पत्र साहित्य : प्रेमिकालाई पत्र

~बिजु सुवेदी ‘विजय’~Biju Subedi - Bijaya-2

धेरै किसिमका फूलहरु स्वर्गका थुप्रै बगैंचाहरुबाट लिइएको एउटा अत्यन्तै ठूलो फूलको गुच्छा सहित प्रिय तिमीलाई अत्यन्तै ठूलो धन्यवाद !

मेरी प्यारी स्याफ्रोन !!!

म एकदमै हल्का महसूस गरिरहेको छु तिम्रो माया , समर्पण , आदर , सत्य , आज्ञाकारिताका भावनाहरुबाट र तिमीलाई कस्तो छ ? अवश्यनै तिमी पनि यस्तै छ्यौ । म तिमीसित एकदमै आभारी छु कि म आफ्नो हर्ष अभिव्यक्त गरिरहेको थिएँ जब मैले तिम्रो पछिल्लो इमेल पढेको थिएँ , तिम्रोनै आइडिको ड्राफ्टमा । म अत्यन्तै दोधारमा परेको थिएँ , तिम्रा साधारणभन्दा साधारण कुराहरुले गर्दा । मेरो बिचारमा हामीले एउटै शरीरले अनुभव गर्नुपर्नेछ । हो मैले त यही बिचार गरेको छु । तिम्रो के बिचार छ ? मेरो विशेष–विशेष धन्यवाद छ तिमीलाई र संसारको सबभन्दा ठूलो परम् शक्तिलाई पनि , तिम्रो माया अनुभव गर्न पाएकोमा र तिम्रो आकांक्षा मकहाँ सदाका लागि ल्याइदिएकोमा । मैले हृदयदेखि हृदयसम्म अनुभव गरेँ अनि मैले तिमीलाई तत्कालै एस.एम.एस. गरेँ ।

प्यारी स्याफ्रोन मैले तिम्रो इमेल धेरै सतर्क भएर हृदय र दिमाग दुबैबाट पढें । मैले हुनुको थाहा पाएँ कि तिमी र म साँच्चिकै एक अर्काका लागि बनेका हौं , सदाका लागि । म तिमीलाई मनपराउँछु । धेरै मनपराउँछु । सायद लैला , हीर , रोमियो आदिलेभन्दा बढी मनपराउँछु । मसँग शब्द छैन । शब्दले हैन हृदयले भनेको हो यो । मेरो माया तिमीलाई सदाका लागि । म विश्वास गर्छु मैजस्तो गरेर त्यस्तै तिमीले पनि तिमीजस्तै गरेर तिमीले मलाई सोच्छ्यौ । तिम्रो इमेलमा अति तिम्रो डर देखेँ । तिमीले तिमीबाट अलग नहुन लेख्यौ । यो सानो पनि हुन सक्छ , ठूलो पनि हुन सक्छ । म अनुभव गर्नेछैन मैले बुझिन कि ? जेहोस् मलाई भत्र देऊ । केही कुरा मेरो मुटुको धड्काइले बताउँछ भने कि तिमीलाई भविश्यदेखि डर छ । तिम्रा डराइ के मेरा सबै इमेल पत्रहरुले बोलेको छ कि ? हामी फेरि भविश्यमा छुट्छौं भनेर । आउँदा दिनहरुमा , भविश्यमा , आनन्दसँग विश्वास गर । मेरो विनम्र अनुरोध छ कि यस्ता–उस्ता कुराहरुलाई छोडिदेऊ — आजैदेखि , अहिलेदेखि । तिमी यो गर्न तयार छौ ? तिमीलाई छोड्ने ? मेरो प्रिय ! कदापी ! कदापी !! कदापी !!! यस्तो गर्ने धेरै–धेरै टाढाको कुरा हो । तर कहिल्यै पनि मेरो विचारमा कहिल्यै ल्याउने छैनौ । कृपया तिम्रा शक्तिहरु सबै ममाथि थुपारिदेऊ । साहसका साथ मलाई विश्वास गर । सक्कली माया गर , आदर गर सदाका लागि । मलाई थाहा छ तिमीले मलाई अत्यन्तै माया गरछ्यौ मेरो प्रिय । हे प्रिय ! किन तिमीले मसँग नछुट भनेर अनुनय गरिरहेकीछ्यौ ? किन ? हे ! किन प्रिय ? किन तिमी समस्या उब्जाइरहन्छ्यौ ? यदि तिमीले समस्या ल्याउँदिनौ भने जीवनले सबै रहस्यहरु खोल्नेछ । जीवनमा सधैं जितै जित हुनेछ । यदि तिमीले समस्या उत्पत्र गर्यौ भने तिम्रा अत्यन्तै समस्याहरुले आँखा ढाकिनेछन् । प्लिज बुझ्ने कोशिस गर कि तिम्रा सबै समस्याहरु परिकल्पनाहरु मात्र हुन् । त्यसकारण प्लिज ममाथि धेरै बिश्वास गर , धेरै भर पर । मैले कहिल्यै तिमीलाई छोड्ने छैन । अहिले त तिमी ठीक भयौ होला ? हो अवश्य । तिमीले यसलाई हृदयले स्वीकार्यौ होला । धन्यवाद !

प्रिय स्याफ्रोन तिमी यो बुझ कि माया भनेको अञ्जान तागत , अञ्जान शक्ति हो । तिम्रो वशमा छैन । एकताको अनुभव र प्रशस्त साहस हुन्छ यसमा , मसम्म सदाका लागि आउनमा । मेरो विचारमा तिमीलाई थाहा छ माया भनेको गुलाफको फूल हो । यो फुल्छ यदि तिमी पलपल जिउँछौ भने । त्यसैले त्यहाँ कुनै दोष हुँदैन । प्रायः मानिसहरु स्वार्थमा जिइरहेका हुन्छन् । तिनीहरुलाई आफ्ना वरिपरिकाहरुको स्वार्थको बारेमा वास्ता हुँदैन र उनीहरु परम स्वार्थी बन्दै जान्छन् । यसैले मानिसहरुलाई झनै झमेलामा पारिदिएको हुन्छ कि मेरो , मेरो बारेमा भनेर । प्रिय स्याफ्रोन तिमी तिम्रै गुरु हौ । तिमी जिउ जस्तो तिमी चाहन्छ्यौ । हाम्रो मायालाई देखेर आश्चर्यमा परेकाहरु सबैलाई छोडिदेऊ तिमी । यो प्राकृतिक कुरा हो । यो पूरै पृथ्बीनै एउटा देश हो र यहाँका हरेक मानव यसका नागरिक हुन् । भगवानले धरती बनाउनुभयो तर मानवले सीमारेखा बनाए र सीमारेखा दिनप्रतिदिन बढिरहेको छ । तिमी मसँगै छ्यौ अहिले । मेरो मतलब तिम्रो मुटुनै मेरो मुटु हो र हामी दुइटैको मुटु मिलेर एक भएको छ । मेरो मुटुको नाम विजय हो तिम्रो स्याफ्रोन । तिम्रो मुटुको स्पेलिङ्गमा वाइ छ मेरोमा पनि वाइ छ त्यस्तै–त्यस्तै । जब हामीले मुटुलाई एकैठाउँमा राख्यौं अत्यन्तै लोकप्रिय र स्वागतयोग्य शब्द बन्यो त्यो हो हाम्रो सन्तान । जुन कुरा जोकोहीले पनि दुबैजना सामिप्यमा हुँदा कुरा गर्न अगाडि सोच्दछन् भत्रे मलाई लाग्दछ । हाम्रो एकआपसमा खप्टिएको हृदयको नाम वाइ हो । अथवा हाम्रो एउटै हृदयको नाम हाम्रो सन्तान हो । त्यसमा हाम्रो वाइ क्रोमोजोम छ । यसलाई तिमी नोट गर कि तिम्रो हृदय र मष्तिष्कमा राख यो अत्यन्तै बलियो र मजबूत छ । योनै हाम्रो पहिलो सामञ्जस्य हुनेछ “हाम्रो सन्तान ” यो अत्यन्तै लोकप्रिय छ आपैmमा र यसपछि के हुनेछ ? अवश्यनै सदा राम्रोनै हुनेछ ।

