गजल : यस्तै भो मायामा फँसेपछि

~राकेश कार्की~Rakesh Karki

बिदेशीसँग माया बसेपछि
यस्तै भो मायामा फँसेपछि ।

नजिक गई ‘व्युटिफुल’ भन्छु
दशथरी मेकअप घसेपछि ।

‘No’ लाई पनि ‘Yes’ भन्ने भएँ
फँणा फिँजाएर डसेपछि ।

छोड्नै पर्‍यो नि आफ्नो पन
‘मेरी’को पनले कसेपछि ।

कमाए जति सबै दिनुपर्छ
खप्नुहुन्न आँशु खसेपछि ।

बा आमाले रोज्या काँ’ पाउनू
कमाउन बिदेश पसेपछि ।
-लस एन्जेलस

This entry was posted on Tuesday, June 3rd, 2008

(स्रोत : Nepal.hk)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.