अनूदित निबन्ध : निबन्धहरु : तेस्रो काँटाका विषयमा

~लु सुन~Lu Xun

यता तीन वर्षमा कला र साहित्यबारे निक्कै नै थोरै छलफलहरू भएका छन् । वामपन्थी मुखुन्डो लाएर माक्र्सवादमा कलाको स्वतन्त्रताका लागि र लेनिनवादमा कम्युनिस्ट डाँकाहरूलाई मार्नका लागि तर्कहरू खोज्ने खुकुरीबाट जोगाइएका केही व्यक्तिहरूले बाहेक व्यावहारिक रूपमा अरू कसैले पनि हाल बोल्न सक्दैनन् । वास्तवमा “कला कलाकै लागि” भनी लेख्ने लेखकहरू अझै स्वतन्त्र छन् किनभने तिनीहरूले रूबल पाएका छन् भनी कसैले पनि तिनीहरूलाई शंका गर्दैनन् । तर अझ “प्यारो जीवनका लागि साहित्यमा टाँस्सिएका” ती “तेस्रो काँट” काहरू समेतलाई पनि आफूलाई वामपन्थीहरूले “पूंजीवादीहरूको भाडाका बयल” भनी भन्नेछन् भन्ने कुराको अघिबाटै नमिठो पीर लाग्नु बाहेक अर्को कुनै धरै छैन । “नयाँ युग” पत्रिकाका तेस्रो र छैठौं अंकहरूमा ।ीमान सु वेनले यस “तेस्रो काँट” को तर्फबाट विरोध गर्छ, (यहाँनिर मैले के कुरा औल्याउनुपर्छ भने श्रीमान सुको “लेखकहरूको डफ्फा” ले “सके”, “बढी वा घटी” वा “प्रभावित” जस्ता अनिश्चित शब्दहरू मनपराउन सक्छ ।

हुन त तिनीहरू निश्चित शब्दहरू पनि मन पराउँदैनन् किनभने एकचोटी तपाईलाई टाँचा लगाइसकेपछि त तपाई स्वतन्त्र हुन पाउनु हुनेछैन भन्ने कुरा थाहा भए तापनि मैले सुविधाका लागि “तेस्रो काँट”को तर्फबाट भन्छु ।) ऊ के कुरामा पत्यार गर्छ भने वामपन्थी आलोचकहरू अलिकति पनि उत्तेजित नभइकन लेखकहरूलाई “पूंजीवादी वर्गका भाडाका बयलहरू” भन्छन्, तटस्थहरूलाई समेत पक्षपाती सरह मान्छन् र एकचोटी कुनै व्यीक्त तटस्थ हुन छाड्छन् भने ऊ “पूंजीवादी वर्गको भाडाको बयल” हुने खतरामा परिहाल्छ । ऊ के कुरा भन्छ भने वामपन्थी लेखकहरू लेख्ने कामबाट पन्छिंदा उता “तेस्रो काँट” काहरू लेख्न चाहन्छन् तर आँट भने गर्दैनन् । यसरी विद्वानहरूको मन्डली रित्तै हुन्छ । अझै के भनिन्छ भने कमसेकम साहित्यको एक अंशले वर्गसंघर्षलाई उछिन्छ र यो साहित्य भविष्यको साहित्य, सत्य र अमर साहित्य हुन्छ, अथवा त्यसमा “तेस्रो काँट” झुन्डिन्छ । दुःखको कुरा, त्यसमा पनि तिनीहरूले लेख्नुभन्द अगावै वामपन्थी आलोचकहरू(सिद्धान्तकारहरू)ले ती लेखकहरूलाई तिनमाथि आइपर्ने आपतको अघिबाटै सूचना दिएर यस्ता साहित्य लेख्ने कामबाट तिनीहरूलाई तर्साएर धपाइदिएका छन् ।

लेखकहरू खासगरी आफू“तेस्रो काँट” का सदस्य हौं भनी आफैले फलाकी हिंड्नेहरूले यस्तो पूर्व सूचना पाएका छन् भन्ने कुरामा मलाई शंका छैन । श्रीमान सुको भनाइअनुसार यस्ता लेखकहरू पनि हुन सक्छन् जसलाई सिद्धान्तको राम्रो ज्ञान छ तर आफूलाई भावनात्मक रूपबाट फेर्ने कामलाई तिनीहरू गाह्रो ठान्छन् । तर भावनाहरू नफेरिएको स्थितिमा छँदा फेरिएका वा अलिकति मात्र फेरिएका अवस्थाहरूमा भन्दा उनीहरूको सैद्धान्तिक ज्ञानको स्तर पनि भिन्नै हुने भइहाल्यो र यस कुराले दृष्टिकोणहरूमा पनि भिन्नता ल्याइहाल्छ । यसकारण मेरो विचारमा श्रीमान सुवेनको विचार गलत छ ।

साँच्चि भन्ने हो भने वामपन्थी साहित्य देखा परेदेखि, सिद्धान्तकारहरूले भूलहरू गरेका छन् र श्रीमान सुवेनले भनेअनुसार केही वामपन्थी लेखकहरू लेख्ने कामबाट पन्छिने मात्र होइनन् बरू तिनीहरू वामपन्थी पक्षबाट दक्षिणपन्थी पक्षमा समेत लाग्छन् र अझ राष्ट्रवादी साहित्यको ताँतीमा समेत मिल्न पुग्छन् वा किताब पसलहरूमा मेनेजरहरू वा शत्रु पक्षमा सामेल भएर गुप्तचर हुन पुग्छन् । तर यसबाट थाकेर पन्छिसकेका लेखकहरूबाट मिल्कायएको वामपन्थी साहित्य भने रहिरहन्छ । त्यति मात्र होइन, आफ्नो पवित्र लक्ष्यतिर पुग्न अघि लम्कँदा आफ्ना दुर्बलताहरूलाई उछिन्दै यो (वामपन्थी साहित्य) हुर्कंदै र फक्रँदै जान्छ । श्रीमान् सुवेन सोध्छ, तीन वर्षभित्र पनि तिनीहरू आफ्ना भूलहरू सच्याउने कुरामा किन सफल भएनन् त ?

जवाफ छ–हो, उनीहरूले सके अरू तीस वर्षसम्म आफ्ना भूलहरूलाई सच्याउँदै जानुपर्नेछ । तर यसरी भूलहरू सच्याउँदै जाँदा, उनीहरू अघि लम्कन सक्छन् । अघि लम्कनुभन्दा अघि आफ्ना सबै दुर्बलताहरूमाथि विजय नपाउन्जेल पर्खिरहने मूर्खहरूजस्ता ती हुने छैनन् । “ठट्टा”को रूपमा श्रीमान सुवेन के भन्छ भने वामपन्थी लेखकहरूले पूंजीवादी प्रकाशकहरूबाट पैसा पाइरहेका छन् । यहाँनिर म गम्भीरतापूर्वक के भन्न चाहन्छु भने वामपन्थी लेखकहरू अझै पनि सामन्ती र पूंजीवादी समाजका ऐन काुननहरूबाट थिचिएका, थुनिएका र मारिएका छन् । त्यसैले त हो नि, सबैजसो वामपन्थी पत्रपत्रिकाहरू कुल्चिएका छन् वा तिनले निक्कै संकटपूर्ण जीवन बेहोर्नु परिरहेको छ, तिनका विषयमा निक्कै थोरै आलोचनात्मक समीक्षाहरू भएका छन् र भएकाहरूमध्येले पनि अलिकति बात लाउँदैनन् वा “सँगै लागेकाहरू” को खन्डन गर्र्दैनन् । वामपन्थी लेखकहरू स्वर्गबाट तल पठाइएका देवदुतहरू होइनन्, न उनीहरू विदेशबाट लड्दा लड्दैभित्र पसेका विदेशी वैरीहरू हुन् । अलि परसम्म “सँगै लागेकाहरू” का साथै ती सडकको छेउमा बसेर हेरिरहने दर्शकहरूलाई पनि आफूसँगै लागेर अघि लम्कन आव्हान गर्न चाहन्छन् ।

जे भए पनि, अब हामी अर्कै कुरा गरौं । हाल वामपन्थी लेखकहरू कतिसम्म कुल्चिएका छन् भने उनीहरू धेरै संख्यामा आलोचनात्मक लेखहरू प्रकाशित गर्ने काम गर्न समर्थ छैनन् तर तिनको प्रकाशन गर्न सक्ने स्थिति कुनै दिन आयो भने के उनीहरूले पनि उत्तेजित हुनासाथै “तेस्रो काँट”लाई “पूंजीवादी समाजका भाडाका बयल” भनी बात लगाउनेछन् त ? मेरो विचारमा, वामपन्थी लेखकहरूले यसो गर्ने छैनौं भनी बाचा हालिनसकेको भए र हामीहरूले निराशावादी विचार लिइसकेका छौं भने यो कुरा हुन सक्छ । तथ्य कुरा के भने अझ योभन्दा पनि बढ्ता कमसल कुरो चिताउन सकिन्छ । तर मलाई के कुरामा पत्यार छ भने यस किसिमबाट भविष्यवाणी गर्नु भनेको एक दिन संसार फाट्नेछ भनेर पहिले नै अपहत्ते गर्नु जत्तिकै नचाहिंदो कुरो हो ।

तर के भनिन्छ भने श्रीमान सुवेनको “तेस्रो काँट”ले भविष्यमा आइपर्ने यो डर र त्रासदेखि तर्सिएर “आफ्नो कलम छाडिसकेका” छन् । तर अहिलेसम्म नदेखेखका नसुनेका मनचिन्ते दुःखकै लहलहैमा लागेर उनीहरूले के त्यसो गर्लान् त ? समाजले कुरा काट्ला भनी डराएर के दुईजना प्रेमीहरू अंगालो हाल्न डराउलान् त ?

सत्य कुरो के भने, वामपन्थी आलोचना निक्कै कठोर भयो भनेर “तेस्रो काँट” ले आफ्ना कलम छाडिसकेका” छैनन् । साँच्चीको कारण के भने “तेस्रो काँट”भन्ने हुनै सक्दैन र यस्ता मानिसहरू छैनन् भने तेस्रो काँटका कलमहरू पनि हुने छैनन् । उनीहरूले आफ्नो कलम छाड्ने कुरा त परै रहोस् ।

वर्गसमाजमा रहेको कुनै पनि लेखक वर्गभन्दा पर जान सक्दैन, लडाइँ ताका बाँचिरहेको मान्छे लडाइँको मैदान छाडेर एक्लै उभिन सक्दैन र आज बाँचिरहेको मान्छेले भविष्यका लागि लेख्न सक्दैन, सक्छ भन्नु त सन्की कुरा मात्र हो । वास्तविक जीवनमा यस्ता मानिसहरू हुँदैनन् । यस्तो मान्छे हुनाका लागि प्रयत्न गर्नुचाहिं आफ्नै रौं तानेर आफू जमिनभन्दा माथि उठ्न खोज्नु हो । यसो गर्न सकिंदैन । तपाई यो सुनेर रिसाउन सक्नुहुन्छ, तर अरूहरूले टाउको हल्लाएको देखेर नै तपाईले आफ्नो रौं तान्ने काम रोक्नु भएको हो भन्ने कुरा पनि होइन ।

यसकारण यो “तेस्रो काँट” ले समेत वर्गलाई नाघेर जान सक्दैन । श्रीमान सु आफैले त वर्ग आलोचना हुन्छ भन्ने कुराको सुईको पाउँछ भने कुनै पनि लेख वर्गहितको घेराबाट उम्कन सक्ला त ? न संघर्षको घेराभन्दा पर नै जान सक्छ । पहिलो, कुरो श्रीमान सुले आफूर्ला “विरोध गरिरहेको” भनी कसैले दोष लगाएको हेर्न चाहँदैन तापनि उसले “तेस्रो काँट” को नाउँमा विरोध भने ग¥यो र वर्तमानको घेराभन्दा पर कोही पनि जान नसक्ने हुनाले, वर्गभन्दा माथिको भविष्यका लागि लेख्नुभन्दा अगावै उसको मनमा वामपन्थी आलोचनाको पीर लाग्न थाल्यो ।

यो त साँच्चै अप्ठेरो स्थिति हो । सपनाहरू पूरा नहुने भएकोले यसो भएको हो । यी विषयहरूलाई अप्ठेरो पार्ने वामपन्थी साहित्य नभइदिएको भए “तेस्रो काँट” भन्ने कुनै कुरा रहने नै थिएन अनि त्यस काँटभित्र पर्ने कृतिहरूको कुरा त परै रहोस् । तर आफ्नो काल्पनिक मनचिन्ते “तेस्रो काँट” लाई उदाउन नदिने र भविष्यका लागिलेखिएका साहित्यका छेकवार हाल्ने जस्तो निरंकुश वामपन्थी साहित्यको कल्पना श्रीमान सुवेनले गरेको छ र यसका यस्ता सबै अपराधहरू उसैका अगाडि उदांगिएका छन् ।

साँचो कुरा के भने वामपन्थी लेखकहरूमा कुनै त्यस्तो अचम्म मान्नुपर्ने कुरा भेटाइन्न, उनीहरू सचित्र पुस्तकहरू र अपेरा (नाटक)का लागि संवादहरू लेख्छन् । तर उनीहरूले श्रीमान सुवेनले विचार गरे सरिका महत्वहीन छैनन् उनीहरू टाल्सटाय र प्mलवर्टलाइ पनि रूचाउँछन् । तर उनीहरू “भविष्यका लागि लेख्न खोज्ने” टाल्सटाय र फ्लवर्टलाई रूचाउँदैनन्, (किनभने कसैले पनि तिनको अध्ययन गर्नेछैनन्) टाल्सटाय र फ्लवर्टले आफ्नै बेलाका मानिसहरूका लागि लेखे । वर्तमानले नै भविष्यको निर्धारण गर्छ र आजको लागि केही अर्थ भएको कुराको मात्र भविष्यमा पनि केही अर्थ हुन सक्छ । विशेष गरेर टाल्सटायले किसानहरूका लागि कथा लेखे तर उनले आफूलाई “तेस्रो काँट” को भनी कहिल्यै ढाँचा पारेनन् र पूंजीवादी वर्गबाट गरिएको जस्तै आक्रमणले पनि उनलाई आफ्नो कलम छोड्न लगाउन सकेन । श्रीमान सु वेनका “सचित्र पुस्तकहरूले टाल्सटाय वा फलवर्ट जस्तालाई जन्माउन सक्दैनन्” भन्नेजस्तो जाबो कुरा पनि बुझ्न नसक्ने मुर्ख त वामपन्थीहरू छैनन् । तिनले के विचार गर्छन् भने माइकेलान्जेलो वा लियोनार्डो द भिन्सीजस्ता महान् कलाकारहरूलाई ती पुस्तकहरूले जन्माउन सक्छन् । मलाई के लाग्छ भने अपेरा संवादहरू र कथा गाउनेहरूबाट पनि टाल्सटाय र फलवर्ट जस्तालाई जन्माउन सकिन्छ । हाल माइकेलेन्जेलोका चित्रकलाको विरोधमा कसैले एक शब्द भनेको छैन तर के ती चित्रहरू वास्तवमा धार्मिक प्रचार होइनन् र ? ती कुराहरूलाई पनि कलाकारले आफ्नै बेलाका मानिसहरूका लागि बनाएका थिए ।

छोटकरीमा अरूलाई छकाउनु वा छकाउन खोज्नुभन्दा “तेस्रो काँट” ले लेख्नका लागि सकेसम्म प्रयत्न गर्नुपर्छ भनी श्रीमान सु वेनले भनेको कुरा बेठिक हैन । र अझ बढी साँचो कुरा उसले गरेको छ–“काम गर्ने आँट गर्नुभन्दा पहिले आफैमाथि पत्यार गर्ने आँट हुनैपर्छ ।”

तर श्रीमान सुवेन के भन्छ भने वामपन्थी सिद्धान्तकारहरूले पछि तिनीहरूको आलोचना गर्नेछन् भन्ने सुईको पाएर “तेस्रो काँट” का तिनका ठूला साना सदस्यहरू आफ्नो कलममा बिर्को लाउन बाध्य भएका छन् ।

“तेस्रो काँट” बारे थप कुरा ताइ वाङ शुले आन्डझे गाइडे कसरी फ्रान्सेली क्रान्तिकारी लेखक संघमा सम्मिलित भएर मार्च २१ तारिखमा भएको एउटा आमसभामा जर्मन फासिस्टवादको उनले कसरी चर्को गरी विरोध गरे भन्ने कुरा बताएर फ्रान्सबाटै एउटा चिठी पठाएको थियो । उसले गाइडेका भाषणको रिपोर्ट पठाएको थियो जुन “नयाँ युग” को जुनको अंकमा छापिएको थियो । न्यायको पक्षमा बाहिर निस्कनु फ्रान्सेली बुद्धिजीवीहरूका लागि नौलो कुरा होइन । यसभन्दा पहिलेका उदाहरणहरू–जोलाको ड्राइफससितको चर्को हेमखेम र जोलाको चिहानमा आनातोले फ्रान्सले दिएको भाषण हुन् । हालसालैको उदाहरण– रोमाँ रोलाँको युद्धप्रतिको भत्र्सना हो । तर यस घटनाले मलाई बर्ता गहिरो आनन्द दिन्छ किनभने यो सवालचाहिं विषयवस्तुसित गाँसिएको छ र म पनि फासिस्टवादसित घृणा गर्दछु । तैपनि आफ्नो रिपोर्टमा ताइवाङशुले चीनका वामपन्थीहरूको “मूर्खता” र युद्धसर्दारहरूका जस्ता देखिने तिनीहरूको अत्याचारतर्फ पनि औल्यायो र म यसबारे केही कुरा भन्न चाहन्छु । जर्मनीका थिचिएकाहरूलाई दिइए सरह चीनको “तेस्रो काँट”ले पनि सहयोग पाउलान् भन्ने आशा गरेर म भ्रममा पारिन चाहन्न र पन्छिन निहुँ खोजिरहेछ भनेर भनाउन पनि चाहन्न । तथ्यलाई हेर्ने हो भने जर्मनीको स्वेतआतंकभन्दा अगावै चीनमा किताबहरू र खबरकागतहरू जलाउने, पुस्तक पसलहरू बन्द गर्नेर लेखकहरूलाई थुनामा राख्ने वा तिनको ज्यान लिने काम वास्तविक रूपमा भयो र संसारभरीका क्रान्तिकारी लेखकहरूले यसको विरोध गरेका थिए । यहाँनिर उसको चिठीमा परेका केही कुराहरूलाई लिएर छलफल चलाउन चाहन्छु जुन कुरा उठाउनै पर्दछ ।

गाइडे कसरी फासिष्टवादको प्रतिरोधको आन्दोलनमा सम्मिलित भए भन्ने कुरा भनिसकेपछि हाम्रो संवाददाताले लेखेको छ–“फ्रान्सेली लेखक समूहमा हामीहरू गाइडेलाई “तेस्रो काँट” मध्येको एक जना भनी भन्न सक्छौं…१८९१ देखियता उनी सधैभरी आफ्नो कलाप्रति बफादार रहिआएका छन् । तर आप्ना कलाप्रति बफादार रहने लेखकहरू आवश्यक रूपमा “पूंजीवादी वर्गका भाडाका बयल” हुनैपछ भन्ने छैनन् र फ्रान्सका क्रान्तिकारी लेखकहरूको यस्तो मूर्खतापूर्ण विचार छैन । (यसलाई बाठो कार्य नीति भन्नु अझ राम्रो होला ।) त्यसैले त गाइडेले जनताको उत्साहपूर्ण हर्षध्वनीको माझमा बोले ।

अर्को किसिमबाट भन्ने हो भने“आफ्नो कलाप्रति बफादार भएको लेखक” तेस्रो काँटमध्येको एक जना हो र चीनका क्रान्तिकारी लेखकहरूले यस्ता सबै मान्छेलाई “पूंजीवादी वर्गका भाडाका बयल” भनी वर्णन गर्नुचाहिं निक्कै मूर्ख हुनु हो । तर गाइडे आफैले यसो हुनैपर्छ भन्ने केही जरूरी छैन भन्ने कुरा प्रमाणित गरिदिएका छन् ।

यहाँनिर जवाफ दिइनुपर्ने दुईवटा प्रश्नहरू छन् ।

पहिलोचाहिं, चीनका वामपन्थी सिद्धान्तकारहरू“आफ्ना कलाप्रति बफादार भएका” सबैलाइ के साँच्चि नै “पूंजीवादी वर्गका भाडाका बयलहरू” सम्झन्छन् र ? वामपन्थी सिद्धान्तकारहरू जतिसुकै मुर्ख भए तापनि उनीहरूले के कुरा बुझ्न चुक्दैनन् भने “कला कलाकै लागि” भन्ने कुरा केही सामाजिक रीतिथितिका विरोधमा एउटा क्रान्ति झैं थालिएको थियो । तर नौलो संघर्षमय साहित्यको विकासलाई नोक्सान पु¥याउने खुला वा गोप्य साधनहरू झैं यस पुरानो नारालाई प्रयोग गर्दै गयौं भने यो नारा “पूंजीवादी वर्गका भाडाको बयल” मात्र होइन प्रतिक्रियावादी नै हुन जानेछ । र “आफ्ना कलाप्रति बफादार” भएका सबैलाई एकै ठाउँमा थुप्य्राउन पनि सकिंदैन । किनभने प्रत्येक वर्गका लेखकहरूको “आफ्नो” भन्ने हुन्छ र त्यो कुरो भनेको तिनको आफ्नो वर्गको अंश हो । आफ्नो कलाप्रति वफादार भएका लेखकहरू, ती पूंजीवादी हुन् कि सर्वहारा, आफ्नो वर्गप्रति पनि वफादार भएका हुन्छन् । यो त स्पष्ट तथ्य हो र वामपन्थी सिद्धान्तकारहरूले यो कुरा बुझ्न कमै चुक्लान् । तर ताइले “कला कलाकै लागि” को साटो “कलाप्रति वफादार” भन्ने कुरा प्रयोग गर्दा ऊ वामपन्थी सिद्धान्तकारहरूको चर्को “मुर्खता” तर्फ पक्कै पनि औल्याइरहेको थियो ।

दोस्रो कुरो, के गाइडे साँच्चि नै चीनमा तेस्रो काँट भनिनेमध्ये एकजना हुन त ? गाइडेका पुस्तकहरू पहिले नपढी उनका कृतिहरूबारे टिकाटिप्पणी गर्ने हक मेरो छैन । तर मलाइृ के कुरा पत्यार छ भने लेख र भाषण यी दुई कुरा रूपमा एक अर्कासित फरक भए पनि तिनमा भएका सार त उही नै हुनुपर्छ । ताइले रिपोर्ट गरेकोबाट उनका भाषणबाट दुई हरफ उद्धत गरौं–
“कसैकसैले भन्छन्, सोभियत संघमा पनि यस्तै हो, तर सम्भवत उद्देश्य चाहिं त पूराका पूरा भिन्नै छ । त्यसमा पनि तपाई एउटा नौलो समाजको निर्माण गर्न चाहनुहुन्छ र सधैभरी थिचिएका र वाक् स्वतन्त्रता खोसिएकाहरूलाई वाक्स्वतन्त्रता दिन चाहनुहुन्छ भने केही अंशमा उग्रवाद आउनु अनिवार्य हुन जान्छ ।”

“अन्त कतै मैले विरोध गरेको कुरालाई आज म किन समर्थन गर्दछु र कसरी समर्थन गर्दछ ? यसको कारण के भने जर्मनीको आतंकवादमा मैले उहिलेको सबभन्दा निन्दनीय र घिनलाग्दो कुरा फेरि दोहो¥याइएको पाएँ उता सोभियत संघको सामाथिक निर्माणमा म पछिका लागि अनगिन्ती राम्रा कुराहरूको सम्भावनाहरू देखेको छु ।”

साँच्चि नै यो कुरा निकै नै स्पष्ट छ । पद्धति यही हो, तर उद्देश्य फरक भएकोले एउटा घटनामा उनी समर्थन गर्दछन् भने अर्कोमा उनी विरोध गर्छन् । सोभियत संघको अक्टुबर क्रान्तिपछि, कलामा बर्ता जोड दिने सेराफियोन बन्धुहरू र तिनका सहयोगीहरूलाई पनि “सँग लागेकाहरू” भनिन्थ्यो तर तथ्य कुरो के भने तिनीहरू सकारात्मक रूपबाट त्यसरी आएका वास्तवमा थिएनन् । यस वषर्् तेसे काँटबारे लेखिएका लेखहरूको एउटा विशेषांक प्रकाशित भएको छ । त्यो विशेषांक पढ्ने हामीहरूले गाइडे र हाम्रा ती आफैले आफूलाई तेस्रो काँटका हौं भनी फलाकी हिंड्नेहरूका माझ कुनै त्यस्तो समान खालका भावनाहरू पाउँछौं त ? पाउँदैनौं भने म के कुरा पक्का गरी भन्न आँट गर्छु भने गाइडे तेस्रो काँटमध्येका होइनन् ।

तर जसरी मैले गाइडे चीनको तेस्रो काँटको जस्तो हो भन्ने कुरामा विरोध गर्छु, ताइवाङशुले चीन र फ्रान्सका वामपन्थी लेखकहरूका माझको भिन्नतालाई “विवेक” र “मुर्खता” का माझ रहेको भिन्नता जस्तो भएको सम्झन्छ । जर्मनीका वामपन्थी कलाकारहरूका लागि चर्को सहानुुभूति व्यक्त्याउनाका लागि सभामा सामेल भइसकेपछि उसले चीनका वामपन्थी लेखकहरूको मुर्खता र अत्याचारको कुरा सम्झ्यो । त्यसबेला उसले आफ्नो भावावेशमाथि नियन्त्रण राख्न सकेन ।

जर्मन फासिष्टहरूको आतंकवादप्रति चीनमा कुनै प्रतिक्रिया परेको छ या छैन भन्ने कुरा मलाई थाहा छैन । हाम्रा लेखकहरू र कलाकारहरू युद्धसर्दारहरू सरह गृहयुद्धमा मज्जा मान्छन् । उता फ्रान्सका क्रान्तिकारीहरू लेखकहरूले गाइडेसित हात मिलाइसक्दा हाम्रा वामपन्थी लेखकहरू भने अझै कुनै किसिमको शंका नगरी तेस्रो काँटलाई मुख्य शत्रु सरह सम्झिरहेका छन् ।

यसको खन्डन गर्नुपर्ने कुनै खाँचो छैन किनभने तथ्य आफैले यस कुरालाई छर्लङग्याउने छ । यहाँ अलिकति प्रतिक्रिया देखापरेको थियो , तर यो ठाउँ फ्रान्स नभएकोले यसले यहाँ अलि बेग्लै रूप लियो । यता केही समयदेखि “तेस्रो काँटलाइ मुख्य शत्रु झैं ठान्ने” पत्रिकाहरूमा कुनै लेखहरू छैनन् । गृहयुद्ध सकिसकेको छ र युद्धसर्दारिया वातवरण बनि अल्पिसकेको छ । ताईवाङशुले गलत कुराको लख काटेको थियो ।

तर चीनका वामपन्थी लेखकहरू श्रीमान ताइलाई लागेका फ्रान्सका लेखकहरूजस्ता विवेकी छन् र ? मेरो विचारमा उनीहरू छैनन् र हुनु पनि पर्दैन । राय प्रकट गर्ने सबै आवाज बन्द हुनु अघावै तेस्रो काँटबारे फेरि छलफल चलाउनु र तिनलाई व्यापक गर्नु खाँचो पर्दोछ । श्रीमान ताइले फ्रान्सेली क्रान्तिकारी लेखकहरूको रहस्यलाई बुझेको छ र ऊ के करा सम्झन्छ भने आपद्को बेला तेस्रो काँटसित हात मिलाउनु पुग्नु “बाठो कार्यनीति” हुन सक्छ । तर मलाई के लाग्छ भने खाली कार्यनीतिमा मात्र भर परेर पुग्दैन । बाठो कार्यनीतिका लागि सही दृष्टिकोणहरूको पनि खाँचो रहन्छ । गाइडेको भाषण यसो हेर्दा हामी के कुरा देख्न सक्छौं भने उनी राजनीतिबाट अलग्ग रहेका छैनन् र उनीलाई तेस्रो काँटका भनी जथाभावीसित रंग पोतिदिनु गल्ती हुनेछ । कुनै पनि गोप्य कार्यनीति प्रयोग नगरी उनको धारणालाई स्वागत गर्न सकिन्छ । तर चीनका तेस्रो काँटका भनाउँदाहरू भने अलि अप्ठेरा खालका नै छन् ।

तेस्रो काँटको मौलिक अर्थचाहिं दुवै विपरीत शिविरभन्दा बाहिर वा क र ख का बीच भएका लडाइँभन्दा पर रहनु हो । तर तथ्यलाई हेर्दा, यस्तो कुनै पनि हुनै सक्दैन । मानिसहरू मोटाघाटा वा दुब्लापात्ला हुन्छन्, तर सिद्धान्तमा मोटाघाटा र दुब्लापात्ला दुवै नभएको तेस्रो काँट पनि हुनुपर्छ, तर वास्तवमा यस्तो हुँदैन । दाँजेर हेर्दा मानिसहरू कि त अलि मोटा वा अलि दुब्ला हुन्छन् । कलामा पनि तेस्रो काँटको उही कुरो आउँछ । कलाकारहरू निस्पक्ष र तटस्थजस्ता देखिन सक्छन् तर तिनीहरूले सधै नै एका न एकापट्टी अलिकति ढल्केर आड लिइरहेकै हुन्छन् । साधारण अवस्थामा जानीजानी वा नजानीकन नै तिनीहरू यस कुरालाई लुकाउन सक्छन् तर आपद् परेको बेला तिनीहरूले यस कुरालाई प्रष्ट गरी उदांगीइ दिनेछन् । यसरी आफ्नो वामपन्थी धारणाहरू देखाए र अरूहरूले पनि केही शब्दहरू मात्र भनेर पनि आफूलाई स्पष्टसित उदांग्याउनेछन् । यसरी नै छ्यासमिसे हुलमध्येबाट केही मानिसहरू क्रान्ति सँगसँगै अघि लम्कन सक्छन् र अरूहरूसित स्वर मिलाएर चर्को गरी कराउन सक्छन् । कोही कोही चाहिं क्रान्तिलाई मार हान्नु, निर्धो पार्नु वा बंग्याउनुका लागि मौका हात पार्न सक्छन् । यी कुराको विश्लेषण गर्नु वामपन्थी सिद्धान्तकारहरूको कर्तव्य हो ।

यो कुरा युद्ध सर्दारहरूको माझमा “गृहयुद्ध” सितै मिल्दोजुल्दो छ भने त वामपन्थी सिद्धान्तकारहरूले ती दुई शिविरहरूलाई स्पष्ट गरी छुट्याउन र पछिल्तिरबाट तिनीहरूमाथि हानेका बिखालु वाणलाई झिकिदिन यस गृहयुद्धमा सामेल भएर अघि लम्कनैपर्छ ।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १५ – २०६७ फागुन १८ गते, बुधबार )

This entry was posted in अनूदित निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *