पत्र साहित्य : सुखमय जीवनको शुभ-कामना

~तीर्थ संगम राई~Tirtha Sangam Rai

दिनाङ्क- २०५३।११।१२
मोरङ्ग-७ लेटाङ्ग

श्वेता,

कहाँबाट लेखनको सुरुवाद गरुँ बिषय वस्तुलाई जताबाट घुमाउन चाहे पनि वृत बनेर ह्दय भित्र अल्झिरहने हुँदा पुनः मन भरीका विभत्स अनि कुण्ठित् भावनाहरुलाई नलेखि रहन सकिन । क्षमा चाहान्छु फेरी नदोहोर् यााउने गरी अन्त सम्म पढि दिने कष्ट गरी दिए पुग्छ ।

श्वेता मानव जीवन जहिले र जुन सुकै अवस्थामा पनि बाँच्न सक्नु पर्दो रहेछ सायद यो कुराको जानकारी तिमीलाई पनि हुनुपर्छ । तर सँगै जीउनु पर्ने हाम्रो सामाजिक सँस्कार र प्राकृतिक अनुरोधको कारण कहिले काहि तिमी र म पनि नजिक हुने प्रयत्न गुै हुन सक्छ यो पुर्णतया गलत थियो होला तर निकटताको पराकाष्ट नाघ्ने गल्ति मेरो मात्र अवश्य थिएन यसमा तिमीले नै एक कदम अघि सारेकी थियौ होईन र…॥ मलाई सधै गर्व थियो की म धेरै नियतिले ठगिएको भए पनि तिम्रो दरीलो बिश्वास र आश्वासनले एउटा सवल मानव भएको थिए । तिमी नहँुदो हो त मेरो के अस्तीत्व हुन्थ्यो र … म त आÏनै जीवनको स्मृतिबाट ओझेल परी सक्ने थिए जिन्दगीको दर्पण छाँया भित्र विलाई सक्ने थिए हुँला…तर तिमी धन्य थियौ जस्ले मलाई ूमू हुनुको परीचय दिलाएको थियो । अफसोच बिगतका पछिल्ला दिनहरु हाम्रो लागि अभिषाप बन्न गयो…। तिमीमा देखीएका अकल्पनिय परिवर्तन र उदासीनताहरुले मलाई एका-एक झस्काई दियो म मात्र नभएर मेरो सारा समाजले नै तिमीबाट झुक्किएको महसुस गुै । यो स्थितिमा मैले तिमीलाई नसोधेको पनि हैन तिम्रो परिवर्तन र उदासीनहरुका बारेमा तर तिमीले यथार्थलाई लुकाएर मेरो सामु बनावटि अभिनय गरी दिन्थ्यौ प्रत्युउत्तरमा म मौन भएर तिमीलाई हेर्न सिवाय ममा कुनै विकल्प हुदैन्थ्यो ।

मलाई अझै याद छ जेष्ठको महिना हुनुपर्छ एक साँझ तिम्रो छिमेकी मार्फत जब तिम्रो बारे जानकारी पाएँ तब आफुलाई निन्द्राबाट ब्युझिए झैं अनुभव गरें हजारौ भालाहरुले शरीर भरी रोपिएको महसुस गरें मैले आफुलाई सम्हाल्न नै सकिन…… मैले तिमीलाई पहिला नै भनेथें हामी असल मित्र मात्र बन्न सक्छौ भनेर तर तिमीले नै तिम्रो सुन्दर संसार बोकेर मेरो झुपडीमा आयौ अनि मलाई समेत तिम्रो सपनाको संसार भित्र बस्न बाध्य बनायौ । तिम्रो अघि मेरो केहि जोड चलेन आखिर म पनि त मान्छे थिएँ । खैर॥ छाडौं यी कुराहरु म त आफु ठगिएको बिषयमा मात्र बहकिएछु तिम्रो बारेमा त सोघ्नै बिर्षिएछु साँच्चै श्वेता तिमीलाई आजकल कस्तो छ साचै त छौ हैन अरुलाई बिसाचो बनाउनेहरु आफु साचै रहन सक्नु् पर्छ नत्र अरुको दिल टुकि्रएको फाईदा नै के भयो र ॥ कि कसो कृपया कहिल्यै दुःखी नहुनु । म त पटक्कै दुःखी छैन तिमीलाई विश्वास लाग्दैन भने मेरो नेपथ्य नजिक आएर चिहाउन सक्छौ म यति खुसी छु जस्को अनुमान तिमी लगाउँनै सक्दैनौं ।

श्वेता तिमी मबाट टाढिन चाहेकी थियौ त ममा त्यस्तो के कारण थियो जसले तिमीलाई मबाट टाढा हुन बाध्य र विवश बनायो । हुन त म तिम्रो हैसियत भन्दा धेरै तलको मान्छे यहि नै एउटा प्रशस्त कारण हुन सक्छ तर यसको जानकारी तिमीलाई हाम्रो आत्मीयता अगावै थाहा थियो । यो मैले तिमीलाई अवगत नगराएको पनि त हैन तर तिमी नै आदर्श प्रेमको परिभाषा दिएर त कहिले अमर प्रेमका दन्त्य कथाहरु सुनाएर मलाई बोल्न बाट बन्चित गरी दिन्थ्यौ भने त्यहि बिषय हाम्रो प्रेमको बाधक कसरी बन्न गयो यो पनि पर्याप्त कारण भने हैन । त्यहि श्वेताले हिजो मेरो एक मुस्कानको खातिर आफ्नो सारा खुसीहरु बलिदान दिन तयार हुन्थी जीवनको एक-एक पलहरु मलाई धीतो राखेर बदलामा मेरै उत्तरो-उत्तर प्रगतिको कामना गर्थी बिडम्बना…॥ हामीले कहाँ बाटो बिरायौ या त भाग्यले यो कस्तो खेल खेल्यो हाम्रो प्रेममा खोट कहाँ थियो मैले केहि बुझ्न सकिन । खैर जे होस म त यसै पनि पराजित मान्छे मलाई मेरै परिस्थितिले गिज्याएको छ । आफ्नै अतित्ले लत्याएको छ । यसै बिच मैले बाँच्न सिकि सकेकोछु सायद यहि नै मेरो संसार हो र मेरो औकात पनि…॥ अब तिमीलाई पाउँनुको अर्थ नै के रह्यो र…। तिमीलाई गुमाउँनुमा त्यति ठुलो पीडा त नहोला म भन्न सक्दिन तर फरक यति छ हिजो सम्म म जुन श्रद्धा एउटी नारीलाई गर्थे सायद…। अब त्यो नहोला यद्यपि यस क्षितिजमा पारीजात मदर टेरेसा र फ्लोरेन्स नाईटिङ्गेलका नामहरु मैले नसु्नेको भने अवश्य हैन तर त्यो पनि एकादेशको गाउँखाने कथामा मात्र सिमित भयो । जीवन त्यति लामो त नहोला अविवाहित बसिदिउँला जवानी फर्केर फेरी नआउँला अतित् सम्झेर धित् मारुँला धेरै दुःख र पीडाहरुलाई सहने आँट दिएकी थियौ त्यसैलाई उपराचार्थ सदुपयोग गरौंला ।

अन्तमा यदि तिमी मबाट टाढिन चाहेकी थियौ भने एक पटक मलाई सोधेकी मात्र भए पनि म सहनशीलताको त्यो शीखरबाट झरी दिन्थे जस्को कल्पनासम्म तिमीले गरेकी छैनौ । अरु भय त जीवनमा नहोला तर एउटा मानवमा जुन न्यनतम् मुल्य र मान्यता रहन्छ म त्यसबाट अवश्य बन्चित् छैन । प्रत्येक मान्छेको शरीरमा रातो रगत नै हुन्छ भने तिमी मबाट अलग्गिनुको कुनै अर्थ छैन यो संसारमा सभ्यताले मात्र सुखलाई निम्ताएको हैन दुःखको आफ्नै महत्व छ । यदि तिमी देख्न चाहान्छँै भने एक पटक मेरो आगनमा उभिएर हेर हरेक शरदमा मुस्काउन लागेको प्रकृतिले तिमीलाई बिदा गर्न चाहेका छैनन् भने तिमी मबाट अलग रहने त प्रश्नै आउँदैन र यहि अपेक्षा राख्नु अस्वभाविक मेरो भुल पनि त हैन… यदि त्यहि बिच सकारात्मक श्रृजना हुन सकेन भने मेरो दुर्रभाग्य…… तिम्रो भाग्य…… बस् ……मेरो हार……तिम्रो जीत…॥अनि………… सुखमय जीवनको शुभ-कामना……………………

पदच्युत प्रेमी
अमित
२०५३ फाल्गुन १२

~तीर्थ संगम राई
स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *