~राजेश नेपाली~
ठूला ठूला सपनाका मीठा कुरा गर्नेहरु
किनार कहाँ पुग्दा रहेछन् सबै नदी तर्नेहरु
लाखौं कोशिश गरे पनि मनको कालो लुकाउन
मनको बारी किन हेर्थे धनको बारी चर्नेहरु
कोमल फुल संझयो मुटु माझ राखे पनि
काँडा बनी बिझाए ति मीठो सुवास छर्नेहरु
कति सम्मन निर्दयी र निष्ठुरी हुन्छ मान्छे
कै तिर्खाले छट्पट्याउँदा आफ्नो घैला भर्नेहरु
ताते गर्दै औला समाई जुन ठाउँमा हिड्न सिके
फर्किएर किन हेर्नु अन्तै बसाई सर्नेहरु
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ११ – माघ १२, २०६७, बुधबार)