गजल : के भर

~आजाद अजनवी~Aajad Ajnabi

के भर पानी खर झै सल्किन सक्छ
अनि आगो नदी झै छल्किन सक्छ ।

जे पनि हुन्छ प्रेममा धनसम्पति भए
गाई पनि बोका संग पल्किन सक्छ ।

सत्ताका रत्तपिपासु जल्हादहरु पनि
कहिलेकाँही आफुलाई बुद्द कल्पिन सक्छ ।

अँध्यारो या उज्यालो उत्तिकै छ आतंक
अब दिन पनि राततिर ढल्किन सक्छ ।

“सतिले सरापेको देशमा के के हुन्छ के के”
ध्वाँसो पनि जुनझै टल्किन सक्छ ।

नाङ्लेभारे, काठमाण्डौं।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.