कविता : म र उनी

~विनय गौतम~Binay Gautam

म र उनी
पहिले र अहिले
के फरक छ र।
फरक छ केवल
रंग र वजनको,
शब्द र आवाजको,
पुर्ण र अपुर्णताको।

म र उनी
पहिले ऊनको शब्दमा
मिठास थियो
अहिले मलिनता
पहिले मुस्कराहट
अहिले रोदन
पहिले हरियाली
अहिले मरुभुमी
पहिले कानुन थियो
अहिले कानुन स्खलित भएको छ।
फरक के छ र भन्नु खै
पहिला देश र राज्य
दुवै थिए
अहिले नक्सा पनि
मेटिन थालेको छ
राष्र्टियता पनि
खुलेआम बजारमा लिलाम हुदैछ
पहिला पाप र धर्मको फरक थियो
अहिले पाप नै धर्म भईसकेछ।

म र उनी
पहिले र अहिले
के फरक छ र?
म सामन्य नागरिक
उनी असामन्य नागरिक।

विनय गौतम
टोरोन्टो,क्यानडा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.