व्यङ्ग्य निवन्ध : ‘माइ-नोज’ अंकलसँग नेपाली Movie Watch गर्नेहरु !

~मनोज गजुरेल~Manoj Gajurel

अमेरिकाको आसुतोशले भन्यो- ‘यु नो माइनोज अंकल !’

मैंले जवाफ फर्काएं-‘माइनोज’ हैन बाबु, मनोज !’

‘ओह, गाण ईट, म्यान-ओज अंकल !’

मैले सम्झाएँ- ‘म्यान ओज हैन, ‘मनोज’ ओके !’

अली झर्को मान्दै बोल्यो- ‘माइनोज अर म्यान ओज, ह्वाट एवर ! यु नो, यस्टरडे मैले नेफाली मुभी वाच गरेको नि !’

सोधें-’ कुन मुभी वाच गरेको बाबु ?’

बाबु बोल्यो- ‘रिमाइन !’

म गहिरो सोंचमा डूबें- ‘रिमाइन…’

‘रिमाइन..!’

‘तर मैले ‘रिमाइन मुभीको बारेमा सुनेको छैन !’

एकैछिन थप सोच्यो र बोल्यो- ‘आइ एम जस्ट कन्फ्यूज्ड, इट वाज ‘रिमाइन’ अर समिथंग लाइक द् याट !’

म अलमलमा परें- ‘एक्टर्स हरुको नाम के थियो बाबु ? ’

उसले झटपट भन्योः ‘र्..याम’ एण्ड ‘स्वीटहार्ट’ – अनि को-एक्टर्स वाज ल्याक्स-म्यान !’

‘रिमाइन्ड’ बारेमा माइन्डले अझै टिपेन । फेरी सोधेँ- ‘मुभी कुन टपिकमा थियो ?’

उ हत्तपत्त बोल्यो – ‘र्..याम’ एण्ड ‘स्वीटहार्ट’ ‘क्याम्प फायर’ गर्न जंगल गएको सीन वाज सो…ब्युटिफुल !’

मेरो स्टेसन बल्ल टिप्यो-थोरै खुशी लाग्यो, कम्तीमा उसले हाम्रो सांस्कृतिक/धार्मिक सिनेमा प्रति रुची त राखेछ ! थोरै हाँसो पनि उठ्यो-नेपाली र संस्कृत भाषाको अंग्रेजीकरण क्या रमाइलो हुंदो रहेछ ! धेरै दु:ख लाग्यो- भोलिका यी गैर् आवासिय नेपाली हुर्किएपछी ‘नेपाल बाहिरको नेपाली भाषा-सँस्क्रिती कस्तो हुने होला !’

मैले बुझाउने प्रयत्न गरेँ- ‘रिमाइन’ हैन ‘रामायण’, यो एउटा धार्मिक मुभी हो बाबु ! अनि एक्टर्सहरुको नाम कम्प्युटरको ‘र् याम’ र जवानकी स्विटहार्ट हैन, दशरथपुत्र राम र जनकपुर की सिता हुन ।!’

अमृकि शैलीमा ‘अं ..अं’ गर्दै उ बोल्यो- ‘गाण इट !’

मैले थप प्रस्ट्याएँ- ‘अनि हि-म्यान जस्तो ‘ल्याक्स-म्यान’ हैन, लक्ष्मण हो, यू गट इट ?’

बोल्यो- ‘गाण इट’ !

म थप्दै गएँ- ‘उनीहरु फायर क्याम्प गर्न हैन, १२ बर्ष अन्डरग्राउण्ड हुन जंगल गएका हुन् ।’

उ जिग्यासु बन्यो- ‘ ओ माइ गाण, टुवेल इयर इन जंगल ! आर दे माओइष्ट ?!’

हाँसो थाम्दै बोलेँ – ‘ नो बाबु, द् याट इज अ धार्मिक कथा । भेरी ओल्ड स्टोरी , यू गट इट ?’

फेरी अमृकि शैलीमा मुन्टो हल्लायो- ‘अँ, अँ !’

एकैछिन सोचेपछि फेरी सोध्यो- ‘मुभिमा उनीहरु ‘हर्सले तान्ने ट्रक’ चढेर जंगल गएको थियो, डिडन्त थे ह्याभ ग्याँस एट द् याट टायम ?’

मैले संझाऐं: ‘हर्सले तान्ने ट्रक हैन,त्यसको नाम ‘अस्व-र’थ हो बाबु !’

उ हल्का हाँस्यो-’ओह, आइ थट- त्यो ‘नेपाल मेड ट्रक’ हो, अनि पेट्रोल नभएर हर्सले पुल गरेको होला !’

म पनि हल्का हासें- उसको उत्सुकता अझैं सकिएको थिएन- ‘वान थिङ अंकल, ह्वाइ डिड दे फाइट वीथ वेम्बो-गन ? त्यसबेला मेसिन-गन थिएन ?!’

मैले संझाऐं: ‘त्यसको नाम धनु-कांण हो, ‘वेम्बो गन’ हैन । धनु-कांण एउटा ऐतिहासिक हतियार पनि हो ।’

उसको उत्सुकता बढ्दै गयो- ‘ह्वाट इज ‘यटी-ह्याज अ सिक ?’

उ पुन: कन्फ्युज भन्यो- ‘इज इट अबाउट यती ?’

मैले बुझाउने अन्तिम प्रयास गरेँ- ‘नो ‘यति ह्याज अ विक’, ऐतिहासिक ! मिनिङ हिस्टोरिकल !’

केही बुझे झैँ गर्दै उसले कुरो टुङ्यायो- ‘अंकल, आइ एम क्रेजी टु लर्न आवर हिस्ट्री एण्ड कल्चर ! बट हाउ ? नो आइडिया !!’ तेसपछी उ सकर हेर्न थाल्यो ।

यो प्रसङ्गको मनोबैग्यानिक अर्थ हुन्छ- ग्रैह आवासिय नेपालीका नानीहरु आफ्नो मूल भुमीको भाषा,संस्कृति र इतिहास जान्न उत्सुक छन ! यस बिषयमा सर्जक, समाज र अविभावकले गम्भिरका साथ आ आफ्नो दायित्व निर्वाह गर्न जरुरी छ ।

अविभावकहरुको दायीत्व

-बिदेशमा हुर्किएका धेरै नानीहरुलाई ‘नेपाली हौ ?’ भनेर सोद्धा- ‘नो, माइ पेरेन्ट्स आर नेपाली भन्दछन ।‘ उनीहरुलाई- ‘यस, ओरिजिनल्ली एन्ड कल्चरल्ली आइ एम नेपाली !’ भन्नमा गर्व हुने पारिवारिक बातावरण दिए कति जाति हुन्थ्यो !

-’अमेरिकामा त बच्चा बच्चाले अंग्रेजी बोल्दा रहेछन् बाबै !’ भनेजस्तो उनिहरुलाई अंग्रेजी सिकाउनै पर्दैन, नेपाली सिक्ने अनी सिकाउने प्रेरणा र प्रयास गरे झन जाति हुन्थ्यो । ।

-नेपालीको बच्चाले नेपाली अक्षर देखेर ‘थाइ अर तामील, ह्वीच लेटर इज दिस’ भनेर सोद्धा भन्दा बाबु आमाको मन कटक्क हुनु पर्ने हो ! कम्तीमा नेपाली पत्रिका र अनलाईन समाचार नेपालीमै पढ्न सक्ने बनाए झन अती जाति हुन्थ्यो ।

-बिदेशमा स्थायी बस्नेलाई पूर्ण नेपाली बनाउनु होईन, त्यहींको अवस्था र अवसरसंग प्रतिस्पर्धा गर्नसक्ने बनाउनु उत्तम हो । बच्चाहरुले बैनी स्याहार्न पुगेकी हजुर आमालाई ‘हाइ हैन ‘नमस्ते’ भनुन्, बाबु आमालाई ‘इट्स माइ लाइफ’ नभनुन्- ‘ह्वाट इज योर एडभाइस् ?’ भनुन् ।यति भए जत्ती हुन्थ्यो ।

-नेपाली कार्यक्रममा जांदा नानीहरुलाई ‘खेलुन’ भनेर हलभरी छोडी दिनुको साटो कायक्रम सुन्न, बुझ्न र बुझाउन प्रयत्न गरे झन कति हो कति राम्रो हुन्थ्यो !

-फेरी ‘राष्ट्रप्रेमी’ बनाउने नाममा आफ्ना नानीहरु ‘उंटको चाल न बकुल्लाको’ चालका नबनुन्, जुन समाज र देशमा बसेकाछन, त्यहाँपनी प्रतिस्पर्धामा खरो उत्रिए त झन सुनमा सुगन्ध नै भैहाल्यो !

-बिदेशमा त बच्चा बच्चाले अङ्रेजी बोल्दा रहेछन, सिकाउनै नपर्ने ! घर परिवार र आफन्तसँग बोल्दा नेपाली बोले मात्रै पनि पुग्थ्यो !(हा.हा.हा.)

सर्जकहरुको दायीत्व

-’लास्टमा हिरो जित्ने’’ फिल्म मात्र हैन भाषा संस्कृति झल्कने पनि बनुन् जसबाट नानीहरुले आफ्नो मुलभुमीलाई नजिकबाट बुझ्न सकुन् ।
-कमेडीहरु ‘ट्याउं’ ‘ढ्याउं’ र ‘ढिकिच्याउं’को साउण्ड इफेक्टमात्र हैन, सब टाइटल सहित, रियल कमेडी बनाउँ- जसले नानीहरुलाई तान्न सकोस् ।

-गीत र कविताहरुमा भावनात्मक रास्ट्रबादको राग मात्र हैन, ती नानीहरुले भुल्न लागेको नेपालीपनलाई पनि ध्यान दिएर उनिहरुलाई लाइनमा ल्याउने खालका पनि सिर्जना गरौं ।

-प्राय नेपाली कार्यक्रमहरुमा भाषा र संस्कृति बुझ्न नसक्ने नानीहरु पनि हुन्छन्, तिनिरुलाई पनि संबोधन गरौं ताकी उनिहरुले ठानुन् यो हाम्रो पनि कार्यक्रम हो

-ती नानी र किशोर-किशोरिहरुको मनोबिग्यान बुझौँ र उनिहरुलाई हाम्रो सिर्जनाले तान्ने प्रयास गरौं । के खोज्छन, त्यो मात्र दिने होईन- के आवस्यक छ- त्यो पनि पस्कने प्रयास ! ध्यान दिऔँ-भोलीको नेपाल बाहिरको नेपाल यिनै ’नेपाली मुभी वाच गर्नेहरु’ नै हुन ।

संस्थाहरुको दायीत्व

-’डु यु लाइक नेपाली म्युजिक एण्ड ड्रामा ?’ सोध्दा नाक खुम्चयाउंदै भन्छन्- ’यस अंकल, बट आइ कान्ट अण्डरस्ट्याण्ड नेफाली !’ ग्रैह आवासीय नेपालीको तपाईं पहिलो पुस्ताले नदिए दोश्रो वा तेश्रो पुस्ताले भन्नेछ- ’माइ ग्राण्ड फादर वेर फ्रम सम होएर इन एसियन कन्ट्री ।’

-नेपाली मुभी वाच गर्नेहरु नै भोलीका एनआरएनहरु हुन् । तिनलाई चुस्त, दुरुस्त र प्रष्ट राख्नकालागी अविभावक नेपाली समाज र हामी सर्जकहरुको त्रि-पक्षिय सहकार्यको खांचो छ ।

-विदेशमा सबैभन्दा महंगो भनेको समय हो । समयको महत्वलाई ध्यानमा राखेर छोटा, छरिता र छुट्टीको समयमा भाषा, संस्कृति र संस्कारका कक्षाहरु सँचालन गरे गज्जब हुन्थ्यो ।

-केही अविभावकलाई लाग्छ- बिदेशमा बस्नु छ, नेपाली सिकेर के काम ! तिनिहरुलाई रगतबाट भाषा र संस्कृति सुक्यो भने समाजमा बिकृतिको क्यान्सर लाग्न सक्छ भनेर संझाए अझ गज्जब हुन्थ्यो ।

-अनि केहीलाई लाग्दो हो- बिदेशमा बसेपनि मेरी छोरीलाई म ‘पूर्ण रुपमा नेपाली वाताबरण’मा नै हुर्काउंछु ! प्रतिपर्धा गर्नुछ यहां, नेपाली भाषाले मात्रै हुदैन- संस्कार र संस्कृति मात्रै सिके पनि ठुलो ठूलो कुरा हो भनेर आफैं बुझे उत्तम हुन्थ्यो !

– आ-आफ्ना संस्कार अनुसारका प्रगतिशिल न्वारान गर्ने, सकेसम्म नेपालीपन झल्कने नाम राख्ने, बेबी सावर, वर्थ डे पार्टी जस्ता कार्यक्रमहरुसंगै आफ्नो सांस्कृतिक चाडहरुलाई पनि प्रयोगमा ल्याउन आह्वान गरे सर्बोत्तम हुन्थ्यो !

-यसकालागी सही बाटो के हुन सक्छ मन्थन गरौं । न्युजर्सिका अनन्त रिसाल यसकालागी लागिरहेकाछन् । फ्लोरिडाका बिमल नेपाल, क्यालिफोर्नियाका अनिल पाण्डे र हरिहर दहालहरु प्रयत्नसिल छन् । अष्ट्रलियामा भवानी ओली, क्यानाडामा गोविन्दिसंह रावत, हंगकंगमा अमोद राइ र गणेश इजमहरु, रसियामा जीवा लामिछानेहरु पनि ‘भोलिका एनआरएनहरु’लाई (ए, नारान ! हा..हा.हा) नेपालीपन र नेपालीमन दिन खोज्दैछन । मैले थाहा नपाएका अरुपनी थुप्रै भाषा संस्कृतिप्रेमीहरु संसारमा क्रियासिल रहेकै हुनुपर्छ । यी ‘मसिना गैह्र आवासिय नेपालीहरु’कालागी ग्लोबल नेपाली कोर्स के हुन सक्छ, सामुहिक छलफल गरौं । नत्र अहीले नेफाली मुभी वाच गर्नेहरु पछि ‘इज नेपल्स इज इन इटली ?’ भन्न बेर लाउन्नन है !

June 25th, 2010

(स्रोत : Mysansar.com)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.