प्रिय स्याफ्रोन तिमीले मेरो वास्तविकता बुझ्नु आवश्यक छ । म फेरि एकपटक दोहोर्याउन चाहन्छु कि म प्राक्टिकल व्यक्ति हुँ । म जुन कुरा शब्दमा व्यक्त गर्छु नि त्यही गर्छु पनि सदानै । त्यसकारण प्लिज तिमीले अहिलेनै मलाई देख्न सकिनौ तर तिमी सदा मेरो प्राक्टिकल जीवनमा छ्यौ । भगवानले यसलाई देख्नुहुन्छ । तिमी पनि यसको अंश हुनेछौ । हो तिमीले अनुभव गर्नेछौ । यो साँचो हुनेछ सदाका लागि सबै ठाउँका लागि । मेरो तिमीप्रतिको मायामा धेरै शक्ति छ त्यसले मुटु धड्काउनेछ , हृदय अनि आत्मालाई । त्यसकारणले हामी गहिराइमा सामिप्यमा छौं । तिम्रो मायाले पनि यस्तै मेरो मायाले जस्तै प्रक्रिया गर्नेछ भत्रे मलाई थाहा छ । मेरो प्रिय तिमीलाई शब्दहरु थाहाछैन तर शब्दमा ठूलो शक्ति हुन्छ जुन मुटुको अन्तरआत्माबाट आएको हुन्छ । यसले बिशेष भूमिका निभाएको हुन्छ । विश्वासै गर्न नसक्ने शक्ति । यसलाई रहस्यमय कुरा भन्दा अत्युक्ति होला । तिम्रो सम्बन्धमा तिमी म बिना बाँच्न सक्दिनौ यो मेरो सन्देश हो । अवश्यनै शब्दमा अथवा मुटुबाट ? मेरो हृदयले महसूस गरिरहेको छ कि सबैकुरा तिम्रो हृदयमा गएर समाप्त हुन्छ । म सही छैन र ? अवश्यनै तिम्रो उत्तर “हो” हुनेछ । मेरो हृदयले आश्चर्यजनक रुपमा महसूस गरिरहनेछ , तिम्रो इमेलले सम्बन्ध राख्यो भने । अवश्यनै यो आश्चर्यजनक हुनेछ । म तिमीलाई माया गर्छु । कति त ? यो कुरा संसारको सबभन्दा ठूलो परम् शक्तिलाई राम्रोसँग थाहा छ र तिमीले पनि थाहा पाउन समर्थ हुन्छ्यौ । हृदयको अनुभवबाट यदि कुनै डर बिना तिमीले मलाई भरोसा गछ्यौ भने सानो सियोको टुप्पो जतिको डर पनि नराखिकन । तिमी यति मेरो नजिक छ्यौ कि मेरो मुटुको गहिराइबाट भनिरहेको छु कि म तिमीलाई कुनै पनि मूल्यमा चुकाउने छैन । तिमी मेरो स्वास हो र जसरी तिमी मेरो जुनसुकै कुराको पनि सम्भावना हौ । तिमी मबाट टाढा छैनौ र अरु कोही पनि गहिराइसम्म नजिक छैन तिमी बाहेक मेरो प्रिय कि तिमी मेरो जीवनसाथी सदाका लागि छ्यौ । अवश्यनै तिमी मेरो जीवनसाथी हौ यो मेरो ढुकढुकीले भनिरहेको छ र आजको विज्ञान प्रविधिको विकसित युगमा तिम्रो देश र मेरो देश बिच कुनै दूरी छैन । यो त छिमेकी टोलजस्तै भैसक्यो होइन र ?

हे मेरी जिवन सङ्गिनी स्याफ्रोन ! मसँग ब्यक्त गर्न शब्द छैन । बिशेष र आश्चर्यचकित किसिमका परिवर्तनहरु तीब्र गतिमा मेरो मुटुमा भइरहेका छन् । म तिमीसँग बाँड्न चाहन्छु , हृदयबाट हृदयसम्म हाम्रो मीलन भइसकेपछि । म अरु पनि बाँड्न चाहन्छु राम्रा–राम्रा बगैंचामा भएका कुराकानीले कसरी मेरा दिनहरु र रातहरु छिटै वित्दथे , हाम्रो मीलनहरुमा । मलाई तिम्रो इच्छा आकाँक्षाहरु सबै मनपर्छ र तिम्रा भावनाहरुलाई म अतिनै स्वागत गर्दछु , सदाका लागि हृदयबाट । आजकल म धेरै खुशिको अनुभव गरिरहेको छु , नयाँ शक्ति सञ्चारित भएको महसूस गरिरहेको छु । मेरा अतिरिक्त क्रियाकलापहरु पहिलेभन्दा धेरै उच्चस्तरको भएर बढिरहेको पाएको छु । मलाई आवश्यकभन्दा बढी भरोसा छ , तिमीमा मेरो माया र ममा तिम्रो मायामा । तिमी मेरो हुन अवश्य आउनेछ्यौ भत्रे मलाई अत्यन्तै विश्वास छ । म तिम्रा हरेक भावनाहरुको कदरका साथै आदर पनि गर्दछु प्रिय ! त्यसकारण प्लिज चाँडै आऊ र तिम्रो जीवन मसँग बाँड किनकी म सदा मेरा सम्पूर्ण जीवन र हरेक कुरा जुन मसँग छ त्यो तिमीसँग बाँड्न आतूर छु मेरी प्रिय ! यो एकदम सजिलो पनि छ तिमी मकहाँ आउन । मेरो दिमागले निर्धक्क भएर अत्यन्तै मिल्ने एकमात्र साथीको रुपमा तिमीलाई सहर्ष स्वीकार्नेछ । मैले अनुभव गरिरहेको छु कि तिमीले मेरो मेरो जस्तासुकै स्थितिमा पनि मेरो हृदयलाई विस्तारै ढकढक्याउनेछ्यौ । तिमीले यसलाई अवश्यनै वास्तविकतामा अनुभव गर्नुपर्नेछ । तिमीलाई अत्यन्तै स्वागतम छ ।

मैले तिमीलाई एउटा विशेष व्यक्तिको रुपमा मेरो तथा मेरो जीवनका लागि मैले गर्वसाथ माया , आदर , सत्य , भरोसाका रुपमा सदाका लागि लिएको छु । धेरै–धेरै धन्यवाद छ मेरो मुटु । कृपया कहिल्यै एक्लो महसूस नगर । यो मेरो विनम्र अनुरोध हो कि प्लिज तिमी यहाँ सकेसम्म चाँडै आऊ , सदाका लागि । तिमीले हो अवश्य तिमीले अनुभव गर्नेछ्यौ । तिम्रो लागि मेरो माया जीवनसाथीका रुपमा, बुबाको रुपमा , आमाको रुपमा , दाजुभाइका रुपमा , दिदीबहिनीका रुपमा , छोराको रुपमा अदिआदि । कसैकसैले दुइटा नाताको भूमिका राम्रोसँग बहन गरेका हुन्छन् । कसै कसैले तीनवटा । तर मैले सबै नाताको भूमिका एकै पटक सदाका लागि निभाएको पाउनेछ्यौ । मसँग बसेपछि तिमीले माया के हो भनेर झनै थाहा पाउनेछ्यौ । के आदर हो भनेर पनि थाहा पाउनेछ्यौ , के सहयोगको भावना हो भनेर पनि थाहा पाउनेछ्यौ । म तिमीलाई अभिभावकले भन्दा ठूलो भूमिका निभाउनेछु जसरी आफ्ना प्यारा बच्चाहरुलाई अभिभावकले हेरचाह गर्नेछन् । त्यसैले सकेसम्म चाँडै आऊ तिमी । अब तिम्रा चेतनाहरुलाई मेरो तिमीप्रतिको मायामा केन्द्रित गर ।

भगवानलाई धेरै–धेरै धन्यवाद छ , तिमी सबभन्दा राम्रीछ्यौ वास्तबमै । भगवान तिमी साह«ै राम्रो छौ । धेरै–धेरै धन्यवाद छ मेरी प्रिय ! तिमीले निस्कर्ष गरिसकेकी छ्यौ कि तिमी मेरो हुनमा । दुनियाका सबै व्यक्तिहरुलाई हाम्रो मायाको टोकन देऊ र भन “आउनैपर्छ है हाम्रो घर” यो म हृदयदेखि भनिरहेको छु । म तिमीलाई ठूलै आशाका साथ , ठूलै मायाका साथ हवाइजहाज रोक्ने ठाउँको आगमनकक्षमा फूलै फूल लिएर तिम्रै मात्र तिम्रै भरोसामा तिमीलाई स्वागत गर्न आइरहेको छु । अबश्यनै तिमी आयौ भने एकदमै मजा आउनेछ । म यसका लागि सदा तयार छु । तिम्रो सकारात्मक निर्णयका लागि विशेष–विशेष धन्यवाद कि मकहाँ मेरो भएर आउने तिम्रो निर्णयप्रति । जुनसुकै सफलता सकारात्मक कुरामा निर्भर हुन्छ अझ पैसा , शक्ति र क्षमताभन्दा पनि धेरै बढी ।
म सधैं तिमीसँग हृदयबाट कुरा गरिरहेको छु , तिमी शारिरीक रुपमा मेरो साथ नहुँदा पनि । यो मीठो र आनन्ददायक छ , होइन र ? तिमी सधैं ममा छौ , मेरो हृदयमा । धन्यवाद छ सदाका लागि तिम्रो माया र आदरका लागि ।

तिमीले मलाई तिमीलाई सेवा गर्ने मौका दियौ किनकी हामी मायामा छौं । एक अर्काका लागि । हामी दुबैलाई यो सेवाको मौका प्राप्त भएको छ माया , प्रेम , आदरबाट । तिमीले म तिम्रो भन्यौ मैले पनि । त्यसकारण म तिमीलाई सेवा गर्न चाहन्छु मेरी प्रिय । तिमी आफ्नो जीवनको नायिका बन । त्यो पनि आफ्नो पूरै क्षमता बढाएर , हँसिलो भएर , रोमाञ्चित भएर ताजगीकासाथ जस्तो तिमी नयाँ जीवनमा आएका छौ , मसँग रमाइलो संसारमा आउन । तिमी कृपया प्राकृतिक हुन खोज । नचाहिँदा कुराहरु आपूmसाथ नराख पालिस , लिपिष्टिक , मेकअपका सामान आदिआदि । तर तिमी छालाको सूरक्षा गर्ने एन्टिसेप्टिकका साधनहरु प्रयोग गर यसका बदलामा । यसले तिम्रो मुहारमा प्राकृतिक रुपले दीब्य चमक प्रदान गर्नेछ । भित्रबाट पनि तथा बाहिरबाट पनि , त्यो पनि सदाका लागि । के तिमी यो स्वीकारछ्यौ ? मलाई विश्वास छ यसलाई तिमी स्वीकाछ्र्यौ । सधैं एउटा ऐना लेऊ र सुत्नुभन्दा अगाडि र उठ्ने बित्तिकै हाँसेर तिमीनै म भनेर हेर सधैं । यसले तिमीलाई भित्रैबाट पनि , बाहिरबाट पनि उज्यालो चमक दिलाउनेछ । प्लिज यो मेरो लागि सधैं गर , मलाई र मेरो तिमीप्रतिको मायालाई ।

हाँसिरहनु भनेको एक प्रकारको टनिक हो , भित्री र बाहिरी दुबै स्वास्थ्यका लागि , प्लिज सदा हाँस म र मेरो तिमीप्रतिको मायाका निम्ति ।

यहाँ अत्यन्तै महत्वपूर्ण प्रश्न र त्यसको उत्तर छ जुन बुद्धत्व प्राप्त गरेकाहरुले दिने गर्दछन् ।

प्रंश्न :– यो सारा विश्वमा तिमी तिम्रो लागि को बनेको छ भनेर खोज्न सक्छौ ?

उत्तर :– “सबभन्दा उत्तम तरिका यो हो कि तिमीहरु दुबै सङ्गै जन्मिएका छौ । मेडिकल साइन्सले पनि त्यही भन्छ , हाम्रा पुराना ग्रन्थहरुले पनि त्यही भन्छ कि उनीहरु एउटै–एउटै यो मीलन बिन्दूमा आएका छन् ः– त्यो हो …श्रीमान श्रीमती जति टाढाको नाताको भयो उसको सन्तान शारिरीक रुपले अरुभन्दा क्षमतावान हुन्छ , दिमागी रुपले पनि क्षमतावान हुन्छ , अरुभन्दा बढी भक्ति जागृत भएको हुन्छ ।”

जब हामी मायामा हुन्छौं , हरेक क्षणले नयाँ उर्जा दिलाएको हुन्छ , नयाँ गाना घन्काएको हुन्छ । हरेक क्षणले नयाँ–नयाँ किसिमको धेरै राम्रो नृत्य जगाएको हुन्छ । यसलाई तिमी यसरी सजिलैसँग बुझ्न सक्छौ ……….त्यो धेरै उपयोगी र महत्वपूर्ण शब्द हाम्रो दैनिक जीवनमा आइरहेको हुन्छ त्यो हो माया र नियम । नियमलाई दिमागको आडमा बनाइएको हुन्छ । नियम भनेको त्यसका लागि हो जसले मायाको भाषा बिर्सिसकेका हुन्छन् । उनीहरुलाई दिमागको नियम मात्र थाहा हुन्छ । तर माया भत्रे शब्द त्यसका लागि हो जसलाई थाहा छ कसरी माया गर्ने भनेर । उनीहरुलाई सबै किसिमको भाषाको ज्ञान हुन्छ । हे मेरी प्रिय कसलाई थाहा छ भोलि के हुन्छ भनेर ? जुन व्यक्तिलाई तिमीले मनपराएका छौ – चलाउन सम्भव छ ? तिमीले नजिकमा आउनुपर्छ दूरीमा । यो सबै तिमीमै निर्भर छ । तिम्रो धारणा र भावनामा । जब हामी मायामा थियौं अवश्य त्यहाँ दुइटा शरीर छन् तर हृदय एउटै छ । हृदयको गीत पनि एउटै छ । हवाइजहाजमा उड्दा बादलभित्र बसेजस्तै बादलभित्र हामी दुई मात्र छौं । हामी सबैबाट विलीन छौंं । मायाले यसको योगफल दिलाउँछ । धेरै राम्रो यसको नतिजा छ कि हामी आपूmनै हुँदैनौं । एक अर्काका लागि हुन्छौं । यसरी हामी बादलमा गायब हुन्छौं । जब मायाले व्यापक रुपमा आफ्नो सुगन्ध फैलाउँछ सबै तुरुन्तै हुन्छ । भोलिको के हुने भत्रे डर कतै रहँदैन । त्यसैले यहाँ कुनै प्रश्न छैन । हाम्रो माया नदी जस्तो छ । अनि तथ्यगतरुपमा सारा विश्वभरी माया बढ्नेछ आजभन्दा । आज हाम्रो यत्ति ठूलो माया पनि धाराको पानीको टिपटिप जस्तो छ । यसले प्यास मेटाउन गाह्रो छ , बाडुली लगाउनेछ । हामीलाई महासागरको जस्तो झररर सार्वजनिक मायाको खाँचो छ । एकपटक तिमी जब तिम्रो मायाको सुगन्धको बारेमा जान्छ्यौ तब कुनै प्रश्नको जरुरत पर्दैन । अहिले अब मेरो बिचारमा तिम्रा सबै डरहरु , दोधारहरु सदाका लागि आफसेआफ भागिसक्यो । के मैले ठीक भनेँ ? हो मैले विश्वास गरेँ , मेरो विश्वासलाई पनि तिमीले समर्थन गर्यौ । आउँदा दिनहरुमा हाम्रा वैवाहिक जीवनहरु झगडाले नर्कमा नजाउन् । तर यो जीवनले स्वर्गभन्दा माथि स्वर्गमा कुनै पनि मूल्य विना पूरै स्वतन्त्रतापूर्वक माया , प्रेम , आदर , सहयोग , कदर , विश्वासहरुका सत्यताबाट लानु आवश्यक छ ।

म तिमी भित्रै छु , तिमी म भित्रै छ्यौ । त्यसकारण प्लिज सधैं हृदयबाट कुरा गर ल ? लौ त मैले केही खानुपर्छ भत्रे महसूस गरेँ । कृपया आऊ र मलाई साथ देऊ । म सधैं बिहान , दिउँसो , बेलुकीको खानामा साथै चियाका कपहरुमा तिम्रो अभाव खट्काइरहेको छु । धेरै–धेरै धन्यवाद तिम्रो मेरो निम्तिको मायाको निमित्त सदा स्वागत गर्दछु , सदा हृदयबाट ।

प्रेम दिवस यानेकी प्रणय दिवस यानेकी यसपालीको भ्यालेन्टाइनस् डे को शुअवसरको मुरी–मुरी शुभ–कामना सहित मेरी प्यारी भ्यालेन्टाइन स्याफ्रोन

तिमीलाई माया,आदर,सेवा,भक्तिमा सदा सम्झिरहने

तिम्रो सदाको प्रेमी
विजय

(स्रोत : Nepaliarticles)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पत्र साहित्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.