देउडा गीत : भोट्यादाईका राडी काम्ब्ला

~चन्द्र कुवँर ‘चन्द्रमा’~Chandra Kuwar 'Chandrama'

भोट्यादाईका राडी काम्ब्ला , जुम्लिदाईका पाखी ।
मेरो माया अझै पनि , तुई ठौर छ बाकी ।।

दालभात खानु टप्परिमा , साग खानु दुनामा ।
तेरो माया राख्याकै छु , मुटुका कुनामा ।।

अग्लारुख घोल पुरन्ना , कँगया का जोला ।
कैलै मिलन कैलै विछोड , यो मनुष्य चोला ।।

भरोसा केईपनी छैन , मान्छेका कायाको ।
कान रन्का भिज्याकाई छन , उई डाँडा गायाको ।।

भुल्न खोज्दा भुल्लिदैन , कसो गर्नु मैले ।
उती गैलो मेरो माया , राईसकिन तैले ।।

की भोट्या भोटमा राम्रो , कि महा चिनमा ।
एक पटक गौड्या भेट होइजा , अबका दिनमा ।।
कठै सम्झना कि मरु

चन्द्र कुवँर ” चन्द्रमा ”
बुढाकोट ५ , अछाम ।
बसाई धनगढी , हाल – मुम्बई बाट ।

(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )

This entry was posted in देउडा गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.