छन्द कविता : म त फूल थिए

~ईलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

तोटक छन्द

जुन ठाँउ थिएँ फुलदै म थिएँ
रसरङ्ग सुवाश दिदै म थिएँ
म फुलेँ भनि है कुन स्वार्थ लिएँ
तर एक यहाँ म त फूल थिएँ ।।१।।

कति मन्दिरको म प्रसाद भएँ
भमरा कतिको म त स्वाद भएँ
शरिरै चुसदै रस स्वाद लिए
सहँदै म बसेँ म त फूल थिएँ ।।२।।

कति बात मिठा गरि पास हुने
अनि स्वार्थ लिदै किन हात धुने
म झरेँछु भने म सुकेछु भने
छ र प्रेम दिने म त फूल थिएँ ।।३।।

कति बाहर ल्याउन मै अघि थेँ
गमला कतिका सजिदा म थिएँ
घर वाग जहाँ नि सुवाश दिएँ
ति स्वभाव थिएँ म त फूल थिएँ ।।४।।

तर मौसमले नि सुकाइ दियो
मलको जलको र अभाव थियो
रवि साथ थिए तर कोमल थेँ
किन खै बुझिनौ म त पूल थिएँ ।।५।।

छन्द :- तोटक गण :- स स स स

२०७२/०५/१० रोज ५
ईलामेली टीकाराम दुलाल
काठमाण्डौँ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.