लोक कथा : सिकर्मीको व्यथा

~नोवल निरौला~ Nobal Niraula

दंते कथा के हो थाहा छ? एक नेपालीले दंते कथा र गाउँखाने कथा किन नजान्नु नी है। बरु सुन्न मात्र मन पर्छ धेरैलाई। लौ त आज म एउटा दंते कथा सुनाउँछु, भन्दापनि लेख्छु, राम्रोसंग पढ्नु नि।

एकादेशमा एक सिकर्मी वस्दथ्यो। उ एकदम मिलनसार, ईमान्दार थियो। त्यसैले होला गाउँको महाजनले उसलाई निकै मान्थे। महाजन चाँहि जिल्ला भरि घर बनाउँथे। अर्थात उनी ठेक्केदार थिए। त्यो सिकर्मीले यति राम्रा घर बनाउँथ्यो भनिसाध्य छैन। तर उ भने झुपडिमा बस्थ्यो, धेरै कमाउन सकेको थिएन। वस्नको नाममा टहरो मात्र थियो उसको। कलाभएर पनि आफ्नो घर वनाउने हिम्मत उसमा थिएन।

एकदिन सिकर्मी साठी वर्ष पुगेछ, अनि सोचेछ: मैले यत्रो काम गरें यो ठेक्दारसंग, अव काम गर्दिन, वुढो भएँ। त्यसपछी सरासर महाजनकोमा पुगेछ अनि भनेछ: “महाजनसाप, म अव काम गर्दिन, वुढो भएँ। ढाड दुख्छ, अव मेरा दिन गएछन् मालिक”। महाजन छक्क परेछन् अनि भनेछन्: ठिकै छ, तिमी त्यसो भन्छौ भने जाउ, तर मेरोलागी अन्तिम घर वनाएर। अव एक घर वनाउन सघाउ, अनि जाउ।

सिकर्मीले ठिकैछ नि त भनेछ। घरको काम नि सुरु भएछ। महाजनले उसलाई विस्वास गर्ने भएकोले घर कस्तो वनाउँदै छ भनेर निरिक्षण नि गरेनछन्। सिकर्मीले सोचेछ, यो मैले बनाउने अन्तिम घर त हो नि , फेरि मैले वनाउनु क्यारे पर्दैन भनेर अल्छि गरेछ, काठहरुपनि सखुवाको नराखी, उत्तिस, सल्ला आदि राखेछ, अनि वुट्टाहरु पनि जे पायो त्यही राखिदिएछ। उसले राम्रो घर वनाउन कुनै मेहनत गरेनछ यो पाली।

घर वनाई सकेपछि, उ महाजनलाई भेट्न गएछ। महाजनलाई त्यो घरको चावि दिएछ। घर वनाईदिएकोमा महाजनले धन्यवाद दिएछन्। उनिहरुले संगै चिया खाएछन् अनि त्यो सिकर्मी विदावारी भएर उसको घर हिड्न लागेछ अनि भनेछ:
“महाजन, अव म जान लागें”।

महाजनले फेरि पनि धन्यवाद भनेछन्। अनि एक कदम अघि वढेर भनेछन्: हेर सिकर्मी वावु, तिमीले मेरो लागि यति गुन लगाएका छौ, मैले तिर्न सक्दिन। तै पनि यो तिमीले मेरो लागि वनाएको यो अन्तिम घर, आज म तिमीलाई दिदैछु र तिम्रो गुन तिर्दैछु। यति भनेर अघि उसले नै दिएको चावि उसैको हातमा थमाएछन् र विदावारी भएछन्।

सिकर्मी तीन छक्क परेछ, यस्तो कल्पना गर्नै नसकिने कुरा भएकोमा। उसले जिवनमा कैयन सुन्दर घरहरु वनायो, तर अन्तिममा हेलचेक्राई गरेर नराम्रो घर वनायो। यदि उसले यो उसको घर हो भन्ने कुरा वनाउने वेलैमा थाहापाएको भए सखुवाको काठ राख्थ्यो, वुट्टा पनि दामी दामी राख्थ्यो, दरवार जस्तो वनाउँथ्यो। तर……।

हामी यस प्रिथ्विमा सिकर्मी जस्तो भएर आएका छौ, हामीले उसको जस्तरी आफ्नो कर्तव्य पूरा गरेनौ भने उसरी नै फस्नेछौ। यो कथा यही सकिन्छ। लेख्ने भन्नेलाई सुनको माला, पढ्नेलाई फूलको माला, यो कथा अव कता जाला?

This entry was posted in लोक कथा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *