गजल : हराए कोही

~राकेश कार्की~Rakesh Karki

आफ्नै देशभित्र हराए कोही
बचाउ भन्दै रोए कराए कोही

औँला ठड्याउने बङ्गारा भाच्नेसंग
लग लग काम्दै डराए कोही

जिब्रो र मस्तिष्कमा अझै घाउ नै घाउ
दु:खीरहे कोही चराए कोही

उर्दी गर्ने हुकुम चलाउनेले मनपरी
पन्छाए कोही मन पराए कोही

(स्रोत : Ratopati)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.