स्रष्टा परिचय : उनै स्वरसम्राट्को सम्झना

~टीका भण्डारी~Tika Bhandari

एउटा साथीको साथले कति फरक पार्दछ जिन्दगीमा…स्वरसम्राट् नारायणगोपाललाई नेपाली संगीतप्रेमीहरूले स्मृतिमा सजाउन थालेको पनि २५ वर्ष पुगिसकेछ कति छिट्टै । उनै कालजयी श्रष्टा नारायणगोपालको स्मरणमा उनकै जीवनसँग जोडिएका महŒवपूर्ण घटना, सुखदुःखका क्षण, अविस्मरणीय र रोचक जीवनपल, उनका जीवनका अनुभव र अनुभूतिहरू यो लेखमा खोजमूलक ढंगबाट प्रस्तुत गर्ने जमर्को गरेको छु । २००८ सालमा गायक प्रेमध्वज प्रधान, नारायणगोपाल, गीतकार राममान तृषित आदि मिलेर ‘नवकला परिवार’ नामक संस्था खोलेका थिए । नारायणगोपाल त्यस समूहका टोले कार्यक्रममा गीतहरू सुन्न र तबला बजाउन जाने गर्थे । प्रेमध्वज, नारायणगोपाल दुवै स्कुलमा टेबुल ठट्टाएर गीत गाउँथे । त्यसबेला नारायणगोपाल बढी हिन्दी गीत सुन्थे । पढाइमा त्यति ध्यान नदिने, साथीभाइलाई हँसाइरहने, निकै रसिक स्वभावका थिए उनी । जेनतेन एसएलसी पास गरेका उनले तुलनात्मक रूपमा बीए राम्रै पढे । नारायणगोपालले ईन्द्रजात्राको दिनNarayan Gopal rowing boat भेडासिंहमा आयोजित ज्यापुको डबलीमा एउटा नेवारी गीतबाट आफ्नो गायन कलाको सुरुआत गरेको उनका आत्मीय मित्र प्रेमध्वज बताउँछन् ।

त्यस कार्यक्रममा प्रेमध्वज प्रधानले नै हार्मोनियममा उनलाई साथ दिएका थिए भने प्रेमध्वजलाई उनले तबलामा साथ दिएका थिए । बाल्यकालमा आफ्नो टोलको भजन मण्डलीमा जाने र तबला तथा हार्मोनियममा साथ दिने गर्थे । हार्मोनियम बजाउनु, भजन गाउनु उनको दिनचर्या नै थियो । त्यसबेला नारायणगोपाल आफ्ना साथीभाइलाई चिनियाँ भाषामा समाचार भनेर हँसाउँथे, क्यारिकेचर र जोक्स भनेर उत्तिकै रमाइलो गर्दथे । त्यस बेलादेखि नै उनी हक्की स्वभावका, मुडी, संगीतका विविध विषयमा निकै दिलचस्पी राख्ने गर्दथे । उनका पिता आशागोपाल गुरुवाचार्य नामुद संगीतकार तथा गायन उस्ताद थिए, सितार निकै राम्रो बजाउँथे । सांगीतिक महेफिल जमिरहन्थ्यो नारायणगोपालको घरमा । त्यही महेफिलसँगै हुर्किए पिताका गीत सुन्दै नारायण ।

सर्वप्रथम २०१७ सालमा आफ्नो कलेजको समारोहमा दुई ओटा गीत ‘स्वर्गकी रानी’,

‘आँखाको भाखा आँखैले’ आफ्नै गीत गाएर सबैको आँखामा बसे, मनमा सजिए उनी । सबैले उनलाई रेडियोमा गीत रेकर्ड गराउन सुझाव दिए । पछि ती गीत आफ्नो गायन करियरको सुरुआाती चरणमा गाएर श्रोताको मन जित्न सफल रहे नारायणगोपाल ।

आफूभन्दा १६ वर्ष कान्छा भए पनि संगीतकार नातिकाजीले ०१६ सालमा नारायणगोपालसँगै त्रिचन्द्र कलेजमा पढेका थिए । नारायणगोपालले ०१८ सालमा कलाकुञ्जको संयोजनमा लाजिम्पाटस्थित त्यस बेलाको बीएड कलेजको साउन्ड स्टुडियोमा आफ्नै संगीतमा दुई गीत भूपी शेरचनद्वारा रचित ‘मैले गाएको गीतमा तिम्रै हँसिलो मुहार छ’ र प्रदीप रिमालको रचनामा ‘यो वर्षमा छोडी मलाई तिमी जाने होला’ डिक्स रेकर्ड गरे ।

भारतको बडौदामा शास्त्रीय संगीत पढिरहेका नारायणगोपाललाई चलचित्र माइतीघरको‘जिन्दगीलाई जितले हैन हारले स्वागत गरी’ बोलको गीत गाउन बम्बई बोलाइयो, संगीत निर्देशक जयदेवले गीत सिकाए तर गीत रेकर्ड गर्ने बेलामा उनलाई यसरी रुघाखोकी लाग्यो कि गीत गाउनै सकेनन् । सो गीत मन्नाडेले गाए । प्रदीप रिमालको संकलनमा चलचित्र ‘मनको बाँध’का लागि कोलकातामा ‘कस्तूरी हे बास आउँछ भन्छन्’ बोलको गीत रेकर्ड गर्दा त्यहाँ उपस्थित एक बंगाली निर्देशकले उनलाई बंगाली गीत गाउन अफर गरेका थिए तर उनले असमर्थता जनाए । चलचित्र ‘कोसेली’लाई भनेर रेकर्ड भएको गीत ‘दक्षिणा’को लागि राखियो । यो मुटुलाई… गीत रेकर्ड हुँदाहुँदै मुम्बईको स्टुडियोमा नारायणगोपाल पटकपटक खोक्न थाल्छन्, पेमाला भाउजू आत्तिन्छिन्, खोकीसमेत रेकर्ड हुन्छ, नारायणगोपाल गीत ओके ठान्दैनन् तर निर्देशक तुलसी घिमिरे र संगीतकार रञ्जित गजमेरले गीत ओके गर्छन्, आफूले गाउन असजिलो भएको महसुसका साथ आँखामा आँसु टिल्पिलाउँछ उनका । पछि यो गीत ‘दक्षिणा’ चलचित्रमा राखिन्छ र लोकप्रिय बन्छ उत्तिकै ।

नारायणगोपालले पूर्वपश्चिम राजमार्ग निर्माण गर्ने क्रममा जनचेतनामूलक राष्ट्रवादी धारको प्रतिनिधित्व गर्दै नारायणगढदेखि तुलसीपुर दाङसम्म एक दर्जन स्थानमा सांगीतिक प्रस्तुति दिँदै हिँडेका थिए ।

उनी आफ्नो शरीरको त्यति माया गर्दैनथे, मनमौजी स्वभावका उनी मधुमेहका समेत रोगी थिए । जसका कारण मिर्गाैला–कलेजोमा असर थियो, असर कम गर्न निमको चिया पिउने गर्थे उनी । त्यो बेला रक्सीको एक थोपा पनि विष हुन्थ्यो तर उनी रक्सी छोड्न सक्दैनथे । घरमा पेमाला भाउजूलाई भने रक्सी छोडिसकेको जानकारी थियो । पेमाला भाउजूले थाहा पाइहाल्नु भयो भने आज मात्रै हो भनेर उम्कन्थे । डाक्डरहरूको सल्लाह मानेको भए नारायणगोपाल आजसम्म बाँच्ने थिए भन्ने गरिन्छ ।

नारायणगोपालले चाँदनी शाहको गीत एउटा मान्छेको मायाले कति… बोलको गीत गाए । पछि उनको संगीत क्षेत्रमा निकै आलोचना भयो, उनले त्यसको कडा प्रतिवाद गर्दै भनेका थिए, ‘राम्रो भए एउटा होइन ५० ओटा गाउँछु, मैले बडामहारानीको गीत गाएको होइन ।’

नारायणगोपाल सधैं मोटरसाइकलमा हिँड्थे, त्यसबेला कतिपय नाम चलेका कलाकारसमेत साइकलमा हिँडथे । उपचार गरी दिल्लीबाट फर्किएपछि उनी ट्याक्सीमा हिँड्न थालेका थिए । नारायणगोपाल जीवनमा कहिल्यै कसैबाट चन्दा, दान, सहयोग, सहायता लिन चाहँदैनथे । अत्यन्त सिकिस्त बिरामी हुँदा नारायणगोपालले थाहा नपाउने गरी तत्कालीन श्री ५ को सरकारबाट ५० हजार नारायणगोपालको उपचारार्थ पेमाला भाउजूलाई सहायता प्रदान गरिएको थियो ।

उनी गायक संगीतकार मात्र थिएनन् एक प्रकाशक पनि थिए । साहित्यिक बागिनाको प्रकाशन उनैले सुरु गरेका हुन् । बागिना समग्र नेपाली संगीतको विचार चौतारी थियो । कलमद्वारा पनि उनी संस्कृतिको सेवा गर्न चाहन्थे ।

संगीतका विविध विषयमा संवाद र बहस गर्न रुचाउने नारायणगोपाल र संगीतकार अम्बर गुरुङबिच एक रात अम्बरले ‘बिहाग रागमा नि कोमल’ प्रयोग गरेर सुनाउँदा नारायण त्यसको विरोध गर्छन्, लामो तर्कवितर्क चल्छ भोलिपल्ट आएर । अघिल्लो दिनको बहसमा आफूले हारेको स्वीकार गर्छन्, हो बिहाग रागमा नि कोमल प्रयोग गर्न सकिन्छ भन्दै । यद्यपि ‘मालती मंगले’ गीति नाटकको गीत रेकर्ड गर्दाताका अम्बर गुरुङ र नारायणगोपालबिच बोलचालसमेत थिएन ।

राष्ट्रकविले यही गीत रेकर्डको मौका छोपेर एकले अर्काको प्रसंशा गरेको कुरा सुनाउँदै आफ्नै हातले अम्बर र नारायणको हात समाएर दुईबिच बन्द भएको बोलचाल सुरुआत गरेका थिए । नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापाको त्रिवेणीको योगदान पनि भुलेर भुल्नै नसकिने खालको छ । गोपाल योञ्जनले संगीत गरेका अधिकांश लोकप्रिय आधुनिक गीत नारायणगोपालले नै गाएका छन् । यी दुईबिच मितेरी साइनो थियो । गोपाल योञ्जन राम्रो गीत बन्यो कि मीतज्यूलाई नै सम्झन्थे । रक्तकाली यी तिनको साधना गर्ने मूल थलोको रूपमा थियो । आफ्नो स्वाभिमान बेचेर बाँच्न सकिंँदैन भन्ने मान्यताका कारण नारायणले बम्बईमा बसेर संघर्ष गर्ने प्रस्तावसमेत अस्वीकार गरेको कुरा समकालीनहरू गर्वका साथ सुनाउने गर्दछन् ।

आफूलाई मन नपरेमा जस्तोसुकै दबाबमा पनि नगाउने र मन परेमा नगाई नछोड्ने बानीले उनले धेरै गीतकारसँग कार्य गरे । पुराना पुस्ताका कालजयी गीतकार रत्न शमशेर थापादेखि लिएर, गोपाल योञ्जन, नगेन्द्र थापा, ईश्वर वल्लभ, कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, विश्वम्भर प्याकुरेल, किरण खरेल, निरविक्रम प्यासी, चाँदनी शाह हुँदै पुरानाहरूबिच नयाँ पुस्ताका कालजयी गीतकार दिनेश अधिकारीसम्मका गीतकारहरू नारायणगोपालको सफलताका धेरथोर भागीदार छन् ।

नारायणगोपाल झट्ट हेर्दा पहलमानजस्ता थिए र वास्तविकतामा पनि उनी पहलमान नै थिए । कुस्ती खेल्थे उनी । उनी नेपालको इतिहासका राम्रो ज्ञाता पनि थिए । तर, संगीतलाई भित्री तहमा पुगेर अध्ययन गर्ने गर्थे । उनी अत्यतै स्वाभिमानी प्रवृत्तिका पनि हुन् । त्यसबेला दरबारलाई खुसी पर्ने चलन पनि थियो तर यो मामिलामा उनी धेरै टाढा रहे । उनी संगीतविनाको जीवन चरम एक्लो र निरस हुन्छ । जसको कल्पना पनि गर्न नसकिने बताउँथे ।अर्धांगिनी पेमाला कुनै बेला नारायणगोपालको गहिरो श्रोता थिइन्, कुनै दिन नारायणगोपालसँग भेट होला भनेर सोचेकी पनि थिइनन् । तर, असम्भव नै सम्भव भएर आयो । पेमाला आफ्नो मन पर्ने गायकसँग दाम्पत्य जीवनमा बाँधिन पुगिन् । यसमा गोपाल

योञ्जनकै योगदान छ ।

नारायणगोपालका सन्तान भएनन् । पहिलो पटक पेमाला गर्भवती हुँदा पहिलो बच्चा पाठेघरको देब्रेतिर हुर्कन थाल्यो, जब कि बच्चा बच्चादानीमा हुर्कनुपर्ने । मलाई पेमालाभन्दा बच्चा प्यारो छैन भनेर उनले बच्चा फ्याले । यसपछि उनीहरू जीवनभर सन्तानविहीन बन्नुप¥यो । नारायणगोपालको आफ्नो कोखबाट जन्मेका कुनै सन्तान त छैनन् तर उनले धेरै सन्तान जन्माएका छन् । उनको सोच बेग्लै थियो । भन्थे उनी, ‘हाम्रा सन्तान हामीले उत्पादन गर्नुपर्छ । पेमाला, एउटा संगीत स्कुल खोलौं, गरिब छोराछोरीलाई भ्वाइलिन सिकाऔं, अन्य संगीत सिकाऔं । आफ्नो सेखपछि सबै सम्पत्ति एउटा ट्रस्ट निर्माण गरेर तिनै गरिब छोराछोरीलाई संगीतमा सम्पन्न बनाऔं ।’ यी कुरा पेमालालाई पनि धेरै चित्त बुझ्यो र पछि बन्यो नारायणगोपाल युवा संगीत कोष । नारायणगोपालको अधुरो सपना पूरा गरिरहेछन् उनीहरू ।

नारायणगोपाल सांस्कृतिक संस्थानमा ०३७ सालमा महाप्रबन्धक भएर आएपछि सांस्कृतिक संस्थानलाई एक व्यवस्थित, अनुशासित र क्रियाशील संस्थानका रूपमा सञ्चालन गर्न निकै मिहिनेतका साथ लागि परे । त्यसैताका नाचघरबाट मनबहादुर मुखियाको क्रसमा टांगिएको जिन्दगी, वासु शशीको ‘सब थोक गर्नुपर्छ’, गोपालप्रसाद रिमालको ‘मसान’, दिव्य खालिङको ‘अतृप्त आत्मा’ आदि नाटक मञ्चन भए । आफ्नै निर्देशनमा मुनामदनसमेत मञ्चन गरे । नारायणगोपालका दुई भाइ मनोहरगोपाल र हेमगोपाल राम्रा गायक भएर पनि नेपाली संगीतमा दाजु नारायणगोपालजस्तो अगाडि आउन सकेनन् । नारायणगोपालका समकालीन गायक फत्तेमान, प्रेमध्वज प्रधान, कन्हैयासिंह, बच्चु कैलाश, माणिकरत्न आदि हुन् ।

