समालोचना : ‘नारीचुली’का लेखक प्रर्साई हुन् या राणा

~पुष्कर लोहनी~Pushkar Lohani

केही दिनअगाडि मेरो हातमा एउटा मोटो किताब आइपुग्यो- सुनौला अक्षरमा लेखिएको WOMEN WRITERS OF NEPAL- झण्डै छ सय पृष्ठको । अनि नारी चुल्ठो अर्थात् बटारिएको कपालको तस्वीर- अस्मिना रंजीतको कला हो कि – Profiles and Perspective लेखिएपछि अनि छुट्टै लाइनमा लेखिएको अक्षर- JAGADISH RANA मनमा खुलदुली लाग्यो- जगदीश शमशेरले अङ्ग्रेजीमा ‘नारीचुली’को अनुवाद गर्दै हुनुहुन्छ भन्ने गाइँगुइँ पनि नचलेको होइन, चलेकै हो राम्रैसित- मज्जैसित । नरेन्द्रराज प्रर्साईको घनिष्टता र विश्वासिलोपनको मीठो उपहार हो कि भनी ठानेँ ।

तर मनमा च्वास्स बिझिहाल्यो- किताबको आवरणमा लेखिएको JAGADISH RANA अक्षरले । कहीँ राणाले प्रर्साईलाई लात हान्न त पुग्नुभएन भन्ने कुराले मलाई शङ्काको दुनियाँमा पुर्‍याइहाल्यो । इरेज गर्ने परम्परा अर्थात् अरूको नामनिशानालाई धूलोमा मेटाउने अभियानमा लागेकाहरूको ताँती पनि त कम छैन यहाँ । लोभि र पापीको दुनियाँ- अरूको वालीमा रजाइँ गर्दाको आनन्द पनि त बेग्लै हुने नै भयो । Hard Cover- लोभलाग्दो रातो रङको मोटो किताब । पछाडि फर्काएपछिको त्जभ ब्गतजभच भनेर परिचयको साथै जगदीश शमशेरको तस्वीर । बुझिहालेँ- राणाले आफूलाई मौलिक लेखकको रूपमा चिनाउन खोज्नुभएको रहेछ- अनुवादक भनेर होइन ।

किताब पल्टाएँ- उल्टो वाइन्डीङ रहेछ । नमज्जा लाग्यो- दुस्वप्नको सङ्केत ! अनि सम्झेँ कवि मिल्टनले भनेको वाक्य- ‘Time will revenge’ उल्टयाउँदा पछाडिको कभरको अक्षर र तस्वीर पनि उल्टै भएर तल पर्‍यो ।
जगदीश राणाको Women writers of Nepal- Profiles and Perspective को मुनि ब्राकेटभित्रको अक्षरले मेरो चित्त काटयो । गर्न नहुने काम भयो- जगदीश शमशेरजस्तो व्यक्तिबाट । हुन त नेपालमा यस्ता काम गर्नेहरू तिनै विद्वान् भनाउँदाहरूले नै सुरु गरेका थिए- वालचन्द्र शर्मा भनौं, डिल्लीरमण रेग्मी भनौ, ढुण्डिराज भनौ अथवा अरू त्यस्तै त्यस्तैहरूले लाज पचाउँदाको स्वरूप ! ‘थुइक्क’ मेरो मुखबाट शब्द निस्कियो । जगदीश शमशेरले नारीचुलीको अनुवादक भनिदिएको भए के बिग्रिन्थ्यो र – बुझक्कड बन्न खोज्दा अथवा सल्लाह दिनेले सल्लाहा दिँदाको फल स्वरूप- (Dates and Data Adopted from Narichuli of Narendra Raj Prasai)- नरेन्द्रराज प्रर्साईको ‘नारीचुली’बाट तिथि मिति तथा सामग्री ‘Adopt’ गरेको । अर्थात् कुनै किसिमबाट पूर्ण रूपमा आफ्नो बनाइएको तथ्यले नारीचुलीको मौलिकतामाथि शङ्का जोसुकैको मनमा नपरी छाड्दैन । खुल्लम खुल्ला ‘Adopt’ गरे भन्नुको मतलब जसले जेसुकै भनोस् अथवा जेसुकै गरोस् जगदीश राणाले त्यो अङ्ग्रेजीमा लेखिएको किताबको आधारशिला चाहिँ ‘नारीचुली’ नै हो ।

‘Adopt’ गरेको माल मौलिक हुन्छ कि हुँदैन- अथवा ‘Adopt’ गरिसकेपछि किताबको रूप र रङलाई आफू सुहाउँदो किसिमले आफ्नै ढङ्गले ढाल्न पाइन्छ कि पाइँदैन जस्ता कुरा पनि अवश्य उठ्ने छ । ब्मयउतभत का नाउँमा अरूको माल जस्ताको तस्तै ग्रहण गरेर आफ्नो बनाउन पाइन्न । ग्रहण गरे तापनि मूल रूपमा उसको अस्तित्व रहिरहेकै हुन्छ । फेरि एउटा कुरा नेपाली साहित्यमा विभिन्न समयमा विभिन्न किसिमले अरूको माल ग्रहण गरे तापनि त्यहाँ सही व्यक्तिलाई उपस्थिति चाहिँ गरिएको पाइएको छैन । लेखनदासहरूलाई ज्याला दिलाएर आफ्नो नाममा दर्ता गराउने चलन कुनै नयाँ होइन । देवकोटा, चक्रपाणी, लेखनाथ, सोमनाथ तथा त्योभन्दा अघि पनि अरूलाई लेख्न लगाएर आफ्नो नाममा दर्ता गराएको उदाहरण प्रशस्त मात्रामा पाइन्छ । हुन त जगदीश शमशेरले सोह्र वर्षो उमेरमा लेख्नुभएको ‘मुनामदन भ्रमण’ बारे पनि कुरा उठाउन सकिन्छ- कुरा मात्र होइन उहाँले स्वयं आफैँले काइते तरीकाले स्वीकार गरिसक्नुभएको छ- देववीर पाण्डे र रामप्रसाद जोशीले लेखेका थिए वा उनीहरूले लेखाएको नोटलाई राणाले ‘मुनामदन भ्रमण’ भनेर आफ्नो नाउँमा छपाएका थिए ।
चोरीकै आरोप लगाउने हो भने देवकोटालाई मात्र होइन अङ्ग्रेजी कवि जोन किट्सलाई पनि लगाउन सकिन्छ । Beauty is truth, truth is beauty लाई देवकोटाले नेपाली करण गरे भन्न सिकाउने देववीर पाण्डेले Shakespere को ‘Ripeness is all’ लाई जोन किट्सले ठयाम्म ‘Ripeness is all’ लेख्दा खोट किन नलगाइएको होला भन्ने कुरा बुझन नसक्ने अवस्थाका जगदीशले चलाएको कैंची देववीरको थियो कि जोशीको –
जगदीश शमशेरले प्रयोग गर्ने तरीका सबैले बुझन नसक्लान्- अथवा बुझे पनि उनको आडमा अस्तित्व राख्न खोज्नेहरूले पिFmजाएको जाललाई काट्न सक्ने क्षमतावान् व्यक्ति जन्मिन नसक्नुले पनि हो- आशीर्वाद थाप्न खोज्ने र आशी{वाद लिन खोज्नेहरूको सानो घेरा, त्यही घेरामा नरेन्द्रराज प्रर्साई पनि माकुरे जालोमा टाँस्सिएको टाँस्सियैमा आफ्नो अस्तित्व मक्किएको थाहा पाउन सक्नु भएन ।
खोतल्दै जाने हो भने अर्थात् ‘मुनामदन भ्रमण’ देखि ‘Women Writers of Nepal’ सम्म पुग्दाको राणाको देनलाई केलाएको खण्डमा राणाको लेखकीय कला प्रष्ट हुन पुग्छ । तुलनात्मक दृष्टिले हर्ेर्ने हो भने मदन पुरस्कार प्राप्त ‘नर्सिङ अवतार’ लाई एउटा कुनामा लगेर थन्काइदिए हुन्छ- मौलिकताको अभावले भनेर ।

जेजस्तो अवस्थाको भए पनि प्रर्साईको ‘नारीचुली’ वेवारिसे अथवा मिल्क्याइएर बालघरमा पुर्‍याइएको बाबुआमाविहिन कृति अवश्य होइन । सायद त्यही ठानेर अथवा कमजोरीको अवस्थामा विदेशीले ग्रहण गर्न खोजेको बच्चाजस्तै ठानेर आफ्नो बनाउन नखोजेको भए जगदीश राणको इज्जत बढ्ने थियो । लोभलाग्दो देखेपछि अथवा लोभलाग्दो बनाएर आफ्नो स्वार्थपर्ूर्ति गर्ने अथवा मानसिक तृप्तिको कल्पना गर्नेले अरूको हृदयमा कति चोट लाग्ला भन्ने कुरालाई किन बिर्सिएको होला !

एउटा कुरा जगदीश राणाले बुझ पचाएको हो कि अथवा कसैलाई निर्देशन दिएर ‘नारीचुली’ कै प्रोटो टाइपको रूपमा निकाल्न खोज्दा देखिएको रूप-
· ‘नारीचुली’लाई अगाडि राखेर WOMEN WRITERS OF NEPAL तयार पार्दा त्यस किताबको साइज, सेटिङ, साजसज्जा, रङ आदि सबै ‘नारीचुली’ जस्तै लाग्ने ।
· जगदीश राणाले साधारण पाठकलाई झुक्याउन ‘विषय र मिति’ नरेन्द्रराज प्रर्साईबाट लिइएको भनिए पनि ललितात्रिपुरसुन्दरी र चाँदनी शाहको जीवनीबारे जगदीश राणा चाहिने नचाहिने किसिमले काँटछाँट गर्न पनि पछि पर्नुभएको छैन । त्यतिले नपुगेर प्याराग्राफलाई तलमाथि पार्नुको साथै आफ्नो मौलिकता देखाउने क्रममा थपिएका कुराहरूले पाठक नै अलमलिन पुग्छन् ।

· क्रमिकरूपमा नारी तस्वीरहरू उही ‘नारीचुली’कै छन्- चित्रकारको स्वीकृति वेगरका हुन् कि स्वीकृति स्वरूप, यो खोजको विषय बन्न पुगेको छ ।
नरेन्द्रराज प्रर्साईले विश्वास गर्नुभएको जगदीश शमशरेबाट प्रर्साईले प्रयोग गरेको सबै कुरा हुवहु उही रूपमा गर्नुपर्ने कारण के थियो । दास मनोवृत्तिको अवशेष हो कि हेपाहा प्रवृत्तिको उत्थान हो – प्रर्साईले जसरी गेट अप र मेक अपलाई महत्व दिएर किताबलाई आकर्ष र मनमोहक बनाएर नेपाली पाठकको मन जित्न सकेका थिए, त्यही टेकनिक लाज नमानी जगदीश शमशेरले सजिलैसँग पचाएर नाङ्गो नाच देखाइदिनु भयो ।

नारीचुली लेख्ता नरेन्द्रराज प्रर्साईले खानुसम्म आलोचना खाए र उपाधी पनि नपाएका होइनन् पाउनुसम्म पाए । दश वटा लेख ‘तरुण’ साप्ताहिक मार्फत पुष्कर लोहनीले समेत सुधार्नको लागि कडा शब्दमा प्रर्साईको प्रसङ्गमा नलेखेको होइन, लेखेकै हो । तर प्रसाइको धेरै वर्षम्मको कठिन मेहनत स्वरूप निस्केको ‘नारीचुली’लाई राणाले कसैलाई अङ्ग्रेजीमा अनुवाद गर्न लगाएर विदेशीको आडमा नरेन्द्रराज प्रर्साईलाई पर्छार्न खोज्नु आफैँमा सुहाउने कुरा होइन । जगदीश राणाका विश्वासिला प्रर्साईलाई नै विश्वास गरेर जगदीश राणाले ‘Women Writers of Nepal’छाप्न दिएका भए नरेन्द्रराज प्रर्साईले दुवैको हित हुने गरेर किताब निकाल्न सक्थे होलान् सायद । जगदीशको सबै किताब नरेन्द्रराज प्रर्साईले नै छाप्दै आएकोमा यो अङ्ग्रेजी किताब मात्र भारतीय प्रकाशकबाट छापिएर भारतबाट निस्केको छ । नइ प्रकाशनले त्यति लामो समयदेखि राणालाई विश्वास गर्दा पनि धोका पाउनु गजवै हो ।
जगदीश शमशेरले जति नाडी छामे पनि उहाँभन्दा बढी अध्ययन गर्ने मान्छे अवश्य छन् नेपालमा । उठाउने र पछार्ने काम गर्दैमा सफलता पाइन्छ भन्न सकिन्न । मोहन कोइरालालाई काखी च्यापेर अरूलाई गिराउन खोज्दा मोहन कोइरालाको अस्तित्व धरातलमा पुग्यो । ‘पपलरको पात’को प्रभाव र असफल प्रयोगको कारण प्रकाशक भए पनि जगदीश शमशेरले डटेर आलोचना लेख्न सक्नु भएन । नरेन्द्रराज प्रर्साई पनि मोहन कोइरालाझैं जगदीश शमशेरको पासोमा नराम्रोसँग पर्नुलाई अनौठो नमाने हुन्छ । पासोमा पर्दैमा अस्तित्व त रहन्छ नि भन्नेतर्फ जगदीश शमशेरले विचार पुर्‍याउनुपर्ने थियो ।
जगदीश राणाको नारीचुली प्रतिको Adopt शब्दले सबको कपाल खान पुगेको छ । राम्रा किताब जतिमा आफ्नो नाम चलाउन र विकाउनको लागि ँःबमभ बक’ भने जस्तै ँब्मयउत’ प्रयोग गरेर भ्रम सिर्जना गर्दा पाइएका मानसिक तनावको जिम्मेवारी कसले लिने – हुन त जसले जे गरे पनि हुन्छ- भाँडभैलो अवस्थामा पुगेको वेलामा । आयोजकलाई उठाउन मोहन मैनालीले पुष्कर लोहनीको कृतिलाई ‘इरेज’ गर्न ‘कान्तिपुर’ दैनिक प्रयोग गरेजस्तै पद्मावती सिंहको उपन्यासलाई ‘संशोधित तथा परिवद्धित’ गर्ने साझा प्रकाशन तथा नरेन्द्रराज प्रर्साईको ‘नारीचुली’लाई मात खुवाएर प्रतिष्ठा बढाउन अङ्ग्रेजी माध्यम प्रयोग गरेर मौलिक लेखकमा दर्ता गराउन खोज्ने प्रवृत्तिले नेपाली साहित्यको स्तर कस्तो हुने हो कुन्नि !

जगदीश शमशेरले ‘शमशेर’ नभनेर ‘राणा’ लेख्नु- अनुवाद नभनेर लेखक भन्नु- कपिराइट लेखकमा भन्नु- किताब विमोचन विभिन्न ठाउँमा गर्दा पत्रकार तथा प्रवुद्ध पाठकलाई नबोलाउनु- झुक्याउनको लागि सबै किसिमको साजसज्जा ‘नारीचुली’लाई आधार बनाएर मूल्य पनि ‘नारीचुली’ जस्तै राख्नु ।
जगदीश शमशेर र नरेन्द्रराज प्रर्साईको सम्बन्ध यति गाढा थियो कि नरेन्द्रराज प्रर्साई जगदीश शमशेरलाई महान नै बनाउन खोज्नु हुन्थ्यो । साहित्यिक सम्बन्धी कुरामा मतभेद नभई छाड्दैन । कति कुरामा प्रर्साई र मेरो कुरामा फरक मत ननिस्केको पनि होइन । तर मूल रूपमा काम गर्दै आएको व्यक्तिको जोशलाई जगदीश राणाले ढाल्ने काम नगरिदिएको भए हुन्थ्यो ।

पाँच वर्षघि ‘नारीचुली’को विमोचन समारोहमा विशिष्ट अतिथिको रूपमा भव्यसाथ सम्मान पाउनु भएको जगदीश शमशेरको भाषण पनि सुनेकै थिएँ । भव्यता साथ सम्पन्न भएको बौद्धिक जमघटमा जगदीश शमशेरले भन्नुभएको थियो- “नारीचुली बापत नरेन्द्रराज प्रर्साईलाई एउटा मात्र होइन दसवटा पी.एचडी दिए हुन्छ ।”
‘नारीचुली’को प्रचारको कुरै नगरूँ- हारालुस थियो किताबको । मैले समेत ५०० रुपैयाँमा किताब किनेको थिएँ, पढ्न नपाइएला भनेर । नारीचुलीको तारीफले सीमा नाघेको थियो- यस कृतिलाई विविसीको समाचारले समेत राम्ररी ठाउँ दिएको थियो ।
खेताला लगाएर अनुवाद गरिएका कति शब्दहरूले जगदीश राणाले आफ्नो भनिएको अङ्ग्रेजी नारीचुलीलाई तल्लो स्तरमा पुर्‍याइदिएको छ । अङ्ग्रेजीमा लेख्दैमा अथवा अनुवाद गर्दैमा लेखकको स्तर उठ्ने होइन । नारीचुलीको नेपाली रूपभन्दा भिन्दै किसिमले त्यसलाई आधार बनाएर नेपाली नारीहरूको साहित्यिक स्तर तथा साहित्यिक धारणालाई समालोचनात्मक तरीकाले व्याख्या गर्न सकेको भए जगदीश राणाको इज्जत बढ्ने थियो- त्यो भएन उहाँबाट ।
के प्रर्साईले चुप लागेर, सहेर, गुनासो नगरेर आफ्नो कुरा अरूलाई नसुनाएर मात्र बसिरहलान् त – जगदीश राणाको चुनौति नरेन्द्रराज प्रर्साईलाई मात्र दिएको होइन सम्पर्ूण्ा लेखकहरूलाइ पनि धमास दिएको हो भन्ने ठानेको छु मैले । जगदीश राणाले नारीचुलीकै तरीकाले अरू लेखकको ग्रन्थ पनि फेरिफेरि Adopt नगर्लान् भन्न सकिन्न ।

पुष्कर लोहनी
१. नरेन्द्रराज प्रर्साईको ‘नारीचुली’ -२०६३, मूल्यः एक हजार
२. नरेन्द्रराज प्रर्साईको ‘नारीचुली’ (WOMEN WRITERS)-२०६३, मूल्यः एक हजार
३. जगदीश शमशेरको WOMEN WRITERS OF NEPAL= नारीचुली’ -२०६७, मूल्य ः एक हजार

(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)

This entry was posted in समालोचना and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.