युगल गीत : छरी दिउँ की मुस्कानसँगै

~तीर्थ संगम राई~Tirtha Sangam Rai

केटा- घुम्तिहरु सयौं आए हामी दुईको जीवनमा
तिम्रैं साथहरु पाई रहुँ सधै भरी मिलनमा

केटी- भरी रहुँ की सिउँदोसँगै पि्रयतम्का मीतहरु
छरी दिउँ की मुस्कानसँगै पिरतीका गीतहरु

केटी- आँखा चिम्ली हेर्छु जब तिमी आउँछौ सपनीमा
किन तृष्णा दिन्छौ तिमी अब आउनँ बिपनीमा

केटा- छायाँ बनि आयो तिम्रो शुकोमल अंग रंगीतहरु
तिम्रो लागि साँचेको छु जुनेलीमा संगीतहरु

केटा- खोजी रहें सोधी रहें तिमीलाइ संसारमा
मायाँ बोकी आईपुगे तिम्रो मनको।संघारमा

केटी- कसो गरी समेटुँ म तिम्रो प्रेमका नीतहरु
कहि आँसु कहि हाँसो मायाँलुका रीतहरु

केटी- छाति बिच मुटु भित्र तिम्रो तस्वीर बसीदिदा
कस्तो रोग लाग्यो मलाई अधरनै चुमीदिदा

केटा- प्रभात्सगै टल्कि दिन्छ बिहानीका शीतहरु
जन्म-जन्म बाँचिरहोस हाम्रो मायाँ प्रीतहरु

केटा- सयौं घुम्तिहरु आए हामी दुईको जीवनमा
तिम्रैं साथहरु पाई रहुँ सधै भरी मीलनमा

केटी- भरी रहुँ की सिउँदोसगै पि्रयतम्का मीतहरु
छरी दिउँकी मुस्कानसगै पिरतीका गीतहरु

स्यामुना
लेटाङ्ग—७, मोरङ्ग
हाल—दोहा, कतार

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.