कविता : अनमोल उपहार

~बिन्दू प्याकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

जानी नजानी दुइ हरफ लेखे तिमीमा अर्पण
मन लक्ष्मी ! मन सरस्वती ! यी गुच्छा तिमीमा समर्पण .
~~~~
तिहारको दिन धूप बत्ति पूजा उज्यालो सौरब
आजैको दिन जन्मियौ तिमि नेपालको गौरब .
~~~~
जूनेली जून मदन मुना सुरिलो धुनमा
तिमि छौ प्यारा सदैब अटल जनको मनमा .
~~~~
छुपुमा छुपु कबिता रोप्दै फूलायौ बहार
शब्दैमा मोति फूलाउने तिम्रो छेमता अपार .
~~~~
कबिता भरि भाबुकता जडी मानबता जगायौ
हिर्दय भरि करुणा छरी ठुलो गुन लगायौ .
~~~~
* मानिस ठुलो दिलले हुन्छ जातले हुदैन *
सत्य शुन्दर महान बाणी कसलाई पो छुदैन ?
~~~~
शब्दका खानि कबिता दानी साहित्य भण्डार
धन्य छ युग पाएर तिम्रो * अनमोल उपहार *

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.