पत्र साहित्य : विदेशमा बिचल्ली एक चेलीको पत्र…

~सुरक्षा बराल~Surakshya Baral

पुज्यनिय माता पिता
सादर नमस्कार ।

तपाईंहरु आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु र श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु । आज म मुटु दहृो बनाएर यो पत्र लेख्न वाध्य छु । मैले भन्नै पर्छ, बुबाआमा पिडालाई नासोको रुपमा लिएर म आरामै छु , मेरा कुराहरुले मेरो बुबाआमाको मन नदुखोस् यो मेरो भाग्य को खेल हो या कर्मको खेल मैले नै बुझ्न सकेकि छैन ।

बुबाआमा जुन दिन म अनगिन्ति सपनाहरु बोकी त्यो गाउँघरको दुःखलाई सुखमा परिणत गराउछु भनि तपाईहरुलाई छाडेर यो खाडीमा आईपुगे त्यस पश्चात कामकाज सुरु भयो । मलाई लाग्थ्यो अब मेरो वास्तविक जिवन सुरु भयो, रुखमा पैसा फल्छ होला टिपेर घरतिर पठाउछु भन्ने सोचाइ बोकेर हर्सित हुँदै काम गर्दै गए । लाग्थ्यो अब त साच्चीकै हाम्रो परिवारमा र मेरो जिबन मा नयाँ पालुवा छाएको छ । त्यसपश्चात १,२ गर्दै दिन महिना बित्दै गयो तलब पनि झर्दै गयो जतीसुकै दु ःख भएपनी घरपरिवारको दु ःख सम्झी काम गर्न वाध्यनै थिए । हरेक महिना बुबाआमालाई पैसा पठाउन पाउँदा कती आनन्द लाग्थ्यो । मेरा सार दु ःख तपाईंहरुको सन्तुष्टिमा थियो ।

हामी नेपाल बाट रुखमा पैसा फल्छ भन्ने सोचले आउछांै तर त्यो हैनरहेछ बुबाआमा, ठीक त्यसको विपरित हुदोरहेछ एवम्रितले समय चल्दै गयो बर्ष दिन हुँदै २ बर्र्ष नागी सक्यो बुबाआमा, मेरो तलब पनि रोकिदै गयो त्यसपछी मैले तपाईहरुलाई पैसा पठाउन सकिन तपाईहरुले मलाई गाली गर्नु हुन्थ्यो पैसा पठाएन भनेर तर मेरो बाध्यतालाई लुकाएर तपाईंहरुलाई खुशी पार्न चाहन्थे । त्यसै गरी २ बर्ष को समय बिते पछाडि मेरो भिसा थप्ने दिन पनि नजिकै आयो भिसा थप्ने कुरा गर्दा १,२ दिन भन्दै ५,६ महिना कटाइदियो ।

यो बिरानो ठाँउमा मेरो को नै थियो र ?सिर्फ म थिए मेरो मुटुको ढुकढुकी र मेरा सारा सोचहरु थिए केबल मेरो सुनाइको साथी नै मेरो आशु थियो, हरेक रात धेरै यातानाहरु भोग्न वाध्य थिए , घरमा मालिक्नि नहुँदा मालिक शारीरिक सम्बन्ध राख्न आउथे भएन भने आफुलाई पुलिस लगाएर जेल हाल्ने धम्की दिदै मेरो सारा इज्जत जबर्जस्ती लुट्ने गर्थे । कती रोए कती कराए निर्दयी एउटा दानब भए । आखिर बिवश थिए सहनु भन्दा अर्को कुनै संसार थिएन म सँग… यस्तै पिडा संगै कती रातहरु नखाई नखाई भोकै सुत्न पर्दथ्यो । कसरी नेपालमा मुख देखाउने म सँग कस्ले बिहे गर्ला ,यसरी नै दिन बित्दै जादाँ म अचानक बिरामी हुन पुगें । सुरुमा अलिअली ज्वरो आयो र पनी बिरामी भन्न नपाई काममा एकोहोरो दलिन पर्दथ्यो ।

मलाई घरमा थोरै ज्वरो आउँदा बुबाले जडिवुटी मिलाएर औषधि दिनु हुन्थ्यो भने आमा हजुरको त्यो सुकोमल हातले च्यातिएको लुङीका थाङनो टुक्रा पारी च्यातेर पानीमा भिजाइ पानी पट्टी गरी दिनु हुन्थ्यो कती याद गरेको छु बुबाआमा त्यो तपाईंहरुको न्यानो माया । मैले यँहा जती नै ज्वरो आएपनी न बिरामी भन्न पाए न त सन्चो छैन भन्न पाए । आखाँ रसिला भएका थिए शरीर धान्न नसकेर थरथरी कामीरहेको थिए ,एकै छिन् उभिदा पनि १५ कोस हिंडेर थाकेको झै भएको थिए र पनि मेरो बाध्यता थियो काम गर्नु । म निरन्तर काम गरी रहें । एकदिन मेरो शरीर हरु तात्न थाल्यो आफ्नै शरीर धान्न गाहा्रे भयो र अचानक भुइमा लडे मलाई केहि थाहा भएन कसरी भुईमा ढले …………………………।

कता कता विहानी चिसो चिसो हावा सिर सिर चलेको हुँदा मेरा आँखा खुल्यो म अत्यन्तै नयाँ ठाउँमा नयाँ पार्कमा ढली रहेको रहेछु कसरी म त्यँहा आए ? कुनै अत्तोपत्तो भएन, उठ्ने कोशीस गरे तर म उठ्न सकिन । अत्यन्तै ज्वरो आएको कारण मेरा शरीर थर्थरी कामी रहेको थियो उठ्न नसकेपछि म नजिकै फुलबारिमा झरी रहेको पानीको धारो तिर घिस्रिदै घिस्रिदै पुगे र २,३ घुट्को पानी पिए …. लामो सास आयो… मेरी आमा मेरो अन्तिम पल नै होला यतिका समय मैले परिवारबाट छुटेर बस्नु परेको यातना यहि थियो, यो कुन जन्मको पाप हो केही पत्तो भएन तै पनि सास हुन्जेल आश हुदो रहेछ ।मेरो शरीर मेरो लास मेरै देशको माटो सम्म, मेरो आमाबुवाको काख सम्म पुगे हुन्थ्यो भन्ने आशा लिदै बुबाआमा भन्दै छट्पटिन वाध्य थिए, सुकेका ओठ का लोती लगलगी कामी रहेका थिए, आशु झर्न नसकेर पटपटाएका नजरहरु शिथिल भएका थिए,आँखा चिम्लिएको थाहै भएन अचानक समय कती निर्दयी बने मेरो अगाडि कुनै अत्तो पत्तो नै भएन …………

जब म ब्युजिए मेरा हातहरुमा सलाईन पानीको पाइप थियो । नयाँ विस्तारामा पल्टिएको थिए अचानक हात चलाउन खोजे, खुट्टा चलाउन खोजे, तर मेरो हात खुट्टाहरु ठुल्ठुला फलामे साङलोले बाधीएको थियो र छेऊमा नै २ वटा पुलिस पनि ….. म झस्किए …. किन ? त्यस पछी क्रमिक मेरा श्वासप्रश्वासमा सुधार आयो तर म अब एउटा नितान्तै एक्लो बिरानो बेसहारा बन्न पुगे । जेल घर जहाँ म आज सम्म पनि बसी रहेको छु कैदी बनेर । अब यो ठाँउमा मेरो बहस गरी दिने को नै हुने ? न त मैले कामको फल पाए, न त मेरो गुनासो कँही कतै सुनिए भिसा नभएर मलाई ओभर स्टे केस लाग्यो म माथि अन्य थुप्रै केसहरु दर्ता गरिदै आएका छन, अब यो जेल तोडेर म कहाँ कसरी निस्किन सक्छु र ? बुबाआमा जेल बसेको पनि आज त २१ महिना भै सकेछ अझै कती बित्ने हो ? म जस्तै कयौँ नेपाली चेलीहरुले पनि यस्तै भोगाइहरु बिताइ रहेका होलान ,मन भरी त कती पिडा थिए मैले कसरी लेखु ?

गत सालको दसैं गयो यसपाली पनि आयो बुबाआमा जसो तसो दशै मनाउनु होला म त यस्तै भए कति दशै तिहार पैसा नै पैसा राम्रो लुगा फाटो घरभरी पाहुनालाई उम्काउन कोसेलीहरु राखेर मनाउने बिचार थियो तर के गर्नु ,न मरी जान सके न गरी खान सके, यो बिरानो भुमिमा आज यो के दशा बोकेर बस्नु परेको छ । सबैको घरमा दसैंको रौनकमा हासो खुशी होला तर तपाईंहरुको घर आगंनमा त के होला र ? छोरीको बाटो हेरेर एकोहोरो टोलाउदै होलान् । आशुका धारोले पक्कै पनि मुलबाटो पखाली सक्यो होला अब त खै बिरानो पनि भयो बुबाआमा मलाई माफ गर्नु एउटी छोरीले आप¥नो कर्तब्य पुरा गर्न सकिन, यो बाटोबाट छोरि कहीले फर्किने होला भन्दै हेर्दै हुनुहुन्छ होला । मलाई त्यो बाटो बिरानो बन्यो त्यो पाँखा पखेरा पराई बन्यो अब त म फर्किए भने पनि हिड्ने बाटोले घृणा गर्छन् होला पाखा

पखेरोले पनि मुन्टो फर्काउछन होला म विवश छु ।
नरुनु है आमा मुल बाटो हेरी मलाई नै सम्झी धर्केर,
जेलैको जिवन लागेको केस फैसला भए नमोरी बाचेँ,
कालाले साचे आउछु म फर्केर ।

मैले यो कलम यो भन्दा अगाडि बढाउन सकिन आजलाई बिदा लिन्छु पछी अर्को पत्र फेरी मौका मिलेमा कोर्ने छु । नेपाली आमाकी छोरीचेली विदेशी पिडामा अल्झिएकी छिन् नेपाल आमा नेपाल राष्ट्र पौरखी दाजु भाई आफ्नो अस्तित्व बचाऊ, हामी जस्तै चेलीलाई बिचल्ली हुन बाट जोगाऊ आफ्नै निम्ती मात्र कुर्सी न बनाऊ मेरा प्यारा दाजु भाई दिदीबहिनी यो पत्र नेपाल आमालाई सुनाइ दिनु होला धन्यवाद ।

तपाईहरुको अभागी छोरी,
स्माइल

(स्रोत : Rescuenewsonline)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *