पुस्तक अंश : सहरको कथा

~किशोर नेपाल~Kishore Nepal

कामको मामिलामा केटीहरूमा उत्तरदायित्वको भावना बढी पाइने हुनाले म केटीहरूसँग बढी हिमचिम बढाउन चाहन्थेँ। तैपनि, परिस्थिति सधैं एकनासको रहँदैन। मैले काम गर्न चाहने केटीहरूको एउटा नेटवर्क नै बनाएको थिएँ। त्यसैलाई ‘इस्यु’ बनाएर मेरा विरोधीहरूले मलाई ‘वुमनाइजर र प्लेब्वाइ’ भन्नसम्म पनि बाँकी राखेका थिएनन्। ती दुवै गुण ममा थिएनन्। सत्य अलिकति बेग्लै थियो। व्यक्तिगत रूपमा म आइमाईहरूको चरित्रको अध्ययनमा निकै रूचि राख्दथें। आइमाईका बारे मभित्र अनन्त जिज्ञासाहरू थिए। त्यस्तो जिज्ञासा कसमा हुँदैन र? संसारमा लडिएका ठूला–ठूला युद्धका कारण बनेका थिए आइमाईहरू। आफ्नै पतिहरूद्वारा जुवाको खालमा दाउ थापिएकी द्रौपदी सुरूक्क कौरव पक्षमा लागेकी भए महाभारतको युद्ध हुने थियो कि थिएन? रावणले अपहरण गरेर लगेकी सीताले अशोक वाटिकामा रावणसँगै विवाह गरेकी भए त्रेतायुग लम्बिने थियो कि थिएन?

संसारका ठूला घटनाहरूको निर्माणमा आइमाईहरूको नाज र नखराको ठूलो प्रभाव रहेको छ। म नारी चरित्रका विविध पक्षहरूका बारेमा जान्न चाहन्थेँ। अनेकौँ मानिसहरूका इच्छालाई समुद्रको बीचमा निर्दयतापूर्वक हेलिदिएर रमाउने आइमाईका कथाहरू धेरै पढेको थिएँ मैले। थरिथरिका मानिसहरूसँग भावनात्मक सम्बन्धहरूको खेल कसरी एकैसाथ खेल्न सक्छन् नारीहरू? कसरी छिनमा रिसाउने र छिनमा खुसाउने, छिनमा आँसुका धारा बहाउने र छिनमा हाँसोको फौवारा छुटाउन सक्ने क्षमताको विकास हुन्छ उनीहरूमा? त्यसभन्दा पर मैले केही सोचेको थिइनँ।

ऊ मलाई शहरको सबैभन्दा व्यस्त सडक पुतलीसडकको इन्टर–सेक्सनमा पर्खिरहेकी थिर्ई। त्यो भीडमा मेरा आँखाहरू अरोजालाई खोज्न थाले। ऊ पेटीको एउटा कुनामा उभिएर हात हल्लाइरहेकी थिर्ई। मैले घ्याच्च ब्रेक लगाएर गाडी रोक्नासाथ पलक झप्काउन नपाउँदै ऊ गाडीमा बसिहाली। ऊ यति छिटो उफ्रेर गाडीमा आइपुगेको देखेर म चकित परेको थिएँ।

‘यो मेरै कार हो भनेर कसरी चिन्यौ त?’ मैले सोधें।

जवाफमा ऊ निकै चिप्लो बोली, ‘सर, यो शहरमा तपार्इं र तपार्इंको कारलाई नचिन्ने को होला र?’

गाडीमा बस्नेबित्तिकै अरोजा गुनगुनाउन थाली। मलाई थाहा पाउन बेर लागेन ऊ कविता र सायरीको सौखिन छे। उसलाई केही उर्दू र अरबी शब्दहरूको ज्ञान पनि छ। नयाँ मानिससँग कुनै वाक्य बाेल्दा चलनचल्तीका गीत र गजलहरूमा प्रयोग हुने एक–दुई शब्द मिलाएर त्यसलाई आकर्षक बनाउन खोज्ने उसको बानी नै भइसकेको छ।

मैले उसलाई शहरको एउटा नामुद रेस्टुराँमा लगें। महँगो भए पनि त्यहाँ खानेकुरा निकै धेरै थिए र मिठो पाइन्थ्यो। त्यसबाहेक लामो समयसम्म गफ गरेर बस्ने वातावरण पनि थियो त्यहाँ। खानेबित्तिकै बिल ल्याएर ग्राहकहरूलाई धपाइहाल्ने चलन थिएन। अरोजा पहिलोपल्ट आएकी थिर्ई यो रेस्टुराँमा। थाहा पाएर मलाई आश्चर्य लागेन। बाहिरी जिल्लाबाट सहरमा पढ्न आएका विद्यार्थीहरू यति महँगो रेस्टुराँमा आउन सक्ने कुरै हुँदैनथ्यो।

अरोजालाई स्ट्यान्डर्ड मेनुको कुनै ज्ञान थिएन। रेस्टुराँमा पुगेपछि उसका बारे मैले थाहा पाएको यो दोस्रो कुरा थियो। अरोजाको अर्डर सुनेर एकछिन वेटर पनि छक्क परेको थियो। उसले परस्पर विरोधी स्वादका खानेकुरा मगाएकी थिर्ई। उसले मगाएका दुवै आइटम साँझका बेला खाइन्नथ्यो। खानेकुराको बीचमा कुनै तालमेल पनि थिएन। उसले पहिले कफी र त्यसपछि सुपको अर्डर दिएकी थिई। यी दुवै पेयका बीचमा मगाउनुपर्ने खानाका बारे उसलाई ज्ञान भएजस्तो मलाई लागेन। मैले ऊसँग बिस्तारै भनें, ‘ग्यास्ट्रोनोमीको ज्ञान नभएसम्म कुनै पनि मानिस यो जमानामा आधुनिक बन्न सक्दैन।’

मेरो भनाइले ऊ अलिकति इरिटेट भई र भनी, ‘हुनु पनि परेको छैन आधुनिक। जतिबेला आफूलाई जे मन लाग्छ त्यही खाने हो। कफी पिउँदापिउँदै सुप खान मन लागेपछि के गर्नु त?’

खान नजाने पनि अरोजालाई कुन मौसममा कस्तो कपडा लगाउने भन्ने राम्रो ज्ञान थियो। उसलाई थाहा थियो, छातीको माथिल्लो भागलाई अलिकति खुला छाडेर कसरी राम्री देखिन सकिन्छ। कुन मौसममा स्कर्ट घुँडाभन्दा तल लर्किनुपर्दछ ! कान्तिपुरको जाडोमा कसरी कम कपडा लगाएर तातो पाउन सकिन्छ !

पहिरनका हिसाबले त्यस दिन अरोजा निकै सेक्सी देखिएकी थिर्ई। उसले कानमा हरियो पत्थर जडिएको टप लगाएकी थिई। हातका ‌औँलाहरूमा पनि हरियो रंगकै नेलपालिस थियो। जिन्स पाइन्टमा हल्का हरियो रंगको टिसर्ट। मौसमअनुसार उसको च्वाइस उत्कृष्ट थियो।

अरोजा मेरासामु आफूलाई बढी नै फ्रयांक देखाएर इम्प्रेसन दिन खोजिरहेकी थिई। उसको यो फ्रयांक्नेस् बेलाबेलामा अलि खस्रो सुनिन्थ्यो। उसको व्यवहार पश्चिमी समाजका केटीहरूको जस्तो भए पनि मापनमा ऊ गाउँले केटीको हैसियतबाट माथि उठ्न सकिरहेकी देखिन्नथी। बोलीवचन र बडी ल्यांग्वेजका हिसाबले ऊ शहरका सबै रेस्टुराँमा सजिलै पाइने इन्स्ट्यान्ट कफीजस्तै थिर्ई।

यो भेटपछि हाम्रो भेटघाट बाक्लिन थालेको थियो। ऊ अनेकथरिका कुरा गर्दथी। उसको कुराको थिम उसकै समकालीन साथीहरू हुन्थे। आफूबाहेक ऊ आना सबै साथीहरूमा कुनै न कुनै खोट देखाएर आफ्नो श्रेष्ठता कायम गर्न खोजिरहेकी हुन्थी। म धेरैजसो उसका कुराहरू बुझ्दैनथें। नयाँ जमानाका ठिटा–ठिटीहरूले कुराकानीको आफनै भाषा बनाएका थिए। कुरामा प्रयोग भएका सबै शब्ददहरू नबुझे पनि म ऊसँग होमा हो गरिदिन्थें।

यति छिट्टै र यति गहिरो ढंगले ऊ मेरो साथी बनी कि सम्झेर कहिलेकाहीं आफैं विस्मित हुन्छु म। उसलाई थाहा थियो, म स्वास्थ्यका सम्बन्धमा एकरत्ति जानकारी राख्दैनथेँ। तैपनि ऊ आफ्नो स्वास्थ्यको एकदमै अन्तरंग समस्याका बारे पनि मसँग प्रश्न सोध्न थालेकी थिई। ऊ कहिले मासिकस्रावको अवस्थामा पेट दुख्दा हुने पीडाबारे मलाई बताउँथी भने कहिले मासिकस्रावपछिका दिनहरूमा हुने कामोद्दीपनका कारण जान्न खोज्दथी। यस्तै कुनै दिन मैले ऊसँग सोधेको थिएँ, ‘के तिमीले कुनै मानिससँग शारीरिक खेलको अनुभव गरेकी छ्यौ?’

उसले त्यस्तो सम्बन्धलाई विनाहिच्किचाहट स्वीकार गरेकी थिर्ई। ऊ खुलेकी थिई। त्यसैले मैले अलिकति पनि संकोच नमानी एक दिन उसलाई जिस्क्याएको थिएँ, ‘तिमीले कतिवटा ब्वाइफ्रेन्ड फेरिसक्यौ त?’

उसले मेरो प्रश्नलाई निकै गम्भीरतापूर्वक लिएर जवाफ दिएकी थिई, ‘तीनवटा मात्रै हो। तर, स्वाद भने एउटाको मात्रै लिएकी हुँ।’

उसको यो भनाइ मैले त्यतिबेला पत्याउँदै पत्याइन। ऊ जस्ती ताती खालकी केटीले एउटै पुरूषको मात्र स्वाद लिएको पत्याउनु निकै गाह्रो थियो। त्यसो त उसले एउटा पुरूष भोगेकी थिर्ई कि धेरै पुरूषहरूसँग उसको संसर्ग थियो? यो मेरो चासोको विषय पनि थिएन। ऊ प्रायः कफी पिउन मन पराउँथी। कफी पिउनु शहरिया फेसनको एउटा अनिवार्य भाग बनिसकेको थियो। तर, उसले स्वाद लिएर कफी पिएको मैले कहिल्यै देखिनँ। कफी उसका लागि फेसन स्टेटमेन्टजस्तै थियो। कफी कल्चरमा डुबेका शहरका केटाकेटीहरूको देखासिकीमा मात्रै उसले कफी पिउने कुरा गरेकी हुन्थी। उसको अनुहारले नै बताउँथ्याे, उसको शरीरले क्याफिनको कडा महक होइन, मानिसको तीखो गन्ध खोजेको छ।

एक दिन सूर्यास्तका बेला भएको भेटमा मैले ऊसँग रातभर कान्तिपुर शहरको स्लिजमा हराउने प्रस्ताव राखें। घुमाउरो भाषामा राखेको मेरो प्रस्ताव अरोजाका लागि एउटा सांकेतिक प्रश्न पनि थियो, ‘के तिमी मसँग सुत्न चाहन्छ्यौ?’

मैले अलिकति झिनो आशा राखेको थिएँ, उन्माद र आवेगमा अरोजाले मेरो प्रस्ताव स्वीकार गर्नेछ।

तर, मैले आशा गरेजस्तो भएन। प्रश्न सुनेर ऊ एकैछिन अकमक्क परी। एकैछिन अधीर बनी। एकैछिन टोलाइ। अलिकति अप्ठेरो किसिमको छट्पटी देखियो उसमा। उसले आफ्नो कल्पनाको कुनै पनि तहमा मबाट यस्तो प्रस्ताव आउला भन्ने अनुमानसम्म पनि गरेकी थिइन। मानसिक र शारीरिक हिसाबले पनि ऊ यस्तो प्रश्नका लागि तयार थिइन। ऊ अलिकति लजाएजस्तो गरी। त्यसो गर्दा उसको अनुहार अलिकति रातो देखियो। उसको अनुहारको त्यो रातोमा अस्ताउँदो सूर्यले आनो रातो रंगको उत्तेजना थपिदिएको थियो अलिकति। उसले एकैछिन टाउको निहुराई। त्यसपछि बिस्तारै भनी, ‘बिन्दास भएर रातभर शहरमा हराउने इच्छा नभएको पनि होइन। तर, रात रहिरहँदैन। कतै न कतै पुगेपछि उज्याला हुने बेलामा रातको केही हिस्सा त बिसाउनैपर्छ। कता– कता तपाईंसँग एउटै ओछ्यानमा रात बिताउने माेह नभएको पनि होइन। तर, म त्यसो गर्न सक्दिनँ। म तपार्इंको सम्मान र आदर गर्छु। आफूले सम्मान र आदर गरेको व्यक्तिले मलाई टर्न–अन गराउनै सक्दैन। तपार्इंले किन बुझ्न खोज्नु…’ उसले वाक्य पूरा गरिन।

त्यसपछि धेरैबेर अन्कनाएर भनी, ‘म तपार्इंकी भावनात्मक प्रेमिका मात्र हुन चाहन्छु। युटोपियन लभर। भावनाका अगाडि सुत्ने चाहना ठूलाे हुन सक्दैन।’

उसको कुरा सुनेपछि मैले उसको कानले मेरा शब्दहरू नसमातुन् भन्ने सोचेर बिस्तारै भनेको थिएँ, ‘त्यसो भए तिमी सधैं मसँग भावनामा सुतेर चित्त बुझाउनु।’

‘के भन्नुभएको?’ मेरा ओंठहरू आवाजविना नै चलेको देखेर उसले सोधेकी थिई।
‘केही होइन, मेरा ओंठहरू तिम्रो कुरा सुनेर त्यसै चलेका हुन्,’ मैले उसलाई टर्काएको थिएँ।

अरोजाका बारेमा मेरा मनका भ्रम र भ्रान्तिहरू छिट्टै भाँच्चिए। केटी मैले सोचेेभन्दा धेरै फास्ट थिई।

म सत्ताइस–अठ्ठाइस वर्षको त्यस्तो लक्का जवान केटाको खोजीमा छु जोसँग मनग्गे गाँठ होस्। अचेल किन हो किन, त्यस्ताे मानिसलाई आनाे लोग्ने बनाएर भाेग्नेे मेरो जबर्जस्त चाहना छ। म त्यसैसँग बिहे गरेर स्थायी रूपले उसैकी मात्र भएर बस्न पनि सक्छु। त्यसो नहुन पनि सक्छ। अरू केटासँग मेरो लसपस भयो भने पनि सहनसक्ने खालका उदार केटाहरू पनि त पाइन्छन होला। यो बिहे भन्ने कुरोमा पनि निकै दम छ जस्तो लाग्न थालेको छ आजकाल। कसैसँग बिहे गर्‍याे भने अहिलेको जस्तो स–साना सुखका लागि समेत कल्पी–कल्पी हिँड्नु त नपर्ला। जीवनमा अलिकति सुरक्षाको अनुभूति त होला।’

ऊ एकोहोरो बाेल्दै थिई, ‘अब हेर्नुहोस् न। दिनदिनै मेरो शारीरिक चाहना बढ्दै जाँदाे छ। चाहना बढ्याे भन्दैमा साँढे खोज्दै सडकमा दाैडिने कुरा पनि भएन। आनाे चाहनालाई म जथाभावी जस्तो पायो उस्ताे मानिसबाट पूरा गर्न पनि सक्दिनँ। सानैदेखि घरबाट टाढा र अलग बस्दै आएकी छु। तैपनि घरले दिएको संस्कारबाट म टाढा हुनसकेकी छैन। अहिले नै म परिवारको इज्जतको पर्दा च्याती हाल्न चाहन्नँ। मलाई त्यो पर्दा र त्यो इज्जतसँग खासै माेह नभए पनि मेरा कारण बाबु–आमा दुःखी हुन् भन्ने म रत्तिभर चाहदिनँ। तैपनि निषेधको त्यो फल खान कति मन लागेको होला मलाई !’

कुरैकुरामा उसले आना साथीहरूले नियमित रूपले लाेग्नेमानिसको सुख प्राप्त गर्ने गरेको बताएकी थिई। भन्दै थिई, ‘होस्टेलमा बस्ने सबैका ब्वाइफ्रेन्ड छन्। पूर्णिमाको त ब्वाइफ्रेन्ड नै आधा दर्जन होलान्। ऊ कहिल्यै होस्टेलमा भेटिन्न। कहिले आउटिङमा हुन्छे, कहिले डेटिङमा। तैपनि माेरी म चाेखी छु भनेर कति सजिलैसँग झुट बाेल्छेे…कहिलेकाहीँ त उसको कुरा सुन्दै पनि रनक्क रिस उठ्छ र उठेर भुत्ल्याइदिउँ जस्तो लाग्छ।’

अरोजाको मुखबाट पूर्णिमाको नाम सुनेपछि म अचानक गम्भीर भएको थिएँ। एउटी पूर्णिमासँग म परिचित थिएँ। अरोजाकी साथी पूर्णिमा र मैले चिनेकी पूर्णिमा एउटै मानिस हो कि होइन? म भ्रममा थिएँ। एउटी पूर्णिमा मेरो एकजना रमाइलो मित्रकी छोरी थिई। मेरो मित्र एउटा गैरसरकारी संस्थाको कार्यकारी प्रमुख थियो। पैसा मनग्गे कमाउँथ्याे। परिवार पनि सुखी नै थियो। देशको चलनअनुसार उसले आफ्नी पत्नीलाई आनै संस्थामा काम लगाएको थियो। उनी नेपाली समाजमा ‘जेन्डर इस्यू’ की एक्सपर्ट मानिन्थिन्। तीन वर्षअघि संस्थाको कामको सिलसिलामा आएको एउटा नर्वेजियनसँग उनको मित्रता भएको थियो। त्यो मित्रता कतिबेला प्रेम र आकर्षणमा बदलियो उनले पत्तै पाइनन्। पोहोर साल जेन्डर इस्यूमा नर्वे पुगेकी उनी फेरि त्यहाँबाट फर्किइनन्। त्यही नर्वेजियनसँग बस्न थालिन् उनीे। उनी उतै रमाइन। वैधानिक रूपले अहिलेसम्म पनि मेरो साथी र उनी लाेग्ने स्वास्नी नै छन्। उनले बिहे गरेको वैधानिक खबर पाए पनि मेरो मित्रले त्यसपछि फेरि बिहे गरेको थिएन। उसले आफूसँगै रहेकी छाेरीलाई होस्टेलमा राखिदिएकोे थियो र आफू छाडा जीवन बिताउन थालेको थियो।

‘आवारा जीवन नै रमाइलाे’, उसले एकपटक मसँग भनेको थियो, ‘तन्ना फेरेजस्तो दिनहुँ आइमाई फेर्न पाइन्छ। कुनै टण्टा पनि छैन, दायित्व पनि छैन। प्लस टू पास गरेपछि छाेरीलाई अमेरिका पठाइदिन्छु। उसका मामाहरू छन् त्यहाँ। त्यहीं बस्छे, पढ्छे। त्यसपछि त झन् मुक्ति नै मुक्ति,’ बाेलिसकेपछि ऊ खुब हाँसेको थियो। उसको हाँसो उन्मुक्त थियो तर त्यसमा जीवनको कुनै स्वाद होइन विषाद थियो। कुनै आशा थिएन। साह्रै निरस हाँसो थियो त्यो।

उसको कुरा मेरो मनको भित्री तहमा सियो गडेजस्तै चसक्क गडेको थियो। आँसुले रसाउन खोजेका आँखालाई जबर्जस्ती रोकेर ठट्याैलाे पारामा मैले भनेको थिएँ, ‘यसो गर्दागर्दै एक दिन तँलाई एड्स हुन्छ। विचार गरेस्। शरीर सुखको खोजी गर्दागर्दै दुःखको गहिरो खाडलमा जाकिएलास्।’

उसको जवाफ थियो, ‘केही छैन। अर्को जन्ममा म साधु बनेर देखाइदिउँला। परमहंस श्रीपाद स्वामीको अनन्य भक्त। तँ अर्को जन्ममा पनि मेरै साथी भएर जन्मिइस् भने खुब रमाइलाे होला जीवन। के भन्छस् तँ?’

ठट्टैठट्टामा नै उसले आनाे पीडालाई सपाट ढंगले अभिव्यक्त गरेको थियो। उसको कुराले म द्रवित थिएँ। वातावरणलाई हलुका बनाउन मैले भनें, ‘म त तैंले जस्तो पुनर्जन्ममा विश्वास नै गर्दिनँ। जन्म लिनैपरेछ भने पनि यस्तो राँगाे बनेर जन्मिने चाहना राख्दछु जाे भैंसीसँग संसर्गमा नआउँदै कोरलाे अवस्थामा नै काटियोस्। म त्यही राँगाेको कमलाे र नरम मासुको अलिकति छाेयला र अलिकति ममचा बनेर कान्तिपुरका मानिसहरूलाई यो शहरको बेस्ट स्वाद दिन चाहन्छु।’

मेरो कुरा सुनेर ऊ गम्भीर भएको थियो। उसका आँखामा आँसु रसाएका थिए। ऊ बिस्तारै बाेलेको थियो, ‘म त अहिले नै हान्ने राँगाे भइसकेको छु।’

देशमा जे–जति विवेकको उज्यालाे जाेगिएको थियो त्यो पनि धमिलिन थालेको थियो। सारा देश नै पैसाको पछाडि दाैडिराखेका बेला अरोजाजस्ती तरूनी केटीमा पैसाप्रति साह्रै ठूलाे लिप्सा थियो भने के नै आश्चर्य भाे र? तर, अरोजा आफू पैसाका लागि ‘जे पनि गर्न’ तयार नभएको दाेहोर्‍याई रहन्थी। मेरा अगाडि ऊ अरूभन्दा अलिकति फरक देखाउन चाहन्थी आफूलाई।

एक दिन बिहानै मैले अरोजालार्ई फाेन गरें। उसले माेबाइलमा सिआरबिटी सर्भिस लिएकी रहिछ। फोन नउठ्दासम्म एउटा प्रचलित सेक्सी गीत बजिरह्योे, ‘जरा, जरा, टच मी, टच मी, टच मी, जरा, जरा, किस मी, किस मी, किस मी, जरा, जरा, होल्ड मी, होल्ड मी …’ उसलेे माेबाइलमा सुनाएको गीतले मलाई तानिरहेको थियो। एकैछिनमा उसले फाेन उठाई र मैले हलाे भन्न नपाउँदै बाेल्न थाली, ‘थाहा पाउनुभाे, चार दिनअघि मेरो पहिलाे ब्वाइफ्रेन्ड अमेरिकाबाट आइपुग्याे। दुई दिनदेखि म उसैसँग घुमिरहेकी छु। हिजाे दिनभरि उसलाई मार्केटिङमा सघाएँ। हिजै मैले थाहा पाएँ, ऊ मसँग अझै प्रेम गदर्ाेरहेछ। मैले पनि उसलाई माया गर्न छाडेकी रहेनछु।’

फाेनमा ऊ एकोहोरो बाेलिरहेकी थिर्ई, ‘साँच्चै हामीले सम्बन्ध ताेडेका रहेनछौ। सम्बन्ध निरन्तर राख्न नसके पनि हामी एकअर्कालाई चाहँदा रहेछौ। ऊ अमेरिका गएपछि मैले अकर्ाे ब्वाइफ्रेन्ड बनाई भनेर गनगन् गर्दै थियो। मैले त सोझै भनिदिएँ, ‘तिमी चाहिँ त्यहाँ कुन मेरो यादमा आँसु बहाएर बसेका थियौ र? गर्लफ्रेन्डविना त पक्कै बसेका थिएनाेै। तिमी हिँडेपछि मलाई पनि त यहाँ एउटा ब्वाइफ्रेन्ड चाहियो। अमेरिका गएको मान्छेलाई सम्झेर जिन्दगी बिताउन सक्दिनथें म। त्यसैले मैले अकर्ाे ब्वाइफ्रेन्ड खोजें। तिमी त्यहाँ विनागर्लफ्रेन्ड बसेको भए पाे गुनासो गर्न पनि सुहाउने थियो। मैले ठीक भनिनँ त?’

लगातार एकोहोरो बाेलिरहेकी थिइ। मैले माेबाइल डिस्कनेक्ट गरिदिएँ।
यसको केही मिनेट पछि अरोजाले अहिलेसम्म कसैलाई चाैथाे ब्वाइफ्रेन्ड नबनाएको सूचना दिएकी थिई मलाई। ब्वाइफ्रेन्ड बनाउने कि नबनाउने निधाे गर्न सकेकी थिइन उसले। ऊ द्विविधाकै अवस्थामा रहेका बेला उसको दाेस्राे ब्वाइफ्रेन्डसँग सम्बन्ध सुधि्रएको थियो। ऊसँग भेट भएपछि अरोजाले आनैै चाहनाअनुसार आनाेे एक्स–ब्वाइफ्रेन्डसँग रात बिताएकी थिर्ई। भन्थी, ‘रात बढी भावनात्मक र कम उत्तेजनात्मक हिसाबले बित्यो।’ उसले रात बिताउनु र सम्बन्धलाई निरन्तरता दिनुलाई बेग्लाबेग्लै विषय बनाएकी थिई। उसको दाेस्राे ब्वाइफ्रेन्डले बिहे गर्ने प्रस्ताव गरेको थियो। टेलिफाेनमा ऊ मलाई सोध्दै थिई, ‘म उसलाई के जवाफ दिऊँ?’

‘बिहे गर’, मैले जवाफ दिएको थिएँ, ‘बिहे भनेको आफैमा एउटा अलग संसार हो। जादूको जस्तो संसार ! ऊसँग बिहे गर र अमेरिका जाऊ। त्यहाँ तिम्रो लाेग्नेसँग तिमीसँग खाने, तिमीसँग सुत्ने, तिमीलाई माया गर्ने, तिमीलाई मनाेरञ्जन गराउने समय हुने छैन। त्यसैले इन बिटविन एउटा ब्वाइफ्रेन्ड खोज। यति भएपछि अमेरिकामा जीवन सहज ढंगले बिताउन मुस्किल पर्दैन।’

मेरो कुरा सुनेर ऊ रिसाइ। उसलाई लागेछ, म जिस्क्याइरहेछु। त्यस्तो थिएन। म चाहन्थें, केटी बिहे गरेर अमेरिका गई भने जीवनका बारे यसका सबै भ्रमहरू एकै चोटमा त्ाोडिनेछन्।

अरोजा आना शारीरिक अंगहरूसँग आफैं आकर्ष्ाित थिई। विशेष गरेर शरीरका उभार र कर्भहरूका बारे ऊ निकै कन्सियस थिई। उसले आनाेे छातीको स्याहार ठीक ढंगले गर्ने गरेकी थिर्ई। कहिलेकाहीँ आफूसँग आफैं छिल्लिँदै भन्थी, ‘केटीहरूको छाती ढुकुरको आकारमा हुनुपर्छ र कम्मर बारुलाको जस्तो। पुरूषको पहिलाे दृष्टि त्यही पर्ने त हो नि !’

शरीरका अन्य अंगहरूको स्याहारसुसार गर्ने कलामा पनि ऊ पारंगत थिर्ई। आँखा केही चिम्सा भए पनि सम्पूर्णतामा उसको शरीर ‘मेल्टिङ पट’ जस्तो देखिन्थ्याे जहाँ सयाैं आँखा एकैसाथ ठाेकिन्छन्। ऊ सबैले खोजेर पाउने खालकी केटी पक्कै थिइन। केटीहरूसँग सभ्य व्यवहार गर्न नजान्ने केटाहरूका लागि ऊसँग मित्रता गर्नु सजिलाे थिएन। तर, केटीहरूको मनाेविज्ञान बु‰नेका लागि भने ऊ खरबुज्ााजस्तै कमलो थिई। उसलाई प्रभावमा पार्नु खासै गाह्राे थिएन। ऊ सधंै शक्तिकेन्द्रको नजिक रहन चाहन्थी। ‘पावरफुल’ भनिने मानिसहरूको ध्यान आफूतिर तानियोस् भन्ने कुरामा सधैं सतर्क रहन्थी। कुन्नि किन हो उसलाई लाग्दथ्याे, सत्तामा भएका मानिसहरू प्रभावकारी हुन्छन्। शक्तिलाई ऊ महत्व दिने गर्दथी। बेला–बेलामा ऊ मलाई झस्काइदिने गर्दथी, ‘तपार्इंजस्तो साहसी र पावरफुल मान्छेले जे पनि गर्न सक्छ।’ उसको कुराले मेरो ‘इगाे’ जगमगाउने गर्दथ्याे। म आफंैलाई सम्हाल्थें र मनमनै भन्दथें, ‘समुद्रमा छाल आउने समय बितिसकेको छ। समुद्र शान्त छ।’

एकपल्ट उसले मसँग अमेरिकी भिसा दिलाइदिन अनुरोध गरी। मैले भनंे, ‘तिमी आफै गएर नियमपूर्वक अप्लाइ गर। पाइहाल्छ्याै नि !’

उसले तत्काल जवाफ दिएकी थिर्ई, ‘अमेरिकाको भिसा पाउनु त्यति सजिलाे छैन सर ! यो त धेरै ठूलाे कुरा पाे हो त। कुनै महत्वपूर्ण मानिसले सिफारिस नगरेसम्म कहाँ दिन्छन् अमेरिकनहरूले त्यति सजिलै भिसा !’
म उसको पहिरनमा निकै ध्यान दिने गर्दथें। गर्मी महिनामा उसको पहिरन आकर्षक हुन्थ्याे। त्यो माैसममा उसलाई देख्दा जिब्राेमा जापानी खाना सुसीको स्वाद आउँथ्याे। पसिनाले लथपथ भिजेकी अरोजा खुब चम्किने गर्दथी। उसको शरीरबाट गुलाब जलले नुहाएको जस्तो, पिपरमेन्ट मिसिएको जस्तो, कस्ताे–कस्ताे मादक वास्ना आउने गर्दथ्याे। जाडाेमा अरोजासँग नारिएर बस्दा निकै गर्मी उत्पन्न हुन्थ्याे शरीरमा। अरोजालाई भने आनाेे सौन्दर्यभित्र छिपेको निर्णायक शक्तिको पत्ताे थिएन। उसको जस्तो नाज–नखरा भएका केटीहरूले धेरै महत्वपूर्ण मानिसलाई आनाेे वशमा पार्न सक्थे। यसका लागि उनीहरूले आफूलाई समर्पित गरिहाल्नु पनि पर्दैनथ्याे। त्यो वशीकरण मन्त्र जान्दैनथी अरोजा।

अरोजालाई सिडक्सनका बारे केही थाहा थिएन। उसँग कसैलाई एकै नजरमा माेहित गर्न सक्ने कला पनि थिएन। आखिर आइमाईहरू भनेको सृष्टिका सबैभन्दा आकर्षक निर्मिति हुन्। उनीहरूको एक–एक पाइलाको बेग्लै अर्थ हुन्छ। उनीहरूको शरीरको प्रत्येक अंगको आनैै भाषा हुन्छ। त्यो अंग नै माैन अभिव्यक्तिको माध्यम हुन्छ। अरोजा आधुनिक देखिन्थी र पनि उसको आधुनिक स्वरूपभित्र धेरै कमीहरू थिए। कहिले ऊ अमेरिकी अभिनेत्री जुलिया रोबर्टसजस्ती देखिन खोज्थी। कहिले हिन्दी सिरियलकी कमजाेर बहुजस्ती। पढाइ–लेखाइको त्यति धेरै महत्व नभएको अहिलेको समयमा अरोजा जिज्ञासाजस्तो आनाे केही गुणहरूका कारण समाजको माथिल्लाे तहमा स्थापित हुन सक्दथी। धेरै मानिसले उसलाई हाताहात उठाउन सक्दथे। नयाँ बजार अर्थतन्त्रमा ऊजस्ता केटीहरूको महत्व थियो। यतिमात्रै कि उसले यस्तो प्रयास गर्न जानेकी थिइन।

सारिकासँग मनमनै जलन हुन्थ्याे अरोजालाई। उनीहरू दुवै साथी थिए। एउटै होस्टेलमा सँगै बस्थे। सँगै खान्थे। तर, सारिकालाई फुटेको आँखाले पनि हेर्न सक्दैनथी अरोजा। सारिकालाई आधुनिक जीवनका सबै पक्षको राम्रो ज्ञान थियो। कोसित कसरी बाेल्नुपर्छ र कोसित मित्रता गर्दा कति फाइदा उठाउन सकिन्छ। विचारमा पनि ऊ सहज र मुक्त देखिन्थी। यी दुवै व्यक्तित्वका बीच तुलनाको कुनै बिन्दु नै भेटिँदैनथ्याे। सौन्दर्यमा अरोजा सारिकाभन्दा अगाडि थिर्ई र अलिकति बढी नै ताताे। उसको तुलनामा सारिका कोल्ड थिई। पच्चीस वर्ष नकाट्दै सारिका आमा भइसकेकी थिई। अविवाहित आमा। आमा हुनु उसको आनैै रूचि थियो। उसले आनाेे यो रूचिलाई कहिल्यै लुकाइन। गर्भवती हुँदा पनि उसले कहिल्यै बताइन उसको पेटमा कसको भ्रूण हुर्किंदैछ। धेरै मानिसको नजरमा ऊ साहसी थिर्ई। धेरै मानिसको नजरमा उसको यो साहस मूर्खता थियो। अरोजा उसको यो बहादुरीको सधैं इर्ष्या गर्थी। उसमा एक्ली आमा बन्न सक्ने साहस थिएन।

सारिकासँग मेरो दाेस्ती नहोस् भन्ने चाहना राख्थी अरोजा। कहिलेकाहीँ मैले सारिकालाई खाजामा बाेलाएको सुइँको पाउनेबित्तिकै अरोजा कराउन थाल्दथी। एक दिन अरोजाले बडाे उत्तेजित भएर मसँग भनेकी थिई, ‘त्यसलाई तपार्इंले चिन्नुभएकै छैन। मानिस फसाउन माहिर छे त्यो केटी। त्यसले तपाईंलाई पनि फसाउली। ऊसँग सुत्न पाइने लाेभमा फस्नुभयो भने तपाईं जीवनभरका लागि ऊसँग फस्नुहुनेछ। जीवनभरि तपाईसँग बार्गेनिङ गर्न उसलाई एकैरात तपार्इंसँग बिताउन पाए पुग्छ।’

अरोजाको उत्तेजनालाई म उसको अनुहारमा हेरिरहेको थिएँ। उसको बाेलीमा इर्ष्या थियो, घृणा थिएन। ऊ बाेलिरहँदा उसको अनुहार साह्रै हाँसो उठ्दाे देखिएको थियो। मैले मनको कुनै पनि कुनामा सारिकासँग सुत्ने कल्पना पनि गरेको थिइनँ। सारिकाको अनुहार हँसिलाे भए पनि त्यसमा सेक्स–अपिल थिएन। सधैं कुनै सोचमा डुबिरहने, कुनै चिन्तनमा हराइरहने। सारिका बेग्लै थिई। तैपनि ऊ कसैसँग सुती। ऊसँग सुत्नेको अनुभव त्यति सुखद रहेन होला। सारिकाको स्वभाव कसैसँग आत्मीय भइहाल्ने खालको थिएन।

पश्चिमी मुलुकका केटीहरूको जस्तो सारिकाले खेल्दाखेल्दै गर्भधारण गरेकी थिइन। पिरियडपछिका केही दिनहरूमा पुरूषसँगको संसर्ग सुरक्ष्ाित हुँदैनन् भन्ने ज्ञान उसलाई थियो। एक पैसा नतिरी सुरक्ष्ाित रूपले गर्भपतन गराउन पनि सक्थी ऊ। शहरमा निःशुल्क गर्भपतन गराउने औजार हातमा बाेकेर कसैको पनि पाठेघरको क्युरेट गर्न तम्तयार बसेका स्वास्थ्यकर्मीको अभाव थिएन। गर्भपतनले कानुनी मान्यता पाएपछि नेपाली समाज बढी नै सेक्सिलाे हुन थालेको थियो। नयाँ नेपाली पुस्ताले थाहै नपाई, असंख्य परिवर्तनलाई आत्मसात् गरिसकेको थियो। यति सजिलाे अवस्थामा पनि, त्यस्ताे कलिलै उमेरमा सारिकाले किन बच्चा जन्माउन चाही? किन बन्न खोजी ऊ एक्ली आमा? धेरैको काैतुहल थियो यो। बच्चाहरू मनाेरञ्जन नभएर गम्भीर दायित्व हुन्। सारिकाले बच्चा जन्माउनुअघि जन्मिने बच्चाको भविष्य सोची कि सोचिन? यो कसैले चासो राख्नुपर्ने विषय थिएन। मेरो मनमा भने सधंै खुल्दुली चलिरह्याे। विवाद र चर्चामा आउनका लागि मात्रै उसले यति चकर्ाे खतरा माेलेकी होली र?

कतिपय मानिस विवादमा मुछिएर प्रसिद्ध हुन चाहन्छन्। बिंचरी सारिका ! उसले त्ंयही चाहेकी हो भने पनि उसका लागि परिणाम त्यस्ताे भएन। बच्चा जन्माउने अस्पतालको बेडमा सुतेको बेलादेखि ऊ सम्पूर्ण समाज र साथीहरूबाट एक्लिई। न कसैले उसको साहसको प्रशंसामा कुनै गीत लेख्याे, न कसैले उसको बहादुर व्यक्तित्वको समाचार नै बनायो। प्रकटमा कसैले पनि उसको चर्चा नै गरेनन्। उल्टै उसलाई भयानक ढंगले ‘इग्नाेर’ गरे। अगाडि परेका बेला प्रशंसा गर्नेहरू उसका पछाडि कुरा काट्न थालेका थिए। उसको साहस ‘माेज मज्जा’ मा मात्र सीमित भयो।

सारिकाले बच्चा पाएपछि बरु मानिसहरूको उत्सुकता अन्यत्रै माेडियो। कसको बच्चा पाइछ त्यसले? को रहेछ त्यो बच्च्ााको बाबु? शहरमा अनुमानको सानाेतिनाे पहाड नै खडा भयो। एउटा ठूलाे समाचारपत्रको सम्पादकदेखि शहरको चर्चित उद्याेगपतिसम्म सारिकासँग जाेडिन पुगे। एउटा फाेटाेग्राफर पनि सन्देहको घेराभित्र पर्‍याे। एउटा उच्च तहको राजनीतिज्ञसमेत सारिकासँग मुछियो। समाजका सबै प्रतिनिधि भनिने पात्रहरूलाई बडो सजिलोसँग शंकाको घेराभित्र पारिदिई सारिकाले।
एक दिन मैले सारिकाको एउटा इमेल पाएँ। लेखेकी थिर्ई, ‘मलाई एउटा नाेकरी चाहियो। म आनाेे बच्चोलाई पाल्न चाहन्छु। ममाथि तपार्इंको दया रहोस्। तपाईंलाई मेरो अवस्था राम्ररी थाहा छ। अविवाहित आमा हुनु पीडादायी हुने रहेछ। बिहे नगरी आमा बन्ने इच्छा त मेरै हो। आजको समयमा सबैलाई आनाेे जीवनको बाटाे आफैं चुन्ने स्वतन्त्रता छ। तपाईंजस्तो मान्छेले पक्कै पनि यो कुरा बुझ्नुभएको हुनुपर्दछ।’

मलाई सारिकाको यो मेलको जवाफ दिनुपर्छ जस्तो लाग्याे। मैले रिप्लाइ बटन दबाएँ र लेखें, ‘प्रिय सारिका, म तिम्रो साहसको कदर गर्छु। तिमीलाई सकेको मद्दत पनि गर्न चाहन्छु। के–के सम्भावनाहरू हुन सक्छन्? म त्यसको खोजी गर्नेछु।’

तर, केही हरफ लेखिसकेपछि मैले अरोजाको ‘वार्निङ’ सम्भि्कएँ। म एकदमै कमजाेर भएँ। मेरो कथित सामाजिक प्रतिष्ठाले मलाई बेसरी घच्घच्यायो। लल्याक–लुलुक भयो मेरो शरीर। मैले लेखिसकेको मेल डिस्कार्ड गरिदिएँ। यो मेल मेरा लागि विपत्ति पनि बन्न सक्ने आशंकाले थिच्याे मलाई। मैले उसका लागि खोज्न सक्ने कुनै काम थिएन। मलाई लाग्याे अर्काको जिन्दगीको निजी मामिलामा म किन नाक घुसार्दै हिँडाैं? म आनाेे काँधमा अनावश्यक अतिरिक्त बाेझ थपेर आफै किन दुःखी बनाैं? उसका लागि काम खोज्न जाँदा कसैले मलाई नै उसको बच्चाको बाबु भएको आशंका गर्न पनि के बेर र?

[पत्रकार किशोर नेपालको तेस्रो उपन्यास ‘सहरको कथा’ बाट केही अंश । ]

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : पुस्तक अंश | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *