कथा : बदलिएको आकृति

~निश्चल काउचा~Nischal Kaucha

मलाई चुरोटको धूँवा भनेपछि पटक्कै मन नपर्ने । सूर्य चुरोटको धूँवा उडाउँदै मेरो कुईनामा आफ्नो छाती ठोस्दै सिक्नेचरले भरिएको गिलास उचाल्दै आकृतिले भनिन् । ‘चियर्स’ मैले मन नलागी नलागी भरि गिलास उठाए र ‘चियर्स’ भनेँ । उतापट्टि जगल्टेले उसै गरि ‘चियर्स’ भन्यो ।

हामी ठमेलमा थियौं । जगल्टेले मतिर हेर्दै सोध्यो । ‘कुन फ्लेवरको हुक्का तान्ने यार ?’ म भने केही बेर अगाडि पुरानो अमेरिकन दुताबास हुँदै ठमेल आउँदा भीड छिचोल्न नसकेर एक छिन संचय कोषको भवन अगाडि बाईक रोक्दा एक हूल दिनका कुमार रातका कुमारीहरु आएर ‘लाने हो ?’ भनेर सोधेको कुराले मन चिमोटिरहेको थियो ।

एउटी भनौं कि एउटाले मेरो पाइन्टमाथि हात राख्दै भनेकी थिई । ‘पूरा आइटम आइटम हुन्छ ।’ बाईक चलाइराखेको गजल्टेले प्याच्चै भनेको थियो । ‘ओई छक्का बढी बोल्छेस’ ।

एउटी जँगिदै थिई । ‘माँ… साला त्यति नै बेला पुलिसको भ्यान आयो । उनीहरु त्यहाँबाट अलप भए । जगल्टेले रिसाए जस्तै गरेर भन्यो । ‘यस्तै हो भने त आज प्याक हुने भैगो नि ‘भेनिला’ मैले भने त्यति बेला मेरो मोबाईलको घन्टी बज्यो । हेरेको पूजाको रैछ । पूजा अर्थात् मेरी श्रीमती ।

म कान्छी औंला देखाउँदै उठेँ । ट्वाइलेटतिर लागेँ । के साह्रो डराको हो दिज्युसँग’ चर्को हिन्दी संगीतको ध्वनिमा जगल्टेले यति मात्र भनेको सुनँे । मैले ट्वाइलेटभित्र पसेर फोन उठाएँ । उताबाट पूजाले भनिन । ‘कहाँ हो?,’ र यत्रो बेरसम्म पनि फोन नउठाउने ?

‘म साथीहरुसँग छु ।’ म आज आउन ढिला हुन्छ होला खाएर सुत है’ भन्दै फोन राख्दिएँ । म फर्केर आउँदा जगल्टेको हात आकृतिको छातीमाथि सलबलाउँदै थियो । त्यतिखेर नै उसको गोजीमा मोबाइल बज्यो । ‘ज्या कसले फोन ग¥यो ।’ यस्तो बेलामा’ भन्दै फोन निकाल्यो ।

चेहरा बिगार्दै भन्यो । ‘दिज्युको पो रैछ’ जगल्टे र म नाताले साला–भेना पर्छौं । जातमा उ बाहुन म मगर । उसको घर विराटनगर मेरो बाग्लुङ । म काठमाण्डु आएर त्रिचन्द कलेज पड्दा हामी एउटै घरमा डेरामा बस्थ्यौं । कलेज पनि एउटै थियो । जगल्टे र पूजा दुई भाइका छोराछोरी हुन् । कलेजसँगै आउजाउ गर्दा खै कसरी माया पिरती बस्यो । चोखो मायालाई न कुनै भुगोल न कुनै जातपात न धनदौलतले छेक्दो रहेछ । हामीले मन्दिरमा बिहे गरेपछि उनकी हजुरआमाले पण्डितकी नातिनीले इज्जत फाली भनिन् भनेर पाँच बर्षसम्म माइती गइनन् । पूजा हजुरआमाको स्वर्गबासपछि मात्र माईती गएकी थिइन् ।

हठी स्वभावकी पूजा तेक्वान्दोमा ब्ल्याकबेल्ट पाइसकेकी थिइन् । राष्ट्रिय खेलाडी बन्ने सपना देखेकी एक दिन गुरुले उनको छातीमा हात पु-याएपछि गुरुलाई नै लात हानेर त्यो सपना मारेकी रे । अहिले म टुरिष्ट गाईड गर्छु । उनी आई.एन.जिओमा काम गर्छिन् । हाम्रो बिहेपछि एक छोराको जन्म भैसकेको छ । विवाहपछि मैले कहिले पनि सबै काम श्री्रमतीले गर्नुपर्छ भन्ने मान्यता कहिल्यै राखिनँ । हामी जसलाई फुर्सद हुन्छ । उसैले खाना पकाउने, भाँडा धुने, लुगा धुने काम गर्छौं । यसरी काम गर्दा कहिले पनि हामीबीच झगडा भएको छैन् ।एक चोटि अन्नपुर्णपदयात्रा जादा कोरियन जोडीले भनेको थिएन ।

‘लोग्नेस्वास्नीको झगडा भनेको पानीलाई चक्कुले काटेजस्तै हो ।’ जगल्टेले फोन उठाउन मात्र के पाएको थियो । ‘हस् हस’ भन्दै मलाई फोन दियो । ‘कहाँ रैछ भनेको त बल्ल थाहा भो’ पूजाले सुकसुकाउँदै भनिन् । हैन यो आईमाईको जात केही भयो कि रुन मात्र जानेका हुन्छन् कि के हो ? मनमा यस्तै तर्कना आयो ।

‘म जान्छु यार’ जगल्टेलाई भनें ।

‘कहाँ ?’ आकृतिले सोधिन् ।

‘भरे आइज है’ जगल्टेलाई भनें । उसले टाउको मात्र हल्लायो । केही बोलेन ।

‘भोलि म फ्रि छु ।’ भोलि भेटौँला है आकृति’ भनेर बिल तिरेर हिँडें ।

ट्याक्सी चढेर फर्कंदै गर्दा ट्याक्सी फेरि संचय कोषको भवनअगाडि केही छिन रोकिँदा चौध÷पन्ध्र वर्षका दुई युवकले ट्याक्सी नजिक आई सोधे ?

‘माल चाहिने हो दाइ ?’ भर्जिन मिलाई दिन्छु म’ अलि पर भद्दा मेकअपमा केही युवतीहरु उभिरहेका थिए । ट्याक्सी गुडेर परराष्ट्र मन्त्रालयअगाडि पुग्दा ड्राइभर दाइले भने ‘के गर्नु सर सधैं यस्तै गरेर हैरान पार्छन् । सरकारले बरु रेडलाइट एरिया खोल्दिए राम्रो हुने थियो ।

‘पुलिसले केही गर्दैन?’ मैले सोधे ।

‘सबका सब मिलेका छन्, हो सर,’ पुलिस,नेता,डन’ ड्राइभर दाइले एक प्याकेट गुड्का मुखमा हाल्दै भने । ट्याक्सीको सिसा अलि तल सारेर प्याच्च थुक्दै ड्राइभर दाइले फेरि भने ‘महँगीले आकाश छोयो । जसको सरकार आए पनि आफ्नै भुँडी भर्न मात्र आम्छन ।’ गरिबलाई कसैले केही गर्नेवाला छैन । सबैलाई हेरियो । सबका सब चोर हुन् सालाहरु’ त्यतिखेर टयाक्सी जमल पुलमुनि पुगिसकेको थियो ।

म कोठामा पुग्दा पूजा टि.भी कोठाको सोफामा घोप्टो परेर बसिरहेकी थिइन् । छोरा ममीको मोबाईलमा क्यान्डीक्रस खेलिरहेको थियो । म आएको देखेर पूजा उठेर मेरो छातीमा मुड्कीले कयांै पल्ट हिर्काइन् । मैले पनि अँगालोमा बेरेर ओठमै चुमिदिएँ ।

‘छ्या कस्तो लाज नभाको मान्छे होला ।’ अब त छोरा ठूलो भैसक्यो भन्या’ पूजाले लजाउँदै भनिन् । म ओछ्यानमा पल्टिएर फेसबुक चलाउँदै थिएँ । पूजा मेरो छातीमाथि टाउको राख्दै ‘छोरा त निदायो’ भनिन् । मैले पनि उनलाई अँगालोमा बेरेँ । हामी फूलको पत्रपत्र जस्तै झ-यौं । उनी मेरो छातीको सिरानी बनाई निदाइन् । मलाई आकृति र मेरो बिगत सिनेमाको दृश्य जस्तै आँखामा आउन थाल्यो । आकृति अर्थात् आरती उनी मेरो आफ्नै मामाको छोरी थिइन् । मेरो मामाको एउटा मात्र सन्तान ।

आरती र म एउटै स्कुलमा पढ्थ्यौं । हामीले एस.एल.सी पास गरेपछि पढ्नको निम्ति काठमाडौं आएका थियौं । डेराचाँही हाम्रो टाढाटाढा थियो । कलेज पनि फरक फरक भेटघाट पनि कमै हुन्थ्यो । पछिल्लोचोटि उनको मेरो भेट उनले मेरो आमाले पठाइदिनु भएको गुन्द्रुक र घ्यु दिन भनेर आउँदा भएको थियो । केही दिनपछि आरती त बुर्जुवा शिक्षा नपढ्ने भन्दै जनयुद्धमा होमिन रे भन्ने सुनियो । त्यसको ठीक दुई वर्षपछि म आमा बिरामी भएर गाउँ जाँदा संयोगले उनीसँग भेट भएको थियो । हाम्रो पल्लाघरे काकाले दुईवटी भित्राएपछि काकालाई जनकारबाही गर्न आएका रे । त्यो रात उनीहरु हाम्रो घरमा बसेका थिए । आरती अब आरती नरहेर आहुतीमा परिणत भएको रहेछिन् ।

देश र गरिब जनताका लागि लडेको सुनाएकी थिइन् । अर्का च्याँसे च्याँसे दाह्रिवालले मलाई पनि महान जनयुद्धमा लाग्न आग्रह गरेका थिए । मैले ‘तपाईहरुलाई मेरो नैतिक समर्थन छ । भौतिक रुपमा लाग्न सक्दिनँ’ भनेको थिएँ ।

भोलिपल्ट बिहानै म काठमाडौं हिँडे । दिउँसो आमा र बुबालाई सरकारी बर्दिधारी आएर जंगलीहरुलाई किन खान र बस्न दिएको भनेर बन्दुकको कुर्दाले हिर्काएछन् । छ महिनापछि आमा काठमाण्डौं आउँदा ‘तो आरतीले त तेही दाह्रिवालसित क्या गरो रे के’ भन्नुभयो । त्यसपछि हाम्रो कन्ट्याक थुप्रै वर्ष भएन ।

माओवादी शान्ति प्रक्रियामा आएपछि एक दिन आहुतीको फोन आयो । आमा सिकिस्त बिरामी भएर वीर हस्पिटल हुनुहुन्छ भनेर । म भेटन गएँ । खै किन किन माइजू मलाई देखेर रुनु भो । मैले आहुतीलाई सम्झाउँदै भनेँ केही हँुदैन माइजूलाई सब ठीक हुन्छ भनेँ । त्यो रात मैले बिरामी कुरेर बसेको थिएँ । आहुतीलाई मैले उनको लोग्नेबारेमा सोध्दा आँसु झार्दै भनेकी थिइन् । ‘त्यो दाह्रिवालले त मलाई धोका दिएर अर्की बिहे ग¥यो नी’ हिजो बहुबिवाह ग¥यो भनेर जनकारबाही भन्दै हातखुट्टा भाँच्नेहरु आज आफै बहुबिवाह गर्दा चाँही कसले करबाही गर्ने ? महान पार्टीका महान कार्यकर्ताहरु ! पर्सिपल्ट म एक ग्रुप खैरे लिएर सगरमाथाको आधार शिविर जानु थियो ।

म लुक्ला एयरपोर्ट झर्नेबित्तिकै आहुतीको फोन आयो । हिक्का छोड्दै भनेकी थिइन् । ‘आमा यो संसारमा रहनु भएन’ मैले तुरुन्त पूजालाई फोन गरेर हस्पिटल जान भनेको थिएँ । ठीक दुई महिनापछि मामाको पनि दुखद निधन भएको खबर पाएको थिएँ । समय आफ्नै गतिमा दौडिरहेको थियो । एक दिन मेरो फेसबुकमा आकृति पुन लेखेको साथीको लागि रिकोस्ट आएको रहेछ । फोटो हेर्दा आरती अर्थात् आहुतीको जस्तो लाग्यो । प्रोफाइल खोलेर हेरेको होइरैछ । केही तस्बिरहरु त अर्धनग्न पनि थिए ।

मैले एसेप्ट गरेर फोन नम्बर मागेर एसएमएस पठाएँ । केही दिनपछि डेनिस जोडीलाई वसन्तपुर घुमाउन लाँदा न्युरोडमा आकृतिसँग भेट भयो । फुङ्ग उडेको रुप, मैलो मैलो कुर्ता लगाएकी थिइन् । आँखा राता राता थिए । शायद निद्रा नपुगेर होला । डि.भि भरेर फर्केको भन्दै थिइन् । हिजो अमेरिकी साम्राज्यवाद मुर्दावादको नारा लगाउँदै हिँड्ने र देश बदल्ने सपना देखेका हजारौं आहुतीहरुको सपना कता हराए होलान ? हामी नम्बर साटासाट गरेर छुट्टिएका थियौं । बेलुकी मैले फोन गरेको थिएँ । उनी ठमेलको एउटा रेस्टुरेन्टमा काम गर्दी रहिछिन । आफू काममा भएकोले पछि फोन गर्न आग्रह गरेर फोन राखिन । रेस्टुरेन्टमा काम गर्न लागेपछि आरती, आहुती हुँदै आकृतिमा परिणत भएकी रहेछिन । त्यसपछि हाम्रो धेरै दिनसम्म सम्पर्क भएन । धेरै दिनपछि एक्कासी मेरो फेसबुकको इनबक्समा उनको म्यासेज देखाप¥योे । लेखिएको थियो । ‘मापासेले गर्दा रेस्टुरेन्ट चल्न छोडयो । साहूले तलब टाइममा दिएन ।’ कोठा भाडा तिर्न पैसा भएन । हेल्प गर्नु न ‘मैले उनीलाई ठमेलको रेस्टुरेन्ट भेटेर दश हजार दिएको थिएँ । त्यति बेला उनको आँखा रसाएका थिए । उनले रुँदै भनेक थिइन् । ‘यहाँ अब काम गर्दिन । कतै काम खोज्दिनु न ‘पूजाले मलाई हिजो मात्र हामीले सेयर हालेर चलाएको बोर्डिङमा एक जना टिचर आवश्यक प¥यो रे भनेकी थिइन् । त्यही कुरा आकृतिसँग गर्न ठमेल पुगेको थिएँ । तर कुरा गर्न मेसो नै मिलेन ।

भोलि मैले आकृतिलाई भेटेर यो कुरा सुनाउँदा पक्कै खुसी हुनेछिन् । कुनै दिन बुर्जुवा शिक्षा दिने बोर्डिङ स्कुल भन्दै बन्द गराउँदै हिँड्ने उनी फेरि त्यही बुर्जुवा शिक्षा दिने बोर्डिङमा पढाउँदा उनले कस्तो शिक्षा दिने हुन हेर्न बाँकी छ ।

(स्रोत : श्री रुपरेखा)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.