अनूदित निबन्ध : केही समयका लागि “असल व्यवहार”लाई पन्छाउनु पर्छ

~लु सुन~Lu Xun

१) विषयको थालनी तात्लल (पत्रिका) को ५७ औं अंकमा लिन यु–ताङले असल व्यवहारबारे उल्लेख गरेको छ। उसले चीनमा यस्तो भावनाको निक्कै कमी भएकोले हामीहरूले यसलाई सकेसम्म हौसल्याउने प्रयत्न गर्नुपर्छ भनी टिप्पणी गरेको छ। यसले के कुरा पनि थपेको छ भने “कुकुरलाई पानीमा नकुट” भन्ने कुरोले असल व्यवहारको अर्थलाई अझ राम्ररी खुलस्त पार्न मद्दत गर्छ।

अंग्रेजी नजानेकोले, यसको पूरा अर्थ म बुझ्दनँ तर “कुकुरलाई पानीमा नकुट” भन्ने कराले असल व्यवहारको अर्थात् भावनाको एउटा पक्षलाई प्रतिनिधित्व गर्छ भने मेरो विचार त्यसभन्दा भिन्नै छ भनी मैले भन्नै पर्छ। आँखालाई बिझाउने काम नदिने हो भने–“मेरो शिरमा नक्कली सिङ जड्ने” होइन भने अर्थात् मैले मेरो लेखको शीर्षकमा यो कुरा स्पष्ट गरी राखिनँ, जे भए पनि मेरो भनाई के भने पानीमा खसेका कुकुरललाई कुटे हुन्छ।

(२) पानीमा खसेका कुट्नुपर्ने खालका तीन किसिमका कुकुरहरू नौला आलोचकहरू धेरैजसो बेला “मरेका बाघलाई पिट्ने” र “पानीमा खसेका कुकुरलाई कुट्ने” यी दुवै कुरालाई अलिकति कातरतापूर्ण भन्ठान्छन्। मरेका बाघलाई पिटेर आफूलाई बहादुर झैं ठिक्क पार्नेहरू त हाँसो उठ्दा व्यक्तिहरू हुन् भन्ने मलाई लाग्छ। तिनीहरू काँतर हुन सक्छन् तर यो रमाइलो ढंगको कुरा हुनेछ। तर पानीमा खसेका कुकुरलाई कुट्नु त्यस्तो सजिलो कुरा होइन। पहिलो कुरो, तपाईले त्यो कस्तो खालको कुकुर हो र कसरी पानीमा खस्यो भन्नेबारे हर्नै पर्छ। कुनै पनि कुकुरले पानीमा खस्नुपर्ने मुख्य तीन कारणहरू छन्। ती हुन्–

(१) ऊ एक्कासी आफै खस्न सक्छ,
(२) ऊ कसैले घचेटिएर खसेको हुन सक्छ र
(३) ऊ तपाई आफैबाट घचेटिएर खसेको हुन सक्छ।

माथिका यी पहिला दुई अवस्थाहरमा कुकुरलाई पिट्न लाग्नु काँतरतापूर्ण काम होइन भने पनि नसुहाउँदो त हो नै। तर कुकुरसित जुझेर र आफैले त्यसलाई पानीमा खसालेका हांै भने त एउटा बाँसको नोल लिएर त्यसमाथि जाइलाग्नुले मात्रै पनि पुग्दैन किनभने यो चाहिं पहिलेका दुई अवस्थाहरूभन्दा भिन्दैछ।

उनीहरू के भन्छन् भने पुरस्कारका निम्ति लड्ने उक जना बहादुर मान्छे आफ्नो प्रतिद्वन्द्वी हारिसकेपछि उसमाथि फेरि कहिल्यै जाइलाग्दैन र यस कुराले हामी सबैका अघिल्तिर एउटा राम्रो दृष्टान्त तेर्स्याउँछ तर म यसलाई एउटै शर्तमा मात्र मान्दछु–प्रतिद्वन्द्वीचाहिं पनि बहादुर जोधाहा हुनुपर्छ। त्यसो भए मत्र ऊ एक चोटि हारिसकेपछि फेरि फर्केर आउन लाज मान्नेछ वा बदला लिन आउँदा खुलै रूपले फर्केर आउनेछ, यी दुवै नै राम्रा कुरा हुन्। तर यो कुरा त्यही वर्गमा परेका भनी मान्न नसकिने कुकुरहरूका लागि लागु हुँदैन। किनभने जतिसुकै चर्को गरी तिनीहरूले भुकुन, तिनीहरूमा साँच्चै नै “औचित्य” को भावना हुँदैन। त्यसमा पनि कुकुर पौडन सक्छ र निश्चय नै ऊ पानीबाटमाथि जमिनमा आउँछ। तपाई चङख हुनुहुन्न भने यसले तपाईका आङभरी पानी पर्सिदिनेछ र पुच्छर केलाएर भाग्नेछ र अर्कोपल्ट फेरिव त्यसले त्यस्तै नै गर्नेछ। सोझासाझा मान्छे के पनि विचार गर्न सक्छन् भने पानीमा खस्नु भनेको एक किसिमको चोखिनु हो, त्यसो भएपछि कुकुरले साँच्चै नै आफ्नो पापको प्रायश्चित गर्नेछ र फेरि कहिल्यै मानिसहरूलाई टोक्नेछैन। यो भन्दा अरू कुनै ठूलो गल्ती तिनीहरूले कमै गर्लान्।

त्यसकारण मेरो विचारमा मानिसलाई टोक्ने सबै कुकुरलाई पानीमा होस् वा जमिनमा पिट्दैपर्छ।

(३) खास गरेर थेप्चे कुकुरहरूलाई पानीमा खसाल्नुपर्छ अनि विस्तारै पिट्नुपर्छ दक्षिण चीनमा थेप्चे कुकुरहरूवा बेजिङे कुकुरहरूलाई पश्चिमा कुकुर भन्छन्। तर मलाई के लाग्छ भने यो विशेष चिनियाँ खालको कुकुर हो। अन्तर्राष्ट्रिय कुकुर प्रदर्शनीमा तिनीहरूले सुनका तक्मा पाउँछन् र हाम्रा चिनियाँ थेप्चे कुकुरहरूका थुप्रै चित्रहरू इन्साइक्लोपेडिया ब्रिटानिकामा दिइएका छन्। यो पनि राष्ट्रिय सम्मानको कुरा हो। अहिले कुकुर र बिरालो आगो र पानी जस्ता बैरीहरू हुन् तर पनि यो कुकुरचाहिं बिरालै जस्तो देखिन्छ र कुकुर भए तापनि यो देख्ता कुनै दार्शनिक, न्यायी, शान्त र राम्रो चरित्र भउको जस्तो देखिन्छ र यसको नम्र अनुहारले “हरेक व्यक्ति उग्र हुन्छ तर म भने मध्यमार्गी भएर चल्छु” भने झै हाम्रो अगाडि घोषणा गरे जस्तो देखिन्छ। त्यसैल त हो नि ऊ प्रभावशाली व्यक्तिहरू, जी हजुरियाहरू र धनीहरूका श्रीमतीहरू र छोरीहरूको त्यस्तो विधि मन परको र त्यसको वंश पनि नमासिउको र गर्धनसितै जोडिएको चिउँडो भउको र देख्ता आकर्षक लाग्ने भउकोले यसलाई विशिष्ट व्यक्तिहरूले पाल्छन् र यसको काम बजार जाँदा चिनियाँ वा विदेशी आइमाईहरूका पछि पछि लाग्नु हो।

यस्ता कुकुरलाई पानीमा खसाल्नुपर्छ अनि बिस्तारै कुट्नुपर्छ। तिनीहरू स्वयं नै पानीमा खस्छन् भने पनि तिनीहरूलाई कुट्नु नराम्रो काम होइन। हुन त बेवास्ता गर्ने हो भने तपाईले त्यसलाई नपिटे पनि हुन्छ र तिनीहरूका लागि कुनै चिन्ता नलिए पनि हुन्छ। तपाईले ती कुकुरलाई माफी दिन सक्नुहुन्छ भने फेरि अरू कुनै कुकुरलाई कुट्ने कुरा पनि उठ्दैन किनभने अरू कुकुरहरू तल्ला जातका भए तापनि ती कमसेकम अलिकति भए पनि हुंडारजस्ता देखिन्छन् र ती थेप्चे कुकुरजस्तो कसैको पक्ष नलिने नभएर ती अलि जंगली नै हुन्छन्।

तर यो मुख्य विषयसित त्यतिको नगाँसिएकोले बेग्लै कुरा हो।

(४) पानीमा खसेका कुकुरलाई नकुट्नाले शाखा सन्तानलाई भएको हानीबारे त्यसले पानीमा खसेको कुकुरलाई पिट्नुपर्छ वा पर्दैन भन्ने कुरो सबभन्दा पहिले पानीबाट माथि घसि्रसकेपछि त्यसले कस्तो धारणा लिन्छ भन्ने कुरामा भर पर्छ।

कुकुरको स्वभाव फेरिन सक्दैन। हजारौं वर्षपछि गएर त्यो बेग्लै हुनसक्ला तर हामी त हालको विषयमा कुरा गरिरहेका छौं। पानीमा खसेका ती कुकुरहरूलाई तपाईले दयनीय सम्झनुहुन्छ भने त त्यसरी दयनीय देखिने थुप्रै कुराहरू छन्। कलेरा वा झाडाबान्ताका किटाणुहरू सोझासाझा नै देखिन्छन् तर कुनै वैद्यले भेट्टाए भने तिनीहरूलाई पक्कै पनि त्यसै छाड्ने छैनन्।

अचेलका अधिकारीहरू र चिनियाँ वा विदेशी छाँटका भलाद्मीहरू आफूलाई ननिको लाग्ने हरेक कुरोलाई “रातो” वा “बोल्सेभिक” भन्दछन् । १९११ भन्दाअघि यो कुरा अलि भिन्दै थियो। पहिले तिनीहरूले काङ यु–वाइका अनुयायीहरू जस्ता मानिसहरूको उल्लेख गरे अनि क्रान्तिकारी पार्टीका सदस्यहरू जस्तालाई औल्याएर तिनीहरूको विरोधमा कुरा समेत लाए। एउटा कुरा त तिनीहरू आफ्नो इज्जत राख्न खोजिरहेका थिए, यसका साथै उनीहरूले “आफ्नो टोपीमा रहेको टाँक मानिसको रगतले रंगाउन” पनि खोजको हुन सक्छ तर आखिरमा क्रान्ति भयो र आफ्नो उँचो र शक्तिशाली अनुहार भएका ती भलाद्मीहरू एक्कासी घरबार नभएका भगुवाहरू झैं तर्सिए र तिनीहरूले आफ्ना टोपीमा रहेका टाँकलाई छोपे। क्रान्तिकारीहरू भने निक्कै आधुनिक थिए र यस कुरोलाई लिएर ती भलाद्मीहरू घिनाउने गर्थे। अहा“ तिनीहरू कतिबिध्न “सभ्य” थिए तिनीहरू भन्थे, “क्रान्ति सबैका लागि हो ” हामीहरू पानीमा खसेको कुकुरलाई पिट्दैनौं, यसलाई माथि घस्रन दिनुपर्छ।” यो त अरूहरूले भन्ने जस्तै भयो। १९१३ को आधा आधीसम्म र दोस्रो क्रान्तिसम्म तिनीहरूले मुन्टो निहुर्‍याएर हिंडे तर त्यसपछि तिनीहरू एक्कासी धेरै क्रान्तिकारीहरूलाई मार्ने काममा य्वान सि–काईलाई सघाउन अघि सरे। यस किसिमबाट चीनमा परिस्थिति झन् झन् बिग्रँदैगयो। यसरी हाल चीनमा कट्टरपन्थीहरू बाहेक नयाँ ढाँचाका आधुनिकहरू पनि छन्। घाँसभित्र लुकिरहेका यी सर्पतर्फ दयालु भएका र तिनीहरूलाई हुर्किन, बढ्न दिएका ती सहिदहरूलाई धन्यवाद छ। यो कुरा बुझ्ने तन्नेरीहरूले पहिलेभन्दा पनि बढी प्रयत्नशील भइृ कार्यक्षेत्रमा लाग्नुपर्छ र अँध्यारो पक्षका शक्तिहरूको विरोध गर्न अझ बढ्ता बलिदानहरू गर्नुपर्छ।

च्यू चिन गुप्तचरहरूको हातबाट मारिइन्। क्रान्तिको लगत्तैपछि मानिसहरूले उनलाई वीरांगाना भने तर हाल यो पदवी बिरलै सुनिन्छ। क्रान्ति शुरू हुँदा एउटा जर्नेल जसलाई हामी अचेल “युद्ध सर्दार” भन्छौं। उनीको जिल्लामा आयो र उनको कामरेड बन्यो। उसको नाउँ वाङचिन–फा थियो। उसले मृत्युका लागि जिम्मेवार रहेको त्यो व्यक्तिलाई समात्यो र उनको तर्फबाट साटो फेर्ने मनसायले प्रमाणहरू बटुल्यो तर अन्तमा उसले गुप्तचरलाई त्यसै छाडिदियो किनभने मानिसहरूको भनाईअनुसार गणतन्त्र स्थापित भइसकेको थियो र त्यसो हुनाले अब बितेका कुरालाई बिर्सिदिनुपर्छ। तर दोस्रो क्रान्ति पराजित भएपछि य्वान शि–काईको प्रतिनिधिले वाङलाई गोली हानी मार्‍यो। यसरी च्यूचिनलाई मार्न लगाउने र वाङले छाडेको त्यस व्यक्तिको यस कुरासित गहिरो सम्बन्ध छ।

त्यस बेलादेखि यो गुप्तचर शान्तिपूर्वक बिछ्यौलानमा मरेको छ तर अझ पनि त्यस्ता खालका धेरै मानिसहरूले त्यस जिल्लामाथि रजाइँ चलाइरहेकाले, च्यू चिनको जन्मथलो वर्षौंवर्षसम्म जस्ताको तस्तै रह्यो र त्यहाँ पटक्कै पनि प्रगति भएन। यस दृष्टिकोणबाट सुश्री याङ यिन यु र प्राध्यापक चेन य्वान चीनको “नमूना जिल्ला”बाट आएकाले यी दुवै निक्कै नै भाग्यमानी हुन्।

(५) ओहदाबाट खसेकाहरू पानीबाट खसेका कुकुरसरी हुँदैनन्

“आफू अन्यायमा पर्नु तर बदला लिन नखोज्नु” चाहिं माफी दिनु हो। “जस्तालाई तस्तै ढिंडोलाई निस्तै” चाहिं न्यायपूर्ण छ तर चीनमा भने धेरैजसो कुरा उल्टापल्टा छन्। पानीमा खसेका कुकुरहरूलाई पिट्नुको साटो हामीहरू तिनीहरूबाट आफैलाई टोकाउँछौं। यसमा उदेक मान्नुपर्ने कुनै कारण छैन किनभने सोझासाझा मानिसहरूले यस्तो भोग्नु पर्ने नै हुन्छ।

“मूख्याईको अर्को नाउँ दया हो” भनी उखानमा भनिएको छ। यो कुराचाहिं अति नै पो हो जस्तो हुन सक्छ। तर यसबारे तपाईले राम्ररी गम्नुभयो भने यस भनाइले मानिसलाई कुबाटोतिर लैजाने कुरो भनेको छैन बरू यो त निक्कै तिता पीरा अनुभवहरूपछि भेट्टाइएको सार कुरो हो भन्ने कुरा बुझ्नुस। यसले, पानीमा खसेको कुकुरलाई कुट्ने कुरामा अनकनाइरहनुका दुईवटा कारण हुन सक्छन्। यसरी अनकनाइरहनुपर्ने कुरा, कि त हामी चाहिंदो जति बलिया नभएकाले वा हामीहरूले गलत धारणा बनाइएकोले हुन सक्छ। हामीहरूले पहिलो सम्भावनाबारे नसोचे पनि हुन्छ। दोस्रोचाहिंको हकमा हामीहरूले दुईवटा गम्भीर गल्तीहरू भएको पाउन सक्छौं। पहिलोचाहिं हामीले पानीमा खसेका कुकुरहरूलाई ओहदाबाट तल खसेका मानिसहरूसरह ठान्ने भूल गर्ने गर्छौं। दोस्रोचाहिं हामीले ओहदाबाट खसेका सबैलाई जाति र नजातिका बीचमा भिन्नताको रेखा नकोरिकन नै दुवैलाई एउटै खालको ठान्ने भूल गर्ने गर्छौं। यसबाट खराब गर्नेहरू दन्डबाट फुत्किन्छन्। हाल दृष्टान्तका लागि, राजनैतिकस्थिति अस्थिर भएको हुनाले, मानिसहरू सधै उठ्ने र खस्ने गर्छन्। क्षणिक ओहदामा बसेर एक जना खराब मानिसले आफू नखसुन्जेल आफूले क्षमा माग्न नपरून्जेल आफूलाई मनपरे जति अपराधहरू गर्न सक्छन्।

अनि सोझासाझा व्यक्तिहरूले जसले उसलाई चिनेका थिए वा उसबाट सताइएका थिए उसलाई पानीमा खसेको कुकुरसरह लिन्छन्। कुकुरले पाउनुपर्ने दन्ड उहिले नै पाइसकेको छ र कुकुर अब साँच्चै नै पानीमा नभएको मात्र होइन उसले उहिले नै पाइसकेको छ र कुकुर अब साँच्चै नै पानीमा नभएको मात्र होइन उसले उहिले नै लुक्ने ठाउँ भेट्टाइसकेको छ र विदेशी रियायतहरूमा यसलाई ख्वाएर राखिएको छ र अब हामीले निडर र ढुक्क भए हुन्छ भनेर उनीहरू कल्पना गर्छन्। सजिलो गरी लुक्ने ठाउँमा आफू पुग्न सकियोस् भनेर ऊ सहानुभूति पाउनाका लागि खुट्टा खोच्याएर हिंड्छ। पछि फेरि बाहिर निस्कन्छन र सोझासाझा मानिसहरूलाई टोकेर यसले फेरि आफ्नो काम गर्न थाल्छ अनि “इनारभित्र खसेका मानिसहरूमाथि ढुंगानाले हान्ने” गर्छ र सबै किसिमका अपराधहरू गरिहिंड्छ। यसो भएको एउटा कारण एक किसिमबाट सोझासाझा व्यक्तिहरूले पानीमा खसेका कुकुरहरूलाई नपिट्ने गरेकोले हो। खसोखास कुरा गर्ने हो भने तिनीहरूले आफ्नै चिहान खनिरहेछन् र आफ्नो पुर्पुरो ठोक्ने वा अरू मानिसहरूलाई दोष दिने उनीहरूको अधिकार छैन।

(६) हामीहरूले ज्यादै असल हुने स्थिति अझै छैन

मानवतावादीहरूले सोध्न सक्छन्, “त्यस अवस्थामा के हामीहरू असल व्यवहार बिल्कुलै चाहँदैनौं त?” म यसको जवाफ तुरून्तै दिन सक्छु, वास्तवमा हामी असल व्यवहार चाहन्छौं तर तत्कालै होइन। यो चाहिं तिनीहरूकै तर्कलाई प्रयोग गरेर भनिएको हो। मानवतावादीहरू यसलाई प्रयोग गर्न इच्छुक छैनन् भने तापनि म यसको पक्षमा उभिन सक्छु। के चिनियाँ र विदेशी छाँटका भलाद्मीहरूले धेरैजसो बेला चीनका खास खास विशेषताहरूले गर्दा स्वतन्त्रता र समानतासम्बन्धी विदेशी विचारहरू हाम्रा लागि नसुहाउँदा हुन्छन् भनी भन्छन्, होइन र? म यसलाई असल व्यवहारभित्र परेको भनी सम्झन्छु। नत्र एक जना मानिस तपाईप्रति अभद्र छ तर तपाई भने उसप्रति असल हुनुहुन्छ भने अन्तमा तपाईले यसका लागि दुःख पाउनुहुनेछ। तपाईले यसबाट असल व्यवहार पाउन विफल हुनुहुने मात्र होइन, त्यसबेला आफै अभद्र हुनुहुने बेला पनि गुजि्रसकेको हुन्छ। त्यसैले असल हुनुभन्दा पहिले तपाईले आफ्नो प्रतिद्वन्द्वीलाई चिन्नुपर्छ। ऊ असल व्यवहार पाउन योग्य छैन भने तपाईले नम्र नहुनु नै जाती होला। ऊ जाती भएपछि मात्र तपाईले यससित असल व्यवहारबारे कुरा गरे हुन्छ।

यो अलिकति दोहोरो नैतिकताको कुरा जस्तो देखिन्छ, तर म यसबाहेक अर्को कुरा भन्न सक्दिन किनभने यो कुरा नहुन्जेल चीनको निम्ति राम्रो भविष्यको कुरा कहिल्यै सम्भव हुनेछैन। चीनमा दोहोरो नैतिकताका धेरै रूपहरू छन् –मालिहरू र दासहरू, लोग्नेमान्छेहरू र स्वास्नीमान्छेहरूका लागि भिन्नभिन्नै स्तरहरू। पानीमा खसेका कुकुरहरू र मानिसहरूलाई उही किसिमबाट व्यवहार गर्नु उग्र हुनुवा साधारण रूपले परिपक्व नहुनु हुनेछ। स्वतन्त्रता र समानता राम्रा कुरा भए तापनि हाललाई चीनका लागि यी कुराहरू लागु हुँदैनन् भनी हिंड्ने ती भलाद्मीहरूको तर्क हो। यसकारण कसैले अस्पष्ट खालको असल व्यवहार चाहन्छ भने ती तथाकथित “पानीमा खसेका कुकुरहरूले” बर्ता मानवीय नभएसम्म तिनीहरूले कुर्नुपर्छ भन्ने म सल्लाह दिन्छु। वास्तवमा यसको अर्थ असल व्यवहार हाललाई बिल्कुलै प्रयोग गर्न सकिन्न भन्ने कुरा होइन, मैले भर्खरै भनिसकेको छु–मुख्य कुरोचाहिं त तपाईले आफ्नो प्रतिद्वन्द्वीलाई चिन्नुपर्छ र एक किसिमको स्पष्टता चाहिन्छ। अर्को शब्दमा भन्ने हो भने तपाईले आफ्नो “असल व्यवहार” लाई आफ्नो प्रतिद्वन्द्वीलाई हेरेर निर्धारित गर्नैपर्छ। ऊ कसरी पानीमा खस्यो भन्ने कुरा नसोचुँ, तर ऊ मान्छे हो भने हामीले सधाउनुपर्छ, कुकुर हो भने हामीले उसलाई वास्ता नगरे हुन्छ, अझ ऊ खराब कुकुर हो भने हामीले कुट्नुपर्छ। छोटकरीमा, हामीहरूले आफ्नै खालकालाई साथी तुल्याउनुपर्छ र हाम्रा बैरीहरूमाथि लाइलाग्नु पनि सक्छ तलका लागि ओठमा न्यायको कुरा तर मुटुमा भने आफ्नै स्वार्थ रहेका ती भलाद्मीहरूका उपदेशहरूबारे कुनै ट48टा नउठाए पनि हुन्छ। इमानदार व्यक्तिहरूद्वारा त्यस्तो विधि चर्कोसित माग गरिएको न्यायले पनि आज चीनमा असल मानिसहरूलाई सघाउन सक्दैन। बरू यसको साटो यसले वास्तविक रूपमा खराब मानिसहरूकै रक्षा गर्नेछ। किनभने खराब मानिसहरू ओहदामा हुँदा र असल मानिसहरूमाथि दुर्व्यवहार गरिंदा कसैकसैले न्यायका लागि चिच्याए तापनि ती खराब मानिसहरूले निश्चय नै तिनीहरूले चिच्याएर भनेको कुरामा कान दिनेछैनन्। उनीहरूको चिच्याहट चिच्याहट मात्र हुनेछन् र उता असल मानिसहरूले दुःख पाइ नै रहनेछन्। तर असल मानिसहरू ओहदामा आउनेबित्तिकै र खराब मानिसहरू पानीमा खसेपछि ती न्यायको पक्ष लिने इमानदार व्यक्तिहरू चिच्याउँछन्–“बदला नलिनु”“महान हुनु”“दृष्टुमाथि दुष्टै भएर विरोध नगर” र यस बेला त्यसैखेर जानुको साटो तिनीहरूको त्यसतो चिच्याहटले प्रभाव पार्छ, किनभने असल असल व्यक्तिहरू उम्कन पाइहाल्छन्। यसरी उम्केपछि पछुतो गर्नुको साटो ती खराब व्यक्तिहरू आफ्नो भाग्यलाई बधाई दिन पुग्छन्। त्यमा पनि तिनीहरूले पहिले पलुक्ने कुराको बन्दोबस्त गरिसकेका हुन्छन् र शक्तिशाली हुन्छन् र पहिलेझैं नै विशालु हुन्छन्। यसो भएपछि न्यायको पक्ष लिनेहरूले चिच्याउन सक्छन् तर त्यसबेला उनीहरूको चिच्याहटमा कुनै कान दिइनेछैन।

के भनिन्छ भने हाम्रा सुधारकहरू हान वंशको अन्ततिरका वा मिङ राज वंशका विद्वानहरू जस्तै “दुष्टलाई घिनाउने कुरामा ज्यादै रूखो हुँदाद आफ्नै उद्देश्य पूरा गर्नमा विफल हुन्छन्। साँच्चै भन्ने हो भने, उनीहरूको विरोधमा सधैभरी तेर्सिने आलोचना यही हो। तर अर्कोचाहिं पक्षले “असल व्यक्तिलाई शत्रुहरूलाई झैं घृणा गर” भने तापनि उसका लागि सकैले तिनीहरूलाई गाली गर्दैनन्, अँध्यारो र उज्यालोका बीचमा अन्तसम्म लड्ने लडाइँ नहोउन्जेल सोझासाझा मानिसहरूले दुष्लाई मनपरी गर्न दिने कुरामा दया देखाउने र दुष्ट मानिसहरूलाई क्षमा दिंदै जाने जस्ता भूलहरू गर्दै रहनेछन्। अनि हालको जस्तो गोलमालको अवस्था सधैभरी रहिरहनेछ।

७) तिनीहरूले अरूहरूलाई गरे झैं हामीहरूले पनि तिनीहरूलाई त्यस्तै गर्ने

केही चिनियाँहरू परम्परागत चिनियाँ ओखतीमा पत्यार गर्छन् अरूहरू पश्चिमी ओखतीमा विश्वास राख्दछन्। यसरी दुवैखालका डाक्टरहरू अहिले हाम्रा ठूलठूला सहरहरूमा पाउन सकिन्छ। यसले गर्दा रोगीहरूले आफूलाई मन परेका डाक्टर रोज्न पाउँछन्। म यसलाई पूरा मन पराउँछु। यसलाई अझ व्यापक रूपमा प्रयोग गरियो भने त मलाइृ के कुरा पक्का लाग्छ भने उजुरहरू घट्दै जानेछन्। सके हामीहरूले शान्ति र समृद्धि पाउन सक्नेछौं। उदाहरणका लागि, गणतन्त्रमा निहुरिनु स्वागत गर्ने एउटा प्रचलित तरिका हो र कसैलाई यो मनपर्दैन भने उसले त्यसको साटो लम्पसार परेर पनि ढोग्न सक्छ। पाइतलामुनि पिट्ने जस्तो दन्ड दिने कुरा नौलो दन्ड विधानमा छैन, तर कसैले प्राणदन्डलाइ मन पराउँछ भने कानुन तोड्दा उसले शुली पनि चढ्न सक्छ। बटुको, खानेचिम्टा र पकाइएको खाना आजका चलनका कुरा हसन् तर कोही मानिसहरू प्राचीन कुरोतिर लाग्छन् भने उनले काँचो मासु पनि खान सक्छन्। हामीहरूले याव र सुनको युगलाई त्यस्तोविधि प्रशंसा गर्ने ती सबै असल भलाद्मीहरूलाइ तिनीहरूका घरहरूबाट निकाल्न र तिनीहरूका लागि हजारौं छाप्राहरू बनाउन पनि सक्छौं उता भौतिक सभ्यताको विरोध गर्नेहरूलाई मोटरमा बसेर घुम्नलाई हामीले कुनै कुरकाप गर्न हुँदैन। यसो गरिएपछि कुनै उजुरहरू रहने छैनन् किनभने हरेक व्यक्ति सन्तुष्ट हुनेछ र हामीहरूले शान्ति पाउनेछौं।

तर दुःखको करा के भने कसैले यसो गर्दैन। यसको साटो तिनीहरूले अरूहरूलाई आफ्नै दुष्टिले हेर्छन् र यसले नै संसारमा यी सबै दुःखहरू भएका हुन्। खासगरी असल व्यवहारले नै हानी पुर्‍याउन सक्छ र दष्टका शक्तिहरूले यसलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न पनि सक्छन्। उदाहरणका लागि, ल्यू पा चावले महिला नर्मल कलेजका विद्यार्थीहरूलाई पिट्दा र निकाल्दा “नौलो सिंहावलोकन” ले चुक्क पनि गरेन। तर घरहरू मरम्मत गरिसकेपछि र प्राध्यापक चेन युवानले महिला विश्वविद्यालयका विद्यार्थीहरूलाई सगोल बस्ने ठाउँमा रहन हौसल्याउँदा त्यस पत्रिकाले लेख्यो “उनीहरू जान चाहँदैनन् रे, भनुँ न? के साँच्चै तपाई उनीहरूका मालतालहरू बलजफ्ती फ्याँकिदिंदा उहिले चुप लागिरहे भने यस पालि चुप लाग्नुहुन्न भनेर फेरि कसरी सम्झे? त्यसो किन हुन गयो भने त्यस बेला तिनीहरूलाई असल व्यवहार भएजस्तो लाग्यो तर यो चाङ लि चावका अनुयायीहरूलाई जोगाउने काममा प्रयोग गरिएकोले उक्त असल व्यवहार खराब व्यवहार भइसकेको थियो।

(८) सार

मेरो यस तर्कले पुराना र नौलाका बीच वा केही अरू विचारधाराहरूको बीचमा हुलदंगा मच्चायो र शत्रुतालाई चर्कायो वा तिनीहरूका बीचमा रहेका झैझगडालाई दन्काइदियो भनेर ममाथि दोषारोपण गर्न सकिन्छ तर म ठोकेर के भन्न सक्छु भने सुधारको विरोध गर्नेहरू त्यस्ता सुधारकहरूलाई हानी पुर्‍याउने किसिमका प्रयत्नहरूबाट कहिल्यै पन्छिएर बसेका छैनन् र सकेसम्म ती सुधारका विरोधीहरूले त्यस्ता सुधारकहरूलाई हानी पुर्‍याएकै छन्। निदाएर बस्नेहरू त सुधारकहरू नै हुन् र यसका लागि उनीहरू सधैभरी नै दुःख भागिरहन्छन्। त्यसैले त चीनमा कहिल्यै सुधार भएन। अबदेखि हामीहरूले यसबारे हाम्रा धारणा र हाम्रा कार्यनीतिहरू फेर्नुपर्छ।

निकै अँध्यारो चीनको कला 73ँेत्रमा हालको अवस्था

साँच्चै भन्ने हो भने सर्वहाराको क्रान्तिकारी साहित्यिक आन्दोलन नै आजको चीनमा एक मात्र साहित्यिक आन्दोलन हो। यो मरूभूमिमा भर्खरै पलाएको कमलो टुसा जस्तो भए तापनि चीनमा यसलाई छाडी अर्को कुनै आधुनिक साहित्य छँदैछन्। शासक वर्गतर्फ लागेका ती लेखक भनाउँदाहरू कतिसम्म भ्रष्ट भइसकेका छन् भने उनीहरूले “कला कलाकै लागि” वा “पतनशील” कृतिहरू समेत लेख्न सकेनन्। अचेल वामपन्थी लेखकहरूमाथि आक्रमण गर्ने एउटै बाटो छ र त्यो हो “उनलाई गाली गर्नु, दुःख दिनु, समात्नु र उनको ज्यान मार्नु”। यसले वामपन्थी लेखकहरूका एक मात्र प्रतिद्वन्द्वी हुन्– ती गठहरू, गुप्तचरहरू , पाल्तु कुकुरहरू र ज्यानमाराहरू।

यस कुरालाई बितेका दुई वर्षका घटनाहरूले स्पष्ट गरी देखाइसकेका छन्।

परार साल प्लेखानभ र लुनाचार्स्कीका साहित्यिक सिद्धान्तसम्बन्धी किताबहरू पहिलोपल्ट चीनमा चिनाउँदा प्राध्यापक इर्बीङ बाबीतको चेलोले सम्वेदनशी “ विद्वान्” को जस्तो घृणाको भावना लियो किनभने सर्वहाराको पनि कुनै किसिमको कला हुन्छ भन्ने कुरा ऊ पत्याउँदैनथ्यो। सर्वहाराले कलाको सिर्जना गर्न वा प्रशंसा गर्न चाहन्छ भने उसले सबभन्दा पहिले पूंजीवादी वर्गभित्र पस्नाका लागि चाहिंदो जति पैसा कमाउन कडा मिहिनेत गर्नैपर्छ–उसले झुत्रो–झाम्रो लाएर बगैंचामा हल्लीखल्ली हुने गरी चिच्याउन हुँदै यस भलाद्मीले के हल्ला पनि फिँजायो भने चीनमा सर्वहारा साहित्यको प्रचार गर्नेहरूले रसियाली रूपियाँ खाएका छन्। यो जुक्ति पूरा रूपले असफल भएन किनभने साङघाईका धेरैजसो पत्रकारहरूले कहिलेकाहीं त अझ रूपियाँको संख्या समेत दिएर यस्ता खालका मनचिन्ते कथाहरू बुन्दै गर्छन्। तर चेतनशील पाठकहरू उनीहरूका कुरामाथि पत्यार गर्दैनन् किनभने साम्राज्यवादीहरूले हाम्रा ज्यामीहरूको हत्या गर्नाको लागि पठाएका बन्दुकहरूले यी पत्रकारहरूको कुराले भन्दा वास्तविक तथ्यलाई बर्ता खुलस्त रूपमा तेर्स्याउँछन्।

शासक वर्गका अधिकारीहरू परिस्थिति बुझ्ने कुरामा विद्वान्हरू भन्दा बर्तापछि परेका हुन्छन् तापनि पोहोरदेखि उनीहरूले आफ्नो मुठ्ठी दिनपर दिन कस्दै गए। उनीहरूले अलिकति क्रान्तिकारी भएका पत्रिकाहरूमाथि मात्र होइन कि जिल्दामा राता अक्षर भएका वा रसियाली लेखकहरूबाट लेखिएका पत्रिकाहरू र पुस्तकहरूमा समेत रोक लगाए। ए. सेराकिमोबिच, बेशिवेलोड इवानोव र एन. ओगनेवमा त त्यसे नै रोक लगाइएको छ तर चेखोव र लियोनिङ आनडिवका केही कथाहरूमा समेत रोक लगाइएको छ। यसको अर्थ के हो भने पुस्तक–पसलहरू बसन्त ऋतुका रमाइलमा कुराहरूको गन्थन बालकथाहरू र अङकगणितका पाठ्य पुस्तकहरू बेच्ने पसलमा ओर्ले। हेलेना जुर मुहलेनका अनुदित कथाहरूमा पनि रोक लगाइएकोले अब बाँकी रहेको कुरो सबैले बसन्तको गुणगान गर्नु मात्र हो। तर हाल एउटा जर्नेल रिसाएको छ र ऊ के भन्छ भने जनावरहरूलाई कुरा गर्न लगाउनु र उनीहरूलाई “श्रीमान्” भनी सम्बोधन गर्नुले के देखाउँछ भने तिनले मानिसहरूप्रति घृणा देखाइएको छ।

तर प्रतिबन्ध लगाउनाले मात्र समस्याको जरो भेट्टाउन नसकिएकोले, यसपालि पाँ जना वामपन्थी लेखकहरू बाहिर देखिन छाडे। सोधपुछ गर्दा तिनका घरका जहानहरूले के कुराको पत्तो पाए भने तिनीहरूलाई गुप्ती पुलिसहरूले समातेर लगेका थिए र तिनलाई देख्न सकिंदैनथ्यो। पन्ध्र दिनपछि उनीहरूले फेरि सोधसाध गर्दा के कुरा सुनियो भने तिनीहरूलाई मुक्त गरिसकिएको थियो –“मारिए” भनी भन्नुको अर्को चलाकीपूर्ण तरिका तर साङघाईका चिनियाँ र विदेशी खबरकागतहरूमा यसबारे एक शब्द पनि कतै देखा परेन। त्यसपछि नौला किताबहरू छाप्ने वा बेच्ने पुस्तक पसलहरू कहिलेकांही एकै दिनमा पाँचवटासम्म पनि बन्द गरिएका थिए। हाल तिनीहरू फेरि एक एक गरी खोलिंदै छन् र हामीहरूलाई यो के भइरहेको छ भन्ने कुरा थाहा छैन। तिनीहरूको विज्ञापनको अध्ययन गर्ने हो भने तिनीहरू रवर्ट लुई स्टेभेन्सन र ओस्कार वाइल्डजस्ता लेखकहरूका किताबहरू किताबको एकापट्टि पेजमा चिनियाँ र अर्कोपट्टी अंग्रेजी राखेर दोहोरो भाषाका पाठ्यपुस्तकहरू प्रकाशित गर्ने करामा लागेका छन्।

जे भए पनि, साहित्यको सम्बन्धमा शासक वर्गले खास खास पाइला चालिसकेको छ। किनभने एउटा कुरोले पुस्तक पसलहरू र तिनका सहयोगी सहायकहरूलाई धपाइसकेपछि तिनीहरूले कसैलाई सुइँको नदिई आज्ञाकारी डफ्फा स्थापित गरे। तर यो चाहिं अत्यन्तै असफल सावित भयो, किनभने सबै पाल्तु कुकुरहरूले त्यहाँ सरकारी अफिसको विषाक्त वातावरणलाई ठाउँ दिए। चिनियाँहरूले सबभन्दा घृणा गर्ने र तर्सेर पन्छिने ठाउँ सरकारिया अड्डाभन्दा अरू कुनै ठाउँ नभएकोले अब त्यहाँ कोही पनि जाँदैन। फुर्सत भएका केही पाल्तु कुकुरहरू मात्र आकलझुकल त्यहाँ जान चाहन्छन्। त्यसो भएकोले व्यापार राम्ररी चलेन। त्यसपछि तिनीहरूले फेरि रोक लागेका वामपन्थी प्रकाशनहरूको ठाउँ ओगट्न लेखहरू लेखे र पत्रिकाहरू छापे। आजसम्ममा तिनीहरूले त्यस्ता दसवटा कुराहरू प्रकाशित गरेका छन्। तर यो पनि असफल नै सावित भएको छ।यसको सबभन्दा ठूलो कमजोरी के थियो भने यस साहित्यका निर्माताहरू लेखकका रूपमा नाउँ चलेका भन्दा मुक्तिदाताहरूका नाउँबाट बर्ता नामी भएका शाङघाई म्युनिसिपल सभाका सदस्य र गुप्त पुलिसका इन्सपेक्टर थिए। “ज्यान मार्ने काइदाहरू” वा “जासुसी गर्ने कला” लेखेको भए तिनीहरूले केही पाठकहरू अवश्य नै पाउन सक्थे। तर त्यसो गर्नुको साटो तिनीहरूले तस्वीरहरूमा रंगपोते र पद्य लेखे। यो चाहिं अमेरिकाको हेनरी फोर्डले मोटरकारहरूको विषयमा कुरा गर्नुको साटो गाउने काम लिएसरी भयो–वास्तवमा जनता निश्चय नै चकित पर्नेछन्।

यो अफिसे पुस्तक पसलमा कसैले पनि जाने नगरेकोले वा तिनीहरूका पत्रिका नपढिएकाले तिनीहरूले आफ्नो प्रचारलाई बढाउनाका लागि वामपन्थी भनी नाउँ नचलेका नामी लेखकहरूलाई बलजफ्ती आफ्ना लागि लेख्न लगाई परिस्थितिलाई जोगाउन खोजे। त्यस्तै एक दुई जना गोब्बरगिद्धेलाइ मात्र तिनीहरूले लिन सके। बहुसंख्ायले तिनीहरूका लागि केही लेखेका छैनन्–र यस्ता मानिसहरू हराएर कुलेलमै ठोक्छन्।

क्रान्तिकारी तन्नेरीले समर्थन गरेका, आफैले आफूलाई क्रान्तिकारी भनी घोषणा गर्ने र थिचोमिचो हुनुभन्दा अघि साहित्य क्षेत्रमा बामपन्थी आन्दोलन हुँदा कुनै किसिमको दुःख भोगन नपर्ने तर हाल शासकहरूका तलवारमुनि घसि्रसकेका र वामपन्थी लेखकहरूमाथि नै झम्टन लागेका केही लेखकहरू नै आज तिनीहरूले सबभन्दा बहुमूल्य सम्झेका लेखकहरू हुन्। तिनीहरू एकपल्ट वामपन्थी भइसकेकाले तिनीहरूका केही पत्रिकाहरू अझै केही हदसम्म रातो देखिने भएकाले तिनीहरूले यी मानिसहरूलाई बहुमूल्य ठाने तर तिनीहरूका पत्रिकाहरूमा किसान र ज्यामीका तस्वीरहरूका ठाउँमा अब्रे वर्डस्लेका रोगीजस्ता देखिने पात्रहरूका चित्रणहरू राखिएका छन्।

यी अवस्थाहरूमा डाँकाहरूका विषयमा लेखिएका पुराना ढाँचाका कथाहरू र यौनसम्बन्धी आधुनिक कथाहरू पढ्न रूचाउने पाठकहरूलाई बिल्कूलै सजिलो लाग्ने छन्। तर बढी प्रगतिशील तन्नेरीहरूका लागि भने त्यसमा पढ्ने कुनै कुरो छैन। कुनै बेला आफ्नो भोक मेटाउन निक्कै फुस्रो गन्थन भएका र चाहिने सार तत्व भने सारै कम भएका त्यस्ता पुस्तकहरू पढ्नुपर्ने हुन्छ– किनभने त्यसता किताबहरूमाथि रोक लगाइएको हुँदैन। किनभने उनीहरूलाई के कुरा थाहा छ भने बान्ता होला होला जस्तो लाग्ने मात्र गर्नु जाति हुन्छ। कमसेकम यसबाट आफूलाई कुनै हानीनोक्सानी त हुनेछैन। तर हाम्रो क्रान्तिकारीहरूको बढी संख्याले यी सब चीज हुँदाहुँदै पनि अझ उत्साहपूर्वक हाम्रो वामपन्थी कला र माग गरिरहेका छन् र यसलाई अघि सार्दै छन्।

त्यसैले सर्कारिया पत्रिकाहरू र तिनीहरूका भरौटेहरूले प्रकाशित गरेका कुराहरू बाहेक अरू पत्रिकाहरूले सापेक्ष रूपबाट प्रगतिशील भएका केही लेखहरू गाभ्नका लागि सकेसम्म बर्ता प्रयत्न गर्नुपर्छ। किनभने रित्ता बटुकोहरू बेचेर तिनीहरूले सधैभरी निर्वाह गर्न सक्दैनन्। भन्ने कुरा तिनीहरूलाई थाहा छ। क्रान्तिकारी पाठकहरूको जनसमूहहरूले बामपन्थी साहित्यलाइ समर्थन गरेको छ– भविष्य तिनीहरूकै छ।

यसले वामपन्थी साहित्य अझै हुर्कंदै छ। तर यो वास्तवमा ठूलो ढुंगाले थिचिएको कमलो टुसा जस्तै हो, जसले गर्दा टुसो बाङ्गोटिङगो भएर हुर्कन्छ। दुःखको कुरो के भने हाम्रा वामपन्थी लेखकहरूमध्ये कोही पनि किसान वा ज्यामी परिवारबाट आएका छैनन्। यसको एउटा कारण के भने सधैभरी नै किसानहरू र ज्यामीहरू शिक्षा पाउने कुनै पनि मौकाबाट पन्छाइएका छन् र तिनीहरू निक्कै थिचिइएका छन्। अर्को कुरा के भने हाल आफूले प्रतिनिधित्व गरेको कुरा राम्ररी प्रस्टाउन नसक्ने चिनियाँ संकेत लिपिहरूले दश वर्षसम्म अध्ययन गरेपछि पनि कािसनहरू र ज्यामीहरूलाई आफ्नो विचार फुक्का भई व्यक्त गर्न असम्भव पारिदिन्छन्। हातमा तलबार लिएका ती “लेखकहरू” यसबाट रमाइलो मान्छन्। उनीहरू के बिचार्छन् भने कुनै पनि मानिस एउटा लेख लेख्नसक्ने हुनलाई ऊ कमसेकम निम्न पूंजीवादी हुनैपर्छ र एउटा निम्नपूंजीवादी आफ्नो थोरै सम्पत्तिमा झुन्डिरहनै पर्छ। ज्यामी वर्गतर्फ उसले कुनै किसिमको झुकाव देखाउँछ भने पक्कै पनि त्यो मानिस स्वाँगी हुनैपर्छ। सर्वहारावादी लेखकहरूमाथि जाइलाग्ने निम्न पूंजीवादी लेखकहरू मात्र इमानदार हुन्। “स्वाँग” भन्दा “इमानदारी” जाति भएकोले वामपन्थी लेखकहरूलाइ गाली गर्नु दुःख दिनु, समात्नु र उनीहरूको ज्यानै लिनु तिनीहरूको सबभन्दा राम्रो कला हो।

तर तलवारको यस “सबभन्दा राम्रो कला” ले वास्तवमा के कुरा देखाउँछ भने वामपन्थी लेखकहरूले पनि ज्यामीहरूले जस्तै उही खाले थिचोमिचो र त्रास सहनुपर्छ। आजका वामपन्थी लेखकहरू र कलाकारहरूले पनि ज्यामीहरूले जस्तै उही दुःख र कष्ट भोग्छन् भने भविष्यका तिनीहरू एकजुट भएर उठ्नेछन्। वास्तवमा मानिसहरूलाई मार्नु त कुनै कला हैन, त्यसो गरेर यी डाँकाहरूले आफ्नै टाट पल्टेको कुरालाई आफैले सकारेका छन्।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १५ – २०६७ फागुन १८ गते, बुधबार )

This entry was posted in अनूदित निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *