कविता : हजार सूर्योदयको बिहानी !!

~बलदेव भट्ट “बिहानी”~Baldev Bhatta 'Bihani'

रातो चन्द्र र सूर्य आकाशमा रहून्जेल
जितका रेखा कोर्ने हाम्रो चलन
नालापानी देखि रंगशाला सम्म जीवित छ !
रक्तिम उमंग आजको साँझ
उनिहरु माझ चेतनाको दियो बाली आउछ
बसन्तको बिहान जित को लहर बोकि उचलिन्छ !!

एकताको सपना बिभाजित रात संग
स्वाधीनताको खोजी गर्न थालेपछि
हाम्रो युबा रगत आजको साँझ
जितको संगीत बोकि बेजोड़ उर्लिन्छ !!

अध्यारा बस्तीका कान्लामाथी
हजार सूर्योदय भएको बिहान
उल्लासित गोरखालीहरु उर्लापात हुन्छन् !
जितका गीत बोकि यौवना बिधवाको
सिन्दुरे जात्रामा हाम्रो मन पनि
हर्सोल्लासका नदिहरूसंग एकाकार बग्दछ !!

कोही मध्य यूरोप, कोही मध्य एशिया बाट
सृजनात्मक कोसेली बोकि आजको रात
चन्द्रमा माथि चढी रंगशाला तीर ओर्लन्छौ !
पुस्तौदेखिको शालीनताको धरोहर उचाली
आजको दिन चेतनाको सागरमा डुबुल्की मार्छौ
एकताको मैदानमा सेता परेवा उडाऊछौं !!

बलदेव भट्ट “बिहानी”
सिंगापुर
baldevbihani@yahoo.com
April 19th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.