गामलवासीहरूले देवता समान मानसम्मान, आदर दिए । देवताले गर्ने काम गरी देवीले ।
एकचोटि गामलवासीलाई जित्दै शत्रुहरू आए । राखस भन्छन गामलवासी तिनीहरूलाई । थुप्रै मान्छेहरू मारिए । अन्त्यमा देवी तरबार र खँुडा लिएर निस्की । यो पटक पनि मान्छेहरूले देवीका चार हातहरू देखे । शत्रुहरू चार हात भएकी देवीसँग डराएर पराजीत भए । राखस मानिएका थुप्रै मानिसहरू मरे, केही भागे, युद्धबन्दीहरू दास बनाइए ।

मूर्ति बनाउने कामका बीच पनि इसार सेविका र गामलसँग सञ्चारहीन रहेन । बेला बेला उ गामल फर्कियो र आफ्नो तथा देवीका विषयमा मानिसहरूको प्रतिक्रिया बुझ्ने प्रयास गरिरह्यो । उसको विषयमा कसैले केही प्रतिक्रिया जनाएनन्, सेविकाले पनि । ओडारमा आए नआएको ख्याल राख्ने कोही छैन । यहाँ मान्छे दिनोैंसम्म हराउँछन् । कतिपय मान्छेहरू हराएको हरायै हुन्छन् कोही फर्कन्छन् पनि । यो यहाँको सामान्य घटना हो । मूर्ति वनाउने ठाउँमा कसैले उसको खोजी गरेनन्, सन्की भनाउदोले पनि वास्ता राखेन । एक अर्काको चियो चर्चो, विशेष अवस्था बाहेक अरु बेला हुदैन । गामलमा देवीको ईश्वरीय शक्ति तथा महिमाको विशेष चर्चा छ । सेविकाले यसको चर्चा निकै लामो समय लगाएर अलौकिक र अद्भुत वर्णनका साथ इसारसँग गरी, यतिले उसलार्ई चित्त बुझेन । देवीको महिमाको वर्णन गर्दै सेविकाले अनौठो नाच नाची ।
ऊ ढुक्क रहेर आफ्नो काममा संलग्न रहिरह्यो ।
एकदिन इसारले मूर्तिलाई पूरा गरेको ठान्यो तर देवीले नहेरीकन मूर्ति पूरा भएको मानिदैन । मूर्ति निर्माणमा ज्यादै गहन मेहनत, सीप र बुद्धि लगायो । बिज्ञहरूलाई मूर्ति देखाउने अवस्था छैन । बिज्ञ भनौ वा पारखी, दर्शक भनौ वा आकृति देवी नै हो सबैथोक । मूर्तिका विषयमा अन्तिम फैसला गर्ने, लिने अधिकार देवीलाई नै छ । गुफामा मूर्तिलाई सुरक्षित राखेर गामल फर्कियो । खबर पु¥याउनु, समस्याको विषय भयो ।
खबर पु¥याउने समस्या जस्ताको तस्तै रहेता पनि छिटै देवताको भोज आयोजना हुन लागेको कुरा इसारले थाहा पायो । दिन र ऋतुहरू कति बिते इसारलाई अन्दाज छैन तर मूर्ति बनाउने काममा धेरै लामो समय बिताएको हेक्का उसलार्ई छ । महिमाको कारण देवीले हिड्ने,डुल्ने स्वतन्त्रता पाएको कुरा सेविकाबाट थाहा पायो । आफ्नो मान्छे फर्केको खबर देवीलाई सुनाएको कुरा पनि सेविकाले बताई । काम सिद्धिएको खबर देवी सामु पु¥याउन इसार आँतुर देखियोे । केही गरेर पनि खबर पठाउन सकेन यसैबीच देवताको भोकको घोषणा भयो । अघिल्लो भोकमा झै यसपालि पनि भेट्न पाउने ईच्छा र आशा इसारमा जाग्यो ।
दिउँसोभरि देवताको भोकमा संलग्न रहेर, साँझ परेपछि ऊ अघिल्लो पटक भेट भएकै गौंडामा देवीलाई पर्खेर बस्यो । सम्भवत अघिल्लो पटकभन्दा छिटै देवी मोडमा आइपुगी ।
“के छ ?” उसले सोधी ।
“ठिक छ तिमीलाई नि ।”
“मेरो काम भयो ।”
“भयो ।” इसारले जवाफ दियो ।
“हिड ।” देवीले नै हिड्ने अग्रसरता देखाई ।
इसारले निसङ्कोच हात समात्यो । उनीहरू ओरालो कुद्न थाले । धेरैबेर कुदैपछि नदीमा पुगे । नदीको किनारै किनार तेर्सो हिड्न थाले ।
”बिहान, मैले फर्कनुपर्छ ।”
“हुन्छ, समय पुग्छ, तिमी हिँड मात्र ।” केही समय तेर्सो हिडेपछि चेपमा पसे । जुनेली रातको जूने उज्यालो प्रकाशवान् र मनमोहक छ ।
उनीहरू फुलवारी, बगैचा पुगे । देवी आश्चर्यचकित भई । सबै फूलहरू ढकमक्क फुलेका छन् । जुनेली किरणका कारण रङ्गहरूको अनुपम दृष्य देखिन्छ ।
“कहिँ म द्येभताहरूको स्वर्गमा त आइपुगिन् ।” सुस्तरी सुस्तरी हिड्दै गएर एउटा फूलको झ्याङ्ग नजिक टुक्रुक्क बसी ।
इसारलाई लाग्यो एउटा अति सुन्दर कोमल फूल भर्खरै फूलबारीमा फुल्यो ।
द्येवीलाई शरीरमा पखेटा भएकी जहाकहीँ पुग्नसक्ने परम् सुन्दरी ठान्यो ।
फूलबारीमा अनगिन्ति फूलहरू फुलिरहेका छन् । यहाँ त्यस्ता फूलहरू पनि छन् जो साँझमा फुल्छन र भँवरासँगको रसभोग पश्चात् रातमै झर्छन् ।
“खै त मेरो मूर्ति ।” देवीले आतुर रहेर सोधी ।
इसारले फूलवारीमा आगो बाल्यो, गुफामा पनि । हात समातेर देवीलाई गुफाभित्र लग्यो । गुफाभित्र करिब करिब देवी समान अग्लोे ढुङ्गाको मूर्ति छ । आमुन्ने सामुन्ने भएर देवी मूर्ति अगाडि उभिई । लाग्यो, मूर्तिले अब पक्कै पनि दोहोरो कुरा गर्नेछ । सजीवता निर्जीवतामा मात्र फरक देखिन्छ नत्र मूर्ति बोलिहाल्ला जस्तो छ । अनुहार झण्डै झण्डै देवीसँग दूरुस्त मिल्छ । मूर्तिको बक्षस्थल खुला छ । यौनाङ्ग ढाकिएको छ । हिडीहाल्ला जस्तो छ मूर्ति । देवी मूर्तिसँगै बस्न गई ।
“बैनी जस्तो लाग्छ हगि ।” देवी मुस्कुराएर बोली । निकै लामो समयपछि इसारले देवी मुस्कुराएको देख्यो ।
“तर केही मोटो जस्तो देखे, केही पातलो सुलुत्त परेको बनाउन मिल्दैन ।”
“मिल्छ, म बनाइहाल्छु नि”
“ल” देवी उठी ।
“खै म तिमीलाई केही भनुं भन्छु तर भन्नै जान्दिन” किन किन ऊ उदाश र विवस देखिई ।
“मलाई पनि केही भनोैं जस्तो लाग्छ तर जान्दिन, म के भन्न चाहन्छु होला ?”
“मैले भन्न, बोल्न जानेको भए भन्थे तर जान्दिन किन यस्तो भएको होला, यस पालि मलाइ कहिले भेटोैं, कहिले भेटौं भएको थियो बारम्बार । तिमीलाइ पनि यस्तो भयोे ?”
“कहिले भेटौं भेटौं भएर नै होला मैले यो मूर्ति यति चाडै बनाँए । नत्र थुुप्रै समय लाग्थ्यो होला, भोक, तिर्खा केही नभनी एकोहोरो, लगातार मैले यो बनाए । मलाई त लागेको छ मैले स्वर्ग प्राप्त गरें, तिमीलाई प्राप्त गरे । अब मर्नुपरे पनि कुनै डर,सन्त्रास वा अफसोस रहने छैन । अब त म हाँसी–हाँसी मर्न सक्छु” इसार भावुक देखियो ।
“एकछिन पर्ख हैं म पूजा गर्छु ।” देवीले गुफा बाहिरबाट फूलको थुङ्गाहरू लिएर आई । खरीढुङ्गालाई कुटेर धूलो बनाइ त्यसमा रातो फूल निचोरेर रातो बनाई । बाँस र रुखका सिन्कामा आगो बालेर इसारले देवीलाइ दियो । भाँडोमा राखेको पानी पनि देवीलाई दियो । अलि टाढा बसेर हेरिरह्यो । चित्ताकर्षक मुस्कान देवीले जगत जितेझै गरी मुस्काई । “आउ” हात समातेर तानी । उनीहरू मूर्तिको ठीक अगाडि उभिए । सर्वप्रथम पानीले मूर्तिलाई नुहाई, इसारले पनि नुहायो । निधार र खुट्टामा रातो खरीको धूलोे लगाई, इसारले पनि त्यही प्रक्रिया दोहो¥यायो । दुबैजनाले खुबै निष्ठाका साथ मूर्तिलाई हेरेर फूल खुट्टामा चढाए अनि आँगोलाई चार हातले समाते र मूर्ति वरिपरि घुमे । आगोलाई नजिकै राखेर उनीहरूले मूर्तिको खुुट्टा निधारले छोए । निकैबेरसम्म मनमनै केही भन्दै खुट्टा माथि निधार टिकाइ रहे ।
सिधा भएर एक अर्कालाई विजयको भावले हेरेर मुस्कुराए । देवी ढुङ्गामा बसी, इसार पनि बस्यो ।
“के मान्छेहरूले मेरो मूर्तिलाई सधै यसैगरि पूजा गरिरहने छन् ? को नि के हुने हो ? मूर्ति सबै कालको उत्कृष्ट कृति भने ठहरिएला । यस्तो मुर्ति बनाउन सक्ने मान्छे यो गामलमा कोही पनि छैन ।”
“तिम्रो इच्छा द्येभताहरूले पुरा गर्नेछन् किनभने यो मूर्ति यसरी बनिसक्नुमा पनि द्येभद्येभीको हात हुनुपर्छ पक्कैे, तिम्रो र मेरो भेट कहाँ सम्भव थियो तर द्येभताले यो पुरा गरेका छन् ।”
“म खुसी छु तिमीसँग, द्येभताले तिम्रा ईच्छाहरू पुरा गरुन् । ज्यान जाने डरका बीच पनि तिमीले यो मूर्ति वनायाेंै, तिमी महान् हांै ।”
“तिमी यो भन्दा ज्यादै महान्, तिम्रो महानता कति धेरै फैलिएको छ गामलमा ।” धेरै बेर पछि इसार बोल्यो ।
“तिमीले चार हात किन बनाएको मूर्तिमा ।
“द्येभ वा द्येभीहरूको थुप्रै हात हुन्छन् । मान्छेको दुईओटाभन्दा ज्यादै हातहरू हुदैनन् । हेर, मूर्तिमा तिम्रा हातहरूले तरबार, खँुडा समातेका छन् । एउटा हातले फूल पनि समातेको छ । द्येभीहरूले मान्छेहरूको भन्दा ज्यादा काम गर्नुपर्छ फेरि द्येभीहरू ज्यादा शक्तिवान् पनि हुने गर्छन् । मलाइ सेविकाले भनेको थिई लडाइँ लड्दा तिम्रो हातहरू थुप्रै देखिन्छन रे । सेविकाले आफै देखेकी अरे ।”
ऊ चुप भई, उनीहरू उठे, बिस्तारै टहल्दै गुफा बाहिर निस्के । देवी खुसी भएको देख्दा इसार पनि खुसी छ । बाहिर जून र आगोको प्रकाशले गर्दा अनौठो मनमोहक दृश्य पैदा भइरहेकोे छ । उनीहरूले श्वास फेरेको बाहेक अरु कुनै आवाज वा स्वर छ भने त्यो नदी बगेको हो ।
अचानक फूलबारीको बीचोबीच उभिएर देवीले इसारलाई अँगालो मारी । ओठमा ओठ खापी । उनीहरू बिस्तारै घाँसमा बसे । लठारिए, एक अर्कालाई ट्याप्पेै समातेर लठारिए । यौन उत्तेजनाको अन्तिम चरणसम्म पुगे, दुबैले लुगा फुकालेका छैनन् । इसार यौन उत्तेजनाको अन्तिम चरणमा सामेल हुन देवीको पहल पर्खिरहेछ । यदि देवीले नचाहेमा ऊ यही रोकिन तयार छ । देवीको इच्छा विपरीत, कुनै काम गर्न इच्छुक छैन । उनीहरूको श्वासप्रश्वास तिब्र हुदै गएको छ । अचानक देवीले आफ्नो शरीरका सबै कपडा र छालालाई शरीरबाट अलग्याई । उसका हातहरूले इसारको शरीरमा भएका छालाहरू पनि अलग्याए । इसारका हातहरू देवीको शरीरका प्रत्येक कुना कुनामा नापेझै गरी चल्न थाले । देवीका प्रत्येक अङ्गमा इसारका हातहरू पुगे यसैगरी देवीका हातहरू पनि इसारका प्रत्येक अङ्गमा पुगे । हातहरू चलाउदा इसारले स्लेटको चित्रलाई सम्झिरह्यो । मूर्तिको शरीरलाई सुलुक्त र बान्कि परेको, बनाउन हातले शरीरको प्रत्येक भाग छामेर नाप लिइरहेको छ । यौन उत्तेजनामा पागल, बेकाबु, होशहीन भएको छैन । यस क्रममा कुनै किसिमको चोट, पीडा, दुखाइ नहोस भन्ने कुरोलाई उसले विशेष ख्याल राखेको छ । यो कामका निम्ति इसार अनुुभवी पनि छ तर देवी ………… । उनीहरू एक अर्कालाई संयमित राखेर यो संयोगको विशेष फायदा उठाउदै, चरम सुख लिदै निकै लामो समयसम्म यौनयोगमा लीन रहे । दुबैले यो अवस्था र क्रियाकलापलाई कुनै फोहोरी खेल नठानेर, यौनयोग ठाने । हतार वा अरु कुनै भवावेशका कारण उनीहरूले यो प्रक्रियालाई असंयम, अधैर्य तथा उत्तेजनात्मक भावले सम्पन्न गरेनन् । उनीहरूले यसलाई दैविकयोग झै एक अर्कालाई चोट नपु¥याई, निर्मम नभई, सरल र सहज ढङ्गले दुबैजना बराबरी सहभागी भई, जूनलाई साक्षी राखेर, खुला आकाशमुनि, सृष्टिको अहम् काम यौनयोगलाई सभ्य तरिकाले सुसम्पन्न गरे । उठ्ने बित्तिकै इसार गुफाभित्र पसेर मूर्ति सच्याउन थाल्यो । हातले छामेका प्रत्येक भागलाई गहिरो एकाग्रताका साथ सच्यायो । शरीरलाई सुलुक्त र आकर्षक बनायो ।
निकैबेर पछि गुफा बाहिर आयो । देवी दुबोको घाँसमा जन्मजात नाङ्गो अवस्थामा उत्तानो परेकी छ । उसले पनि लुगा लगाएको छैन । यो समयमा जन्मजात नाङ्गो हुनु नराम्रो ठाँनिदैन । इसारले बिस्तारै कुम छोएर सानो कमलो आवाजले “के भयो” भनेर सोध्यो । देवीले टाउको हल्लाई ।
“माथिका द्येभतालाई हेरेर म विचार गरिहेकी छु । मैले तिमीलाई भन्न चाहेको कुरा के होला । कस्तो नजानेको, नआएको होला त्यो कुरा ।”
देवी बिस्तारै उठी, ओठ चुमी, एकोहोरो आँखामा हेदै, टोलाउदै बोली ।
“भँवरासँगको रसभोगपछि रित्तिएको फूल ओइलिएर झर्छ हैन ।”
इसारले केही पनि बुझेन । भँवरा, फूल र रसका विषयमा केही थाहा छैन । यस्ता कुराहरू जान्ने देवी यथार्थकी देवी हुनुपर्ने । देवीप्रतिको विश्वास, आस्था, आदर र सम्मान मनमा झन धेरै बढ्यो । उनीहरूले आआफ्नो छाला, लुगा लगाए । इसारको अनुहार निहुरेको छ । कस्तो कस्तो अनौठो लागिरहेको छ सायद पाप वा अफसोस महसुस गरिरहेको होला । हात समातेर बिस्तारै देवीलाई गुफाभित्र लग्यो । ढुङ्गामा बसायो र बोल्यो – “म तिमीलाई आदर सम्मान गर्छु । म तिमीप्रति आस्था र विश्वास राख्छु तिमी द्येभी हौ । जगतकी द्येभी तिमीमाथि जगत्को सुरक्षा र संरक्षणको भार छ । म एउटा भक्त मात्र हु । आमसाधारण मानिस । मलाई आशिर्वाद दिनु, म पूजारी हँु । म तिम्रो पूजा गर्छु युग युगान्तर ।” टाउको हल्लाएर देवीले स्विकृती दिएपछि एक भाडो(काठको) पानी उसको जिउमा खनायो । चित्त बुझेन अर्को भाडो पानी पनि खनायो । खरी ढुङ्गा पिसेर फूल निचोरेको धूलोले खुट्टामा टिका लगायो । आँगो बलेको हाँगालाइ हातमा लिएर देवीको वरिपरि घुम्यो, चरणमा फूल चढायो । सानो हुँदा कहिलै पनि निधारले देवीको खुट्टा छोएको थिएन । आज, निधारले देवीको खुट्टा छोयो । खुट्टामा निधार राखेर निकैबेर बस्यो । भन्यो “म तिमीलाई केही भन्न चाहन्छु तर भन्न जान्दिन किन किन ?”
देवीले पाखुरा समातेर इसारलाई सीधा पारी र सोधी “के सबैले मेरो मूर्तिलाई पूजा गर्लान् ।”
“म भोलि नै मूर्तिलाई गामल पु¥याउछु । सबैले द्येभीको पूजा गर्नेछन् ।”
“हैन त्यसो नगर्नु यसो गर्दा हाम्रो सम्बन्धलाई सबैले थाहा पाउनेछन् । यो मूर्ति यही बेला सबैको सामुन्ने आए, तिमीले यो मूर्ति बनाएको थाहा पाउनेछन् । मप्रतिको आस्था, विश्वास, इज्जत, मानमर्यादा सबै घृणामा बद्लिने छ । सरदारले मेरो टाउको छिनाल्ने छ । यसो गर्दै नगर्नु कदापि । यदि म साच्चिकै द्येभी भए पक्का पनि कालान्तरमा मानिसहरूले मेरो पूजा गर्नेछन् ।” उनीहरू टहल्दै बाहिर निस्के । दुबैले आआफ्नो हातहतियार बोके । फर्किनका निम्ति तम्तयार भएर फुर्तिले हिँडे । दुबैले केही क्षणसम्म नदीमा नुुहाए । वातावरणमा उष्णता छ ।
समयहरू बितेर गए । देवीका विषयमा कसैले केही पनि थाहा पाएन न इसारका विषयमा नै । द्येभीप्रतिको आस्था, विश्वास, भरोसा, मानमर्यादा यति ज्यादा चुलियो कि कसैले केही पोल लगाए पनि विश्वास नहुने अवस्था बन्यो ।
केही दिन पछि सेविकाले सुनाई देवी केही पनि खान मान्दिन र बिरामी पनि छैन । इसारमा छटपटी र बेचैनी बढ्दै गयो । इसारलाई लाग्यो ‘मबाट हुन गएका गल्तिका कारण देवी बिरामी भई’ । देवीलाई भेट्ने चाहनाले आकुल ब्याकुल भएर इसारको जीवन कष्टपूर्ण बन्यो । एकदिन देवीले “म मर्छु होला” भनेको कुरा सेविकाले सुनाई ।
सेविकासँग अप्रत्यक्ष केही सूचना लिएर एक बिहान, जतिखेर सबै देवकन्याको पूजामा संलग्न छन्, लुक्दै छिप्दै फलफूल बोकेर ऊ ठूलो आडभित्र पस्यो । देवीलाई विशेष सम्मानका साथ एउटा कोठा दिइएको छ । पालेपहरासँग लुक्दैछिप्दै नडराई देवीको कोठाभित्र छि¥यो । हाडछाला मात्र बाँकि छ । नखाएरै होला यस्तो अवस्था भएको, सबैले बिरामी भने तर ऊ बिरामी छैन । सेविकालाई देवीले बाहिर पठाई । उसको टाउको उठाएर बिस्तारै आफ्नु काखमा राख्यो ।
”किन, के भयो यस्तो तिमीलाई ।”
“भँवरासँगको रसभोगपछि रित्तिएको फूल ओइलिएर झर्छ हैन र ?” पहिलो चोटि सुन्दा नबुझेको वाक्य आज बुझेँ झै लाग्यो । फूल जो भ्रमरको प्रथम रसभोगपछि झर्छ । भ्रमरको दोस्रो रसभोगका लागि बाँच्नु उसको नियति वा जीवनचक्र होइन । भ्रमरको पहिलो रसभोगका निम्ति मात्र फक्रेको फूल र त्यसको नियति ।
“मलाई याद आयो ।” उसको अनुहार धपक्केै बल्यो । इसारको आखामा आँसु आए । ज्यादै कष्ट वा चोटपूर्ण समयमा पनि रोएको थिएन तर आज रोयो, कता कताबाट रुवाइ भक्कानिएर आयो । लोग्नेमानिसहरू बहुतै कम रुन्छन् । मान्छे मर्दा पनि रुदैनन् । यतिखेरका मान्छेहरूसँग मानवीय कोमलता वा सम्वेदनाको मात्रा बहुतै कम छ ।
“म तिमीलाई प्रेम गर्छु । म तिमीलाई माया गर्छु । मेरो प्रेम अमर होस् । के तिमी पनि मलाई प्रेम गर्छोै ?” देवीले मुस्कुराएर इसारलाई हेरी ।
पृथ्वीको यो भूगोलमा सर्वप्रथम प्रेम शब्दको उच्चारण भएको त्यो दिन, बेला र समय । मानिसहरूले धेरै पहिलेदेखि प्रेमको आभास र भाव देखाएता पनि देवीको मुखबाट इसारका निम्ति पहिलो चोटि ‘प्रेम’ शब्दको उच्चारण भयो । धन्य देवी जसले जगतमा प्रेमको भाव वा आभासलाई शब्द र स्वरध्वनि प्रदान गरिन् । ‘प्रेम’ शब्दको सुरुआत गरिन् । धन्य हो त्यो मानिस जसले पहिलो चोटी ‘प्रेम’ शब्दको उच्चारण सुन्यो । महान् हुन ती मानिसहरू जसले ‘प्रेम’ शब्दलाई पहिलो चोटि सुने र बोले ।
“म पनि तिमीलाई प्रेम गर्छु अथाह, अनन्त, जन्म जन्मान्तर ।” इसारले देवीको निधार चुम्यो ।
देवी मुस्कुराइ, इसार पनि मुस्कुरायो ।
“भँवरासँगको प्रथम रसभोग पछि फूल रिक्तिदैन, ओइलिएर झर्दैन पनि । त्यस्ता फूलहरू हुदै हुदैनन् । भँवरासँगको प्रथम रसभोगपछि फूल झनै फक्रिएर पूmल्छ । तिमी भ्रम र डरमा नअलमलिऔं, तिमीले सृष्टिको सारलाई सार्थक बनाउनु छ, तिमीले सृष्टिको भारलाई थाम्नु छ तिमीले हाम्रो बच्चालाई जन्म दिनु छ, आफूलाई नमार, तिमीले गामलको रक्षा गर्नु छ ।” इसार ज्यादै कमलो सम्झाउने स्वर, लयमा बोल्यो ।
अचानक देवीको अनुहारमा कष्टयुक्त, पीडायुक्त, चोटयुक्त भावहरू देखापरे, अनुहार कालो अँध्यारो भयो । इसार हेरेको हे¥यै भयो । देवीको टाउको लतारिएर काखबाट झर्न खोज्यो । हतारिएर टाउको समात्यो । त्यतिखेरै पालेपहराकासाथ सरदारभित्र पस्यो ।

इसारलाइ रुखका लहराले कसेर बाँधियो अनि सबैका अगाडि उभ्याइयो ।
“द्येभीकोमा एक्लै सुटुक्क किन आएको ?” सरदार तरबार नचाउदै कट्क्यो ।
“सेभिकबाट बिरामीका सम्बन्धमा सुने, द्येभीप्रतिको आस्था, भक्ति र विश्वासको कारण यहाँ आए ।” इसार टाउको निहु¥याएर, सानो तथा कष्टपूर्ण आवाजमा नडराइ बोल्यो ।
“तँ झुटो बोल्दैछस, तँ अरु नै कुनै कारण यहाँ आएको होस, तैले द्येभीलाई मारिस । तँ राखस होस् । हामी सबैको संरक्षकलाई तैले मारिस्” सरदारको कान्छो छोरो जङ्गिएर बोल्यो ।
“मेरो विश्वास गर्नोस, यो फल घाटीमा झुड्यायो भने निको हुन्छ भनेर म यो फल दिनका निम्ति यहाँ आएको, मैले मारेको होइन, उनी आफै मरेकी हुन्” इसारले जङ्गलमा पाइने तर खान नमिल्ने फल देखायो । कालान्तरमा मान्छेहरूले यो फललाई रुद्राक्ष भनेर चिने ।
इसारले आफ्नो कुरा फेरेन । जति नै काटे कुटे पनि यो भन्दा ज्यादा बताएन । अचानक सेविका कुद्दै आई । श्वास नियन्त्रणमा लिए पछि सबैले सुन्ने गरी कराई ।
“इसार द्येभीलाई प्रेम गर्छ । मैले आफ्नै कानले सुनेकी ।” सेविकाले प्रेम शब्दको प्रचार प्रसार गरी नभा देवी र इसारले एकआपससँग मात्र यो शब्द उच्चारण गरेका थिए । सेविकाले पनि सुनेकी रहिछ ।
“के हो प्रेम ?” सरदारको कान्छो छोरो बोल्यो । बूढाहरू विचारमग्न देखिए । भीडबाट अनेक किसिमका आवाजहरू आउन थाले ।
“सेविका तै भन के हो प्रेम भनेको ” सरदार बोल्यो ।
“मलाई थाहा छैन, सायद भाले र पोथी बीच हुने कुनै अनौठो खेल हो ।” सेविका हिचकिचाउदै, अट्किदै बोली ।
“सन्की तिमी भन, के हो प्रेम ।” विचारमग्न रहेर मैदानमा टुक्रुक्क बसेको सन्की बुढो मान्छेतिर औंल्याउदै सरदार बोल्यो ।
“मलाई यकिन छैन तर लोग्नेमान्छेले स्वास्नीमान्छेलाई, आमाले छोराछोरीलाई तथा एउटा मान्छेले अर्को मान्छेलाई गर्ने माया, सद्भाव र सहयोग हुनुपर्छ प्रेम ।” सन्की मान्छे सोच्नमै मस्त देखियो ।
“जे सुकै होस, यो इसारले शक्तिकी स्रोत, हाम्रो संरक्षक द्येभी कहाँँ एक्लै सुटुक्क जान पाउँदैन, त्यस्ले द्येभीलाई मार्न पाउँदैन । यो हामी सबैको नियम हो ।” सरदार कट्केर बोल्यो ।
“यस्को बध गरिनु पर्छ । चलि आएको नियमलाई यस्का निम्ति फेर्न पाइदैन” एकजना बुढो मान्छे चर्केर बोल्यो ।
“प्रेम जे सुकै होस, इसारले द्येभीसँग प्रेम गर्न पाउँदैन, हामी सबैको नियमलाई यस्ले पनि पालना गर्नु पर्छ ।” युवकहरू बोल्न थाले ।
“तयारी गर, इसारलाई हामी सबै मिलेर मार्नुपर्छ यो हामी सबैको दोषी हो” सरदारले निर्णय सुनायो । सेविकाले पनि दोष इसारकै हो भनेर ठहर गरी । ठूला ओतआडका बिरोधमा ऊ सोच्नै सक्दिन ।
यहाँ आउन अनुमति नलिएको इसारले स्विका¥यो ।
दिउसो सूर्य टाउको माथि हुँदा काठको खाँबोमा उसलार्ई सुइरो वा किला ठोकेर टाँगियो । तरबारको एकचोटमै मार्दा सरल मृत्यु हुने हुदा गाह्रो मृत्यु छानियो । चरमसीमाको निर्मम,कठोर यातना दिइयो तर उसले यो देखि बाहेक अर्को कुरो बोलेन । इसारलाई ढुङ्गा वा धारिला हतियारले हान्दा, काट्दा बेहोश भएपछि मरेको ठानी, पापी मान्छे किटान गरी, पशुपन्छी, चीलकौवाले लुछुन भन्ने आसयले लासलाई जङ्गलमा फ्यालियो । लामो समयसम्म कुनै पनि डरलाग्दा पशुपन्छीले आक्रमण नगरेपछि बिहानी पख ऊ बिउँझ्यो र उठ्यो । त्यहाँबाट मूर्ति भएको स्थानतिर सकीनसकि हिड्यो । उसलाई निकैजना मानिसले देखे । उनीहरू रातभर शोक मनाईरहेका थिए । जजस्ले उसलाई देखे तिनीहरू ‘भ..भूत….भूत’ भन्दै डराएर भागे । यसरी भूत शब्दको अर्थ र उच्चारण सुरु भयो ।

गामलमा शोकको घोषणा भयो । उनीहरूले ठाने देवीको मृत्यु भयो । लास रुग्न कोठा बाहिर पालोपहरा राखेर उनीहरू शोक प्रकट गर्न चौरमा भेला भए, छाती पिटी पिटी रुन थाले, कराउन थाले, हुने अनिष्टप्रति शोकमग्न रहे ।
देवी मरी सकेकी थिइन मात्र बेहोश भएकी थिई । यतिखेर मान्छे मरे नमरेको पत्ता लाउने कुनै ठोस प्रकिया छैन । बोली र चाल नभएको मान्छेलाई मरेको ठानिन्छ । रातको अन्तिम प्रहर जब चिसो हावा चल्न थाल्यो । देवी बिउँझी, इसारले ल्याएको फलहरू खाएर, पानी पिई । उठी र बिस्तारै ढोका खोलेर बाहिर निस्की पालेपहरा उसलार्ई जिवित देखेर झस्के, डराए । उनीहरू सरदारलाई खवर दिन कुदे । ऊ बाहिर निस्की र अँध्यारोमा गायब भई । सरदारले ‘उनी जस्ता द्येभी कहिले पनि मर्दैनन् । द्येभी भगवान् हुन् । उनीहरू अमर हुन्छन् । मरेपछि पनि उठेर आफ्ना द्येभतासँग भेट्न जान्छन्’ भनेर प्रशंसा गरे । देवीले आफूलाई यथार्थमै देवी सिद्ध गरी । मरेपछि पनि उठेर हिड्न सक्ने, चार हात भएकी, जमिनमुनिको रहस्य बताउन सक्ने देवी । उसको महिमा अपरम्पार, अलोैकिक र दिव्य ठानियो । केही समयसम्म उनीहरू निराश र साहाराविहिनझै भए ।
देवी र इसारको भेट मूर्ति भएको स्थानमा पुगेपछि भयो । उनीहरू दुबैजना एक अर्कासँग बोल्न सकेनन् । इसारले मूर्तिकोे चरणमा निधार राख्यो । देवी मुर्तीलाइ अँगालो मार्न पुगी । उनीहरू केहीबेर यही अवस्थामा बसिरहे । केही छिनपछि सकीनसकि इसार लड्खडाएको आवाजमा बोल्योे ।
“देवी ………” इसारले सकीनसकि अन्तिम शब्द बोल्यो ।
देवीले टाउको उठाएर हेरी । इसार निक्कै गा¥हो भएझै गरी छटपटाइरहेको छ मानौ उसको शरीरबाट केही चीज निस्किरहेको छ । देवीलाई लाग्यो इसार मरिरहेछ ।
“ देव …..” देवी बोली ।
इसारले फेरि पनि बोल्न चाह्यो तर सकेन । इसारको बोली बन्द भयो । अन्तिम अवस्थामा इसारले देवीलाई हे¥यो । देवीलाई स्पष्ट महसुस,आभास भयो कि इसार बिस्तारै बिस्तारै निन्याउरो हुदै जादैछ, अनुहारको चमक बिस्तारै बिस्तारै निभ्दै, सेतो हुदै जादैछ अनि मूर्तीको अनुहारमा सुस्तरी सुस्तरी चमक, उज्यालो वा शक्ति जम्मा हुदैछ । निर्जीव हुनु अगावै इसार ढुङ्गाको मूर्तिभित्र समाविष्ट भयो । मरेपछि पनि इसार देवीको अस्तित्वसँगबाट अलग हुन सकेन ।
उप्रान्त, देवीले बच्चालाई जन्म दिई । गामलको सुरक्षा गरिरही । ऊ रातमा हिड्थी । सबैले मृत्युपछिको अलौकिक रूप ठाने, माने पनि ।


करिब दस वर्षपछि ………।
मध्यदिन, भुइमा कम्पन भयो । जमीन हल्लियो । जमीन चिरीयो, खाडल प¥यो । हिमनदीका बग्ने धार परिवर्तन भए । सानातिना डाँडाकाँडा हराएर मैदान भए । ठूलठूला डाँडाकाँडा उपत्यका बने, कतिपय उपत्यकाहरू डाँडाकाँडा भए ।

मानवसभ्यता यतिमै टुङ्गिएन । भूइकम्पमा सबै मरेनन् । यो सभ्यताको अन्त्य भएन । मानवसभ्यताको अनुक्रमलाई निरन्तरता दिन मानवहरू अनेकौं भूइकम्प, ज्वालामुखि, पहिरो र हिउवर्षा जस्ता र अरु खाले प्राकृतिक प्रकोपसँग जुझ्दै, सङ्घर्ष गर्दै, विकसित तथा प्रगतिशील हँुदै आफ्नो अभियानमा कायम रहे । मानवसभ्यताले प्रेमका साथसाथै शान्तिको पनि अभ्यास सुरु ग¥यो । मानवजातिको उत्थान र सभ्यता संरक्षणका निमित्त प्रेम र शान्तिको महŒवपूर्ण भूमिका रहेको छ ।
सन्की बूढो भुइकम्पमा जमिनले च्यापिएर म¥यो । दसवर्षमा बूढोले आफूले तयार पारेको लिपि र स्वरध्वनी बीसजनालाई सिकाउन भ्यायो । इसार मारिएपछि उसलार्ई यो सुद्धी आएको हो । तिनीहरूलाई उसले लेख्न र बोल्न सिकायो । सिकायो मात्र हैन अभ्यस्त बनायो । आफूले तयार पारेको लिपि र स्वरध्वनीको प्रचार प्रसार गर्ने प्रयासमा आशानुरूप सफलता पाउन सकेन तैपनि कोसिस प्रशंसापूर्ण रह्यो । मान्छेहरूलाई भेला गरेर लामो लामो भाषण बोल्यो । मान्छेहरूसँग दोहोरो वार्तालाप ग¥यो । यसो गर्दा धेरैभन्दा धेरै मान्छेहरूमा नयाँ–नयाँ शब्द वा ज्ञान प्रसारण हुन्छ भन्ने उसको विश्वास थियो । यहाँका मानवहरूले यो भाषा र लिपिलाई सहर्ष स्विकार गरे ।
देवीलाई तत्कालीन मानवहरूले निकै लामो समयसम्म याद गरे । धेरै पछि गएर देवीको वीरता र चमत्कारको वास्तविकता, कथा बन्यो र अन्त्यमा मानिसहरूले त्यो वृतान्तलाई किवंदन्ति वा दन्त्यकथा भनेर स्विकारे ।
इसारलाई राक्षसको सङ्ज्ञा दिइयो । देवीको दन्त्यकथामा राक्षसको प्रसङ्ग अलिकती तोडमोड गरेर जोडियो । विष ख्वाएर देवीलाई मार्ने राक्षस भनेर इसारको वर्णन हुन थाल्यो । राक्षसलाई देवीले सम्हार गरेकोे भन्ने कथा पनि जोडिन पुग्यो । देवीको वास्तविकता सुरु सुरुमा यथार्थ वर्णन भयो तर किंवदन्ति, कथा र दन्त्यकथा बनेपछि धेरै उपमा र घटनाहरू जोडिए ।
मानवमात्रको जीवनचक्र समयको रफ्तारसँगै अगाडि बढी नै रह्यो ।



 लेखक दरबारमा काम गर्छ, कामदेवझै देखिने त्यो आकर्षक ढङ्गले हाँस्छ र बोल्छ पनि । इसारलार्ई कसैले देखेको, सुनेको भए इसार जस्तै छ । दरबारका सबै नारी र युवतीहरूले मन पराउनै पर्ने व्यक्तित्व छ । राजा र भाइ भारदारहरू उसलार्ई मानसम्मान गर्छन् किनभने कतिपय राज्य सञ्चालनको मामिलामा दखल राख्दछ । राजनीति र कुटनीतिमा निपुण छ । भूगोलको यो भेकमा दरबार तथा धनीहरूले दास राख्ने प्रथा कायमै छ । मातृसत्तात्मक चलनहरू पितृसत्तात्मक व्यवस्थामा परिवर्तन भइसकेका छन् । समाज केही व्यवस्थित हँुदै गएको छ । मान्छेहरू होँचा खालका घरहरू बनाउँछन् । सानो आकारका इँटाहरू बनाउँछन् अनि गिलो माटोले जोडेर घर बनाउँछन् । धेरै जसो मान्छेहरू खेती किसानीको काम गर्छन् । कपडाको, छालाको, फलामको, काठको, फोहोरको, सुनको काम गर्नेहरू छन् । पानीको लागि उनीहरू खोलामा जाने गर्छन् । जमिनदारी प्रथाको प्रचलन छ । राजाको धेरै जमिन छ यसैले जमिनदार हो । प्रजाहरू कर तिर्ने गर्छन् । मान्छेहरू कपडा लगाउछन् । भाषाको विकास भइसकेको छ । यो भूगोललाइ पृथ्वीको नक्सामा ठम्याउन सारै मुस्किल छ ।
लेखकको नाम इश्वरा हो । भावुक छ, यसैले प्रायः भावनामा बग्छ । प्रकृतिलाई एकाहोरो नियालेर टोलाउँछ, अक्सर टोलाउँछ । प्राचीनकालमा इसार नामको व्यक्ति थियो भनेर आज कसले भन्न सक्छ ? इसार र इश्वराको मुखाकृतिको समानता कसले देख्न सक्छ ? यो संयोग हो वा कुनै अदृश्य शक्तिको खेलचक्र, कसले अनुमान गर्न सक्छ ?
दिवास्वप्न देख्ने उमेर छ उसको । दिवास्वप्नमा द्येउवीलाई देख्छ । उसको नाम द्येउवी हो, साधारण किसान परिवारकी छोरी, सामान्य केटी । कुनै त्यस्तो उलेख्य घटना वा वर्णन छैन जसकारण उसलार्ई प्राचीन समयसँग जोडर संयोग भन्न सकौं ।
कन्याकुमारीको प्रचलन छ यो समूह, समाजमा । यस्तो कुनै प्रमाण वा लिखत छैन जसकारण यो प्रचलनलाई प्राचीन भनेर किटान गर्न सकौं तर सबैले यो प्रथालाई जन्मदै जानेका छन् । विवाह नभएकी कुमारी केटीलाई चाँडपर्वको अवसरमा देवीको रूप मान्ने, पूजा गर्ने चलन छ । यी कुमारीहरू उमेर पुगेपछि विवाह गर्दछन् । दरबारको नाम यो प्रथासँग बिलकुलै असम्बन्धित छ । बा आमाले उसको नाम देउकी राखेका हुन् तर बोलाउनेले उसलार्ई द्येउवी भनेर बोलाए । खै यो कस्तो खालको संयोग हो कोनी इश्वरा र द्येउवीको बोलचाल, परिचय साथसम्बन्ध सानै देखि छ । उनीहरू बालपनका साथी हुन् ।
त्यो दिन जङ्गलमा उनीहरूको भेट भयो ।
“तिमी हलक्क बढेर कति राम्री भएकी” इश्वरा गम्भीर छ । उसले जिस्काएको हैन । द्येउवी वास्तवमै राम्री छ ।
“आफू नि” प्राचीन युवतीहरूमा देखा नपरेको लाज, सङ्कोच, शरम द्येउवी र समकालीन युवतीहरूमा देखा पर्न थालिसकेको छ ।
“हाम्रो भेट नभएको कति दिन भयो तिमीलाई थाहा छ ?” इश्वरा जिज्ञासा व्यक्त गर्छ ।
“करिब साठी दिन” उसलाई याद छ । सायद यो उसको पनि चासोको विषय हो ।
“मेरो सम्झना आएन तिमीलाई ।” इश्वराले अनुहार प्रतिक्रियारहित बनाएर जिज्ञासा पोख्यो ।
“तिमीलाई नि ?”उसले प्रतिप्रश्न गरी ।
“बिर्सन नसकेर खोज्दै हिडेको, तिम्रो सम्झना आउँछ, तिमीलाई भेटू भेटू कुरा गरुँ झै लाग्छ, तिम्रो अनुहार आँखामा घुमिरहन्छ, मलाई के भएको यस्तो” लेखक भावुक भयो । द्यैउवीको आँखामा हेर्न लाज लागेर होला टाढाको झरनालाई नियाल्दै, इश्वरा बोल्यो ।
“भेट त भयो, अब के ?” द्यैउवी निडर भएर टाढिदै बोली ।
“तिमी टाढा भाग्न पाउदिनौ, तिमी मलाई पागल बनाउन चाहन्नोै मलाई राम्ररी थाहा छ । तिमी मसँगबाट भाग्न सक्दिनोै ।” इश्वरा पछ्याउदै बोल्यो । साच्चै द्यैउवी टाढा जान सकिन । दुबैजना एउटा ढुङ्गामा बसे । उनीहरूको कुरामा, बसाईमा एक किसिमको खालीपन र दुरी कायमै रह््यो । दुवैजनाले एक अर्कालाई छुने, टाँसिने प्रयास गरेनन् । एक अर्काप्रति टाढै रहेर कुरा गरिरहे ।
इश्वराले डराउँदै, हिचकिचाउँदै द्यैउवीलाई भन्यो ।
“म तिमीलाइ प्रेम गर्छु ।”
आकाशमा बादल र हावा भएका कारण उष्णता छैन । रुखविरुवामा भर्खर मात्र पालुवा पलाएको छ । आकाशमा चराचुरुङ्गीहरू स्वच्छन्द उडिरहेका छन् । तलको समतल भूमीमा मृगका बथानहरू दौडिरहेका छन् । मोैसम, वातावरण सबै शान्त छ । प्रेममय छ समय । रङ्गीबिरङ्गी फूलहरू भँवराको आशमा आतुर आतुर होलान् । द्यैउवी आतुर, असंयम देखिन्न । इश्वरा उच्छृृङ्खल छैन ।
द्यैउवीले इश्वरालाई एकोहोरो हेरी । इश्वराको आँखामा हराउँन चाहेझै गरी निर्लिप्त भावमा हेरी । द्यैउवीको अनुहारमा जिज्ञासा व्यप्त छ ।
“प्रेम के हो ?”
“प्रेम सृष्टि हो, प्रेम पवित्र हुन्छ, प्रेम केटाकेटी, स्वास्निमान्छे, लोग्नेमान्छे बीच हुन्छ, प्रेम आफ्ना वा आफूले नजिक ठानेका बीच हुन्छ । मानवमानव बीच प्रेम हुन्छ । मानव र जनावर बीच पनि प्रेम हुन्छ ।”
“प्रेम हुदा के हुन्छ” द्यैउवीको जिज्ञासा सिद्धिएको छैन ।
“भेटु, भेटु लाग्छ, बोलूँबोलूँ लाग्छ, मन छटपटाउँछ, देखुदेखु लाग्छ अरुसँग बोल्न मन लाग्दैन, निद्रा लाग्दैन, भोक प्यास लाग्दैन, मन विरक्तिएर आउँछ ।”
आज पहिलो चोटि द्यैउवी इश्वरासँग कुमले कुम जोडेर बसी ।

साँझ भयो, उनीहरूको वार्तालाप टुङ्गिएन । एक आपससँगबाट अलग्गिन चाहेका छैनन् तर अलग्गिए । घर पुगेर सेउलाको भारी बिसाएर ऊ घरको पीढीमा बसी । घर आइपुगे पछि सबै बिर्सिइ, बिर्सनै पर्छ ।
“किन यती ढिलो गरेकी हँ । यत्रो भाँडा माझ्ने काम कस्ले गर्छ ?”
“ढिलो भयो आमा” द्यैउवी सुस्तरी बोली । बाउ आइपुगेका छैनन् । भाइहरू पनि आइपुगेका छैनन् । नजिकै रहेको पानीले हात खुट्टा धोई । काममा तन्मयताका साथ संलग्न रही ।
बाबु आए । आउने वित्तिकै आमालाई गाली गर्न थाले । भाईहरू निकै ढिलो घर आए । भाइहरूलाई कसैले पनि गाली गरेनन् । स्वास्नीमान्छेलाई हेप्ने वा तिरस्कार गर्ने प्रथा कायमै छ । भाइ र बुबालाई आमाछोरीले खाना ख्वाए । रात्री आमाछोरी एउटै कोठामा सुते । सुत्ने बेला आमाले कुराकानी सुरु गरिन् ।
“छोरी तेरो दाहिने हात कस्तो छ आजभोलि ।” आमा छोरीलाई माया पनि गर्छिन । काम सिद्धिसकेपछि वा आफ्नो स्वार्थ भएको बेला छोरीलाई माया गर्छिन् अन्यथा आमाको व्यवहार हेप्ने, हेला गर्ने, तिरस्कार उपेक्षा गर्ने, खालकै हुन्छ । छोराहरूलाई अचाक्ली माया गर्छिन कौसल्यादेवी ।
“राम्रो छ, काम गर्दा, सेउला बोक्दा दुख्दैन ।” देउकीले स्पष्ट पारी ।
“बैद्य जान्ने छन् । ढिलै भए पनि निको पारी छोडे ।” आमा बोलिन् ।
“अब त पुरै निको भए जस्तो छ आमा ।”
वास्तवमा छोरी बिरामी थिइन् । दाहिने हात चल्दैनथ्यो तर निको भइसके जस्तो छ ।
“मैले सुनेको डाँडापारी काजी पनि आए अरे । तैले घर जानु पर्छ अब, तेरा बा पनि कुरा गर्दै हुनुहुन्थ्यो । ”
द्येउवी एक्कासी छानाबाट खसेर जमिनमा पछारिए झै भई । हात खुट्टाहरू गलेर आए, रीङ्गटा लागे जस्तो भयो । अकस्मात् सारा ब्रम्हाण्ड घुमे झै लाग्यो । सम्झिन्, सारा कुरा सम्झिन्, आमाबाले भनेका कुरा पनि सम्झिन् ।
ऊ बाल्यावस्थामा सारै राम्री थिई । सबैले उसलाई राम्री, ३२ लक्षणले युक्त केटी भन्थे । यति मात्रै कहाँ हो र उसको विवाह पाँच वर्षको उमेरमा भएको थियो । अलि अलि सम्झना छँदैछ । विवाह भएको दोस्रो दिन रुखबाट लडेर दाहिने पाटो चल्न छोड्यो । घरकाले माइत पठाए । काजीले अर्को विवाह गरेनन् । केही दिनपछि काजी व्यापार, व्यवसायका लागि काकासँग घुम्न निस्कियो । तीन महिना भयो काजी घर फक्र्यो अरे । उनीहरूको भेट भएको छैन । उनीहरू एक अर्कालाइ चिन्दछन् वा चिन्दैनन, शङ्कै छ । काजी व्यापारमा धेरै सम्पत्ति कमाएर फर्केको रे, धेरै धनी भयो रे, सुनचाँदी प्रसस्त छ रे । बिदेशी रुपैया, पैसा छन् रे, यहाँ मुद्राको प्रचलन छैन । काजीको घर जाने कुरा अकस्मात् एउटा सोच्दै नसोचेको भुकम्प बराबर भयो, द्येउवीका निम्ति ।
“आमा मैले अब पनि त्यो घर जानु पर्छ र ?” निरीह, कमजोर भाव प्रकट गर्दै द्येउवीले आमालाई सोधी ।
“जानै पर्छ, किन जानु पर्दैन ? तेरो उमेरका को केटीहरू आफ्नो माइतमा छन् ? तै भन ।” आमा सम्झाउने भावमा बोली ।
सबैलाई सम्झी कोही पनि माइतीघरमा छैनन् । आफूसँग काम गर्ने तथा खेल्ने साथीहरू सबै विवाह गरेर घर आएकाहरू हुन् । उसलार्ई चिन्ताले सतायो । इश्वरालाई सम्झी, काजीलाई सम्झी । काजीको सम्झना स्मृतिपटलमा ताजा छैन । राम्रा राम्रा सुन चाँदीका गहनालाई सम्झी जो उसले आफ्नू घरमा भेट्ने छ ।
“म, बाआमासँगै यही घरमा बसे हुन्न आमा ।” सानो स्वरमा कसैले सुनिहाल्छ कि जस्तो गरेर, डर मान्दै आमालाई सोधी ।
“राजाले हामीलाई काट्छन् । बाआमा दुबैलाई काट्छन्, नकाटे कुट्छन । लोग्नेको घर नजानु पाप हो, धर्म विपरीत कार्य हो । भगवानले श्राप दिन्छन्, हाम्रो दुर्गति हुन्छ । काजी लिन आए भने तैले आफ्नो घर जानै पर्छ । अब तँ निकोे भइसकिस् । ”
आमा बोल्दाबोल्दै निदाइन् । दिउसोभरिको थकान तथा पाको शरीर । द्येउवी अबेरसम्म निदाउन सकिन, एकोहोरो सोची रही । सम्झी रही, धनसम्पत्तिको लोभ छैन, द्येउवीलाई कता कता त्यो इश्वराको मात्र सम्झना आइरह्यो ।
एक किसिमको प्रेम, प्रित, मोह, मायाले सतायो द्येउवीलाई । नजानिदो, नबुझिदो आसक्ति, भक्तिले गाँज्यो । एकोहोरिन थाली । लाग्यो ‘म नहुँदा उसलार्ई के होला वा ऊ नहुदा आफूलाई के होला ?’ प्रणयप्रितीको आभास हुन थाल्यो । कता कता के लाग्यो भने इश्वरासँग मिलेर थुप्रै काम गर्नु छ । लामो जीवन बिताउनु छ । सोचहरूको कुनै सीमा हुदैन । आकाशमा उडिहिन्ने मनले धरतीमा कसरी पाइलो टेक्ला । कस्तो सोच होला, द्येउवीलाई यस्तो लाग्छ मानौ इश्वरा र आफूले पूर्वजन्ममा बाँकी छोडेका कामहरूलाई पूर्णता दिनु छ ।
गाउँमा कसैको विषयमा कुनै किंवदन्ति छैन । कुनै दन्त्यकथा पनि बाबुआमाले बच्चाबच्चीलाइ सुनाउँदैनन् । उनीहरू सबै भक्तिका साथ पुरुषको लिङ्ग जस्तो देखिने ढुङ्गो पुजा गर्छन् तर कुनै मूर्ति छैन जो उनीहरूले पूजा गरिरहेका हुन् । देवदेवीका मूर्ति पूजा कमसेकम यो गाउँमा प्रचलित छैन । सूर्य र चन्द्रमालाई पूजा गर्ने, रात वा दिनको समय निश्चित छ । रजस्वला हुनु अघिका कन्यालाई कन्याकुमारी मानी घरघरमा देवी समान पुजिन्छ । घरघरमा पूजा गरिने कन्याहरूको विवाह हुन्छ । यो बेला सायद देवीगाथाको अन्तिम समय हो । उप्रान्त लोकमा देवीगाथा मानवजातिले सम्झने छैनन् । यो त्यो समय हो जतिखेर मानिसहरूले देवीलाई नयाँ स्वरूपमा पाउने छन् । देवीप्रतिको आस्था, विश्वास र आदरको प्रस्तुति मौेखिक रूपमा नकथी, उप्रान्त देवीगाथा लोकजमानामा फरक ढङ्गले प्रस्तुत हुनेछ ।
छटपटी, बेचैनी बढ्दै गए पछि द्येउवी स्थिर भई, संयम देखिई, आत्मविश्वासले पूर्ण देखिन थाली । द्येउवीमा थुप्रै परिवर्तनहरू आएको हुनाले परिपक्व देखिन थाली । कसैले अनुहारमा दिव्य चमक देखे भने धपक्क बलेको अनुहार देख्नेहरू पनि गाउँमा भए । आमालाई पनि यस्तो परिवर्तन देख्ने मौका मिल्यो । आमा खुसी भइन्, सोचिन् ‘लोग्नेको घर जानका निम्ति यस्तो भएको होला ।’ यकिन गरेर कोही कसैले केही भनेनन् तर द्येउवीमा आएको परिवर्तनहरू देख्ने र चर्चा परिचर्चा गर्नेहरू धेरै भए ।
द्येउवी इश्वरालाई भेट्न चाहन्छिन् तर काम सजिलो छैन । खवर पठाउने उपाय छैन । एउटै प्रकृतिको काम भएमा वा सँगै काम गर्नु पर्ने भएमा मात्र भेट हुने सम्भावना रहन्छ । रोपाई, जात्रा भए भेट हुन्छ, नत्र हुदैन । योजना बनेको खण्डमा उनीहरूको भेट जङ्गलको रुखमुनि हुने गर्दछ । बिना योजना भेट हुने सम्भावना बहुतै कम छ । त्यस्तो कुनै सल्लाह सहमति भएको छैन । भेट्ने स्थान भने तोकिएको छ । उनीहरू जङ्गल बीच कोही पनि आइ नपुग्ने, कसैले पनि नदेख्ने स्थानमा भेट्ने गर्छन् ।
समाजको नियन्त्रण कडा छ । स्वास्नीमान्छेहरूले वा उमेर पुगेका केटीहरूले घुम्टो हाल्नुपर्छ । कुनै पनि लोग्नेमान्छेलाई सिधा नजरले हेर्न पाइदैन । यस्तो भएमा कुटेर वा ढुङ्गाले हानेर सजाय दिइन्छ । समाजको मुख्य मान्छे राजा हो । जति निर्मम राजा छ त्यो भन्दा धेरै ज्यादा निर्मम सिपाही, सल्लाहकार र मन्त्रीहरू छन् ।
द्येउवीले आफ्ना समस्याहरू थाती राखी । के गर्ने भन्ने निक्र्यौल निकालिसकेकी छ तर यो विषय वा निर्णयको भनक कसैलाई पनि दिइन । काजी आएपछि छोरीलाई घर पठाउने तयारीमा आमाबाबु जुटे । अर्को एउटा समाचार आयो, यो समाचारले कसैको पनि हंसले ठाउँ छोडेन । काजीले अर्की स्वास्नी विवाह गरेर ल्याएको खवरले द्येउवीको स्थितिमा कुनै परिवर्तन भएन । यसताका लोग्नेमान्छेले दुइ तीन ओटी स्वास्नी राख्ने प्रचलन सामान्य सत्य हो । लोग्नेमान्छेको तुलनामा स्वास्नीमान्छेको सङ्ख्या बेसी भएकाले हो वा लोग्नेमान्छेको प्रभूत्वको असर सामान्य रूपमा स्वीकारिन्छ योे चलन । एउटा अर्को सम्भावना के बढ्यो भने काजी द्येउवीलाई लिन आउँदैन कि ? लिन नआएको खण्डमा केटीलाई पठाउन वाध्य हुनु नपर्ने चलन पनि छ, गाउँमा ।
अनिश्चितताको भुँवरीमा परेर होला द्येउवीले आफ्ना भाइहरूसँग तलबार, खँुडा र अरु धारिला हतियार चलाउने अभ्यास सुरु गरी । ऊ पछाडि हटिन । पुरुषहरूको बराबरी हुने धेरै काम कुराहरू आइमाईहरूका लागि वर्जीत छन् । कसैले थाहा नपाउने गरी गोप्य तवरले, हतियार चलाएको हेरेर, भाइहरूसँग सिकेर, धारिला हतियार तथा तीरकमान चलाउने सीप हासील गरी ।
दिन र रातका पखँेटा फरफराएका फरफरायै भए । समय आराम गर्न र दौडिन जान्दैन । इश्वरालाई खबर पठाउन सकिएन । भेट पनि भएन तथापि द्येउवीको मनमा छटपटाहट, बेचैनी केही छैन । ऊ शान्त समुन्द्र, धैर्यवान हिमाल तथा अडिग आकाश समान छ ।

एकदिन राजाले दमाहा बजाएर सबै मान्छेलाई दरबारमा बोलायो । आइमाई, लोग्नेमान्छे, केटाकेटी सबै दरबारमा भेला भए । द्येउवी पनि दरबार गई । उसले दरबारमा इश्वरालाई देखी तर उनीहरूको भेट हुनसकेन । उनीहरू बीच कुनै पनि किसिमले सञ्चार हुनसकेन । बीचको दुरी यति धेरै भयो कि द्येउवीले कुनै सङ्केत गर्ने सम्भावना रहेन । दुबैको धेरै टाढाबाट देखादेख मात्र भयो ।
अग्लो स्थानमा उभिएर राजाले आजदेखि फलामको काम गर्नेले छोएको पानी वा खानेकुरा, लुगा सिलाउनेले नखाने,……….. यस्तै बाहुन वा खेतको काम गर्नेहरूले, हतियार बनाउने, कपडा सिलाउने, फलामको काम गर्ने, छालाको काम गर्ने, लुगा धुने आदिहरूले छोएको खान नहुने, यदि खाएमा शारीरिक दण्ड दिई गाउँबाट निकालिने घोषणा ग¥यो । धेरैले केही पनि बुझेनन् । केहीले आफ्नो इज्जत बढेको महसुस गर्दै ठूलो मान्छे हुन पुगेकोमा गर्व गरे । राजाले दरबारमा काम गरिरहेका पानी नचल्ने समूहका मान्छेलाई निस्कासन ग¥यो । ती ओहोदाहरू सबै हतियार चलाउने समुदायलाई दियो । कोही कसैले केही बोल्न सकेनन् । राजा बलवाला शक्तिशाली छन् । हतियार चलाउने सीप भएका मान्छे मध्ये जसले आमुन्नेसामुन्नेको मल्ल वा द्वन्द्वयुद्ध जित्छ, सबै प्रतिद्वन्दीहरूलाई मार्दछ त्यही राजा हुन्छ । यस्तो खाले युद्ध हतियार चलाउन जान्नेहरू बीच मात्र हुने गर्दछ । राजाका सल्लाहाकार वा मन्त्रीहरू खेती किसानी गर्ने, गाईवस्तु पाल्ने समूदायबाट राखिन्छन् । लेख्न र पढ्न जानेकोलाई प्राथमिकता दिइन्छ । इश्वरा पनि भावी मन्त्री हुन् भन्ने कुरालाई नकार्न सकिने कुनै यथार्थ वा प्रमाण तत्कालिन समयमा देखिएको छैन ।
राजाले यस्तो निर्णय किन लिए कसैलाई अनुमान छैन । मन्त्रीहरूको सल्लाहामा राजाले यस्तो निर्णय लिएका हुन् ।
पेशागत रूपमा दक्ष, मेहनती कामदारहरूलाई शासनसत्ताबाट बाहिर निकालियो । बाहुन र छेत्रीहरूलाई मात्र राजकाज चलाउने हक बन्यो । प्रजा वा जनता अछूत जातका मान्छेहरू भए । यो परम्परा निरन्तर रूपमा चलिरह्यो । सुुरु सुरुमा यो चलनलाई मान्छेहरूले राम्ररी लागु गर्न सकेनन् किनभने सबैको पानी सबैलाई चल्दथ्यो । एकअर्कामा विवाह भएको थियो । यति भएपछि विवाह रोकियो । छोरीहरू माइत आउन नपाउने भए । बुहारीहरू माइती जान नपाउने भए । ज्वाँई ससुराली आउन नपाउने भयो । समाजको व्यवस्थामा वितण्डा मच्चियो तर कुनै विद्रोह हुनसकेन । पछि पछिका राजाहरूले यसलाई कडाइका साथ लागु गरे । नमान्ेनलाई कडा निर्मम दण्ड सजाय हुन थाल्यो । घोषणाको करिब एकसय वर्षपछि यो व्यवस्था सामाजिकीरणको प्रक्रियामा अकाट्य सामान्य सत्य बन्न पुग्यो ।
‘द्येउवीलाई लिन काजी आउने अरे’ खबर गाउमा आइपुग्यो । बाआमा, भाइहरू ख्ुासी भए । द्येउवी निराश र उदास देखिन थाली । साहस र आत्मविश्वासमा कमी आएन । उसको भाव, क्रियाकलाप र व्यवहारमा कुनै विचलितपन देखा परेन ।
साँझ, द्येउवीको लोग्ने ससुराल आइपुग्यो । द्येउवी पानी लिन पँधेरा गएकी थिई । गाउँको भाइ कुद्दै आयो र बोलायो । पानी लिएर आई । आमाले ‘तेरो काजी’ भनिन् । लाज, शरम, सङ्कोच मानिन । खुबै गहिरो आँखाले नियालेर हेरी, आकर्षक शरीरको धनी, उसको काजी धेरै राम्रो र बलिष्ट छ, गोरो, सुलुत्त परेको नाक, चम्किला आँखा, आँखाका बाक्ला आँखीभौ धैरै आकर्षक तथा कामदेवझै लाग्छ काजी । खाना खाएपछि कोठामा द्येउवी र काजीको एकान्तमा भेट भयो । द्येउवी केही पनि बोलिन । सुन र चाँदीका गहनाहरू लगाइ दिदै ‘अर्की भए पनि तिमी मेरी पहिली(जेठी) हौ म तिमीलाई माया गरे पाल्छु’ भनेर काजीले बाचा बाँध्यो ।
बिहान अँध्यारै ठूलठूलो स्वरले छोरीलाइ सराप्दै आमा चै रुन कराउन थालिन् । ज्वाँइ, छरछिमेक भेला भएर के भयो भनेर दो¥याइ तेह¥याइ सोधेपछि द्येउवी राति नै घरबाट भागेको खबर सबैले थाहा पाए । भाइहरू द्येउवीलाई खोज्न यत्रतत्र कुदे । गाउँभरि हल्ला फैलियो । यस्तो किसिमको खबर यहाँ पहिले पनि फैलिएका हुन् । कसैको लास भेटियोे, कसैको त लास पनि भेटिएन । हराएका मध्ये धेरैजसोको लास जनावरहरूले खाएका अवस्थामा भेटिए । कसैकसैको मात्र लास नभेटिएको हो । घरबाट तरबार र अरु धारिला हतियार पनि हराएको र घटना राति घरमा सुतेको बेला भएकोले द्येउवीलाई जनावरले लगेको कुरामा भाइहरू सहमत भएनन् ।
हल्लाले गाउँ पिट्यो । जब घरघरमा द्येउवीको विषयमा कुरा हुन थाल्यो तब काजी राजाकोमा निवेदन गर्न पुग्यो । राजा द्येउवीको घर आयो । सिपाहीहरूले द्येउवीको बाबुलाई लात्तैलात्ताले कुटे । बाँसका भाटाहरूले कुटेर मरणासन्न पारे । यस्तो घटनामा मारिहाल्ने चलन छैन । छोरी खोजेर काजीलाई जिम्मा लाउने बाचाबन्धन गरेपछि द्येउवीको बाउलाई छोडियो । काजी आफ्नो घर फक्र्यो ।

जूने उज्यालोको सहारामा भाइहरू सुतेको ठाउँबाट आवाज नहुने गरी हतियार झिकेपछि, बिस्तारै बिरालोको चालले द्येउवी पर्खालमा भएको हावा र घाम छिर्ने ठूलो दुलोमा रहेका तगारा पन्छ्याउदै बाहिर निस्की । रुखको आड लिदै फुत्तफुत्त छेकिदै दौडी, निकै टाढा पुगेपछि खुलेआम हिड्न थाली । बाटैबाटो नहिडेर, बाटो नभएको ठाउँबाट सूर्य अस्ताउने पश्चिम दिशातिर हिडी । बेलाबेला कुद्थी तर सँगै रहेका धारिला हतियारहरूले असजिलो पारिरहेको छ । त्यसको वास्तै नगरी कुद्दै, हिड्दै अगाडि बढ्न थाली । जुनेली रातले साथ दिइरहेको छ । जङ्गलबाट डरलाग्दा डरलाग्दा आवाजहरू आइरहेका छन् । निकै पर पुगेपछि तरबार हातमा लिई । तरबार उज्याएर हिड्न थाली । मान्छेहरूसँग सामना भएन । स्याल, फ्याउरा र जङ्गली कुकूरहरूको सामना गर्दै नडराइ अगाडि बढी, अहिलेसम्म उसको सामना चितुवा र बाघ जस्ता जनावरहरूसँग भएको छैन । रात्रीको तेस्रो प्रहर बितिसकेको छ । द्येउवी बिहानसम्म गाउँबाट धेरै टाढा पुग्न चाहन्छे । हिडेको धेरैबेर पछि एउटा चितुवासँग उसको सामना भयो । उसले त्यसलाई निर्ममतापूर्वक मारी । युद्धको बेला ऊ हातलाई ज्यादै चाँडो चलाएर एकै समयमा दुइ हातबाट चार हात बराबरको काम लिन सक्छे । आत्मविश्वासका कारण धैर्यवान्, संयमित, अविचलित छे । अति आत्मविश्वासको सिकार छैन द्येउवी । उसलार्ई राम्ररी थाहा छ – यसको परिणाम विभत्स, निर्मम, कठोर, सुन्न नसकिने, हेर्न गा¥हो हुने किसिमको पनि हुन सक्छ । ऊ अकल्पनिय परिणामको सम्भावित भविष्यप्रति सतर्क छे ।
ऊ रातभर हिडिरही । उकालो हिड्दा हिउँ परेको ठाउँमा पुगी, ठिहीले शरीर कमाउन थाले पछि ऊ हिउँ नभएको ठाउँ खोज्दै ओरालो झरी, बिहान भइसकेको छ । बाटो छैन । जङ्गलमा मान्छे छैनन् । रुखका फलहरू खाई, झरनाको पानी पिई । अन्त्यमा उसले एउटा गुफा भेटी ।

इश्वराको जन्म यो गाउँमा नभई उसको लालनपालन मात्र यो गाउँमा भएको हो । यो रहस्य गाउँका केही मानिसहरूलाई मात्र थाहा छ । ऊ यो ठाउँ भन्दा धेरै टाढा पूर्वको गाउँमा जन्मिएको हो । ऊ साना साना प्वाल भएको बाँसबाट मिठो स्वरध्वनी निकाल्छ । त्यो सानो बाँसलाई मुरली भन्दछ ।
वास्तवमा इश्वराका पिता अर्को गाउमा राजा छन् । त्यहाँ पनि मल्लयुद्ध मार्फत राजा छानिन्छ । राजा हुन खेलिने मल्लयुद्धमा ज्वाँइ र जेठानको टक्कर प¥यो । लामो समयसम्म घमाशान मल्लयुद्ध भयो तर कुनै टुङ्गो लागेन । कसैले कसैलाई मार्न सकेनन् । इश्वराका पिता इमान्दार, दानी, सेवक छन् भने मामा अन्यायी, अत्याचारी थियो । अन्त्यमा मामाले राजाको पद अपहरण गरी बहिनी र ज्वाँइलाई कैदी बनायो । कसैले केही बोल्न सकेनन् । जनतामा इश्वराका पितालाई मन पराउने धेरै मान्छेहरू थिए । इश्वराको जन्म भएको थिएन । ठूलै विद्रोह हुन सक्ने शङ्काका कारण राजाले इश्वराका मातापितालाई मार्न सकेन तर तिनीहरूबाट जन्मेका सबै सन्तानलाई मार्ने कसम खायो । ऊ जनतामाथि डर, त्रास, आतङ्क फैलाएर राज गर्न चाहन्थ्यो । उसको यो चाल सफल रह्यो । निर्धक्क ऊ जनतामाथि अन्याय, अत्याचार गरेर राजाको डर, त्रास, आतङ्क चारैतिर फैलाएर शासन गर्न सफल रह्यो ।
कैदी बहिनीको कोखबाट छोरो जन्म्यो । समर्थकहरूले कसरी कसरी साटापाटा गरेर त्यो बच्चालाइ नजिकको अर्को गाउँमा पु¥याए । गोप्य राख्ने शर्तमा बच्चा नभएको दम्पतीले त्यो बच्चाको लालनपालन सुरु गरे ।
जब बच्चा यहाँ रहेको त्यो मामाले थाहा पायो । उसलार्ई मार्नका निम्ति मामाले विभिन्न व्यक्तिहरू पठायो तर कोही सफल भएनन् किनभने सबै कुरा बुझे पछि यो गाउँका राजाले बच्चालाई संरक्षणमा लिए । इश्वराले दरबारमा रहेर विभिन्न प्रकारका कठोर तथा सीपयुक्त मल्लयुुद्ध, तरबारवाजी, कुटनीति, राजनीति र भाषाका विषयमा विभिन्न किसिमका तालिमहरू लियो । इश्वरा मेधावी, मेहनती, अनुशासीत छ । यसैले होला इश्वराले जति पायो, त्यो भन्दा ज्यादा सिक्यो ।
उमेर पुगेपछि इश्वरा आफ्नो जन्मस्थान गयो । मामासँगको मल्लयुद्ध, तरबारवाजीमा जीत प्राप्त ग¥यो । पिताका समर्थकको तरबारले मामाको टाउको छिनाल्यो । राजगद्दीमा आफ्नो पितालाई स्थापित गरेर इश्वरा गाउँ फक्र्यो । यी घटनाहरू घटेको यो गाउँमा कसैलाई थाहा भएन ।
ओठहरूमा प्रायः मुस्कान हुन्छ, मुस्कानलाई अनुहारले पनि साथ दिएको छ । कोइलीको स्वरझै बोली ज्यादै मिठो छ । कसैलाई अनादर गर्ने, कसैलाई चोट पु¥याउने अभिप्राय कदापि राख्दैन । गाउँका सबैलाई यसले मोहनी लगाएको छ । लालनपालन गर्ने बाआमालाई ऊ ज्यादै आदर गर्छ ।
द्येउबी हराएको करिब पन्ध्र दिनपछि इश्वराले राजासँग बिदा माग्यो । दरबारमा आफ्नो विरोध सुरु भएको कुराकानी उसलाई थाहा नभएको होइन । राजाले ईश्वरालाई राजा पद दिन सक्ने सम्भावनाका कुरा राजकुमारले उठाएको व्यहोरा राम्ररी थाहा छ । धेरथोर राजालाई पनि थाहा हुनुपर्छ । राजाले ईश्वरालाई बिदा दिन मानेकै थिएन तर छोरा(राजकुमार)का कारण उनी बाध्य भए । राजाले सुनचाँदी दिन चाहे तर लिन नमानेकोले आशिर्वादका साथ बिदा दिए । टाढा गएन, जङ्गलमा रहेको, द्येउवीसँग भेट हुने स्थानको रुखमा मचान बनाएर उपवास सुरु ग¥यो । माछामासु खान छोड्यो । रुखमा फलेका फलहरू खाएर बाच्न थाल्यो । धेरै समय योगमा मग्न रहन थाल्यो । बेकाबु हुन खोज्ने आफ्नो मस्तिष्कलाई स्थिर र संयम राख्छ । थोरै समय सुत्छ त्यो पनि आवश्यक भएमा मात्र । केही समय फलपूmल खोज्न बिताउँछ । केही समय ऊ बिहानको नित्यकर्मलाई दिन्छ । बाँकी समय एकाग्र रहेर, सवै विषयभोगलाई त्यागेर, बिर्सेर आफ्नाहरूको माया मोह, मस्तिष्कलाई सून्यको स्थितीमा राख्ने कोसिस गर्दै द्येउवीको सम्झनामा हराउँछ, निदाउँछ पनि ।
जङ्गलमा सबै किसिमका खतराहरू हुन्छन् । ऊसँग तरबार, खुँडा अन्य खालका धारिला हतियारहरू छन् । त्यसको प्रयोग गर्ने कलामा ऊ विज्ञ छ । आक्रमण भएको खण्डमा मर्न मार्न तयार भएर ऊ यो अनकन्टार जङ्गलमा उपवास योगमा बसेको हो । विभिन्न खाले जनावरहरू आए, सुँघेर गए, आक्रमण गरेनन् । निधो ग¥यो कि गाउँ फर्कने छैन । यही मर्नेछ । यो उनीहरूको भेट्ने स्थान हो । द्येउवी छे भने यही आउछे । आइन भने यही मर्नेछ ।
केही फलफूल तथा पानी खाएर केबल मात्र द्येउवीको सम्झनामा केन्द्रित रह्यो । मस्तिष्कलाइ द्येउवीको कल्पना तथा भावनामा केन्द्रित राख्न सफल भयो । धेरै ठूलाठूला जनावरले उसलार्ई व्यवधान पु¥याएनन् । गाउँमा त्यति धेरै चर्चाको केन्द्र बनेन । राजाले नै बिदा दिएपछि कसको के लाग्छ । लालनपालन गर्ने बाआमासँग पनि बिदा मागेर हिडेको छ । पँलेटी कसेर एक खाले विशेष मुद्रामा बस्छ । धेरै समय, यही मुद्रामा बस्छ । पानी प¥यो, हावाहुण्डरी चल्यो तर विचलित भएन । बीस, पच्चिस दिन बित्यो । आमरण उपवास बस्ने विचार ग¥यो र यो विचारलाई मजबुत पार्दै लग्यो ।
लगभग एक महिनापछि–निकै लामो समय चिम्लेका आँखा खोल्दा द्येउवीलाई सामुन्ने उभिएको पायो । जुनेली रात निकै बाक्लिए पछि द्येउवी आई ।
द्येउवीले इश्वरालाई बोल्ने मौका दिदै दिइन । उनीहरू एकअर्काका हात समातेर सुस्तरी दौडिदै उकालो चढ्न थाले । एकआपसमा थोरै बोले, हिडिरहे, कुदिरहे, गन्तब्य इश्वरालाई थाहा छैन । निकै लामो समयको हिडाइ र दौडाइ पछि गन्तब्यमा पुगे । जङ्गलमा जनावरहरूको प्रतिरोध निकै डटेर गरे द्येउवी र इश्वराले ।
उनीहरू गुफामा बस्न थाले । दिउसो सँगसँगै जङ्गलको भ्रमण गर्नु, फलपूmल खोज्नु दिनचर्या बन्यो । मासु खान छोडे र आफ्नो प्रतिरक्षाका लागि बाहेक जनावरहरू मार्न छोडे ।
“हामीले यहाँ सधै बस्नु हुदैन, यहाबाट हामीले हिड्नै पर्छ ।” एकदिन द्येउवीले कुरो कोट्याइ ।
“कतातिर जाने ?, गाँउ जानु हुदैन ।”
“सूर्य उदाउने पूर्व दिशातर्फ हाम्रो गाउँ पर्छ । हामीले सूर्य अस्ताउने पश्चिम दिशातर्फ जानुपर्छ तर समस्या के छ भने त्यो खोलो तर्न सकिदैन । खोलोमा पानीको भेल छ कसरी तर्ने खोला ।” द्येउवीले समस्या अगाडि राखी ।
“पानी नपरेको बेला खोलामा पानी कम हुन्छ । खोला फिँजीएको ठाउँबाट तर्दा सजिलो हुन्छ । यहाँ खोला गहिरो छ, फिँजिएको ठाउँमा गहिरो हुदैन ।”
“तिमी एक्लै भागेर किन आएकी मलाइ भन्नुपर्छ नी ।”
“त्यस्तो समय नै मिलेन । मैले तिमीलाई भेट्न खोजेको त हो तर त्यस्तो कुनै संयोग समय मिलेन । म काजीसँग जान चाहन्नथे यसैकारण भागे । राजाले मेरा बाआमा, भाइलाई के गरे हँ ?”
“बालाई राजाका सिपाहीहरूले निकै कुटे तर केही भएको छैन बालाई राम्ररी हिडेको देखेको छु मैले । भाइलाई केही गरेनन् । छोरी आएपछि काजीलाई बुझाउने सर्तमा छोडिदिए ।” द्येउवीलाई बाआमा र भाइहरूको निकै चिन्ता छ । मुख्यतया उसका कारण वहाँहरूमा आउने विपत्तीप्रती निकै चिन्तित छे तर केही नभएको सुनेपछि ऊ खुशी भई । द्येउवी निकै खुसी छे । इश्वरा ऊसँग छ, बाआमा भाइलाई केही भएको छैन यी भन्दा धेरै खुसीका खबरहरू सोचेकी छैन उसले ।
“सारा परिवार छोडेर, राजा र दरबार छोडेर, त्यो रुखमा तपस्या गरेर, किन त्यहाँ त्यसरी बसेकोे ।”
“तिमीसँग भेट होस भनेर तपस्या गरिरहेको थिए । तिमी त्यो स्थानमा आउँछ्यौ भन्ने विश्वास थियो । नआएकी भए म जीउज्यान त्यागी दिन्थे । ”
“तिमीलाई बाआमा, राजा र गाउँको माया लाग्दैन, वास्ता लाग्दैन । मसँग आए पछि तिमीले बाआमा, राजा र गाउँ सबै सधैका लागि छोड्नुपर्छ । फर्क जाउ यहीँबाट । ”
“यस्तो कुरा नगर द्येउवी म तिम्रो हु । तिमी हिडेपछि मैले तिमीलाई बिर्सने निकै कोसिस गरे तर सकिन । पागल हुने सम्भावना बढ्यो । मैले दिमागलाई सही स्थानमा राख्नै सकिन । त्यसपछि मात्र म त्यो स्थानमा आएर बसेको हुँ ।”
“मलाई पनि त्यस्तै भयो र म त्यो स्थानसम्म फर्केर गएकी, तिमीबिनाको संसार शून्य लाग्यो । तिम्रैलागि काजीसँग नगई भागेकी पनि हु, तिमीलाई बिर्सने कोसिस पनि गरे तर सकिन । ”
“सायद हामी एकअर्काका लागि बनेका हौं । ”
उनीहरू धेरै नजिक भए तर यौनसंसर्गप्रति कुनै चासो देखाएनन् । यौनयोग तर्फ उनीहरू बीच कुनै आकर्षण देखिएन । भावनात्मक रूपमा उनीहरू धेरै नजिक देखिए तर शारीरिक रूपमा उनीहरू टाढाटाढा रहे । आवश्यकताका बेलाबखत बाहेक उनीहरूले एक अर्कालाई छोएनन् ।
महिना बित्यो । वर्षा ऋतु सिद्धियो । उनीहरू दैनिक रूपमा खोलाको नजिक रहेर खोलालाई हेर्न थाले । नदी किनारका मान्छेहरूको भाषा बुझिंदैन । ती मानिसहरूको सामू उनीहरू परेनन्, तिनीहरूसँग सम्पर्क गर्न चाहेनन् । जब उनीहरूले खोलामा पानी कम भएको महसुस गरे, पानी बगेको दिशातर्फ हिँडे । लामो दुरि हिडेपछि खोलो फिजाँरिएको ठाउँ भेटे । कसैको मद्दत नलिई, कसैको नजरमा नआई सजिलै खोलो पार गरे । सानोबाटो भेटेका हुन् तर त्यो बाटो नगई उकालो लागे । तीनदिन, उकालो मात्र चढेपछि भन्ज्याङ्ग जस्तो ठाउँ भेटे । वरिपरि डाँडा बीचमा खाल्डो छ । खाल्डोको बीचबीचमा थुम्काहरू छन् । पानी जमेर तलाउ बनेका ठाउँहरू निकै देखिए । पानी पानी भएको कारण त्यो ठाउँमा नबस्ने निर्णय गरे । खाल्डोबाट सूर्य अस्ताउने पश्चिमदिशातर्फ हिड्नलाइ उद्धत भए मानौे सूर्य भेट्ने उद्देश्य लिएर हिडेका हुन् ।
हिड्दै जाँदा एउटा थुम्काको बीचोबीच ढुङ्गाकोे मूर्ति देखे । टाढाबाट ठम्याउन सकेनन् । उनीहरूले हिड्दै गरेको दिशाभन्दा फरक दिशामा मूर्ति छ । दिशा परिवर्तन गरेर मूर्ति भएतिर गए । यति दिव्य र अलौकिक चीज देखेकोमा विश्वासै लागेन, पछि पछि विश्वास भयो । मूर्ति हिड्ला कि बोल्ला कि जस्तो छ । लेउ लागेर सफा नभएको बेला यो मूर्ति यस्तो छ भने सफा गरेपछि कस्तो होला भनेर सोचे ।
सूर्य डुब्न लाग्दा उनीहरू त्यहाँ पुगेका हुन् । उनीहरूले आज रात यहीँ बस्ने निधो गरे । नजिकै एउटा गुफा जस्तो ठाउँ भेटे जहाँ ओत र सुरक्षा दुबै प्राप्त हुनसक्छ । यो ठाउँमा केही दिन बसेर विश्राम गर्ने निधो गरे ।
“हामीहरूले विवाह गर्दा हुदैन द्येउवी ।” इश्वराले मायालु प्रस्ताव राख्यो ।
“हुन्छ होला, के हुन्छ र ? हामी राजाको गाँउभन्दा धेरै टाढा छौं । राजाले अब हामीलाइ केही गर्न सक्दैन । म तिमीलाई प्रेम गर्छु ।” द्येउवी सहजताका साथ बोली । उनीहरू दिउसो हिड्दा भेला गरेका फलफूल खाएर पालैपालो सुते । नयाँ ठाउँ, जनावरहरूको डर हुनसक्छ तर रातभर कुनै अप्रिय घटना घटेन ।
बिहानै उज्यालो भएपछि इश्वरा उठ्यो । स्वचालित ढङ्गले हिडेर पानी पोखरीमा गयो । पोखरीको पानी सफा छ, उसले नुहाँयो, लुगा फे¥यो, फेर्ने लुगा बोकेको छ ।
द्येउवी मूर्तिमा रहेका झार, पात, हिलो, लेउ सफा गर्न थाली । त्यो मूर्तिलाई पानीले कसरी सफा गर्ने ? मूर्तिलाई बोक्न सकिदैन अनि उनीहरूसँग पानी ओसार्ने कुनै भाँडो छैन । उनीहरूले अँजुली र पातहरूमा ओसारेको थोरै पानीले मूर्तिलाई नुहाए । डाँडाबाट खरीढुङ्गा बोकेका थिए । खरीढुङ्गालाई कुटेर धूलो बनाए, रातो रङ्गको फूल खोजे र धूलोलाई रङ्गले भिजाए । ढुङ्गा रगडेर बल्ल बल्ल आगो निकाले । पानी छर्कदै, आगो लिएर उनीहरू म्ूार्ति वरिपरि घुमे, टिका लगाई दिए । निधारले खुट्टा ढोगे । जाने अनुसार विधीवत् पूजा गरे । यो सबै गर्दागर्दै निकै अबेर समय लाग्यो ।
“अब हामी यही बस्नु पर्छ द्येउवी ।”
“मलाइ पनि त्यस्तै लाग्यो अब हामी यही बसौं ।”
उनीहरू त्यही बसे ।
त्यो रात द्येउवीको सहमतीमा उनीहरू यौनयोगमा संलग्न रहे । उनीहरू दुइ एक भए ।
समयले रोकिन जानेन । धेरै समय बित्यो । उनीहरूको सञ्चार पश्चिम दिशाका मान्छेहरूसँग भयो । पश्चिमको राजासँग बस्न नचाहने, केही मान्छेहरू त्यहाँ आए । द्येउवीलाई एक्लैे छोडेर इश्वरा मानिसहरूसँगको सञ्चारका लागि हिड्छ । त्यो ठाउँमा अब बीस परिवार भइसकेका छन् । मूर्तिका विषयमा कुनै किंवदन्ति वा दन्त्यकथा छैन । मानिसहरू आफ्नै हिसावले समय बिताउन बाध्य छन् । माटो उर्वरा छ । सम्पर्कमा रहेका नजिकका गाँउहरूबाट उनीहरूले बिँउहरू ल्याए । कतिपय बिँउहरू त्यही प्राप्त छन् ।
यो ठाउँका आदिम बासिन्दाहरू पनि उनीहरूसँग आएर बस्न थाले । उनीहरू आफूले आफूलाई निवा भन्छन्, नबुझिने भाषा बोल्छन् । यी सबै मिलेर बस्न थाले । त्यहाँ बस्न थालेका मानिसहरू मध्ये कसैसँग माटाकोे भाँडा बनाउने, कसैसँग फलामको औजार बनाउने, कसैसँग के, कसैसँग के सीपहरू छन् । जङ्गलमा भौतारिरहेका घरेलु पशुहरूलाई उनीहरूले नियन्त्रणमा लिएर पाल्न थाले ।
इश्वरा र द्येउवीको कोखबाट सातओटा सन्तान जन्मिसकेका छन् । ईश्वरा र द्येउवीले यो ठाउँलाई गाउँको रूपमा स्थापना गर्न दुःख, परिश्रम वा मेहनत गरे । गाउँका सबै मानिसहरूको नित्यकर्म मूर्ति पूजा हुनगयो ।

पूmलबारीमा विभिन्न रङ्गका पूmलहरू फुलेका छन् । द्येउवीले फूलबारीलाई व्यवस्थित गरेकी छ । फूलहरू मुस्कुराएका मात्र हुन भँवराहरू मोहित भएर चारैतिर घुम्छन् । भँवराहरू कहिले कुन फूलमा बस्छन् कहिले कुनमा । दृष्य मनोरम छ । द्येउवी टाढा बसेर हेरिरहेकी छ, आकर्षित देखिन्छे । फूलहरू मात्रै हैनन्, भँवराहरू पनि विभिन्न किसिमका छन् । कुनै ठूला, कुनै साना छन् भ्रमराहरू ।
क्षितिजको दृष्य समय सुहाउदो र मनोरम छ । गाउँको दृष्य सामान्य छ । खेतमा धानका बाला लहराइरहेका छन् । मानिसहरू खेतका आलीमा हिडिरहेका छन् । चौरमा केटाकेटीहरू खेलिरहेका छन् ।
द्येउवी फूलबारीमा रहेको एउटा ढुङ्गामा टुक्रुक्क बसेकी छ । इश्वरा पनि द्येउवीलाई खोज्दै त्यही आइपुग्यो ।
“बस इश्वरा” द्येउवी प्रेममय भावमा बोली ।
“तिमी आज किन यहाँ, हातमा कुनै खन्ने, काट्ने हतियार छैन ।”
“आज मसँग आँखा छ, मन छ । आज म छु तिमी छौ र हाम्रो प्रेम छ । हाम्रो दुनियाँ हाम्रो प्रेम बाहेक अरु के छ र ?”
“हाम्रा छोराछोरी ठूला भएपछि आ—आफ्ना बाटो हिड्छन् । हाम्रो मृत्युपछि हाम्रो प्रेम पनि टुङ्गिनेछ । यस्तो लाग्नेछ मानोै हाम्रो भेट न पहिले भएको थियो, न अहिले भया,े न कहिल्यै हुनेछ । प्रेम अमर हुने कुनै उपाय छैन ।”
“मानवसँग त्यो सामथ्र्य कहाँ ? देवदेवीसँग मात्र त्यो सामथ्र्य होला हामीले त्यस्तो आशा गर्नु बेकार छ । यदि हामी देवदेवी हौ भने हामीले केही गर्नु पर्ने जरुरत छैन त्यो स्वतह भइ जानेछ ।” इश्वराले भन्यो ।
“यी भँवराहरू हेर इशु यिनीहरू कति चाह लिएर घुमिरहेका छन् ।”
“फूलहरू पनि लालशा भरिएको आँखाले हेरिरहेका छन् ।”
“यत्रा भँवराहरू माझ एउटा फूल एउटै भँवराको मात्र हुनसक्छ र ?”
“तिमी इच्छा अनुरूप दृष्यवान् र अदृष्य हुनसक्ने चमत्कारीक जातकी, सौन्दर्य र समर्पणकी परी । म एउटै पूmलमा रहने भँवरा, तिमी एउटै भँवरासँग सतुष्ट रहने परीजात ।” केहिबेर एकअर्कालाई हेरेर मौन बसे उनीहरू ।
“त्यस्तो समय पनि आउला जब भँवराहरू एउटै फूलसँगको एउटै रसभोगपछि मरिजाउँन अनि फूलहरू पनि अनेकसँग अनेक रसभोगमा पनि बाँँची रहुन त्यस्तो जमाना आओस ।” यति बोलिसकेपछि केहिबेर सुस्ताई अनि प्रसङ्ग परिवर्तन गर्दै बोली “तिमीलाई लाग्छ, यो मूर्तिसँग सम्बन्धित कुनै प्रेमकहानी होला ।”
“विभिन्न प्रेम कहानीहरू प्रसिद्ध छन् । हाम्रो जस्तो प्रेम, सफल प्रेम, अमर प्रेम । जीवितझै देखिने यो मूर्ति, ढुङ्गा हैन, हामी दुईको सम्पूर्ण दुःख हर्न सक्ने ।” इश्वरा भक्तिभावमा बोल्यो । फूलवारीको डीलमा बसेका उनीहरु एक अर्कामा आसन्न रहेर कुरा गरिरहेका छन् ।
“पवित्र प्रेमको प्रसार र परिभाषित गर्ने देवी हुनुपर्छ यिनी । प्रेमको नामकरण गरेर जगत्का खुशीहरु मुस्कानमा अटाएकी, आँखा र ओठहरुमा पवित्रता लुकाएकी, आस्था र अनास्थाकी निर्जीव देवी, हामी दुईको अभिन्न मित्र, निर्जीव रहेर पनि सजीव लाग्ने, दुखान्त जगत्मा आशा, विश्वासको जाल फैलाउन सफल पवित्रताकी देवी ।”द्येउवी आत्माबाट निक्लेको स्वर झै लाग्ने आवाजमा बोली ।
“एक हातमा फूल छ, बाँकी हातमा हतियार भए पनि । नरम कोमल पवित्र फूल । युद्धका साथसाथै प्रेम पनि छ । तिम्रो मेरो जस्तो प्रेम । सफल प्रेमको अन्जाम हुनुपर्छ यो मूर्ति । यस्तो लाग्छ यौनयोगको मध्यमध्य यो रूप धारण गरेकी होलिन, शरीर नाङ्गो छ । कन्याकुमारी तथा कुमारीत्व नरहेको दुबै अवस्थाको झझल्को छ । बच्चा जन्मेको कुनै लक्षण पाइन्न शरीरमा । यस्तो पनि लाग्दैन कि यिनले यौनयोगलाई दोस्रो, तेस्रो चोटि पनि भोगिन् । शरीरका सबै अङ्ग अङ्गबाट प्रेम प्रस्फुटित छ । क्रोध, रिस, इष्र्या, घमण्ड केही छैन । हातका हतियारहरु पनि आक्रमणका लागि तयार छैनन् । प्रतिरक्षाका निम्ति जस्ता लाग्छन् । स्तनहरु कसिला छन् । अब तिमीनै भन के भनेर पुकार्नु पर्ला हामीले ?” टाढा टाढा क्षितिजलाई नियाल्दै ज्यादै गहन गम्भीर भयो इश्वरा ।
“प्रेमकी पवित्र देवी ” द्येउवी उत्साहित देखिई ।
“प्रेमकी देवी ” इश्वराले नामकरण ग¥यो ।
“तिमी छ्यौ म छु, हामी बीच प्रेमकी देवी छिन् । उनी देवी, हामी भक्तजन, देवी समक्ष विश्वशान्तिको कामना गरौं हामी दुबै । ” द्येउवी नतमस्तक भावमा बोली ।
“ओठमा पराग फुलेझै लाग्छ । अनुराग झुलेझै लाग्छ । विश्वशान्तिप्रतिको हाम्रा मायामोहहरु, हाम्रो प्रेम, अमर रहेस यो धरतीमा । शीतल, शान्त, स्वच्छ पवनहरु प्रेम र शान्तिको सन्देश बोकेर बगिरहुन् । कालान्तर युग युगान्तर । यिनलाई दुख्यो, होला हामीलाई पनि दुख्छ । आउ इष्र्या, द्धेष, जलन, पिसेर, मलहम बनाऔं प्रेम र शान्तिको सन्देश प्रसारण गरौ युगौंयुग । निश्चय नै प्रेमकी देवी तिमीले तयार पारेको भाखालाई हामीले सङ्गीत दियौं मयुरहरु नाचे नाचेनन्, प्रेम तथा शान्तिपूर्ण अनुराग झुले झुलेनन् । निश्चय पनि उनको शक्तिकै कारण तिमी र म आज यस लोकमा छौ ।” इश्वरा बोल्यो ।
“मेरो देवता, सृष्टिकर्ता तिमी हौ । तिमीले मलाई द्येउवी बनायौं नत्र म देउकी थिए । पुरुषका निम्ति स्त्री देवी हो अनि स्त्रीका निम्ति पुरुष देव हो । पक्कै पनि जस्को यो मूर्ति हो तिनी महान थिइन्; परम शक्तिशाली थिइन्; यसैले उनका चार हातहरू छन् । युद्धका बेला म पनि मेरा दुई हातबाट चार हात बराबरको काम लिनसक्छु ।”
“तिमी महान् देवीलाइ मानिस भनेर दाँजी रहेकी छ्यौ । तिमी महान् शक्तिको उपहास गरिहेकी छ्यौ । देवीको तुलना तिमी आफूसँग गरिरहेकी छ्यौ । यदि तिमीले गरेका कुरा सत्य हुन भने तिमी पनि देवी हौ महान् देवी, जस्ले मानवजातिको सभ्यताका लागि आफ्नो ज्यान दिए । मूर्तिसम्म आइपुग्ने बाटो तिमीले रोजेकी हौ ।”
मूर्ति उनीहरुलाई देखेर, कुरा सुनेर मुस्कुराइरहे झै लाग्छ ।

दहलाई निकास दिन उसले अरु साथीहरूसँग मिलेर डाँडो फुटायो । यो डाँडो काट्न, फोर्न उनीहरूलाई निकै लामो समय लाग्यो । निकास भेटे पछि दह बगेर गयो । दहको पानीमुनि रहेका सर्पहरू देखा परे । सबैले यी सर्पहरुलाई नाड भने । द्येउवीले नाडहरूको पूजा गर्ने तरिका निकाली । नाडहरूले खासै बिगार गर्न सकेनन् । सारै ठूला अजिङ्गरहरूका निम्ति द्येउवीको तरबार नै काफी भयो । मैदानको बीचोबीच बगेका खोलाहरूको नाम उनीहरूले वाघमथी, वैणमथी राखे । यतीखेरसम्म यो ठाउँमा करिब पचास घर बसिसकेका छन् ।
इश्वरा समयसमयमा गाउँबाट भ्रमणको निम्ति निस्कन्छ । यो उसको नियमित प्रक्रिया हो । यसरी हिड्दा इश्वरा आयात र निर्यात गर्छ – सभ्यताको, संस्कारको, ज्ञानको, उन्नतिको, प्रगतिको ।
यस पालि इश्वरा निकै लामो समयसम्म हरायो । जब आयो, उसले ज्योतीषी, आयुर्वेदाचार्यलाईसँगै लिएर आयो । उनीहरूको भाषा बुझ्न सबैलाई हम्मे हम्मे प¥यो । उनीहरू परिवारसहित आएका हुन् । यिनीहरूले बताए अनुसार इश्वरा अर्को देशमा घोडाले तान्ने बग्गी वा गाडाको चालकका रूपमा काम गर्दछ । दाजुभाइको राज्य सम्बन्धी लडाइँमा आफ्नो बुद्धि र सुरवीरताका कारण आफ्ना पक्षकालाई जिताएर यिनी यहाँ फर्केर आउन सफल भएका हुन् ।
समय बित्यो । बितेरै गयो । यो ठाउँ उर्वरा भूमि निस्क्यो । यहाँका मान्छेहरू खेती किसानी गरेर बाँच्न थाले ।
करिब पचास वर्ष पुगेपछि इश्वरा थला परे । देशबिदेश घुम्न छोडेको निकै वर्ष भइसकेको छ । आयुर्वेदाचार्यले धूलो, गोली, रस सबै किसिमका ओखतीमुलो गरे तर कसैको केही लागेन । रोगले दिन परदिन च्याप्दै लग्यो । सुधार हुने कुनै सङ्केत देखिएन । इश्वराका पाँच छोरा मध्ये तीन देश–परदेश गएका छन् । दुई जनामात्र घरमा छन् । अलि अलि बोल्दै थिए इश्वरा, एकदिन त्यो पनि बन्द भयो । द्येउवीले आफ्नै ज्यान जान लागेको जस्तो गरी सेवा गरी । ऊ पनि बूढी भइसकेकी छ । द्येउवीलाई हिजै हो जस्तो लाग्छ यहाँ आइपुगेको । इश्वरा मर्ने अवस्थामा पुगिसके । हातको इशाराले द्येउवीलाई ‘म मर्छु अब’ भने । द्येउवी एकोहोरो नियाल्न, टोलाउँन थाली । द्येउवी लगभग पागलसरि भइन् ।
त्यो दिन दिउसो इश्वरा खस्यो । इश्वराका सबै शारीरिक क्रियाकलापहरू बन्द भए, ऊ म¥यो । बेलुकै सबै मिलेर उसलार्ई विधीविधानका साथ जलाउन बाघमथीको श्मशानघाट लगे । छोराहरूले आफ्नो काम पुरा गरेपछि लास जलाउन थालियो । आँगोको लप्टा आकाश छुन चाहेझै धुवासहित आकाशतिर लप्क्यो । वातारणमा मासु बलेको नराम्रो गन्ध फैलियो । सुस्त, मस्त गतिमा हावा चलिरहेको छ । आँगोले बल्नु नपर्ने कुनै कारण छैन । हावाको साहारा पाएर आगो झन झनै बलिरह्यो । अँध्यारो भइसकेको छ । श्मशानघाटमा आइमाईहरूलाई आउने अनुमती छैन तर कहाँ, कताबाट हो कोनी घाटमा द्येउवी देखा परी । उसलार्ई रोक्ने कोसिस कसैले गर्न सकेन । इश्वराको लास जलिरहेको देख्दा उसलार्ई आफै जलिरहेको झै भान भयो । जताततैबाट शरीर जलेको आभासले ऊ आत्तिई । इश्वराको लास जलिरहेको हेरेर बस्न उसलार्ई अति कठिन भयो । उसलार्ई लाग्यो आफैलाई भत्भती पोलिरहेको छ । आँगोको पोलाईले मरणासन्न भएको उसले महसुस गरी । ऊ कसैसँग छोराहरूसँग पनि केही बोलिन । अचानक कुदी र जलिरहेको चितामा झ्वाम्म हाम्फाली । छोराहरू चिच्याए । बचाउन खोजे । कसैले केही गर्न सकेनन् । सबै छक्क परे । जे हुनु भइसकेको छ । द्येउवी र इश्वरा एउटै चितामा जले ।
प्रेममा अर्पित, प्रेममा समर्पित वीरङ्गना महिलाहरूले यो चलन शुद्ध र पवित्र आशयले सुरु गरे, पछि सम्म पनि चल्यो यो प्रथा । यसलाइ सती जाने प्रथा भन्न थालियो ।
उनीहरूका छोराहरू सुरबीर र विद्धान निस्के । उनीहरूले आफ्नो बुबाको जीवनीलाई बढाइ चढाइ किताब लेखे । धन्य ती बुद्विमान अग्रजहरू जसले हामीलाई सभ्यताको यो सीमासम्म डोहो¥याए । ती महान पूर्वजहरूलाई अभिवादन नगरी यो अध्यायको अन्त्य हुन सक्दैन ।




ब्रम्हाण्ड, तारा, ग्रह, सूर्य, पृथ्वी, आकाश, हिमालय, मरुभूमि, पहाड, तराइ, रुख, बिरुवा, जनावर, समुन्द्र चट्टान, पानी, हावा, बादल, अग्ला अग्ला घरहरू, जीवन, भाषा, संस्कृति, नियम, कानून, विचार, दर्शन अनि बस्ति, मानव – सिलसिला सृष्टिको ।
पृथ्वी ……… – …….. – नेपाल – काठमाण्डौ – मन्दिर – भक्तजन – पूजासामाग्री – पूजा – ऊ – मानवको इतिहास ।
ऊ टोलायो । यो अचानक भयो तर सधै यस्तै हुन्छ । यो कुनै नौलो अवस्था हैन । ऊ प्रायः बिहान मन्दिर आउँछ । पूजा गर्छ । पूजा गर्दा कहिले पनि मूर्तिको खुट्टा ढोग्दैन । भक्तिमा पूर्ण लीन रहेर पूजा गर्छ । सधै फूलले मात्र पूजा गर्छ, पैसा पनि चढाउँदैन । पैसा नभएको कहाँ हो र ? पूजा गर्दा अबिर र अन्य सामाग्री केहीँ पनि प्रयोग गर्दैन । मन्दिर बाहिर निस्कन्छ । एउटा ढुङ्गामा बसेर टोलाउछ तर धेरैबेर टिक्दैन । पन्ध्र मिनेटपछि मन्दिर परिसरबाट पनि बाहिरिन्छ ।
यो मन्दिर ‘प्रेमकी देवी’ नामले प्रसिद्ध छ । यहाँ सधै भक्तजनहरूको भीड रहन्छ । चारहात भएकी, मूर्तिमै अति सुन्दर लाग्ने, बोली हाल्छिन् कि भनेर शङ्का गर्न सकिने, दुई हातले तरबार र खँुडा उज्याईरहेकी, स्तन नछोपिए पनि यौनाङ्ग छोपिएकी सारै मजबुत र उत्कृष्ट ढुङ्गाद्वारा निर्मित छिन, देवी । अपार आस्था र विश्वासका कारण भक्तजनहरू भेला हुन्छन्, यो मन्दिरमा तर बाहिर माग्न बस्ने गरिब तथा रोगीहरूको दुःख हरण गरेकी छैनन् देवीले । सबै भन्छन् तिनीहरू पापी हुन् । यो जन्ममा नभए अघिल्लो जन्ममा पाप गरेका थिए तिनीहरूले । शहरवासीहरू ठान्छन् देवीले धेरैलाइ पापबाट मोक्ष, मुक्ति दिलाएकी तथा रोग निवारण गरेकी छिन् । सबैले यो मन्दिरमा आएपछि एक किसिमको शान्ति, मतिष्कको योग र आत्मविश्वास जितेका छन् ।
मन्दिरको उत्पत्तिका विषयमा कोही कसैसँग कुनै किंवदन्ति छैन । कोही कसैलाई केहीँ थाहा छैन । कहिँ कतै कुनै पत्र, लिखत वा अभिलेख छैन । यिनी आस्था, विश्वास र प्रेमकी देवी हुन् । किबंदन्ति वा कथाकी देवी हैनन् यिनी । राजा वा ब्यक्तिहरूले मन्दिर र धर्मशालाहरू बनाएको विभिन्न शिलालेख पाइन्छ । जे जस्ता अभिलेख छन, ती कुनैमा पनि यी देवी, मूर्तिको विषयमा कहीँ केही लेखिएको छैन ।
मन्दिरमा खासै त्यति भिड छैन । सानै उमेरका, विवाह नभएका कन्याकुमारीहरूलाई पूजा गरेर, खुट्टा ढोगेर दानदक्षिणा दिनेहरू थुप्रै छन् । अद्यापि विशिष्ट अवसरहरूमा घरघरमा यो चलन छ ।
आज शनिवार, ऊ पूजा गरीवरी टोलाउन थालेको छ । बिहानीको समय, घाम झुल्किसकेको छ । सधैझै आज पनि टोलाएर देवीको मूर्ति हेरिरहेको छ । यहाँबाट मूर्तिको अनुहार स्पष्ट देखिन्छ । टोलाएर एकाग्र भएकोछ । सामान्य भन्दा अलि फरक अवस्थामा पुगिसकेको छ । आज अनोैठो भइरहेछ । बेहोस हुन आटे जस्तो पनि छैन अनि सामान्य अवस्थामा पनि छैन । उसलाई कुनै अर्कै दुनियाँमा छु भन्ने आभास हुन थालेको छ । आँखाले सामान्य दृष्यहरू नै देखिरहेको छ । तर किन …. ?
अचानक मूर्तिको टाउको चलमलाउँछ । लाग्छ मूर्तिबाट निस्केर कुनै मानव आकृति ऊतर्फ आइरहेछ । वास्तवमै मूर्तितर्फबाट कुनै मानव आकृति आइरहेछ – हुबहु मूर्ति । हिडेर आइरहेछ मूर्ति । मूर्तिको मानव आकृति, सामान्य मानव, आधुनिक कपडासहितको मानव आकृति आइरहेछ । आउने आकृतिको अनुहार मूर्तिको अनुहारसँग ठ्याक्कै मिल्छ । मूर्तिको अनुहार भएको मानव नजिक आइसकेको छ । सबैले ठम्याउन के सक्नु तर मूर्ति हेरेर टोलाएको छ ऊ । उसलार्ई मूर्तिको मानव आकृति कस्तो किसिमको होला राम्ररी थाहा छ । मूर्तिको मानव आकृति उसलाई नै हेर्दै उतिरै आइरहेको छ ।
ऊ उठ्यो, परिचित मान्छेहरूसँग बोलेको झै बोल्यो “कहाँ हिड््यौं ।” उसले यी युवतीलाई कहिलेै पनि नदेखेको हुनसक्छ र ?
“तिमी नि…………।” युवती पनि चिनेकोझै बोली, बोलीचालीमा अङ्ग्रेजी भाषाको प्रयोग भइरहेको छ ।
“पार्कमा जौं, एकछिन बसौं ।” युवतीले इश्वरको हात समाती । उनीहरू दुबैजना घनिष्ठ मित्रझै हात समातेर फुर्तिकासाथ हिड्न थाले । मोडमा मोडिनुभन्दा अगावै इश्वरले मन्दिरको मूर्तितिर हे¥यो । देवीको मूर्ति मन्दिरमा जस्ताको तस्तै बोलुँला झै छ ।
उनीहरू चौर पुगेर घाँसमा बसे । एक आपसमा धेरै नजिक बसे । टासिएरै बसे । चौरमा प्रभात पदयात्रा गर्ने र खेल्नेहरू छन् । सौेहाद्रपूर्ण हार्दिक रमाइलो वातावरण छ ।
“आउ हामी पनि कुदौँ” युवती बोली, इश्वर केही नभनी उठ्यो । दुबैजना एक अर्कालाई हेर्दै कुद्न थाले । बेलाबेला उनीहरू एक अर्कालाई हेर्दै हास्थे । जब थाके स्वाँ…स्वाँ गर्दै बसे ।
“तिमी के गर्दैछ्यौ, आजभोलि ?”
“मैले भर्खरै ग्रेजुएशन गरे । छ महिनापछि स्नातकोत्तरको पढाइ सुरु हुन्छ । तिमी नि ।”
“म विश्वविद्यालयमा पढाउँछु । तिमी बिदेशी जस्तो देखिन्नांैे ।”
“तर म बिदेशी हँु, अमेरिकामा जन्मिएकी ।”
“तिम्रा कपाल काला छन् । तिम्रा आँखा काला छन्, तिम्रो छाला गहुगोरो छ । तिम्रा कपडाहरू बिदेशीका जस्ता छैनन् ।”
“सबेैले त्यसै भन्छन् । यी कपडाहरू मैले यही किनेकी म हिन्दु संस्कार, संस्कृतिको विषयमा अध्ययन गरिरहेकी छु । यसैकारण म मन्दिर गए । मन्दिरहरूमा क्रिस्चियनहरूको प्रवेश निषेध छ तर म भाग्यमानी रहें ।”
“मानव सबै मानवै हो चाहे त्यो क्रिश्चियन होस या हिन्दु, बौद्ध अनि के के । धर्म, जे होस मानव मानवै हो । यदि जगतलाई परमआत्माले बनाएको हो भने ईश्वर एउटै छ । यदि ईश्वर मानव हो भने मात्र समुदायअनुसार फरक फरक हुन्छ ।”
“तिम्रो सोच हो, हुनसक्छ मेरो पनि सोच हो, तर तिम्रो धर्म वा मेरो धर्म त्यसो भन्दैन । धर्मको भनाइ हाम्रो बाँच्ने आधार हो ।”
“ मलाई त्यस्तो लाग्दैन । धर्मको भनाइ हाम्रो बाँच्ने आधार होइन । ”
“ भै गो गम्भीर विषयमा छलफल नगरांै, भन तिमीले मलाइ चिने जस्तो किन ग¥यौ”
“तिमीले पनि पहिलो भेटमै ।”
“हाम्रो संस्कारमा सामान्य कुरा हो । तिम्रो संस्कारमा लाज छ, सङ्कोच पाइन्छ । तिमीहरू पनि हाम्रो संस्कार वा सभ्यताको अवस्थामा कुनै दिन, सायद चाँडै पुग्नेछौ । ”
“ होला सायद, म लोग्नेमान्छे हु र तिमी केटी हौ हामी बीच एक प्रकारको आकर्षण युगौं देखि छ, हैन र ?”
“त्यो आकर्षणलाई नै प्रेम भनिन्छ होला ।”
“प्रेम” उसले एउटा लामो निश्वास तान्यो र निराश भावमा निश्वास छोड्यो, सोच्यो ‘ढुङ्गाको मूर्तिलाई प्रेम गर्न सकिन्छ र ?’
“आजको लागि हामीले छुट्टिनुपर्छ । मैले कलेज जानु छ । किर्तीपुर पुग्न मलाई समय लाग्छ । तिम्रो मोबाइल नम्वर वा त्यस्तो कुनै कम्प्युटर ठेगाना ।”
“तिमीलाई त्यस्तो लाग्छ, हामीलाई भेट्नका निम्ति कुनै सहारा वा सञ्चारको जरुरत पर्छ ।” ऊ गजब अन्दाजमा मुस्कुराई ।
उनीहरूले एक अर्कालाई हेरेर सुन्दर संसारको सम्पूर्ण वर्णन भएको महसुस गर्न सकिने मुस्कान मुस्काए । हात मिलाए र टँुडिखेल बाहिर आए । युवती रत्नपार्कतिर हिडी, इश्वर सुन्धारातिर ।
इश्वरले यो भेटलाई आश्चर्यजनक अनौठो घटना ठानेन । उसको विचारमा यो अनन्तदेखि निरन्तर चलिआएको सृष्टिको अनौठो कला हो । यो कुनै दैवी घटना हो, उसलार्ई यस्तो लागेन । पृथ्वीको उत्पत्ति र त्योसँग जोडिएको नित्य निरन्तर घट्ने नियमित घटनाक्रम हो यो । यो प्रसङ्ग आफ्नो बहिनीसँग कोट्याएन । कोट्याउनु पर्ने आवश्यकता ठानेन । ज्यादा समय मानव शरीरलाई चिरफार गरेर बिताउने डाक्टर बहिनीसामु देवदेवताको विषयमा कुरा गर्नु अनावश्यक लाग्छ । बहिनी सर्जन हुनुलाई कसरी हेर्नु वा सोच्नु पर्ने हो, थाहा छैन । बहिनीसँग मानव हुनुको अर्थ, ज्ञान, आभास र चेतना छ । मानवको दुःख, चोटका साथ ज्यादा समय बिताउने कामना महसुस गरेकै कारण हुनुपर्छ, मानव शरीरको चिरफार गर्न सफल छे वा मानवप्रति कठोर, निर्मम छे वा एउटा मान्छे मार्ने, मृत्युदण्ड दिने क्रुर पेशाभएको मान्छे हो यसैले मानव शरीरको चिरफार गर्छे । कहिलेकाहीँ बहिनीप्रति उठ्ने तरङ्ग हो यो ।
देवीको मन्दिर नगई दिनहरू बित्न थाले । बिहानै पाँच बजे उठेको हो तर मन्दिर जाने कुनेै जाँगर चलेन वा चलाएन । अचानक भेट भएकी युवतीको विषयमा त्यति धेरै सोचेन । एउटा अद्भुत, अलौकिक, दिव्य र प्रेममय प्राकृतिक आभास भने भइरह्यो । फुर्सद पनि भएन र ज्यादा व्यस्त पनि रहेन । बहिनीका विषयमा धेरै सोच्दैन, ऊसँग धेरै समय बिताउने मौका पनि पाउँदैन । बहिनी धेरै समय अस्पतालमै बिताउछे । यो उचित पनि हो । कहिलेकाहीँ ऊ बुबाको व्यापारिक पार्टीमा सामेल हुने गर्छ । धेरै पिउँदैन तर पिउँछ । त्यसदिन पार्टीमा दुई बजे रातीसम्म नाच्न, कुरा गर्न, खान, पिउनमा व्यस्त रह्यो । अङ्ग्रेजी पढाउछ, देश विदेश घुमेको छ, उसको सोच पनि अङ्ग्रेजहरूको झै छ ।
दुई बजे राती सुतेको मान्छे अचानक पाचै बजे उठ्यो । हतार गर्दै ढुङ्गाको मूर्ति राखिएको मन्दिर पुग्यो । मन्दिर वरिपरि घुमेर भित्र गइ आफ्नो शैलीले पूजा गरेपछि देख्यो – अस्ति भेटिएकी युवती मुस्कुराईरहेकी छ । एकक्षणका लागि लाग्यो देवीको मूर्ति सजिव भएर सामुन्ने उभिएको छ । मन्दिरमा हे¥यो मूर्ति जहाँको त्यही छ ।
“शुभप्रभात ।” युवती मुस्कुराई ।
“के छ, आरामै छ्यौ ।”
“तिमीलाई नि ……. ।” उनीहरू एक अर्काको हात समातेर रत्नपार्कतिर लागे ।
“अस्तिको भेट पछि ………….. ।”
“म पोखरा गएकी थिएँ, गुफाहरू हेर्न । मुस्ताङ पनि पुगे । अग्लाअग्ला चट्टानहरूमा भएका óयाल जस्ता गुफाहरू भित्र पसँे । तिमीले पनि देखेका हौला ती गुफाहरू, के प्राचीन युगका मान्छेहरू त्यो गुफामा बस्थे होलान ? किताबमा पढ्न पाइन्छ; त्यतिखेरका मान्छेहरू गुफा वा ओडारमा बस्थे अरे ।” कुरा काट्दै ऊ बोली ।
“सम्भवत मान्छेहरू त्यस्तै गुफामा बस्थे होलान् । तिमीलाई लाग्छ त्यो गुफा एकहजार वर्ष पुरानो हो । मलाई त लाग्छ त्यो गुफा त्योभन्दा पनि पुरानो हो ।”
“एउटा कुरा भनौं तर तिमी विश्वास गर्दिनौ होला ।”
“के भन त । ”
“मन्दिरमा भएको मूर्तिलाई सिँगारपटार गर्ने हो भने त्यो र तिमीमा सामान्य फरक मात्र हुने होला । अहिले पनि त्यो मूर्ति र तिम्रो शारीरिक बनावट तथा अनुहार उस्तै छ । तिमीसँग भेट हँुदा मलाई त मूर्तिसँगै कुरा गरेझै लाग्छ ।”
“उदेकलाग्दो कुरा हो, कुनै किसिमको आन्तरिक भावका कारण यस्तो सम्भव भएको होला । यस्तो हो नै भने पनि यो संयोग होला तर एउटा कुरा भन मानवहरू ढुङ्गाको मूर्तिलाई पूजा किन गर्छन् ?”
“दक्षिण एशियाली देशका धेरै मानिसहरू ईश्वर वा भगवान्को अस्तित्वलाई स्वीकार्छन र ठान्छन् – देवताहरू अमर छन् । कालखण्डको भेद हो समय अनुरूप देवताको रूप फेरिन्छ । यो युगमा देवताहरू ढुङ्गाको रूपमा छन् । देवताहरू, यै रूपमा पनि सृष्टि सञ्चालनको महान कार्य गरिरहेका छन् । ईश्वर यति शक्तिवान् छ कि जीवित अवस्थामा नरहँदा पनि सृष्टि सञ्चालनको महान् कार्य गर्न सक्छ । उनीहरू कहिले मानवको रूपमा हुन्छन, कहिले पशुपन्छीको रूपमा, कहिले ढुङ्गा । उनीहरू अनेकौं रूप धारण गरेर जन्म लिरहन्छन् – पृथ्वीमा ।”
“तिमीलाई लाग्छ मानवहरूको पुनर्जन्म हुन्छ । मलाई त त्यस्तो लाग्दैन ।”
“मलाइ पनि त्यस्तो लाग्दैन । मानवहरूको जीवनचक्रमा पुनर्जन्म हुदैन ।”
“तिम्रो नाम के हो ?”
“डेवी ”
“तिम्रो ”
“मेरो नाम इश्वर हो, तिम्रो नाम डेवी कसरी भयो, के म तिमीलाई देवी भनेर बोलाउन सक्छु । तिमीलाई थाहा छ नेपालीमा देवी भनेकोे स्त्री देवता हो । इश्वरको अर्थ देवता भन्ने लाग्छ, तिमी देवी अनि म देवता ।” उनीहरू मनग्गे हाँसे ।
“यो एउटा आश्चर्यजनक संयोग हुनसक्छ । ”
डेवीले नेपाली पहिरन लगाएकी छे । कुनै कोणबाट पनि बिदेशी लाग्दिन, कालो कपाल, काला काला आँखा, कानमा सुनको मुन्द्रो । नेपाली केटीमा पाउने लाज, शरम छ तर नेपाली बोल्न जान्दिन । करिब पच्चिसकी छ ।
“तिमी नेपाली भाषा सिक्न चाहन्छ्यौ । ”
“थाहा छैन तर सायद म त्यस्तो चाहन्छु किनभने मैले हिन्दी र अलिअलि उर्दू सिकेकी छु । अझै सिक्न चाहन्छु ”
“तिमीसँग कहिले सम्मको भिसा छ । ”
“जम्मा तीन महिनाको भिसा छ । दुइ महिना बितिसकेको छ । तिमीलाई थाहा छ म कुमारी छु । यौनको विषयमा तिम्रो विचार के छ ? ”
“घोर आश्चर्य त्यो संस्कार, त्यो समाजमा बसेर पनि तिमी कुमारी छ्यौ । यौनका विषयमा कोरा मान्छेसँग तिमी यस्तो प्रश्न सोधिरहेकी छ्यौ । अनुभवी छुइन र तिमीलाई थाहा नहोला, म यौनप्रति त्यति धेरै रुचि राख्दिन । ”
“मेरो आमा आइरिस हुन र बाउ अङ्ग्रेज । मैले सानैमा बुबाआमा बीचको यौन संसर्ग धेरैचोटि देखे, त्यसपछि मलाई यौनप्रति एक किसिमको विरक्तिपना उत्पन्न भयो । म यौनदेखि टाढै रहन थाले । मलाई धेरै मुस्किल परेन । कहिँ कहिँ एच. आइ. भि. पोजिटीव भएको छ भनेर पनि भन्नु प¥यो तर आज म सन्तुष्ट छु ।” डेवी बोली ।
“तिम्रो सोच आश्चर्यजनक रूपमा अनौठो छ ।” इश्वरले अचम्म मान्यो ।
“प्रेमलाई के ठान्छौ तिमी ?” डेवीको प्रश्न ।
“इश्वरको अनौठो कलाकृति हो प्रेम । दिव्य भावना, जुन भावना वा कलाले जीवित जातिको आदिदेखि अन्त्यसम्म राज गर्ने छ यो धरतीमा ।” इश्वरको जवाफ ।
“के तिमीमाथि प्रेमले राज गरेको छ ?” डेवीको अर्को प्रश्न ।
“पक्कै पनि तर मेरो प्रेम कुनै केटी भइ भने त्यो कुनै अनौठो घटना हुनेछैन । सबैका प्रेम प्रायः विपरीतलिङ्गी नै हुन्छन् । त्यसो त आमा, छोरा, बाबु, छोरी यस्तै रगत सम्बन्धी भएकाहरूको पारिवारीक प्रेम र मानव, मानवबीच हुने प्रेम कुुनै अनौेठा घटना नभइ जीवनको विशेषता हो । विज्ञानले मान्नुपर्छ यो मानव सत्यलाई ।” जवाफको क्रम ।
“हाम्रो भेट फेरि फेरि नहोस के तिमी यस्तो चाहन्छौ ?” प्रश्नको प्रहार ।
“हाम्रो भेट फेरि फेरि होस म यस्तै चाहन्छु । मलाई लाग्छ देवीको मूर्ति मेरो प्रेम हो । तिमी मेरो प्रेमको छाया हौ । तिमी छाया मात्रै हौ । मूर्तिको जीवन मूर्तिमा छ अनि तिमी मात्र त्यस्को छाया हौं । तिमीसँग यस्तो कुराकानी गरिरहेको छु किनभने म मूर्तिसँग कुराकानी गर्न असफल छु । प्रेम जो म देवीको मूर्तिलाइ गर्छु त्यस्को अभिव्यक्ति सम्भव छैन । ढुङ्गाको मूर्तिप्रतिको मेरो प्रेम, सामान्य सत्य हो, अद्भुत छ । मेरो प्रेम दुर्घटना वा कल्पना हैन । मेरो प्रेम सजीव छ, युग–युग बाँचेको छ र बाँचिरहने छ । धन्य तिनीहरू जस्ले प्रेमलाई शब्द दिए, अभिव्यक्त गरे ।” इश्वरको आश्चर्यजनक जवाफ ।
“तिम्रा कुरा अनौठा छन्, जस्तो कि सपनामा बर्बराइरहेका हौ ।”
संसारका आश्चर्यहरू देखेर मानवहरू अनादिकालदेखि नै आश्चर्यचकित हुने गरेका छन् । संसारका सबै आश्चर्ययलाग्दा घटनाहरू लिपिबद्ध छन् भन्न मिल्दैन । साना साना तर सार्वजनिक महŒव नराख्ने, दिनपरदिन घट्ने घटनाहरू प्रायः प्रकाशमा आउँदैनन् ।

बिहानको शान्त, मनोरम समयमा एकोहोरो सोच्दा इश्वरलाई प्रेम योग हो भन्ने लाग्यो । मस्तिष्कको एकोहोरोपन योग हो । प्रेम विश्वास हो, आस्था हो, प्रेम अनुशासन हो, प्रेम वाद हो, दर्शन हो । प्रेम जीवनपथमा विचलीत नहुन गरिने योग हो ।
ऊ उठ्यो । चित्रहरू रहेको हलमा गयो । उसले नियालेर हे¥यो । प्रायः जसो सबै चित्रमा प्रकृतिको वर्णन पायो । अझ नियालेर हे¥यो कुनै पनि चित्रमा माया प्रेम भेटेन । भौतिकवस्तुको चित्रण, प्रकृतिमा पोतिएका रङ्गहरू सबै सबै फिक्का लाग्यो । सारै उदासियो, यत्रो मेहनत गरुन्जेल यत्रो हुन्जेल प्रेमलाई पहिचान दिन सकेन । निरर्थक हो यो जिन्दगी । अर्थहीन छ जिन्दगी, आफूले आफैलाई धिक्का¥यो । आरामकुर्सीमा बस्यो ।
बहिनी हतारिदै फुत्त कोठामा छिरी ।
“तिमी यहाँ रहेछौ मैले कहाँँ कहाँँ खोजिन ।” उसलार्ई आस जाग्यो सायद बहिनीले कुनै गहन र महŒवपूर्ण प्रेममय कुराकानीका लागि खोजेकी होस् ।
“बस, आरामले बस ।” आज बिदाको दिन हो यसकारण आज केही समय ऊ दाजुसँग बिताउँन सक्छे । आश जागेर आयो, हो न हो बहिनीले आफ्नो कुनै प्रेम, प्रणय, प्रितीका मार्मिक कुराहरू गर्ने छे ।
“तिम्रो जीवन फुर्सदिलो कसरी भयो ” उसले प्रश्न राखी “फुर्सद भएको बेला ड्राइभमा जाने गर । क्लब वा सोसाइटी जाने गर । समयको गतिलाई रोकेर, धेरै समय यो कोठाभित्र किन बिताउछौ तिमी । तिम्रा फुर्सदका उपजहरू तिमीलाई नै जिस्क्याइरहेका छन् जस्तो लागिरहेछ । तिमी बाहिर निस्केर हेर – सारा संसारलाई, विश्वलाई । संसारको गतिलाई हेर । तिमीले फुर्सदलाई घृणा गर्ने छौ । तिमीले तिमीलाई व्यवधान पु¥याइरहने भावनालाई घृणा गर्ने छौ । तिमी फर्केर त्यो ठाउँ पुग्ने प्रयास नगर जहाँबाट तिमी सुरु भएका थियौ कृपया कृपया ।”
उसलार्ई कुनै आश्चर्य लागेन । अधिकांश साधारण मानिसको सामान्य सोच हो यो । आफूले बनाएको एउटा चित्रलाई हेरेर एकहोरियो । प्रतिक्रिया जनाउन आवश्यक ठानेर ऊ बोल्यो –
“यदि तिमीलाई आराम छ भने केही बेर सुस्ताऊ । आफ्ना श्वास प्रश्वास, शीरा र धमनीहरूलाई नियन्त्रणमा राख र सोच यो हल कति सुन्दर छ । सौन्दर्यको भावगर्भलाई प्रष्ट पार्न, कणकणमा प्रेम विजारोपण गर्न, कस्तो प्रेमानन्दको आवश्यक छ यो जगत्लाई ? ती प्रेमानन्द कुन कूची र कस्ता रङ्गहरूले पोत्न सकिन्छ क्यान्भासहरूमा । यो श्रृष्टिको शान्ति र प्रेमलाई कसरी कैद गर्न सकिन्छ यो कोठामा – मद्वारा मद्वारा । तिमी विश्राम गर, प्रेममय बन, भावनामा नबग, भावना तिम्रा अङ्ग अङ्गहरूमा बगुन् । तिमी मलाई सहयोग गर, सुझाव देउ – प्रेमका महान भावहरूलाई मेरा मेहनतहरूले क्यान्भासमा उतार्न सकुन् ।”
“मसँग कोठाबाट निस्क । डिस्को र बार हिँड । आजका प्रख्यात गीतहरू बज्न थाल्नेछन् । युवक र युवतीका जोडीहरू जब कम्मरलाई हातले बेरेर सालसा र डिस्को नाच्न थाल्छन् तब तिमीले आफूलाइ जीवजगत्को सत्य नजिक पाउने छौ । दुनियाँलाई बिर्सन सक्नु नै महान योग हो आजका दिन । मायामोहलाई त्यागेर मान्छेले कर्तव्य र कामतिर अग्रसर हुनुपर्छ । मानिस हुनुकोे सार नै यही हो । तिमी पाँच हजार वर्ष पछाडि फर्कन खोज्छौ, जब मानिसहरूसँग केही पनि काम थिएन । खानु, हिड्नु, यौनमा संलग्न रहनु र मर्नु – त्यति नै थियो मानिसको जीवनचर्या । आजभोलि त्यतिले जीवन चल्दैन । काम नगरी मानवजातिको प्रगति छैन । प्रेमले संसारको प्रगतिमा कुनै पनि किसिमको योगदान गर्न सक्दैन । सौन्दर्य क्षणिक हुन्छ । सौन्दर्यको अनुभूति तब मात्र हुन्छ जबसम्म त्यो अनुभूत गरिन्छ नत्र सौन्दर्यको कुनै अर्थ छैन । प्रेमको अभावमा पनि सृष्टि चलेको थियो चल्छ र चलि नै रहन्छ । प्रेम सृष्टिको सार हैन । कर्म नै सृष्टिको सार हो । ”
“म सहमत छैन । कर्मलाई त्यागेर आसक्तिको आधारमा बाँच भनेर प्रेमले कदापि भन्दैन । कर्मको महŒव आफ्नै किसिमको हुन्छ । प्रेम नहुने, शान्ति नहुने हो भने आजको विश्व आजको स्थितिमा हँुदैनथ्यो ।”
अचानक मोबाइल बज्यो । मोबाइलमा कुरा गर्दै उनी बाहिरिन् । इश्वर टोलाउन थाल्यो । बहिनीको कुरालाई उसले गम्भीर रूपमा लिएन । ऊ बहिनीका कुराहरू प्रायः गम्भीरताका साथ लिँदैन । ऊ व्यस्त छे, व्यस्त रहन्छे ।
“म आमाकाँ जादैछु, तिमी पनि हिड ।”
“तिमी जाउ ।”
“कलेजमा कुनै विद्यार्थीसँग प्रेम भयो होला । राम्री होली आकर्षक होली, समय देली । तिमीलाई बधाइ छ दाइ, प्रेमले मात्र पुग्दैन, विवाह गर्नुपर्छ मलाई चाँडै भाउजू चाहिएको छ । यति ख्याल राख्नु । प्रेम म पनि गर्छु आफ्ना साथीहरूसँग ।”
“त्यस्तो केही छैन तिमी नआत्तिय । ”
ऊ प्रायः अस्पताल मै हुन्छे । छुट्टीको दिन प्रायःजसो आमाकहाँ जान्छे । इश्वरलाई दिने समय ऊसँग ज्यादै कम हुनेगर्छ ।
बहिनी गई । इश्वर अल्छी हँुदै होइन । ऊ चित्र बनाउँछ । चित्र बनाउने क्रममा घण्टौ एक्लै त्यो हलमा हुन्छ ।
छतमा निस्केर उसले चारैतिर हे¥योे । आकाश छ, आकाशमा उडिरहेका चराचुरुङ्गीहरू छन् । विमानस्थलबाट भर्खरै एउटा विमान उड्यो । बाक्लो बादलको कारण क्षितिजसँग सौन्दर्यताको भाव छैन । घरैघर देखिन्छन्, उपत्यकामा । सडकमा मोटरहरू दौडिरहेका छन् । गर्मीको मौसम छ । इश्वर विचलित छ, भ्रमित पनि । के गर्ने, के नगर्ने ? सायदै हो न हो, ऊ कुनै यादगार हुन सक्ने, प्रेमपूर्ण चित्र बनाउन चाहन्छ । प्रेम प्रकट हुने, प्रेमको मोैन भाषा बोल्ने, क्यान्भासमा कूचीहरूद्वारा प्रेममय भावको चित्र सृजना गर्न चाहन्छ । प्रेम र सौन्दर्यमा फरक के ? प्रत्येक सौन्दर्यमा प्रेम हुन्छ, उसलार्ई यस्तो लाग्दैन । प्रत्येक प्रेममा सौन्दर्य हुन्छ यस्तो पनि लाग्दैन । कुरूपहरू बीच पनि प्रेम हुन्छ । सौन्दर्य पनि निर्मम हुनसक्छ । सौन्दर्य र शान्तिको परिभाषा के, प्रेमको परिभाषा के, चित्रकलाद्वारा प्रेम र सौन्दर्यको परिभाषा कसरी स्पष्ट पार्ने ? इश्वर भावनामा बगिरहेको छ यतिखेर कल्पनामा डुब्न चाहदैन ।
ऊ घर बाहिर निस्क्यो, गल्लीमा हिड्न थाल्यो । ढुङ्गा बिच्छ्याइएको यो गल्ली आज अनौठो लाग्यो । मस्तिष्कमा अनौठा अनौठा विचार र भावहरू भएकोले होला अन्यथा सदैव उसको मस्तिष्कमा यो गल्लीप्रति कुनै किसिमको प्रतिक्रिया हुदैनथ्यो । गल्ली प्रायः सुनसान छ । आज कसैले अभिवादन गरेन । कसैले व्यवधान पु¥याएन । हिडिरह्यो । यो गल्ली कुनै प्राचीन समयको ठाउँ जस्तो लाग्यो । विश्वको मानचित्रमा रेखाङ्कित अरु देशहरूको दाँजोमा यो ठाउँ प्राचीन जस्तो हुनु संयोग नभई सामान्य सत्य हो ।
इश्वर कृष्णमन्दिरको प्राङ्गणमा आइपुग्यो । ढुङ्गा विच्छ्याएर बनाएको प्राङ्गण गहिरो मोह प्रस्तुत गर्न खोज्दै सबैलाई आफूतिर आकर्षित गरिरहेको छ । जोडीहरू, बिदेशीहरू, घुम्न आएकाहरू, मन्दिरको सिँढी र अरु भागमा बसेर कुरा गरिरहेका छन् । मन्दिरको मोह सीमारहित छ जस्तो लाग्दैन । कहिँ न कहिँ टुङ्गिएको छ आकर्षण, त्यसप्रतिको मोह पनि ।
इश्वर हिडिरहेको छ, विचलित छैन, विरक्तिएको पनि छैन, केही खोजिरहेछ । के खोजिरहेछ थाहा छैन । हिड्दाहिड्दै बिदेशीहरूको चहलपहल हुने ठाउँमा आइपुगेको छ सायद प्रेमको यथार्थ खोजिरहेछ । सौन्दर्यप्रति आसक्ति छैन तर प्रेमका साथ सौन्दर्य प्राप्त हुनसके सन्तुष्ट हुनेछ । प्रेमलाई महसुस गर्न चाहन्छ । यौनसंसर्गमा प्रेम प्राप्त गर्न सकिन्छ, उसलाई यस्तो लाग्दैन । प्रेम कहाँ हुन्छ ? सौन्दर्यमा हुदैन, यौेनमा हुदैन भने प्रेम कहाँ हुन्छ ? प्रेम क्षणको क्षण प्राप्त हुन सक्छ र ? प्रश्न थुप्रै छन् ।
“हे……… इश्वर” उसलार्ई कसैले ठूलो स्वरमा बोलायो ।
चारैतिर हे¥यो, बोलाउनेलाई देखेन । सोच्यो अरुहरूको नाम पनि इश्वर हुनसक्छ अथवा कसैले वास्तविक ईश्वरलाई पुकारेका हुन् ।
“यता यता…………..”
देख्यो, चिन्यो पनि । डेवी होटलको आँखीóयालबाट बोलाइरहेकी छ । उसले हात हल्लायो ।
“यता आउ” डेवीले बोलाई तर इश्वर जान चाहेन । इशाराले इन्कार ग¥यो । डेवी कुद्दै आई, इश्वरको हात समाती र तानेर लगी ।
“नमस्कार” त्यो टेबिलमा अरु दुइ केटाहरू पनि छन् । टेबिलका केटाहरूले अभिवादन गरे । उनीहरूको अभिवादन फर्काउदै ऊ बस्यो ।
“काठमाण्डौ राम्रो छ । काठमाण्डौमा थुप्रै संस्कारहरू छन् । नेपालीहरू शान्ति चाहन्छन् ।” ती विदेशीहरूले नेपालको प्रशंसा गरे ।
“धन्यवाद” इश्वर मुस्कुरायो ।
केटाहरू वियर पिइरहेका छन् भने डेवी चिसो पेय । इश्वरले पनि चिसो पेय मगायो । बारमा सङ्गीत बजिरहेको छ । केटाहरू बारबाट रक्सी लिएर नाच्न थाले । धेरै जना नाचिरहेका छन् ।
“हामी पनि नाचौं, आउ तिमी र म पनि ।” डेवी बोली ।
“आज हैन ।”
“आज के ?”
“तिमीलाई फुर्सत छ ।”
“किन ?”
“मसँग हिड” ऊ तुरुन्तै तयार भई । साथीहरूलाइ बिदा भनेर उनीहरू बाहिर निस्के । होटलबाट तयारी खानेकुराहरू खरिद गरे । इश्वर हँसिलो देखिन थाल्यो । विरक्तिपना, निराशा कता हराए हराए । चित्रहरू टागिएको हलमा पुगे । यो घरमा ऊ एक्लै बस्छ । एउटा काम गर्ने केटो छ जो अहिले छैन । सँगैको अर्को घरमा आमाबुबा बस्नुहुन्छ ।
कोठामा पस्ने बित्तिकै डेवी आश्चर्यले चकित भई ।
“तिमीले मलाई बताएनौ तिमी चित्रकार पनि हौं भनेर, तिमीले मलाई कलेज पढाउछु मात्र भन्यौं ।
“मैले चित्रकलामा स्नातक गरेको छु । चित्रकारिता मेरो सोख हो ।”
चित्र हेर्न थाली, उताबाट उता, यताबाट उता सबैतिरका चित्रहरू हेरेर प्रशंसा गरिरही ।
“सारै राम्रा चित्रहरू, प्रकृतिको उत्कृष्ट वर्णन ”
“चित्रहरूको यो भीडमा तिमीले एउटा मात्र पनि प्रेम सम्बन्धी चित्र भेट्यौ” इश्वर केटीको नजिक जादै बोल्यो ।
“यो चित्रमा प्रेम छैन र ?” एउटा चित्रतर्फ इशारा गर्दै बोली । “युवक र युवती अनि बीचमा खाली ठाउँ अनि तिर्खालु ती ओठहरू, प्रेम छैन र यस्मा ।”
“यो यौनयोग हैन ? यहाँ प्रेम छ । यौनमा प्रेम हुन्छ हैन र कि प्रेममा यौन हुन्छ ?”
“मेरो विचारमा प्रेममा यौन पनि हुन्छ । यौन मात्रै पनि प्रेम हैन, प्रेममा अरु धेरै कुराहरू हुन्छन् । यौनमा प्रेम मात्र हुन्छ मलाई त्यस्तो लाग्दैन । प्रेममा यौन मात्र हुन्छ मलाइ त्यस्तो पनि लाग्दैन ।” डेवी गम्भीर भई ।
“ थाहा छ आज म के खोजिरहेछु सायद म प्रेम खोजिरहेछु । तिमीलाई थाहा छ प्रेम कहाँ हुन्छ ? प्रेमलाई कहाँ भेट्न सकिन्छ ?”
“मलाई लाग्छ प्रेम केटीहरूको शरीरमा हुन्छ । यसैलै केटीहरू शरीरको प्रदर्शन गर्छन । प्रेम सायद केटाहरूको शरीरमा पनि हुन्छ । यही कारण केटा वा केटी एकआपस ज्यादै नजिक आउन चाहन्छन् । यौनयोग मध्य एक अर्काका शरीरभरि दुबैजना कहीँ न कहीँ प्रेम खोजिरहन्छन् । यौन नभएको अवस्थामा पनि प्रेम हुन्छ र ? युवकहरू ठान्छन् युवतीमा रस हुन्छ अनि युवतीहरू ठान्छन् रस युवकमा हुन्छ ।” डेवीको गम्भीर भाव ।
“मलाई लाग्दैन कि योैनअङ्गमा कुनै किसिमको प्रेम हुन्छ ।”
“सायद…….”
“तिमी प्रेमको महान् चित्र बनाउन मलाई सहयोग गर्न सक्छ्यौ ।
“तिमीले गर्ने महानभन्दा महान काममा सहयोग गर्न तयार छु भन के गर्नु पर्छ ।”
“म चाहन्छु, प्रेमलाई चित्रकला मार्फत प्रस्तुत तथा परिभाषित गरौं, कसरी, मलाई थाहा छैन । आउ हामी सर्वप्रथम एउटा उत्सवमा सामेल हौ । ”
दुवैजना मिलेर खानेकुरा टेबिलमा सजाए ।
“कस्तो खालको उत्सव, के उपलक्ष्यमा, कस्तो समारोह ?”
“हाम्रो भेट भएको उपलक्ष्यमा, देवी र इश्वरको भेट भएको उत्सवमा, हामी एकै ठाउँमा भेला भएको समारोहमा” उनिहरूले बिजुलीबत्ती निभाए, हाँस्दै, खेल्दै उत्साहित भएर मैनबत्ती बाले, मैनबत्तीको उज्यालोमा उनीहरूले रातको खाना खाए ।
डेवी आरामको स्थितिमा बसी । इश्वरले क्यान्भास रङ्ग र ब्रसहरू तयार ग¥यो ।
“म प्रेमलाई आफ्नो चित्रमा कसरी दर्शाउन सक्छु होला ?”
“मेरो विचारमा केटा वा केटीको शरीरलाई विशेष ढङ्गले प्रस्तुत गर, आफ्नो कला मार्फत ।”
“त्यसो हो भने म तिमीलाइ एउटा अनुरोध गरौँ ।”
“कृपया” डेवी उत्सुक देखिई ।
“ कृपया लुगा फुकाल सर्वाङ्ग ”
“किन, यौनका निम्ति हो भने स्पष्ट प्रस्ताव राख यद्यपि तिमीलाई थाहा छ म भर्जिन हु ।”
“हैन, म तिम्रो शरीरमा प्रेमको खोजी गर्छु र त्यस्लाइ चित्रमा दर्शाउछु । यौनको अवस्था भए म स्पष्ट प्रस्ताव राख्ने नै छु ।”
“सायद म तिमीलाई विश्वास गर्न सक्छु ।”
ऊ कपडा फुकाल्न थाली । निकै सङ्कोच मानेर, लाज मान्दै सर्वाङ्ग कपडा फुकाली । एक पछि अर्को कपडा फुक्लिदै जादा साँचोमा ढलेको शरीर देखेर इश्वर खासै विचलीत भएन । पातलो, पारदर्शी सल दिएर भन्यो ।
“कृपया सम्बेदनशील यौन अङ्ग ढाक”
“तिमी यौनयोगप्रति विचलीत हुन चाहदैनौ तर तिमी र म त्यो प्रक्रियामा, विचलीत भएको अवस्थालाई नजिकबाट महसुस गर्न चाहन्छु म, सायद हुन सक्छ तिमीसँग मात्र ।”
उसले सलले यौन अङ्गलाई सामान्य बेरी । इश्वर यताउता चहलपहल गर्न थाल्यो । यस पछि के गर्ने ? यकिन गर्न सकेन । बेतको लामो सोफा ल्याएर त्यसमा गलैचा र डनलप राख्यो ।
“ प्रायः सर्वाङ्ग देखिने गरी, सजिलो र सहजताका साथ ढल्क ।”
डेवी सजिलो गरी बसी । इश्वर क्यान्भास अगाडि बस्यो । केटीको बसाई र मुद्रामा एक–दुइओटा सम्पादन ग¥यो इश्वरले । इश्वर कै इच्छा अनुसारको मुद्रा बनाएर बसी डेवी । करिब तीन घण्टा लगाएर उसले रेखाचित्र तयार ग¥यो । यो तयार गरुन्जेल डेवी कडा मेहनत र परिश्रमका साथ एउटै मुद्रामा बिलकुल नहल्ली, नबोली बसिरही । इश्वरले तन्मयताका साथ एकोहोरिएर हेर्दै, कोर्दै, मेट्दै रेखाचित्रलाई अन्तिम रूप दियो ।
“अब तिमी उठ्न, बोल्न र केही खान सक्छ्यौ, आउ हेर तिम्रो रेखाचित्र कस्तो बन्यो, यस्मा रङ्ग लगाउने काम बाँकी नै छ ।” डेवी उठिन । केही पेय पदार्थको माग राखी, मुद्रा परिवर्तन गरिन । इश्वरले रङ्ग लगाउन सुरु ग¥यो, रातको एक बजिसकेको छ । सानो आवाजमा प्रेमप्रणयका गीत बजिरहेको छ ।
इश्वरले वार्तालाप सुरु ग¥यो ।
“तिम्रो नाम देवी हुनुपर्ने ।”
“देवी भनेको को हो ?”
“नेपालीहरू देवीलाई देवताको स्त्रीलिङ्ग मान्दछन् । मैले तिमीलाई देवी भनेको मन परेन कि कसो तिमीलाई मनपर्ने अरु नै केही छ कि ?”
“तिम्रो खुसी तर म एउटा अत्यन्तै साधारण बिदेशी केटी हँु । तिमी मलाई किन र कसरी देवी मान्न सक्छौ ।”
“मैलै भगवान् मान्ने कुरा गरेको हैन, मात्र सजिलाका लागि तिमीलाई देवी बोलाउछु भनेको । नामका लागि मात्र धेरै नेपाली स्त्री वा केटीहरू देवी छन् ।”
“क्षमा ।”
“तिमीलाइ आजसम्म भर्जिन रहनमा कुनै समस्या भएन ? प्राकृतिक समस्या जस्ले तिमीमा नकारात्मक सोचहरू उत्पन्न गरेका हुन् ।”
“त्यस्ता समस्या त केही भएन तर एक्लो हुने डर भने धेरै रह्यो, केटीहरू केटाहरूसँग हिड्ने । म त एक्लै रहने । केटाहरूलाई साथी बनाउँ भने उनीहरूको चासो यौनमा मात्र हुने । तिमी मात्र एक्लो त्यस्तो युवक मैले भेटेकी छु जस्ले यौनमा अहिले सम्म चासो राखेको छैन ।”
“एकछिन पख है ओठका रङ्गहरूको संयोजन मिलिरहेको छैन, के तिमीले लिपिस्टिक लगाएकी छ्यौ ?”
“मैले लिपस्टिक लगाएको छैन, मसँगको भेट कुनै पुनर्जन्म जस्तो लाग्छ भनेका हैन तर म पुनर्जन्ममा विश्वास राख्दिन ।
“हाम्रो धर्मले पुनर्जन्ममा विश्वास राख्छ तर मलाई पनि त्यस्तो हुन्छ जस्तो लाग्दैन ।”
“हामी बीच त्यस्तो केही पनि छैन । तिमी विवाह नगरेको केटो, म एउटा विवाह नभएकी केटी । हामी दुई भेट हुन्जेलका साथी हौ । आफ्नो देश फर्किएपछि कुनै फेसबुक बनाउदिन, तिमी मलाई कुनै इमेल ठेगाना नदिनु ।”
“ हाम्रो भेटको कुनै भविष्य छैन ?”
“समयले चाहेछ भने ।” डेवीको चाहना “मेरो नाङ्गो शरीर देखेर कतै कहीँ केही भएन तिमीलाई । कुनै भवावेश कुनै उत्तेजना, कुनै तरङ्ग, कुनै आकर्षण, कुनै किसिमको प्रेमपूर्ण अनुभूति, कुनै प्राकृतिक लोभ लालच, केही नभएकै हो त तिमीमा, मैले केही अनुमान गर्न सकिन तिम्रा अनुभूतिहरू ।”
“तिमीलाई नि….? ”
“मलाई थुप्रै अनुभूतिहरू भए तर म वर्णन गर्न चाहन्न ।”
“मैले त्यतातिर ध्यानै दिन पाएको छैन । चित्रकारीको बेला म पूर्णतया चित्रभित्र हुन्छु । शरीर मात्र पृथ्वीमा अन्यथा मेरो मस्तिष्क अन्य अलौकिक लोकमा हुन्छ । मलाई लाग्छ यौन मस्तिष्कको उपज हो, नशाहरूको उपज हैन । जब मस्तिष्क डराएको वा डुबेको हुन्छ तब यौनप्रति कुनै मोह हुदैन फेरि तिम्रो शरीरको मूख्य अङ्ग कपडाले ढाकेको छ ।”
“मलाई लाग्छ शरीरको एउटा त्यो नै त्यस्तो अङ्ग हो जहाँ प्रेम हैन घर्षण वा द्वन्द्व हुन्छ अन्यथा सबै अङ्ग प्रेममय हुन्छन् । त्यहि अङ्गमा मात्र प्रेम हुने भए आमा, छोरा, बाउ, छोरी, भाइ, बहिनी इत्यादिका पारिवारीक तथा मानवीय प्रेम कहाँ ?”
“तिम्रो कुरा स्विकारेर, त्यो भाग नदेखिने गरी चित्रमा ढाकेको छु । भैगो यो कुराको टुङ्गो लागिसकेको छ । तिमी भन गुफाहरू भ्रमणको तिम्रो काम सिध्यो ।”
“पोखरा र मुस्ताङ् मात्रै घुमे । अरु घुम्न बाँकी नै छ । सके भने संसारभरका गुफाहरू घुम्ने छु । गुफाका रहस्यहरू पत्ता लगाउनेछु । एउटा पुस्तकमा लेखिएको छ कि पुराना लिपिहरूमा लेखिएका शिलालेखहरू गुफामा भेटिएका हुन् ।”
“नेपालमा धेरै गुफाहरू छैनन् ।”
बिहानको चार बजेतिर इश्वरले चित्र तयार भएको घोषणा ग¥यो । देवीले चित्र हेरी । चित्र प्रेमपूर्ण, प्रेममय छ । मूर्ति र प्रेमको चित्रमा धेरै समानता देख्न सकिन्छ । चित्रकारले कहीँ कतैपनि यौनलाई चित्रीत गरेको छैन । नाइटोदेखि मुनिको भाग कपडाले ढाकेको छ । चित्र अलौकिक वा दिव्य लाग्छ । गहिरिएर हेर्ने हो, वास्तवमा प्रेमकी देवीको चित्र हो यो ।
चित्रकी डेवीको आखाबाट विश्वास, बक्षस्थलबाट ममता, ओठबाट माया, पाखुराबाट आस्था, शरीरबाट आकर्षण, मस्तिष्कबाट प्रेम टप्किरहेछ, छल्किरहेछ ।
डेवीले निमन्त्रणा दिइ । इश्वर हिच्किचाउदै अगाडि बढ्यो । केही झुकेर ओठमा ओठ खाप्ने उपक्रम गर्न खोज्यो । अचानक त्यो नीरव सून्य रातलाई मोबाइलको आवाजले नराम्ररी चि¥यो । दुबैजना झस्के । इश्वरले मोबाइल हे¥यो । दुतावासबाट फोन आइरहेको छ । ऊ कुरा गर्न थाल्यो । डेवी तिलमिलाई, अन्त्यमा मोबाइल बन्द गरेर इश्वर बोल्यो ।
“मैले अहिले नै हिड्नुपर्छ, एक घण्टापछि मेरो हवाइजहाज छ, साउदी अरबको । साउदीमा एउटा चित्रकला प्रदर्शनीका निम्ति भिसाको लागि निवेदन दिएकोे थिए । उसले विमानस्थलमा भिसा दिन्छु भनेको छ । चित्रहरू तयार छन् । अहिले बनेको यो चित्रलाई पनि म प्रदर्शनीमा राख्छु । मैले तुरुन्त जानुपर्छ देवी ।”
डेवी उठी । लुगा लगाउदै बोली ।
“म तिमीलाई छोड्न विमानस्थल जान चाहन्छु । ”
उसले चारपाँच ठाउँ फोन ग¥यो । एउटा मान्छे आएर चित्रहरूको वाकसका साथ अरु सामानहरू पनि लग्यो ।
विमानस्थल पुग्दा ढिला भइसकेको छ । यात्रीहरूलागि अन्तिम चेतावनी आइरहेको छ । भिसा लिएर लगभग कुद्यो इश्वर । डेवीले हात हल्लाई ।
चित्रप्रदर्शनीको हलमा पुग्दा समय बितिसकेथ्यो तर उसले स्थान पायो ।

पानीजहाज समुन्द्रमा तैरिरहेको छ । जताततै पानी नै पानी छ । आकाशमा सूर्य देखिन्छ । चिसो हावा छ । बाँकी केही देखिन्छ भने एउटा ठूलो जहाज, मानिसहरू, डेकको बारमा अडेस लागेर कुरा गरिरहेका जोडीहरू, बेन्चमा बुद्धिचाल खेलिरहेका खेलाडीहरू, बेन्चमा बसेर कुरा गरिरहेका महिलापुरुषहरू, जहाजका केही कर्मचारीहरू । अरु केही देखिन्छ भने मानिसहरू दिउँसै सपना देखिरहेका होलान् । मानिसहरू डेकमा सुतेर घामको आनन्द लिइरहेका पनि छन् ।
डेवी समुन्द्रलाई एकोहोरो हेरिबसेकी छ । बिहानैदेखि यौन उत्तेजनाले आक्रान्त छे । यतिमात्रै भएता समय बिताउन गा¥हो हुने थिएन तर लोग्नेमान्छेप्रति वितृष्णा वा घृणा पनि जागेर आएको छ । कस्तो घृणा हो यो ? सायद पुरुषजातिलाई घृणा गर्छे । अनुमान होे यो । के ऊ इश्वरप्रति पनि घृणाको भावना राख्छे ?
“हेल्लो” एउटा आवाजले बोलायो, फर्केर हेरी । पछाडी पुरुषको सजधजमा महिलाको स्वर छ ।
“कृपया” ऊ बोली ।
“के म यहाँ बस्न सक्छु ?” सोची, सायद महिलाको स्वर भएको पुरुष होला, झर्केर बोली ।
“तेस्रो समूह हो भने बस ।” आगन्तुक बस्यो ।
“पुरुषहरूलाई म घृणा गर्छु, तिमी महिला हुँदै होइनौ ।” कराएर बोल्न चुकिन ।
“म महिला होइन, पुरुष पनि ।” आगन्तुक मुस्कुराउदै बोल्यो ।
“साच्चै तिमी तेस्रो समूह हौ । ओ हेल्लो ।”
डेवी चुप लागी । दृष्यमा कुनै नयाँपन छैन तर जतिचोटि हेरे पनि नयाँ लाग्छ । नयाँ दुनियाँ, नयाँ सृष्टि, नयाँ संसार । दृष्य नयाँ, आँखा पुराना । आधुनिक मान्छे हुन कि, हुन ती हजारौ लाखौं साल पुराना आदि मानव ।
“म लोग्नेमान्छे वा स्वास्नीमान्छे मध्येको हैन, यौनको राजले रोमाञ्चित दुनियाँको बासिन्दा हैन, यौनको दासी हैन, दास छुइन लोग्ने वा स्वास्नीमानिसको । स्वतन्त्र छु, सृष्टिको भारले मलाई थिचेको छैन । म यौनसम्बन्धी प्रकृतिबाट स्वतन्त्र छु तर मानिस हुँ ।” त्यो उत्तेजित हुन्छ । चुनौतीको भावमा बोल्छ “मनुष्यजातिसँग मेरो कुनै लेनदेन छैन, मायामोहबाट स्वतन्त्र छु । क्रोधबाट वञ्चित छु किनभने मसँग चाहना छैन, द्वेषबाट स्वतन्त्र छु किनभने ममा मोह छैन । मनुष्यजातिको लामो इतिहासमा मेरो चासो रहेन । म मनुष्यजातिलाई क्रम दिन सक्दिन, यहि नै मेरो वास्तविकता हो, मेरो वास्तविकताप्रति म कुण्ठाग्रस्त छैन ।”
“प्रेमलाई के भन्छौ तिमी, के यौन प्रेम हो ? यौनसँग सम्बन्धित मोजमज्जा सबै प्रेम हो । प्रेमको परिभाषा यौनभन्दा अलग छैन । भन तिमीलाई कस्तो लाग्छ ?” निलो आकाशमा धरतीको सिमाना खुट्टाउन चाहेझै निर्लिप्त भावले सून्यलाई हेर्दै डेवी बोली ।
“प्रेम एउटा अनौठो भाव हो । जसको अड्कल कसैलाई छैन । प्रेममा यौन, माया, मोह, क्रोध, इष्र्या, घृणा, सम्मान, सहयोग र अनुशासन सबै छ । प्रेम यौन मात्रै पनि होइन । माया मात्रै पनि प्रेम होइन । मोह मात्रैमा पनि प्रेम छैन । इष्र्या मात्रैमा पनि प्रेम छैन । घृणा मात्रैमा पनि प्रेम छैन । प्रेम तब सार्थक छ जब माथिका सबै चीज एकमुष्ट हुन्छन् । त्यो एकमुष्ठ प्रेम केटा र केटीबीच मात्र सम्भव छ । माथि उल्लेखित मध्ये एक वटा मात्र नभएर भएको प्रेममा सृष्टिको सम्पूर्णता छैन ।” यौन उत्तेजनाको अभावका कारण उत्पन्न हुने शारीरिक आक्रोश प्रस्तुत गर्दै शिथिल आवाजमा आगन्तुक बोल्यो ।
“म यौनको उपयोग गर्न चाहन्न के मसँग प्रेम छैन ?” अझै पनि डेवीको आवाजमा निर्लिप्तताको भाव छँदैछ ।
“जसरी ममा सृष्टिको सम्पूर्णता छैन । हामी यौन नभएकाहरू पनि प्रेम गर्न सक्छौ । म तिमीसँग प्रेम गर्न सक्छु । प्रेममा यौन हुनैपर्छ भन्ने छैन तर सम्मान,सद्भाव, सहयोग र अनुशासनको भाव र क्रिया हुनैपर्छ । तिमी कसैलाई सहयोग गर्छौ भने त्यो प्रेम हो । यौनजन्य क्रियाकलापमा एकअर्काप्रति सहयोग हुन्छ । बलत्कारमा प्रेम हँुदैन किनभने त्यो अवस्थामा एकअर्काप्रति सहयोग नै हुदैन । मनुष्यले मनुष्यलाई गर्नु पर्ने सहयोग नै प्रेम हो । मनुष्यजातिको स्थायित्वका लागि मानवले मानवप्रति गरिने सहयोग नै प्रेम हो । यसरी हेर्दा हजारौं साल पहिलेका मनुष्यहरूले यौनमा मात्र प्रेमलाई परिभाषित गरेर निकै समय बाँचे । त्यतिखेर यौन बाहेक मनुष्यप्रति मनुष्यको अर्को कुनै माया थिएन । सानो क्रोधका कारण मान्छेले मान्छेलाई मार्नु वा दुख दिनु सामान्य कुरो थियो । बिस्तारै, लामो कालखण्डपछि मान्छेले मान्छे मार्नु हँुदैन भन्ने सामान्य सिद्धान्त बन्यो । कालान्तरमा यस्लाई सामाजिक विधान भनियो । एक अर्को मिलेर बस्नुलाई समाज भनियो । यसरी हेर्दा मानवजाति एक अर्काप्रतिको सहयोगमा अडियो । चाहना र सन्तुष्टिका निम्ति एक अर्कालाई सहयोग गरे । यौनको सुरुआत जीवनमा अनादिकालदेखि नै भयो । मानिस जस्लाई प्रेम गर्छ, ऊप्रति सहयोग र सद्भाव देखाउँछ । एक अर्काप्रतिको सहयोग, सामाजिक विधानमा निर्भर छ ।” आगन्तुकका धेरै भावहरू उपदेशात्मक छन् ।
“यौन हो कि, हो त्यो सहयोग, क्षणिक आनन्द हुन ती ।” डेवी उत्सुक छे ।
“यौन नभए पनि एक अर्काप्रति सहयोग हुन्छ जस्तै पारिवारीक प्रेम । त्यो सहयोग नै प्रेम हो । प्रेम भएकाहरूले बिहे नगरी एकअर्काप्रति सहयोग गरेर जिन्दगी बिताएका छन् । यौन प्रेम हैन किनभने मसँग यौन छैन तर मसँग अरु सबै संसारिक कुराहरू छन् । प्रेम, माया, मोह, इष्र्या, घृणा सबै छ । मसँग जन्म दिने शक्ति छैन । यौन भनेकोे मनुष्यजातिको इतिहासलाई निरन्तरता दिन सक्ने, मनुष्यजातिलाई स्थायित्व दिन सक्ने क्रिया एवं परिणाम हो । यौनलाई सहयोगमा बदल्नु नै जीवन हो, एकदिन भनिनेछ यही प्रेम हो ।” टुङ्गोमा पुगेझै गरी आगन्तुक सामान्य भयो ।
“तिम्रा कुरा ठिक हुन् । प्रेममा यौन पनि हुन्छ, यौन मात्रै प्रेम हैन । मैले कसैसँग यौन सम्बन्ध नराख्नु उचित हो तर यसो पनि हैन होला । कसैको सहयोगको लागि मात्र यौन सम्बन्धमा संलग्न रहनुपर्ला । यौन संसारको सामान्य सत्य हो । यो सत्यलाई गाली वा फोँहोरी खेलमा प्रयोग नगरी सत्यको रूपमा स्विकारेर, सत्य र सहयोगका निम्ति प्रयोग गर्नुपर्ला ।” आगन्तुकको भनाइका आधारमा डेवीले निस्कर्ष निकाली ।
“हेल्लो बेला” बेलालाई कसैले बोलायो ।
“ यौनतुष्टिका लागि विभिन्न तरिकाहरू प्रयोग गर्न सकिन्छ । मसँग यौन उत्तेजना छैन तर ऊ मेरो साथी हो । ऊ होमो हो । यौन फरक लिङ्गी बीच मात्र हुने क्रिया वा भाव हैन । फरक लिङ्गी बीच हुने यौन सन्तान उत्पादनको स्रोत हो । तिमीसँग पछि भेटौँला ।”
पुरुषहरूप्रतिको बितृष्णा र बैरभाव तेस्रो लिङ्गीको मोहमा परिणत हुन सकेन । खुला आकाशको भरभराउदो सूर्यद्वारा तापिएर डेवी आनन्द लिइरहकी छ । बेला बेला चिसो हावा चलिरहेको छ । डेकमा मान्छेहरूको चहलपहल छैन । डेवी आफ्नो जीवनप्रति त्यति चिन्तित छैन । उसले इश्वरलाई सम्झिन चाहिन, इश्वरलाई सम्झिने चाहना जाग्दै जागेन । यौनका निम्ति तयार रहेको बेला इश्वर हिड्यो तर पनि ऊप्रति घृणा जागेन । अरु कोहीसँगको संसर्गलाई स्विकार्न सकिन तर यसो भन्दैमा उसँग यौन चाहाना हँुदै नभएको होइन, दास नभएको मात्र हो । यौन चाहनाको स्थिति, अवसरमा मात्र इश्वरको सम्झना आयो भन्न मिल्दैन । यौन चाहनालाई घृणा गर्ने अवस्थामा पनि पुगिन । पहिलो, अनोठौ, आश्चर्यजनक यौनसंयोगको प्रतीक्षा गर्नु बाहेक कुनै विकल्प रहेन । यौनका कारण दास भएर जो कोहीसँग समर्पण गर्न चाहन्न । प्रेमका निम्ति मात्र यौनलाई उपयोग गर्न चाहन्छे । क्रियाकलापहरूले यस्तै सङ्केत दिन्छ ।
त्यो दिन, बिमानस्थलमा इश्वरलाई बिदा गरेर, आफूलाई एक्लो ठान्दै शून्य मनमस्तिष्ककासाथ होटल फर्की । निराश भइन, निराश हुनु उसको नियती बन्न सक्दैन । बाआमा बीचको घृणाका कारण प्रेमको खोजीमा देशबिदेश घुम्दै हिडेकी हो । प्रेमको खोज गर्ने विचारलाई त्याग्न सकिन । गुफा अध्ययन कलेजको परियोजना मात्र हो । देवीले घर फर्कने कुरालाई अस्वीकार गरी तर लक्षको ठेगान भएन । भारत आई र निरुद्देश्य पानीजहाज चढी । पानीजहाजबाट कहाँँ उत्रन्छे, उसलार्ई थाहा छैन । पानीजहाज थुप्रै शहरहरूमा रोकिएर अगाडि बढ्नेछ । भिसा छैन तर भिसालाई आवश्यक ठान्दिन । मानिसले बिना भिसा पुरै संसार घुम्न पाउनुपर्छ भन्ने उसको मान्यता हो ।
वास्तवमा आजका दिन कुनै पुरुषसँग बोल्न चाहन्न । ऊभित्र यौन उत्तेजनाको द्वन्द्व पनि त्यतिकै छ । ऊ उठेर आफ्नो कोठामा पुगी । कोठा तातो छ । केही खानेकुरा मगाई । खानेकुरा खाए पछि सर्वाङ्ग नाङ्गो भएर किताब पढ्नमा संलग्न रही ।

बिहानको समय हलमा एक्लै रहेका मध्ये बलिष्ठ पुरुष छानेर उसको टेबिलमा गई तर दुर्भाग्य युवक उसको भाषा बुझ्दैनथ्यो । युवकको भाषा उसले बुझिन । करैले अर्को युबकलाई साथी बनाउने निर्णय गरी । छेउको एउटा टेबिलमा खाना खान व्यस्त युवक सामु पुगी, सामान्य औपचारिकता पछि पुरानो साथीसँगको नयाँ भेट झै वार्तालापमा संलग्न रही ।
ठूलो स्वरले सबैको ध्यान आकर्षित ग¥यो । कुरो केही पनि थिएन, माइकबाट चेस खेल्नका निम्ति आमन्त्रण दिइएको हो । दस बा¥ह जोडी चेस खेल्न थाले भने कोही तास । कुरामै व्यस्त रहनेहरू पनि छन् ।
“के तिमी मलाई जित्ने दाउँमा छौ ।” डेवीले सोधी ।
“कस्तो प्रश्न हो यो ?” युवक छक्क प¥यो ।
“यहा सबै एक अर्कालाई जित्ने दाउँमा छन् । कोही बुद्धि, कोही बलले । तिमीलाई यस्तो लाग्दैन कि यहाँ सबै, यहाँ सम्मकि तिमी र म पनि एक अर्कालाई जित्ने दाउँ खेलिरहेका छौ । कदाचित् जित्नु नै जन्म, जीवन र जगत्को लक्ष र अर्थ हो । यसैकारण मान्छे जित्न चाहन्छन् । मान्छे चन्द्रमा पुग्यो, चन्द्रमालाई भगवान् मान्ने मान्छेकै विचारलाई जित्यो । बैज्ञानिकहरू आज पनि प्रकृतिलाई जित्ने कोसिसमा संलग्न छन् । मान्छेमान्छेलाई नै जितेर भगवान् बन्न चाहन्छ । यो जित्ने र हार्ने श्रृङ्खला कहिले टुङ्गिने छैन । मैले तिमीलाई जिते भने तिमी मेरो बिछ्याउनामा हुन्छौ या तिमीले मलाई जित्यौ भने म तिम्रो बिछ्याउनामा हुनेछु ।”
“जित्न चाहनेहरूको भीड, जित्नका लागि खेलिएको खेल वा लडाँइ । जित्नेहरूको हो यो धरती, हार्नेहरूको निराशा, आपसी सहयोगका निम्ति होइन धरती, यो पृथ्वी । आपसी सहयोगका लागि हुनुपर्छ यी जीवनहरू । मानवले अझैसम्म पनि मानवभित्रको, मानव हुनुको भावलाई प्राप्त गर्न सकेका छैनन् । केही मानव अझै पनि ढुङ्गेयुगको शत्रुता वा राक्षसी प्रवृत्तिले पीडित छन् । जब मान्छे आपसी सहयोगको यथार्थमा आउँछ तब मात्र मान्छेले मानव हुनुको भाव प्राप्त गर्छ, तब मात्र राक्षसी भावबाट मुक्ति पाउँछ । मानव हुनुको भावमा आउनु वा राक्षसी भावबाट मुक्ति पाउनुले मानवको विवेकवान् स्थितिलाई प्रष्ट पार्दछ अनि मात्र मान्छे सत्यको बाटो रोज्दछ । जबसम्म मान्छेले विवेकलाई प्राप्त गर्दैन तबसम्म मान्छेले सत्यलाई चिन्दैन ।” युवक बोल्यो ।
“दुनियाँ भ्रमणको उद्देश्य यो पनि हो कि दुनियाँको भित्री ज्ञान प्राप्त गरुँ । वास्तवमा अनगिन्ति ज्ञानको स्रोत हो प्रकृति, दुनियाँ । मलाई गा¥हो लाग्छ तर तिमी यो सबै पढ्न र प्राप्त गर्न सक्छौ । तिम्रो भनाइअनुसार दुनियाँका मान्छेहरू गलत बाटो हिडिरहेछन् । मलाई त्यस्तो लाग्दैन प्रतिस्पर्धा वा द्वन्द्व नभई दुनियाँ अगाडि बढ्न सक्दैन । द्वन्द्व लडाँइ हैन । द्वन्द्व प्रतिस्पर्धा हो, संयोजक पनि ।”
सुरु भयो मोहनीमोहको चक्र, प्रशंसाका शब्द, भाव र क्रिया, प्रतिक्रिया, भेट, कुराकानी, कोमल भावनाहरूको विनिमय । अग्लाईमा अग्लो, मोटाईमा कसरती शरीर, गोरो कैलो, सुन्दर सुडौल, धेरै कामुक पनि छैन, चिसो त छँदैछैन, सायद एकदम उपयुक्त, ठिक, करिब तीस बर्षको हुनुपर्छ, विवाह गर्ने उमेरको, धेरै उत्ताउलो छैन । धेरै चञ्चले पनि हैन । धेरै गम्भीर रहेर कठोर पनि छैन, ठिक बोल्छ, ठिक्क हाँस्छ । डेवीले उसलार्ई सुरु सुरुमै मन पराई । ऊ खुबै मन पराउने खालको पनि छ ।
“म तिमीलाई मन पराउछु ।” एकदिन उसले भन्यो ।
“सायद म पनि ।” डेवी पनि मन पराउन थालिसकेकी छ ।
युवकको विचार सकारात्मक तथा शिक्षित छ । ऊ एउटा कुलिन सभ्रान्त परिवारको सदस्य हो र पारिवारीक जीवनमा आस्था राख्छ । विवाह गर्न चाहन्छ । विवाहपछि बच्चा जन्माउन चाहन्छ, कम्तिमा दुई ओटा । फराकिलो सोचको मान्छे छ । हालसम्म उनीहरूको सम्बन्ध कुराकानी र भेटघाटमा मात्र सीमित छ । युवकसँग पुस्तकहरू छन् । राजनीति, सौन्दर्य, इतिहास, साहित्यका पुस्तक साटासाट गर्छन र पढ्छन् तिनीहरू ।
डेवीलाई असल साथी भेटिएको अनुभव भयो । पुरुषप्रतिको सारा वितृष्णा तथा घृणा हराएर गए । सकारात्मक दृष्टिकोण व्याप्त भए सोचहरूमा । अधिकांश पुरुषहरू महिलाहरूलाई यौनसँग मात्र सम्बन्धित विषयवस्तु ठान्दछन् । उनीहरूको विचारमा महिलासँग कुनै सोच, दर्शन, धारणा, लक्ष या क्रियाकलाप हुदैनन् । रमाइलोका निम्ति, बिश्रान्तिका निम्ति, प्राकृतिक शारीरिक क्रियाका निम्ति मात्र हुन् महिलाहरू तर सबैको सोच यस्तो हुदैन । कदाचित् सबैको सोच यस्तो हुनुहँुदैन सधैंभरि ।
डेकमा उभिएर चिसो हावासँगै चिसिनु, वादविवादका कुरा हुदै जाँदा उत्तेजित हुनु, एउटा क्रम वा निरन्तरता बनेको छ उनीहरूका निम्ति । उनीहरूको अभिव्यक्ति मिल्दो छैन, सोचहरू पनि त्यति मिल्दा लाग्दैनन् । डेवी पाँचहजार साल अगाडिका मानिसहरूको विषयमा कुरा गर्छे । जताउन चाहन्छे कि मानिसहरू निकै लामो सङ्घर्षपछि यो अवस्थासम्म आइपुगेका हुन्् । पुर्खाहरूले गरेको मेहनत, परिश्रम र बलिदानपछि मात्र आजका अवस्थामा आइपुगेका हुन मानिसहरू ।
जोन…. जोन नाम हो उसको । रवाफिलो व्यक्तित्व, तर्क शक्तिको धनी, कुरो सारै घुमाउँछ । डेवीको कुरोलाई नकार्दैन तर यस्तो कुरो गर्छ मानांै मानिसको सामाजिक र आर्थिक अवस्था अनादिकालदेखि नै यस्तै छ । भन्छ, प्राचीनकालका मानिसहरू बाँदर थिए । कुरो घुमाउँने, तर्क दिने सीप र उसको व्यक्तित्व देवी खुबै मन पराउँछे । जोन धेरै धनी छ, हीराको व्यापार गर्छ ।
उनीहरू दुईजना कहिलेकाहीँ चेस लिएर बस्छन् भने कहिले तास । जहाजको स्पोर्टस क्लबमा खेलका थुप्रै सामानहरू पाइन्छन् । एकअर्काको साथका कारण यो समुन्द्री यात्रा दुवैका लागि सरल, सहज र रमाइलो हुन पुगेको छ । यस्तो लाग्छ मानौ यी दुईजनासँग लोभ, इष्र्या, घमण्ड, रिस–राग, बेइमानी, घृणा, आक्रोस, प्रतिशोध जस्ता नकारात्मक सोचहरू छैनन् । उनीहरूको मस्तिष्क एकअर्काका कारण बिथोलिएको छैन ।
डेवी उसलाई भेट्न चाहन्छे, कुरा गर्न चाहन्छे । जोन साथमा भएका पलहरू सम्झेर एक्लै मुस्कुराउछे । डेवीमा धेरै परिवर्तन आएको छ । ‘कस्तो परिवर्तन हो यो थाहा छैन ?’ जोनका कुराहरू प्रतिकूल भए पनि उसलार्ई मन पर्छ । घण्टौं एकअर्कासाथ बिताउँछन् । जोनको अनुहार हेरिरहँु लाग्छ । उसको एक चुम्बनले सारा जमानाको तृष्णा मेटाउँछ । जोन साथमा नहुँदा छटपटी हुन्छ, बेचैन बढ्छ । ‘के हो यो जिन्दगी ? ’
जोनलाई पनि यस्तै हुन्छ । पश्चिमा सभ्यतामा हुर्केको जोन यो सबै कुरामा अभ्यस्त छैन । जोन एउटा केटीसँग ज्यादा भन्दा ज्यादा तीन दिन टिक्छ । उसको लागि पैसाको भरमा केटीहरूसँग खेल्नु एउटा सामान्य खेल हो तर हिजोआज डेवी बिनाको समय, अप्ठ्यारो हुन थालेको छ । कुनै अरु केटीहरूप्रतिकोे मोह प्रायः शून्य हुन थालेको छ । साथीहरूको सङ्ख्या घट्दो क्रममा छ । नत्र ऊ नयाँ नयाँ साथीहरू बनाउने काममा खप्पिस छ । जहाजमा पनि नयाँ नयाँ साथीहरूको खोजीमा हिडिरहन्थ्यो तर हिजोआज साथीहरूको खोजमा हिड्दैन । लाग्यो, जिन्दगीमा एक किसिमको विश्राम पायो । चञ्चलता हरायो, प्रायः गम्भीर रहन थाल्यो । यो गम्भीरतामा डेवी छ । कहीँ पुगेर टुङ्गिन चाहन्थ्यो कदाचित् ऊ टुङ्गियो । अब अगाडि बढ्न चाहदैन मानौ लक्ष वा पुग्नुपर्ने ठाउँ नै डेवी हो ।
“सायद यही प्रेम हो ।” उनीहरू दुबैजना एक अर्काबाट टाढा रहदा छट्पटाउँदै सोच्छन् ।
जोन विवाह र छोराछोरीका सम्बन्धमा सोच्छ, खुशी हुन्छ । डेवी विवाहको विषयमा सोच्छे, आनन्दित हुन्छे । कल्पनाको दुनियाँ अलग हुन्छ । मनमोहक, सम्मोहक, सारा दुःख हरण गर्ने, कल्पनाका दुनियाँ अनौठो हुनुका साथै अलग पनि छ । यौन, उनीहरू बीच आएको छैन । जोन जस्तो खेलाडीले पनि यौनलाई प्राथमिकता दिएको छैन । लाग्छ जीवनको लक्ष नै प्रेम हो । ‘के हो प्रेम’ दुबैभित्र एक किसिमको अनौठौ उत्कण्ठा, खुलदुली, छटपटी र बेचैनी छ । महिला र पुरुषबीच हुने योग, संयोग नै प्रेम हो सायद । विवाह प्रेमको अन्तिम बिन्दु हो । यस्तै सोच्छन् दुबै ।
जहाजसँगै समय पनि बगिरहेको छ । सागरको जल स्थिर झै छ । लाग्छ मानौ सम्पूर्ण ब्रम्हाण्ड, सृष्टि स्थिर छ । उनीहरूमा छटपटी छ, सभ्य उत्ताउलोपना पनि । केही शरम छ, अप्ठयारोपना पनि ।
छुट्टिने समय पनि भएको छ । डेवीले फ्रान्समा हुने पत्रकार सम्मेलनमा भाग लिने विचार गरी । जोनलाई त्यो भन्दा अगाडिको यात्रामा निक्लिनु छ ।
“तिम्रो ईच्छा …के हामी छुट्टिने नै हो त अब ?”
“ हामीले छुट्टिने दिन पनि आउला यो ब्रम्हाण्डमा, मलाई त्यस्तो लाग्दैन । सूर्य उदाउला, हावा चल्ला, पानी पर्ला, बादल गर्जेला ? यी सबै घटनाहरू पृथ्वीमा होलान् र हाम्रो मिलन नभएको खण्डमा ?” डेवी निर्लिप्त भावमा बोली ।
युवक चिन्ताग्रस्त भावमा यताउता हिड्न थाल्यो । डेवी बेन्चमा कुक्रुक्क परेर, हातले खुट्टा बेरेर टुक्रुक्क बसेकी छ ।
अचानक माइकले जहाज बिग्रेको खबर दियो । ‘हामी बनाउने काममा संलग्न छौ’ भन्ने खबर पनि आयो । छटपटीको पहाड अग्लिदै, चुँलिदै जान्छ, बेलाबेला छटपटीको बेग तीब्र भएको अनुभूत गर्छन् । वियोगपूर्वको पल हो यो । वियोगमा हुने पीडाको चिन्ताले ग्रस्त छन् उनीहरू । आफ्नो यात्रा बदल्न चाहदैनन् । जोनसँग निकै ठूलो व्यापारिक भाका निभाउनु पर्ने बाध्यता छ । डेवीले नौलो पेशा सुरु गर्न लागेकी छ; चुक्न चाहन्न । कर्तव्यको विकल्प उनीहरूसँग छैन । प्रेम, बिछोडिन चाहदैन ।
माइकबाट अर्को आवाज आयो ‘जहाज बनाउन पन्ध्र दिन लाग्छ’ । उनीहरू चिच्याउन मात्र सकेनन् । मोबाइल बज्यो, खबर आयो कि जोनले पुग्नु पर्ने आवश्यकता रहेन । दुबै खुशी भए । हातेमालो गर्दै सौन्दर्यको सुन्दर शहर फ्रान्स उत्रिए । यौनप्रति दुबैले दिलचस्पी देखाएनन् । उनीहरू उनीहरूले नै मानेको प्रेममा रमाए, त्यही प्रेममा खेले, हाँसे, कँुदे, मानौ कर्तव्य छैन, जताततै फुर्सतै फुर्सत छ, कुनै क्रोध, घमण्ड छैन, जताततै प्रेम छ, कोमल नरम प्रेम, धरती छैन कहिँ पनि, बादल छैन यहाँ कहिँ, मानिस छैनन् यताउता यस्तै अनुभव गरिरहेका छन् । डेवीले पत्रकारको महासम्मेलनमा भाग लिई ।
निकै दिनको पर्खाइपछि जोनले प्रस्ताव राख्यो । पार्कको एउटा बेन्चमा बसेर दिन ढल्केपछि डेवीको हात चुम्दै अलि झुकेर जोन बोल्यो ।
“म तिमीसँग विवाह गर्न चाहन्छु । तिम्रा बितेका दिन मलाई मतलब भएन । बाँकी सम्पूर्ण जीवन म तिमीसँग, मात्र तिमीसँग बिताउँन चाहन्छु । हाम्रो खानदानमा परिवारको रिवाज छ ।”
डेवी मुस्कुराई, मात्र मुस्कुराइन बोली पनि “म पनि विवाह गर्न चाहन्छु । म तिमीसँग विवाह गर्न सक्छु ।” दुबैजना खुशी भए । खुशी हुनुको कुनै सीमा रहेन । हातेमालो गरेर हाँसे, रमाए, अङ्गालोमा बाँधिए तर उनीहरूको बीच यौन आएन । आँउदै आएन ।
अर्को रात हवाइजहाजबाट बेलायत उत्रे । जोनको घर गए । शहरको लगभग बीचोबीच ठूलो कम्पाउण्डमा ठूलो बिशाल घर, नोकर चाकरको ताँती, धरतीमा उपलब्ध हुनसक्ने सबै खाले सुखसुबिधा छ । घरमा जोनको बुबा, काका, काकी, जोनको भाइ, बैनी आदि धेरै ठूलो परिवार छ । कम्मर छिन्न आटेकी, सारै स्वतन्त्र लाग्ने बैनीलाई डेवीले मन पराइन । पाका बाआमालाई देवीले मन पराई, माया गरी । बाआमासँग डेवी छिटै घुलमुलिई ।
प्रभातको पदयात्राका निम्ति कम्पाउण्डभित्रै प्रशस्त ठाउँ छ । कम्पाउण्डभित्रै हेलिप्याड छ हेलिकप्टर पनि । जोन आफै चलाउँछ हेलिकप्टर । हेलिकप्टरबाट दृष्यावलोकन गरेर फर्के । तेस्रो दिन, बिहानीको टेबिलमा सबै भेला भएको बेला जोनले कुरा कोट्यायो ।
“म केही भन्न चाहन्छु । के सबै जना सुन्न तयार हुनुहुन्छ ।”
बा आमा मुस्कुराए । भाइ बोल्यो – “म पनि केही बोल्नुभन्दा पहिले अनुमति लिनुलाई महŒवपूर्ण ठान्छु । ”
“कुनै बिशेष कुरा हुनुपर्छ । बिशेष कुराको बिशेष तरिका ।” बहिनी काँटा चलाउदै बोली । सबै चुप रहे । सबैले कुरा सुन्न आबश्यक ठाने । ठूलो हलमा मौनता छायो ।
“म विवाह गर्न चाहन्छु । म मेरो आफ्नो परिवार चाहन्छु ।” मौनता कायमै रह्यो । कसैले आश्चर्य मानेनन् । कोही खुशी पनि भएनन् । कोही पनि बोलेनन् । डेवी बोली “मलाइ सबैको स्विकृति चाहिन्छ ।”
“म डेवीसँग विवाह गर्न चाहन्छु ।” जोन बोल्यो ।
“यो तिम्रो व्यक्तिगत समस्या हो ।” भाइ हाँस्यो । “तिम्रो विवाह मलाई अनौठो लाग्ने विषय हो । म यस विषयमा बहस गर्न चाहन्न ।”
“ओ हल्लो, यत्रो नाटक किन । तिम्रो विवाह ऐलेसम्म भएको छैन र ?” बहिनी हल बाहिर जादै बोली ।
“भोलि या पर्सीका निम्ति यो एउटा असल तर अल्छिलाग्दो खबर हुनसक्छ ।” भाइ बोल्यो ।
“तिम्रो प्रस्ताव राम्रो छ, यस बिषयमा मेरो कुनै आपत्ति हुनुपर्छ मलाई त्यस्तो लाग्दैन । तिम्रो जीवन, तिम्रो रोजाइ । हामीलाई तिमीबाट नाति वा नातिनीको आश गर्ने अधिकार छ । हाम्रा पुर्खाले चुनेका परिवारको धारणालाई तिमीसम्मका सोचले स्विकार्नेै पर्छ । तिम्रो भाइ र बैनीको सोचका विषयमा म केही भन्न सक्दिन ।” फादर बोले ।
“डेवीको विचार के छ नि । उनको सोच पनि तिमीसँग मिल्नु आवश्यक छ या तिमीहरूको कार्यक्रम के छ ? प्रेमको आभास छ तिमीहरू बीच । साराका सारा जीवन एउटा केटा वा केटीसँग बिताउनु खेल हैन, त्यो पनि यो समाज, संस्कारमा । सन्तानको ईच्छा मात्र पनि विवाह हैन । हुनसक्छ जोन तिमी सन्तान तथा परिवारको लोभले मात्र बाँधिएका हौँ । ” आमा बोलिन्, निकै गम्भीर तथा गहिरो भावमा ।
जोनले डेवीलाई हे¥यो । डेवी बोल्न चाही तर सकिन । घाँटीमा केही अड्केको छैन । जोनप्रति आकर्षणको भाव नभएको होइन । जोन मन नपरेको होइन । जोनसँग जीवन बिताउन नचाहेकी हैन । तर प्रेम ……. । प्रेमको आभास, जोनकी आमाले भनेको जस्तो प्रेमको आभास, कस्तो हुन्छ यो प्रेम ? डेवीलाइ राम्रो थाहा छ तर जोनप्रति त्यो आभास अनुभूत गरेकी छैन । यो आकर्षण मात्र हो । तुरुन्तै डेवीको मस्तिष्कमा सलबलायो ‘यो आकर्षण मात्र हो । एउटा सरल र ऐश्वर्यशाली जीवनको लोभ मात्र हो, एक किसिमको लालच ।’ जोनमा पनि उनीप्रतिको प्रेम अनुभूत गरेकी छैन डेवीले । आफैमा
पनि जोनप्रतिको प्रेम अनुभव भएको छैन । प्रेमको आभास कस्तो हुन्छ ? इश्वरसँग भेटकोे बेला वा वियोगको बेला उठेको अनौठो आफ्नोपनको, सामिप्यको, आदर तथा सहयोगको आभास प्रेम हो वा घृणा, लोभ, लालच र इष्र्याको प्रभाव नरहेको अवस्था प्रेम हो तर यस्तो किन छैन जोनप्रति ? आकर्षण, लोभ, लालचलाई प्रेम भन्न सकिदैन ।
आमाको हात चुम्दै आदर भावले झुक्दै बोली “आमा, तपाइको विचार र बोलीमा महानता भेटिन्छ । मैले सोच्ने मौका पाउनुपर्छ । म र जोन बीच प्रेम छ कि छैन ? महŒवपूर्ण प्रश्न हो यो । मलाइ सोच्ने मौका दिनुहोस् । आमाको दृष्टिकोणमा म खरो उत्रिन सक्छुु या सक्दिन । मैले सोच्नै पर्छ ।” जोनतिर अनुरोधको भावले हेर्न चुकिन डेवी ।
“तिमी सोच डेवी, जोन उनलाई एक्लै छोडिदेउ आज ।”
“तिमी सोच डेवी मलाई विश्वास छ तिम्रो सोच सकारात्मक नै हुनेछ । मसँग केही काम छ हाम्रो भेट भोलि मात्र हुनेछ ।”
जोन बाहिरियो, डेवी पनि । डेवी परिसरभित्रको चौरमा टहल्न थाली । रातभर छटपटाई । यस्तो लाग्यो, मन्दिर नगई, नेपाल नगई, इश्वरलाई नभेटी ऊ बाँच्न सक्दिन । बाँच्नका लागि इश्वरलाइ, मन्दिरलाइ बिर्सन सक्दिन । मन्दिरलाइ बिर्सनु काहालीलाग्दो घटना साबित हुनसक्छ । बाँच्नका निम्ति मृत्यु अँगाल्न सकिदैन । कसरी हुनसक्छ यो ? यहाँसम्म कसरी आइपुगी ऊ ? जोनको आमाले प्रेमको कुरा नगरेको भए, ठूलै दुर्घटना घट्ने थियो । कुनै अलमल वा अनिश्चय रहेन । आफ्ना सामानहरू तयार पारेर निर्ढुक्क निदाई । बिहान सबेरै उठी । बिहानै डेवीको भेट जोनको आमासँग भयो ।
“धन्यवाद आमा, मलाई पवित्र बाटो देखाइ दिनुभयो । म जोनसँग प्रेम गर्दिन, यो आकर्षण मात्र हो । क्षणिक आकर्षणको भरमा जीवन कट्दैन आमा । दुईदिनको साथले विवाह गर्न मिल्दैन । मलाई माफ गर्नोस, तपाईले चाहे जस्ती बुहारी सिद्ध हुन सक्दिन । म यहाँ सधै सधैका लागि बस्न सक्दिन, मैले मेरो ठाउँमा जानैपर्छ । म जान चाहन्छु । जोनसँग भेट्न चाहन्न मलाई बिदा दिनोस आमा ।”
“जोनले आफ्नो सोचलाई वास्तविकता बनाउन नसक्ला मलाई यस्तो लाग्दैन । यो समाज, संस्कृतिमा लोग्नेमान्छेहरू स्वतन्त्र छन् तर यो परिवारमा बुहारीहरूले पारिवारिक परम्पराको पालनाका निम्ति आफ्नो स्वतन्त्रतालाई तिलाञ्जली दिनुपर्छ, यो चलन धान्न सक्ने युवतीहरू नै यो परिवारको बुहारी बन्न सक्छे । यदि तिमीले जाने निर्णय गरेकी नै हो भने जाउ तिम्रो जीवन मङ्गलमय रहोस् । उसको विवाहका लागि थुप्रै केटीहरू छन् यहाँ ।”
डेवी ब्याग सम्भाल्दै निस्की । प्रेमको खोँजमा ऊ आफै हराई ।

इश्वरलाई पनि साउदी पुगेर पछुताउ भएको थियो । लाग्यो कुनै ठेगाना वा फेरि हुने भेटको योजना किन छैन ऊसँग । फोन नम्बर त हुन सक्थ्यो, हुनुपथ्र्यो । कस्तो सोच सोंच्यो इश्वरले, छटपटी भयो, बेचैनी भयो । कुनै प्रकारको समाधान भेटेन । चित्र प्रदर्शनी सफल रह्यो । प्रतिस्पर्धामा कुनै किसिमको पुरस्कार जितेन तर पाँचवटा चित्रहरू आर्ट ग्यालेरीले किन्यो । स्थायी रूपले ग्यालेरीमा राख्ने व्यवस्था ग¥यो । त्यो मध्ये ‘प्रेम’ शिर्षकको चित्र पनि प¥यो । चित्रको प्रतिचित्र तयार गरेर मात्र ग्यालेरीलाई दियो । खुवै शानदार तरिकाले ‘प्रेम’ शिर्षकको त्यो चित्र आर्टग्यालेरीमा टागिएको छ । फेरि भेट्ने कुनै योजना किन बनाएन तर उसले ‘हाम्रो भेटका निम्ति कुनै योजना चाहिन्छ र ?’भनेकी छ, के उनीहरूको भेट हुन्छ ? आशावादी छ इश्वर । अठोट गरिसकेको छ कि अन्त्यमा देवीको मूर्तिमा समर्पण गर्नेछ आफूलाई । मूर्तिको आशीर्वाद नै हो डेवीसँगको भेट । इतिहास र सभ्यताको अध्ययन सुरु गरेका छ । विज्ञानका विषयहरू कठिन लागेता पनि इतिहास र सभ्यताका कुराहरूलाई शिक्षा सम्झि ग्रहण गर्दैछ । विश्लेषण गर्ने जमर्को पनि कायमै छ ।

डेवीको यो यात्रा, मोह र सोच कसरी सुरु भयो पत्तै भएन । डेवीको सोचले यस्तो पनि मोड लेला स्वयम् उसलाई पनि अनुमान थिएन । हिमाली देश र गुफाहरूको भ्रमणमा निक्लिएकी डेवी मन्दिर पुगेर देवी भनिई । इश्वरसँगकोे भेट जसलाई ऊ विर्सन सक्ने भइन । डेवीलाइ कुनै स्वप्न आएको होइन । डेवीको यात्रामा इश्वर पनि सामेल भएको छ । लाग्छ प्रेम सुरु भइसकेकोछ र गाथा कहलाउन बाँकी छ । अनुमान थिएन कि इश्वरसँग भेट हुनेछ, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै खाले यात्रा सुरु हुनेछ । अद्भुत, अलौकिक आत्मियता अनुभूत हुनुलाई प्रेमको प्रारम्भिक क्षण सोचेकी छ । सात समुद्रपारिको यो यात्रा प्रेममा परिणत भएको छ ।
यो यात्रा, यो गाथाको सुरुवात गर्ने श्रेय पाएका इश्वर र देवीले नै यो यात्रालाइ टुङ्गोमा पु¥याउनु छ, थाहा छैन यो गाथा वियोगमा टुङ्गिन्छ या संयोगमा ।
वियोग र संयोगलाई मूख्य ठानेकी छैन, प्रेमपथमा हिड्नु नै चुनौतीपूर्ण छ । प्रेमपथ सरल होस भन्ने हेतु चट्टान, लाभा, आइरन, ग्याँसका बबण्डर, साइक्लोन, उल्का र हुरीँबतासको विवरण संलग्न पृथ्वीको उत्पत्ति, जीवनको उत्पत्ति, भौगर्भिक समय, जीवको विकास, मानवजातिको उत्पत्ति, अनुमानको आधारमा तयार पारेको मानवसभ्यताको पूर्वऐतिहासिककाल, ऐतिहासिककालका सभ्यताको अध्ययन गर्दै डेवी प्रेमपथमा अगाडि निर्भय बढेकी हो । महान् प्रेमपथका यात्रीहरू मध्ये डेवीले आफूलाई एक सम्झेकी छ । रोचक तथा अरोचक सन्दर्भहरूसहित धेरै यात्रीहरू छन्, प्रेमपथमा ती सबै सन्दर्भ आफ्नै ठानेकी छ डेवीले ।
पुनर्जन्ममा विश्वास छैन । इश्वरले भनेको सत्य हो भने आफ्नो अनुहार मूर्तिसँग मिल्नु, संयोग हो, दुर्घटना पनि हुनसक्छ । पुनर्जन्म सामान्य सामान्य सत्य होइन । भ्रम मात्र हो त्यो ।
मानवसभ्यताको एउटा कडीको रूपमा विकसित छ प्रेम । प्रेमपथ कठिन छ । मानवसभ्यताको विकासक्रम सरल रहेन, पट्यारलाग्दो पनि छैन भन्ने विश्वासमा विश्वस्त छे डेवी । यदि यो यात्रा पट्यारलाग्दो भएको भए टुङ्गिन्थ्यो होला तर यस्तो स्थिती आएन । डेवी वैभवशाली प्रस्ताव लत्याएर प्रेमपथको यात्रालाई सम्पूर्णता दिन कम्मर कसेर अग्रसर भएकी छ । मानवसभ्यताको महान् पक्ष पे्रम र त्यसको गाथासँगको यो यात्रा डेवीका निम्ति अति नै रुचिकर तथा अनौठो सिद्ध भएको छ ।
सभ्यताको विकासक्रममा प्रेमपथको यो यात्रा प्राचीन सभ्यताबाट अगाडि बढ्दै मध्यकालीन सभ्यताबाट गुज्रेर आधुनिककालसम्म आइपुगेको छ । यो यात्रा उत्तरकालसम्म पुग्न अग्रसर देखिन्छ । प्रेमपथको यो यात्रा अघिल्लो कोसेढुङ्गातर्फ अग्रसर छ ।
डुङ्गाद्वारा गरिने विशाल समुन्द्रको रोमाञ्चक यात्रामा प्रायः सार्क र व्हेलको डरले सताईरहन्छ । चिसो हावा पनि कम खतरनाक हुदैन फेरि दिशा भुलिने सतर्कता त्यति नै आवश्यक हुन्छ । यो यात्रा सारै कडा र निष्ठुर छ । रातको समयमा पनि उज्यालोले जगमग देखिने नजिकैको टापुमा विश्रामको लागि उनीहरू जाँदैनन् । साधारण सांसारिक जगत्बाट टाढा रहेर प्रेममय संसारको खोजीमा भट्केकाहरू एउटा प्रेमपूर्ण दर्शन वा सभ्यताको खोजीमा छन् । यी सहयात्री आआफ्नो यात्रामा सफल रहे भने, यो यात्राले सभ्यतालाई समृद्धशाली हुन सहयोग पु¥यायो भने सायद आफ्नो निम्ति अर्को यात्रामा निस्कनेछन् जतिखेर त्यस्ता प्रेममय टापु, गुफा वा हिमालहरूमा उत्रनेछन् अनि गल्ली, साँघुरा गल्ली र गोरेटोहरूमा नाच्दै, उफ्रदै, स्याम्पेन फोड्दै हिड्नेछन् ।
यौन र घृणाबाट अलग रहेर, सतर्कताका साथ एउटै ध्येयका निम्ति, यो पथको यात्रामा संलग्न छन् । मूल ध्येय मानव प्रेम हो न कि प्राकृतिक स्वतन्त्रता ।
उनीहरूले एउटा त्यस्तो रात्रीभोजको विषयमा कल्पना गर्नु मूर्खता हुनेछैन जुन सौन्दर्य वा प्रेमकी देवीले आयोजना गरेकी होस ।
दुबैजनाको विचारमा प्रेमको निक्र्यौल वा निश्चय भइसकेको छ । एकअर्कासँग अलग रहदा पनि आभास वा अनुभूत हुन थालेको भाव, आफ्नोपन र एकाग्रमन नै मानवमानवबीचको प्रेम होे । उनीहरूले बुझिसकेका छन् । यो सोच, यो आकर्षण यौन मात्र हैन, दुवैलाई यस्तै लाग्छ । ‘यो प्रेम हो’ बेलाबेला बड्बडाउछन् । बेलाबेला दिवास्वप्नमा एकअर्काप्रति नजिक रहेको कल्पना गर्छन् । दिवास्वप्न मार्फत एकअर्कासँग नजिक रहन्छन् । दुबैजना भीडभाडको शहर, स्वतन्त्रताको शहर पुगिसकेका छन् । कुनै पनि बार वा डिस्कोमा पसेर चित्तबुóदो साथी खोजेर, अँगालो मारेर क्षणिक सुखमा रमाउन सक्छन्, कुनै रोकटोक छैन । दुबैजनाले यसो गरेनन्, निराश भएनन् तर उदासिनताले पछ्याउन छाडेन ।
प्रेम पवित्र भए कोमल आभास हो, कठोर यसकारण कि प्रेम प्राकृतिक स्वतन्त्रताबाट टाढा रहन्छ, प्रेम अनुशासनको कदर गर्छ । यौनमा अनुशासन, स्वभावमा अनुशासन, बोलिचालीमा अनुशासन । प्रेम दुष्ट छैन तर प्रेमलाई गलत प्रयोग गर्ने तथा अर्थ लगाउनेहरू दुष्ट छन् । रोमान्स, धनदौेलत, मोजमज्जा, भौतिक उपभोगको यो कालखण्डमा प्रेमलाई निरर्थक, निरस तथा वाहियात ठान्नेहरूको सङ्ख्या कम छैन । डेवी र इश्वर यस्तो सोच्दैनन् । विश्वास छ कि रात्रीभोज, स्याम्पेन, आफ्ना उमेरका जोडीलाई त्यागेर गरिने प्रेम सार्थक छ । यो दुनियाँको आदिदेखि अन्त्यसम्म ।
आदिम मानवले विकास गरेका महान् सभ्यता प्रेम पनि हो । प्रेम जस्तो महान् र सर्वव्यापक विषय ती आदिम मानिसहरूको जीवनचर्यामा संलग्न रहनुु एउटा आश्चर्य नै हो । प्राचीन समयमा प्रेमका थुप्रै ज्ञान, प्रसङ्ग, व्याख्या उपलब्ध नहुनुु स्ववाविकै हो । प्रेमपथका यात्री उनीहरू मात्र हैनन्, कसैको यात्रा टुङ्गिदैमा टुङ्गिने विषयवस्तु रहेन प्रेम । प्रेमपथमा हिड्नु पर्ने थुप्रै कठिन यात्राहरू बाँकी नै छन् । प्रेमको सदुपयोग गर्नु प्रत्येकको कर्तव्य हो । समयले साथ दिए छ भने डेवी र इश्वर फेरि कुनै पोर्ट, स्टेशन वा स्टाण्डमा भेट्नेछन अनि र अर्को कुनै नियात्रामा निस्कनेछन् ।

डेवी जोनको घरबाट निस्केर सडकमा आई । सडकमा दोहारिलत्त कारहरू कुदिरहेका छन् । ब्याग सँभाल्दै फुटपाथमा हिड्न थाली । निकैबेर हिडेपछि भूमिगत टे«न चढी । ऊ अर्कै शहर पुग्न चाहन्छे जहाँ जोनले उसलार्ई व्यवधान नपु¥याओस । जोनसँगको मोह टुटिसकेको छ । जोनप्रति प्रेम सम्बन्धी कुनै सम्भावना छैन । सुरुमा लागेको हो कि ‘यो प्रेम नै हो’ तर समय बित्दै गएपछि आभास भयो ‘यो प्रेम हैन’ । प्रेम भनौ या एक किसिमको पृथक, पुण्य आभास जसलाई प्रेम भनेर परिभाषित गर्न सकिन्छ सायद त्यो काठमाण्डौमा छुट्यो । छुट्न त कहाँ छुट्ला र ? प्रेम नै हो भने कसरी छुट्ला ? काठमाण्डौ जाने विषयमा सोच्दा भिसा सिद्धिसकेको याद आउँछ । यहाँ भिसाका कारण समस्या नपर्ला सायद । पैसा सिद्धिसकेको छ तर जोनको घर छोडेकोमा अफसोस भएन, रहेन पनि । राम्ररी थाहा छ अब मँहगो होटल बेहोर्न सक्दिन । आफ्नो घर जान चाहन्छे यस्तो लाग्दैन । विश्वविद्यालयको कक्षामा सहभागी हुन चाहन्छे यस्तो पनि लाग्दैन ।
डेवी विचारमग्न देखिन्छे, टे«नको सिटमा बसेर एकाग्र हुन खोज्दै सोचिरहेकी छ । कहाँ जान चाहन्छे सायद अलमलिएकी छ । नजिकैको सिटमा दुई युगल जोडी ओठबाट ओठले प्रेम चुसिरहेका छन् । प्रेम भन्छन् सबै तर यो यौन आकर्षणभन्दा अलग अर्को केही हैन । निकै लामो अल्छिलाग्दो यात्रा पछि रेलगाडीबाट उत्री । बेलुकाको समय, सानो स्थानीय शहर जस्तो लाग्छ । पैसाले नभ्याएपछि यहाँ उत्रिएकी हो । किनमेलको समय परेछ, धेरै मान्छेहरू यत्रतत्र हिडिरहेका छन् । यो भीडमा हराउन खोजी तर सकिन । आफ्नो अस्तित्वले झकझकाइरह्यो ।
खोज्दै जाँदा एउटा सस्तो स्थानीय होटल भेटी । सबै दृष्टिकोणबाट होटल राम्रो लाग्यो । काम पाउने आश गरी । शहर घुम्न थाली । पैसा दिनदिनै सिद्धिदैछ । एकदिन, महिला मालिकको मुड हेरेर ‘काम पाइन्छ कि ?’ भनी । तुरुन्तै काम पाइ तर काम अनौठो छ पारिश्रमिक झनै अनौठो । ट्वाइलेट, रुमहरू, भाडाकुडा सफा गर्ने काम । खान र बस्न अनि थोरै पैसा । पारिश्रमीक ज्यादै कम भए पनि स्वीकार्न कर लाग्यो ।
कुनै कुनै कोठा सफा गर्न जादा अतिथिहरू नाङ्गै हुन्छन्, यौनसंसर्गका लागि अनुरोध गर्छन, पैसा, रकमको लोभ देखाउँछन् । कोही रासलीलामा संलग्न भएका हुन्छन् तरै पनि काम गरी, प्रेमले खाना दिदो रहेनछ । खाना र बस्नका लागि धेरै पहिलेका मान्छेहरू प्रकृतिमा निर्भर थिए हिजोआज पैसामा । सम्झना, कल्पना, भावनामा इश्वर मात्र छ, जोन हैन । यहाँ आफूलाई सुरक्षित सम्झेकी छ, महिला मालिकको कोठामा सुत्न थालेकी छ । होटलको कोठा ग्राहकलाई गयो । यहाँ मान्छेहरू रासलिलाको लागि मात्र आउँछन् । कुनै पर्यटकीय स्थान होइन यो ।
सबै प्रसङ्ग, सारा याद, सम्भावना, प्रतिक्षा वा भविष्यलाई बिर्सेर डेवी अति व्यस्तताका साथ बाचिरहेकी छ । सबै भावना र सोचहरूको सम्झना छ । फुर्सदमा सम्झिन्छे । सपना, कल्पना सम्झनाको अनौठो आकाशमा स्वच्छन्द भएर, अति महŒवाकाङ्क्षाको भवसागरमा रम्ने गर्छे । सफलताको अनौठो कहानी सम्झेर हराउछे, कता कता, कहाँ कहाँ हराउछे । दिवास्वप्नमा रम्ने र हराउने काम निरर्थक लाग्दैन । आउँदा दिनहरूमा इश्वरसँगको भेटका निम्ति गरिने प्रयासहरू निरर्थक सिद्ध हुन सक्दैन भनेर कसरी भन्न सकिन्छ र ?
डेवी आश्चर्यचकित छ । अधिकांश क्षणहरू स्थिरताका साथ, संयमित रहेर, व्यस्त भएर, सम्झेर, कल्पेर बिताई । भिसा प्राप्त गर्ने प्रयास गर्दा नेपालको निम्ति हैन, साउदीका निम्ति भिसा पाउन सफल भई । यहाँबाट नेपालको भीसा नपाउने पनि निश्चित भयो । केही पैसा जम्मा भए पछि निक्ली, होटलबाट बाहिर निस्केर निरुद्देश्य सडकमा हिड्न थाली । हिड्दा हिड्दै साउदीका निम्ति टिकट लिई । विमानस्थलमा प्रतिक्षाको समय केही पनि सोचिन, सम्झिन, कल्पिन पनि ।
साउदीको राजधानी शहर पुगी । धेरै पैसा छैन । हिड्दा हिड्दै चर्च भेटी । धेरै प्रयासपछि फादरसँग भेट भयो । सेविका बनेर रहने प्रस्ताव राखी । खाने र बस्ने सर्तमा चर्चमा सेविका भएर रहन थाली । यिशुक्रिष्टको मूर्ती अगाडि उभिएर प्रार्थना गर्दा उसलाई लाग्छ, प्रेमका निम्ति प्रेमसामू प्रार्थना गरिरहेकी छ । प्रेमको प्रतीक हो यिशुको मूर्ति । यहाँ चर्च भेटिनु कुनै आश्चर्यचकित हुनुपर्ने घटना होइन जस्तो लाग्यो ।
त्यो दिन, इश्वर चित्र प्रदर्शनीका निम्ति यहाँको लागि प्रस्थान गरेकोले यहाँ आइपुगेकी हो । उसले यहाँ भिसाको लागि अनुरोधपत्र दिई ।
फादरलाई आफ्नै बुबा ठानेर सेवा गर्न थाली । पाका नागरिकको सेवा गर्नु सौभाग्यको कुरो बन्यो । त्यति धेरै काम छैन, दिउँसो घुम्नका निम्ति निस्कन्छे । बेअर्थ, अर्थहीन रूपमा घुम्दिन, आर्टग्यालेरी खोज्दै घुम्छे । आर्टग्यालेरीको विषयमा सोध्दै हिड्छे । केही आर्टग्यालेरी घुमिसकेकी छ । त्यहाँ आफूले खोजेको चित्र भेटिन । वास्तवमा के खोजिरहेकी छ ? उसैलाई थाहा छैन । धेरै अलमल वा अनिश्चयमा छे । काठमाण्डौ जान चाहन्थी तर के सोचेर हो कोनी यहाँ आइपुगी । काठमाण्डौ पुगेर इश्वरसामू प्रेमको प्रस्ताव राख्नु उसलाई अनौठो लाग्यो । प्रेम त्यसरी हुन्छ र ? त्यो त सस्तो प्रेम हो जो हिजोआजका केटाकेटी बीच हुने गर्दछ । आज भेटे, भोली प्रेम । अलिकति राम्रो युवक वा युवती देख्ने वित्तिकै ‘आइ लभ यु’ । उसलाई मन लागेन सस्तो प्रेम । प्रेम प्रतिक्षा हो, प्रेम संयोग हो, प्रेम संयमता हो, प्रेम आकर्षण हैन बलिदान हो यस्तै लाग्छ । यही सोचेर आर्टग्यालेरीमा केही खोज्दै हिड्दै छे । आश गरेकी छ कि कुनै न कुनै आर्टग्यालेरीमा इश्वरले बनाएको चित्र टाङ्गिएको भेट्ने छे । आर्टग्यालेरीहरूमा टागिएका चित्रहरूमा चित्रकारको नाम ‘इश्वर’ खोजेर हिडिरहेकी छ । उसलाइ लाग्छ कि यो उसको पागलपन सिद्ध हुनसक्छ । ऊ यो पागलपन भोगिरहेकी छ । के साच्चै प्रेम पागलपन नै त हैन ? उसलाई अप्ठ्यारो लाग्यो काठमाण्डौ जाने अनि प्रसङ्ग, प्रयोग विना ‘म तिमीलाई प्रेम गर्छु’ भन्नु ।
इश्वरले चित्र प्रदर्शनीका निम्ति उसलाई वास्ता नगरी हिडेको थियो । इश्वर चित्रकलालाई प्रेम गर्छ । ऊपनि इश्वरले बनाएका चित्रहरूलाई प्रेम गर्न चाहन्छे । चित्रका निम्ति इश्वर डेवीलाई छोड्न सक्छ भने डेवी पनि चित्रका निम्ति इश्वरलाई छोड्न सक्छे । यसरी पनि प्रेम प्रकट गर्न सकिन्छ । अब कुनै किसिमको दुविधा छैन । ऊ आफ्नो सोच, दृष्टिकोण वा धारणाप्रति स्पष्ट छे ।
धेरै दिनहरूको कठोर परिश्रमपछि अन्त्यमा एउटा ठूलो आर्टग्यालेरीमा इश्वरले बनाएको आफ्नो चित्र, खुबै राम्ररी आकर्षक ढङ्गले टाङ्गिएको भेटी । त्यो चित्रलाई निहारेर हेरी, चित्रलाई राम्ररी हेर्ने मौका पाएकी थिइन । तुरुन्तै अनौठो समस्याद्वारा आक्रान्त भई । चित्रको अनुहार र उसको अनुहार मिल्छ, कसैले चिन्नसक्छ । कसैले देख्नसक्छ । कसैले आश्चर्य मान्नसक्छ । रुमालले मुख छोप्दै चित्रमुनि उभिएर उसले धेरैबेर चित्रलाई हेरी । मुख लुकाउँदै हिडी । कसैले पनि उसलाई नियालेर हेरेनन् । त्यो दिनको सम्झना गरी । उसको स्मृतिपटलमा त्यो दिनको सम्झना ताजै रहेर चलचित्रझै चले । लाग्यो इश्वरलाई भेटी । चित्रसँग चुपचाप मौन भाषामा कुराकानी गरी । मौनभाषाका माध्यम ‘म तिमीलाइ प्रेम गर्छु’ पनि भनी । चित्रको महानताको विषयमा केही सोचिन केवल इश्वरलाई सम्झी । आफ्नो प्रेम, इश्वरप्रतिको प्रेमलाई उसले त्यो चित्रमा भएको आफ्नो आँखामा देखी । त्यो चित्रको आँखामा रहेको चित्रकारप्रतिको प्रेमलाई स्पष्ट देखी । स्पष्ट भयो, इश्वरप्रति ऊ आकर्षणको भाव राख्दिन । लोभ वा इष्र्याको भाव राख्दिन । माया वा घृणाको भाव राख्दिन । निश्चय भयो कि यो प्रेम हो, यो प्रित हो । काठमाण्डौ नजानु पछाडिका कारण मध्ये यो पनि एउटा हो कि जो भाव विजारोपण भइरहेको छ त्यो भावमा स्थायित्व हुनु, परिपक्वता आउनु आवश्यक छ । भावको स्थायित्व वा परिपक्वताका निम्ति ऊ प्रतिक्षा गर्न चाहन्छे ।
‘के अब म काठमाण्डौ जान्छु ?’ एउटा प्रश्न अगाडि आयो । होइन, अन्तस्करणबाट उत्तर पनि आयो । यदि यो साच्चिकै प्रेम हो भने, इश्वरसँग यही भेट हुनुपर्छ । मनमनै ढिपी गरी ।
आफ्नो कपाल तथा अनुहारका शैलीहरू परिवर्तन गरी । आँखामा चस्मा लगाउन थाली । यसरी ऊ केही हदसम्म आफ्नो अनुहार चित्रसँग लुकाउन सफल भई ।
लाज नमानि गरेको अथक प्रयासपछि त्यो आर्टग्यालेरी सफा गर्ने तथा दिउँसोभरि ढोकामा पालो बस्ने काम पाई । चर्चलाइ आश्रयस्थल बनाएर यो काम सुरु गरी । फादरले राम्रो काम लगाइदिने बाचा गरेका हुन् । राम्रो र ज्यादा पैसा आउने काम पाउन सक्थी । विश्वविद्यालयमा पढाउने काम भेट्नु उसको लागि समस्याको कुरो होइन तर आर्टग्यालेरीको काम नै चुनी । ग्यालेरीको ढोकामा बसेर इश्वरको प्रतिक्षा गर्न चाहन्छे । यो काम गर्नुका साथसाथै इश्वरले बनाएको आफ्नो चित्र सामु प्रेमको उपासना गर्न चाहन्छे ।
बिहान करिब आठ बजे ग्यालेरी पुग्छे । सफाइ गर्छे, आफ्नो चित्रसामु प्रार्थना गरेर निकैबेर उभिन्छे । प्रत्येक कामका लागि औजारहरू उपलब्ध छन् । बिहानको खाजा खाएर आउछे । तीन बजे पछि मात्र खाना खान्छे । ग्यालेरी बिहान नौ बजे खुल्छ अनि तीन बजे बन्द हुन्छ । यस्तै समय तालिका छ यहाँको । काठमाण्डौ जाने विचारलाइ त्यागी, यहीँ बाँकी जीवन बिताउने निर्णय गरी । भेट होस या नहोस । भाषा सिक्न थाली । भाषाको कारण समस्या भइरहेको छ । चार बजे भाषा कक्षा पुग्छे । चर्चमा फादरको सेवा गर्ने काम छोडेकी छैन । जब युगल जोडीहरू चित्र सामु धेरैबेर उभिएर चित्रको प्रशंसा गर्छन ऊ गर्व महसुस गर्छे ।
दुई वर्ष बित्यो । आर्टग्यालेरीमा टागिएको, इश्वरद्वारा निर्मित आफ्नो चित्रले इश्वरको सम्झना वा यादलाई विस्थापित गर्न थाल्यो । यहाको यो प्रक्रियाले स्थायित्वको भाव लियो । डेवीले प्रतिक्षा वा प्रेमको आभासलाई दैनिक कर्मका रूपमा परिणत गर्ने प्रयास थाली ।


एकदिन –
सामान्य बिहानी छ सधै झै, कुनै नौलो परिवर्तन छैन । ऊ आफ्नो समयमा आर्टग्यालेरी पुगी । बाँकी काम सकेर, मूलगेट खोली अनि आफ्नो चित्र सामू उभिएर उपासना गर्न थाली । एकाग्रताका साथ मन्दिर, मूर्ति अनि इश्वरलाई सम्झेर, आफ्नो आराधना, उपासना तथा प्रार्थना आरम्भ गरी । कोही पछाडि आएर उभियो, उसले थाहा पाइन । निकैबेर पछि एकाग्रता तोड्दै, आँखा उघारी । पछाडि कोही रहेको आभास भए पछि पछाडि फर्र्की । एउटा पुरुष त्यो चित्रलाई हेरिरहेको छ । आँखाहरू जुधे । निकैबेरसम्म एक अर्काका अनुहारबाट दुबैजनाका आँखा हटेनन् । आँखाको गहिराइ झन् झन् गहिरो, उनीहरू समुद्रमा डुबेर उत्रिन नचाहेकाझै भए । एकअर्काका आँखामा सारा जग, जगत् एक अर्काले देखे झै भए । विश्वास छ, प्रेम छ, सहयोग छ, आँखाहरूमा । धेरैबेर एकअर्कासँग यी नै कुराहरू साटेर उभिरहे । अंहकार, घमण्ड, इष्र्या, द्धेस र घृणा एकअर्काका चरणमा समर्पण गरे ।
लामो समय पछि आशातित मिलनको भावमा एक अर्काका अङ्कमालमा बाँधिए । केही बोलेनन् । केही देखेनन् । दुबैका अङ्कमालमा प्रतिक्षापछिको मिलन छ । अनौठो संयोग वा मिलन हो यो, यी प्रेमीहरूको ।

आराधना, उपासना तथा प्रार्थनास्थलको काममा इश्वर पनि आउन थाल्यो । दुबैजनाले एकअर्कालाई सहयोग गर्दै काम थाले । यहाका कर्मचारीहरू इश्वरलाई चिन्छन् । डेवीलाइ पनि उनीहरूसँग परिचय गराइयो । चित्रकी युवती आफू सामू उभिएको देख्दा तिनीहरूले अचम्म माने । तिनीहरूले यो कुरोलाई अनौठो संयोग ठानेर आफूमै सिमित राखे । इश्वर पनि भाषा सिक्न थाल्यो । ऊ चित्रकला सम्बन्धी तालिमका लागि यहाँ आएको हो ।
प्रेम जो दुबैतर्फबाट हार्दिक हुन्छ, प्रत्येक कालखण्डको सत्य हो । महान् छ, अमर पनि ।

बिहानको समय, पिच सडकमा दौडिरहेको मोटरको गति पचास किलोमिटर प्रतिघण्टा छ । अख्तरले मोटर हाँकिरहेको छ । जमिनको सतह समतल छ । होटलबाट हिडेको पाँच घण्टा बितिसकेको छ । सुरुको दुई घण्टा उकालो, त्यसपछि ओरालो र अब समतलमा दौडिरहेको छ मोटर । इश्वर चुपचाप मोबाइलबाट गीत सुनिरहेको छ । डेवीको हातमा जुसको बोतल छ । मोटरमा अरु कोही पनि छैन ।
बाटोको दुबैतर्फ धानको बाला लहलह झुलेको दृष्य देख्न पाइन्छ । ठाउँठाउँमा व्यारेज र साना पुलहरू छन् । दुबै छेउमा बनाइएको कुलोमा पानी बगिरहेको देखिन्छ । वातावरणमा गर्मी छ अति नै । डेवीले कुर्था सुरुवाल लगाएकी छ । इश्वरले कुर्था पाइजामा लगाएको छ । उनीहरूको जीउमा विभिन्न खाले माला र अरु गहनाहरू छन् ।
मोटरमा रहेको सिडिप्लेयर बन्द छ । ए.सि. खुलै छ । त्यसले चिसो हावा फ्यालिरहेको छ । ए.सी.चलेकाले मोटरभित्र त्यति धेरै गर्मी छैन । बाहिर कस्तो होला अनुमान छ तिनीहरूलाई ।
“हामी कति बजे पुग्छौ होला ?” डेवी शान्त आवाजमा बोली ।
“साँझसम्म हामी गन्तव्यमा पुग्छौ ।” मोटरलाई मोड्दै अख्तर बोल्यो ।
“तपाईहरू आफ्नो ज्यानको सुरक्षा आफै गर्नुहुनेछ । हामी बीच यस्तै सम्झौता भएको छ । मैले तपाइहरूलाई यो अन्तिमचोटि सम्झाएको हुँ । फेरि फेरि म सम्झाउने छैन । तपाईहरूलाई म साथ दिनेछु, सहयोग गर्नेछु । जब ज्यानको प्रश्न उठ्नेछ, म हराउनेछु ।”अख्तर चर्को स्वरमा बोल्यो ।
“हामीलाई देख्ने बित्तिकै कसैले हामी माथि गोली, बम वा बारुद प्रहार गर्ने छैनन् होला ।” आशलाग्दो स्वरमा डेवी बोली, इश्वर च्ुापै छ ।
“त्यस्तो अन्तिम अवस्थामा तपाईहरू हुनुहुन्न । तपाईहरू स्थानीय भाषा बोल्न जान्नुहुन्छ । बिदेशी जस्तो पनि देखिनुहुन्न । हामी जस्तै हाम्रै समूदायको जस्तै लाग्नुहुन्छ ।” अख्तर उत्प्रेरक भावमा बोल्यो ।
“विश्वास गर्न सकिन्छ कि हाम्रो आफ्नो परिचय अन्तिम अवस्थासम्म गोप्य रहनेछ ?” इश्वर पनि कुटनीतिक पाराले बोल्यो ।
“तपाईहरू विश्वास गर्नुहोस् । मैले आजका मितिसम्म अति माया गरेको चीज हो मेरो पेशा । म मेरो समूदाय, धर्मलाई धोखा दिन सक्छु तर पेशालाई धोखा दिन्न । मेरो मालिकले तपाईहरूसँग पैसा लिएका छन् । मालिकको विषयमा म केही भन्न सक्दिन ।” अख्तरले पनि कुटनीतिक भाषा प्रयोग गर्दै शुष्क स्वरमा बोल्यो ।
एक ठाउँ रोकिए । डेवी पानी पिउन थाली । उनीहरूसँग खाने पिउने सबै सामाग्रीहरू छन् । मान्छेहरू फाट्फुट्ट देखिन्छन् । किसान जस्ता मान्छेहरूसँग आफ्नो गन्तव्यका विषयमा सामान्य कुरा भयो । डेवी तथा इश्वर वर्ण, रङ्ग, भाषा र लुगाकपडा आदिका कारण स्थानीय देखिएका छन् । डेवीसँग अनुहार छोप्ने कपडा पनि छ तर अहिले लगाएकी छैन । धेरै सम्पन्न जस्ता देखिदैनन् उनीहरू ।
डेवी बेला बेला मोबाइलमा चल्छे । इन्टरनेट खोल्छे । कहिले खुल्छ, कहिले खुल्दैन सायद टावर नसमात्ने होला । उसले फेसबुकमा आफूलाई इन्टर गराएकी छ । फेसबुक मार्फत ज्यादाभन्दा ज्यादा मान्छेहरूलाई प्रेमको सन्देश दिन्छे । ऊ ज्यादाभन्दा ज्यादा समय इमेल गर्नमा संलग्न रहन्छे । नचिनेका धेरै साथीसँगीहरूलाई फेसबुकबाट इमेल एडे«स निकालेर, इमेल गर्छे । इन्टरनेटमा व्यस्त रहन मन पराउदिन थिई तर जब इश्वरसँग भेट भयो, प्रेमको सन्देश सबैतिर पु¥याउने उसको ध्येय रह्यो । यो प्रक्रिया खर्चालु छ तर बेहोर्छे । नेटको सुविधा भएको, मोबाइल उसलाई इश्वरले उपहार दिएको हो । त्यसलाई उपयोग गरिरहेकी छ । इश्वरले उसलाई आर्थिक सहयोग पनि गर्ने गरेको छ । इश्वर जरुरी सूचना र कुराकानीकालागि मात्र मोबाइलको प्रयोग गर्छ । कम्प्युटरमा इश्वर घण्टौ समय बिताउछ तर ग्राफिक्सका लागि । ऊ चित्रहरूलाई स्क्यान गरेर कम्प्युटरमा हाल्छ अनि रङ्गहरूका विकल्प र संयोजन खोज्न थाल्छ । कप्म्युटरमा ठिक देखिएका रङ्गहरू चित्रमा पोत्छ ।
उनीहरूको मोटर समतलभूमीको पिच सडकमा दौेडिरहेको छ । इश्वरले आँखा चिम्लेको छ । डेवी मोबाइलसँग खेलिरहेकी छ । अख्तर सानो आवाजमा सङ्गीत सुनेर मोटर दौडाइरहेको छ ।
“मेडम अनुहार छोप्नोस्, हामी चेकपोष्ट नजिक आइपुगेका छौ । यहाँबाट हामी उकालो चढ्नेछौ । तपाईहरूलाई मान्छेका नामहरू याद छ होला । ठाउँको नाम पनि याद हुनुपर्छ । के तपाईहरू तयार हुनुहुन्छ । चेकपोष्टहरू अरु पनि छन् तर यो चेकपोष्ट पार गरे पछि बाँकीमा धेरै कडाइ हुदैन ।” अख्तर कठोर स्वरमा बोल्यो ।
“क्mेही छ भने भन्नोस, हिम्मतले धोखा दियो या ज्यानको माया लाग्यो भने भन्नोस हामी यहाबाट सजिलै फिर्ता हुनसक्छौ । यहाबाट अगाडि बढे पछि फर्कनु ज्यान माया मार्नु हो । अन्तिम चोटि विचार गर्नोस हामी युद्धग्रस्त, युद्धरत क्षेत्रमा प्रवेश गर्न गइरहेका छौ ।”
“हामी तयार छौ । हामीलाई राम्ररी थाहा छ कि हामी युद्धग्रस्तक्षेत्रमा ज्यान माया मारेर प्रवेश गर्दैछौ । ” उनीहरू सम्भालिदै बोले ।
केही समयको गुडाइपछि सडकमा गति अवरोधहरू देखिन थाले मोटरको गति एकदमै कम भयो ।
“एउटा कुरा याद राख्नु होला, यो अवरोध हामीले पार ग¥यौ भने त्यसपछि हामी यात्रासँग सम्बन्धित बाहेक अरु कुरा गर्ने छैनौ । हाम्रा व्यक्तिगत कुरा बिलकुलै गर्ने छैनौे । हामीले बोलेको कुनै पनि रेडियोले समात्न सक्छ ।”
अनुहार छोपिएको कारण डेवीको प्रतिक्रिया बुुóन सकिएन । इश्वर यसै पनि एकदमै कम बोल्छ । अन्त्यमा एउटा चौकी सामु मोटर रोकियो । अगाडि कुनै पनि गाडी छैन सायद यो बाटोमा एकदमै कम गाडीहरू मात्र गुड्छन् ।
दिउँसोको तीन बजेको छ । अख्तर भोलि मात्र फर्कन सक्छ । रात पर्नुभन्दा अगावै ऊ गन्तव्यमा पुग्न चाहन्छ । रात परेपछि हिड्ने इच्छा राख्दैन । रातमा हिड्ने अनुमति उसले नपाउन सक्छ ।
करिब तीन मिनेट उनीहरू आफ्नो धड्कन नियन्त्रणमा राख्दै मोटरमै बसिरहे, एकअर्कासँग नबोली । दुबै छेउबाट अत्याधुनिक हतियार उनीहरूतिर सोझिएका छन् । अख्तर यो ठाउँमा करिब एक वर्ष पहिले आएको थियो उसलार्ई प्राप्त सुचनाअनुसार ती दिनभन्दा हिजोआज ज्यादै कडा छ । नजिकैबाट तीनजना मान्छे मोटर भएतिर आए । दुइजना हतियारधारीले मोटरलाई आफ्नो निशानामा लिए । पेस्तोल झुन्ड्याएको एउटा अफिसर ड्राइभरतर्फ आयो ।
“सलाम अफिसर” अख्तर स्थानीय भाषामा बोल्यो ।
“कहाँ जान्छौ, को हुन यिनीहरू” अफिसर कड्किएर बोल्यो । इश्वरले आफूतिरको सिसा तल झा¥यो ।
“विरेनपुरा पु¥याउनु छ अफिसर” अख्तर उनीहरूलाई अफिसर भनिरहेको छ तर यिनीहरू सेनाका मान्छे हैनन्, मिलिटेन्ट हुन् ।
“विरेनपुरा कस्काँ” अफिसर भनेको सुन्दा उसलार्ई गर्व महसुस भएको हुनुपर्छ । उसका जँुगा लामा छन् । जँुगाको इज्जत पुगेको हुनुपर्छ ।
इश्वरले एकजना स्थानीय मान्छेको नाम भन्यो ।
“कहाँबाट आएको” अफिसर अलिकती नरम भयो ।
“छुट्टि बिताउन करिब एक महिनाका लागि हामी मामाघर आएका ।” इश्वरले जवाफ फर्कायो ।
“तिमीहरू बैद्यका भान्जाभान्जी हौ ।” अफिसर झनै नरम भयो । “मोटरको खानतलाशी लिनुपर्छ ।” अफिसर बोल्यो । अख्तर उत्रेन, साँचो दियो । उनीहरूले ढोकाहरू खोलेर खुबै सूक्ष्म तलाशी गरे । कुनै पनि आपत्तिजनक चीज थिएन । केही पनि भेटेनन् तिनीहरूले ।
“एकजनाले रजिष्टरमा लेख ।”
इश्वर उœयो । रजिष्टरमा लेखिनु पर्ने सबै बेहोरा दूरुस्त लेख्यो स्थानीय लिपिमा ।
अफिसरको आदेश पछि तगारो उठ्यो । अफिसरलाई सलाम गर्दै अख्तरले मोटर अगाडि बढायो । उनीहरूले लामो श्वास तानेनन् । ठूलो उद्देश्यका लागि हिडेकाहरू यति सानो घटनाले आत्तिन थाले भने कसरी काम चल्छ । मोटरगाडी धक्का खादै अगाडि बढ्न थाल्यो ।
“मामाले मलाई चिन्नु होला ?” उनीहरूको वार्तालाप चल्न थाल्यो । “सानोमा मामाले माया गरेको मलाई अझै पनि याद छ ।”
यात्राले उकालोको गति लियो । एउटा मात्र मोटर गुड्न सक्ने उकालो घुमाउरो छ । ठूला ट्रकहरू आएमा वा सानै मोटर आए पनि बाटोको चौडाइ हेरेर टाढैबाट पर्खेर बस्नुपर्छ । घुम्तीमा हर्न बजाउदै सारै कम गतिमा अगाडि बढ्नुपर्छ । उताबाट आउने गाडीहरू ओरालोको द्रुतगतिमा हुनसक्छन् । बाटोको दुबैतर्फ सारै मनोरम दृष्य देख्न पाइन्छ । तलमुनि बिजुलीको पावर प्लान्ट भएको स्थान खुबै मनोरम छ, हेरिरहुँ जस्तो लाग्ने, त्यो दृष्य गाडी घुम्तीमा मोडिए पछि देखिन छोडेको छ । कहिँ कहिँ ओरालो छ, राम्रा राम्रा घरहरू देखिन्छन् । मान्छेहरूको आवादी ज्यादै कम भएको अनुमान गर्न सकिन्छ । पहिरन र रहनसहन अनौठा लाग्छन् ।
“क्mसैलाइ नसोधीकन तिमी मामाको घर पुग्नसक्छौ हैन ?” अचानक इश्वर बोल्यो ।
“सक्छु, पछिल्लो पटक पनि म यही गाउँ आएको थिए” अख्तरले जवाफ दियो । “हामीले अब कहीँ उत्रेर केही खानेकुराहरू खानुपर्छ । दुइटा चौकी कटिसकेको छ । सम्भवत अब एउटा मात्र बाँकी छ ।”
“दिवा तिमीलाई केही खाने इच्छा छ ।” इश्वरले डेवीलाई सोध्यो । उनीहरूको परिचयपत्रमा देवीको नाम दिवा र इश्वरको नाम इसार लेखिएको छ । “म जुस पिइरहेको छु अबेर नगरौ अख्तर भाइ अब हामी मामाकै घरको चिसो पानी पिउनका निम्ति पुगौं ।”
यो कुराकानीको करिब घण्टाभरमा मोटर एउटा घर अगाडि पुगेर रोकियो । उनीहरू गाडीबाट उत्रिए । घरबाट एकजना पचास, पचपन्न वर्षको उमेरका हट्टाकट्टा पुरुष उनीहरू सामु आयो ।
“सलाम मामाहजुर”डेवीले अभिवादन गरी ।
“आहो भान्जी, ज्वाँइ साहेव” इश्वर र त्यो मान्छे अङ्कमालमा बेरिएर मिले । इश्वरलाई कस्तो कस्तो लाग्यो ज्वाँइ भनेको सुनेर ।
मामाको घरमा मामाकी छोरी अर्थात डेवीकी बहिनी सविनासँग भेट भयो । ऊ पातली, राम्री, निडर, फस्र्याइली खालकी केटी रहिछ । माइजु निकै उमेर खाएकी बुढी झै लाग्ने कठोर र उच्च स्वर भएकी मोटी आइमाई रहिछन् । जब डेवी र इश्वरले अभिवादन गरे उनले लोग्नेमान्छे जस्तो ठूलो घरघराउदो स्वरमा भनिन् –
“बैनी कस्ती राम्री, दयावान थिइन्, सजिलै खसिन्, जानेबेलामा दुःख पाइनन् । हामीले यहाँ बसेर पनि सुनेका छौ । साच्चै के भएकोे थियो उनलाई ।” मामाले भने ।
“केही भएको थिएन साधारण रुघा खोकी ज्वरोको बिरामी हुनुहन्थ्यो, अस्पताल लगेपछि अन्तिम अवस्थाको क्यान्सर भन्यो, खोक्नु हुन्थ्यो । अस्पताल लगेर चौबीस घण्टा आइ.सि.यू. मा राखेपछि आमा जानु भयो, कहिल्यै नफर्कने गरी । आमालाई मेरो विवाह हेर्ने सारै ठूलो धोको थियो । विधिको विधान वहाँको यो इच्छा पुरा हुन पाएन ।” डेवीले भनी ।
“हामी सानामा सँगै बाख्रा हेर्न, जनावरहरूलाई घाँस काट्न हिड्थ्यौ,े कस्तो राम्रो नाच्थिन् तिम्री आमा ।”
डेवी चुपै लागी ।
“यात्रामा कुनै कष्ट त भएन ज्वाँइसाहेब ।”
“यात्रामा कुनै व्यवधान रहेन । अख्तरले खुवै सजिलो गरी ल्याउनुभयो । दाविले आमाको सम्झना ज्यादै गरिन् । बुबाले मामाकहाँ जानु भनेपछि हामी यहाँ आउनका निम्ति निस्केका ।”
“भान्जी कुनै फिकर नगर । जति दिन मन लाग्छ यही बस तिम्री आमाको अरु को छ र म एउटै भाइ हँु । सविना छँदैछ, ज्वाइँसाहेव तपाईको ख्याल अक्सरले राख्नेछ । यहाको मौसम हावापानी अनुकूल छ । डुल्नका निम्ति थुप्रै राम्रा हेर्नलायक ठाउँहरू छन् तर धेरै टाढा नजानु, घरको मान्छे नलिई घरबाट ननिस्कनु । यो ठाउँँ दुइ देशको सीमानामा छ । यहाँ प्रायः लडाई भइरहन्छ तर तिमीहरूले चिन्ता नगर्नु, सतर्क रहनु, यहाँ केही पनि हुदैन ।
“बाबा म दिवा दिदीलाई हाटबजार लान्छु, तालको वरिपरि, माथिको पार्कमा लैजान्छु । मैले साथी भेटे । म दिदीलाई यहाको सबै कायदा, कानून सिकाउँछु ।”
“तिमीलाई देख्दा बहिनीलाई भेटे जस्तै लाग्यो मलाई । भाग्यमानी रैछिन तिनी विधुवा हुनुपरेन, विधुवा भएर एक्लै कल्पेर बस्नु परेन, लोग्नेको काखमा मर्न पाइन, तिन्ले ।” मामी चामल निफन्दै बोलिन् ।
मामा उठे र उठ्दै मामीलाई सम्बोधन गर्दै बोले – “भान्जी र ज्वाँइ बिदा मनाउन, मामालाई सम्झेर आएका छन्, केही काम नलाउनु है रेवा । राम्रो हेर विचार गर्नु ।”
यहाँ आएर उनीहरूले काम गर्ने त कुरै हँुदैन । बीस हजार डलर तिरेका छन्, डेवी र इश्वरले ।
मामा र अख्तर भ¥याङ चढेर कोठामा पसे । अख्तर भोलि फर्कने छ । काठ र बाँसका भाटाहरूले बनेको घर छ यो । आधुनिक किसिमको साँजोसामान केही पनि छैन । बिजुलीबत्ती छ । पुरानो टेलिभिजन साझा कोठामा राखिएको छ, कम्प्युटर फ्रिज जस्ता आधुनिक सामान छैनन् । यो ठाउँका मान्छेहरु प्राचीन सभ्यताका जस्ता लाग्छन् ।
इश्वर र डेवीलाई सविनाले कोठा देखाई । “हामी यहाँ सुत्थ्यौ, अक्सर र म, यहाँ दुइओटा खाट छन् । हामी अब आमाको कोठामा सुत्छौ ।”
“किचनमा तिम्रो काम छ सविना ।”
“छ म किचनको काम सिद्धयाइकन आउँछु ।” सविना किचनतिर दौडी । उनीहरू आराम गर्न थाले ।

भोलिपल्ट — अख्तर बिहानै फर्कियो । अख्तरले आँखैआँखाले सुरक्षाको आश्वासन दियो । घरपरिवारको अध्ययनमै बिहान अनि दिउँसो पनि बित्यो ।
“वास्तवमै मामाले तिमीलाई थुप्रै माया गर्नुहुदोरैछ, मलाई थाहा थिएन लामो समय भेट नहुँदा पनि यत्रो माया प्रेम रहिरहन्छ ?”
“यही कारण म यहाँ आउन रुचाएकी हँु ।”
डेवी मोबाइलसँग खेल्न थाली । óयाल बाहिरको दृष्य कोठामा बसेर पनि हेर्न सकिन्छ । गोरुगाडा गुडेको अनि गाइवस्तुहरूको वथान हिडेको दृष्य इश्वरले देखेको छैन आजसम्म पनि । धूलो उडेको छ, गोठालाहरू देखिदैनन्, धूलोभित्र हराए गोठालाहरू । त्यसै त्यसै साँझ धुमिल छ । धुवाँ उडेको जस्तो देखिने साँझ, सूर्य डुब्ने क्रमसँगै राततर्फ खस्केको त्यो दिन, उज्यालोलाई अन्धकारले गाँज्दै लादैछ । सूर्य न हुदो हो त उज्यालो हुदैनथ्यो, पृथ्वीमा । जीवन हुन्थ्यो कि हुदैनथ्यो ? दिन हुने त कुरै भएन धन्यवाद सूर्य तिमीलाई, चोबीसै घण्टा तिमी हामीसँग रहन्नौ, तिमीसँग कुनै बाध्यता होला ।
भाव वा भावनामा बग्नु इश्वरका लागि साँझ बिहानको दैनिक कार्य हो । मृत्युसँग किन डराउनु ? इश्वरलाई थाहा छैन, यसैले ऊ मृत्युसँग डराउन चाहदैन । प्रेमका निम्ति, प्रेमसँग रम्दा, हिड्दा र खेल्दा मृत्युको डर नहुनु, डेवीसँग उसको जीवन यतिका लागि त हो । कुनै अर्थ छैन जीवनको । किन यस्तो नरम, कोमल, सम्बेदनशील सोच आउँछ ? उसलाई राम्ररी थाहा छ । मृत्युको मुखमा आएका छन् दुबैजना केवल प्रेमका निम्ति । जीवन नहँुदाको अवस्थामा प्रेमको अर्थ के ? डेवीसँगको यात्रा, डेवीे सहयात्री, डेवी उसको सौभाग्य हो । यस्ता सोचहरूले किन विचलित छैन इश्वर ? यी सोचहरू उसका निम्ति वरदान सिद्ध भइरहेका छन् किन किन ? इश्वरलाई राम्ररी थाहा छ प्रागऐतिहासिक कालदेखि मान्छेहरू जानेर वा नजानेर प्रेमको भक्ति गरिरहेका छन् । प्रेमलाई परमात्मा ठानेर पूजा आराधना गरिरहेका छन् । आधुनिक विश्वमा पनि प्रेमको औचित्य खतम भएको छैन ।
तन्मयताका साथ डेवी मोबाइलसँग खेलिरहेकी छ । उसले नेट खोलेर हेर्न चाही । टावर आयो । नेट खुल्यो, खुसीको सीमा रहेन तर अचानकको खुसीले आत्तिएर ऊ कराइन ।
इनबक्स चेक गरी । सविना लेखिएको छ — उसको नाम जसले यो मेल पठायो । कहि यो संयोग मात्र त हैन । सविनालाई खोज्ने काम टुङ्गिएको पनि हुनसक्छ । यदि यो हो भने उनीहरूले सजिलै गन्तव्य भेटेका छन् ।
यो ठाउँँ प्राचीन बस्ती जस्तो लाग्छ । आइमाई, केटीहरूले अनुहार छोपेर हिड्नुपर्ने । केटीहरूलाई पढ्न निषेध छ । पढ्नका लागि धार्मिक विद्यालयहरू मात्र छन् । ती विद्यालयहरूमा केटीहरूले पढ्न पाउँदैनन् । केटाहरूले जति चाहे पनि पढ्न सक्छन् । समाजले जहाँ भन्यो केटीहरूले त्यही विवाह गर्नुपर्छ । समाजमा धर्मगुरुको विशेष प्रभुत्व छ । लोग्नेमान्छेहरूले एकभन्दा ज्यादा विवाह गर्नुपर्छ । जस्तोसुकै बूढाले पनि उमेर नपुगेकी केटी विवाह गर्न पाउँछ । परिवार नियोजनको कुनै योजना छैन, जति धेरै सन्तान त्यति ज्यादा धार्मिक मान्छे ठहरिन्छन् । परिवार नियोजन ग¥यो भने त्यो भन्दा ठूलो राक्षस कोही हुदैन । एक्काइशोै शताब्दीबाट टाढा वा अलग्गिएर रहेको समाज होइन यो तर पmर्किरहेछन् प्राचीन युगतर्फ । उनीहरू आफ्ना धर्मका मान्छेहरूले विश्वमै राज गरेको हेर्न चाहन्छन् । देश ध्वस्त छ । युद्धमा होमिएको पँचासौंै वर्ष भइसक्यो । कुनै निस्कर्ष निक्लन सकेको छैन । प्रेम, माया, इज्जत, सम्मान,सद्भाव, सहयोग केही पनि छैन यहाँ ।
सविनाले करिब साढे सात बजेतिर खाना खानका निम्ति बोलाई । पिरो तरकारी, दाल, अचार अनि रोटी यहि हो उनीहरूको दैनिक खाना । भान्सा ठूलो छ । परालले बनाएका पिरामा बसेर खाना खानुपर्ने । ग्याँस आइपुग्छ यो गाउँमा, पिचरोड छ । उनीहरूले खानामा पिरोको गुनासो गरे, बाँकी मिठै मानेर खाए । खाना खाने बेलामा मामा छैन । मामी पनि त्यति बोलिन । सविनाले सबै इन्तजाम गरी । सविनाले बताई खाना खाने बेला धेरै बोल्ने चलन छैन, यो घरमा । खाना खाएर हात धोए, एकछिन आँगनमा निस्के । आँगनमा भएको खाटमा निकैबेर बसे । आकाशमा ताराहरू टिलपिलाइरहेका छन् । कतै कुनै तारा रोइरहेको जस्तो भान हुदैन । कतै कुनै तारा एक्लो छ जस्तो लाग्दैन । कतै कुनै तारा अन्यायको शिकार छ जस्तो लाग्दैन । आकाश, आकाशका ताराहरू प््रोममय र प्रेमपूर्ण छन् । प्रेमको सन्देश प्रसारण गरेर चम्किरहेका छन् ताराहरू, यस्तै लाग्छ । प्रेमकै कारण उनीहरूको अस्तित्व छ, यस्तै लाग्छ । यो आभास डेवी र इश्वरलाई मात्र हो कि अरु सबैका निम्ति पनि हो । कसलाई थाहा ?
“माथि जौं ।” सविना आई ।
भ¥याङ् चढ्दै गर्दा डेवीले सोधी “तिमी पढ्दिनौ ।”
“हाम्रो यहाँ केटीहरूले पढ्न निषेध छ । मैलै दसकक्षासम्म पढेकी छु । त्यतिखेर पढ्न पाइन्थ्यो अहिलेको शासन कडा छ पढ्न पाइँदैन ।”
“तिमीसँग अनुहार छोप्ने कपडा कतिओटा छ दावि दिदी ? यहाँ आइमाईहरूले अनुहार छोप्ने लुगा लगाउनु अनिवार्य छ । टि.भी. हेर्ने दिदी ।”
“सविना आज थाकिएको छ । भोलि हेरौंला, आउ तिमी हामी कुरा गरौं ।”
उनीहरू क्mोठामा पसे । इश्वर कुनै स्थानीय भाषाको किताब निकालेर पढ्न थाल्यो । डेवीले झोलाबाट केही कुर्थासुरुवाल निकाली र एउटा कुर्थासुरुवाल सविनालाई उपहार दिई । सविना ज्यादै खुसी भई ।
“तिमी अङ्ग्रेजी बोल्न लेख्न जान्दछ्यौ ।”
“जान्दछु तर थोरै मात्र, मैले त्यति धेरै पढेकी छैन ।”
“तिमी कम्प्युटर चलाउन जान्दछ्यौ ।”
“अहँ जान्दिन तर देखेकी छु कम्प्युटरबाट सिनेमाहरू हेरेकी छु ।” डेवी निराश भई किनभने उसको विचारअनुसार सविनाले कम्प्युटर चलाउन जानेको हुनुपर्छ । नभा कसले पठायो यो इमेल । रहस्यको गाँठो त्यति सजिलै खुलेन । गन्तव्य त्यतिखेरै किटान हुनसकेन । अन्तै कही भएका कारण गन्तव्यको खोजी कठिन कार्य हुनसक्छ । यहाँ यो घरमा बसेर गन्तव्यको खोजीमा सफलता पाउन सकिन्छ होला र ? एउटा प्रश्न उब्जेको छ ।
“तिमीलाई मनपर्ने चीज के हो ?” सविनाको आँखाको गहिराइमा डुब्न सक्ने आसय लिएर डेवीले अर्थपूर्ण प्रश्न गरी ।
निकैबेर चुप लागी सविना । खुबै गहिरिएर सोची सविनाले अनि ज्यादै सानो स्वरमा कान नजिक फुस्फुसाउदै बोली “मलाई अनुहार नछोपी स्वतन्त्र भएर हिड्न मनपर्छ । मलाई केटाहरूसँग हास्दै जिस्किदै विद्यालय जान मनपर्छ ।”
“यस्तो कुरा नगर कसैले सुन्ला ।”
“मैले तिमीलाइ मात्रै भनेकी ।” ऊ धेरै छिटो अपनत्वमा आई ।
““तिमीलाई थाहा छ ।” डेवीले आँखा चम्काउदै वार्तालाप सुरु गरी ।
“के” नजिक सर्दै घोसेमुन्टो लगाई सविनाले ।
“हाम्रो प्रेमविवाह हो । म ऊसँग एक्लैएक्लै पार्कहरूमा घुम्थे । सिनेमा हेर्थे । डुल्नका निम्ति ऊसँग लामोलामो बाटो हिड्थे । मिठामिठा कुरा गर्थे,……………..।” डेवीले यो प्रसङ्गलाई लामो तानी ।
सविना घोसेमुन्टो लाएर सुनिरही । केही बोलिन, केही प्रतिक्रिया जनाइन । सविनालाई लाग्यो, कुनै दिवास्वप्नको शहरमा घुमिरहेकी छ । डेवीले बोलेका शब्द र वाक्यहरूलाई आफ्नो स्वप्न ठानेर त्यो भित्र रमाइरहेकी छ, खेलिरहेकी छ । प्रत्यक्षत घोसेमुन्टो लाएर सुनिरही ।
डेवीले गन्तव्य पत्ता लाउने अर्को रणनीति अगाडि सारेकी हो । बोलिसकेको निकैबेरसम्म पनि जवाफ वा प्रतिक्रया नआए पछि डेवीले कोट्याउदै बोलाई “ए ए सविना ।”
सविना झस्की । डराएझै भई तर केही बोलिन ।
“तिमीले कसैसँग प्रेम गरेकी छ्यौ, आफ्नो आमा, बाबा, भाइ बाहेक कोही पुरुषलाई प्रेम गरेकी छ्यौ ।”
“……..” उसले जवाफ फर्काइन । काँतर, निराश आँखाले डेवीलाई हेरिरही । तीर निशानामा लागेको हुनुपर्छ सामान्यतया छैन भन्ने उत्तर आउनुपर्ने । मौनतालाई स्विकृति मान्न सकिने अवस्था झै बन्यो । आँखामा आँसुहरू टिलपिलाएको आभास भयो । डेवीलाई लाग्यो पहिलो दिन धेरै कुराकानीको आवश्यकता छैन ।
“तिमीलाई निन्द्रा लाग्यो होला सविना ।” हाइ काड्दै डेवी बोली ।
“आजको दिन सधैको भन्दा ज्यादा काम गरेकी छु । मैले सुत्नुपर्छ अब ।” सामान्य हुन खोज्दै सविना बोली ।
“यो सावि त यहाँ पो रहिछ । खानेपानी ल्याएर राख् यहाँ ।” त्यतिखेरै मामी आएर कराउनु भयो ।
“ल नानी यहाँ यस्तै छ, ज्वाँइसाहेव केही समस्या भए भन्नुहोला ।” सविना पानी लिन गई ।
“केही छैन मामी म यस्तो ठाउँका लागि अभ्यस्त छु ।” मामी निस्की ।
पानी राखेर सविनाले “गुडनाइट” बोली ।
ठाउँँ सुन्दर, आकर्षक छ । यहाको साँझ, बिहान प्रेममय लाग्छ । मान्छेहरू प्रेमका निम्ति जीउज्यान दिन, लिन तम्तयार देखिन्छन् । प्रेमका भोकाहरू यो भूगोलमा युद्धग्रस्त छन् । युद्धग्रस्त छन् यसैले प्रेमका भोका हुनसक्छन् । प्रेमका निम्ति स्वतन्त्रता आवश्यक छैन । प्रेमलाई कसैले बाँध्न वा काट्न सक्दैन । प्रेम अमर छ यो लोकमा, कसैले मार्न सक्दैन । यदि प्रेम म¥यो भने लोक पनि मर्नेछ । प्रैमकै कारण शान्ति छ । प्रेम र शान्तिका कारण नै यो लोक छ, जीवन छ, मानव छन् । मानवमात्रको दर्शन पनि छ ।
डेवी र इश्वर एक अर्कालाई हेरेर सन्तुष्टीको भावमा मुस्कुराए । उनीहरू ब्ोग्लाबेग्लै खाटमा सुते । कुनै व्यवधान, अप्ठ्यारो बिना निदाए । मच्छड, उडुस, उपियाले टोकेनन् । ओच्छान सफा र नरम भएको महसुस गरे दुबैले ।
यो भेकको बिहानी अनौठो र अलग छैन । उनीहरूले महसुस गरेकै बिहानी यहाँ पनि छ । शितल, प्रेममय, उत्साहापूर्ण, उत्साहवर्धक बिहानीले यहाँ पनि स्वागत ग¥यो ।
घरको सङ्ख्या धेरै छैन यहाँ । करिब पाँचसय घरहरू होलान् । धेरै ठूलो बजार छैन । आवश्यक वस्तुहरू यहाको बजारमा प्राप्त छ । बाँकी चीज लिन केही दुरीमा भएको शहर जानुपर्ने रहेछ । पैसा तिरेर कम्प्युटर चलाउन पाइने एउटा पसल पनि बजारमा छ । स्वास्नीमान्छेहरू अनुहार छोपेर हिड्छन् । यस्तो नगरे कोर्राले हान्ने नियम प्रचलित छ । बजार डुल्दा केही हतियारधारीहरू देखिए । अक्सरसँग यिनीहरूको विषयमा सोधे । सुरक्षाकालागि पार्टीका मान्छेहरू भन्ने जवाफ आयो । अक्सरको जवाफसँग सन्तुष्ट देखिए । हतियारधारीको त्यती ठूलो दवाव, भय वा त्रास अनुभव भएन ।
अख्तरको केन्द्रिय कार्यालयबाट बीसहजार डलर थप्नु पर्ने इमेल आयो । डेवीले स्विकारी । काठमाण्डौबाट भुक्तानी भयो ।
आधुनिकसभ्यताबाट टाढा रहन खोजेझै, प्राचीन समयमा फर्कन रोजेझै, मानवहरूले निर्माण गरेको समाज अनि समाजले निर्माण गरेको धर्म र धर्मगुरुहरूले चलाएको परम्परामा बाच्ने मान्छेहरू बीच उनीहरू दुईजना रम्न, घुम्न र बाँच्न थाले ।

चार दिन बित्यो, पाँचौ दिन पनि बित्यो । डेवीले केही कुरा कोट्याइन सविनासँग । छिमेकीहरूसँग परिचय, वास्ता हुन थाल्यो । उनीहरू घरेलु जनावरहरूको गोठालो जाने काममा सविनालाई सघाउन थाले । सविना करिब दस बजेतिर घरेलु जनावरहरू लिएर निक्लिन्छे । चौथो दिन पनि भइसक्यो सविनासँग घरेलु जनावरहरू चराउन हिँडेका । जनावरहरूको चरन, नजिकै छ । अक्सर आए इश्वर पनि आउँछ, अक्सर नभए इश्वर घरमै पढेर बस्छ । आज अक्सर आएको छैन, उसको मिलमा काम छ । इश्वरले अक्सरसँग मिल जाने विचार ग¥यो । डेवी सविनासँग गोठालो लागी । हातमा एउटा लाठी बोकेर जनावरहरू धपाउदै हिड्नु, उसको निम्ति रोमाञ्चकारी अनुभव हो । जनावरहरू त्यति छाडा छैनन्, बाटो भट्किदैनन् । स्थानीय भाषामा लेखिएको थुप्रै पुस्तकहरू किनेर बोकेका छन् । अङ्ग्रेजी पुस्तक पढ्नु खतरनाक हुनसक्छ ।
गोठालो जाँदा केटीहरू मात्र भएको बेला वा नजिक कही केटाहरू नहँुदा यिनीहरू अनुहारबाट कपडा हटाउने गर्दछन् । आज एउटा अनौठो, आश्चर्य भयो । आज सविना गायव भई । कहाँ गइ सविना ? अरु साथीहरूलाई सोध्दा आइहाल्छे भन्ने उत्तर आयो । निकैबेरको छटपटी बेचैनी तथा प्रतिक्षा पश्चात् ऊ आई । हस्याङ फस्याङ गर्दै दौडिदै आई । कसैले डेवीलाई केही बताएनन् ।
साँझ फर्केपछि, उनीहरू सधैझै धूलोले धुस्रोेफुस्रो हुदै घर फर्किए । घरमा कसैलाई नभन्नु भनेर अनुनय, विनय गरिरही तर कहाँ गएकी थिई भन्ने कुराको सत्यता बताइन । ‘साथीलाई भेट्न गएको’ भनी तर यो सत्य हो डेवीलाई यस्तो लागेन । रहस्यहीन लागिन सविना । डेवीले रहस्य पत्ता लगाउने अठोट गरी ।
समय सँधै प्रेममय कहाँ हुन्छ ! जहाँ प्रेम छ त्यहाँ घृणा पनि छ, कठोरता, हिंसा, निर्ममता सबै छ । सदैव शान्ति र प्रेम मात्र हुने भए यत्रो दुनियाँदारीको महŒव के ?
बेलुका सविनालाई डेवीले खुबै केराकार गरी । सविनाले चुँसम्म पनि बोलिन ।
“तिमी आवारा केटाहरूसँग लागेकी । आवारा केटाहरूसँग लागेर चरित्रहीन हुन खोजेकी । बाबाको नाम खराब गर्न चाहेकी । हैन भने तिमीले हामीलाई भन्न नहुने के कुरा छ ? नत्र तिमी जासूसीको काम गछ्र्योै र तिमी सेनाहरूसँगको सम्पर्कमा गएकी थियौ ।” डेवीले सानो स्वरमा एक्लै राखेर सोधी । “तिमीलाइ थाहा छ म मामालाई भन्दिन्छु, तिम्रो के हाल हुनेछ ? म अक्सरलाई पनि भन्नसक्छु ।”
“तिमी मेरो लागि यति गर्न सक्तिनौ । तिमीले भनेको जस्तो कुनै पनि चरित्रहीन काम मैले केही गरेकी छैन । तिमी मलाई विश्वास गर । तिमीले बिस्तारै सबै कुरा थाहा पाउनेछ्यौ । यो कुरा तिमीले मात्र हैन सबैले थाहा पाउनुपर्छ तर त्यस्को समय आउन बाँकी छ ।”
सविनाले भनिन, भन्दै भनिन ।
समय बितेरै गयो, असामान्य भएन । उनीहरूले स्थानीय भाषाको पुस्तक किनेर ज्यादै बुद्धिमानी गरेछन् । इश्वरलाई चित्र बनाउन रोक्ने परिस्थिति छैन तर पनि चित्र बनाएन, अघिल्लो चित्रको विषयमा सोच्यो । कलेजमा उसले राजिनामा पत्र पठाइसकेको छ ।

एकदिन बेलुका अर्को एउटा आश्चर्यजनक घटना घट्यो । करिब नौ बजे जब डेवी भान्सामा छे । इश्वर कोठामा छ । डेवीलाई कोट्याएर, सविना कुद्दै मूल ढोकामा पुगी । बाहिरको खाटमा तीनजना मान्छे बसेका छन् । सबैले हतियार भिरेका छन् । एकजना बूढो मान्छे, करिब मामाको उमेरको, ऊ मामासँग कुरा गरिरहेको छ ।
“भाइ साहेब, विवाहको तयारी गर्नुहोस् । तपाईले भने जति रुपैया मैले तपाईलाई दिइसकेको छु ।”
“विवाहका लागि कुन मिति तय गर्ने ।”
“सातदिन पछि बिहीवारको दिन धेरै ठूलो धुमधाम गर्नुपर्दैन । केही मान्छे बोलाउने, विवाह गर्ने । सबै ठिक भइहाल्छ ।”
“तपाई जसो भन्नुहुन्छ । ”
“हामीले भने जसो भएन भने राम्रो हुनेछैन भाइ ।”
“तपाइहरू चिन्तै नगर्नोस सबै ठिक भइहाल्छ ।”
“मैले सविनाको विषयमा धेरै कुरा सुनेको छु । याद राख भाइ ।”
उनीहरू धेरैबेर बसेनन् । सविना काली निली भई । आँखाबाट आँसुमात्र निक्लन बाँकी छ । कुद्दै डेवीको कोठामा छिरी । डेवी पनि उसको पछि पछि कुदी । सविना कामिरहेकी छ, रिसले हो या डरले ।
“सविना” डेवीले माया गरेर बोलाई “तिमी यसरी किन डराएकी, तिम्रो विवाहको कुरा चल्दै थियो । केटा वा केटीले विवाह गर्नै पर्छ हाम्रो पनि विवाह भएको छ । तिम्रो विवाहमा धुमधाम रमाइलो गरौला । भिनाजु र म नाचौंला ।”
“वाह तिम्रो विवाह” इश्वर खुसीले उफ्र्यो । सविना रुन थाली । सानो स्वरमा हिक्कहिक्क रुन थाली ।
“किन रोएकी सविना” इश्वरले सानोस्वरमा माया गरेर सोध्यो ।
“मेरो विवाह पचपन्न वर्षको त्यस्तो बुढो मान्छेसँग हुदैछ जस्को आठवटा सन्तान छन्, मभन्दा अलि साना नातिनीहरू छन् ।” ऊ रुदै स्पष्ट स्वरमा बोली ।
“हो र हैन होला ?” डेवी आश्चर्यले उफ्री ।
“किन हैन बाबा र अक्सरलाइ सोध ।”
डेवी निस्केर भान्सामा गई । अक्सर पनि भान्सामै छ । हिच्किचाउदै डेवीले अक्सरलाइ सोधी ।
“सविनाको विवाह पचपन्न वर्षको मान्छेसँग हुदैछ रे हो ?
“हो, यो यहाको चलन, परम्परा हो । ऊ नेता हो, नेताले भनेको हामीले मान्नै पर्छ । नमाने धर्मकोे अपहेलना भन्दै कोर्रा हानिन्छ, त्यतिले नपुगे तरबारले घाँटी काटिन्छ ।”
“अक्सर तिमीलाई लाग्दैन कि सविनाको विवाह उस्कै उमेरको केटोसँग हुनुपर्छ ।”
“मलाई लागेर केही हुदैन, बाबाले परिवारको सुरक्षा पनि गर्नुपर्छ ।”
मामी बोली “भान्जी तिमी पाँहुना हौ यहाँ भइरहेका कुराहरूमा तिमीले बोल्नु उचित हुदैन । यो यही ठाउँको चलन हो, यहाँ जो चलिआएको छ, त्यो चलेर जान्छ । कसैले बोलेर केही हुनेछैन । तिमी आधुनिक सभ्यतामा हुर्किएकी केटी हौ र आफ्नो राम्रो नराम्रो राम्ररी बुóनेछ्यौ ।
“मामी ……।” मामीले उसलार्ई बोल्न दिइन । “अक्सर सविनालाई लिएर जाउ ।”
त्यो रात ‘गुडनाइट’ भन्नाका निम्ति सविना आइन । डेवी र इश्वरले यस विषयमा केही पनि कुरा गरेनन् । आफूले थाहा पाएको सबै कुरा डेवीले इश्वरलाई बताई, इश्वरले पनि । डेवी मोबाइल खेलाउनमै तन्मय रही । उसले आफ्नु मोबाइलमा सुरक्षित फेसबुकको मेसेज वा इमेल हेरी, लेखिएको छ – ‘आदरणिया हामी एक्काइशौं शताब्दीमा छौ । हाम्रो सभ्यताले एकअर्काको प्रेमलाई कानूनी तथा सामाजिक मान्यता दिइसकेको छ । प्रेमले कानूनी तथा सामाजिक मान्यता पाएको समयमा पनि हामी जुन भूगोलमा बस्छौ, त्यहाको धार्मिक परम्पराले एउटा युवतीलाई आफ्नो उमेरको केटोसँग विवाह गर्न नदिई आफूभन्दा तीस, पैतीस वर्ष जेठो उमेरको मानिससँग विवाह गर्नका लागि जबर्जस्ती गरिरहेको छ । केटाकेटी बीच हुने प्रेमको गरिमालाई कुल्चदै धर्मको आडमा केटीको विवाह एउटा लगभग पचपन्न,साठी वर्षको मानिससँग गर्ने निश्चित भइसकेको छ । हामीले यो सूचना आदरणिया सामू पठाएका हौ । हाम्रो प्रेमको विषयमा संशय वा शङ्का नहोस्, एक अर्काप्रतिको प्रेममा बाँच्ने हाम्रो चाहना हो, युग युगान्तर । प्रेमको गरिमा, अमरता, पवित्रताको आधारमा टिकेको धरतीमा मानिसहरू नै प्रेमको हत्या गर्न तत्पर छन् । अपराधिक कुटिलता लिएर बाँचेका मान्छेहरू सामु, हामी हाम्रो प्रेमका विषयमा सशङ्कित छांै ।’
इमेलमा यति नै कुरा लेखिएको छ । इमेलमा लेखिएको ठेगानामै छन् उनीहरू, तर नाम, विस्तृत ठेगाना नभएको कारण यो इमेलसँग सम्बन्धित मान्छेहरूसँग भेट भएको छैन । यहाको परिस्थितिका कारण यो विषयलाई खुलेआम प्रस्तुत गर्न वा खोजी गर्न सकिरहेका छैनन् । सविनाको कहानी यो इमेलसँग मिल्दोजुल्दो भएर देखापरेको छ तर सविना कम्प्युटर चलाउन जान्दिन । सविनाको केटोसाथी छ भन्ने सत्यता उनीहरूले थाहा पाएका छैनन् । शङ्का छ, त्यो दिन सविना लामो समयसम्म हराएकी थिई ।
निकै लामो समय डेवी मोबाइलसँग खेलिरही । इश्वर आफ्नो छुट्टै खाटमा निदाइसकेको छ । कोठा एउटै भए पनि उनीहरू बीच यौन आदानप्रदान भएको छैन ।
भोलिपल्ट सविना देखा परिन । अक्सरलाई सोध्दा आमाको बहिनीकहाँ गएको बतायो । त्यती चित्तबुóदो वा भरपर्दो गरी बताएन अक्सरले । अचानक चिच्याइ डेवी “कुनै पचास वर्षको आइमाईसँग तिमीले विवाह गर्नुपर्ने भयो भने तिमी गर्छाै ? केटीहरूलाई मात्र यो बाध्यता किन ?”
“यस विषयमा मैले तपाईसँग विवाद गर्नु छैन दिदी । यो हाम्रो घरको मामला हो, तपाईले नबोलेकै राम्रो । यो तपाईको संसार र समय हैन ।” अक्सर कडा, शुष्क र धम्कियुक्त स्वरमा बोल्यो ।
त्यो दिनभरि अप्रत्यक्षरूपले बजारमा, छिमेकी कहाँ सविनालाई खोजे तर भेटेनन् । मामालाई सविनाको विषयमा सोधेका मात्र के थिए । उनले खतराबाट सचेत गराए । उनीहरू बिदेशी भएको विषय गोप्य नरहेको खण्डमा घाँटी सेरिने निश्चित छ ।
“यो विषयमा तिमीहरूले केही नबोल्नु नै ठिक छ । घुमीवरि मामाको सम्झना लिएर यहाँबाट घर फर्केमा श्रेयस्कर हुनेछ अन्यथा मेरी बैनी जो स्वर्गमा छिन, तिमीहरूलाई तिनले स्वर्गमै भेट्ने छिन् । भिनाजुले मलाई सराप्ने छन् ।” स्पष्ट धम्की, सबैले बुóने भाषामा ।
त्यो साँझ कोही कसैसँग धेरै बोलेनन् । दुबैजनालाई शङ्का भयो, हो न हो यो नै उनीहरूको गन्तव्य हो । प्रेमले मागेको सहयोगका निम्ति उनीहरू यहाँ आएका हुन् । यो अमर प्रेमको कहानी सुन्ने, बुझ्ने र हेर्ने, उत्कट इच्छालाई मृत्युको बदलामा स्वीकारेका हुन् । प्रेममय यो जीवनलाई अमरताको पथतिर डो¥याउँन चाहन्छन् । अमर प्रेमका लागि ज्यान, जीवन दिन नहिच्किचाई आएका हुन् । घृणालाई प्रेममा बदल्न चाहन्छन् ।
प्रेमको भाषा र प्रेममय जीवनलाई जान्दैनन् घृणाका समर्र्थकहरू । मानव मृत्यु हेरेर नाच्ने, गाउने, रमाउनेहरू अझै पनि जङ्गली सभ्यतामै रमाइरहेका छन् ।
यहाँ आइपुगेकोे तुरुन्तै पछि त्यो ठेगानामा डेवीले च्याट गरेकी थिई । “हामी तपाईहरूको भूगोलमा छौ । अधुरो परिचयको कारण हामी अलमलमा छौ । कृपया सहयोग गर्नोस ।”
उताबाट उत्तर आयो “हामीले तपाईहरूलाई यहाँ आश गरेका हेैनौ, तपाईहरू असुरक्षित हुनुहन्छ कृपया सुरक्षित रहनु होला ।”
“तपाईहरूको नाम र ठेगानाको आवश्यकता छ । हामी तपाईहरूसँग भेट्न चाहन्छौै, हाम्रो सुरक्षाको चिन्ता नगर्नोस ।”
“हामी तपाईहरूसँग तुरुन्तै भेट्न सक्दैनौे । यसबाट तपाइर्हरूलाई नोक्सान हुनेछ । समय, बेला आएमा तपाईहरूलाई हामी आफै भेट्ने छौ ।”
राति ट्वाइलेटबाट निस्कदा, एउटा कोठाबाट कोही रोएको आवाज इश्वरले सुन्यो । निदाएकी डेवीलाई उठाएर इश्वरले यो आवाज सुनायो । उनीहरूले सविना घरमै रहेको कुरामा विश्वास गरे । लामो श्वास ताने, सविना सुरक्षित छ ।
इश्वरले मोबाइल खेलायो । ‘अन्जान एट द रेट हटमेल डट कम’ अन लाइन छ । उसले च्याट सुरु ग¥यो ।
“हेल्लो नमस्कार ।”
“नमस्कार तपाई निदाउँनु भएको छैन ।”
“ तपाई नि ।”
“म सुत्न सकेको छुइन । तीन,चार दिन देखि नै म राम्ररी सुतेको छुइन । मेरो भेट उनीसँग भएको छैन सायद उनलार्ई कैदमा राखिएको छ । मारेर फ्यालेको जस्तो अशुभ समाचार सुन्नु नपरोस । विद्रोह गर्ने भन्ने सल्लाह हामी बीच भएको छ । हाम्रो यो निर्णयले नै उनलार्ई अप्ठ्यारोमा पारेको नहोस । यो जीवन, के जीवन जहाँ हाम्रो मिलन नहोस । यो संसार, के संसार जहाँ हामी एकै ठाउँमा न हौ । हाम्रो बिछोडमा यो पृथ्वी जस्ताको त्यस्तै रहला ? बिहानीको सूर्यले हाम्रो बिछोडलाई सहज ढङ्गले स्वीकार्ला ? के हाम्रो बिछोडपछि पनि तपाईहरू आफ्नो जीवनलाई प्रेम गर्नु होला ? म निदाउन सक्ने छुइन कि चीर निद्रामा लिप्त रहनेछु ।”
“हामी तपाइहरूलाई सहयोग गर्न चाहन्छौ तर कसरी ।”
“कसैको सहयोग लिनु परेमा हाम्रो प्रेम के प्रेम, हामी जित्नेछौ किनभने हामी सत्य हौ, वर्तमान पनि । हाम्रो प्रेम अमर छ ।”
“के साच्चि नै हामी तपाईहरूको शहरमा छौ ।”
“पक्का ।”
“हामी तपाईसँग सविनाको विषयमा सोध्न सक्छौ जो दुइ, तीन दिनदेखि हराएकी छिन् ।”
“म पनि उसकै खोजीमा छु ।”
“तर उनी त कम्प्युटर चलाउन जान्दिनन् ।”
“म जान्दछु ।”
“हामी तपाइलाई सहयोग गर्नेछौ । तपाई आश्वस्त रहनोस ।”
“तपाइहरूको सुरक्षा मेरो जिम्मेवारी हैन । गुडनाइट ।”
इश्वरले मोबाइल बन्द ग¥यो, सबै कुराकानी हतार हतार कपीमा लेख्यो । डेवीलाई जगायो, उसले पढी, बोलेनन् तर अङ्कमालमा बाँधिए सायद डेवी र इश्वर हर्षविभोर भए किनभने अँध्यारोमा छोडेको तीरले अन्तत गन्तब्य भेट्यो । उनीहरू गन्तव्यमै छन् ।

बिहान कोही कसैसँग केही पनि बोलेनन् । बिहानको चियामा सविना आइन । सविनाको विषयमा कसैले केही उच्चारण गरेन । बिहान उनीहरू बजार निस्के । खानेकुरा, तरकारी र मासु किनेर ल्याए । रुवाइ सुनिएको कोठामा साँचो लगाइएको छ । बिहानको किनमेलमा अक्सर सामेल रहेन । ‘अन्जान एट द रेट हटमेल डट कम’ अन लाइन भएपनि वास्ता गरेन । सन्चो नभएको कारण देखाई उनीहरू गोठालो गएनन् । घरमै हुने घटनालाई हेर्न चाहन्छन्, उनीहरू ।
रात करिब नौ बजेतिर सविना कोठामा पसी । उनीहरू तर्से । सविनालाई केही पनि भएको छैन, ठिक छे । भित्री चोटहरूको विषयमा केही थाहा छैन ।
“के तिमीलाई कसैले कुट्यो ।”
“छैन ।”
“तिमीलाई खाना दिइन्थ्यो ।”
“खानाको समस्या हैन । मलाई कसैले कुटेको पनि छैन मात्र मेरा हातहरू पछाडि बाँधिएका हुन् । ”
त्यतिखेरै अक्सरभित्र पस्यो, खाटमा बस्यो र बोल्यो ।
“दिदी, भिनाजु तपाइहरूले सम्झाइदिनु प¥यो । बाँच्नका निम्ति उसले त्यो मान्छेसँग विवाह गर्नैपर्छ । नत्र उनीहरूले यस्को घिच्रो छिनाउने छन् ।”
“यतिका कठोर र घिनलाग्दा कुरा नगर ।” इश्वर बोल्यो ।
“उनीहरू परम्परागत धार्मिक काइदा कानूनले शासन गरिरहेका छन् । धर्मगुरुले भनेको ठाउँमा विवाह गर्नुपर्ने संस्कार छ । आइमाईले बोल्ने अधिकार छैन । धर्मगुरुले भनेको मानेन भने घिच्रो काटेर सजाय दिइन्छ । सविना तँ मरेकोभन्दा जसरी भए पनि बाँचेकै राम्रो ।”
“तिमी के भन्छ्यौ सविना ।”
“म आत्महत्या गर्दिन, म त्यो विवाह पनि गर्दिन । म विद्रोह गर्छु, मृत्युको सामना बहादुरीका साथ गर्छु ।”
“म हेर्न सक्दिन तिम्रो विभत्स मृत्यु ।”
“तिमी आँखा चिम्ल, त्यो दुर्घटना घट्ने स्थानतिर जाँदै नजाउ ।”
“अक्सर, उस्लार्ई आफ्नै तरिकाले आफ्नै विचारमा बाँच्न देउ । तिनीहरूले उस्लाई दास बनाउन चाहे पनि तिमी र तिम्रो बाबाले स्वतन्त्रता दिन सक्नुपर्छ । मेरो विचारमा हामी सबै स्वतन्त्र छौ । उनीहरूको दास प्रवृत्तिले हामी माथि धेरै ठूलो प्रभाव नजमाओस, यस्का निम्ति विद्रोह आवश्यक छ । ऊ विद्रोह गर्न चाहन्छे भने उनलार्ई विद्रोह गर्नमा मद्धत गर नसके विरोध पनि नगर ।”
“अक्सर मलाई छोडिदेउ म मरे पनि मर्छु ।”
अक्सर चुपचाप उठ्यो र बाहिरियो । निकैबेरसम्म कोठामा मोैनता जम्यो ।
“तपाईहरूले मेरो साथ दिनुपर्दैन, यहाँबाट जानोस, भोलि नै जानोस । मेरो समस्यामा तपाईहरू मुछिनाले सकारात्मक परिणाम आउदैन ।”
“तिमी चिन्ता नलिउ, तिमी भाग्यमानी छ्यौ । अन्याय, अत्याचार, विरुद्ध विद्रोह गर्ने मौका पाएकी छ्यौ । तिमीले विद्रोह गर्नै पर्छ । चाहे ज्यान उत्सर्ग गर्नु किन नपरोस ।” दुबैजना मुस्कुराए ।
मामीले बोलाएको सुनेपछि ‘हाम्रो अन्तिम भेट’ भन्न चाहेझै गरी सविनाले उनीहरूलाई हेरी र चुपचाप बाहिर निस्की ।
दुबैजनाले एकअर्कालाई एकोहोरो हेरे । दुबैजना एकअर्काप्रति मन्त्रमुग्ध भए । उनीहरू उठे । डेवीले ढोका बन्द गरी । इश्वर खुला óयालबाट बाहिर हेर्न थाल्यो । डेवी पनि óयालमा पुगी । इश्वरलाई अङ्कमाल गरेर आँखा बन्द गरी । ऊ इश्वरभन्दा एक इन्च मात्र होची छ । इश्वरले डेवीका परेलीमा मोहनी मोह देख्यो । बन्द आँखाहरू चुम्न खोज्यो फेरि यो विचारबाट टाढा भाग्न चाह्यो । आँखा थोरै खोलेर इश्वरको ओठमा ओठ खापी डेवीले । इश्वरले पनि आँखा चिम्ल्यो मानौ यो सबै काम उँज्यालोमा गर्न सकिदैन । डेवी इश्वरको शरीरमा लपक्कैे टासिई । उनीहरू यो अवस्थामा धेरै बेर टिके । अङ्कमाल नतोडी डेवीले इश्वरलाई बिछ्यौनासम्म ल्याई । मन्त्रमुग्ध भएर एकअर्कालाई हेर्दै बिछ्यौनामा बसे अनि बिस्तारै पल्टिए पनि ।
“मलाई सन्तुष्टि प्रदान गर, विर्य दान गर । प्रेममा ईश्वर छ । मन, मानव, ढुङ्गा, धरती, आकाश कहीँ छैन ईश्वर । प्रेमकै कारण यो दुनियाँ छ त्यो पनि जीवित अवस्थामा ।” डेवी उत्तेजना र यौन आवेसमा मात्तिन थाली ।
“तिमी संसारी परी, ढुङ्गाकी देवी निर्जीव छ तर तिमी त्यही मूर्तिको सजीव स्वरूप हौ । आवश्यकताअनुसार दृष्यवान् तथा अदृष्य हुनसक्ने जातकी परी । ” इश्वरको बोली र व्यवहारमा धैर्य छ ।
त्यसपछिका इश्वर र डेवी, डेवीको सहमतीमा यौनक्रिया, यौनयोग, प्रेममय यौनयोग वा प्रेमयोगमा संलग्न रहे । निकै लामो समयसम्म आराम र सुविस्ताका साथ, दुबैजना मानवको हदमा रहेर, पशुत्व त्यागेर डेवीको स्विकृतीमा रसभोगको यो सिलसिला सरल, सहज ढङ्गले सम्पन्न भयो । इश्वरले विर्यदान ग¥यो, डेवीले ग्रहण गरी ।
इश्वर मोबाइलसँग खेल्न थाल्यो । बहिनीलाई आजको, अहिलेको घटनाका सम्बन्धमा लेख्यो । लुकाउन चाहेन किनभने यो मिलन, यो प्रेम, यो संयोगको विषयमा बहिनीले थाहा पाउनु जरुरी लाग्यो उसलार्ई । भोलीको जीवन कहाँ कहाँ, कस्तो कस्तो ।

बिहान, नित्य कर्म सकेपछि, óयालको पर्दा उघारेर बिहानीको चिसो हावा लिन खोज्दा दुबैले एकैचोटि देखे — त्यो बूढो सविनालाई तानेर लादैछ । उनीहरूको पछाडि अक्सर र दुईजना हतियार बोकेका मान्छेहरू छन् । डेवी र इश्वरले हतार हतार कपडा फेरे । मोबाइल र पैसा आफूसँग सुरक्षित राखे । व्याग नबोकी घर बाहिर निस्के । घर बाहिर निस्कदा कसैले देखे जस्तो लागेन ।
धार्मिक निर्णय गर्ने वा दण्ड, सजाय दिने ठाउँ भनेर सविनाले देखाएको उनीहरूलाई राम्ररी सम्झना छ । बीस मिनेट हिडेर त्यहाँ पुगे । सविना त्यही छ । उसलाई हात खुट्टा बाँधेर रुखमा उभ्याइएको छ । चौतारोमा धर्मगुरुहरू बसेका छन् । मामा पनि धर्मगुरु मध्येका एक हुन् । थुप्रै मुद्दाहरूमा, अरुका छोरीचेलीका सम्बन्धमा मामाले निर्णय दिएका छन् । आज उसकै छोरीको पालो छ । अरुका छोरीचेलीको भाग्य कोर्ने मामाले आफ्नै छोरीको बेला विद्रोह गर्नु वा विरोध गर्नुको कुनै औचित्य रहदैन । उनी बाध्य छन् ।
“म यो विवाह गर्दिन ।” सविना रोएकी छैन । उसले अनुहार छोपेकी (टाउको र अनुहारको सबै भाग छोपिने तर आँखाले देखिने, अरुले पनि आँखामात्र देख्ने एक किसिमको पहिरन लगाएर) छ ।
“किन गर्दिनस् मसँग विवाह ।” बूढो गज्र्यो, कोर्रा उठायो ।
“म तपाईसँग विवाह गर्दिन किनकि तपाई मभन्दा धेरै बूढो हुनुहुन्छ । बाबु जस्तो मान्छेसँग विवाह गर्दिन ।” निडर रहेर, छाति तन्काएर सविना बोली ।
“यस्ले धर्मको उपेक्षा गरिरहेकी छ । गुरुहरूको आदेश मान्दिन भने यस्लाई कोर्रा हान्नुपर्छ ।” चौेतारोमा बसेकाहरू मध्ये एउटा अलि ज्यादा बूढो लाग्नेमान्छे बोल्यो ।
बूढोले कोर्रा उठायो । त्यसले सविनालाई हिर्कायो ‘सटाक’ । सविनाको मुखबाट चिच्याहाट फुत्क्यो । सविनाले लुगा लगाएकी छे अन्यथा कोर्राको डाम देखिने थियो होला ।
“सक्छस भने मार् ।” रुवाइ भरिएको आवाजले सविना चिच्याई ।
हतियार बोकेका मध्ये एउटाले गन सोज्यायो । अक्सर अगाडि आयो ।
“ज्यादा कराउँछेस चुप लाग ।” अक्सरले कोर्रा खोसेर आफै हिर्काउन थाल्यो । उसको कोर्रा हिर्काइ बूढोको भन्दा केही कमजोर छ । यो पटक सविना बोलिन । इश्वर मान्छेहरूको पछाडि उभिएर हेरिरहेको छ । डेवी अलिपर रुखको आडमा लुकेर उभिएकी छ ।
“तँ कोसँग प्रेम गर्छेस ? तेरो कोसँग लसपस छ ? तुरुन्त भन, म त्यस्को हत्या गर्छु । यो कसैसँग प्रेम गर्छे ।” अक्सर सबैतिर हेर्दै बोल्यो । सविना केही बोलिन ।
यहाँ लोग्नेमान्छेहरू मात्र उपस्थित छन् । केटाहरू पनि छन् । स्वास्नीमान्छेहरूलाई यस्तो भेलामा आउँन बन्देज छ । केटीको मुद्दामा कोही स्वास्नीमान्छे छैनन् । महिला वा केटीहरू तिनको सहयोग वा समर्थक बन्ने सम्भावना रहोस, उनीहरू यस्तो चाहँदैनन् । सविना डराएकी, हारेकी जस्ती देखिन्न । सविना बाँचेकी जस्ती पनि देखिन्न । जिउँदो मुर्दा हो सविना, सविना विद्रोहको प्रतिमूर्ति हो, सविना विद्रोहको व्यवहार हो ।
“तपाईहरू नै निर्णय गर्नुहोस यस्लाई के सजाया दिने । तरबारले गिड्ने, बन्दुकले गोली हान्ने, ढुङ्गाले हानेर मार्ने कि के गर्ने ? यस्को पुष्टि गुरुहरूबाट हुनुप¥यो ।” बूढो करायो । आज यो बूढो स्वयम् झगडिया भएर उभिएको छ अन्यथा यसको स्थान गुरुहरू बस्ने ठाउँ नै हो ।
गुरुहरूबीच कानेखुसी सुरु भयो । सबैजना एक अर्कासँग सल्लाह गर्न थाले । अन्त्यमा गुरु मध्येको एकजनाले नरम स्वरमा सविनालाई सम्बोधन गर्देै बोल्यो ।
“छोरी तिमीले ……….जीसँग विवाह गर, यहाँको रीतिरिवाज यस्तै छ । उमेरमा प्राण गुमाउनुभन्दा बाँच्नु राम्रो हुन्छ अन्यथा तिमीमाथि भगवान्को कहर बर्सिनेछ । तिमीले रोई रोई मर्नु पर्नेछ ।”
“म भगवान्लाई दोष दिन चाहन्न । मेरालागि भगवान् भनेकै तपाईहरू हो । म मेरो बाबु समान मान्छेसँग विवाह गर्दिन, यो उचित पनि हो । म विवाह आफ्नै उमेरको मान्छेसँग गर्छु । मर्नु परे हाँसी हाँसी मर्न तयार छु ।”
बूढोको हातमा रहेको कोर्रा जोडले सविनाको कोमल, कञ्चन शरीरमा प¥यो । पीडाले तिलमिलाएर जोडले चिच्याइ सविना ।
त्यतिखेरै एउटा मोटरगाडी भीडको बाहिर रुक्यो । त्यो मोटरबाट तीनजना हतियारधारीहरू उत्रे । तिनीहरू लडाकुहरू हुन् । तिनीहरू गुरुहरू सामुन्ने आए । मोटर हाँकेर आउनेलाई सबैले आदरपूर्वक बस्ने ठाउँ छोडिदिए ।
अचानक एउटा घटना सेकेण्डमै घट्यो । कसैले केही सोच्ने मौकै पाएनन् । भीडबाट एउटा युवक अगाडि आयो । हतियारधारीसँगबाट हतियार खोस्यो । यो घटना यति अप्रत्याशित भयो कि कसैले केही सोच्नै पाएनन् । हतियारधारीले प्रतिरोध गर्न सकेन । उसले हतियारलाई त्यो बूढोको छातीमा तेस्र्यायो । औला थिच्नुको फेर मात्र छ बूढो खतम ।
“सबैले आआफ्नो हतियार भुइमा राख् ।” बूढो मान्छेलाई ढाल बनाउदै जोडले धम्किपूर्ण आवाजमा युवक करायो । सबै हतप्रभ, के गरु के नगरु ?
“उस्ले जे भन्छ त्यही गर । ” बूढो आत्तिदै बोल्यो ।
हतियारधारीहरूले आफ्नो कमाण्डरलाई हेरे । उसले आँखा सन्कायो । सबैले आ–आफ्नो हतियारलाई भुइँमा राखे । इश्वर र डेवी निडर अगाडि आए । डेवीले सविनालाइ फुकाई । इश्वरले एउटा हतियार तेस्र्याउदै अरु हतियारहरू एकै ठाउँमा भेला ग¥यो ।
“कोही कसैले चलाखी गर्ने प्रयास ग¥यो भने त्यो त्यही ढल्नेछ ।” युवक तथा इश्वरले पालैपालो धम्क्याए । हतियारधारी तथा बूढोको नजिकै उनीहरूले बीसचोटि गोली प्रहार गरे । युवकले बन्दुक चलाएको देख्दा लाग्थ्यो कि ऊ अभ्यस्त र तालिम प्राप्त छ ।
युवकले मोटरको साँचो माग्यो पायो पनि । सबैले चुपचाप बाटो छोडिदिए । सहारा दिदै डो¥याएर डेवीले सविनालाई मोटरमा बसाई । सबै हतियारसहित इश्वर मोटरमा आयो र बन्दुक तेस्र्याएर बस्यो । गोली चलाउदै बूढोलाई ढाल बनाउदै युवक मोटरमा आयो । उनीहरू सबै मिलेर बूढोलाई बाँधे । युवकले बन्दुकको कुन्दाले बुढाको कनपटीमा हान्यो । बुढो बेहोस, कतै कहि चोट लागेन । इश्वरले मोटर चलायो, तिनीहरू त्यहाबाट उम्के ।
“हामीहरू फेसबुक हांै ।” डेवी अङ्ग्रेजीमा बोली
“मैले चिनिसकेको छु, सविनाले भनेकी थिइ । मैले तपाईहरूलाई बजारमा हिड्दै गरेको देखेको थिए । म अन्जान ।”
“भेट्दा खुसी लाग्यो ।” डेवीले भनी ।
“तपाईहरू हाम्रो लागि यहाँ आउनुभएको, ज्यानको माया मारेर ।”
“हो हामीले सोच्यौ, तपाईहरूलाई मद्दत गर्नुपर्छ । तपाईहरूको प्रेम अमर छ । यो युगमा सफल होस् । यही हाम्रो चाहना हो ।”
“सवि तिमी ठिक छ्यौ ।”
“म ठिक छु तर शरीरका घाउहरू चरचराइरहेका छन् । म तिमीसँग छु मेरो ठूलो भाग्य । ती राक्षसहरूले मलाई ढुङ्गाले हानेर मार्ने थिए । कोर्राले हानेर मार्ने थिए । तरबारले घाटी छिनाएर मार्ने थिए । अहो, सम्झदा पनि कहाली लाग्छ, त्यतिखेर अलिकती पनि डराएकी थिइन म ।”
“म अलि ढिलो आइपुगे । मौका नै परेन, धन्न त्यस्ले गनलाई हातमा बोक्यो तर त्यसो नभएको भए पनि अन्य कुनै उपाय निकाल्थे । तिम्रो घाउमा औषधि उपचार गर्नुपर्ला । यो लडाँइमा प्रयोग हुने मोटर हो । यहाँ प्राथमिक उपचारको बक्सा पनि होला ।”
खोज्दा उनीहरूले प्राथमिक उपचारको बक्सा र केही खानेकुराहरू भेटे । डेवी र अन्जान मिलेर सविनाका घाउहरूमा औषधि गरे । घाउहरू ठूला रहेनछन् ।
“कता जाने,” एउटा चोक देखे पछि इश्वर करायो । ऊ तिव्र गतिमा मोटर चलाइरहेको छ ।
“देब्रे मोडिनोस हामीले भित्री भागतिर जानुपर्छ । बाहिरतिर गए हामी फन्दामा पर्नेछौ ।” अन्जान बोल्यो ।
इश्वरले मोटरलाई देब्रे मोड्यो ।

दुइओटा पहाडको बीचमा नदी बगिरहेको छ । पहाड काटेर किनारैकिनार पिच सडक बनाइएको छ । इश्वर तन्मयताका साथ होशियार रहेर तिव्रगतिमा मोटर हाँकिरहेको छ । मौसममा गर्मी छैन, ज्यादा चिसो पनि छैन, मौसम सफा र अनुकूल छ । अन्जान बेला बेला पछाडि हेर्छ । इश्वर, पछाडि हेर्ने ऐनामा बारम्बार हेरिरहेको छ । अन्जान सजग, सक्रिय र सावधान छ । इश्वर पनि त्यस्तै । डेवी प्रफुल्ल छे । गन्तव्य भेटेकी छ । सविना अलि अलि डराएकी छ । लाग्छ ऊ अन्जानका विषयमा डराइरहेकी छ ।
“तिम्रो बुबाआमालाई के गर्छन तिनीहरूले ।” सविनाले अन्जानलाई सोधी ।
“बुबाआमा हिजै हिड्नु भया,े आजसम्म त जहाजमा उडिसक्नुभयो होला । अक्सर र तिम्रो बुबा आमा नि सविना ।”
“मेरो विचारमा वहाँहरूलाई केही पनि हुदैन । यो घटनाको अन्जाम के हुन्छ दिवा दिदी ।”
“पहिलो कुरो म तिम्रो फुपुको छोरी हैन । न इश्वर तिम्रो भिनाजु हो, हाम्रो विवाह नै भएको छैन । अन्जानले इमेल गरेर, हामीसँग सहयोग मागेकाले, हामी तिमीहरूको प्रेमलाई सफल बनाउन यहाँ आएका हौ । मेरो नाम डेवी हो । इश्वर मलाई देवी भन्छ । इश्वर नेपाली हो अनि म अमेरिकन । हाम्रो अन्जामको विषयमा हामीले सोचेका भए यहाँ आउने नै थिएनौ । हामी प्रेमका निम्ति मर्न डराउँदैनौ, यो लडाँइमा शहिद हुन सक्छौ तर हामी संसार, जगत् र मानवजातिलाई पवित्र प्रेमले जितेको हेर्न चाहन्छौ । पवित्र प्रेमको यो अभियानमा हामी सहयोगीको भूमिका निभाउन चाहन्छौ । प्रेम नै यो दुनियाँको सार, अर्थ हो । आमाले गर्भभित्र रहेको बच्चालाई प्रेम नगर्ने हो भने यो संसार, यो सृष्टि कहाँ ? प्रेम नै दुनियाँको सृष्टिकर्ता हो । सृष्टि सञ्चालनमा प्रेमको अहम् भूमिका छ । मान्छेहरूले दुनियाँलाई पैसा र यौनको राज ठाने र जमानालाई दोष दिए । त्यस्तै प्रचार प्रसार गरे तर हामी प्रेमको प्रचार प्रसारमा लागेका छौ । हामी सफल हुनेछौ, हामीलाई विश्वास छ, यो जन्ममा, यो शताब्दीमा नभए हामी जस्ता अरु जन्मने छन् । अन्त्यमा प्रेमको जीत हुनेछ ।”
“दिदी तिमी महान् छ्यौ ।”
“सविना र अन्जान तिमीहरू पनि, तिमीहरूले यत्रो ठूलो विद्रोह ग¥यौै । प्रेमका नाममा तिमीहरूले ज्यान माया मा¥यौ ।”
“अनि दिदी हाम्रा बा कसरी ढाँटिए त ।”
“तिम्रा बा ढाँटिएका हैनन्, तिम्री आमा पनि ढाँटिएकी हैनन् । हामीबाट लिएको पैसा पचाएका मात्र हुन । हामीले पचासहजार डलर खर्च गरेका छौ त्यस्मा करिब पैतीस हजार डलर उहाँहरूले लिएको हुनुपर्छ । तिमीहरूको भाषा सिकेका र अनुहार बिदेशीको जस्तो नहुनाले हामी सफल भयौं । अन्त्यमा तिमीहरूलाई पायौं । तिमीहरूलाई खोज्दै हिडेका हामी, हाम्रो अर्को कुनै उद्देश्य छैन ।”
“धन्य हुनुहुन्छ तपाईहरू ।”
“देवी एउटा गाडी हाम्रो पिछा गरिहेको छ । अन्जान तिमी सजग बस । मैलै गति कम गर्दा पनि ऊ अगाडि आएको छैन ।” इश्वर बोल्यो । “म देखिरहेको छु तर यो बूढो हामीसँग रहुन्जेल तिनीहरूले हामी माथि आक्रमण गर्ने छैनन् किनभने यो यहाको स्थानीय कमाण्डर हो, केन्द्रसम्म पहुँच राख्दछ ।” अन्जान बोल्यो ।
“यो बाटो जाँदा हामी राजधानी पुग्छौ तर बाह्र,पन्ध्र घण्टा लाग्छ । मलाई लागिरहेछ कि हामीले केही निर्णय लिनैपर्छ । उनीहरूले हामीलाई अगाडि वा पछाडि दुबैतिरबाट घेर्न सक्छन् । हामीसँग हतियार छ तर हतियार राम्ररी चलाउन जान्ने केवल म मात्र छु । एक्लै भिड्नु खतरनाक हुनसक्छ ।”
सबैजना गम्भीर भए । उनीहरू मैदानमा आइपुगिसकेका छन् । नदी किनारको बाटो पछाडि छुटिसकेको छ । बाटोमा गाडीहरू छदैछैनन् भन्दा पनि हुन्छ यदाकदा मालवाहक ट्रकहरू देखा पर्छन् ।
“अर्को गाडी पनि देखा प¥यो पछाडि । ” इश्वर ऐनामा हेर्दै बोल्यो ।
“हामीले दुर्घटना गर्नुपर्छ । गाडीका कारण हामी उनीहरूलाई छकाउन सकिरहेका छैनौ ।” अन्जानको स्वर ।
“हामीले गाडी छोड्नै पर्छ, जङ्गलमा उनीहरूले हामीलाई भेट्ने छैनन् । जङ्गलभित्र हामी लामो समयसम्म लुक्न सक्छौ । केही न केही निर्णय लिनै पर्छ ।” डेवीको विचार । “गाडीलाई कुनै मोडमा पछाडिकाले नदेख्ने गरी बिस्तारै हाँक, गाडी दौडिरहनु पर्छ । हामीहरू मोडमा उत्रौ, उनीहरूले हामीलाई देख्ने छैनन् । मोटर लिएर इश्वर अगाडि बढ्नेछ, तिनीहरू मोटर पछाडि जानेछन् । मोटरलाई यहाँ छोड्दा वा दुर्घटना गराउदा यो बूढो मान्छे हाम्रो लागि एउटा समस्या सिद्ध हुनेछ या हामी फन्दामा पर्नेछौ । ।”
“इश्वर मारिनेछन् ।” अन्जानको चिन्ता ।
“मतलव भएन । ” इश्वरको लापर्बाही ।
ढुङ्गाको मूर्ति वा उसको आशय स्पष्ट भएपछि इश्वर पछाडि हट्न चाहेन । इश्वरले अद्भुत, अलौकिक भावले डेवीलाई हे¥यो । उसलाई लाग्यो ढुङ्गाकी देवी र डेवीमा तात्विकरूपले कुनै अन्तर छैन ।
देवीको प्रस्ताव बहुत ज्यादा प्राविधिक, सुरक्षित तथा तर्कपूर्ण छ । यस्तो भयो भने बाँकी सबै बाँच्ने सम्भावना अधिक छ तर इश्वरलाई खतरा छ ।
“तिमीलाई खतरा छ इश्वर ।” डेवी बोली ।
“मर्ने हो भने सबैजना एकै ठाउँमा मर्ने ।” सविना बोली ।
“तिमीहरू केटाकेटी जस्तो कुरा नगर हामी युद्धमा छौ । आफ्नो उद्देश्य सफल पार्न कसैले न कसैले शहीद हुनै पर्छ । देवी तिमीे अभियानको नेता हौ । अगाडि घुम्ती छ तिमी आदेश देउ र आफूसँग सविना र अन्जानलाई लिएर मोटरबाट हाम्फाल ।”
डेवी द्विविधामा परी । इश्वर, सविना र अन्जान सबै महŒवपूर्ण छन् तर अभियानको सफलताका निम्ति डेवी कठोर भई ।
“हामीहरु मोटरबाट ओर्लन तयार रहौें । इश्वर तिमी मोटरलाई अगाडि बढाइ राख र अघिल्लो घुम्तीमा बिस्तारै हाँक ।”
अघिल्लो घुम्तीमा मोटर लगभग रोकियो । तीनजना, तीनओटा हतियार लिएर मोटरबाट हाम्फाले र कुद्दै जङ्गलमा हराए ।


गाडी अगाडि बढिरह्यो ।
पछाडिका गाडीहरूले पिछा छोडेनन् । फाट्टफुट्ट घरहरू देखिन थालिसकेको छ । मान्छेको आवादी पनि फाट्टफुट्ट नै देखिन्छ । इश्वरले देवीहरूलाई छोडेको करिब एक घण्टा बितिसकेको छ । इश्वर करिब पचास, साठी किलोमिटर अगाडि आइसकेको छ । उसलार्ई चिन्ता लाग्न थालिसकेको छ कि इन्धनले कतिन्जेल धान्ने हो । ‘मोटरमा बूढो भएका कारण ऐलेसम्म सुरक्षित छु’ उसलार्ई यस्तै लागेको छ । मोटरलाई दुर्घटना गराउने विषयमा उसले सोचेको हो तर यसो गर्दा बूढो मारिने सम्भावना ज्यादा छ । समतल भूमिमा ठूलो दुर्घटना हुन सक्तैन । उसको अगाडि पनि एउटा गाडि कुद्न थालेको छ । लाग्छ ऊ दुबैतिरबाट घेरिइसकेको छ ।
ऊ भर्खरै शहर भित्र पस्यो । एउटा सुरक्षित मोडमा गाडी छोडेर उत्रियो र टहल्दै एकातिर हिड्यो । ऊसँग कुनै किसिमको ब्याग वा सामान छैन । निकै समय हिडेपछि ऊ एउटा घरभित्र छि¥यो । घरमा कोही पनि छैन । घरमा उसले केही खानेकुरा भेट्यो, खायो । ऊ मोबाइलसँग खेल्न थाल्यो तर टावर समातेन । उसले आफूलाइ सुरक्षित ठान्यो र थकाइ मार्नका लागि सुत्ने प्रयास गर्न थाल्यो ।

रातभर गोली चलिरह्यो । बेला बेला ठूलठूला बम र गोलाहरू पड्किरहे । शहर सुतिरह्यो । कोही कसैको चहल पहल देखिएन । शहरमा बिजुली छैन । टेलिफोन पनि छैन । खानेपानीको पाइपबाट थोरै पानी सधै आउँछ । पानीको वितरण कहिले बन्द हुने हो थाहा छैन । व्यक्तिगत र जनसेवाका मोटरहरू शहरमा देखिदैनन् । इन्धन उपलब्ध छैन । सेना र रेडक्रसका मोटरहरू बेला बेला गुड्छन । आकाशमा लडाकु विमानहरू उड्छन् । बमहरू फ्याल्छन् । थुप्रै घरहरू ध्वस्त छन् । क्षेप्यास्त्रहरू आएर घरहरूमा ठोकिन्छन् । कति मान्छेहरू मर्छन कति मर्दैनन्, कुनै गिन्ती छैन । बाक्लो आवादी भएको यो शहरमा परिवारवालाले नै सदस्यको लेखाजोखा राख्न छोडिसके ।
आधा भत्किएको एउटा घरमा केही मान्छेहरू तातो पानी पिइरहेका छन् । वातावरणमा उष्णता छ । यो घरको भान्साघर सग्लै छ भत्किएको छैन । भान्साघरमा खानेकुराकोे अभाव छ । दूध पाइँदैन । चिनी छैन । ग्याँस छैन । चामल छैन । उपस्थित सबै मान्छेका अनुहार गम्भीर छन् । लाग्छ, उनीहरू जीवनको यो दोेैडमा पराजित छन् । पन्ध्रजना सदस्य भएको यो घरमा आजको मितिमा मात्र पाँचजना छन् । बूढी आमा, जेठो छोरो, कान्छी बुहारी अनि माइलो छोरोको छोरो । एघारजनाको विषयमा कुरा गर्न कोही पनि रुचाउदैनन् । सबै जना मौन छन् । सबैजना मृत तथा जिवीत कसैलाई पनि सम्झन चाहदैनन् । मान्छेहरू आफ्नो विषयमा पनि ज्यादा चासो राख्दैनन् । सबै अभ्यस्त छन् । मृत्यु साँझ बिहानको पाहुना भइसकेको छ । मृत्युलाई निमन्त्रणा दिने साहस कसले गर्छ र ? मृत्यु आउँछ, निर्धक्क आउँछ । कसैकसैको अनुभव फरक छ । जीवनको अन्तिम घडीमा पनि मृत्यु आउदैन । मृत्युको प्रार्थना गर्दा पनि मृत्यु आउँदैन । यो घरको कान्छो छोरा र बुहारीको कुरो गरौं । उनीहरूका निम्ति मृत्यु आएन भन्दा मृत्यु आयो तर मृत्युले उनीहरूलाई लगेन । एउटा खुट्टा र हात काटिएको छ । टाउकोमा गोली लागेको छ । गोली झिके पछि बाँचेको छ तर अनुहार विकृत छ । मस्तिष्क शून्य छ, मान्छे चिन्दैन । कुनै पनि कुराहरू सम्झिदैन । सम्झने शक्ति खतम भएको छ । यहीँ घरको एक कुनामा बसिरहन्छ । यो घरका सदस्यहरू उसलार्ई हेरचाह गर्ने सन्दर्भमा उदासिन छन् । बुहारी हिड्न बोल्न नसक्ने अर्धचेतन अवस्थामा अस्पतालमा छिन् ।
सबैजना आ–आफ्नो जीवनको भयावह स्थितिलाई सम्झन्छन् । मृत्युको भय, सन्त्रास सबैको मनबाट विस्थापित छ । कष्टपूर्ण जिन्दगीको आशङ्काले त्रसित सबै एकै चोटमा मर्न चाहन्छन् । अस्पताल र औषधीको विश्वास सबैको मस्तिष्कबाट हटिसकेको छ । यो समाजका मान्छेहरूका लागि मर्नु सामान्य कुरो भइसको छ भने जीवन मृत्यु झै कठिन भएको छ ।
अचानक, गोली चलेको आवाज आयो । खाँदाखाँदैको चिया आधा छोडेर एउटा जवान केटो फुत्त कोठा बाहिर निस्क्यो । उसलार्ई रोक्नका निम्ति कोही केही बोलेन । बाहिर निस्कने केटो पन्ध्रवर्षको छ । सडकमा ठूलो स्वरले बम पड्कियो । कसैलाई पनि बमको आवाजले खासै असर पारेन । बम र गोलीको आवाज शान्त भएपछि आएको मानिसहरूको करुण आर्तनाद, मर्मभेदी चिच्याहट, कसैले पनि वास्ता गरेनन् । कुनै घरबाट कोही निस्केन । बाटो हिड्ने कसैले पनि उनीहरूको वास्ता गरेनन् । कसैले उनीहरूलाई हेर्दै हेरेनन् । हेरेर, सुनेर कसैले गर्न सक्ने केही पनि थिएन । रेडक्रस र सेनाको ट्रकहरू देखा परे । जताततै लासै लास छ । लासहरूलाई घिसार्दै सेनाहरूले ट्रकमा हाले । घाइतेलाई रेडक्रसको गाडीमा हाले । घिसार्ने क्रममा धेरै घाइतेहरूले ‘मेरो छातिमा गोली हान’ भनेर करुण निवेदन गरे । सेनाहरूलाई उनीहरूको छाती, मुटुमै गोली हान्ने ईच्छा जागेको हो तर त्यसो गर्न सकेनन् । जो बेहोस छन् तिनीहरू शान्त छन् । जो मृत छन् तिनीहरू शौभाग्यशाली हुन् । तिनीहरू पनि भाग्यमानी हुन् जो बेहोस छन र मरेको ठानी, मर्नेहरूको ट्रकमा छन् । सामान्यत मानिसहरू जीवन बाँच्नका निम्ति ईश्वरसँग प्रार्थना गर्छन् तर यहाँको अवस्था यस्तो छ कि मानिसहरू सकुशल मृत्युको कामना गर्दै ईश्वरसँग प्रार्थना गर्छन् ।
अस्पतालमा औषधी छैन । औषधीपसलबाट औषधी किन्न सक्ने, तिनीहरू मात्र छन् जसको पैसा खर्च गर्न सक्ने सरोकारवाला छन् । अस्पतालमा शैया छ तर खाली छैन । घाईतेहरू यति धेरै छन कि डाक्टर, नर्स, सहयोगी कर्मचारीहरू छदै छैनन् भने पनि हुन्छ । डाक्टरहरू थोरै छन्, बिरामीहरू ज्यादै धेरै । बिरामीहरू अस्पताल बाहिरको चौरमा समेत त्यसै लडिरहेका छन् । उनीहरूको हेरचाह गर्ने कोही छैन । घाइते, घाइतेका चिच्याहाट, कर्णभेदी, मार्मिक, करुण पुकार एउटा सामान्य दैनिकी भइसकेको छ यहाँका मानिसहरूका निम्ति ।
जो बाँचेका छन् तिनीहरू पनि बिक्षिप्त छन । सामान्य मन र मस्तिष्क तिनीहरूसँग छैन । सामान्यतया मानिसहरू जीवन जिउँछन् तर यहाँ मानिसहरू मृत्यु बाँच्न बाध्य छन् । तिनीहरू मृत्युको खोजीमा सडक सडक भौतारिन्छन् । जीवनको खोजी कसैको पनि उद्देश्य रहेन । सरल, सहज मृत्युको खोजी नै यहाका मान्छेहरूको उद्देश्य हो । मानिसहरूको सम्बन्ध जीवनसँग भन्दा मृत्युसँग प्रगाढ रह्यो ।
आमा, बाबु, दाजुभाइ, दिदीबहिनी जस्तो नजिकको नाता कहाँ रह्यो र ? मानिस मानिस बीचको नाता सम्बन्धको कुरै नगरौ । माया, प्रेमको कुनै स्थानै रहेन । यहाँ माया र प्रेमको के अर्थ ? मृत्युदर्शनको बोलबाला भएको कालखण्डमा जीवनदर्शन वा मानवदर्शनको के अर्थ ? लाग्छ, आगो र आगोको मिलन वा संयोगद्वारा यो शहरकोे सृष्टि भएको हो । यहाँ पानी कहीँ पनि छैन । यहाका स्त्री पानी हैनन् । स्त्री आगो हो, पुरुष पनि आगो । स्त्री र पुरुषको समागम, मिलन आगो र पानीको मिलन हैन, त्यो आगो र आगोकै मिलन हो । यो शहरमा, आगो र आगोकै मिलनबाट जीवित अस्तित्वको जन्म हुन्छ । जो जन्मन्छ त्यो पनि आगो नै हो ।
यो शहरले एक्काइसौं शताब्दीमा पनि पाँच करोड वर्ष अगाडिको कालखण्ड सम्झाइरहेछ ।
फुत्त वाहिर निस्केको केटो घिस्रिदै ढोकाभित्र छिर्छ । कोही पनि आफू बसेको ठाउँबाट उठ्दैन । ऊ चिच्याइरहेको, कराईरहेको छ । ऊ बोलिरहेको छ । नबुझिने भाषामा केही बोलिरहेको छ । सायद ऊ सहायता मागिरहेको छ ।
केटोको दाहिने हात छैन । खुट्टामा पनि गोली लागेको हुनुपर्छ । रगत बगिरहेको छ । अनुहार सबै रगतले लतपत छ । ऊ बेहोश भइसकेको छ । ऊ यहाँसम्म कसरी आइपुग्यो यही नै अचम्म हो । यहाँसम्म आइपुगेर बोल्यो कसरी ? यही नै अचम्म हो । बृद्ध स्वास्नीमान्छे उठिन् । केटाको हजुरआमा हुन्, उनी । अरु चुपचाप बसिरहे । सामान्यतया ‘मेरो बाबु’ भन्दै अँगालो मार्न जानुपर्नेले एउटा घर्राबाट पेस्तोल निकालिन् । पेस्तोल तेस्र्याउदा या गोली चलाउदा उनको हात कामेन । कसैसँग उनले स्विकृती वा अन्य प्रतिक्रिया लिन चाहिनन् । छटपटाइरहेको घाइते केटो शान्त भयो । त्यतिखेरै ठूलो आवाजमा साइरन बज्यो । सबैजना उठे । पुरुष जो केटाको ठूलो बाबु हो उसले लासलाई बोक्यो । सबै उसको पछि लागे । सडकमा उसले त्यो लासलाई फ्यालिदियो ।
बिहान बेलुका दिनमा दुर्ई चोटि लासहरू बटुल्न रेडक्रस तथा सेनाको गाडीहरू आउने गर्छन् । सडकमा मानिसहरू यताउता कुदिरहेका छन् । सबै मानिसहरू हवाइआक्रमणको बेला लुक्ने भुमिगत बङ्कर भएतिर कुदिरहेका छन ।
करिब एकघण्टापछि आकाशमा लडाकु विमानहरू देखिए । लडाकु विमानहरू बम बर्साउन थाले । अग्ला अग्ला घरहरू ढल्न थाले । धूलो उडेर कुइरीमण्डल भयो । थोरै समयमै शहर खण्डहरमा परिणत भयो । जीवित अस्तित्वका लासहरू जताततै यत्रतत्र देखिए । बङ्करमा लुकेर बाँचेका मानिसहरूका लागि तत्काल काम लाग्ने गरी बाँकी रहेन शहर ।

यो ठाउँँमा डेवी पनि छ । लमतन्न सुतेको पिच सडकमा डेवी काहालिएर, चिच्याएर कुदिरहेकी छ । सडकमा चिच्याइरहेका, कराईरहेका, कुदिरहेका अरु पनि छन् । सडक प्रायः सुनसान छ । बमको धुँवा र धूलोले वातावरण कुइरीमण्डल छ । साइरन, बमवर्षक विमान र बम पड्केका आवाजहरूले युद्धक्षेत्रको विकराल अवस्थालाई प्रकट गरिरहेको छ । डेवीको टाउकोमा बम बज्रिएको छैन तर बमको सानातिना छर्राले शरीरभरि घोचे जस्तो भएको छ । खै कस्तो खालको बम हो को नि डेवीको शरीर जल्न थाल्यो । आगो छैन, धँुवा छैन तर शरीर पोल्न थाल्यो, मासुहरू गल्न थाले, पग्लिएर झरेझै मासुहरू झर्न थाले । असहनीय पीडा भयो । छटपटाउन थाली । ठूलो स्वरले, पृथ्वी नै थर्कने गरी रुन, कराउन चाहन्छे डेवी तर मुखबाट आवाजै फुटेन । ऊ बोल्न चाहन्छे, कराउन चाहन्छे ।
इश्वर झसङ्ग भएर बिउझियो । अर्धनिन्द्रामा केहीबेर अलमलियो । शरीर पसिनाले भिजेको छ । विश्वस्त भयो सपना देखेको हो । शरीरमा शितलताकोे आभास भयो । उठ्यो फेरि निदाउन सकेन, बिस्तारै बाहिर चिहायो । चारैतिर निस्पट अँध्यारो छ । कहाँ जाने ? उसलार्ई थाहा छैन । यो घर सुरक्षित छ छैन ? उसलाई नै थाहा छैन । सडकमा निस्कनु ज्यादै ठूलो खतरा हुनसक्छ । बाहिर निस्केन, त्यही बस्यो । मोबाइल लाग्दै लागेन ।

बिहान भयो । चेपबाट बाटो र बजारको चियो ग¥यो, मोबाइल नलागेको कारण चर्चो गर्न सकेन । रेडक्रसका गाडीहरू गुडेको देख्यो । लासहरू ओसारेको पनि देख्यो । रेडक्रसका गाडिहरू सुरक्षित हुनसक्छन् । एकचोटि रेडक्रसको गाडीसम्म पुग्न पायो भने बाँच्ने सम्भावना छ । आश जागेर आयो । घरमा भएका खानेकुरा कति स्वस्थ्यकारक छन् ? पानी छैन घरमा । पानी खान पाएको छैन । खानेकुरा धेरै दिनका बासी जस्ता लाग्छन् । ठूलो त्रासदीपूर्ण घटना घटेन । उसले रेडक्रसको गाडी समात्ने सुर कस्यो । आफ्नो पाखुरा चक्कुले काट्यो । रगत बग्न थाल्यो । टाउको फुटाउन सकेन, बन्दुकले खुट्टामा गोली हान्यो । ऊ ढल्यो । घिस्रिदै बाहिर निस्केर सडकमा पुग्यो । निकै समय एउटै अवस्थामा मरेको वा बेहोस भएको झै पल्टन उसलार्ई अति गा¥हो भयो । घाउहरू पीडा दिइरहेका छन् । दुर्भाग्य त्यो दिन सेना वा रेडक्रस कसैको पनि गाडि आएन । भोक तिर्खा बिर्सेर दिउँसोभरि लगभग एउटै अवस्थामा पल्टिरह्यो । साँझपख एउटा गाडीको आवाज आयो । गाडी नजिक आएर रुक्यो । त्यो गाडी हेर्न मन लागेको हो तर हेरेन । उसलार्ई घिसारेर गाडीमा हालियो ।
“यो मरेको छैन ।” एउटा बोल्यो ।
“यो स्थानीय मान्छे हैन ।” अर्को बोल्यो । “यस्का घाउ गम्भीर छैनन् । रगत बग्न बन्द भइसकेको छ । यो बेहोस छैन । केन्द्रमा सम्पर्क गर । यो कुनै जासुस पनि हुनसक्छ ।” उनीहरू स्थानीय भाषामा बोलिरहेका छन् । उनीहरू मध्ये एकले स्पष्ट नसुन्ने गरी सायद मोबाइल वा अरु केहीमा कसैसँग कुरा ग¥यो ।
‘फन्दामा परिएछ’ इश्वरले सोच्यो । सारा शरीरबाट पसिना निस्क्यो । उनीहरूले उसलाई डोरीले बाँधे अनि आँखामा पट्टी बाँधे । यस्तै करिब एक घण्टाको यात्रापछि गाडी रोकियो । आँखाको पट्टी हटाइयो । रातको समय छ । ठाउँँ ठाउँमा राँको बलिरहेछ । धकेल्दै गुफाभित्र पसाइयो । गुफाभित्र बाँधेर लडाइयो । निकै समयपछि त्यो ठाउँमा पाँचजनाले प्रवेस गरे । इश्वरले छाती तान्यो । अब डराउनु बेकार छ । फन्दामा परिसकेको छ । मृत्युबाहेक अरु कुनै परिणाम छैन । यी मान्छे मध्ये एकजनालाई उसले देखेको छ । सायद टेलिभिजनको समाचारमा देखेको हो । हातहरू जोडिन चाहन्थे तर बाधिएका हात तिलमिलाएर रहे ।
“नमस्कार ।” देखेको लाग्नेले स्थानीय अभिवादन ग¥यो । त्यो मान्छे कुर्सिमा बस्यो ।
“तपाईको शुभनाम ।” त्यो मान्छे अङ्ग्रेजीमा सारै नरम तथा सुमधुर स्वरमा बोल्यो ।
“इश्वर ।”
“तपाई कहाँको नागरिक हो ।”
“नेपाल”
“तपाई मलाई चिन्नुहुन्छ ।”
“चिन्छु, यतिखेर मैले नाम बिर्से ।”
“तपाइ यहाँ किन आउनु भएको । नढाटी भन्नोस । ”
“म यहाँ प्रेमको प्रचार गर्न, मानव भएर मानवलाई सहयोग गर्न आएको हँु । प्रेम गर्नु, सहयोग गर्नु, मानवहरूप्रति सद्भाव राख्नु मेरो उद्देश्य हो । डेवीको फेसबुकमा यहाँको एकजनाले प्रेमका निम्ति सहयोग मागेको हुनाले हामी यहाँ आएका हौ । हामी एउटी बीस वर्षे केटीलाइ साठी वर्षे मान्छेसँग विवाह गर्न दिन चाहदैनौ । ज्यानको माया मारेर डलर खर्च गरेर सविना र अन्जानलाई सहयोग गर्न हामी आएका, सहयोगकै क्रममा म यहाँ समातिए, मैले के दोष गरेको छु र ? म सजायको हकदार कसरी हुनसक्छु ।”
“तिम्रा साथीहरू खै ?” अर्को मान्छे बोल्यो ।
“उनीहरू एउटा मोडमा उत्रिए । म त्यो स्थान अब ठम्याउँन सक्दिन किनभने पहिलो चोटि हिडेको बाटो, म गाडी हाँकिरहेको थिए ।”
“के तिमी साचो बोलिरहेका छौ ?”
“जगत्लाइ प्रेममय बनाउनु बाहेक मेरो वा हाम्रो कुनै गन्तव्य छैन । यो जग प्रेममय होस, प्रेमको कोमल तथा सुन्दर फूल बनेर यो जग फूलोस, यस्तो चमत्कार होस कि मानवदर्शनको सार प्रेम र शान्ति नै हो भनेर यकिन गरियोस् ।” इश्वर भावुक भयो ।
“तर तिमी गलत ठाउँमा आइपुग्यौ । तिम्रो स्थान यहाँ हैन परलोकमा छ, भगवान्हरूको राज भएको ठाउँमा । तिमीले तरबार देखेका हौला । तरबारले घाँटी कसरी काट्छ, तिमीलाई थाहा छ ? तिम्रा कुरामा विश्वास गर्न मुस्किल छ । आजका मानव कसैलाइ सहयोग गर्न, त्यो पनि नचिनेका मान्छेहरूको प्रेमका लागि युद्धभूमिमा आउनु बिलकुलै निरर्थक कुरा हो यो ।”
इश्वरले दयाको भीख मागेन । इश्वरले यो भन्दा ज्यादा कुरा गर्न चाहेन । उनीहरू बाहिर निस्के ।

थकानले रीडका हड्डीहरू समेत ग्रसित बने । थोरै खानाले आफ्नो शरीर धानेको छ । धम्की, उपेक्षा तिनीहरूको कठोर यातना बिहान बेलुकाको नित्य कर्म बनेको छ । शरीरभरि प्रतिशोधका लावाहरू ज्वालामुखी भएर फुटिरहेका छन् । थकान, निद्रा र पीडाले शरीर मरे तुल्य छ र पनि चेतना कमजोर छैन । यो विषम परिस्थिमा पनि बाँच्नका निम्ति सङ्घर्षरत छ चेतना । मस्तिष्कलाई कमजोर हुन दिएको छैन । बेला बेला घातहरूको अचेतन खाडलमा जाकिनु स्ववाविक भएको छ । प्रेमको लागि, जगत्मै प्रेमको स्थायित्वका लागि ज्यान अर्पण गर्ने विचारलाई चेतनाले स्वीकारिसकेको छ । डेवीको विषयमा सोच्न छोडिसकेको छ । उसको अन्तिम अवस्था भनेको प्रेमका निम्ति ज्यान उत्सर्ग हो जो उसको नियती बनिसकेको छ । प्रेमका विरोधीहरू, घृणाका पृष्ठपोषकहरूले जे पनि गर्न सक्छन, विनासका निम्ति ।
यतिखेर ऊ हात खुट्टा नचल्ने स्थितिमा घरको सिमेण्टेड खम्बामा बाँधिएको छ । बिहानको समय हुनुपर्छ । सूर्य देख्न नपाएको थुप्रै दिन भइसकेको छ । दिन र रातको हेक्का राख्न सकिन्छ । यो कोठामा óयाल छैनन् । श्वास फेर्नका लागि पर्खालको अलि माथि साना साना प्वालहरू छन्, लाग्छ यो कोठा कैदीहरूकै लागि बनाइएको हो । हिजो बेलुका केही पाउरोटी खाएको हो त्यसपछि केही खाएको छैन । आँखाहरू थकित, अर्धनिन्द्रित अवस्थामा छन् । नसुतेका दिनहरू थुप्रै भइसकेका छन् । निद्राले गर्दा आँखा उघार्न गा¥हो भइरहेको छ । मस्तिष्क अर्धचेतन स्थितिमा छ । राती कोही पनि हुदैन कोठामा । शान्तिकासाथ निदाउन सक्ने स्थितिमा हुन्छ तर निन्द्रा कहाँ, शरीरको आराम कहाँ । यतिखेर मस्तिष्कमा आफ्नो देश र घर परिवार केही छैन । चित्रकला, कलेज, विद्यार्थी केही छैन । मन्दिर, डेवी अनि प्रेम छ । प्रेम बाहेकका सबै निरर्थक छन् । उसका निम्ति परमात्मा, पिता, ईश्वर, भगवान्, यिशुक्रिष्ट, महाबिर, महम्मद आदि सबै प्रेम हो ।
अचानक ढोका खुल्छ । एउटा उज्यालो ढोकाभित्र छिरेको आभास मस्तिष्कले पाउछ । त्यो उज्यालोसँगसँगै एउटा छाया कोठाभित्र छिर्छ । निद्राले थाकेका आँखा र मस्तिष्कले एउटा छाया नै देख्छ, छाया भित्र छिर्छ । ऊ वास्ता राख्दैन । राम्ररी थाहा छ अब तिनीहरूले तरबारको चुच्चोले नाक छुदै सोध्नेछन् – “तिमी कुन देशको जासुस हांैे” धेरैचोटि यो प्रश्नको सामना गरी सकेको छ, उत्तर दिइसकेको छ । एकैचोटमा आफूलाई मारुन भन्ने कामना राखेको हो तर ऐलेसम्म यस्तो भएको छैन ।
छाया आएर, अलिपरकोे कुर्सीमा बसेको जस्तो लाग्यो । त्यतिखेरै झपक्क निद्रा लाग्यो । ऊ अर्धनिन्द्रित अवस्थामा रह्यो ।
“ए मरिस् कि क्या हो ।” एउटा सुरिलो नारी स्वर सुनियो । ऊ केही पनि बोलेन ।
“मरेको छैनस् भने बोल् ।”
“के बोलु, तँ को होस्, किन व्यवधान पु¥याइरहेकी छस् ।
“म तलाई मार्न आएँकी ।”
“मलाई मार्नका निम्ति बन्दुक वा तलबार छ तँसँग । दस बीस चोटमा काट् मेरो गर्दन, म तेरो सामु दया वा माफीको भीख माग्दिन ।”
“तँ पनि लगभग म जस्तै रहिछस्” ऊ अलि नरम भई । ठिक्कको आवाजमा बोल्न थाली । “तँ प्रेम गर्छस अरे हैन ।”
“हो म प्रेम गर्छु, म सम्पूर्ण जगत्लाई प्रेम गर्छु, मानवजातिलाई प्रेम गर्छु, म तलाई पनि प्रेम गर्छु ।”
“तेरो दोष नै प्रेम हो, घृणा योग्य यो जगत्लाई प्रेम गर्न कसरी सक्छस् ”
“तेरो भ्रम हो, प्रेमभन्दा सर्वश्रेष्ठ भावना केही छैन यो जगत्मा, घृणाका कारण यो दुनियाँ आजको मिति, तिथिसम्म आइपुगेको हैन, प्रेमकै कारण तेरो उपस्थिति यो पृथ्वीमा सम्भव भएको हो ।”
“कस्लाई प्रेम गर्ने, अत्याचारी लोग्नेमान्छेलाई प्रेम गर्ने । जात, घमण्डका कारण अन्याय गर्ने समुदायलाई प्रेम गर्ने । यो दुनियाँ घृणाको लायक पनि छैन । आफ्ना लागि अरुको हत्या गर्नेहरूलाई प्रेम गर्ने । तिमीले जस्लाई प्रेम ग¥यौ ती तीनजना अहिले अमेरिकाको कुनै डिस्कोमा मदिराको नशामा नाचिरहेका होलान् । तिम्रो यहाँ यो स्थिति छ, आजका मान्छेहरू कसैसँग पनि प्रेम छैन, सबैसँग स्वार्थ छ । स्वार्थपूर्ति नहुन्जेल सबैले सबैलाई प्रेम गर्छन् । स्वार्थपूर्ति पछि लात हान्छन् ।”
“के डेवीहरू तीनैजना अमेरिका सुरक्षित पुगे ? सविनाको बाआमालाइ के भयो ?”
“उनीहरूलाई दुश्मन हेलिकप्टरले सुरक्षित स्थानमा पु¥यायो । सविनाका बालाई धर्मगुरुको पदबाट हटाइयो अरु कसैलाई केही भएन । तिमीहरू एउटा प्रेमी युगल जोडीलाई सहयोग गर्न आएका रे हैन । तिमीहरूलाई थाहा थियो हैन ज्यान पनि जान सक्छ भनेर । ”
“प्रेमका निम्ति ज्यानको उत्सर्ग गर्न हिँडेका हौ, सफल पनि भयाँै ।”
“तिमीलाई लाग्छ कि प्रेमका निम्ति ज्यान दिनु उचित हो । ज्यान दिनका निम्ति धेरै कुराहरू छन् जस्तै पेशा, धर्म, सत्ता, पैसा, यौन, अधिकार,शक्ति तिमी निरर्थक र वाहियात चीजका निम्ति ज्यान दिइरहेका छौ ।”
“तिम्रो भ्रम हो यो, जगतमा प्रेम, सत्य र शान्ति बाहेक अरु कुनै चीज छैन जस्को निम्ति ज्यानको बाजी थापियोस ।”
उनीहरूको वार्तालाप सामान्य हुन थालेको छ । त्यसले इश्वरलाई जुसको एउटा क्यान दिइ । पियो, यस्तो पियो जस्तो कि जन्मजन्मान्तरको प्यासी हो ।
“तिम्रो नाम के हो ?” इश्वरले सोध्यो ।
“मेरो नाम छैन, मान्छे पनि होइन । म मरिसकेको छु । मेरो आफ्नो कुनै विवेक, मस्तिष्क वा निर्णय छैन । जे अर्डर आउँछ, त्यही गर्छु । प्रेम होइन यसैले घृणा कहलाइन्छु । माया र प्रेम मभित्र छैैन । उपेक्षा, तिरस्कारद्वारा रित्तिएकी, मभित्रका अमृतहरू विषमा परिणत भइसकेका छन् । निराशा, उपेक्षा र अपहेलनादेखि बाहेक केही छैन दुनियाँमा । मभित्र स्वार्थ छ । मेरो स्वार्थ मानव विरुद्ध छन्, विनासका सफलताहरू हुन् ती । मानव सापेक्ष सबै व्यवहारहरू गौण छन् र लुप्त हुने स्थितिमा छन् ।”
“तिमी को हौ ?” इश्वरले फेरि सोध्यो ।
“छायाँ हु, जीवित मान्छेहरूको छायाँ यस्को अर्थ तिमीहरू मान्छे हौ यो कदापि हैन । मान्छेहरूको छायाँले पृथ्वीमा राज चलाउन सुरु गरिसकेको छ, किनभने मानवमा हुनुपर्ने गुणहरू मानवहरूमै छैनन् । अधिकांश मान्छेहरू यहाँ यो दुनियाँ जगत्मा छाया हुन् । मानवको अस्तित्व समाप्त हुने अवस्थामा छ । मानिसहरू स्वार्थ, घृणा, उपेक्षा, निराशाले सञ्चालन हुने छायाँ भइसकेका छन् । मानवको मानवीय अस्तित्व लुप्त हुने अवस्थामा छ । चाडै लुप्त हुन्छ कुनैदिन, बाँकी रहन्छ स्वार्थद्वारा सञ्चालित छायाँ जसले विश्वमै राज गर्नेछ, गरिरहेछ । ”
दर्शनका विषयमा छलफल गर्ने अवस्था छैन । मृत्युवरण गर्नुभन्दा पहिले ऊ आफ्नू जीवनप्रति शङ्कारहित हुन चाहन्छ ।
“प्रेम जस्तो सर्वोत्कृष्ट भावना, अनुभूति तथा प्राप्ति केही छैन यो दुनियाँमा । भँवरा र फूलको होस, आमा र छोराको होस, मानव र मानवबीचको होस, प्रेम जस्तो महान् दर्शन या यात्रा अरु केही छैन । भँवरा र फूलको प्रेम जस्तो महान्, दिव्य, अलौकिक कुनै अर्को सार वा अर्थ छैन जगत्को । फूलसँगको एउटै रसभोगपछि मरिजाने भँवरालाई के भन्छ्यौ तिमी । म प्रेम भन्छु मेरो नियतीलाई । ” आफूलाई सम्óयो, डेवीलाई सम्óयो अनि बोल्यो ।
“म स्वार्थ भन्छु त्यो नियतीलाई ।” त्यसले उपहास गर्दै बोली “प्रेमको कुनै अस्तित्व नै हुदैन । आँखाको भाव वा मस्तिष्कको मृगतृष्णा हो त्यो, जो प्राप्त गर्न सकिदैन । जस्को अस्तित्व नै छैन त्यस्लाई प्राप्त गर्ने कसरी ? घृणाको अस्तित्व छ, घृणा प्रदर्शित हुन्छ, प्रबल छ । योैन चाहनाको निम्ति हुने भावनामा प्रेम हुदैन । सबैले आजभोलि त्यस्लाई प्रेम भन्छन् । आमा, छोरा, बाबु छोरी वा नातासम्बन्धी, परिवार बीच प्रेम हुदैन, स्वार्थ हुन्छ । एक किसिमको मोह जुन जिन र स्मरणशक्तिका कारण उत्पन्न हुन्छ । कोही म¥यो, मरेको भोलिपल्ट दुईदिन अनि जब देख्न छोडिन्छ स्मरण मेटिन्छ, सबै बिर्सिन्छ, कहाँ छ माया । माया, प्रेम, आध्यात्मिक अवस्था हैन, भौतिक अवस्था हो जो आवश्यकताअनुसार स्वार्थका लागि उत्पन्न हुन्छ ।”
“तिम्रो विचार हो त्यो तर मानवमा मानवकै भावना र विचार स्थापित गर्ने महान् कला प्रेम हो । जो सङ्कुचित मस्तिष्क र सोचाइभन्दा धेरै टाढा हुन्छ । प्रेम र शान्तिलाई स्थापित गर्नका निम्ति स्वयम् मानवले मानवप्रति सकारात्मक हुनु पहिलो सर्त हो ।”
“चुप लाग तँ” एक्कासि केटी भड्की । इश्वरले सोच्यो । ‘अहिलेसम्म यो केटी किन अर्कै स्थितिमा थिई ? सायद हुनसक्छ यस्ले प्रेममा धोका पाएकी होस ।’
“तँ मृत्युको मुखमा छस् केही समय पछि तरबारले तेरो गर्दन छिनिने छ । तेरो अन्तिम ईच्छा के हो ।”
यस्तै हो यो लोकमा, यो युगमा, यो कालखण्डमा, यो भूगोलमा प्रेमको हत्या तरबारद्वारा घाँटी छिनाएर हुन्छ । प्रेमलाई मार्नैपर्ने आवश्यकता छैन किनभने प्रेमले हानी पु¥याउने काम कहिल्यै गर्दैन । प्रेमसँग कसैले डराउनुपर्ने आवश्यकता छैन तर कायरहरू प्रेमलाई शत्रु ठान्छन् । प्रेम कुनै युग, समय वा भूगोलमा ढुङ्गाले हानिएर मरेको छ । बियोगमा तड्पिएर, भोक र प्याससँगै मरेकोछ । प्रेमका निम्ति कुनै नौलो कुरो होइन । जसरी मरे पनि प्रेम अमर छ कहि न कहि जीउदो छ, जीउदो रहिआएको छ, रहने छ ।”
“तेरो अन्तिम ईच्छाका विषयमा वार्तालाप गरौ । हाम्रो संगठन, देश र यहाँबाट प्राप्त सूचनाहरूलाई खतम गर् । आफ्नो बदलामा तेरो सरकारबाट हतियार दिला, म तलाई छोड्नका निम्ति कमाण्डरसामु सिफारीस गर्नेछु ।
“आउ, अन्तिम इच्छाकै कुरा गरौ । यो बाहेक तिमी के गर्न सक्छ्यौ मेरो निम्ति ?”
“म तिम्रो कुराकानी डेवीस्ाँंग गराउन सक्छुु । तिम्रो घरवालाहरूसँग कुराकानी गराउन सक्छु । मैले अघि भने अनुसार ग¥यौ भने म तिमीलाई छुटाउन पनि सक्छु ।”
“म तिमीलाइ प्रेम गर्न चाहन्छु ।”
“कसरी ?” कोठामा प्रकाशको मात्रा बढिसकेको छ । केटी मुस्काई कुटिलभावको मुस्कान ।
“तिम्रो ओठमा ओठ राखेर, तिम्रा ओठरूको रसभोग गरेर तर तिमीले पनि यसैगरी मलाइ प्रेम गर्नुपर्ने छ । निसकलङ्क, यौनचाहनाविहीन प्रेम, मानवमानव बीचको पारस्परिक मानवजन्य प्रेम । के तिमी सहमत छ्यौ ।”
ऊ फेरि पनि कुटिल मुस्कान मुस्काई ।
“तिमी तिम्रो जीवनको अन्तिम अवस्थामा पनि यौन चाहना मेटाउन चाहन्छौ । धन्य तिम्रो जीवन । ल हेर, मलाई हेर ।”
अँध्यारो ठाउँमा मानिसको अस्पष्ट छाया झै थिई अहिलेसम्म । उसको छाया देखेर अहिलेसम्म स्पष्ट रूपमा मान्छे भन्ने स्थिति थिएन । ऊ मानव आकृतिको छाया झै थिई, मानव आकृतिको चित्र झै थिई । बिलकुलै अष्पष्ट थिई । बोल्थी यसकारण मात्र जीवित लाग्थी अन्यथा छाया नै थिई । उसले बोलेका भावहरू उसका निजी जस्ता लाग्दैनथे । कुनै भयानक दुर्घटना, निराशा, उपेक्षा वा स्वार्थद्वारा निर्देशित जस्ता लाग्थे । नकारात्मक थिई तर जन्मदेखिकै भाव हो जस्तो लाग्दैनथ्यो । दुनियाँको असर हो यो । जमानामा घटेका दुर्घटना, निराशा र उपेक्षाका उपजहरू हुन् यी । आजको स्थितिमा मनमस्तिष्कको भावलाई स्पष्ट पारेकी मात्र हो ।
उज्यालोमा आई । इश्वरले विस्फारित नेत्रद्वारा, आँखालाइ ठूलाठूला बनाउदै, हेर्न कठिन भए पनि, हे¥यो । उसले कालो रङ्गको कुर्था सुरुवाल र ज्याकेट लगाएकी छ । ठम्याउने प्रयास गर्दा निकै लामो समयपछि राम्री भनेर ठम्यायो । राम्री छे तर अनुहार र केशकलापहरू अस्तव्यस्त छन् । आँखाहरू निद्रालु, स्वप्निल, नशालु छन् । टाउकोमा रातो पट्टी बाँधेकीलाई उसले टकटकी लगाएर हेरिरह्यो । टाँक खोली, ज्याकेट खोल्दा उसले आश्चर्य मानेको हो तर ज्याकेट खोलिसक्दा चकित भयो । उसको शरीरमा बारुद र बमहरू बाँधिएका छन् । निश्चित भयोे त्यो मानवबम हो । कुनै पनि बखत पड्किन सक्छे ।
“देखिस तैले” ऊ मुस्कुराई । शुष्क, कठोर, कुटिल मुुस्कान मुस्काई । मुस्कानका प्रकारका विषयमा इश्वरलाई त्यती राम्रो थाहा छैन ।
“देखे, बुझे पनि” इश्वर पनि मुस्कुरायो । मनमोहक मुस्कान ।
“आइज अन्तिम ईच्छा पुरा गर् ।” ऊ पनि मुस्कुराई ।
“मेरा हात र खुट्टाहरू बाँधिएका छन् ।”
“ओ हो माफ गर् ।”केटी अगाडि आई ।
हलुका हातले फलामका साङ्लाहरू खोली । हातमा पेस्तोल लिई, इश्वर धरमराउदै उठ्यो, नियन्त्रण गुमाएन, उभियो । हातलाई पछाडि राखेर, केटीको शरीरमा नछोइकन, प्रेममय भावले, चुम्बनको उत्कृष्टता प्रदर्शन गर्दै इश्वरले घृणालाई, घृणाका ओठहरू चुम्यो ।
कस्तो संयोग हो कोनि प्रेमले घृणालाइ चुम्यो । कुनै त्यस्तो अवसर वा बेला पनि आउला जब घृणाले प्रेमलाइ चुमेको होस । कुनै ठूलो दुर्घटना घटेन, कुनै बम गोला पड्केन, ज्वालामुखी फुटेन, भुकम्प भएन । कुनै बेलाबखत यस्तो पनि आओस प्रेमले घृणालाई अनि घृणाले प्रेमलाई चुमोस सदैव ।
त्यसले पनि खुबै भावका साथ सतर्क रहेर इश्वरलाई चुमी । प्रेम र घृणाको, एक अर्काप्रतिकोे यो भाव धेरैबेर टिकेन । टिक्ने खालकोे विषयवस्तु नै होइन । उनीहरू अलग्गिए र सतर्क भावले उभिए ।
इश्वरले त्यो छाया भनाउदीलाई अङ्कमालमा लिएको भए आफू एकैचोटमा मर्न सक्थ्यो । उसले यसो गरेन, सोचेको त हो – ‘तलबार भन्दा बम सजिलो’ । प्रेमले कसैको ज्यान लिन चाहेन । घृणा प्रेमलाइ मार्नका निम्ति कठोर भन्दा कठोर षडयन्त्र गर्छ, गरिरहेछ तर कोमल, कञ्चन प्रेमले घृणाको ज्यान लिन चाहेन ।
त्यतिखेरै ढोकाबाट चारजना मान्छेहरू कोठाभित्र पसे । पेस्तोल इश्वरतिर सोज्याउदै त्यो पछाडि हटी । इश्वर किञ्चित् डराएन ।
“समय भइ सक्यो ढिला गर्ने हैन, धेरै समय लगाउने हैन ।” आउनेहरूलाई सम्बोधन गर्दै बोली ।
“हुन्छ कमाण्डर” एउटा मान्छे बोल्यो । अर्कोले क्यामरा ठिक पा¥यो । पहिलोले इश्वरको टाउकोमा कालो धोक्रो छिरायो । अनुहारको विषय वर्णन छैन तर इश्वरको खुट्टा कामेन । ऊ दरो गरी उभिएको छ, हातहरू बाँधिएका छन् । तेस्रोले तरबार झिक्यो र हत्केलामा साँध लगाए जस्तो ग¥यो । क्यामराम्यानले अघि नै क्यामरा अन गरिसकेको छ ।
हत्याराले तरबार उज्यायो ।

भोलिपल्ट इश्वरको मृत शरीर टेलिभिजनमा देखियो । डेवी, सविना र अन्जानले पनि यो दृश्य देखे । सविना र डेवी मूर्तिवत भए । दुवैले खान छोडे तर यस्तो स्थिति धेरै दिन टिकेन । डेवीले खाना र बोल्न सुरु गरी ।
उनीहरू यतिखेर अमेरिकाको एउटा शहरमा छन् । आफ्नो रीतिरिवाजअनुसार सविना र अन्जानले विहे गरिसकेका छन् । डेवी नेपाल फर्कन चाहन्छे तर कसैलाई यो कुरा बताएकी छैन । मन्दिर पुग्न चाहन्छे र इश्वरसँगको भेटलाइ ताजा बनाउने चाहन्छे । केटासाथी वा लोग्नेमान्छेहरूसँगबाट टाढा भाग्छे । आफ्नो भावी योजनाका विषयमा केही बोल्न सकेकी छैन । सविना र अन्जान डेवीलाई छोड्न चाहदैनन् ।
तर एकदिन ………….।
डेवी काठमाण्डौ पुगी एक्लै । मूर्तिसामु घण्टौ बसी । मन्दिरमा बिताएका क्षणहरू बीच लागेन कि ऊ एक्ली भइसकेकी छ । वास्तवमै एक्ली छैन किनभने ऊसँग इश्वरको बच्चा छ । पेट रहेको कुरा निश्चित भइसकेको छ । गर्भमा रहेको बच्चा तथा डेवी घण्टौ मन्दिरमा बस्छन् ।
डेवीले पढाउने काम सुरु गरी । मन्दिरमा रहेको भजन मण्डलीमा पनि सामेल भएकी छ । ऊ स्वास्थ्य जँचाउनका निम्ति प्रसुतिगृह जान्छे ।
एकदिन,डाक्टरलाई देखाइ सकेर ऊ अस्पतालको गेट बाहिर निस्कनै आटेकी थिइ, कसैले देवी भनेर बोलायो ।
“हे हेलो देवी” डेवी तीन छक्क । बोलाइएको मलाई हो कि हैन भन्ने पक्का गर्न उसले वरिपरि चारैतिर हेरी तर कोही पनि छैन । ऊ छक्क, के गरौ भन्ने भाव लिएर उभिरहीे ।
“मैले तिमीलाई नै बोलाएकी ।” कारबाट उत्रदै एउटी युवतीले उसलार्ई भनी ।
“मेरो नाम डेवी हो ।” डेवी अलिअलि नेपाली बोल्न जान्दछे ।
“काठमाण्डौ फर्के पछि तिमी किन घर आइनौ । तिमी इश्वरसँग घर आएकी थियौै । तिमीले घर देखेकी छ्यौ । तिमी यहाँ आएको कति भयो । तिमीले घर आउनुपथ्र्यो । तिमी इश्वरकी देवी हौं ।”
“तिमी को हौ । मैले तिमीलाई चिनेको छैन । तिमीले मलाई देवी भनेर किन बोलाएकी ।”
“यो सबै कुरा छोड, हिँड घर जौ आउ ।” युवतीले पाखुरा तान्दै डेवीलाई कारमा राखी । डेवी अनकनाउदै कारमा चढी । डेवीको सम्बोधन तथा इश्वरको कुरा सुनेपछि उसलाई के यकिन भयो भने यिनी इश्वरकी बहिनी हुनुपर्छ ।
“मलाई चिनिनौ । मेरो विषयमा इश्वरले केही भनेन । कस्तो पागल दिवाना झै थियो मेरो दाजु । म इश्वरकी बहिनी हँु । तिमी र इश्वर बीचका सबै कुराहरू मलाई थाहा छ । मसँग तिम्रो फोटो छ ।” इश्वरको बहिनीसँग भेटभएपछि उसको आँखाबाट आँसु झर्न थाल्यो । कार छेउ लगाएर उनीहरू दुबैजना अङ्कमाल गरेर रोए ।
डेवी, इश्वरको घरमा बुहारी भएर बस्न थाली । वास्तवमा ऊ इश्वरको घर जान बाध्य भएकी हो, चाहन्थी कि बच्चाको लालनपालन आफै गरोस् । नौ महिना पुगेपछि डेवीले छोरो जन्माई । बच्चाको अनुहार हेरेर सबैले इश्वर जस्तै भने । बुहारी र नाति भेटेर इश्वरका अरु नाता सम्बन्धी इश्वरलाई बिर्सने प्रयासमा जुटे ।



क्रमश… साँझ परेर सुस्तरी रात पर्न पनि सुरु भयोे । मम्मी भान्सामा ब्यस्त छिन्, भान्साबाट आवाजहरू आइरहेका छन् । ऊ अर्थात् इशु करिब पन्द्र वर्षको अलिअलि चकचके दस कक्षा पढ्दै गरेको, सुन्दर, आकर्षक, अग्लो, पुष्ट, राम्रो तर यतिखेर सशङ्कित रहेर रेखाचित्र कोर्दै गरेको केटो । “डैड आउनेछ, मम्मीसँग झगडा गर्नेछ ।” सधै यस्तै हुन्छ । यो समस्याको समाधान के ? औलामा कलम, कपिमा रेखाचित्र र मस्तिष्कमा समस्या र समाधानको खोजी । उसले टेलिभिजन खोल्यो, डिस्कोवरी च्यानल नहेरेको आजै हो । ऊ सायद डिस्कोवरी च्यानल बिनै कुनै अविष्कार चाहन्छ । आजका मितिमा अविष्कार गर्नुपर्ने खोज भनेको माथि उल्लेखित समस्याको समाधान हो । ‘समस्या डेैड हो वा मम ? ’ तर उसको विचारमा डैेड नै समस्या हो । एक वर्ष मात्र भयो डैेड समस्या भएको नत्र उनीहरूको जीवन मानिसहरूको यो समुुन्द्रमा सकुशल तैरिरहेको थियो । आमाका अनुसार जब काठ मिलको छेउमा खेबी नाम गरेकी महिलाले ‘रक्सीको पसल’ खोली तब देखि यो समस्या सुरु भएको हो । आजकल खै कोनी राती आउँछ । आमा र डैेडको चर्को चर्को आवाज सुनेपछि इशु प्रायःजसो निन्द्राबाट बिउँझन्छ । सिरकमा गुट्मुटिएर सुन्छ, सुनिरहन्छ ।
“तँ यो घरबाट निक्ली म तँसँग सम्बद्धबिच्छेद गर्छु ।”
“किन ?”
“किनभने तँ गन्हाउछेस, काली छेस, म तलाई प्रेम गर्दिन । म खेबीलाई प्रेम गर्छु । ऊ रसभोगको समय बेपर्बाह, कसिलो, भरिलो गरी फक्रन्छे । तँ बूढी होस, ओइलेकी फूल यौवनबाट चुडिएर जमिनमा झर्न मात्र बाँकी रहेकी चुमक््रुक परेकी फूल ।”
“यत्रो वर्ष खेबीसँग भेट नहुन्जेल म सप्रिएकी फूल थिए । सबैथोक चुस्यौ, रस चुसिसकेपछि मलाई झर्न बाध्य गरिहेका छौ तर ठिकै छ । छोरोको हालत के हुनेछ, केही सोचेका छौ ।”
“छोरो तन्दुरुस्त भइसकेको छ । ऊ आफ्नो आधारमा हार्दिकताका साथ आफ्नो बाटो हिड्नेछ । तिमीलाई, म तिम्रो हक लाग्ने सम्पत्ति दिनेछु, जहाँ कहीँ बस तिमी ।”
सम्बन्धबिच्छेद सामान्य घटना हो यो समाजमा ।
“अरु पाँच वर्ष यो घरमा बाबुआमासँग बस्न पाउनु उसको हक हो । म तिमीसँग पाँच वर्षपछि मात्र सम्बन्धबिच्छेद गर्छु । तिमी खेबीसँग बस यहाँ नआउ । हामी हाम्रो कमाइ खान्छौ । यति मात्र हो कि छोराका लागि कहिलेकाहीँ दिउँसो छुट्टीका दिन आउने गर । छोरालाई यो लागोस कि ऊ बाउको घर जन्म्यो र हुक्र्यो पनि ।”
केही फुटेको आवाज आयो । कोही कराएको आवाज आएन । एकछिन पछि मात्र आमा कराएको आवाज आयो । बाबुले आमालाई कुट्यो । केटो गर्भमा रहेझै झनै गुडुल्कियो । आमा रोएको आवाज आउँन थाल्यो ।
“म तेरो हत्या गर्छु, गर्छु यकिनन् कुनै दिन । तैले तुरुन्त मलाई छोड्नु पर्छ, यो घर पनि । म यो घरमा खेबीका साथ बस्न चाहन्छु । म तेरो हत्या गर्छु पक्का पक्का ।” ढोका ढ्याम्म लगाएर बाबु निस्केको आवाज आयो । आमा रोइरहेकी छ ।
“आज उसले आमालाई मारेन ।” इशुले सोच्यो ।
भोलिपल्ट मात्र थाहा भयो आमाको हातमा सिसाले काटेको निकै गहिरो घाउ छ ।
ऊ आमाको हत्या रोक्न चाहन्छ । बाबुले आमाको हत्या गर्छ, गर्छ । यसको समाधान के होला ? उसलार्ई यकिन छ, आमा उसको निम्ति लडाइँ लडिरहेकी छ । छोराका निम्ति आमाको ममता स्ववाविकै हो । आमाको ममता त्यो पनि केवल पन्ध्रवर्षसम्म मात्र । ममताको एउटा सीमारेखा तानिएको छ केवल पन्ध्र वर्ष । सबै केटा वा केटीले आफ्नो आधारमा घर छोडेर हिड्नुपर्छ, आफ्नैै कमाइ खानका निम्ति । यो समाज जहाँ दस वर्षको उमेरदेखि केटा वा केटी आफ्नै जिम्मेवारीमा योैनक्रीडा सुरु गर्छन । यो उमेरमा केटा वा केटी छुट्टीका दिन विपरीत लिङ्गीसँग हिडेनन् भने बाबुआमा चिन्तित हुने गर्छन् । छोराछोरीलाई कुनै रोग लाग्यो कि सुस्त मनस्थिति हुन् कि ? जिन्दगी भर पाल्नु पर्ने पो हो कि ?
यो घर डैडले बनाएको अरे । ठूलो परिसर छ, आधुनिक बङ्गला, सबै सामानहरू आधुनिक छन । धेरै काम बिजुलीले चल्ने यन्त्रले गर्छ । हातहरू यन्त्र नियन्त्रणको काम गर्छन् । ममी विद्यालयमा शिक्षिकाको काम गर्छिन् । घर बाबुको हो तर कमाइ आमाको पनि छ । इशु निजी विद्यालयमा पढ्छ ।


रात प¥यो । घरमा आमा छैन । ऊ स्कुलबाट आउँदा आमा थिइनन् । छिमेकीको घरबाट साँचो लिएर ऊ घरभित्र पस्यो । फ्रिजमा राखेका खानेकुराहरू हे¥यो । तयारी मासु र केही शक्तिवर्धक पेयहरू भेट्यो । त्यो सबै खायो, पियो । टेलिभिजन हे¥यो । आमालाई फोन ग¥यो । मोबाइल बन्द आयो । ऊ निस्क्यो, निस्केर परको मोडमा छेकिदा आमा घरभित्र पसी । आमा बाबुको डरले घरमा नबसेकी हुनुपर्छ । ऊ आमालाई माया गर्छ । बाबुलाई पनि माया गथ्र्याे । बितेको वर्ष यता यो प्रेम घृणामा परिवर्तन भएको छ ।
“म डैडलाई घृणा गर्छु र आमालाई डैडको डरबाट बाहिर निकाल्न चाहन्छु ।” ऊ बडबडायो ।
चिल्लो सडकको फुटपाथमा ऊ हिड्यो, हिडिरह्यो । मोटरको आवतजावत धेरै कम छ यतिखेर । फुटपाथको छेउमा सल्लाका रुखहरू व्यवस्थित रूपले óयाम्मिएका छन् । दुबैतर्फका ल्याम्पपोष्टमा चहकिला बत्तीहरू बलिरहेका छन् । दुबैतर्फका घरहरू ठूला ठूला छन् । ठूलो कम्पाउण्ड भएका, कङ्क्रिटले बनेका, सफा र एकनासका घरहरू छन् । हरेक घरबाहिर फोहोर फाल्ने भाडाहरू छन् । दिनै, ती भाडाबाट सरसफाइ विभागले फोहोर लाने गर्छ । पानी, ग्याँस, फोन र अन्य सन्जालहरू भूमिगत छन् ।
फुटपाथमा कोही कुकुर डो¥याएर, कोही साँझको अनुभूति ग्रहण गर्दै, कोही सायद हावा खाँदै बूढा पाका, अधबंैसे, दम्पती तथा युवा जोडीहरू हिडिरहेका छन् । प्रत्येकसँग छलिदै इशु हिडिरहेको छ । इशुलाई लाग्न थालेको छ कि ऊ सक्षम, सम्पूर्ण छ । घरबाट निकै समय बेपत्ता हुन्छ, यदाकदा रातमा तरुनी केटीहरूसँग डिस्को जान्छ । यसरी हराउँदा आमाले खोजी, गाली या फोन गर्दिनन् तर अलि सानो हँुदा आमाले जानकारी राख्ने गर्थिन ।
रात निकै वित्यो कि क्या हो ? झस्क्यो । साढे सात बजे रात परेको हो, भर्खर नौ मात्र बजेको छ । ऊ आवास क्षेत्रबाट निकै बाहिर निस्किसकेको छ । प्रहरीका रात्री पहराहरू हिड्न थालिसकेका छन् । यहाँ मान्छेहरू रातमा पनि सुरक्षित हिड्छन् । प्रहरीको कडा सुरक्षाका कारण अपराधको दर धेरै कम छ । यतिखेर यो सडक बहुतै सुनसान छ, यहाँ घरहरू छैनन्, कोही हिडेका पनि छैनन् । इशु स्वतन्त्र रहेको आभास लिदै हिडिरह्यो । निकै टाढासम्म निकै समय हिड्यो । एउटा घुम्ती मोडिएपछि अचानक आफ्नो डैडसँग आमुन्ने सामुन्ने भयो । निकै अचम्भियो इशु । रक्सीले मातेर, हल्लिएर हिडिरहेको छ डैड । मनभित्रैबाट घृणा जागेर आयो । कताबाट आएको हो कोनी डैड ? यहाँबाट निकै तल खेबीको रक्सी पसल छ ।
अगाडि नै परेपछि डेैडले उसलाई निकै राम्ररी हे¥यो ।
“ऐ कहाँ मुन्टिस” लरबराएको स्वरमा डेैड चिच्यायो । ‘धन्न चिनेछ’, सोच्यो । शरीरको अवस्था हेर्दा चिन्ला जस्तो लागेको थिएन । चुप लागेर उभियो ।
“पढ्न छोडेर कहाँ हिडेको ।” बाबु करायो । ‘पढेर के हुन्छ तँ किन पढिरहन्छस, यता उता हिड्ने गर् ।’ भनेको सम्óयो ।
“बोल्दैनस् मसँग” बाबुले हात उज्यायो ।” हातहरू इशुको शरीरमा बज्रिन पाएनन् । डैड लडखडायो । बायाँपट्टि निकै भिरालो भीर छ । अचानक इशुले एउटा अनौठो निर्णय लियो । तत्काल उसले यस्तो निर्णय लिएको हो । अगाडि पछाडि केही सोचेन मात्र निर्णय लियो । अगाडि बढ्यो । लड्खडाउदै छेउमा पुगेको डैडलाई निकै जोडले भीरतिर धकेल्यो । कसोकसो डैडले उसको हात समात्यो । इशु थोरै लडखडायो तुरुन्तै सम्भालियो । डैडको हातले उसको हात छोड्यो । डैडको हातले उसका हातहरू नछोडेका भए ऊ पनि लड्ने थियो । भीरबाट तल अनि ठूलठूला ढुङ्गाहरूमा बजारिने थियो । डैडले उसको हात छोड्नुमा कुनै पनि किसिमको कारण उसले पत्ता लगाउन सकेन । धेरै दरिलो गरी समातेको थियो डैडले हात । जोडले धकेलेको थियो वा डैडको शरीर यति हलुको थियो कि हात समातेर पनि डैड जोगिन सकेन ।
इशुको डैड भीरबाट तल झ¥यो । इशु कुद्दै गएर रुखको आडमा लुक्यो । तुरुन्तै मोडमा प्रहरीको गाडी देखा प¥यो अनि उसको अगाडिबाट गुज्य्रो ।
प्रहरीले मृतककी पत्नी र खेबीलाई दुईचार दिन दुःख दियो । इशु प्रहरीका अगाडि किञ्चित् डराएन ।
तीन महिनापछि इशुकी आमाले नवपरिचित लेखकसँग विवाह गरी । एउटा लेखक जो बर्षको केही दिन शहरमा र धेरै महिना इशुकी आमासँग बिताउँछ ।

इशु सुन्दर, हट्टाकट्टा छ । दस कक्षाको अन्तिम परीक्षा दिइसकेको छ । यो उकालो सुस्त र मन्द गतिले चढ्दैछ । मनमस्तिष्क अशान्त छ । आफ्नो आधारमा घर छोड्न चाहन्छ । यो बाटोबाट फर्किएर घर पुग्न चाहदैन । आमालाई माया, प्रेम गर्छ । आमालाई छोड्न चाहदैन तर घर फर्कन पनि चाहदैन । समाजिक विधानलाई नकार्न चाहदैन । यो समाजमा, पन्ध्र, सो¥ह वर्षको हट्टाकट्टा जवान छोराछोरीले घर नछोडे सबैले लोभी, अल्छि वा शारीरिक रूपमा असक्त भन्ने सङ्ज्ञा दिन्छन् ।
यो कालखण्डमा समाजको सोच, सामाजिक विधानमा ठूलो परिवर्तन छ । हुनैपर्छ, मानव वा मानवको मस्तिष्क, सोच र चेतना उहीका उही रहेको छैन कहिलेै पनि ।
सौच्दै हिडदैछ । बाटो घुमाउरो छ तर पनि एकैचोटि चारवटा गाडी गुड्न सक्छन् । बाटो सफा र व्यवस्थित छ, दुबै छेउमा हिड्नका निम्ति फुटपाथहरू छन् । एउटा छेउ भिरालो छ भने अर्को छेउमा पहाड ।
मनभरि रिस, द्वेष र आवेश बोकेर उकालो लागिरहेको छ । मनभित्रको यो हलचल किन ? आफै अचम्भित छ, ‘डैेडको हत्या या झट्केलो बाउ’ थाहा छैन । आमाप्रति कुनै रिस राग छैन । उसले आमालाई बताइसकेको छ कि कुनै पनि दिन घर छोड्न सक्छ ।
रागको घर आइपुग्यो । मूलगेटलाई बिस्तारै खोलेर आँगनभित्र भित्रियो । गेटमैै ठिङ्ग उभिएर चारैतिर हे¥यो । आँगन र घरको बरण्डा आज नौलो लाग्यो । आँगन, फूलबारी सफासुग्घर हुने गरी सफाई आन्दोलन चलाइएको हुनुपर्छ । गुलाफका राता फूलहरू मुसुमुुसु मुस्कुराई रहेकाझै छन् । बोट, फूलकोे रातो रङ्गले रातै छ ।
ऊ अगाडि बढ्यो । राग त्यो केटी हो जसले उसलार्ई पहिलो चोटि यौनभोग गराई । त्यसपछि ऊ थुप्रैजनासँग योैनभोगमा संलग्न रह्यो । उनीहरू बीचको मित्रता कायमै छ । ग¥हुँगो मन लिएर सुस्तरी सुस्तरी अगाडि बढ्यो । छेउको अग्लो स्थान धुँवा उगेलिरहेको छ । आँगनको बीचोबीच ठिङ्ग उभियो । लामो निश्वास तान्यो । मुन्टो ठाडो पारेर आकाशलाइ हे¥यो । त्यतिखेरै चन्द्रमा बादलको बाघपन्जाबाट फुत्क्यो । दुईटा तारा साँझमै टिलपिल चम्किरहेका छन् । आकाश र धरतीमा अन्धकार छरिन थालेको छ । एक हुल चराहरू आफ्ना आफ्ना गुँडतिर फर्किरहेका छन् । टाउकोलाई झटका¥यो, थोरै निहुरियो । पाईला अगाडि बढाउन मात्र के आटेको थियो, छक्क परेर ठिङ्ग उभियो ।
‘प्रेम’ शिर्षक भएकोे चित्र अगाडि नतमस्तक भई, हात जोडेर, आँखा चिम्लेर, घुडा टेकेर राग समाधिमा छे । प्रेमचित्र राखिएको चाँदीको फ्रेम चन्द्रमाको टहकमा टल्किरहेको छ । चन्द्रमाको प्रकाश लाज, शरम भएर रागको शरीरभरी छरिएको छ । पारदर्शी धोती बेरेर पातलो चोली लगाएकी छ । सो¥हवर्षकी रागले कण्ठमा रुद्राक्षको माला लगाउन बिर्सेकी छैन । शान्त वातावरणमा एकाग्र मनका साथ निश्चल रहेर भक्तिसागरमा डुबेकी छ । आँखा, ओठहरू बन्द छन् । अनुहारमा अनौठो तेज छ, सायद चित्रकलाको पाउभरि मोम भएर पग्लिरहेकी छ ।
इशु किंकर्तव्यविमूढ भएर ठिङ्ग उभिरह्यो । न आँखा बन्द ग¥यो न पुरै खोलेर त्यो दृश्यको रसस्वादन नै गर्न सक्योे । कस्तो कस्तो किसिमको नशाझै अनुभव भयो । त्यो दृश्यलाई लुकेर हेरिरहन चाह्यो । इशुलाइ यतिले पुगेन । मधुर स्वरसङ्गीतमा झुम्दै, नाच्दै अगाडि बढेकी नागिनझै आफू पनि सम्मोहनमा फसेको अनुभव ग¥यो । पाईलाहरू स्वतः सुस्तरी रागतर्फ बढे । रागको छेउमा पुगेपछि झुक्न थाल्यो । यस्तो लाग्थ्यो मानौ झुम्न पनि थाल्यो । तृष्णाको लालसामा लालायित ओठहरू उसको ओठहरूमा खाप्न मात्र के आँटेको थियो, रागका आँखाहरू उघ्रिए ।
‘राग कोसँग के आशिर्वाद मागिरहेकी थिई को नि ? उसलार्ई प्राप्त तथास्तुको स्वरूप म हँु ।’ इशुले यस्तै सोच्यो ।
राग झस्की, आँखाहरू पुरै उघ्रिए, जुरुक्क उठी । इशुलार्ई धकेल्दै, तिरस्कारको नजरले हेर्दै, कुद्दै घरभित्र छिरी । ऊ आवेसको अग्लो न अग्लो हिमालबाट खसेर धरतीमा पछारियो ।
इशुले खुइय सुस्केरा हाल्यो । खुला आकाशमुनि आफूलाई एक्लै पायो । एक्लै एक्लै विक्षुप्त तृष्णाहरू लिएर उभिरह्यो । तृष्णा नमेटिएकाले त्यो आगो निभ्न मानेन । कहाँ‘‘ँ हो कहाँ‘‘, के हो के दरिलो झट्का गडेको महसुस ग¥यो । मस्ति बोकेर हावा ह्वात्त चल्यो । ऊ खिन्न र खल्लो मन बोकेर ढोकामा पुग्यो र मान्छे बोलाउने घण्टि बजायो । एकछिनपछि राग ढोकामा देखा परी ।
“भूत जस्तै एक्कासि आएर किन तर्साएको ।”
“मैले तिमीले थाहा पायौ होला भन्ठानेको ।”
रागले इशुलाई कोठामा लगी । शनिवारको दिन घरमै खुम्चेर बसेकी छोरीको कोठामा केटो साथी छिरेको चाल पाएपछि आमाबुबाले लामो श्वास ताने, आश्वस्त देखिए । उनीहरूले छोरीको विषयमा सोचेका कुराहरू गलत सिद्ध भए ।
“म घर छोडेर हिड्ने विषयमा सोचिरहेको छु । ”
“म पनि जान्छु तिमीसँगै । बिहानको खाजा खाएर भोलि निस्कौला ।”
“कहाँ जाने हामी ?”
“काठमाण्डौ त होला नि ।”
“तिमीसँग पैसा छ ।”
“मसँग धेरै पैसा छैन र पनि चार, पाँच दिनलाई पुग्ला ।”
“तिमीले भविष्यका विषयमा केही सोचेका छौ । मैले त केही सोचेकी छैन ।”
कुरा गर्दागर्दै उनीहरू बीच कुनै खाली ठाउँ रहेन । उनीहरू एक अर्कालाई चुम्न थाले ।
बाख्रा गोठालो भई जादा जङ्गलमै सम्पन्न भएको रागसँगको पहिलो अनुभवलाई इशुले आफ्नो स्मृतिपटलमा ताजै राखेको छ । स्कुल जाँदा आउँदा सुनिने केटीहरूको फोहोरी हाँसो, छिल्लिएका कुराकानी, उत्ताउला हिडाई, स्कर्ट उचालिदा देखिने पिडुलाहरू स्मृतिपटलमा फोहोरी किराहरू झै सधै सल्बलाईरहन्छन् । साथीहरूको खासखुस कुरा याद आउँछ ।
दिउँसोदेखि खिन्न र खल्लो रहदै आएको मस्तिष्क आत्मविश्वास पैदा गरिरहेको छ । मस्तिष्क अनौठो अनुभवको परिकल्पनामा मातिरहेको छ । इशु अगाडि पछाडि सोच्न सक्ने अवस्थामा रहँदै रहेन । भित्रभित्र उत्तेजना र वासनाको डरलाग्दो भँुवरी उठिरहेको छ । इशुले रागसँग कामक्रीडाको प्रस्ताव राख्यो । रागले स्वीकार गरी ।
रागको शरीर आफूसँग टसायो । ओठहरूमाथि आफ्ना आँठहरू खाप्यो । हलुको चालले रागलाई बोकेर ओछ्यानमा सुतायो ।
इशुले रागलाई तानेर कामवासनाको छालमा ल्यायो । तिनीहरूबीच कामवासनाको क्रीडा स्वचालित अवस्थामा गतिमान भयो । रङ्गहीन पानी समुन्द्रमा निलो देखिन्छ । परपरसम्म तृष्णा नै तृष्णा, कामवासनाका छालहरू छिल्लिदै बग्दैछन् । चेतनशील दुइ प्राणी कामवासनाको चरम उत्कर्षतर्फ अगाडि बढे, समुन्द्रको छाल भएर लठारिदै, कामवासना र उत्तेजनाको एकाग्र खेल खेले । जोश, उत्तेजना, आवेग र कामवासनाको उष्ण प्रवाहबाट गुज्रिदै सुख, सुखान्तको यो पल क्रमश रित्तिदै, छोटिदै छ । रागको चञ्चले स्विकृतीभित्र इशु मनोमानी गरिरहेको छ । पूर्ण गतिमा कामवासना अगाडि बढ्दै जाँदैछ । अचानक हुरी, बतास, आधिबेहरी बिनै कामक्रीडा ढगमगाउन थालेको छ । एकचोटि अत्तालिएर इशु सम्भालियो ।
कामवासनाको यात्राभरि राग र इशुको बराबरी सहभागिता रह्यो । इशु र राग चेतन शून्य हुन सकेनन् तथापि सम्पूर्ण प्रयासहरू शून्यसम्म पुग्नका निम्ति हो । बैंसले उत्तेजित भएर अर्कै लोकको भ्रमण गर्दा हाँस्दै, खेल्दै, रमाउदै, उफ्रिदै हिडे । बैंसको त्यो पल गुराँस, गुलाफ, पारिजातहरू पूmलेको पूmलवारीझैको डाँडाबाट अगाडि बढे । गुराँसको रस चुसेर ओठ र जिब्रो रातो बनाए । ओरालोभरि बेगले कुदे । उकालीमा सुस्तरी सुस्तरी अगाडि बढे । घाँसका मैदानहरूमा विश्राम लिए । रमाउदै नाच्दै उकालो लागे । काकाकुल धपाए, तालहरूमा नुहाए, घाममा सेकिए, बादलहरूबाट पानी पिए । क्षणभरमै वासनाको उच्च टाकुरामा पुगे । हतारिदै लतारिदै ओरालो झरे । दुर्भाग्यवश मूलबाटो पछि हातेबार समातेर ओेरालो झरेका इशु र राग क्रमश बिस्तारी बिस्तारी आफैसँग पछि पर्दै गए । छाया अगाडि देखियो । तिनीहरू पछि पर्दै गए ।

बिहान राग र इशु कोठाबाट निस्केर बिहानीको टेबिलमा आए । रागले पिठ्यूँमा ब्याग बोकेकी छ ।
“शुभप्रभात” बाबा र आमा एकैचोटि बोले ।
“मर्निङ ड्याड मम” रागले दुबैको गालामा म्वाई खाई ।
“हेल्लो इशु शर्मा” उनीहरू बोले ।
“हेल्लो मिस्टर, मिसेज विश्वकर्मा ।” इशु कुर्सीमा बस्यो । “तिमीहरू कही जाँदैछौ ।”
“हो” राग नरम स्वरमा बोली । “म आफ्नो आधारमा बाँच्नका निम्ति जान चाहन्छु । म केही परिवर्तन चाहन्छु । सबैभन्दा ठूलो कुरो म तपाईहरूका निम्ति बोझ भएर रहन चाहन्न ।” बाबुआमाको अनुहारमा खुशी मिश्रित चमक देखा प¥यो । राग उनीहरूकी एक्ली छोरी हो । उनीहरू रागले स्वतन्त्र रूपमा जिन्दगी बाँचोस् भन्ने चाहन्छन् । उनीहरूलाई आफ्नो हेरचाह र बुढेसकालको चिन्ता छैन । छोरीको स्वतन्त्रता उनीहरूको उद्देश्य हो ।
“तिम्रो सोचाइ राम्रो हो । तिमीलाई लाग्छ कि तिमी आफ्नो आधारमा बाँकी जीवन बाँच्न सक्षम छ्यौ ?”
“म सक्षम छु । आफ्नो राम्रो र नराम्रो म आफै सोच्नसक्छु । त्यो खुला आकाश मेरो प्रतिक्षा गरिरहेको छ । हामी दुईजना सँगै जादैंछौ, जीवनको नयाँ डगरमा हिड्न ।” राग भावुक भई र आत्मविश्वासी देखिई ।
बाबुआमा सन्तुष्ट देखिए । हँसिलो अनुहार र मिजासिलो भावमा उनीहरू बोले – “शुभकामना उन्नति, प्रगति गर्नु । फुर्सद भएको खण्डमा जहाँ रहे पनि खबर लेख्न नबिर्सनु ।”
खाना खाइसकेर उनीहरू “धन्यवाद” भन्दै बाहिर निस्के । बाबुआमा ढोकासम्म पनि छोड्न आएनन् ।
उनीहरू इशुको घर पुगे । आमा आरामकक्षमा छिन् । उनीहरूले आमालाई बिहानको अभिवादन गर्दै कोठामा छिरे । इशुले आफ्नो ब्याग तयार ग¥यो । किचनमा रागले बिहानको खाजा पकाई, बनाई । आमा र बुबाका निम्ति पनि खाजा लिएर उनीहरू आरामकक्षमा आए । झट्केलो बाबु आइसकेको छ । तिनीहरू सबै खानेकुरा खान थाले । लामो कुराकानी गर्ने मनसाय राखेन इशुले । “आमा म जादैंछु ।” आमालाई छोरो कहाँ जादैछ राम्ररी थाहा छ । आमाले ममतामयी आँखाले हेरिन । आमा सामान्यरूपमा खुशी देखिई । “हुन्छ । खबर पठाउदै गर्नु ।” झट्केलो बाबुसँग केही भन्नुपर्छ जस्तो उसलार्ई लागेन । आमाको सम्पत्ति झट्केलो बाउले हत्याउला भन्ने पिर पनि लागेन किनभने झट्केलो बाबु धेरै धनी मान्छे छ । बाबुआमालाइ राम्ररी थाहा छ कि इशुसँग थोरै मात्र रुपैया छ तर कसैले केही दिएको लिदैन । आफ्नो आधारमा बाँच्नका निम्ति निस्केको हो ऊ ।
पेैसा खसालेपछि यन्त्रले टिकट दियो । दुबैजना बस चढे । तामाकोशीको उकालो सिद्धेपछि सुविधायुक्त बस चियाको निम्ति रुक्यो । उनीहरू चिया पिउन थाले । एउटा मोटरसाइकल छेवैमा रोकियो, सवारी एक्लै छ । इशु शौचालय पस्यो । आउँदा मोटरसाइकलवाला केटो र राग कुराकानीमा संलग्न देखिए । उनीहरू चिरपरिचित होइनन् इशुलाइ थाहा छ । सुरुमा देख्दा दुबैले एकअर्कालाई हेरेर कुनै अभिवादन बिनै मुन्टो फर्काएका थिए । त्यो केटो र राग इशु सामु आए ।
“नमस्कार” केटो बोल्यो, इशु पनि ।
“तिमीहरू परिचित हौ ।” इशुले सोध्यो ।
“हैन” दुबैजना एकैचोटि बोले । बसले घण्टि बजायो । त्यो केटो र राग हात हल्लाउँदै मोटरसाइकलमा सुइँकुच्चा ठोके । इशुले आफू ठगिएको महसुस गरेन । उति सारो नराम्रो वा खल्लो लागेन, मानेन पनि । यो समाजमा क्षणभरमै को कस्को साथी हुन्छ, कोसँग कस्को दुश्मनी हुन्छ भन्न गा¥हो छ । उसले बसको यात्रा त्याग्यो । लाग्यो, घरबाट निक्लेको अवस्थाभन्दा ज्यादा स्वतन्त्र भयो । कसैसँग कुनै सम्झौता गर्नुपर्दैन । कसैसँग कुनै सहमति बनाउनु पर्दैन । ऊ छ अनि जीन्दगीसँग जोडिएका ईच्छा र चाहनाहरू छन् ।

इशु जीवनलाइ जीउनुको अर्थमा भोग्न चाहन्छ, यो जगतमा जम्माजम्मी तीन वटा चीजमात्र शक्तिशाली छन् पैसा, शक्ति र यौन । संसारको नियम, कानून, रीतिथिति, परम्पराको पत्तो पाइसकेको छ र ती आधारमा बाँच्न चाहँदैन ऊ । आफ्ना विचार र भावनालाई श्रेष्ठतम् र उच्चतम् ठह¥याउनका निम्ति सबैका विचार र भावना कुल्चिने छ । आजसम्म कुल्चिदै आयो । ऑधिवेहरी, हुरी, वतासलाई स्वागत गरेर आफ्नो जीवन खण्डहर हुन दिने छैन । त्यस्ता थुप्रै आँधिबेहरी, हुरी, बतास सहने छ र आफूलाई फलामको मान्छे बनाउँने छ । कसैसँग डराउने छैन । उसले कुनै किसिमको गल्ती गरेको छैन । वाल्यवस्थाका भयावह जालोहरूले तर्साउँछन, तर्साइहरू कोमल छैनन, सङ्गीतमय र छन्दबद्ध पनि छैनन् तर डरहरूलाइ चुनोैती दिदै आफूलाई यौवन, वयस्क र प्रौढावस्थातिर लानेछ ।
इशु संसारको सांसारिक सुख, दुःख, माया, मोह, प्रेम, सफलता, चुनौती आदिलाई लत्याउन चाहदैन । म, मेरो, अहम्, स्वार्थ र शक्तिहरूसँगबाट आफूलाई मुक्ति दिलाउन चाहदैन । इशु सफलताकोे सहयात्री भएर जीवनयात्रा हिड्ने छ । चन्द्रमा टेक्न चाहँदैन । आकाशले अँगालेको क्षितिजलाई आफ्ना ओठले चुम्न चाहन्छ । ऊसँग चाहनाको उति अग्लो थुप्रो छैन ।

बादलको अङ्गालोबाट फुत्केर चन्द्रमाले पृथ्वीलाई हे¥यो । पृथ्वी कोमल, करुण मुस्कान मुस्कायो । टाढाको घण्टाघरले एघारचोटि घण्टी हान्यो । कोलाहाललाई चिर्दै कुकुरले बिरहको गीत गायो ।
जीवनका निम्ति भयङ्कर खेल खेल्छन् मानवहरू । जीवनका निम्ति हो उसले अपराध गरेको, जीवनकै निम्ति अरु पनि अपराध गर्न सक्छ । जीवनका निम्ति अपराध गर्नेले जीवनलाई प्रेम गरिरहेको हुन्छ । प्रेमको अनुभूति मस्तिष्कमा स्पष्ट छैन । जीवनका निम्ति जे पनि गर्नेछ । मृत्युलाई नजिकभन्दा नजिक प्राप्त गरेर सामना गर्नेछ । उसले अथ्र्याउनुपर्ने वस्तु नै जीवन र मृत्यु नै हुन् जो पारदर्शी पनि छन् अन्यथा केही पनि छैन यो जगत्मा ।
असिमित घृणाका कारण इशुले आफ्नै डेैड मा¥यो । उसले चाहेर होेस, नचाहेर होस, जानेर होस, नजानेर होस त्यो गरेरै छोड्यो । कसैले शङ्का समेत गरेनन् ।
पाप गरेको ठान्दैन । खै कस्तो हुन्छ कोनि पाप ? आकाङ्क्षाको भव्यभवन खण्डहर भएन । दृढताका पर्खालहरू चर्किदै ढलेनन् । चाहनाका चित्रहरूमा रङ्गहरू फुस्रिएनन् । क्षणिक साहसले इशुकोे जिन्दगीमा समुन्द्री ज्वारभाटा उठाएन । इशु साहस र आत्मविश्वासको अथाह सागर भइसकेको छ । चिन्तन र मननका सिलसिलाबद्ध क्रम टुटिसकेका छन् । मस्तिष्क श्रृङ्खलित छ । कुनै पनि विषयलाई लिएर लामो समय गहिरो गरी सोच्दैन ।
ऊभित्र सत्यको पक्ष कमजोर हुदै जाँदैछ र त्यो स्थान शक्तिले लिइरहेछ ।
हिजोआज जिन्दगी स्वयम्सँग मिलेर, प्रफुल्ल रहेर, बेजोडले सन्तुष्टिका साथ हाँस्छ । दुख, पीडा र व्यथाहरू कता छुटे कता ।
इशु भुईमा थचक्क वस्यो । टाढा टाढा देखिने टाकुराका सेता सेता कञ्चन अनुहारहरू हेरिरह्यो….. हेरिरह्यो । साँझपख, सूर्यको रातो तथा पहेलो रङ्ग प्रतिबिम्बित हँुदा हिमालका सेता टाकुराहरू सुनौला देखिन्छन् ।
सडकमा दोहोरिलत्त हिड्ने मानिसहरूले उसलार्ई गिज्याइरहेका छैनन् । बाटो हिड्नेहरूले हत्यारा भनेका छैनन् । कसैले पनि थुकेका छैनन् । उसको अस्तित्वलाई चुनौती दिदै कसैले पनि औंला ठड्याएका छैनन् । अतीतको सम्झना गर्दै दुखित र थकित भएको छैन । बलेको कोइला टेकेर हिड्नुपरेको छैन ।
आश्चर्यजनक तरिकाले वर्तमान उसलाई डो¥याइरहन्छ । महŒवपूर्ण अतीत सम्झनाबाट हराउदैन, बिर्सन सकिदैन । ऊ जुरुक्क उठ्छ । पेट निमोठिएर आउछ । नजिकैको धाराबाट पेटभरि पानी पिउँछ ।
सूर्य पश्चिमी क्षितिजमा लुक्दै जाँदैछ । घण्टाघरले पाँच बजेको सङ्केत दिंदै पाँच घण्टी हान्यो । पछाडिबाट एक हुल स्कुलेहरू आए र निस्फ्रिक्री हाँस्दै, गाउँदै अगाडि वढे । कारले लामो र झर्कोलाग्दो हर्न बजायो । झस्केर छेउ लाग्यो । विस्तृत भै बगेको त्यो खोलालाई एकनाशले हे¥यो, हेरिरह्यो । पुलको बारमा उभिएर कुरा गरिरहेका चारओटी केटी मध्ये एउटीले प्याच्च “कस्तो हो त्यो, के हेरेको होला ।” भनिहाली ।
ऊ रमाउँदै अगाडि बढ्यो ।

वर्षा अनवरत वर्षिरहेको छ । बेला बेला बिजुली चम्किन्छ । गर्जनासहित चट्याङ पर्छ । रातको अँध्यारोमा गुम्सिएको प्रकृति बिजुली चम्कदा मुसुक्क मुस्कुराउ छ । कहिँ कतै हिलो देखिदैन । पिच सडकको दुबैतिर बनेका कुलोमा पानी खोलोझै बगिरहेको छ ।
इशुले बिकट र भयङ्कर यात्राको सुरुवात गरिसकेको छ । अन्तिम निर्णय गमिसकेको छ । ऊ हिडिरहेको छ । हिडाई प्रति ऊ विश्वस्त छ । लक्षप्रति कटिबद्ध छ । कहिँ पुग्न चाहन्छ । कहाँ हो कहाँ ? कहिँ पनि रुकिरहन चाहदैन । कहिले नटुङ्गिने यो सडकमा पाइलाहरू रोक्न चाहँदैन । सडकलाई जस्तो छ त्यस्तै छोडिदिने छ । जहाँ कहि पनि अगाडि बढ्नेछ । आफूलाई समय र परिस्थितिसामु खुलेआम समर्र्पित गरेको छ । कहिले नटुङ्गिने यात्राको यात्रु भएर अगाडि बढिसकेको छ ।
काम, कर्तव्य र परिश्रमसँग डराएर यो यात्रा सुरु गरेको हैन । संसारिक सुख, दुःखदेखि भागेर हिडेको पनि हैन । आकासिन चाहन्छ । सम्पूर्णता पाउन चाहन्छ ।
ऊ सत्यलाई हैन शक्तिलाइ स्विकार्छ । सत्यलाई चुनौती दिएर शक्तिको पुजारी बनेको छ । दुनियाँँको सबैभन्दा शक्तिशाली मान्छे बन्न चाहन्छ । सबै शक्तिहरू आफूमा समेटेर शक्तिलाई नै बेवास्ता गर्न चाहन्छ, लत्याउन चाहन्छ । शक्तिलाइ स्विकार्नका लागि आफूसँग भएको सत्यलाइ दबाएर राखेको छ । शक्तिलाइ परिभाषित गर्छ, गर्छ । शक्तिको अहम् व्याख्या गर्न चाहन्छ ।
ऊसँग केही पनि छैन । एकसरो कपडा लगाएको छ । एकसरो कपडा ब्यागमा छ अनि अरु केहि सामानहरू । यात्राकोे सुरुवातसँगसँगै एउटा अनौठौ उमङ्ग छ । ओठहरू मुस्कुराइरहेका छन् । पानी झनै चर्केर वर्षिदै छ । पुरानो छाता ओढेको छ । बाटो साँघुरो र सङ्कटमय किन नहोस हिडिरहेको छ । जस्तोसुकै हुरी, बतास, आँधी, हुण्डरी किन नआओस् हिडिरहने छ ।

यतिखेर ओरालो झर्दैछ । बाटाका छेउ छेउमा ढुङ्गाहरू थुपारिएका छन् । बेलाबेला ट्रक र जिपहरू दोैडिन्छन् । घाम रहरलाग्दो छ । चराचुरुङ्गीहरूको चिरविर स्पष्ट सुनिन्छ ।
इशु बिस्तारै अगाडि बढ्यो । यतातिर पानी नपरेको जस्तो छ । हरियो घाँससहितको फराकिलो मैदानमा पुग्यो । पल्टिन मनलाग्यो । मैदानमा पल्टेर आकाश हेर्ने इच्छा जाग्यो । झोलालाई सिरानी लगाएर उत्तानो प¥यो । माथि माथि आकाशमा गिद्धहरू उडिरहेका छन । आकाश खुला छ बादल कहि पनि छैन । उसले आँखा बन्द ग¥यो ।
निद्रा टुट्दा घाम निकै माथि पुगिसकेछ । ऊ जुरुक्क उठयो । ब्याग बोकेर अगाडि बढ्यो । निकै पर बाटोमुनि चार, पाँचजना केटीहरू खेतमा काम गरिरहेका छन् । लामो सुस्केरा छोड्दै तिनीहरूले कामलाई पन्छाए । वरिपरि बसे । कोनी के कुरा गरेर गलल हाँसे । उसलार्ई धुन चढ्यो । झोलामा रहेको बाँसुरी निकालेर व्यथित धुन बजाउन थाल्यो । अतीतलाई सम्झिदै, आमालाई सम्झिदै आंैलाहरू बाँसुरीमा खेल्न थाले । दुःख सुखका तितामिठा अनुभवहरू मस्तिष्कमा कालो बादल भएर छाए । स्वच्छन्द र स्वतन्त्र भएर बाँसुरीको माध्यमबाट आफ्ना व्यथाहरू पोख्न थाल्यो । पत्तै नपाई एकथोपा आँसु आँखाबाट झ¥यो र धरतीमा बिलायो । यो आशँु नै इशुको आँखावाट विरहमा बगेको अन्तिम आँशु सिद्ध भयो ।
केटीहरू मख्ख परेर उसलाई हेरिरहे ।
“ ए सुन्दर युवक, अर्को एउटा पनि” एउटी चिच्याई ।
“हो हो फेरि पनि ” अर्की कराई ।
थकित भावले उनीहरू भएतिर बढ्यो ।
“राम्रो लाग्यो तिमीहरूलाई ” सोध्यो ।
“राम्रो त लागेन तर फेरि एकचोटि बजाउन ।” एउटीले प्याच्च भनिहाली । सबै गलल हाँसे ।
“बजाउन त म बजाउछु तर मलाई भोक लागेको छ ।”
एउटीले उनीहरूको चार भाग खानालाई पाँच भागमा बाँडी र एक भाग इशुतिर सारी । सबैजना खाना खान थाले ।
“सुन्दर युवक तिम्रो घर कहाँ नी ” राम्रीले सोध्यो ।
“यो धरती मेरो घर, यो आकाश छानो ।” उदास स्वरमा वोल्यो । उनीहरूले बुझे बुझेनन् भन्न सकिदैन तर सबैले मुखामुख गरे । आँखै आँखाले कुरा गरे ।
“तिम्रो नाम के नि ?”
“मेरो नाम थाहा पाएर के गर्छौ । म एउटा यात्रु आज यहाँ‘ भोलि कहाँ‘‘ँ ।”
“दार्शनिक जस्तो देखिदैनौ ।”
“म शक्तिको खोजीमा छुु । ”
“धोका खाए जस्तो छ । अफसोसले पिरोले जस्तो छ । ”
“धोका मैले दिए यो धरतीलाई, ऊ त्यो आकाशलाई ।”
खाजा खाईसकेपछि एउटीले “मेरो घर हिँड, बाबालाई भनेर काम दिलाई दिन्छु, मिलेर मौज गरौला” भनी । पुरुषत्व लल्कारी । के के भनी त्यति ध्यान दिएर सुनेन । पानी पिएपछि फेरि एउटा सुरिलो दर्दिलो धुन मुरलीबाट बजाइदियो । जङ्गल मस्त भएर नाचेझै लाग्यो । चराहरू नजिक नजिक आएझै लाग्यो । रुख, पहाड या भनौ सिङ्गो प्रकृति झुमेझै लाग्यो ।
कसैसँग पनि बिदा नमागी अगाडि बढ्यो । फर्केर हेर्न चाहँदैन । निकै पर पुगेपछि ”ए कामुक युवक” भनेको सुन्यो । केही बिस्र्यो कि भनेर पछाडि फर्केर हे¥यो । केटीहरूको समूहबाट एउटीले हात हल्लाईरहेकी थिई ।
हिड्दा हिड्दै समयको पत्तो भएन साँंझ मात्र परेको हो तर लाग्यो एक्कासि, छोप्ने गरी रात प¥यो । अब हिड्न गा¥हो हुन्छ । लिफ्ट माग्ने विचार ग¥यो । दुईवटा बस र एउटा ट्रकले उसलाई लिफ्ट दिएनन् । अन्त्यमा आधा घण्टाको प्रयास र पर्खाइ पछि एउटा कार केही अगाडि गएर पछाडि गुड्न थाल्यो ।
कारको युवकले हार्दिकताका साथ कारमा बस्नका निम्ति भन्यो । उनीहरू बीच सामान्य परिचय भयो । उसले कार हाँक्नका निम्ति अनुरोध ग¥यो । इशुले कार हाक्न थाल्यो । भोक लागेको छ । कारवालाले सडकबाट निकैभित्र पसेर एकान्तमा खाजा खाने प्रस्ताव राख्यो । इशुले कारलाई एउटा भिरमा लगेर रोक्यो । भिरबाट देखिने दृश्यहरू हे¥यो । भिर निकै गहिरो छ, टाढा पर बिजुली बलेको उज्यालो देखिन्छ ।
उनीहरू खान थाले । सामान्य बोलीचाली कायम छ । खाँदाखाँदै इशु बेहोसीको हालतमा पुग्यो । सोच्न र देख्न सक्ने शक्तिका दृष्टिकोणले कमजोर भयो । यौन चाहनाको अनौठो इच्छाले बबण्डर उठायो । आँधि आए जस्तो, समुन्द्री छालले बगाउला जस्तो भयो । ती दुई युवकहरू होमो क्रियाकलापमा संलग्न रहे । त्यो कारमा भएको युवक होमो भएकै कारण ऊ यो दुर्घटनामा फस्यो । केहीबेरको कसरत पछि उनीहरू दुबैजना शिथिल भए । इशु निद्रामा जाकियो ।
जब उठ्यो नाङ्गैं छ । कारवाला युवक भीरको टुप्पोमा वसेर मुस्कुराइरहेको झै भान भयो ।
“क्षमा, मैले तिमीलाई थाहै नदिइ नशा पिलाएँ । तिमीले सन्तुष्टि दियौ” बोल्यो । कारवालाले लुगा लगाइसकेको छ । इशु बोलेन ।
“आउ यहाँ आउ, हेर तलको दृष्य कति मनोरम छ ।”
अचानक घृणा अनुभूत भयोे । उसले एउटा युवकसँग यौनसंसर्ग ग¥यो कति घिनलाग्दो फोहोरी कुरा । इशुले लुगा लगाएन । नाङ्गैं कारवालातिर बढ्यो । टुक्रुक्क त्यो मान्छे अगाडि बस्यो ।
“के तिमी सधै यस्तै गर्छोै ? के तिमी केटीहरूसँग यस्तो काम गर्देैनौ ?” जिज्ञासा प्रस्तुत ग¥यो । इशुको अनुहारमा खुशीहरू छैनन् । धेरै ज्यादा दुःखी पनि देखिदैन । अनुहारमा निराशा र घृणाका भावहरू छन् ।
“छोड यी कुरा, बिस्तारमा पछि गरौला, के तिमी खुसी छौ । तिमीले लुगा किन नलाएको के तिमी दोस्रो चोटिका निम्ति इच्छुक छौ । तयार छौ तिमी ।” कारवालाले फेरि प्रस्ताव राख्यो ।
‘यो खेलाडी रहेछ ।’ इशुले सोच्यो ।
“हुन्छ” इशु सानो स्वरमा बोल्यो । युवक लुगा फुकाल्न थाल्यो । उनीहरू लठारिएर चुम्बन गर्न थाले । इशुले उसलार्ई बिस्तारै भीरको छेउमा लग्यो । भीरलाई एकोहोरो हेरिरहदा पैतालादेखि मस्तिष्कसम्म एउटा अनौठो सनसनी दौेडियो । असीमित घृणायुक्त निकै लामो सीत्कार छोड्दै इशुले त्यो युवकलाई निकै जोडले भिरबाट हुत्याइदियो र लामो निश्वास तान्यो ।

काठमाण्डौं
रात जगमग छ । पङ्तीबद्ध मोटरहरू गुड्ने फराकिला, सुकिला र चिल्ला पिच रोड झलमल छ । होटल, बार तथा अग्ला अग्ला भवन सबै उज्यालोले जगमगाइरहेका छन् । चारैतिर उज्यालो छ, लाग्दैन कि रात्रीको समय हो । आकाशतिर हेर्दा ताराहरू छन्, चन्द्रमा छ, सूर्य छैन । जीवन्त छ अँध्यारो । सक्रिय छ रात । जति उज्यालो भए पनि रात रातै हो । दिन दिनै हो । सडकमा कारका पङ्तिबद्ध प्रवाह प्रवाहित छन् । सडक सुनसान छैन ।
शहरमा मन्दिरहरू छैनन् । जताततै भवन, सडक र उद्यानहरू छन् । आकाशे पुल, भूमिगत बाटोहरू छन् । बजार परिसर, गैरसरकारी तथा सरकारी कार्यालय परिसरहरू छन् । व्यक्तिगत सम्पत्तिहरू छन् । कहिँ फोहोर छैन । कहि दरिद्रता छैन । कहि पनि अभाव छैन । घरहरू, रुखहरू लाइन मिलाएर योजना अनुरूप छन् । शहर दुईसय वर्षको योजना अनुरूप सञ्चालित हुनुपर्छ । पानी, बिजुली, ग्याँस तथा इन्धनको अभावरहित यो शहर सक्रिय रहन्छ चोैबीसैं घण्टा । शहर बीचोबीच बग्ने खोलाहरूमा बा¥है महिना सफा पानी बग्छ । खोलाहरूको दुबै किनारा तथा पानी बग्ने ठाउँमा ढलाइ छ । ढलको बन्दोबस्त छुट्टै छ । खोलाहरू तर्न थुप्रै ठाउँमा आकर्षक पुलहरू छन् । सुन्दर, आकर्षक पुलहरूले शहरको शान बढाइरहेका छन् । सुरक्षाको व्यवस्था यति कडा र चुस्त छ कि सभ्रान्त महिलाहरू पनि रातमा निर्ढुक्क हिड्छन । लाग्छ, स्वर्ग हो । हजार वर्ष अगाडि सम्भवत यो ठाउँ नर्क समान थियो । अधिकांश कामहरू बिजुलीबाट चल्ने यन्त्रद्वारा हुन्छ, सूर्यको प्रकाशबाट चल्ने कार र यन्त्रहरू पनि सञ्चालित छन्, मान्छेहरू बहुतै कम काम गर्छन् । स्वचालित छ यो शहर । पाखुरीलाई नकारेर मानिसको मस्तिष्कलाई अधिकतम् प्रयोग गर्छ यो शहर । ठाउँठाउँमा बृक्ष तथा पार्कहरूलाई आकर्षक ढङ्गले ब्यवस्थित गरिएको छ, ठाउँठाउँमा खुला उद्यानहरू छन् ।
इशु कारमा गुडिरहेको छ । सडकमा कारहरूका पङ्तिबद्ध प्रवाह प्रवाहित छ, कारको प्रवाह एउटै रफ्तारमा गुडिरहेको छ । ऊ ‘डान्सबार’ लेखिएको भवनभित्र छि¥यो । मधुर सङ्गीत घन्किरहेको छ । चारओटी प्रायः अर्धनग्न केटी नाचिरहेका छन् । नाच्नेहरूमा दिवा पनि छे । इशु एउटा टेबिलमा बस्यो । नाच्ने केटीहरू माथि नजर छैन । हलमै चारैतिर हेरिरहेछ । दिवाको टोलिलाइ अर्को टोलिले परिवर्तन ग¥यो । दिवालाइ परिवर्तन गर्ने अर्को टोलिमा राग पनि छे । रागसँग भेट्न आउँदा यहिँ दिवासँग भेट भएको हो । दिवा एकछिनको लागि हलबाट हराई । एकछिनपछि कपडा लगाएर हाँस्दै इशुको टेबिलमा आई र केही नसोधी टेबिल अगाडिको कुर्सीमा बसी ।
“हेलो म ब्यस्त छु” इशु बोल्यो ।
“ओ हो हैन होला, मसँग व्यस्त हैन र ? पक्का हो र तिमीलाई फुर्सद छैन ?” अप्ठ्यारो मान्दै, उठ्न खोज्दै, मस्त हाँस्दै दिवा बोली ।
“ए हैन हैन म जिस्केको मात्रै, बस बस ।” हतारिएर बोल्यो । इशु दिवालाई मन पराउँछ ।
“पक्का गर है ।” दिवा गम्भीर भएर बोली ।
“पक्का तिम्रो कसम” इशु नतमस्तक देखियो । “केही खानेकुरा ल्याउँछु म ।” दिवा अचम्म मान्दै खुसी देखिई ।
दिवालाई मिठो लाग्ने कुकुरको मासु र रक्सी लिएर ऊ टेबिलमा फक्र्योे ।
“किन यो मासु ल्याएको तिमीलाई मन पर्दैन हैन र ?”
“तिमीलाई मन पर्छ नि । रक्सी पनि तिमीलाई मनपर्ने ल्याएको छु ।”
“मलाई पनि तिमीलाई मनपर्ने खाना खान मन लाग्छ ।”
“त्यसो भने अर्को चोटि त्यो पनि हुन्छ । तिमीलाई भेटांै भेटांै लागेर आएको म । फोन गर्न त्यति मन लाग्दैन । फुर्सत भएको बेला फोन गर्नुभन्दा भेट्नु राम्रो हैन र ?” इशु बोल्यो ।
“हो, म त त्यति फुर्सतै पाउदिन तिमीलाई भेट्न । भेट्न त मलाई पनि मन लाग्छ । अहिले पनि म त्यति फुर्सदिलो छुइँन ।” दिवाले थपी ।
“तिम्रो बेफुर्सतले पनि बाँच्न नदिने भो ।”
“तिमीलाई पनि त्यस्तो लाग्छ र ?”
“सायद हामी दुबैलाई ।” इशुले भन्यो ।
“फुर्सदिलो भएर, एक अर्काका साथमा हातले हात समातेर, दिन रात बाँच्ने कहिले ।”
“त्यो दिन पनि आउला । यी दिन भन्दा ती दिन सुन्दर, उत्तम र जीवन्त हुनेछन् । तिमीले ‘प्रेम’ शिर्षक भएको त्यो चित्र किन्यौ ।”
“मसँग छ त्यो चित्र, मैले दुईओटा किनेको छु । त्यो चित्र मैले आफ्नो सुत्नेकोठामा राखेको छु ।”
“विश्वविद्यालयमा ल्याइदेऊ मलाई तिम्रो डेरा टाढा लाग्छ ।”
“मलाई पनि तिम्रो डेरा टाढा लाग्छ तर विश्वविद्यालय नजिक छ । हाम्रो भेट बारम्बार भइरहेकै छ । म आउने गर्छु भेट्नलाई, तिमीलाई व्यवधान त हुदैन ।”
“मैले कहिलै त्यस्तो आसय, मनसाय प्रस्तुत गरेको छु र ? तिमीसँग भेट्दा म सधै खुशी छु । तिमीसँग भेट्दा स्वर्गका सुखहरू प्राप्त गरेको महसुस गर्छु म ।”
रागहरू नाचिरहेका छन् । एउटा युवक दिवा र इशुको टेबिलमा आयो । उसले दिवासँग रातको प्रस्ताव राख्यो । उनीहरू बीच पैसाको छलफल भयो । इशुले व्यवधान नपु¥याई सुनिरह्यो । दिवाले हत्केला दिई युवकले चुम्यो । दिवा उठी ।
“क्षमा इशु, मेरो विचारमा हामी फेरि छिटै भेट्ने छौ ।”
“हुनसक्छ ” इशु बोल्यो ।
इशु निस्कन चाह्यो र उठ्यो । निराश वा दुःखी देखिएन ।
“इशु, दिवासँग भेट भयो हैन । म खाली छु आज ।” राग आइपुगी ।
“भयो, धन्यवाद ।”
इशु निस्क्यो । ड्राइभ गर्दै कारमा गुड्न थाल्यो । वास्तवमा आज ऊ खाली छ । काम छैन । महŒवपूर्ण काम गर्छ अनि थुप्रै पैसा कमाउँछ तर त्यति होइन जसले चाहे जस्तो घर किनोस् ।
बिजुलीबत्तीको फलामे खम्बामुनि उभिरहेकी तरुनी केटी देखा परी । कलिली उमेरकी झै लाग्यो, पातलो र कम लुगा लगाएकी, अनुहारमा भद्दा मेकअप गरेकी, सायद भर्खर मात्र शहर पसेकी त्यो केटी ग्राहक खोजीरहेकी हँुदी हो ।
“हेल्लो” कारबाटै बोल्यो ।
“हेल्लो” केटी मस्किई, चित्तार्षक मुस्कान मुस्काई ।
“के तिमी साथी खोजीरहेकी छ्यौ ।”
“हो, म तिमीसँग जान तयार छु”
“हिड, मसँग ।”
“कति दिन्छौ ।”
“कति लिन्छ्यौ, रातभरको निम्ति ।”
केटी कारमा बसी ।

दिवा बिहान सात बजे डेराबाट निस्केर कार गुडाउदै विश्वविद्यालय हान्निई । आठ बजेको कक्षामा उपस्थित हुनु छ । होटलमा राति धेरैबेर बस्दिन, ज्यादाभन्दा ज्यादा दस बज्छ । छुट्टीका दिनहरूमा रातभर पनि होटलमा व्यस्त हुनसक्छे । पैसाका निम्ति यो काम गर्न बाध्य छे ऊ । पढाइलाई महŒवपूर्ण ठान्दछे । इशुलाई महŒव दिन्छे तर त्यति हैन जति एउटा स्थायी लोग्नेलाई दिनुपर्ने हो । दुई दिन भेट नहँुदा फोन गर्छे डेरा पुग्छे, । धेरै जसो इशु नै आइपुग्छ ।
विश्वविद्यालयको पढाई महँगो छ तर सरकारी स्कुलहरूमा बाह्र कक्षासम्म निशुल्क छ । प्राइभेट विद्यालयहरू पनि महँगा छन् । सरकारी तथा संस्थागत विद्यालयहरूमा पढाइको गुणस्तर समान छ । जीवन महँगो छ । स्वतन्त्र सोच नभएका मान्छेहरू यहाको महँगाइ खेप्न सक्दैनन् ।
दिवा मानवदर्शनमा डाक्टरेट गरिरहेकी छ । मानवदर्शनभित्र पनि उसको विषय मानवप्रेममा केन्द्रित छ । दर्शन उसको विषय हो । ऊ विचारहरू निर्माण गर्न, जोड्न अनि तोड्न अभ्यासरत छे । उसको घर काठमाण्डौको केन्द्रदेखि अलि टाढा छ । काडमाण्डौको केन्द्रमा आवासिय घरहरू छैनन् ।
कमै मान्छेहरू मात्र सरकारसँग प्रत्यक्ष सरोकार राख्छन्् । राजनीति, सरकार, सत्ता, अधिकांशलाई मतलव छैन । प्रधानमन्त्री र राष्ट्रपतिका विषयमा अधिकांश मानिसहरू वास्ता राख्दैनन् । मानिसहरू आफ्नो देशका लागि नागरिकले गर्नुपर्ने कर्तव्य पुरा गरिरहेका छन् । मोटो कर तिर्छन्, करकै लागि पनि मान्छेहरूले ज्यादा मेहनत गर्नुपर्छ । कर तिर्नु पर्ने डरले गर्दा मान्छेहरू पैसा जम्मा गरेर राख्दैनन् । जगजगत्को अवलोकनमा पैसा खर्च गर्छन् । जसले पैसा जम्मा गर्छ त्यसले कर तिर्छ ।
इशुको विषयलाई लिएर दिवा आश्चर्यचकित छे । उसलाई इशुसँग भेट्न, कुरा गर्न, विश्वास गर्न मनलाग्छ । दिवा त्यति भावुक छैन । ऊसँग अरु कसैलाई भन्नुपर्ने कुराहरू कमै हुन्छन्, अरुप्रति हुनुपर्ने माया र प्रेमहरू कम छन् तर लोग्नेमान्छेहरू मध्ये ऊ इशुलाई मन पराउछे । कत्रो आश्चर्य दिवा इशुसँग सुतेकी छैन । आजसम्म धेरै लाग्नेमान्छेहरूसँग सुतिसकेकी छ ।
उपचार हुन नसक्ने यौन रोगहरू छैनन् । आजभोलि एड्सको उपचार हुन्छ, एच.आइ.भी. पोजेटिभको कुरै नगरौ । रोकथामको लागि सुइ तथा भइहालेमा टेबलेट सस्तो भाउमा पाइन्छ । धेरै खाले क्यान्सर पनि निको हुन्छ । आजभोलि सबैभन्दा सस्तो र पँहुच भएको सेवा औषधि उपचार नै हो । मान्छेले कम पैसामा उच्चस्तरीय सेवा पाउँछन् । यौन स्वतन्त्रता स्वीकारे पनि बच्चा जन्माउने कुरामा मान्छेहरू सकारात्मक छैनन् । अधिकांश मान्छेहरू बच्चा जन्माउन मन पराउदैनन् । केही मान्छेहरू मात्र पारिवारिक जीवनमा विश्वास गर्छन् ।
मानिसहरूमा छलकपट, धोका तथा षडयन्त्र अत्यन्त कम छ कमसेकम यो शहरमा । छलकपट, धोका तथा षडयन्त्र मार्फत जित्नु पर्ने कुनै किल्ला छैन । मान्छेहरूसँग प्रसस्त पैसा छ । व्यवस्थामा भ्रष्टचार छैन । सबै अधिकारहरू सबै मानिसलाई प्राप्त छ । सर्त यति नै छ कि सरकारले निर्धारण गरेको कर्तव्य सबैले निर्वाह गर्नैपर्छ । सरकारी संयन्त्र स्वचालित यन्त्रझैका मान्छेद्वारा सञ्चालित छ । न्याय प्रणाली सबल छ । पैसाको निम्ति अपराध गर्नुपर्ने आवश्यकता छैन तर अपराधको उन्मुलन कहाँँ भएको छ र ?
दिवा विश्वविद्यालयको पार्कमा कार छोडेर ढोकाभित्र छिरी । प्रोफेसर बिहानसँग भेट भइहाल्यो ।
“नमस्कार प्रोफेसर बिहान ”
“नमस्कार दिवा” दिवा प्रोफेसरसँगै हिड्न थाली ।
“तिमी ठान्छ्यौ प्राचीन कालमा पाइने प्रेम आजभोलि पाउन सकिन्छ, त्यतिखेरको यौन संस्कारप्रति तिमीलाई केही भन्नु छ । प्रेम र यौनको परिभाषा तथा प्रक्रियामा त्यतिखेरदेखि आजसम्म धेरै परिमार्जन भएता पनि मूल आशयमा केही पनि परिवर्तन देख्दिन म । यौनको तात्विक परिभाषा त्यतिखेर पनि मोजमज्जा नै थियो । प्रेमको तात्विक परिभाषा त्यतिखेर पनि माया नै थियो । सन्तान उत्पत्ति त्यतिखेर बाध्यता थियो भने आजभोलि स्वेच्छा ।”
“म त्यस्तो ठान्दिन । समयअनुसार प्रेम वा यौनमा थुप्रै परिवर्तनहरू आएका छन् । आजभोलिको प्रेम बलिदानी रहेको छ । प्राचीन कालमा मान्छेहरू आत्मकेन्द्रित थिए तर आजभोलि मान्छेहरू सामाजिक छन् । यौन सदैव प्रत्युपादक थियो, रहनेछ पनि । मोजमज्जाको सोच फरक छ, हिजोका मान्छेहरू मोजमज्जालाई मोजकैै रूपमा प्रयोग गर्न जान्दैनथे भने आज त्यस्का प्रक्रियाहरू थुप्रै सङ्ख्या र शैलीमा विकशित भएका छन् । ”
“तिमीलाई के लाग्छ, तिम्रो अनुभवले के भन्छ, के प्रेमको परिभाषा हुन्छ यदि हुन्छ भने प्रेमको परिभाषा के हो ?”
“सर यो अनौठो प्रश्न होइन । प्रेमको परिभाषा हुन्छ । फोहोरी क्रियाकलाप मात्र प्रेमको परिभाषा हैन । प्रेम मानवीय तत्वको च्ोतना हो । मस्तिष्क र शरीरले महसुस गर्ने मानवीय तत्व । यौनमा मात्र प्रेम हुने हो भने बाबु, छोरी, आमा, छोरा, दाजु, बैनी तथा अरु पारिवारिक प्रेमलाई के भन्ने । ”
“ममता हुनसक्छ त्यो । माया र प्रेम भनेको अलग अलग वस्तु हुन् । यौनसँग मात्र सम्बन्धित भावना या चेतना प्रेम हो । अरु त्यस्ता खाले भावनाहरू ममता हुन्, तिमीलाई यस्तो लाग्दैन । ”
“मलाई त्यस्तो लाग्दैन, मलाई लाग्छ प्रेम एउटा महान् सर्वोत्तम मानवीय तत्व हो, चेतना मध्येको सर्वोत्तम र महान् । ममता, माया, ममता, सहयोग, सद्भाव र यौनहरूले प्रेमको वकालत गर्छन्, सहयोगी ठहरिन्छन्, अनुयायी र समर्थक हुन् । प्रेममा माया, ममता, सहयोग, सद्भाव हुनै पर्छ तर यौन हुनै पर्छ भन्ने छैन ।”
“तिमीलाई लाग्दैन कि प्रेम कुनै आध्यात्मिक वस्तु हो । के भौतिक तथा आध्यात्मिक बाहेक अरु कुनै विचार वा दर्शन छ ? के त्यो दर्शन, मानसिक वा मस्तिष्कसँग मात्र सम्बन्धित वस्तु हुन सक्तैन जो निराकार छ । निराकार वस्तु भगवान नभई प्रेम हुन सक्तैन ।”
“त्यस्ता वस्तु वा पदार्थ धेरै छन् । प्रेम, घृणा, विश्वास, अविश्वास, आस्था, अनास्था, शान्ति, अशान्ति इत्यादी । प्रेम, दर्शन वा विचार हैन । प्रेम व्यवहार हो । एउटा जीवितवस्तुले अर्को जीवितवस्तुलाई गर्ने व्यवहार नै प्रेम हो । मस्तिष्क र शरीरले गर्ने एक किसिमको कठिन योग प्रेम हो ।”
“फेरि पनि यो विषयमा कुरा गरौंला । तिम्रो शोध पुरा हुदै छ हैन । तिमीले यो विषयमा गहिरो अनुसन्धान गर्नु । मेरो कक्षा छ ऐले ।”
“धन्यवाद सर” उनीहरू अलग अलग बाटो हिड्न थाले ।
दिवा चमेनागृह पुगी, इशु बसिरहेको छ कफी पिउदै ।
“इशु, तिमी भन प्रेमको परिभाषा । प्रेम त्यती सस्तो हलुको वा महŒवहीन चीज हो र जहाँ जसरी पनि भेट्न सकियोस ?” कुर्सीमा बस्दै दिवा बोली ।
“मलाई थाहा छैन, यस्ता कुराहरू । मलाई लाग्दैन कि यो दुनियाँमा प्रेम छ, म आजभोलि तिनीहरूलाई चिन्दिन जोसँग मैले योैनसम्बन्ध राखे । दुनियाँ स्वार्थी छ । प्रेमका निम्ति दुईजना हुनु जरुरी छैन । मलाई त्यस्तो लाग्दैन कि आफूलाई प्रेम गर्न छोडेर मान्छे कोही अर्कोलाई प्रेम गर्छ । छोड यी सबै कुरा म तिमीलाई पर्खेर बसेको ।”
“तिमी मम्मीलाई मेल पठाउदै छौ हैन । मम्मीको हालखवर के छ । तिम्रो डैड कहाँ हुनुहुन्छ । ”
“आमा यहि आउनुभयो । डैड र आमा स्वस्थ्य हुनुहुन्छ । त्यतिखेर मलाई चित्त बुझेको थिएन तर आजकल लाग्दछ आमाले बुद्धि पु¥याउनु भएको हो । आमा डैडको घरमा हुनुहुन्छ ।”
“तिमीले डैडको घर देखेका छौ ।”
“देखेको छु, मैले आमालाई भेटेको छुइन, धेरै समय भयो । फोनमा मात्र कुराकानी भएको छ । हिड जौ मेरो मम्मी र डैडलाई भेट्न । म तिमीलाई मेरो कारमा लान्छु ।”
केही समयपछि तिनीहरू मम्मी र झट्केलो बाबु भए ठाउँ पुगे ।
“तिमी आरामै छौ ।”
“मलाई ठिक छ मम्मी, तपाईको हालखबर के छ ? यिनी दिवा हुन् । ”
“दिवा तिमी सुन्दर छ्यौ ।”
“धन्यवाद ममी, मैले सुनेको थिए तपाइ बिरामी हुनुहुन्थ्यो ।”
“मेरो प्रेसर र सुगर बढेको छ । मलाई अरु कुनै रोग छैन ।”
“तिमीहरू सँगै बस्छौ ।”
“हैन, हामी आआफ्नो डेरामा बस्छौ ।”
“तिमीलाई पैसाको अभाव छैन ?” डैडले सोधे ।
“छैन छैन मिस्टर बर्मा ।”
“हामी तिमीलाई मद्दत गर्न चाहन्छौ ।” ममी बोलिन् ।
“त्यस्तो स्थिति नआओस भगवानसँग प्रार्थना गरी दिनुहोस ममी”
“तिम्रो खुसी” ममी बोलिन् ।
“तिमीले अप्ठ्यारो मान्नुपर्दैन इशु ।” डेड बोले । “तिमी के गर्छौ भनेर सोधेनौ हामीले यो तिम्रो निजी मामिला हो ।”
“तिमी इशुलाई मन पराउछ्यौ दिवा”
“सायद”
“इशु तिमी नि”
“………… ” इशु केही बोलेन ।
“विवाह घर परिवार बालबच्चा के सोचेका छौ तिमीहरूले ।”
“मेरो विचारमा मसँग अहिले त्यस्ता सोचहरू छैनन् ।”
“तिम्रो नि दिवा ।”
“म पढिरहेकी, मलाई पढाइ सिध्याउन दुई वर्ष लाग्छ ।”
“विवाहका कारण पढाई बिग्रिदैन् ।”
“दिवा तपाईहरूलाई कस्तो लाग्छ ?”
“यो सबै तिमी र दिवामा आधारित कुरा हुन्” डेैडी बोले ।
“तिम्रो खुशी नै मेरो खुशी, तिमीहरूले आफ्नो जीवन सार्थकताका साथ बाँच्यौ भने त्यही नै तिम्रो जीवनको अर्थ हो । अर्को कुनै अर्थ छैन जीवनको । जीवनको सार्थकता के, कसरी, किन र कहाँ देख्छौ ? अनुभवले बताउने छ या तिमी आफैले बताउने छौ तर तिमी आफ्नु बाबु जस्तो नहुनु । बच्चाप्रति जिम्मेवारी वहन गर्न सक्दैनोै भने बच्चा नजन्माउ ।”
“तिमी विवाह गर । विवाहलाई सकारात्मक दृष्टिकोणले हेर । विवाह जीवनको सार्थकता मध्येको हो ।” डैेड बोले
निकै लामो समय उनीहरूले कुराकानीमा बिताए । अन्त्यमा डेैड र मम्मीसँग बिदा लिएर उनीहरू हिडे ।

समय बिति नै रह्यो ।
इशुको दिवासँग भेट नभएको निकै लामो समय भइसकेको छ । एकदिन फुर्सतको बेला आफ्नो डेरामा बसेर इशु चित्र बनाउन थाल्योे । दिवालाइ सम्झदै रेखाचित्र बनाउन सुरु ग¥यो । खुबै मोह, चाह र एकाग्रताकासाथ रेखाचित्र बनायो । दिवाकै रेखाचित्र बन्यो । दिवाको रेखाचित्रसँगै आफ्नो पनि चित्र बनाउन चाह्यो । आफ्नो अनुहार राम्ररी ऐनामा हेरेको छैन, ऊ सारै ठूलो बिलखबन्दमा प¥यो । आफ्नो फोटो हेरेर चित्र बनाउने सुर कस्यो । मनले खाने, राम्रो चित्र भेटेन । स्टुडियोमा चित्र खिच्ने विचार लिएर उ बाहिर निस्क्यो । ढोकामा दिवा भेटिई । ‘एकछिन बस्दै गर है’ भनेर हिड्यो । घण्टाभरपछि फर्केर आउदा दिवाले आफ्नो चित्र पछाडि इशुको चित्र बनाइसकेकी थिइ ।
इशु र दिवा चित्रकार हैनन् । सानो कक्षामा उनीहरुलाई शिक्षकले चित्र बनाउन सिकाउदा केही चित्र बनाएका मात्र हुन् तर यिनीहरुले यो चित्र लगभग राम्रै बनाए । त्यो चित्रमा इशु र दिवा कसैले पनि रङ्ग भर्ने हिम्मत गर्न सकेनन् किनभने उनीहरु चित्रमा रङ्ग भर्न जान्दैनन् ।

अचानक कसैलाई थाहै नदिइ इशु शहरबाट बेपत्ता भयो ।
दिवा प्रायः एकजना ब्यक्तिसँग देखिन थाली । दिवा एकैजनासँग लामो समयसम्म सम्बन्ध बनाउन चाहन्न तर त्यो व्यक्ति विभिन्न बहाना बनाएर दिवासँग नजिकिन थाल्यो । दिवा इशुसँग भेट्न नपाएर छटपटाइरहेकी छ । इशुका मम्मी डैेडी घर फर्किसकेका छन् । कुनै तरिकाबाट पनि इशुको अत्तोपत्तो थाहा भएन ।
त्यो व्यक्ति जसको नाम रहल हो, त्यो दिवालाई खानदानी भोजभेलाहरूमा बोलाउने गर्छ, लिएर जान्छ । लामो समयसम्म सम्पर्कमा रहेकाले दिवाले ऊसँगको कामक्रीडालाई नकारी । ऊभित्र प्रेम जस्तो कुनै कोमल भावना हुनसक्छ ।
एउटा पार्टीमा त्यसले रक्सी पिउने प्रस्ताव राख्योे, उसले इन्कार गरी ।
“तिमीलाई थाहा छ इशु कस्तो मान्छे हो ?” रहलले वार्तालाप सुरु ग¥यो ।
“तिमी इशुलाई चिन्छौ ।”
“चिन्छु राम्ररी ।”
“इशु कस्तो मान्छे हो ?”
“इशु गलत मान्छेहरू मध्येको एउटा हो ।”
“कसरी खराब मान्छे हो ऊ ?” दिवा रन्किई ।
“तिमीलाई थाहा छैन ?”
“के ?”
“इशु हत्यारा हो । ”
“कसरी ”
“के तिमीलाई साँच्चै केही थाहा छैन तर उसको विषयमा धेरैलाई थाहा छैन । ”
“के कुरा ?” दिवाको तिखो स्वर ।
“इशु, पैसाको निम्ति पेशागत भएर धेरै गोप्य तरिकाले, कसैलाइ थाहा हुन नसक्ने गरी मान्छे मार्ने काम गर्छ । कसैलाई थाहा छैन । तिमीलाइ पनि थाहा रहेन छ । हत्यारा हो त्यो । पैसा प्रसस्त कमाउछ । काठमाण्डोै आएपछि उसले पढेन । पैसा कमाउने अरु उपाय नभेटेको हैन तर यही काम उस्ले आफ्नो निम्ति उचित ठान्यो ।”
“तिमीलाई कुनै भ्रम भएको हुनसक्छ । ऊ सोझो र इमान्दार मान्छे हो । हुनसक्छ मैले चिनेको र तिमीले चिनेको इशु फरक फरक मान्छे होलान् । म उसलार्ई राम्ररी चिन्दछु ।”
“तिमीले चिनेको र मैले चिनेको इशु एउटै व्यक्ति हुन् । तिमीलाई उस्को विषयमा थाहा रहेनछ तर म प्रमाण दिन सक्छु । त्यो हत्यारा हो । ऊ के काम गर्छ तिमीलाई थाहा छ ? ”
“छैन । ”
“उस्ले तिमीलाई पनि मार्न सक्छ । आजभोलि ऊ कहीँ मान्छे मार्न गएको छ या यो शहरबाट भागेको हो । ”
“तिमी सारै अविश्वासी कुरा गरिरहेका छौ । तिमी के काम गर्छोै ? तिमी आफै पो हत्यारा हौ कि ?”
ऊ हाँस्यो । “मसँग सरकारी जागिरको परिचयपत्र छ । उस्को हत्या गर्ने जिम्मेवारी लिएर हिडिरहेछु म ।”
“ तिमीले उस्को हत्या गर्नु हुदैन, यदि ऊ हत्यारा हो भने अदालतमा प्रमाणीत गर । तिमीले ममाथि प्रभाव जमाउनका लागि यी सबै कुरा गरेको हुनसक्छ । मलाई समय देउ । यस सम्बन्धमा फेरि कुरा गरौंला ।”
उनीहरू बीचको वार्तालाप टुङ्गियो ।

निकै लामो समयपछि इशुले दिवासँग भेट्यो । लामो समयपछिको भेट भएका कारण सबै कुरा बिर्सेर दिवा खुशी भई । यो खुशी धेरै दिन टिक्न सकेन । दिवाले रहललाई भेट्न छोडिन । इशु र रहलको भेट गराई दिवाले । केही दिन पश्चात् आश्चर्यजनक रूपले रहलको हत्या भयो । रहल हत्या केसमा निकै दुःख पाई दिवाले । तुरुन्तै दिवाको अपहरण भयो । दिवाको अपहरणले प्रहरी तथा शहरवासी तीन छक्क परे, पत्रिकाहरूमा यो घटनाले मुख्य स्थान पायो । शहरमा यो घटना चर्चाको विषय बन्यो ।

ऊ कोठाबाट बाहिरियो । दिवा पनि सँगसँगै सहारा दिन खोज्दै बाहिरिई । सहारा दिन सफल हुन सकिन । खुट्टाहरू सन्तुलित नै छन् । सिगरेट तान्दा फैलिएको प्रकाशमा उसको अनुहार भावशून्य, प्रतिक्रियारहित देखिन्छ । आँखाहरू चनाखा छन् । कदाचित् नसाको अनौठौ प्रभावले प्रभावित हुनुपर्छ ऊ ।
“तिमीले आज थुप्रै पियांैे । आखिर तिमीले पिउन छोड्न सकेनौ” दिवा हिड्दा हिड्दै शुष्क स्वरमा बोली ।
“कृपया त्यसो नभन म कति आशा लिएर तिमीकोमा आएको छु ।” इशुको ओठबाट चिसो सित्कार निस्क्यो ।
“क्षितिजको ठाउँ, पारिजात फुल्ने गाउँ, सपनाको संसार जाँदा मलाई साथ लिएर जानु है ।” दिवाका स्वप्निल नयनहरू बोल्न चाहे झै छन्, ओठहरू मौन लाग्छन् ।
“कृपया मलाई कमजोर नबनाउ । म त्यसै त कमजोर छु । मलाई आश्चर्य लागिरहेछ आखिर रहल र रागका कुराहरू सुनेर पनि तिमी भ्रमपूर्ण कुराहरू गरिरहेकी छ्यौ । उनीहरूको तर्कमा कुनै त्रुटीहरू थिए भने भन मैले आफूलाई सुधार्ने प्रयास गर्नुछ ।”
“के रहल र रागकोे तिमीप्रतिको दृष्टिकोण सही छ ? राग तिमीप्रति ज्यादै नकारात्मक दृष्टिकोण राख्छे । सायद हुनसक्छ तिमी मसँग ज्यादा नजिक भएका कारण, नहुन पनि सक्छ, हो न हो राग मप्रति इष्र्याको भाव राख्छे । रहल तिमीलाई इष्र्या गथ्र्यो । रहललाई तिमी धेरै पहिलेदेखि चिन्थ्यौ ” दिवाको मस्तिष्क बहुत छिटो छिटो काम गरिरहेको छ ।
“उनीहरूले तिमीसँग के कुरा गरे कुन्नी तर सायदै सहि थिए उनीहरूका कुराहरू । रहललाई कसले मा¥यो भन्ने कुराको सरोकार तिमीसँग छैन तर म तिमीलाइ यति चै अवश्य भन्न सक्छु कि रहल यस्तै मृत्युको लायक थियो ।” ऊ अट्की अट्की सोची सोची भावहीन शब्दहरू बोलिरहेको छ । दिवा यी भावहीन शब्दहरूको अर्थभित्र डुब्न सकिरहेकी छैन ।
“रहल को थियो इशु ?” दिवाले साहस गरेर सोधी ।
“मेरो नजिकबाट गुज्रेर जाने सजीव मान्छेको दोहोरीलत्तमा रहल एकमात्र त्यो मान्छे थियो जसले मलाई चिन्यो, जान्यो मेरो परिचय मलाई नै गरायो । तर के ऊ मेरो परिचय दिन सफल भयो ? निकै लामो समय तिमी ऊसँग देखा प¥यौ । एक समय यस्तो पनि आयो कि तिमी मसँगभन्दा उसँग ज्यादा समय ज्यादा नजिक देखा प¥यौ । तिमी नै भन मेरो परिचय दिन सफल भयो त्यो ।” ऊ शब्दहरूलाई यसरी बोल्थ्यो कहिँ कतै ज्यादा शब्दहरू नफुत्कि जाउँन ।
“यतिखेर म ठूलो विपत्तीमा फसेकी छु । यसैले पनि तिमी सामु छु । मेरो जिन्दगी, नदीको बीच धारमा अल्झेको डुङ्गा झै छ । म विपत्तीमा नभएकी भए यतिखेर म तिमी सामु हुने थिइन । मैले माथि भने जस्तै तिमीलाई साहाराको जरुरत पर्नसक्छ । साँच्चै रहलले मसँग गरेका कुराकानीमा सत्यता भए तिमीलाई मेरो सहयोगको आवश्यकता अनुभूत हुनसक्छ । मैले हिडाउन चाहेको डगर, मैले रोजेको बगर, त्यो सपनाको रहरभरि तिमी मसँग हिड्नुपर्छ । आफ्नो पेशा वा अरु सबै थोक त्यागेर, तिमीले हिड्नुपर्छ मसँग न एक कदम पछाडि न एक कदम अगाडि । कुनै पनि दिन, कुनै पनि क्षण के तिमी कुनै पनि बखत मसँग हिड्न तयार छौ ?” ऊ निराश र पीडित स्वरमा बोली ।
“कदाचित् तिमीले संसार, जगजगत्देखि टाढा भाग्ने प्रस्ताव राखेकी हौं ।”
“यतिखेर विश्वको सवैभन्दा दुर्भाग्यपूर्ण केटीको रूपमा म आफूलाई स्वीकारिरहेकी छु । सत्यको सामू आफैलाई स्वीकार्न सक्नु मेरो हिम्मत हो । रहल यदि सही थियो भने तिमी एउटा क्रुर हत्यारा हौ । मात्र इष्र्याको कारण तिमीले रहलको हत्या ग¥यौ ।”
“म तिमीलाई कुनै पनि नाम र नाताले एक्लो सम्बोधन गर्न सक्दिन । यो मेरो कमजोरी हो तर ऐले तिम्रो सामु भएकै कारण ज्यादै निराश छु । मेरो आँखा सामुन्ने मेरो बाँकी जीवनलाई ढाक्न सक्ने बिकराल बादलको घटा छाइरहेको छ । मलाई मेरो जिन्दगी निरर्थक लाग्न थालिसकेको छ । म बाँच्न चाहन्न, यहि कारण अरुलाई पनि बाच्न दिन्न । रहलको विषयमा केही कुरा गर्न चाहन्न तर तिमी जे सोचिरहेकी छ्यौ, त्यो विलकुलै सत्य होइनन् । मेरा महŒवाकाङ्क्षाहरूको अन्तिम अन्त्येष्टिसँगै यो धरतीमाथि मेरो शरीरको विसर्जन चाहन्थें तर विवस छु । स्वयम् आफ्नो निम्ति बाँचिरहेको छु । बाध्यताहरू नै मेरा बाँच्ने आधार हुन ।” एउटा लामो चिसो सित्कार इशुकोे शरीरभरि हिमपत्थर भएर जम्यो । इशुको आङ् ढक्क फुलेर आयो ।
“शाहानुभूतिको प्यास होला, हुनसक्छ माया र प्रेमको आश होला, पश्चातापले निचोरेर जीवन निराश निराश होला, कदमैपिच्छे भास होला, भविष्यको भास । कस्तो हो यो आभास, खुला आकाश, चेतनाको प्रकाश खै कहाँ छौ तिमी, कहाँ हरायौ तिमी, त्यो पहिलेको इशु मलाई दुई दिन नदेख्दा छटपटिने इशु । ”
“तिमीसँगको मेरो भेट एउटा अजम्मरी खेल हो जस्लाई कसैले मार्न सक्दैन ।” ऊ बोल्यो । “तिमी परी हौ, युगैपिच्छे दृष्यवान् हुनसक्ने जातकी संसारी परी, तिमी परीजात हौ ।”
“स्पष्ट भन तिमीले रहलको हत्या किन ग¥यौ । ”
“हत्या, तिमी यस्तो किन सोच्छ्यौ मेरो विषयमा, म जीवन जिउनुको अर्थमा सकारात्मक सोच हँु, म कसैलाई मार्न सक्दिन, तिमीलाई कसैले मेरो विषयमा भट्कायो तर कस्ले तिमी नै भन मलाई थाहा हुनसक्ने विषय हैन यो ।” बोली सक्न ज्यादै मुश्किल प¥यो । यसबीच अनुहारमा असङ्ख्य भावहरू यता उता कुदे तर अन्धकार उसको लागि सहायक सिद्ध भइरहेको छ ।
“आखिर किन ।” उनको स्वरलय नै जिज्ञासु छन् । “म तिम्रो कुनै पनि भावना वा चेतनाको चोरी गरेर तिमीमाथि खेलवाड गर्न चाहन्न यदि यस्तो केही भयो भने स्पष्ट भन, कोही अरु पनि स्थायीरूपले तिम्रो जिन्दगीमा छन् भने भन, मैले तिमीलाई केवल एक नजरमै मन पराएकी हँु । आत्माबाट सुरु हुने मनोरम बाटो भएर निस्केका सम्पूर्ण आस्थाहरू तिमीलाई, म समर्पित तिमीमा, घात नगर म माथि ।”
“भैगो भावनामा नबग, म जे भन्दैछु ध्यान दिएर सुन” उसको कठोर, शुष्क, सुरिलो स्वर वातावरणलाई झन डरलाग्दो बनाइरहेको छ ।
“तिमी आफ्नो दैनिक हाल डायरीमा लेख्छ्यौ हैन ।”
“असत्य हैन सत्य नै हो र यो पनि सत्य हो कि मेरो दैनिक हालभरि केवल तिमी मात्र छौ अनि छु त केवल म ।”
“तिमीले आफ्नो हालमा रहल र रागसँगको कुराकानी पनि समावेश गरेकी हौली ।” दिवाले इन्कार गर्न सकिन ।
“म तिमीसँग माग्छु, तिम्रा दैनिक हालका पानाहरू ।” इशुको अनुहार दिवाले देखिरहेकी छैन । दिवालाई आभास भयो कि यो बोलीमा हत्या गर्न सक्ने मानिसको आवाजमा हुने धम्की र दवावको शैली छ ।
“किन, म जान्न सक्छु ?” दिवाको मुखबाट कठिन तर स्पष्ट स्वर फुत्क्यो ।”
“म स्पष्ट पार्दैछु । तिम्रो हाल लिखित डायरीमा केवल म मात्र उल्लेख छुइन र तिमी मात्र पनि उल्लेख छैनौं । त्यहाँ रहल र राग पनि छन् । रहलकोे हत्या पनि उल्लेख छ । एउटा इज्जतदार मान्छे तिम्रो दैनिकी लिखित पानामा उल्लेख हुनु मेरो निम्ति नकारात्मक हुनसक्छ । तिम्रो त्यो लिखतमा मलाई फसाउने यथेष्ट प्रमाण नभए पनि परिबन्दमा पर्नसक्छु म ।” इशुले स्पष्ट होस् भन्ने भावले सबिस्तार बतायोे । शब्द र भावहरूबाटै बुóन सकिन्छ कि ऊ निकै चिन्तित छ अनि भयभित पनि ।
“तिमी आफ्नो हाल लेख्न बन्द गर अनि लेखिएका पानाहरू मलाई देउ कृपया ।”
रातको दस बजेको हुदो हो । निस्पट्ट अँध्यारो चारैतिर फैलिसकेको छ । भ्यागुताको ट्यारट्यारे कोलाहालले वातावरणलाई छिन्नभिन्न पारिरहेको छ ।
“ प्रायः तिमी मसँगबाट टाढा रहन्छौ, तिम्रोे सम्झना केवल पाना र पङ्तिहरूमा मिल्छन् । तिम्रो स्मृति रहेको, तिमीसँगको कुराकानी लेखिएको पानाहरूलाई आफ्नो शरीरबाट कसरी अलग गर्न सक्छु ?” दिवाको ओठहरूबाट एउटा लामो तर चिसो सित्कार निस्क्यो । सायद दिवाको ओठबाट फुत्केको सित्कार उसको मस्तिष्कमा कण्टक काँढा भएर विóयोे । मृत शरीरबाट निक्लेको झै लाग्ने चिसो, कठोर स्वर यो भयानक वातावरणको सीमित परिवेसमा गुन्ज्यो ।
“म मात्र एकचोटि सोच्छु र पहिलो सोचमै निष्कर्स वा निर्णयमा पुग्ने गर्छु । म तिमीलाई मार्न चाहन्छु ।”
नशाले काँपिरहेका इशुका भयानक हातहरू अन्धकारलाई चिर्दै दिवातिर बढे । दिवाको मनमस्तिष्क मात्र केवल एकछिनको लागि विचलित भए । दिवा आफैमा सन्तुलित र संयमित देखिई तर अचानकै इशुले हातहरूलाई आफूतिर तान्यो । दुबै हातलाई गोजीमा घुसा¥यो ।
“म फेरि एकचोटि तिमीसँग तिम्रोे दैनिक हाल लेखिएका पानाहरू माग्छु र भनिरहेछु तिमी आफ्नु हाल लेख्न बन्द गर ।”
“तिमी मेरो मनमस्तिष्कभित्र रहुन्जेल, लेख्ने काम बन्द गर्न असम्भव छ । यो हुनै सक्दैन कदापि ।”
उसले आवाज आउने गरी सिगरेटको धँुवा तान्यो । थोरै उज्यालो अनुहारमा पोखियो । अनुहारभरि घृणा, बिस्मात र निर्ममताका अनगिन्ति भावहरू यताउति रुमल्लिरहेका छन् ।
नशाले काँपिरहेका भयानक हातहरूले दिवाको घाँटी ट्याप्पै समाते । हत्केलाका आंैलाहरू बिस्तारी बिस्तारी दिवाको घाँटीमा दवाव दिदैछन् । दिवा शिथील हुदै जाँदैछे । त्यसैबखत ओठमा च्यापिएको सिगरेटलाई जोडले तान्यो, साथ साथै दिवाको अनुहारभरि एक सरो प्रकाश छरियोे ।
“तिम्रा नयनभरि अनेकौ अनौठा स्वप्निल संसारहरू छन् ।” उसको अस्पष्ट र आश्चर्यचकित स्वर गुन्ज्यो । दिवालाई घाँटीको बन्धन ह्वात्तै खुलेको अनुभव भयो ।
मृत्युको मिठो तर भयानक कल्पनाबाट दिवा झल्यास्स विउँझी । केहीबेरसम्म आँखा चिम्लेर अघिल्लो आक्रमणको प्रतिक्षा गरिरही । निकैबेरसम्म कुनै किसिमको चाल नभएपछि आँखा खोली । कोठामा कोही पनि छैन । असहाय भावले उठी, झ्यालसम्म पुगी ।
निकैपर ऊ लडखडाउदै हिड्दै छ ।

कलेजमा जाडोको बिदा चलिरहेको छ । दिवा लेख्नमै व्यस्त रहन्छे प्रायः कहिले शोधपत्र, कहिले डायरी । स्वतन्त्र र आजाद छे तर घर बाहिर निस्कन्न । इशु प्रायः निस्कन्छ, लामो लामो समय हराउँछ ।
एकदिन, आफूलाई इशुको साथी बताउने एउटा व्यक्तिले ‘इशु दुई, तीन दिनपछि मात्र आउँछ कृपया पर्खेर बस्नु’ भन्यो । रहलको भनाइलाई स्वीकार्ने हो भने हत्याराकोे घरमा, उसैको प्रतिक्षामा बसिरहेकी छ जसले घाँटी थिचेर वा गोली हानेर दिवालाई पनि मार्न सक्छ तर डर लागेको छैन । डर मान्नुपर्ने कुनै कारण देख्दिन । दिवा इशुको हातबाट हुने मृत्युसँग डराउँदिन । किन ? किन ?
यहाँ उसको हैसियत बन्दीको जस्तो छैन । इशुको प्रतिक्षामा यही मृत्युको हदसम्म जीवित रहन चाहन्छे ऊ ।
दिवा पश्चिमा साहित्य, दर्शन तथा प्रेमसम्बन्धी पुस्तकहरूको अध्ययनमा व्यस्त रही । परिसरमा प्रभातको पदयात्रा, दिउँसो र रात अबेरसम्मको अध्ययन र लेखन उसको दिनचर्या बन्यो । इशु तीन चार दिन मात्र हैन सात दिन आएन ।
उसले कुनै किसिमको योजना बनाउने वा सोच्ने काम गरिन । इशुको प्रतिक्षामा आफू अनुकुल समय विताएर बसी । थुप्रै कामहरू निप्ट्याई । इशुको साथी अरु दिन पनि आयो । खानेकुराहरू फ्रिजमा राखेर हालचाल सोधेर निस्क्यो । पत्रिका पनि ल्यायो ।
प्रभातको पदयात्रामा निस्कदा अचानक दिवाकोे सामु इशु देखाप¥यो । आफ्नो अनुहारलाई हँसिलो तुल्याउदै बोल्यो र वार्तालापको क्रम उसले यसरी जोड्यो ।
“म ज्यादै दुखित छु । रहलसँग तिम्रो भेटको सम्भावना धेरै अगाडि नै टुटिसकेको छ ।”
“मसँग हिड्ने लोग्नेमान्छेहरूसँग तिमी यति ज्यादा इष्र्या गर्न सक्छौ, मलाई कहिले पनि हेक्का हुन सकेन । ”
“तिमी अर्थलाई अर्थहीन वनाइरहेकी छ्यौ ।
“हत्या गर्न सक्ने हदसम्म तिमीले उसलाई इष्र्या ग¥यौ, मलाई अचम्म लाग्यो । ”
“तिमी मलाई अनावश्यक वार्तालापमा अलमलाइरहेकी छ्यौ, तिमीले गरेका कुरा तिमीलाई अर्थपूर्ण लाग्लान् तर मेरा निम्ति अर्थहीन छन् । म तिमीलाई लिन आएको, हिड जौं यहाँबाट कुनै अरु ठाउँ ।”
“बताउनेले मलाई बताएका थिए तिमी ज्यादै गोप्य रूपले हत्या गर्छौ अरे । रहलसँग तिमी विरुद्ध प्रमाण थिए अरे । कहि म त्यो गोप्य रूपले गरिने हत्याको शैलीमा फस्न लागेकी त हुइँन ।”
“रहलले मलाई नराम्रो भनेर तिमीलाई फकाउँन खोजेको होला । एउटा कुरा पक्का हो कि तिमीसँग हिड्ने, बोल्ने, सुत्नेहरूलाई मैले कहिलेै पनि इष्र्या गरिन । भैगो यी कुरा आज म तिमीलाई लिन आएको हिड जौ मसँग ”
“मलाई लिन आएको खबर सुन्न पाउनु मेरो निम्ति बहुतै ठूलो कुरो भइसकेको छ ।” दिवा ज्यादै हर्षित छे ।
“तिमीलाई भेट्न पाएकोमा म पनि ज्यादै हर्षित छु ।”
“मेरो हालको पाना र पङ्तिहरूमा मैले रहलको हत्यालाई लेखेकी छु, रहलको हत्यारा तिमी नै हौ भनेर किटानी लेखेकी छु । ”
“मेरो लागि तिम्रा पाना र पङ्तिहरू दिनदिनै झन् झन् खतरनाक बन्दै जाँदैछन । आज अन्तिम पटक तिम्रोे दैनिक हाल लिखित डायरी माग्दैछु । मलाई देउ त्यो अनि मसँग सम्बन्धित लिखत लेख्न बन्द गर ।”
“म विवस छु इशु मेरो आत्मा यसो गर्न मान्दैन ।”
हिड्दा हिड्दै एउटा कारको सामु आइपुगे । कारको ड्राइभिङ सिटमा एउटा ज्यादै डरलाग्दो भावभङ्गिमा भएको मान्छे विराजमान छ । इशुले कारको ढोका खोल्दै दिवालाई बस्ने अनुरोध ग¥यो ।
दिवा र इशु गुडिरहेका छन् अनिश्चित, अनौठो, निरपेक्ष र सायद निराकार गन्तव्यतर्फ ।

जुनेली रातका शितल किरणहरू गगन छुन खोज्ने पहाडहरूसँग सहवास गरिरहेका झै लाग्नसक्छन् । जूनका किरण र पहाडहरू बीचको क्रियारहित सम्भोगका कारण उत्पन्न सन्नाटाको साय… साय शब्द वातावरणलाई झनै भयानक तुल्याइरहेको छ ।
मूलबाटोबाट छुट्टिएर, नागबेलीझै बेरिएर, उकालो लागेको बाटो, पुरानो तर विशाल दुईतले घरको प्रवेशद्धारमा ठोकिएको छ । फूलबारीका फूलहरू मस्त यौवनको ताप लिएर प्रकृतिको कोमल स्पर्श खोज्दैछन् । पापी बैंसको पीडाहरूसहित सीमित परिधिबाट मुस्काइरहेका छन् बेली, चमेलीहरू ।
प्रवेशद्धारदेखि घरको सिँढीसम्म इँटा र ढुङ्गाद्वारा निर्मित बाटोको दुबैतर्फ हलक्क बढेका, अग्ला धुपीका बोटहरू उखरमाउली तरुनीले झै घरलाई आफ्नो अङ्गालोभरि च्यापिरहेका झै लाग्छन् । मृत्युशैâयामा मूर्छित मान्छेले गरेको अथक प्रयासझै त्यो घर आफूमा श्वासप्रश्वास भर्ने असफल प्रयास गरिरहेझै लाग्छ ।
धरतीमाथि आकाश घोप्टिएको छ । लाग्छ, सँधै घोप्टी रहने छ, बिना स्पर्श, बिना संयोग, बिना सम्भोग अलग अलग टाढा टाढा । प्रकृतिको कोमल, कसिलो शरीरसँग सहवास हुन्छ कि भन्ने आशमा आकाश सधै तड्पिरहे झै लाग्छ । नाजुक उत्तेजनाको बरमालामा एकपछि अर्को उनिदै आएपनि प्रकृति उदाश छ । वातावरणको बाफले रापिएर हो वा श्मशानघाटको दुर्गन्धित धुँवाले निसासिएर होे प्रकृति सधै निराश देखिन्छ । कैलेकाहीँ बादलहरूसँग लुकामारी खेल खेल्ने क्रममा जून बादलको घुम्टोभित्र शर्माउदै छिप्छ । तत्कालै धरतीभरि कालो अँध्यारो फैलिन्छ । जून मस्किदै बादलको अङ्गालोबाट तड्पेर फुत्कन्छे ।
जून मुस्काउँदा धरतीमा प्रकाशका किरण पोखिन्छन् । निर्जीव ढुङ्गाहरू सँगमरमरझै टलक्क टल्कन्छन् । जूनको किरणले बालुवासँग मितेरी गास्छ अनि नदीको गहिरो पानीमा उत्रिदै जान्छ । तिनै किरणहरू पानीको गहिरो सतहबाट प्रतिबिम्बित हुदै गगन छुन खोज्ने हिमाल र पहाडका भित्ता, पाखा, पखेरामा सुस्ताउँछन् ।
यी सबै दृष्य, परिदृष्य देख्दा दङ्ग परेर दुईतले विशाल महल मुस्कुराइरहेझै छ ।
यो महल आजभन्दा पाँच वर्ष अगाडि कहि नोकरी गरिरहेका मजिस्टे«टले किनेका हुन् । त्योभन्दा पहिले यो महल घरानियाँ परिवारको सम्पत्ति थियो । उनीहरू यो महललाई छुट्टी बिताउने प्रयोजनका लागि प्रयोग गर्थे । सीमफेदीको यो महल काठमाण्डौबाट कारमा केबल एक घण्टाको दुरीमा छ । सुरुङ्गको बाटो हुदै यहाँबाट मान्छेहरू केवल एक घण्टामा काडमाण्डौ पुगेर, जागीर खाएर सदैव बेलुका घर फर्कन्छन् ।
करिब दस वर्ष अगाडि यो महलमा एउटा आश्चर्यजनक अनौठो घटना घटेको थियो । मान्छेहरूले कदापि चिताएका हैनन् त्यो घटना । आजभोलि पनि त्यो घटना सम्झेर मान्छेहरू आश्चर्यचकित हुने गर्छन् । करिब दस वर्ष अगाडि यो महलमा शहरका एक दम्पति बस्दथे । भखैरै विवाहित पच्चीस, तीस वर्षका थिए, उनीहरू । खानदानी सोच भएका कारण उनीहरूको परिवारमा विवाहको चलन अनिवार्य थियो । उनीहरू पहिलो रातका लागि बिदेश घुमेर आए अनि यहाँ बस्न थालेका थिए । उनीहरूको यहाका स्थानीयहरूसँग प्रगाढ सम्बन्ध थियो । यो ठाउँलाई शहरबाट धेरै टाढा भन्न मिल्दैन । त्यो दम्पतिले एकदिन एउटा शानदार भोजको आयोजना ग¥यो । कुलिनवर्गका मानिसहरूको उपस्थिति भयो । स्थानीय र शहरी गरी करिब पाचँसय जनाको भब्य उपस्थितिमा रात्रीभोजको रौनक बाँधियो । प्रेमकी अभिन्न मित्र सौन्दर्यको उपस्थिती रह्यो । मूर्खका राजकुमारको पनि उपस्थिती भयो । भिन्न अभिन्न प्रकाशहरूको अनौठो समागममा बाचाहरू बाँधिए, सम्झौताहरू गरिए । पृथ्वीको स्वर्ग ठानी यो महलमा सबै सुख, सुविधाका साथ त्यो रात्रीभोज चरम उत्कर्षमा सम्पन्न भइरहेको बेला एकजना आवारा मान्छे खुबै अधिकारका साथ महलमा घुस्यो । उसले सर्वप्रथम यो रात्रिभोजलाई पाहुना र भोजकै रूपमा स्विका¥यो । सबैजनालाई विश्वास दिलाउन एउटा आमन्त्रितझैको व्यवहार ग¥यो तर जब त्यो रात्रिभोज अन्तिम चरणमा पुग्यो, त्यो मान्छेले आफूसँगको सानो ब्यागबाट झिकेर, टुक्रा टुक्रा जोडेर एउटा सानो स्वचालित हतियार तयार पा¥यो । भ¥याङ्को अग्लो स्थानमा उभिएर अन्धधुन्ध गोली चलायो । रगतको खोलो बग्यो । करिब एकसय जना मान्छे मरे । घाइते मध्ये धेरै अपाङ्ग भए । हत्यारालाई कसैले चिन्न वा समात्न सकेन । त्यसपछि यो भवन बेवारिशे भयो ।
यो घटनाको पाँच वर्ष पछि एउटा मजिस्टे«टले त्यो भवनमा पाइला राखे । स्थानीयहरू सँधै त्यो भवनबाट टाढै रहन्थे । उनीहरूको भनाईअनुसार त्यो भवनमा भुतहरू छन् । मजिस्टे«टको पाइला त्यो भवनमा पर्ने वित्तिकै स्थानिय व्यक्तिहरूले उनीसँग भेट्ने इच्छा व्यक्त गरेका थिए ।
तिनीहरूले त्यो भवनको काहानी बताएका थिए, उनलार्ई त्यो भवनमा नबस्नका निम्ति अनुरोध गरेका थिए । मजिस्टे«ट पनि अनौठो, अचम्म स्वभावका थिए ।
मजिस्ट्रेट महिनामा एकचोटि आउथे केही दिनहरू बसेर जान्थे । उनी सायद छुट्टिका दिनहरू बिताउन यहाँ आउथे । उनीसायद भुतहरूसँग कुरा गर्दथे । मानिसहरूबीच यस्तै किसिमको चर्चो चल्थ्यो । कहिलेकाहीँ मजिस्टे«ट महिनौ हराउँथे । भवन आज सम्म पनि बेवारिसे श्मशानघाटझै, सन्त्रास फैल्याइ रहेछ ।

भवनको ठिक पछाडि सालका रुखहरू लहलह मस्किरहेका छन् । पृष्ठभागबाट सुरु भएको भिरालो ढलान निकै तलको रेथे खोलामा टुङ्गिएको छ । ठाउँठाउँमा लालिगुराँसका होँचा रुखहरू ढकमक्क फुलिरहेका छन् । स्वागतद्धारबाट सुरु भएको पिच सडक मूलसडकसँग मिसिएको छ । पिचसडकबाट छुट्टिएर, उकालो लागेको नागबेली गोरेटो पहाडमा बेरिने कोसिस गरिरहेझै भान हुन्छ ।
आफ्नो अद्भुत जोवन उदाङ्गो पार्नुपर्ने विवशताहरूसँगै, यस्तो लाग्छ मानौ जून सोह्र वर्षे तरुणीझै निर्वस्त्र शरीरसहित मोम पग्लिएसरी पृथ्वीभरी फैलिदै जादैछ ।
उत्तरतिरबाट कोहोलो गर्दै ढुङ्गा र किनाराहरूसँग मितेरी गाँस्दै रेथे बगिरहेछ । खोलाको किनारहरूबाट सुरु भएका गगन छुन खोज्ने पहाडहरू, आकाशको कामुक अङ्गमा कुतकुती लगाइरहेका छन् । जलप्रवाह एकनास र एक रफ्तारले हतार गर्दै ओरालोतर्फ बगिरहेको छ, बगिरहेकै हुनेछ ।
बेलाबेला सन्नाटालाई चिर्दै, को ठूलो भन्ने होड गर्दै स्यालहरूको हु..इ..या गुन्जन्छ । बेलाबेला गुन्जिने कुकुर कुकुर्नीको पिरतीका अश्लिल आवाजहरूले रातको निरवतालाइ चिर्छ । पहाड, भीर, पहरा र रुखहरूमा बतासहरू ठक्कर खाँदा निक्लेका अनौठो आवाजहरूले रात्रीलाई डरलाग्दो, भयानक तुल्याइरहेछ ।
भवनको चेपचेपमा रहेका गौंथलीका गुडहरू सुनसान छन् । भवनकोे उत्तरतर्फको कोठामा उज्यालो छ । एउटी युवती खुव तन्मयताका साथ लेखिरहेकी छ । एक छेउको खाटमा एउटा वलिष्ठ युवक सुतिरहेको छ । कोठा र घरको मौनता, यस्तो प्रतित भइरहेको छ मानौ त्यो बिस्फोटिने छ, पड्किने छ ।
पर निकैपर पावर हाउसमा सम्पूर्ण उज्यालो फैलिएको छ । कुम्भकर्णझै मस्त निदाइरहेको पहाडले स्विचवोर्ड रहेको स्थानलाई कोल्टे पारेर छेकेको छ ।
विजुली बत्तीले जगमगाइ रहेको आँगन सुनसान छ । सुनाखरी, सुनगाभा, बेली, चमेलीका फूलहरू निर्वस्त्र पवनसँग मस्किनमै व्यस्त छन् ।
सृष्टिका थोपाहरू सँगाल्दै मानवजगत्को स्थायित्व बोकेर बगिरहेछ, रेथे । पहाड, पखेरा, किनारा, ढुङ्गा र बालुवाहरूलाइ म्वाइ खाँदै, श्पर्श गर्दै, लसपसिदै, भत्काउदै, बिगार्दै निरन्तर एउटै क्रममा ओरालो बगिरहेछ, नुनिला सागरका कामुक अङ्गहरूको चित्र आफ्नो नयनमा उतार्दै ।
त्यो युवती आफ्नै सुरमा लेख्दैछ । नजिकैको खाटमा युवक घुर्दै निदाइरहेको छ । युवक घुरेको आवाजले रातलाई चिरिरहेछ । रात्रीका अनौठा आवाजहरू प्रकृतिको कोमल अङ्गहरूमा कुतकुति लगाउँछन्, घर्षण पैदा गर्छन ।
अचानक युवतीको शिर उठ्यो, निधार खुम्च्यो । मस्तिष्क सोचमा व्यस्त छ, हातहरू लेख्न तल्लिन छन अनि परेलीहरू स्वप्निल छन् ।
पावर हाउसतिरबाट एक बजेको सङ्केत दिदै घण्टी बज्यो ।

मूलबाटोबाट आएको गाडी भवन अगाडि आएर रोकियो । लेख्नमा मग्न रहेकी दिवाको अनुहारभरि पीडाका रेखाहरू देखा परे ।
भ¥याङबाट मान्छे उक्लेकोे आवाज आयो । बत्ती बलिरहेको कोठाको ठिक सामुन्ने आएर जुत्ताको आवाज रोकियोे । लेख्नमा तल्लिन दिवा जुरुक्क उठी । लेखिरहेको पानालाई एक हातले सम्भाली, उसको अर्को हातमा कलम छ ।
ढोकामा मसिनो आवाजले तीनचोटि ‘ढक ढक ढक’ भयो । अगाडि बढेर दिवाले ढोका खोली । ढोकामा मोटो तर डरलाग्दो अनुहार भएको मान्छे देखा प¥योे । दिवा हडवडाएर पछाडि हटी ।
आगन्तुकले कठोर नजरले दिवालाई हे¥योे । उसका नजरहरू पलङ्गमा उत्तानो परेर सुतेको युवकमाथि स्थिर भए । ऊ अधिकारका साथ अगाडि बढ्यो । आगन्तुक पलङ्गको सिरानिमा आएर उभियो । उसका अनुहारभरि आश्चर्यका रेखाहरू यताउता कुदिरहेका छन् । दिवा हडबडाएर पछाडि हटेकी ठाउँबाटै आगन्तुकको पृष्ठभाग हेरिरहेकी छ । भयका अनगिन्ति छापहरू अनुहारमा छापिएका छन् ।
आगन्तुकले गोजीबाट सुइ निकाल्यो । लोग्नेमान्छेको पाखुरामा सुइ घोच्यो । हातहरूलाई गोजीभित्र हालेर óयालबाट बाहिर एकनासले हेर्न थाल्यो ।
दिवा ढुङ्गाको निर्जीव मूर्ति समान उभिरही ।
युवकको शरीरमा क्रिया भयो, आँखा खुल्यो । आगन्तुकको अनुहारभरि सन्तुष्टिका भावहरू देखा परे । दिवा झल्यास्स भई । उसले स्थान परिवर्तन गरिन, मिश्रित लहर उसको अनुहारभरि छायो ।
ओछ्यानको युवक जो वास्तवमा इशु हो, जुरुक्क उठ्यो । निधार र नयनमा नजिकै रहेको पानी छ्याप्दै आगन्तुकलाइ हे¥यो । टाउको निहु¥याएर सानो स्वरमा आगन्तुक बोल्यो ।
“म भेट्न चाहन्छु ।”
दिवा पूर्ववत अघिकै ठाउँमा उभिएकी छ । निधारमा भयका पसिना हैन खुशीका सागरहरू उर्लिरहे झै भान हुन्छ । एउटा हात पछाडि छ अर्को अगाडि । कलम औंलाको बन्धनमा छ ।
इशुको नजर दिवाबाट हटेर उत्तरतर्फको ढोकामा ठोकियो ।
आज्ञाको आशा गरिरहेको आगन्तुक उठ्यो । बिस्तारै पाइला चाल्दै उत्तरको ढोका सामु उभियो । ढोका धकेल्यो । घ¥याक्कको आवाज पछि पछि ऊ अर्को कोठाभित्र प्रवेश ग¥यो । ढोका बन्द भयो ।
इशु दिवातिर फक्र्योे । इशुले आफ्ना नयनहरू उसको आँखामा स्थिर गरायो । इशुका ओठहरू फडफडाए । लययुक्त एउटा मसिनो आवाज कोठामा गुन्जियोे ।
“देवी”
दिवा मानौ आनन्दले बिभोर भई । दिवाका अनुहारभरि आश्चर्य र खुशीका आँधिबेहरी तँछाडमछाड गरिरहेका छन् ।
“इशु तिमी……” दिवा बोली तर वाक्यलाइ बीचैमा छोडेर गल्ती गरेझै इशुबाट नजर हटाई ।
“बोल न देवी ” इशु बिस्तारै óयालतर्फ बढ्यो । “देवी, तिम्रो हातमा के छ ?”
“तिम्रो यो अलौकिक सम्बोधन, आखिर म तिमीलाई के नौलो सम्बोधन गरु इशु ।” सपेराको लयबद्ध सङ्गीतमा रिझेकी नागिनझै दिवा बिस्तारी बिस्तारी अगाडि बढी ।
“मलाई ईश्वर भन देवी ।”
“मेरो देव …….. ।” नसोचेको, नसम्झेको शब्द दिवाको मनवाट आयो र ओठहरुबाट फुत्क्यो । उसले ‘मेरो ईश्वर’ भनेर पुकार्न चाहेकी थिई ।
इशुको अनुहारभरि अलमलका रेखाहरू कुदिरहेका छन् मानौ सयांै वर्ष पछाडि धकेलिदै जाँदैछ । हो न हो सयौवर्ष अगाडिको त्यो दृश्य वा मूर्ति आज आफ्नो नयनमा उतार्ने कोसिस गरिरहेछ ।
दिवाको मुटु खुब जोडजोडले धकधकाइरहेको छ । स्तनको उतारचढाव बढ्दै गइरहेको छ । इशुको कानमा लावाझैको तातो श्वास ठक्कर खाइरहेको छ ।
“तिमीले मेरो प्रश्नको अपहेलना ग¥यौ देवी ।” इशुको बोलाइमा नरमपना छ ।
“मेरो हातमा मेरो दैनिकीको अधुरो पाना छ इशु ।” दिवाले हडबडाएको स्वरमा तुरुन्त जवाफ दिई ।
इशुको निधारमा सन्तुष्टिका भावहरू देखा परे । नयनहरू पावर हाउसको उज्यालोमा केन्द्रित भए । दिवाले स्थान परिवर्तन गरी । दिवाका नयनहरू इशुको खुट्टामा एक टक हेरिरहेका छन् । एकोहोरो दृष्टिले भुइँ ताक्दै इशु बोल्यो ।
“आज दिवा र इशु एक अर्काका साम्ने छैनन् । हामी देव र देवी हौं । म तिमीलाई मेरो प्रेम ठान्छु, मेरो पिरती मान्छु । हाँस्दा खबिल्टा पर्ने तिम्रो गालामा पिरतीको झलक पाइन्छ । तिम्रा ओठका कम्पनहरूमा पिरतीकोे आभास हुन्छ, देवी मलाई देव भन मेरो समिप सर्दै आउ, मेरो प्रेमको अस्तित्व खोज्दै आज म तिमीभित्र बिलीन हुन चाहन्छु । कृपया मेरो नजिक सर्दै आउ ।”
“कदाचित् यही कारण तिमी मेरो निकट आएका थियौ । आखिरी तिम्रो जीन्दगीमा कति ओटा प्रेमहरू आए र गए अथवा हो न हो तिमी तीन वर्ष अघिकी त्रिपुराको कुरा गरिरहेका छौ । त्रिपुरालाई तिमी पाउँन सक्दैनौ । त्रिपुरा देवी थिई । ईश्वर, भगवान्का निम्ति थिई । तिमी त्रिपुराको सम्झनामा मलाई देवी ठानिरहेका छौ तरैपनि यो छल, यो कपट, यो धोकालाई म स्विकार्न तयार छु ।”
दिवाका नयनभरि स्वप्निल सपनाहरू देखा परे । उसले टाउको उठाई । सात किल्ला जितेर, गर्व गर्र्दै अगाडि बढेको सिपाही झै दिवा बिस्तारै अगाडि बढी । होशहीन पाइलाहरू सुस्तरी सुस्तरी इशुतर्फ बढे । इशुको ठिक सामुन्ने पुगेपछि उभिई ।
इशुले शिर उठायोे अनि दिवाको अनुहारतिर हे¥यो । उसको ओठमा वर्षौ वर्षदेखिकोे तिर्खा उर्लेर आयो । इशुको आँखा, निधार तथा ओठहरूमा खुसीका किरणहरू छाए । उसको ओठहरू बिस्तारी बिस्तारी दिवाको नाइटोतिर बढिरहेका छन्, वर्षौ वर्षदेखि तिर्खाएझै ।
एउटा उत्ताउलो उत्तेजित कम्पन दिवाको पाइतालादेखि शिरसम्म दौडियो । दिवाका ओठहरू कसैको माया, प्रेमको घर्षण नभेटेर फडफडाइरहेका छन् ।
इशुको मुखबाट निस्केको उष्ण प्रवाहझैको श्वासप्रश्वास नाइटोे वरिपरिको कमलो भागमा प¥यो । तिर्खाएका ओठहरू दिवाको नाइटो नजिक नजिकिदै छन् । ओठको श्पर्श पाउन दिवाको नाइटो उचालिदै जाँदैछ ।
त्यसैबखत पल्लो कोठाबाट आगन्तुक खोकेको आवाज आयो ।
इशु सगरमाथाको चुचुरो पुग्न आट्दा चिप्लन पुगेको असफल पर्वतारोहिझै झल्यास्स झस्क्यो । नयनका स्वप्निल संसार र ओठको तिर्खा अधुरै रहे, अपूर्णै भए । अतृप्त, आफैसँग ठगिएर ठिङ्ग उभियो ।
दिवालाई उत्ताउलो उत्तेजनाको झट्का लाग्यो । नयनहरू स्पष्ट लोलाइरहेका छन् । ओठहरू खुलेआम असन्तुलित छन् । लगत्तै इशुका दुइवटा हातहरूले दिवाका पाखुरा समाए ।
“आफूलाई सम्भाल देवी, कामवासना प्रेम हैन । ”
दिवाका ज्ञानेन्द्रियहरूलाई वर्तमानको आभास भयो । सन्तुलित भई । इशुले आफ्नो हात देवीको पाखुरीबाट हटाइसकेको छ ।
दिवा लडखडाउदै ओछ्यानमा डङ्गरङ्ग पछारिई । नयनहरू कोठाको दलिनमा स्थिर भए । एकछिनसम्म नयनहरू दिवालाइ पछयाइरहे । एकछिनपछि इशु फनक्क फक्र्याे र बोल्यो ।
“देवी, प्रेमकी देवी कृपया केही बोल ।” बोलाइको लयमा स्पष्ट आतुरताका भावहरू छन् ।
“देव मेरो अन्तिम इच्छा पुरा गर्दिन्छौ ।” दिवाका ओठहरू फडफडाए ।
“भन देवी म तिम्रो लागि जे पनि गर्न सक्छु ।” इशुको जोशिलो ठूलो स्वर कोठाभरि गुन्जियो ।
“म मेरो हालको अधुरो पाना टुङ्गयाउन चाहन्छु । म मेरो लिखतका पाताभरि भर्खरै एकछिन अगाडि बितेका क्षणहरूको विस्तृत वर्णन लेख्न चाहन्छु ।”
दिवाका निधार, ओठ, आँखा अनि परेलीहरूमा अनौठो आश देखा परेको छ ।
“तिमी आफ्नु हालको अधुरो पानालाई लेख देवी तर लेखिसकेपछि ती पानाहरू मलाई नै दिनु कुनै धोका वा छल नगर्नु, म त्यतिखेरसम्म आगन्तुकसँग भेट्छु ।”
इशु फक्र्याे । दिवाको अनुहारमा आशाका किरण झनै निखारिदै आए । कमजोर स्वरमा बोली ।
“तिम्रो जीवनमा आएकी त्रिपुराको बिनापरिचय मेरो लिखत अधुरो हुन जान्छ इश्वर । त्रिपुरा कुमारी थिइ र पनि तिमीले उसलाई किन छोड्यौं ।”
“मलाइ विश्वास छ देवी त्रिपुराको परिचय नभए पनि तिम्रो दैनिकी लेखन अधुरो रहँदैन किनकी त्रिपुरा देवी हैन । त्यतिखेर म देवीको खोजीमा थिए ।”
लोग्नेमान्छेको अनुहारमा अनगिन्ति भावहरू कुदिरहेका छन् सायद विश्वास र अविश्वास ।
“आगन्तुकको विषयमा म केही सोध्न सक्छु इशु । ”
दिवाका निधारभरि जिज्ञासु भावहरू प्रकट भए ।
“तिमी यहाँ आइपुगेको भोलिपल्टै ऊ रागको जासुसी गर्न गएको थियो ।”
इशु उत्तरपट्टिको खुल्ला ढोकाबाट अर्को कोठाभित्र छि¥यो ।
दिवाले स्थान परिवर्तन गरी । अब ऊ घोप्टो परेर पाखुरीमा सिरानी च्यापेर लेखिरहेकी छ ।
पर कताबाट न्याउली कराएको आवाज आयोे ।

उत्तरपट्टिको ढोकामा इशु देखा प¥यो । अनुहारभरि बिस्मात र विषादका भावहरू स्पष्टै देखिन्छन् । ढोकामा अडेस लागेर उभियो । कम्मरमा हात राखेर कठोर आँखाहरूद्वारा डरलाग्दो अनुहार र भावले दिवालाई हे¥यो । गाला र ओठहरू बिस्तारै बिस्तारै क्रोधका कारण रक्तिम हुदै जाँदैछन् ।
दिवा कसैको उपस्थितिको ख्यालै नगरी आफ्नै धुनमा लेखिरही ।
इशुले मसिनो स्वरमा खका¥यो ।
दिवाले आफ्ना पाना र पङ्तिबाट आफ्नो मस्तिष्कलाई बिस्तारै हटाई । शिर उचालेर इश्वरलाई हेरेको हे¥यै भई । तुरुन्तै हड्बडाउदै जुरुक्क उठी । इशुको अनुहारभरि निर्ममता चम्किरहेको छ । इशुको आँखाबाट आफ्ना नयनहरू हटाएर हड्बडाउदै बोली ।
“पाना र पङ्तिहरू अधुरै छन इशु ।”
“अब तिमीसँग समय छैन देवी ।” इशुको अनुहार भावशून्य भयो ।
“कदाचित् हामी कहीँ जादैछौ ।” दिवा सन्तुष्टभावमा बोली ।
इशुको अनुहारमा उपहाशहरू देखा परे । उभिएको स्थान परिवर्तन गर्दै अगाडि बढ्यो । टेबिलमा हात राखेर क्षितिजको अन्धारलाई हे¥यो र बोल्योे ।
“केवल तिमी जाँदैछ्यौ, त्यो सुनगाभा फुल्ने गाउँ जुन ऐले म मेरा मस्तिष्कले स्पष्ट देखिरहेको छु । मेरो मस्तिष्कले त्यो गाउँमा तिमी पनि भएको आभास पाइरहेको छ सायद यसैले होला तिमीलाई त्यही गाउँमा पठाउदैछु ।”
दिवा खाट नजिक उभिएकी छ । अनुहारमा भय र आश्चर्यका लहर आएर, गुज्रेको दृष्य अनुमान गर्न सकिन्छ । दिवा कठिन स्वरमा बोली ।
“तिमी आश्चर्यलाग्दा, नबुझिने कुरा गर्छोै । मेरो कानमा मेरो समिप आउ देवी भन्ने तिम्रो आवाज गुन्जिरहेको छ । म तिमी समिप सर्दैछु । कृपया पछाडि फर्केर हेर ।”
अनुरोधको भावमा बोल्दै बिस्तारी बिस्तारी, कदमहरू गन्दै अगाडि बढी । चार कदम अगाडि बढेपछि अचानकै इशुले पछाडि फर्केर हे¥यो । उसका नयनहरूमा घृणाका ज्वाला दन्किरहेका छन् ।
दिवाका पाइलाहरू रोकिए । जहाँ पुगेकी थिई त्यही नै रोकिई, उभिएको उभियै भई । अनुहारमा थुप्रै भावहरू आए अनि गए । लिखतका पानाहरू पछाडि बाँधिएका हातहरूले च्यापेका छन् ।
“मेरो समिप नआउ, देवी” इशुको बोली लडखडायो ।
सायद इशुको लडखडाइरहेको बोली सुनेर दिवामा आत्मविश्वास जाग्यो, ऊ अगाडि बढी ।
इशु फनक्क फक्र्यो । लामो लामो पाइला चाल्दै टेबिल पछाडि पुग्यो । दिवातिर नहेरी शिर निहु¥याएको निहु¥याइ टेबिलको घर्रा खोल्यो ।
इशुले क्रुद्ध गिद्धे नजरले दिवालाई हे¥यो । सिनो नभेटेर तड्पिरहेको गिद्धका क्रोधहरू अनुहारमा छचल्किरहेका छन् । दाहिने हातमा एउटा सानो पेस्तोल चम्क्यो । अजिङ्गरको फुङ्कारझै लाग्ने स्वरमा बोल्यो ।
“मेरो समिप नआउ देवी ।”
दिवा आफ्नो आठांै पाइलामा ठिङ्ग उभिई । एकैनजरमा स्पष्ट भन्न सकिन्छ कि मस्तिष्कमा थुप्रै सोचहरू पहिरो झै खस्किरहेछन् । उभिएको उभियै रहन सकिन । पाइला गन्दै अगाडि बढी । उसको अनुहार भावहीन छैन ।
इशुका क्रुद्ध गिद्धे नजरहरू दिवाका नयनमा केन्द्रित भए । एउटा हातले झ्यालको पाटो समातेको छ, अर्को हात बिस्तारी बिस्तारी उचालिदै आयो । सानो हतियारलाइ दिवातिर सोज्यायो । हतियारबाट गोली छुट्दा देव्रे पट्टिको स्तनमा लाग्ने सम्भावना स्पष्ट देख्न सकिन्छ ।
दिवाले अर्को पाइला टेकी । दिवा र इशुबीचको दुरि पन्ध्र पाइलाको छ । अचानक इशुका औंलाहरूले हतियारलाई दरो समाते । इश्वरको अनुहार भावहीन छ । क्रोधले रातो हुदै गएका इशुका आँखाहरू दिवाका बक्षस्थल ताकिरहेका छन् ।
अचानकै दिवाका नयनहरू स्वप्निल हुदै गए ।
इशुले ट्रेगर दबायो । उसको हत्केलो काम्योे । दिवा लडखडाउदै पछाडि हटी । लड्खडाउदै, सम्भालिन खोज्दै हिड्न सुरु गरेकै स्थानमा बिस्तारै बसी । उसको अनुहारमा आश्चर्यका भावहरू चम्किरहेका छन् । उसको हातबाट लिखतको पाना बीचैमा खसिसकेको छ । मसिनो स्वरमा बोली ।
“तिम्रो निशाना चुक्यो इशु । मेरो देब्रे पाखुरीको मुलायम मासुमा चिप्लेर टाढियो तिम्रो निशाना ।”
इशुको ओँठमा मोहक मुस्कान देखाप¥यो ।
“म दुःखी छुइन देवी, यो तिमीसँग युद्धको घोषणा मात्र हो अब म तिमीलाइ आक्रमण गर्दैछु, के तिमी तयार छ्यौ ।”
“सदैव तयार छु इशु तिम्रो हातबाट मर्न पाउनु म मेरो सौभाग्य ठान्दछु ।”
“तब हिम्मत बाँध देवी, मर्नका निम्ति तयार बस, मृत्यु सरल, सहज शारीरिक अवस्था हो । अब उठ पनि देवी ।”
दिवा उठी । इशु उत्तरको ढोकातर्फ हिड्दै बोल्यो ।
“कृपया मेरो पछि पछि आउ ।” दिवा इश्वरको पछि लागी ।
त्यसैबखत पावर हाउसबाट दुई घन्टी हानेको कर्कश आवाज आयोे ।

गिलासमा गिलास ठोकिए । रक्सीको सुर्को लिदै इशु टेबिलतिर बढ्यो । सोफामा अस्तव्यस्त पसारिएकी दिवाले एकै सर्कोमा स्वात्तै गिलासको बिदेशी रक्सी पिई र बोली ।
“अब मेरो मस्तिष्क ठेगानमा आइपुग्नेछ इशु सायद तिमी केही कुरा गर्न चाहन्छौ ।”
“तिमीसँग केही मिनेट अगाडि मैले थुप्रै कुरा गर्नु थियो तर अब मसँग समय छैन, हेर टेबिलमा भएका पानाहरू । यो तिम्रो दैनिक हाल लेखिएको पातो हो ।”
“तिमीले कहाँबाट पायौ इशु ।”
दिवा हडवडाएर जुरुक्क उठी तर सोफामै थच्चिई ।
“आगन्तुकले तिम्रो कलेजको साथीसँगबाट खोसेर ल्याएको हो तर तिमीले हिजो बेलुका मैले सोध्दा आफ्नु डायरी कसरी अरुलाइ दिन्छु र ? भनेकी थियो । तिमीले मसँग झुट बोल्यौ ।”
इशुको स्वर कर्कश छ । कर्कश स्वरमा हिंसाका भावहरू स्पष्ट छन् । एक हातले गिलास समातेको छ अर्को हातमा पेस्तोल छ । टेबिलमा अडेस लागेर उभिएको छ ।
“मेरो साथीले यो डायरी पढिसकेको होला ।”
“तिमीले डायरी पढ्नु अनि इशुलाइ दवाव दिनु भनेकी रैछ्यौ । वास्तवमा यस्तो हुन पाएन । तिम्रो साथीले तिम्रो डायरी पढी नसकी मेरो मान्छेले चिलझै झप्टेर डायरी खोस्यो ।”
“यो डायरीले हामी बीच वैमनस्य उत्पन्न गर्दैछ इश्वर” दिवा मधुर स्वरमा बोली ।
“……………..” इशुले स्वीकृति सूचक टाउको हल्लायो ।
“ यस्लाई धुजा धुजा पार, यस्को अस्तित्व मेटाइदेउँ ।”
इशुको मुखबाट हाँसो फुत्कियो, हाँस्दै गयो । दिवा उसलार्ई छक्क परेर हेरिरही ।
“च्यात्नु नै थियो भने किन लेख््यौ ।” उपहासिलो, हियाएको स्वरमा बोल्यो ।
“………….” दिवा निरुत्तर भई ।
“मैले तिमीबाट साहारा चाहेको थिए । तिमी मलाई दवाव दिन चाहन्थ्यौ । हाम्रा चाहनाहरू भिन्ना भिन्नै छन् । हामी सँगसँगै लक्षमा पुग्न चाहन्छौ । विडम्बना दुइओटा भिन्ना भिन्नेै चाहना बोकेर हामी एउटै लक्षमा एकैसाथ कसरी पुग्न सक्छौ ? ” इशुको अनुहारमा आक्रमणको हिंसा दन्किरहेको छ । तत्काल उसले आफ्नु हात उठायो ।
दिवाले अत्यन्तै तिर्खालु भावले गिलास भरी ।
दिवा सोफामा अस्तव्यस्त छे । हातमा भरिएको गिलास छ । बिस्तारी बिस्तारी स्वादैले पिउदै छे । चखेवासँगकोे विछोडमा चखेवीको अनुहारमा देखा पर्ने पीडाहरू आँखामा छचल्किए । गिलास हातबाट भुईमा खस्यो । गिलास फुटेको आवाज आयो ।
इशुले घटाघटी रक्सी पियो । पिउँदा पिउँदै अनुहारमा आवेस र क्रोधको आगो बल्यो । लडखडायो, ढुनमुनिदै उत्तरतर्फको कुनामा थच्चियो । परेली उठाएर दिवाको आँखैमा चोर दृष्टिले चिहायो । दिवा पूर्ववत सोफामा अस्तव्यस्त रही । इशुको ओठमा मधुर मुस्कान देखा प¥यो । बन्द ओठहरू खोलिए ।
“के फुट्यो दिवा ?”
“मेरो गिलास ।”
“किन ?”
“तिमी बेहिसाव नसा पिउन थालेछौ, किन ?” दिवाको कठिन स्वर कोठाका भित्ताभित्ताबाट प्रतिध्वनि भए ।
“म किन पिइन्छु, म पिउँछु वा रक्सिले मलाई पिउँछ ।” उसको रक्तिम ओठ, नयन र गालाहरूमा वितृष्णाका भावहरू देखा परे । लड्खडाउदै उठ्ने कोसिस ग¥यो तर असफल भयोे । ऊ हातको हावभावसहित बोल्योे ।
“म सायद आफ्नो लागि पिउँछु । जिन्दगीका अनौठा घटनाक्रमहरूलाई बिर्सने लुलुप्सामा पिउछु । धेरै वर्ष बाँच्ने आश नै किन ? प्रत्येक पाइला पाइलामा निराशा नै निराशा व्यप्त छ । यो बाफिरहेको वातावरणमा निसासिने किन ? मसँग बाँच्ने रहर छैन दावी मभित्र हाँस्ने सामथ्र्य छैन, सायद यसैकारण पिउँछु म ।”
“यो उत्तर अस्पष्ट भयो इशु कृपया स्पष्ट पार ।”
“अहिले यो समय तिमीले मेरो विश्वासमाथि गरेकी घातका आला घाउहरू बिर्सने कोसिस गरिरहेको छु दिवा ।”
दिवा आफू बसेको ठाउँबाट जुरुक्क उठी । अनुहारमा आशाका मसिना किरणहरू ठक्कर खाइरहेकाझै भान हुन्छ । बिस्तारै अगि बढ्दै नशालु स्वरमा बोली ।
“तिम्रा विश्वासमाथि मैले गरेकी घातका आला घाउहरूलाई अनुरागका अनुभूतिहरूले पखाल्न चाहन्छु इशु ”
“मेरो समिप नआउ दिवा” इशु कठिन स्वरमा बोल्योे ।
दिवा पङ्तिबद्ध पाइलाहरू सार्दै अगाडि बढिरही ।
“नसाले धुमलिदै गएको मस्तिष्क ….।” ऊ कमजोर स्वरमा बोली “इन्कार नगर इशु म तिमीलाइ सहारा दिन चाहन्छु । ”
“सहारा त्यो पनि तिम्रो । विषालु नागिनसँग सँपेराको लसपस उफ् ।”
बिषादपूर्ण हाँसो हाँस्यो । लगत्तै उसको अनुहारमा क्रोधहरू देखा परे । इश्वर आदेशात्मक स्वरमा बोल्यो ।
“मेरो समिप सर्दै नआउ दिवा ।”
केहि नसुनेझै बढिरही । रक्सीको नशामा झुम्दै बिस्तारै बिस्तारै मृत्युको नजिक सर्देै जाँदैछे दिवा ।
इशुका हातमा पेस्तोल चम्कियो । टाउकोलाई झट्का दियो । निशाना फेरि पनि दिवाको बक्षस्थलमा केन्द्रित भयो । इशुको अनुहारमा घृणाका ज्वालाहरू दन्किरहेका छन् । उसले हतियार दरोसँग पक्ड्यो ।
अचानक बीनको आवाज आएपछि नागिनको अनुहारमा देखापर्ने स्वप्निल भाव दिवाको नयनमा देखा परे । इशुको औलाले ट्रेगर दबायो ।
उसको दाहिने हात यन्त्रवत् देब्रे हातको घाउ समात्न पुग्यो । गोली देब्रे हातको पाखुरामा लाग्यो । दिवा लड्खडाउदै अगिकै ठाउँमा अस्तव्यस्त ढली ।
इशुको सन्तुलन डगमगायो । अनुहारमा असन्तोषका भावहरू आए, गए । हातहरू काँपिरहेका छन् ।
“दोस्रोचोटि पनि तिम्रो निशाना चुक्यो इश्वर, म जिन्दगी र मृत्युको दोधारमा अल्झे । मेरो अन्तिम अभिलाषा नै ठान, कृपया भन, तिम्रो निशााना किन चुक्यो ? सायद म तिम्रो निशाना नै हुँइन यसैले तिमी बारम्बार चुकिरहेका छौ ।”
उनीहरू बार्दलीको बार समातेर केही कुप्रेर उभिएका छन् । इशु अनि दावी पारिपारिबाट उर्लेर आएका बादलतिर स्थिर दृष्टिले हेरिरहेका छन् । उनीहरू बीचको दुरी पाँच पाइलाको छ । उनीहरू एक अर्काप्रति आश्वस्त देखिन्छन् । थुप्रै सन्तुलित छन् । मस्तिष्क र आँखामा नसाको असर बढ्दैै जाँदैछ । दुबैजना घटनाक्रमको निस्कर्षमा पुग्न चाहेझै, निर्णय निकाल्न दत्तचित्त भएझै टाढा टाढा हेर्दै उभिएका छन् । दिवाको देब्रे पाखुरामा कपडाको पट्टी बाँधिएता पनि घाउबाट रगत बगिरहेको छ ।

समय रातको तीन बज्न केही मिनेट बाँकी हुदो हो । उत्तरतिरबाट चिसो सिरेटो चलिरहेको छ ।
“तिमी मेरो निशानामा छ्यौ । हुनसक्छ तिम्रा नयनमा देखा पर्ने स्वप्निलभावहरूले म मा कमजोरी पैदा गर्छन् । तिम्रो जीत कदापी हुने छैन जीत मेरै हो ” इशुको स्वरमा अनौठो कोमलता छ । थुप्रै भावुकता छिपेको छ ।
दावीको भित्री मन नाचिरहेको छ ।
“तिमीले आफ्नो डायरीमा एक एक कुरा सत्य लेखेकी छ्यौ यहाँसम्म कि तिमीले असत्य कुरा पनि सत्य लेखेकी छ्यौ । म पैसा लिएर हत्या गर्छु, हत्यारा हुँ यो सत्य हो । म कसरी यो पेशामा फँसे अरु कुनै दिन सुनाउँला । रहलको हत्या मैले इष्र्याको कारण गरेको हैन । उस्को हत्या यसकारण भयो किनकि ऊ मेरो जासुसी गरिरहेको थियो । तिमी मार्फत मलाई सप्रमाण समात्न चाहन्थ्यो ।”
“अरु भन इशु ।”
“म कुनै पनि निश्कर्षमा पुग्न सकिरहेको छुँइन, डरले भागेर यहाँ लुकेको पनि होइन । पुलिससँग कुनै प्रमाण छैन । मजिस्टे«टको ज्यादै महत्वपूर्ण काम गरिदिएकाले यो घर सित्तैमा दिएका हुन् । हामी यो भवनलाई आफ्नो घर बनाउन सक्छौ । तिमीलाई कस्तो लाग्यो यो घर ।”
“तिमी मलाइ दोषारोपण गर्दै थियौ इशु ।”
“तिमीले आफ्नु डायरीमा रहलले भनेका कुराहरू किन लेख्यौ ? तिमीले मलाई पैसाको निम्ति मान्छे मार्ने हत्याराको रूपमा पेश ग¥यौ ? तिमीसँग कुनै ठोस सबुत छैन । रहलले भन्यो तिमीले विश्वास ग¥यौ । मलाई कुनै पनि हत्याप्रति अपसोच छैन । सबै हत्याहरूमा मर्ने मान्छेहरू दोषी थिए । मेरो अतीतलाई राम्ररी केलाएर हेर्ने हो भने तिमीले मलाई क्षमा गर्न सक्छ्यौ तर तिमीसँग क्षमा माग्नुपर्ने कुनै आवश्यकता छैन ।”
“इशु के तिमीले रहल सम्बन्धी कुरो अक्षरस सत्य बोलेका हौ । त्यसैगरि तिमी तिम्रो अतीतलाइ मेरो विवेकको तुलामा सन्तुलित प्रमाणित गर्न सक्छौ । मैले मेरा पानाको पङ्तिमा जे लेखे त्यो सत्य हो, तिमीले रहललाई इष्र्यावश मारेका हौ भनेर मैले लेखेकै छैन । मैले तिमी पेशावर हत्यारा भएको कुरा मात्र लेखेकी छु । मैले यस्तै लेखे किनकि रहल यसरी नै तिमीलाई प्रमाणित गर्न चाहन्थ्यो । मैले जे लेखेकी छु अक्षरस सत्य लेखेकी रहेछु ।”
“तिमी कतै मेरो विश्वासमाथि घात गरिरहेकी त छैनौ दिवा ?”
“सायद यो मेरो जीवनको अन्तिम क्षण हो । अन्तिम क्षण सदैव सामथ्र्यहीन हुन्छ ।” कति कति दुःख, निराशा, आत्मग्लानिहरू छन् दिवाको स्वरमा ।
“अब म निश्चय गर्नसक्छु दिवा ।”
“कस्तो निश्चय ।”
इशु र दिवाको वार्तालाप जारी छ तर यो वार्तालाप बीच उनीहरूले अहिलेसम्म एकअर्कालाई हेरेका छैनन् । उनीहरूका नयनहरू पारिपारि स्थिर छन् ।
“तिमी मेरो निशाना हौ दिवा ।”
“ तिमीले भन्न खोजेका कुरालाई बुóन सकिन ।”
“यदि रहलले बताएका कुराहरू तिम्रो डायरीमा अक्षरस सत्य लेखेकी छ्यौ भने अवश्य पनि तिमी मेरो निशाना हौ ।”
“तिमी वास्तविकतालाई झुटो बनाउने प्रयास गरिरहेका छौ तर म तिमीसँग झुटो बोल्न चाहन्न, म तिम्रो निशाना हुइन ।”
“समयले बताउँछ, भैगो हिड, जाउँ खोलाको किनारतर्फ जूनको सुकोमल प्रकासमा नुहाऔं अनि बादलले बोकेर ल्याएका ठण्डा पानी पिआंै, तिमी जीवनको अन्तिम क्षणलाई आनन्दमय बनाउ, म मेरो नयाँ सुरुआतलाई स्वागत गर्छु ।”
“यो तिम्रो कस्तो अनौठो प्रस्ताव तर म सहमत छु ।”
उनीहरू बिस्तारै बिस्तारै सिढी ओर्लन थाले । दिवालाई हिड्न मुस्किल परिरहेछ । उनीहरू बीचको दुरी घटेको छैन ।
“मलाइ सहारा देउ, म लडखडाइरहेकी छु ।”
“मबाट सहयोगको आशा नराख देवी ।” उनीहरू खुड्किलो ओर्लिरहेका छन् । इशु पाँच खुड्किलो अगाडि छ । दिवा सकिनसकि इशुलाई पछ्याइरहेकी छ ।
दिवा लडखडाई । इशु अगाडि नै भए पनि दिवा लडखडाएको आभास पायो । इशुलाई समात्ने प्रयासमा छिटो छिटो असन्तुलित पाइलाहरूद्वारा खुडकिलो ओर्ली ।
इशु लगत्तै पछाडि फक्र्यो । हातको हत्केलाले हतियार च्यापेको छ । दिवाको आँखामा पुरानै स्वप्निलभावको बादल छायो । इश्वरले गोली चलायोे तर टे«गरमा औंलाहरू काँपे । थचक्क बस्दै दिवा बोली ।
“तेस्रो चोटि पनि तिम्रो निशाना चुक्यो इशु ।”
इशु अन्यमनस्क उभियो । आश्चर्यचकित भावमा यताउता हेर्न थाल्यो ।
परको पावर हाउसमा तीन घण्टी बज्योे ।

नागबेली परेकोे बाटो भएर जूनको किरण बिस्तारै उकालो लाग्दैछ । इशु र दिवा नागबेली गोरेटोबाट ओरालो झर्दै गरेका देखा परे ।
दिवाको देब्रे र दाहिनेहातको घाउबाट तपतप रगत बगिरहेको छ । दिवाका पाइलाहरू बहुतै सन्तुलित छन् । उसको अनुहारमा कुनै पनि भाव छैन ।
इशु पनि नलडखडाइ हिडिरहेको छ । उसको अनुहारमा वितृष्णापूर्ण भावहरू छन् । यात्राको मध्य भागमा बोल्यो ।
“तिमी अगाडि हिड, दिवा ।”
“तिमी पछाडिबाट प्रहार गर्दैनौ होला ?”
दिवाले सन्तुष्टिको भावमा टाउको हल्लाई । दिवा इशुको अगाडि अगाडि हिडिरहेकी छ । इशु दिवाभन्दा पाँच कदम मात्र पछाडि छ ।
“अन्त्यमा तिमी मलाइ खेलाइ खेलाइ मारिरहेका छौ ।”
“कृपया यस्तो नसोच म यसकारण पनि विवश छु कि तिमी कुनै पनि बेला प्रहरीका पुग्न सक्छयौ । तिम्रो कलेजको साथीले मलाई परिबन्दमा पार्न सक्छ । तिमीलाई मार्न यसकारण पनि विवश छु कि तिमी मलाई घृणा गछ्र्यौ । त्यो पनि त्यस्तो हत्यारा जो बिनाकारण पैसाको निम्ति ज्यान लिने गर्दछ । तिम्रो घृणा स्वीकारेर बाँच्न चाहन्न । एउटा मात्र गोली खर्च गर्न चाहन्थे तर तिम्रो नयनमा देखा पर्ने स्वप्निलताको कारण एक पछि अर्को गोली चलाउन विवश भइरहेको छु । अझै पनि मान दिवा अब अरु गोली चलाउन सक्ने स्थितिमा म छुइन ।” इशु नरमभावमा बोल्यो ।
“जे भइरहेछ त्यस्लाई हुन देउ । मेरो आँखामा देखिने स्वप्निल दृश्य कृत्रिम उपज हैनन्, ती प्राकृतिक हुन् । तिनीहरूलाई नदेखाउन म पनि सक्दिन । तिमीलाई जे मन पर्छ त्यो तिमी गरिरहेका छौ । मेरा पाना र पङ्तिहरू तिमीप्रति धोका गरिरहेका छन् भने मेरा आँखाका स्वप्निलता तिमीप्रति इमान्दार र विवेकी छन इशु । सायद यसैले पनि म तिम्रो हातबाट मर्न चाहन्छु ।”
घुम्तीमा नपुगी इशु ठिङ्ग उभियो । दिवा घुम्तीको बाटो भएर अलि अगाडि बढेर ठिङ्ग उभिई । इशु केही उँचाइमा उभिएको छ ।
“पछाडि फर्क दिवा म फायर गर्दैछु ।”
दिवा बिस्तारै पछाडि फर्की । हतियारको निशाना स्तनहरू बीच केन्द्रित छ । दिवाको नयनहरूमा स्वप्निलता देखाप¥यो । इशुले टे«गर दबायो तर औंंलाहरू टे«गरमा काँपे । इशुको अनुहारमा क्रोध र अपसोचका भावहरू देखा परे ।
दिवा थचक्क भुईमा बसी । यसपटकको गोली दिवालाई छुदै नछोइ तीन हात परबाट बतासियो ।
पर कहाँ मयुर म्याउ म्याउ गरेर करायो ।
पहाडको श्रृङ्खला टुटेपछि भित्रिएको रेथे खोलो आवाजका साथ हाँस्नमा व्यस्त छ । बालुवाहरू मस्किरहेछन्, पवनसँग । पहाडहरू दारा ङिच्याएर उभिएका राक्षसझै भान हुन्छन् । पवन र पातहरूको लसपसका कारण उत्पन्न भएको भुतहा आवाज गुन्जिरहेछ । उत्तरतिरबाट चलेको बतासले हु¥याएर ल्याएको बादलहरू रुवाझै आकाशमा उडिरहेका छन् । ताराहरू पृथ्वीको दुरी नाप्दै नुनिलो आँसु रोइरहेका छन् सायद यसैले चम्किरहेका छन् ।
बेलाबेला स्यालको हुइया र कुकुर रोएको नमिठो रागले रोमाञ्चित छ वातावरण ।
आमुन्ने सामुन्नेको ढुङ्गामा बसेका छन् इशु र दिवा । दिवाको ओठमा हलुका कम्पन भइरहेको छ । इशु थुप्रै केही बुभ्mन चाहेझै गरेर दिवाको अनुहारमा हेरिरहेको छ ।
“केही बोल न ।” दिवाकोे ओठबाट कठिन स्वर फुत्कियो । “जिन्दगीको अर्थ तथा अनुभूतिका बारे केहि बोल इशु ।
“प्रत्येक मान्छेसँग जीवनको अर्थ र अनुभूति आआफ्नै हुन्छन् दिवा तिमीलाई कस्को बारेमा बताउँ ।” इशु स्पष्ट स्वरमा बोल्यो ।
“भै गो यी कुरा छोड इशु अब हामी हाम्रो द्वन्द्वयुद्धको अन्त्यतिर लागौं ।”
दिवाको ओठमा मनमोहक मुस्कान देखा प¥यो ।
“म तयार छु दिवा ।” इशुकोे अनुहारमा हर्सोल्लासहरू पोखिए ।
“अब म तिमीलाई आक्रमण गर्दैछु इशु ।”
“म तयार छु यस चुनौतीको निम्ति । ऐलेसम्मको युद्ध द्वन्द्वयुद्धमा परिणत भएको छैन । म एक्लै आक्रमण गरिरहेको थिए ।”
इशु उत्साहित घाइते सिंहझै प्रतित भयो ।
“के तिमी द्वन्द्वयुद्धको लागि तयार छौ ।”
“…………… ” इशुले स्वीकृतिसूचक टाउको हल्लायोे ।
“म मर्न चाहन्छु, मृत्युलाई सहर्ष स्वीकार गर्छु । म मेरा पापहरूको प्रायश्चित गरिरहेछु । तिमीलाई मैले अत्यन्तै दुःख दिए हैन, मलाई माफ गरिदिनु । मेरो आत्माले शान्ति पाउनेछ ।” दिवा बोली ।
अटल निर्णय छरपष्ट अनुहार जूनको प्रकाशमा चम्किरहेको छ ।
“यो तिमी बोल्दै छ्यौ दिवा ।” इशु आश्चर्यचकित छ ।
“हो इश्वर म तिमीसँग सम्बोधित भएर भन्दैछु । म मर्न चाहन्छु किनभने तिमीलाई अविश्वास गरें, तिमीलाई धोका दिए । तिम्रो विषयमा जानकारी लिनका निम्ति कलेजको साथीसँग मिलेर दवावको योजना बनाएँ । यत्रो ठूलो गल्ती किन गरे ?” दिवाको स्पष्ट र मजबुत आवाज पवनसँग हेलिदै टाढा टाढा विलीन भयो ।
“म तिमीलाई के सहयोग गर्न सक्छु दिवा” उसको बोलाइको भावमा सम्झौताको आशय छ ।
“सहयोग त्यो पनि तिमीबाट, तिमीले माथि नै भनिसकेका छौ, सहयोग हुने छैन ।” बोल्दै उठी, अनुहार भावहीन छ । नयनहरू इशुको नयनहरूसँग जुधिरहेका छन् । मैदानमा उत्रेको सिपाहिझै इशुलाई ललकारी ।
“इशु फायर गर, कृपया मेरो मुटु ताकेर गोली हान ।”
इशुको भावहीन अनुहारमा क्रोधहरू देखापरे ।
“के तिमी मबाट यही सहयोग चाहन्छ्यौ दिवा ।”
“पक्का ।” उसले टाउको हल्लाई ।
तुरुन्तै इशुको हातमा हतियार देखाप¥यो । औंला मजबुतिका साथ टे«गरमा फसे । बिस्तारी बिस्तारी दिवाका नयनहरू बन्द हुदै गए ।
“हेर, मेरा आँखाहरूमा स्वप्निलता छैन । मेरा आँखाहरू स्वप्निल छैनन्, तिम्रो निशाना अब चुक्नेछैन तर यति हुँदाहँुदै पनि म तिमीलाई प्रेम गर्छु अथाह, अमर, पवित्र मानवप्रेम । चाहे तिमी हत्यारा नै किन न हौ । तिमी बिना बाँच्न सक्दिन । मेरो प्रेम एकतर्पिm किन नहोस, म रण्डी बेश्या किन न हु, मभित्र, मसँग पवित्र प्रेम छ । म तिमीलाई प्रेम गर्छु यही कारण म तिम्रो हातबाट मर्न चाहन्छ,ु मलाई मार इशु, खुलेआम, प्रकृतिलाई साक्षी राखेर, आकाशलाई देखाएर मार ।”
उनी आँखा बन्द गरेकै अवस्थामा बोलिन् ।
इशुले टे«गर दबाएन । गोली चलेन । दिवालाई लाग्यो ऊ मरिसकेकी छ तर किन मृत्यु दुख्दैन, घाउले पोल्दैन, श्वास किन चलिरहेका छन्, सक्रिय झै किन छे ? लड्खडाउदै मृत्युको नशामा झुम्दै अगाडि बढी । पल पल इश्वरको नजिक हुदै जादैछे । आँखा बन्द छन् ।
इशुले दिवातिर हे¥यो । शिर उठाएर ठिक आफ्नो टाउको माथिको आकाशलाई हे¥यो । त्यतिखेरै जून बादलको घुम्टोभित्र लुक्यो ।
दिवाले इशुलाई अङ्गालो मारी । ओठ इशुको घाँटी तल खोबिल्टो परेको भागमा प¥यो । दिवालाई सम्भाल्दै इशु बोल्यो ।
“म पनि तिमीलाई प्रेम गर्छु अथाहा र अमरप्रेम । तिम्रो प्रेम कदापि एकतर्फी हैन । तिमी रण्डी, वेश्या वा धोखेबाज नै किन नहोै म तिमीलाई युगयुगान्तर प्रेम गर्छु, मानवप्रेम । सायद यही कारण मैले सही ठाउँमा निशाना लगाउन सकिन । मानवप्रेम अमर थिया,े अमर छ र अमर हुनेछ । कुनै गुनासो छैन, कुनै माग रहेन । स्वार्थरहित, स्वतन्त्र र अधिकारयुक्त प्रेमले जित्यो मलाई, तिमीलाई पनि । प्रेममा यौन हुनैपर्छ भन्ने जरुरी छैन तर यौनमा प्रेम हुनैपर्छ यो अनिवार्य छ । प्रेमरहित यौनलाई बलात्कार भनिन्छ । ” इशुले हतियार टाढा हुत्यायो ।
दिवाले आफ्नो नाइटोमा इशुको तातो श्वास र ओठको ताप अनुभूत गरी ।
पावर हाउसमा चारबजेको घण्टी बज्योे ।
एकछिन मै सम्पूर्ण आकासलाई बादलले ढाक्यो अनि घनघोर वर्षा सुरु भयो ।

फराकिलो क्षेत्रफल भएको ठूलो कोठामा आधुनिक सामानहरू जहाँ जे राख्नु पर्ने हो त्यो त्यही सजाइएको छ । गलैचा, कार्पेट, टेलिभिजन, रेडियो, साउन्डसिस्टम आदि सबै समानहरू कोठामा मिलाएर राखिएको छ । आराम कुर्सीहरू पनि मिलाएर राखिएका छन् । पश्चिमी भित्तामा एउटा रेखाचित्र टाङ्गिएको छ । केटाले केटीलाई लगभग अङ्कमाल गरेको रेखाचित्र पेन्सिलले बनाइएको हो । त्यो चित्रमा कुनै रङ्ग छैन । चित्रका केटाकेटीको अनुहार इशु र दिवासँग मिल्छ । चित्रमा कुनै पनि यौनजन्य प्रस्तुती छैन । कपडा लगाएका इशु र दिवाको छाती माथिको भाग मात्र त्यो चित्रमा रेखाङ्कित छ ।
यतिखेरै,डुब्न आटेको सूर्यको प्रकास प्रतिबिम्बित भएर त्यो चित्रमा ठोकियो । चित्रमा कोरिएको अनुहार वा चित्र देखिन छोड्यो । एउटा बिशेष कोणबाट हेर्ने हो भने सेतो रङ्गको कागज मात्र देखिन्छ । अचानक इशु र दिवा चित्रबाट निस्किए जस्तो भान भयो ।


ती दुई कोठाको सोफामा देखा परे । यस्तो लाग्छ मानौ चित्रबाट निस्केर उनीहरु त्यहाँ बसे । घामको टहक दिवाको अनुहारमा पनि प¥यो । अनुहार उज्यालो न उज्यालो भयो । तिनीहरू भाव र भावनामा डुबुल्की मारिरहेका झै भान हुन थाल्यो । इशु र दिवा वार्तालापमा संलग्न रहे ।
“एउटा सपनाको कुरा गरौँ, तिमी थियौ । जताततै उडि हिड्ने भावनाहरू थिए । वास्तविक जस्तो लाग्ने एउटा सुन्दर कल्पना थियो । सुर, ताल र लयभित्र मनोरञ्जनको सङ्गम थियो । चिसो सिरेटोले मुटु छेड्थ्यो । पारिलो घाम कहिँ थिएन । जीवन थियो मृत्यु कहिँ पनि देखिएन । माया, सद्भाव र सभ्यता थियो । सबै थियो यदि थिएन भने त्यो विपना थिएन ।”
“म पनि एउटा विपनाको कुरा गर्छु । त्यहा तिमी छौं । एउटा रात्रीभोज छ । सबै सजिएको छ । त्यहाँ साटिन सुरु भयो । माया, सद्भाव र सभ्यता साटियो । मुस्कान, हाँसो, आशा र निराशा साटिए । कसम, बाचा, मिलन र बिछोड सबै साटिए । दुनियाँ नै हो, जमानाको खेल, त्यो रात्रीभोजमा तिमी म र हामी खुब नाच्यौं । डिस्को, ब्रेक र सालसा नथाकुन्जेल नाच्यौं, थाकेर सुस्ताउनु नपरुन्जेल नाच्यौं यो एउटा विपना हो । जो कहिल्यै सपना भएन ।” आपसी प्रेमको प्रभाव होला दिवा भावनामा हराउदै बोली । ।
“अब म एउटा आशाको कुरा गर्छु । मेरो अघि पछि सधै कोहिँ हिडिरहन्छ । मलाई तर्साएर, फकाएर मसँग कोहि रहिरहन्छ । मलाई कहिँ पुग्नु छ भने ऊ मलाई उछिनेर पुग्छ । म तिमीलाई माया गर्छु भन्छ, सायद ऊ निराशा हुनुपर्छ दिवा तिमी कहाँँ कहाँँ प्यास लाग्दा बादल पिउने गाउँमा ।” दिवासँग बिछोडको कल्पना गर्दै इशु बोल्यो ।
“हाम्रो भेट भयो, मेरो अभिमान झुक्यो । इष्र्या ओइलायो, जीवनका सफलता, असफलताहरू नोैरङ्गी इन्द्रेणी बने, हाम्रो भेटको कुनै अर्थ थियो, थिएन ? तिमीलाई थाहा छ कि मलाई त थाहा छैन तर त्यो भेट बेअर्थको भने हैन ।” दिवाले पनि वार्तालापको प्रसङ्गलाई इशुसँगै जोडी ।
“त्यो भेट अन्तिम भएन ? कुनै बजार हैन हाम्रो भेट, कुनै संस्कार पनि थिएन हाम्रो भेट, मैलै मूल्य सोधिन, तिमीले मान्यता बताइनौ, तिम्रो जीवनको सफलता तिमीसँग रहुन्, मेरो जीवनको असफलता मसँगै रहुन् तर हाम्रो भेट फेरि फेरि दोहोरियोस् । मेरो अभिमान बारम्बार झुकिरहोस्, ईष्र्या बारम्बर ओइलाओस् ।” इशु प्रेमपूर्वक बोल्यो । “तिमीसँग मेरो भेट भयो, यस्को अर्थ यो कदापि हैन कि तिमी मेरो सम्झनामा आउदिनौ, तिमी मेरो कल्पनामा रहदिनौ । तिम्रो सम्झनाले दुखाउछ, तिम्रो कल्पनाले झस्काउछ । तिमी प्रेमकी देवी सारा जगत्की यथार्थ, शान्ति तिम्रो सामथ्र्य, सत्य र विवेकको उद्गमस्थल तिमी । मेरो जीवनको तरङ्गहरूबाट मेटिएनन् आशाहरू, गहिरिए निराशाहरू, घृणाले मभित्र स्थान ओगट्न कहाँ सक्यो र ? प्रेमकी देवी तिमीसँगको भेट पछि ।” इशुले आफूलाई स्पष्ट पार्न चाह्यो दिवा सामु ।
“हाम्रो भेट मेरा महŒवाकाङ्क्षाका परिणामहरू हुन् । मेरो अभिमान, घमण्ड, रिस, इष्र्यालाई झुकाउने मेरा प्रयासहरू तर सधैँका लागि कहाँ झुकँे र म ? मै ठूलो, मै विजेता म महान् सबै नीच । झुक्न त झुकेकै हँु म तिम्रा पाउहरूमा, लुक्न त लुकेकै हँु म तिम्रा भावहरूमा, मेरो कठोर, निर्मम विचारलाई पगालेर मोम किन बनाएनौँ । हाम्रो भेट आशाका आभासहरू हुन, तिमी जहाँँ–जहाँँ मेरा प्रेम, माया, प्रिती पनि त्यहाँ ।” दिवा स्पष्ट भई ।
“बिहानीका सुनौला किरणहरूले, चिसो चिसो मन्दमन्द पवनहरूले, डाँडाका सेत्तामे हिउँहरूले, हाम्रो भेटलाई अनुभव गरेका छन् । मुस्कुराएका छन्, मस्किएका छन् भेटपछिको बिछोडमा मेरो हडबडाहट कसैले अनुभव गरे गरेनन् तर त्यसताका मैले भने अन्तिम पल बाचेको थिएँ आफ्नो जीवन ।” इशु भावुक भयो । “हाम्रो भेट भयो, यस्तो लाग्यो जस्तो कि नतमस्तक भई आकाश झुक्यो, पवन रुक्यो, टाढा क्षितिजबाट भक्ति सङ्गीत गुञ्ज्यो । मेरा सारा महŒवाकाङ्क्षा, दिउँसोका सपनाहरू, कता हराए कता ? महाशून्य, न कुनै स्वार्थ, न कुनै क्रोध, न कुनै घमण्ड मेरा अबका पलहरू सबै सबै तिम्रा चरणकमलमा । अहो ! भाग्य, धनदौलत किन, मानमर्यादा किन, सफलता किन, तिम्रो सेवा, तिम्रो साथ मेरो सम्पूर्ण जीवन, यो पलभरको भेट ।” इशुले आफ्नो सम्पूर्ण दिवामा समर्पण ग¥यो ।
“हाम्रो मिलन भयो । आरतीको घण्टा घन्क्यो । पूजारीहरूको मन्त्रोचारण सुनियो । भक्तजनहरू शान्त भएर मन्दिरमा देखा परे । ध्यानै मोहित पार्ने वास्ना फूलहरुको आयो । पूजारीहरूले विधिवत् देवदेवताको पूजा आराधना सुरु गरे । शुभप्रभातको यो प्रक्रिया टाढा टाढा कहिँ भए पनि यस्तो लाग्यो कि यो सबै एकदमै नजिकै कहिँ भईरहेछ । भक्तले देवतालाई चढाएको फूल चरणकमलमा मुस्कुराईरहेछ ।” दिवाले आफ्नो प्रेमलाई आध्यात्मिक वा अलौकिक ठानी ।
“तिमी, प्रेमकी देवी, विश्वव्यापी क्षमा तिम्रो मुस्कानमा, न्याय जति सबै तिम्रा ओठहरूमा, तिम्रो यौनअङ्गमा सारा सृष्टिको सार, तिम्रा अङ्गअङ्गमा मानवजातिको अमरत्व ।” इशुले दिवालाई देवी ठान्यो ।
सूर्यको प्रकाश चित्रमा प्रतिबिम्बित हुन छाड्यो । दिवा र इशु चित्रमा देखिन थाले ।

“के तिमी मसँग विवाह गर्न मन पराउँछौ” दिवाले अनुरोध गरी । इश्वर घोरियो । “म कुनै पनि किसिमको कर वा बाध्यताको स्थिति उत्पन्न गर्दिन, तिम्रो खुशी हो”
इशु यताउता हिड्न थाल्यो । मनमा नानाथरिका कुराहरू खेलेकोझै भान भयो । निकैबेरपछि इशु बोल्यो ।
“दिवा प्रेममा विवाह गर्नैपर्छ ? दुइटा मान्छेले विवाह नगरी एक अर्कासँग प्रेम गर्न सक्दैनन् ।”
“मलाई विश्वविद्यालयमा पढाउने प्रस्ताव आइसकेको छ । मैले नाच्ने काम छोड्ने निश्चय गरिसकेकी छु । निश्चय मात्र के मैले त्यो पेशो छोडिसकें, तिमी पनि त्यो काम छोड, आउ विवाह गरांै, बच्चाबच्चीको विषयमा तिम्रो के विचार छ ।”
इशु झनै गम्भीर भयो । तुरुन्तै उसले कुनै जवाफ दिन सकेन ।
“मसँग विवाह र सन्तानको कुरा नगर, यौनसंसर्गको कुरा पनि नगर, म बच्चाहरूप्रतिको कर्तव्य पुरा गर्न सक्दिन दिवा, आमाले भन्नुभएको सुनेकी छ्यौ तिमीले, बच्चाहरूप्रतिको कर्तव्य पुरा गर्न सक्दिन यसैकारण विवाह गर्न चाहन्न । मैले चाडै नै यो देशबाट जानु छ । भेटका निम्ति आतुर न हौ, तिमीलाई भेट्न जहाँ कही पनि आउन सक्छु, हाम्रो प्रेम पवित्र छ, स्वार्थरहित । हाम्रो प्रेमलाई त्यही अवस्थामा रहन देउ । कुनै आशा, अभिलाषा तथा महŒवाकाङ्क्षा नराख, प्रेम अमर छ सदियौंदेखि”
उनीहरू अँगालोमा बाँधिए । रातको एक बज्यो । उनीहरू अलग्गिए । “तिमी मलाई बिदा बोल्दिनौ दिवा”
“बिदा” दिवा बोली । इशु निस्क्यो । ऊ अलमलिई । छतमा उक्लेर सडकतिर हेर्न थाली । लामो कालो ओभरकोट लगाएको एकजना मान्छे सडक पार गरिरहेको छ । हात समातेर इशुसँगै त्यो बाटो हिड्न चाहने दिवाले त्यस्तो दृष्य दिवास्वप्नमा पनि देख्न सकिन ।
क्रमश… ।



साँझ सुरु हुनुभन्दा करिब एक घट्टा पहिले ऊ एउटा डान्सक्लबमा छि¥यो । डान्सक्लबभित्र निकै व्यस्तता छ । उसले पनि रक्सी लिएर नाच्न सुरु ग¥यो । नाच्दा नाच्दै निकेै राम्री केटी हात लागी । जवानी उसको लुगा र अङ्गअङ्गबाट छचल्किएर इशुको अङ्गअङ्गमा तरङ्ग उत्पन्न गरिरहेका छन् । इशुले धेरै पिएको छैन, मस्त नाचिरहेको छ । ऊ अङ्ग्रेज देखिन्छ । अङ्ग्रेजी बोल्दा अलिकति पनि नेपाली जस्तो लाग्दैन । निकै लामो नाचपछि केटीले रातका निम्ति निमन्त्रण गरी । इशुले मान्दै मानेन । उनीहरू टेबिलमा बसेर पिउन थाले । एक गिलास लिएर इशु एक घण्टै बस्यो । केटीले इशुको आँखा झुक्याएर रक्सीको गिलासमा कुनै धूलो हाली । केहीबेर पश्चात् इशुलाई ज्यादै नै नशा लाग्यो । केही बोलेन, केही सुनेन, केही रहेन । ऊ इशु पनि रह्यो कि रहेन । इन्द्रियरहित, शून्य, शुन्यता । हिड्यो या उड्योे । उसैलाई थाहा भएन । ऊ उभियो या बस्यो, अरुलाई स्पष्ट भयो तर उसैलाई थाहा भएन । अरुलाई थाहा भयो उसको विषयमा तर उसैलाई थाहा भएन । कस्तो विषम परिस्थिति हो यो, श्वास चलेकै छ ।
बाहिर निस्क्यो तर थाहा छैन, बाहिर निस्केको उसैलाई थाहा छ या छैन । केटी पनि बाहिर निस्की । उसलार्ई त्यै केटीले सम्भाली । इशु भुइँमा लम्पसार हुन नसक्ने अवस्थामा छ । उसको सारा शरीर सक्रिय छ । ऊ सक्रिय छ तर उसको सक्रियता उसैलाई थाहा छैन । कस्तो खालको धूलो मिसाइएको थियो को नि ? जब ऊ सक्रिय रहदैन तब उसलार्ई श्वास रोकिएको जस्तो अनुभव हुन्छ । जब ऊ हिड्छ, आराम र सुबिस्ता महसुस हुन्छ तर कसरी हिडिरहेछ र कहाँ हिडिरहेछ उसैलाई थाहा छैन ।
त्यो युवतीले इशुलाई खम्बाको आडमा लगी । आडमा लगेर इशुले लगाएको गहना, घडि, गोजि र पर्सको पैसा सबै आफ्नो ब्यागमा राखी । भिसा र कार्ड जस्ता उसलार्ई काम नलाग्ने चीज सबै पर्समै राखिदिई । ऊ मुस्कुराउदै हिडी । विजुलीको उज्यालोमा सडकको फुटपाथ हिड्दै फटाफट अगाडि बढी ।
इशु लहराउदै, लडखडाउदै फुटपाथमा हिड्न थाल्यो । ऊ हिडेकै हो तर उसैलाई थाहा भएन । कति हिड्यो, कहाँ पुग्यो ? यति सब हुदा हुदै पनि ऊ फुटपाथबाट उत्रेन । कुनै दुर्घटना भएन । कुनै संयोग रहेन । प्रहरीले भेटेनन् । जब ऊ मातेर थाक्यो, हिडेर थाक्यो बन्दै गरेको भवनमा छि¥यो । निकै भित्रको अँध्यारो कुनामा लम्पसारियो । कोटले अनुहार र छाति छोप्यो । उसलार्ई यतिखेर यो पनि थाहा भएन कि उसको श्वास चलेको छ वा छैन ? मुटु हल्लिएको छ वा छैन ? रगतको प्रवाह छ वा छैन ? जब अँध्यारो कुनामा लम्पसारियो तब प्रहरीको कार ऊ हिडेको फुटपाथसँगैको सडकबाट गुज्रियो ।

सङ्ग्रहालयको निर्माणाधिन टावर हो यो । यहाँ पचास तले टावरको निर्माण भइरहेको छ । काठमाण्डौवाट ल्याइएको, लगभग नग्न, चार हात भएकी, बोली हाल्ला कि जस्तो मूर्तिको नामकरण व्यवस्थापनले ‘यौनकी देवी’ भनेर गरेको छ । त्यो मूर्ति हाल सानो टावरमा राखिएको छ । व्यवस्थापनले यो मूर्तिलाई स्थायी रूपमा राख्ने निर्णय गरेको स्थानमा अहिले एउटा मान्छे लम्पसार लगभग इन्तु न चिन्तुको अवस्थामा सुतेको छ । यो टावरमा रहेका चालिसओटा तलामा विभिन्न विषय जस्तै ढुङ्गाको मूर्ति, चित्रकला, हस्तकला, काष्टकला इत्यादिका ज्यादै पुराना सङ्ग्रहणीय वस्तु राखिने भएके छ । स्थानीय अमेरिकी सरकारले यी सबै वस्तुहरु विभिन्न स्थानबाट किनेर यहाँ प्रदर्शनका लागि राख्न लागेको हो ।

डराउँदै, हतारिदै, फड्फडाउदै एउटी युवती बन्दै गरेको त्यो टावर सामुन्ने पुगी । निकै काँतर, आकुल, ब्याकुल आँखाले चारैतिर हेरी । निकै पर केटाहरूको एउटा समूह आइरहेको छ । यिनै केटाहरूले उसलाई क्लवमा बलत्कार गर्न चाहेका थिए । तिनीहरूलाई लागेको यौन मातका कारण नै तिनीहरूसँगबाट फुत्किन सफल भएकी थिई । तिनीहरू समूहमा भएका केटीहरू हेरेर एकअर्कामा बाँडफाड गर्न थालेका थिए । त्यही समय तिनीहरूलाई झुक्याएर ऊ भाग्न सफल भएकी थिई ।
ऊ पनि त्यही निर्माणाधीन भवनभित्र छिरी । निकै भित्र कम प्रकाशमा कोही सुतिरहेको देखी । नदेखे झै गर्न सकिन । सुतिरहेको मान्छे नजिक गई । राम्रो कपडाहरू लगाएको देखी । बाहिर केटाहरूको आवाज सुनियो । उ आत्तिई । त्यो मान्छेसँग लेपासिएर, टासिएर, अँगालो मारेर सुती । निदाउन सकिन । केटाहरू गए तर ऊ अलग्गिन चाहिन । त्यो मान्छे चलमलायो तर उठेन । रातको प्रहर गहिरिदै गएपछि उनीहरू एक भए । इशुले थाहा पाएन र पनि उनीहरू एक भए । अँध्यारोका कारण एकले अर्काको अनुहार देखेनन् तर पनि उनीहरू एक भए । इशुले थाहा पायो पाएन, युवतीको सहयोगले उनीहरू एक भए । युवक बेहोश जस्तो भए पनि सक्रिय रह्यो । अँध्यारोको कारण एकले अर्कोलाई देखेनन् तरै पनि उनीहरू सफल भए । सन्तुष्टिको अल्प निद्रापछि जब युवती बिउँझी धरमराउदै उठी, बस्त्रहरू सम्भाल्दै, वरिपरि कतै केही नहेरी, अतालिदै त्यहाबाट उत्तर दिशातिर हिडी ।
इशु, उज्यालो हुन थालेपछि उठ्यो । उसलाई रात्रीको कुनै पनि घटना, दुर्घटना याद छैन । कुनै कुरा सम्झनै छैन, जो बिर्सन परोस । आफूलाई सम्भाल्यो । लगभग नाङ्गैं छ, लुगा लगायो । हिड्यो, फुटपाथमा निस्क्यो । दिशाको अनुमान लगायो । ऊ दक्षिण दिशातर्फ हिडिदियो, फुटपाथमा हिडि नै रह्यो ।

दिवालाई लाग्यो त्यो संसर्गमा ईश्वरीय प्राप्ति छ । कामवासना हैन, योनयोग थियो त्यो । कहिलेकाहीँ उसलाई लाग्छ, नचिनिने अवस्थामा देवता भेटी, देवसँग पवित्र यौनयोगको पहल गरी, सफल पनि भई, देवको अनुहार नहेरेकै राम्रै भयो, यदि हेरेको भए हुनसक्छ देव मानवमा परिणत हुन्थ्यो होला । इशुसँगको सम्झौता पछि कामक्रीडा त्यागेकी थिई अब उसले कोही पनि मानवसँगको कामक्रीडामा संलग्न हुनुहुदैन, यस्तै अठोट गरी । छिटै ऊ गर्भवती भएको यकिन भयो । उसले बच्चालाई जन्म दिने फैसला गरी ।
छुट्टी बिताएर ऊ काठमाण्डौ फर्की । समय समयमा इशुसँग उसको भेट हुनेगर्छ ।


राजनप्रसाद निरौला २०१८

पिताः स्व श्री पुण्यप्रसाद निरौला

माताः स्व श्री दुर्गादेवि निरौला

पाक्तिन, खाम्लालुङ, तेह्रथुम

का म न पा ११, काठमाण्डौ ।

फोन नं ४२४३८९२,९७४११३७२३५

शिक्षामा स्नातकोत्तर

निजामती शिक्षा सेवा अन्तर्गत

रा प द्धि प्रा शिक्षा मन्त्रालयमा कार्यरत

प्रकाशित कृतिहरु

१ सीत्कृती, कविता सङ\ग्रह, २०५३

२ खुला आकाश, उपन्यास, साझा प्रकाशन २०६५

३ सङ्घर्ष र शान्ति, उपन्यास २०६६

४ अद्भुत प्रेम, परीजातसँग, उपन्यास २०६७

५ मृत्युविरुद्ध, उपन्यास २०६८

६ प्रकाशोन्मुख

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

This entry was posted in नेपाली उपन्यास and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *