दन्ते कथा : एक देशमा

~निशा खनाल अर्याल~Nisha Khanal Aryal

तेल अभिव चैत्र ११,

एउटा गाउँ नजिकैको जंगलमा लामकाने गरेको राक्षसहरु बस्दा रहेछन, । डाडा पारीको जंगल देखि केहि किलो मिटरमा सर्बसाधारण मानिसहरुको बस्ति थियो त्यहा केहि घर जोगी तथा बाहुन ब्राह्मणहरुका पनि थिए,।

सधै अरुको घरमा पुजा पाठ लगाएर दौनिक मागी ल्याएर आफ्नो परिवारको जीविका चलाइ रहेका ब्राह्मणहरुको छोरा छोरीहरुलाई राम्रो शिक्षा दिन गाउकै कमाईमा प्रयाप्त नभएको हुदा एक दिन दुई ब्राह्मणले सल्लाह गरि गाउ देखि टाडा अर्को सहरमा गएर केहि रुपैया ,पैसा कमाइ ल्याउने भनेर घर देखि हिडे ।

दिन भरिको हिडाईमा लाथ्रम्म थाकेका यी दुई ब्राह्मण जंगलको बाटो काट्न केहि समय अझै बाकी थियो हिड्दै जादा झमक्कै साझ पर्यो,। अझै केहि घण्टा हिडे पछी मात्र पल्लो डाडा काटेर गाउ आइ पुग्ने भएकोले उनीहरु निक्कै थकित भएकोले रुखको फेदमा बस्दै हिड्दा अन्धकार रात पर्यो, । जंगलको बाटो बाध,भालु ,साप किराहरुको डरले थर थर काप्दै हे हरि हामीलाई बास बस्ने ठाउँ देखाऊ भन्दै पुकार्दै डराई डराई हिड्दै थिए, ,अँधेरी रातले गर्दा अब उनीहरुले बाटोलाई समेत ठम्याउन सकेन्न तर त्यही अलि टाडा जुनकिरीको झैँ झिप झिप ,धिप धिप गरेर बत्तिको उल्यालो देखेर अलि आट गरेर पाइला छिटो छिटो लम्काए ।, दुईले त्यही बास माग्ने मिलो मत्तो गरेर सानो झुपडीको नजिकै बाहिर पट्टि उभिएर बोलाए ।

हैन कोहि घरमा हुनु हुन्छ कि? गुमसुन जंगलमा एउटा सानो कुटी देखेर खुशी हुदै बास माग्न आको है हामी त । पल्लो डाडा काटेर गाउ जान हिडेका यही रात पर्यो । औशिको रात चकमन्न ,सुनसान छ ,लाखात्रम भएर पसिनै पसिनामा भिजेका ती दुइ ब्रह्मंले निधारको पसिना शिवको जटा बाट गंगा बहे झैँ औलाले पसिनालाई निथार्दै बाहिरको बरण्डामा थुचुक्क बसेर खुई खुई गर्न थाले । ,खै कोहि पनि बोल्दैनन त् छैन कि क्या हो ? बाहिर गुनगुन गर्ने को हो हा .”.लम्काने राक्षस् । दिनभरी भोक्कै प्यासी बसेका धेरै छोरा छोरी भएको त्यो राक्षस् ती दुइ ब्राह्मणलाइ देखेर अति नै खुशीले गद्गद भै झुपडीको एउटा कुनाबाट निस्कदै भन्यो, ओहो । मध्यरातको पाहुना भगवानले पठाएका हाम्रो सानो झुपडीमा आउनु होश भित्र, किन नदिनु र बास । तपाइहरुलाई देखेर मन अति नै हर्सित भएको छ ।

अति नै खुशी छु ,लौ भित्र जाउ ,म केहि खानेकुरा श्रीमतीलाई तयार गर्न भन्छु, तपाईहरु अति नै थाक्नु भएको छ हात मुख धोएर बस्नु होश,उ पर त्यहा धारा छ । बाहिर बाट बाधको झुपडी झैँ देखिए पनि भित्र भने अति नै ठुलो र फराकिलो अनि धेरै जना परिवार देखेर ,बाहुनले सोधे सबै जना एकै साथ हुदा अति नै रमाइलो हुन्छ हैन त् ? तर परिवार चलाउन चाही एक्लोको कमाइ भयो भने गाह्रो । मेरो झैँ तपाईका पनि बच्चाहरु साना नै रैछन । आज दिनभरी बाटो हिड्दा एकै जनालाई पनि देख्न पाइएको थिएँन यहा आएर सबै परिवारलाई देख्दा खुशि लाग्यो भन्दै मुखा मुख गरे ती दुई ब्रह्मंले । लाम्कने राक्षस् ले आफ्नी श्रीमती लाम्कानीलाइ ठुलो स्वरले थर्काउदै भन्यो घरमा पाहुना आएको थाहा पाएनौ कि कसो ?, आफ्नो कुरामा सबै मस्त छौ त चाडैं गरेर सबै मिलि जुली मिठो खान बनाएर पाहुनाको सत्कार गर । अनि तिमीहरु पछी रमाउनु । लाम्कानेले उसको छोरा लाम्बाधेलाई अह्राउदै भन्यो तैले गएर राम्रो संग बिछ्यौना तयार गर ।

खानाको परिकार पाकेको मिठो बस्नाले बाहुनहरू आपसमा कुरा गर्न लागे ,घर झुपडी भए पनि मन भने अति नै ठुलो भएका रहेछन ,सम्पति त् केहि देखिदैन हामी झैँ दिनभरी कमाएर परिवारको जिवीका काट्ने झैँ देखिन्छन । जे भए पनि मनोकरी रैछन ,आजको रात काटेर बिहान चाडै उठी हिड्नु पर्छ दिन भरिमा त डाडा काटे पछी गाउ पुगिन्छ । उनीहरु आनन्दको सास लिदै मात्र के थिए ,शरिरको पसिना मात्र केहि ओभाएको थियो ,लाम्कनिले भान्सा बाट कराँइन ए लाम्बाधे ,गएर पाहुनालाई भान्सा तयार भयो भन त् । बोलाएर ल्याउ लाम्बाधे लौ हजुर खान जाउ । हजुरहरु पनि खाना खाएर आराम गर्नुहोश अनि हामी पनि गर्छु रात छिपिएको छ । हुन्छ नि बाबु, किन यति दुख गर्नु पर्थ्यो र ?, भन्दै ति दुइ ब्रह्मण भान्सा तिर पसे पिरह्मा बसेर खाना मिठो धेरै परिकारको एकै छिनमा पकाएको देखेर मन हर्सित गर्दै दिनभरी भोकले प्यासिएको मन धमाधम ठुलो ठुलो गास हालेर खान लागे ।

लाम्कानी मुसु मुसु हास्दै मन मनै भन्दै थिइ ल ल खाऊ खाऊ अहिले तिमीहरु भोको छौ ,मनलाई सन्तुष्ट पार अलिक बेरमा तिमीहरुलाई हामीले त्यसै गरि पक्वान बनाएर आत्मा तृप्त गर्ने छौ । हामी पनि तिमीहरु जस्तै दिनभरी केहि खान नपाएर भोकले चुई चुई गरेर बसेका छौ । मनमा गुन्दै लाम्कानी केहि लिनु हुन्छ कि ? त्यही बेला, पल्लो कोठामा बसेर लाम्कानेको छोरा छोरीहरु आपसमा तक्राड गर्न लागे । म आज ह्याकुला खान्छु धेरै दिन भाको छ खान नपाएको ,अर्कोले भन्छ म ,खुट्टाको फिल्ला खान्छु त् कोहि के कोहि के …यस्तै प्रकारले कुरा गर्दा खास खुस गरेको बाहुन बुडोको कानमा पर्यो । ओहो आज त् नराम्रो गरि पो फसिए छ त् ? हामी त् राक्षस् को घरमा पो आइ पुगेका रहेछौ, यो मध्यरातमा अब कतै जाने ठाउ पनि छैन लौ के गर्नु अब भनेर चिट चिट पसिना आउन् थाल्यो ,खाना पनि सर्किये झैँ भयो, ,…. ।

लाम्कानी केहि थप्यौ कि? भयो भयो । यही खाएको पनि निस्केला भयो । लौ हिड्नु होश म तपाइहरुलाई सुत्ने ठाउ देखाइ दिन्छु गएर आराम गर्नु होला । हामी हात धोएर कुल्ला गरी आउछौ है नानी !बाहुनले त्यति भन्दै बाहिर हात धुन आएको बेला अर्कालाई भने तिमीले केहि सुनौ । हामी कुनै साधारण मानिसको घरमा हैनौ ,यो घंधोर जंगलमा कसरी एउटा झुपडी मात्र भएका मानिस बसे होलान भनेर अकान्दै सोच्दै थिए । तर यो साधारण मानिसको घर होइन रैछ राक्षस् को पो परेछ । हेर्दा मानिस झैँ रुप परेर बसेका रैछन हामीलाई एकछिन पछी काटेर उनीहरु आफ्नो आत्मा सन्तुष्ट गर्ने कुरा गर्दै धेरै भोकाएका छोरा छोरीहरुलाई पानि उमाल्न त हतियारलाई धारिलो पार भन्दै अराउदै थियो । ए सुन्छन बिस्तारै बोल भन्दै थियो हामी सुतेको बेला हामीलाई काट्ने कुरा गरेको मैले सुने तिमीले सुनौ कि ? हो मैले पनि सुनेर नै खाना सर्कियो मलाई आज मरिने भैयो उपाए केहि देख्दिन ,…।

अब हामीले उनीहरुलाई भित्र हैन बाहिर सुत्ने भनेर भन्नु पर्छ अनि राति भाग्नु पर्छ अरु उपाए छैन अर्को बाहुनले भन्यो हामी कहाँ र कसरि भाग्ने आखाले केहि देखिदैन । आज कस्तो दुर्भाग्यले राक्षस्को फेला परिएछ । मिठो बोली ,मन्द मुस्कान र एकै छिनमा धेरै परिकार खान दिएको परिणाम थाहा पाएका ब्रह्मणले अब बाच्ने उपाए कौशाल्य लगाउन थाले जसरी मानिसको शरीरमा भुत प्रेत लागेको भनेर त्यही बाहुनहरुले झार फुक गरेर उपाए बताउछन र आत्मा सन्तुष्टि दिन खोज्दछन हो ठिक त्यसै गरि अब जे भए पनि मरिने नै भयो सके सम्म बाच्ने कोशिश गरौ भन्दै ,….। ल आउनुहोश है हजुरहरुलाई भित्र पल्लो कोठामा बियौना तयार पारेका छौ गएर आराम गर्नुहोश । टाडा बाट अति नै थाकेर आउनु भएको छ गएर सुतनुहोश । दुबैले एक अर्कालाई हेरे अनि एउटाले बोल्यो ए नानी हामीलाई बाहिर बरण्ड़ामा यसो एउटा सानो दारी बिछ्याई देउ त्यही ठण्डा खुल्ला हावामा मिठो निन्द्रा लाग्छ हाम्रो सधै बाहिर सुत्ने बानीले गर्दा भित्र उकुश मुकुश भएर निन्द्रा लाग्दैन त्यसैले बिछ्यौना हामीलाई चाहिदैन ,एउटा कम्मल भए पुग्छ । यसो शरीरमा ढाक्न ।

ए भै हाल्छ नि तर बरन्डाको छेउमा हाम्रो सानो भकारी छ त्यहि छेउमा लगाई दिन्छु नि त् । अँध्यारोमा केहि देख्नु हुन्न नि कतै निस्कनु परे बोलाउनु होला है हामी सुतेका हुदैनौ । हुन्छ बाबु ! राती सबै सुतेको बेला भाग्ने दाउ खोज्दै गरेका ती दुई सुते झैँ , गरी घुर्घुर घुरे झैँ गर्न थाले ए ल थाकेर लाख्त्राम भएका यी दुई निदाए भनेर लाम्काने राक्षस्ले भन्यो । ल गएर पानी बसाल आज मिठो गरि पाकाउ है त कवाफ । यस्ता कुरा सुतेका झैँ गरेका बाहुनले अब यही कुरामा यिनीहरु मस्त भाको बेला भाग्यौ भनेर बिस्तारै आफुले ओढेर सुतेको कम्मल भाकरिलाई गुटु मुटु परेर छोपी दिए अनि आफुहरु त्यहाबाट निस्केर अलि निक्कै परको एउटा ठुलो रुखमा माथि चढेर हरी नाम जप्दै जसरी बादरले रुखलाई च्याप पक्डेर बस्छ ठिक त्यसै गरि हान्गोलाई पक्डेर थर्थर काप्दै हे प्रभु हाम्रो प्रणा बचाऊ भन्दै टप टप गालामा नरोकी बगेका आशु हातको कुइनाले घरि घरि पुछ्दै बसेका थिए ।

चम्किला हतियारको साथ पानी भकभक उमालेर सबै जनाले चारै तिर बाट घेरी बाहिर सुति रहेका ती दुईलाई काट्न लाम्कानेले खुकुरी उठाएर हान्यो मानिसलाई हानेको सम्झेर आफ्नो बल प्रयोग गरेको त्यो चम्किलो खुकुरीले उसको भकारी दुई फख्खा भयो अनि अलि कति पनि नचल्बलाएकोले त्यो ओढने उठाएर हेर्दा त् भकारी पो दुई टुक्रा भएको देखेर ए लौ तिनीहरुले त हामीलाई यति ठुलो चक्मा दिएर भागे छन् कहाँ गए होलान त ल सबै जना एउटा मुस्लो आगो लिएर खोज्न हिड, आज तिनीहरुलाई नकाटी हुन्न भन्दै रिसले चुर भएर राता राता आखा गर्दै सबै रन्थनिएर खोज्न हिडे । रुख बिरुवालाई फाट्दै आगोको ज्वाला लिएर हल्ला गर्दै आएको देखेर पर ठुलो रुखमा बसेका ती बाहुनले देखि आज हामीलाई नछाड्ने नै भए अब के गर्ने भन्दै दुवै लास्यक लुसुक अलि माथि चढन थाल्दा खस्यक खुसुक आवाज सुनेर माथि तिर हेर्दै जादा आगोको राको लिएको छोराले देखेर चिच्याओ.. । बाबा बाबा यहा लुकेर बसेका रैछन यी आउनु त हेर्नु ।

यस्तो सुनेर लाम्काने रिसले चुर हुदै ल तिमीहरु चारै तिर बाट घेर र लाम्बाधे त्यहा चढेर त्यसलाई झार त्यहा बाट झरी सक्दा म एकै चोटी छिनाउछु, यस्तो सुनेर एउटाले रुखको फेदमा माथि तिर आगो देखाए र अरु चढन थाले बाबु आमा आखा माथि लगाएर एकहोरो हेरी रहेका थिए त्यही बेला डरले लग लग काप्दै , माथि बाट ती दुई बाहुनले दिशा र पिशाब फेर्न लागे ,रुखको हाँगामा ठोकिएर त्यो दिशा पिशाप आकाश माथिबाट बर्सिएको पानी झैँ त्यो दुई बाहुनका पिसाबले बलि रहेको आगो निभ्यो र, दिशाले आखा भरि सबैको पर्नाले केहि देखेनन । लौ यो अँध्यारोमा केहि देखिदैन आखामा खै के पर्यो पर्यो यति बलै किन पानी पर्नु परेको हो बली राखेको आगोको राको पनि निभ्यो खै कसरी तिनीहरुलाई उतार्नु अब भन्दै कराउन लागे लाम्कानेले भन्यो भयो अहिले अँन्धेरी रातले होला केहि देखिएको छैन पानी पनि अहिले नै पर्नु परेको ल हिड फेरी भिजिंन्छ यिनीहरु कहिँ जादैन्न राति नै एक बिहानै आएर पक्डेर लानु पर्छ ।

लामबाधे ले भन्यो ए बाबा म यही बस्छु कुरेर तर आखा पो देख्दिन खै के पर्यो माथिबाट झरेर । ल पर्दैन बिहानै झिस मिसेमा आएस भन्दै सबै घर तिर लागे यसरी ती बाहुन्हरुले मनमा श्रीहरिको आर्धना गर्दै बिस्तारै रुख बाट ओर्लिएर आफ्नो प्राण बचाउन त्यहा देखि भागे । आखाले केहि देखिदैन लछार, पछार हुदै रुखमा ठोकिदै शरिका सबै कपडा छिन छिन भएर च्यातिएर, त्यसरी भाग्दै जादा केहि समय पछी झिस मिसमा देखिएको उज्यालो र डाडानजिकै आएको देखेर खुशी हुदै बिहानीको सूर्यलाई प्राणम गरि आफ्नो प्राणको रक्षा गरिदिनु भएकोमा आभार प्रकट गर्दै एक्कै छिन थुचुक्क बसे भुइँमा । यसरी हिम्मत र बुद्धि अपनाए र राक्षस्हरु संग बाच्न सफल भएका यी दुईले सधै प्रभु परमात्मा प्रति शिर झुकाउदै बुद्धिजीवि, विवेकशील मानबको परिचय दिदै उदारहण बनेर देखाए।

निशा खनाल अर्याल,
हाल इजरायल

(स्रोत : कान्तिपुर – नारी मासिक)

This entry was posted in लोक कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *