गीत : फूललाई सोधेँ कहाँ गयो

~नरदेन रुम्बा~Norden Rumba_1

फूललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फूलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

वनलाई सोधेँ कहाँ भाग्यो बादल
सुसाएर वनले भन्यो कहाँ गयो कता लाग्यो
मेरो तन रुझाएर पानीले बैमानीले
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले
गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा
समाएर उसले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

खोला भन्छ निर्मोहीको त्यो मोहले नै गर्दा
बैँस गयो उमेर गयो खोजि हिँड्नुपर्दा
भेट्छु होला निष्ठुरीलाई त्यो घुम्तिनिर भनी
खोजी हिँड्छ अभागी त्यो बतासले पनि
कठै बरा कसलाई होला बुझ्नै सकिन मैले
वित्यो युग यहाँ पर्खेको अझ छैन फर्केको
फूललाई सोधेँ कहाँ गयो कता गयो भँमरा
लजाएर फूलले भन्यो कहाँ गयो कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले बैगुनीले

शब्द – नरदेन रुम्वा
स्वर – अरुणा लामा
संगीत – कर्म योञ्जन
एल्बम : अरुणालामाका स्वर

 

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.