गजल : मेरो सामु नआऊ अब

~तीर्थ संगम राई~Tirtha Sangam Rai

परायाको सिन्दुर हाली मेरो सामु नआऊ अब
अरुसँग मलाई जस्तै झुटो माया नलाऊ अब

सुहागरातको बिछ्यौना तिम्रो प्रिय हुन्छ जब
सतीत्वको स्वाङ् पारी उसलाई पनि नदाऊ अब

शिशिरको घाम बनी तिम्रो खसम आउँछ जब
मुटु धस्ने कटारी झै तिखो कसम नखाऊ अब

नारी बिना सस्तो जीवन खल्लो यौवन सुन्य रहेछ
मलाई जस्तै उसलाइ पनि चटकमा नचाऊ अब

किन्चित् हासो कुण्ठित् माया प्रेयसीहरुको सब
बिर्सिएर प्रियसीका बस्तीहरु सँगम नजाऊ अब

दोहा कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.