कविता : प्रेमकम्पन

~तारा ज्ञवाली~Tara Gyawali

त्रिशुली तटमा………..
भूकम्पले पनि हल्लाउन
नसकेको हृदय
हल्लाईरहेछ –
तिम्रो यादले
प्रकम्पनको पीडाले पनि
नगरेको लगातारको प्रहार
हानिरहेछ- स्याँठ सरी
तिम्रो सम्झनाले
प्रिय;

मलाई त लागिरहेछ
त्रिशुलीका छालहरू झैँ
बगिरहेछन्
मेरा सपनाहरु
तर किन सधै
किनारामै
अड्किदै
तैरिदै गरिरहेछन्
तिम्रा चाहनाहरु
किन होला त
प्रिय?
शायद,
वेग फरक
पर्यो होला ……

(स्रोत : Ratopati)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.