गोपाल योञ्जनको संगीतमा नारायणगोपाल

नेपाली संगीत कर्ममा आफ्नो जीवन यात्रामा सबैभन्दा धेरै नारायणगोपालले संगीतकार गोपाल योञ्जनसँग काम गरेका छन् । गोपाल योजनको संगीतमै उनले धेरै कालजयी गीत गाएका छन् । संगीतप्रेमीको हृदयमा गहिरो स्थान बनाएका गीतहरू– गल्ती हजार हुन्छन्… (गीतकार गोपाल योञ्जन आफैं), मलाई जिन्दगी यो… (ईश्वरवल्लभ), आज युवालाई… (गीत, गोपाल योञ्जन स्वयम्), मेरो गीत म उभेको धुलोले सुनोस्… (नगेन्द्र थापा), जीवनको हरेक मोडमा… (गोपाल योञ्जनकै शब्द), ए मलाई माया… (गोपाल योञ्जनकै शब्द), मलाई माफ गरिदेऊ… (गोपाल योञ्जनकै शब्द), जीवनदेखि धेरै… (गोपाल योञ्जनकै शब्द), अल्झेछ क्यारे पछेउरी… (भूपी शेरचन), मैले पुण्य मन पराएँ… (राममान तृषित) जस्ता कालजयी तथा अजम्बरी गीतहरूमा नारायणगोपाललाई संगीत प्रदान गरे गोपाल योञ्जनले । यति मात्र होइन नारायणगोपालका अन्य कृति– तिमी देऊ या नदेऊ… (गोपाल योञ्जनको आफ्नै रचना), म कसरी भनूँ… (गोपाल योञ्जनकै रचना), मेरो जोवन लैजाऊ… (गोपाल योञ्जनकै रचना), सागरभरि मुटु चिरी… (लक्ष्मीप्रसाद देवकोटाको रचना), केही चोटले… (गोपाल योञ्जनकै शब्द),

तिमी एक फूल… (गोपाल योञ्जनकै शब्द), बिहान नभई बतासले… (नगेन्द्र थापा) यी गीतहरूमा गोपाल योञ्जनकै संगीत रहेका छन् । यी गीतहरू नारायणगोपालको सांगीतिक जीवनमा युगौंसम्म नओइलाउने, नबिलाउने, नमैलिने र नअस्ताउने गीतसंगीत र स्वर हुन् ।

नेपाली चलचित्रको अत्यन्त व्यावसायिक पाश्र्व गायनमा समेत गोपाल योञ्जनले नारायणगोपाललाई अमर कृतिका लागि अमर संगीत सुम्पिएका छन् । नातिकाजी र गोपाल योञ्जनद्वारा संगीतबद्ध, किरण खरेलद्वारा रचित को कसको हो… (चलचित्र सिन्दूर), गोपाल योञ्जन स्वयम्को शब्दमा हिमाल सरीमा… चेतन कार्की र चेतन कार्कीको रचनामा छोरीको जन्म, सम्हाल घुम्टोहरू… (नगेन्द्र थापा), गोपाल योञ्जनको

आफ्नै शब्दमा शिखर भनेका… र लौ सुन म भन्छु… (शब्द गोपाल योञ्जन स्वयम्), सारा दिन अरूलाई बाँढें… (गोपाल योञ्जनकै शब्द), गोपाल योञ्जनकै शब्दमा यति चोखो यति मिठो…, गोपालकै शब्दमा तिम्रो जस्तो मुटु मेरो पनि…, नगेन्द्र थापाको शब्दमा बिर्सेर फेरि…, गोपाल योञ्जनकै शब्दमा चुमेर पानाभरि… बोलका कालजयी तथा अजम्बरी कोटिका आधुनिक जीवन्त सुगम गीत स्वरसम्राट् नारायणगोपालले उनकै परमप्रिय मीतज्यू युगका होनहार संगीतकार गोपाल योञ्जनबाटै प्राप्त गरेका हुन् । यी गीत सबै गोपाल योञ्जनकै अमर संगीत हुन् । जसले नारायणगोपालजस्ता अजम्बरी गायकको स्वर सानिध्यता प्राप्त ग¥यो र हरेक श्रोताको हृदय हृदयमा बास बस्न पुग्यो ।

सुप्रसिद्ध संगीतकार अम्बर गुरुङको संगीतमा नारायणगोपालले गाएका आधुनिक गीतमा शिरको टोपी… (माधव घिमिरे ), मेरो यो गीतमा… (हरिभक्त कटवाल), पोखिएर घामको झुल्का… (हरिभक्त कटवाल) र मेरो आँखालाई राख्ने… (हरिभक्त कटवाल) संगीतप्रेमीहरूमाझ लोकप्रिय छन् । अर्का प्रसिद्ध संगीतकार दीपक जंगमको संगीतमा चर्चित बनेका नारायणगोपालका गीत तिमीलाई म के भनूँ… (दीपक जंगमको शब्द), एउटा मान्छेको मायाले कति… (चाँदनी शाह) रयति धेरै माया दिई… (दीपक जंगमकै शब्दमा) हुन् । संगीत हस्ती नातिकाजीको संगीतमा सबको जय होस्… (लक्ष्मण लोहनी), उसको ममता मेरो… (लक्ष्मण लोहनी), आजै र राति… (माधव घिमिरे) र बसी राम्रो… (संगीतकार अम्बर गुरुङको संगीत) नारायणगोपालले गाएका आधुनिक गीत तथा शिरको टोपी… (माधव घिमिरे), मेरो यो गीतमा… (हरिभक्त कटवाल), पोखिएर घामको झुल्का… (हरिभक्त कटवाल) र मेरो आँखालाई राख्ने… (हरिभक्त कटवाल) संगीतप्रेमीहरूमाझ लोकप्रिय छन् । अर्का प्रसिद्ध संगीतकार दीपक जंगमको संगीतमा चर्चित बनेका नारायणगोपालका गीतहरू तिमीलाई म के भनूँ… (दीपक जंगमकै शब्द), एउटा मान्छेको मायाले कति… (चाँदनी शाह), यति धेरै माया दिई… (दीपक जंगमकै शब्द) हुन् । संगीत हस्ती नातिकाजीको संगीतमा सबको जय होस्… (लक्ष्मण लोहनी), उसको ममता मेरो… (लक्ष्मण लोहनी), आजै र राति… (माधव घिमिरे), बसी राम्रो… (संगीत नातीकाजी), कस्तूरीले बास… (रचना माधव घिमिरे, संगीत नातीकाजी र शिवशंकर), यस्तै नातिकाजी र गोपाल योञ्जनको संगीतमा लुकूँ लुकूँ लाग्यो मलाई… (किरण खरेल), को कसको हो… (किरण खरेल), नातिकाजी र नारायणगोपालको युगल संगीतमा ए च्यान्टी नानी… (गीत स्लक्ष्मण लोहनी) बोलका गीत रेकर्ड भएका छन् । संगीत प्रेमीहरूमाझ नातिकाजीको संगीत जोडिएका स्वरसम्राट् नारायणगोपालका अब्बल गीत हुन्– यस्तै तिमीले भनेका सारा देव छोएर… (रचना विश्वम्भर प्याकुरेल) पर्खी बसें आउला भनी मेरो उठ्ने पालो… (रचना निर शाह) संगीतकार शम्भुजित बास्कोटाका लोकप्रिय गीत हुन् नारायणगोपालको आवाजमा ।

संगीतकारका रूपमा

नारायणगोपाल रेडियो नेपालद्वारा आयोजित आधुनिक संगीत प्रतियोगितामा ०२२ सालमा प्रथम भएका संगीतकारसमेत हुन् । उनी संगीतमा प्रथम हुँदा पन्नाकाजी गायनतर्फ प्रथम भएका थिए । नारायणगोपालले रेडियो नेपालमा प्रथम भएपछि संगीतको क्षेत्रमा एउटा नयाँ मानक र मूल्य नै स्थापित गरे नेपाली संगीतमा । उनको संगीतमा सुप्रसिद्ध गीतकार कालीप्रसाद रिजालको संगीतमा केही मिठो बात गर…, दिनेश अधिकारीको रचनामा यो सम्झिने मन छ…, रत्नशमशेर थापाको रचनामा जाग लम्क चम्क हे नौजवान हो…, ईश्वरवल्लभको रचनामा मेरो बेहोसी आज…, भूपी शेरचनको रचनामा मैले गाएको गीत…, रत्नशमशेर थापाको रचनामा मधुमासमा यो दिल…, रत्नशमशेर थापाकै शब्दमा सेरो र फेरो मेरो…, रत्नकै शब्दमा भोभो नसोध…, ईश्वरवल्लभको रचनामा दुइटा फूल देउरालीमा…,

कालीप्रसाद रिजालको शब्दमा झरेको पात झैं भयो…, रत्नशमशेर थापाको रचनामा कुञ्जमा गुन्जियो…, भैरवनाथ रिमालको रचनामा जुन फूल मैले…, कालीप्रसाद रिजालको शब्दमा झ¥यो जिन्दगी…, लक्ष्मीप्रसाद देवकोटाको शब्दमा ईश्वर तैंले रचेर फेरि…, कालीप्रसाद रिजालको शब्दमा आँखा छोपी नरोऊ भनी…, हरिभक्त कटवालको शब्दमा मलाई नसोध कहाँ दुख्छ घाउ…, ईश्वरवल्लभको रचनामा यो कस्तो व्यथा…, यादव खरेलको रचनामा पिउँदा पिउँदै जिन्दगी यो…, किरण खरेलको रचनामा यो मौसम…, क्षेत्रप्रताप अधिकारीको शब्दमा मलाई छोडी मेरो छाया…, रत्नशमशेर थापाको शब्दमा ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो…, रत्नशमशेर थापाको शब्दमा बिछोडको पीडा नसकी खप्न…, पी. रिमालको रचनामा यो वर्षमा छाडी मलाई… र रत्नशमशेर थापाको शब्दमा स्वर्गकी रानी… रेकर्ड भएका छन् ।

यी गीतले नारायणगोपाललाई एउटा सफल, असल र सशक्त संगीतकारका रूपमा मात्र नभई श्रोताको मन मुटु र हृदयमा युगौंसम्म रहिरहने संगीतकार र सदावहार गायकका रूपमा स्थापित गरेका छन् । उनको संगीतको तागत, सामथ्र्य, शक्ति र सिर्जनात्मकताको पहिचान पनि हुन् उनका यी संगीतहरू उनका आफ्नै स्वरमा सजिएका छन् नेपाली संगीतमा ।नारायणगोपाल गीत रेकर्डका क्रममा आफ्नो गीतलाई कसरी म्युजिकल्ली रिच गर्ने भन्ने सोच्दथे । उनी भ्वाइलिन अत्यन्तै धेरै मन पराउँथे । उनका अधिकांश गीतमा रूपमा भ्वाइलिन बजेका छन् ।

वाद्यवादन प्रयोग र उनको रोजाइका वाद्यकलाकार

नारायणगोपाल शब्द संगीत र स्वरमा मात्र ध्यान दिँदैनथे । त्यसलाई जीवन भर्ने काम वाद्यवादनको हुन्छ भन्ने कुरा उनले गहिरो गरी बुझेका थिए । विद्युतीय वाद्ययन्त्रमा उनको त्यति दिलचस्पी थिएन, अकोष्टिक बाजाहरूको प्रयोगमै रमाउँथे उनी । जब गीतको रेकर्डको सन्दर्भ सुरु हुन्छ एरेन्जरलाई आफ्नो पनि कन्सेप्ट सुनाउँथे । गीतलाई सुहाउँदिलो हुने वाद्ययन्त्रबारे एरेन्जरसँग छलफल गर्थे । उनी भ्वाइलिन अत्यन्तै धेरै मन पराउँथे । उनका अधिकांश गीतमा भ्वाइलिन बजेका छन् । प्रायः उनका गीतमा भ्वाइलिन मोहनकृष्ण कार्किढली, नारायणदास, शुभबहादुर ,गणेश परियार, विजय सुनाम, शिवशरण, केशव सुनाम, मदन परियार, नोर्बु छिरिङ, कमल परियार,कृष्ण परियार, मनोहर सुनाम र भगतसिंहले बजाएका छन् ।भ्वाइलिन बाजाको सशक्त प्रस्तुति नारायणगोपालको गीति विशेषता नै हो । यसैगरी उनका गीतहरू प्रायः गितारवादक मदनसिंह नेपाली, भूपेन्द्र रायमाझी, दीपक थापा,

सुवर्ण लिम्बु र हरिश माथेमाले गितार बजाएका छन् स्टुडियो रेकर्डमा । मेन्डोलिनमा सीके रसाइली, रोजकपुरले साथ दिएका छन् भने भारत सिलिगुडीको नारायणगोपाल भक्तराज साँझमा टीका भण्डारीले पनि मेन्डोलिन वाद्यवादनमा साथ दिएका छन् उनको स्टेज प्रस्तुतिमा । उनका स्टेज प्रस्तुतिहरूमा गितारमा मदनसिंह नेपाली, तबलामा कालु गुर्जु, राजु अग्रवाल, सुवर्ण लिम्बु, भूपेन्द्र रायमाझी, दीपक थापाले साथ दिएका छन् भने मेन्डोलिनमा रोजकपुर, सीके रसाइलीले साथ दिएका छन् ।

रेडियो नेपालको गीत रेकर्डमा एकर्डियन वादनमा मदन परियार, प्रकाश गुरुङ, भाइब्रोफोनमा प्रकाश गुरुङ, बुलु मुकारुङले नारायणगोपालका गीतमा साथ दिएका छन् । यसैगरी सितारवादनमा तारावीर, उमा राय र सुशीला श्रेष्ठले साथ दिएका छन् । नारायणगोपालका गीतहरूको अर्को मुख्य आकर्षण भनेको रिदम पनि हो । छाला बाजाहरूको उपयुक्त प्रयोजनले गीतको तागत र सामथ्र्य बढाउन महŒवपूर्ण भूमिका खेलेको छ । प्रायः नारायणगोपालका स्टेज कार्यक्रम र स्टुडियोका रेकर्डमा शिशिर क्षत्री, होमनाथ उपाध्याय, राजु अग्रवाल, निरञ्जन महर्जन, महेन्द्र लाखे, कुमारसिंह, राजेन्द्र कर्ण, गोवर्धन महर्जन (इफेक्ट्स) सुधीर क्षत्रीलगायत रिदमिस्टहरूले साथ दिएका छन् । नारायणगोपाल सेक्सोफोन पनि धेरै मन पराउँथे तर त्यसलाई नेपालीकरण गरेर प्रयोग गर्न रुचाउँथे । उनका लाइभ रेकर्डहरूमा श्याम परियार र शुभबहादुरले बजाएका छन् सेक्सोफोन । नारायणगोपालका गीतहरूमा गुन्जने बाँसुरीका धुन प्रेम औतारी, जेबी लामा, र सुशील विश्वकर्माले बजाएका हुन् । पियानो वाद्यवादनमा नातिकाजी, नोर्बु छिरिङ, कमल परियार र रोज कपुरले उनलाई साथ दिएका छन् । कोरस पनि संगीतको एउटा महŒवपूर्ण भाग हो । गायिका लोचन भट्टराई, विजया गिरी, सुनिता सुब्बा, सुक्मित गुरुङ, कुन्ती मोक्तानलगायत गायिकाले उनलाई कोरस गायनमा सघाएका छन् ।यो पंक्तिकारले यिनै स्वर्णिम गायकको नाममा स्थापित नारायणगोपाल युवा संगीत पुरस्कार प्राप्त गरे ०६१ सालमा ।

०४६ सालमा भारतको सिलिगुडीमा नारायणगोपालले भक्तराज आचार्यलाई स्टेजमा वाद्यवादन मेडोलिनमा साथ दिएको सम्झना पनि अविस्मरणीय छ । नारायणगोपालसँग सहकार्य गर्दाको त्यो क्षण साँच्चिकै बिर्सिनसक्नुको छ । यस्ता स्रस्टा युगमा बिरलै जन्मन्छन् । जनताका प्रिय गायक नारायणगोपाल तिमीलाई हजार वर्षसम्म पनि नेपाल र नेपाली संगीतप्रेमी श्रोताहरूले खोजीखोजी सुनिरहनेछन् । भौतिक रूपमा तिमी नभए पनि तिम्रा स्वर नेपाली धर्तीमा अविराम गुन्जिनै रहनेछन् ।

अर्धांगिनी पेमाला कुनै बेला नारायणगोपालको गहिरो श्रोता थिइन्, कुनै दिन नारायणगोपालस“ग भेट होला भनेर सोचेकी पनि थिइनन् । तर, असम्भव नै सम्भव भएर आयो। पेमाला आफ्नो मन पर्ने गायकस“ग दाम्पत्य जीवनमा बा“धिन पुगिन्। यसमा गोपाल योञ्जनकै योगदान छ।

प्रकाशित मिति : २०१५-१२-१२ ०९:४४

(स्रोत : Rajdhani)

This entry was posted in स्रष्टा परिचय and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *